म ऐनाको सामुन्ने ठिङ्ग उभिएकोछु
अर्थात,
मेरो अगाडि ऐना सजाइएको छ
र नै आँफैलाई घरिघरी
अपरिचित झै एकतमासले
शीरदेखी पाउसम्म नियालिरहेछु ।
मलाई थाहा थिएनँ, म को हुँ!
न थाहा थियो, म के हुँ!
धेरै पटक ऐनामा टोलाउदै
तल-माथि र माथि-तल चियाए पछी
आज बल्ल चिन्न थालेकोछु, 'म'लाई ।
यो सत्य थ्यो, कुनै दिन
मुहार नचिनिकनै मैले
काल्पनिक आक्रिती कोरेर
चित्रकार बन्न चाहेथें
म फन्तुस!
अहिले आँखाहरु चिम्लेर नै
सुन्दर 'म'लाई स्पष्ट देख्दा
चित्रकार बन्ने रहर फेरी पलाएकोछ
अब त्यही 'स्केच'लाई उतारेर
कतै 'ब्ल्याक एण्ड व्हाइट'मा
कतै रङहरुले चिटिक्क पोटेर
चाडै 'फ्रेम'मा कैद गर्न थाल्नेछु ।
21 March 2012
Wednesday, April 18, 2012
Wednesday, February 15, 2012
सम्बन्ध
मेरा खुट्टाहरु
तिम्रा खुट्टाहरु
चल्मलाइरहन्छन
एकै धर्तीमा
दुबैका खुट्टाहरु ।
तिमीले देख्ने जून
मैले देख्ने सूर्य
अर्थात
तिमीले हेर्ने सूर्य
मैले हेर्ने जून
खेलिरहन्छन सधैं
आकाशमा उसैगरी ।
जूनले - घाम
घामले - जून
खोजिरहन्छन
यताउती,..
आकाशभरी
कठै!
न भेटिन्छन
न छुटिन्छन
न त बिर्सिन्छन ।
खुट्टाहरुले भुइ टेकेर
जून हेरिराख्ने
एकोहोरो ति नयनहरु
किरणसँग खेलिरहने
मेरा यि आँखाहरु
एकै धरातलमा उभिएर
बिशाल आकाशमा
घाम-जून झै पोख्त छन
चोखो प्रेम साट्न ।
भुगोलले टाढा छौ
यद्धपी
म तिमी भित्र छु
तिमी मभित्र छौ ।
हो, प्रिय
हाम्रा शिर माथि
एउटै आकाशमा
तिनै घाम र जून छन
जस्तो एउटै जमिनमा
हाम्रा पाउहरु छन
न भेटिएका
न छुटिएका
न त बिर्सिइएका ।
14th February 011
तिम्रा खुट्टाहरु
चल्मलाइरहन्छन
एकै धर्तीमा
दुबैका खुट्टाहरु ।
तिमीले देख्ने जून
मैले देख्ने सूर्य
अर्थात
तिमीले हेर्ने सूर्य
मैले हेर्ने जून
खेलिरहन्छन सधैं
आकाशमा उसैगरी ।
जूनले - घाम
घामले - जून
खोजिरहन्छन
यताउती,..
आकाशभरी
कठै!
न भेटिन्छन
न छुटिन्छन
न त बिर्सिन्छन ।
खुट्टाहरुले भुइ टेकेर
जून हेरिराख्ने
एकोहोरो ति नयनहरु
किरणसँग खेलिरहने
मेरा यि आँखाहरु
एकै धरातलमा उभिएर
बिशाल आकाशमा
घाम-जून झै पोख्त छन
चोखो प्रेम साट्न ।
भुगोलले टाढा छौ
यद्धपी
म तिमी भित्र छु
तिमी मभित्र छौ ।
हो, प्रिय
हाम्रा शिर माथि
एउटै आकाशमा
तिनै घाम र जून छन
जस्तो एउटै जमिनमा
हाम्रा पाउहरु छन
न भेटिएका
न छुटिएका
न त बिर्सिइएका ।
14th February 011
म नरभक्षी हुँ
आहा!
मेरो पनि मुटु थियो
कोमोल, सुन्दर, स्वच्छ
हृदयको खानी थियो
माग्ने जतिलाई खुलेर दिन्थें ।
म जस्तै ठानेर
विश्वाश गरी हृदय दिएँ
रमायो, खुशी भयो
मेरो मुटु बन्दकी माग्यो
सिङो मुटु सुम्पिदिएँ
तर, कठै!
न जतन गर्यो
न त फिर्ता गर्यो
अलपत्र भो मेरो मुटु ।
आज फेरी तिमीले उसैगरी
मेरो मुटु नै माग्दैछौ
मैले अब कसरी मुटु दिउँ!?
एउटै मुटु थियो मसँग
अचानक बेवारीसे भयो
चोट लाग्यो, दुख्यो, रोयो
निकै छट्पटियो, आहत भयो
त्यो घाइतेलाई शान्त पार्न
एउटा गल्ति सधैंलाई भुलिदिन
मैले टुक्रा-टुक्रा बनाइ खाइसकें
हो, म मुटुहिन हिंस्रक मान्छे
भित्र-भित्रै खोक्रो भैसकें
र, पनि
चोक्टाले अझै अघाएको छैन ।
तिमी भ्रममा छौ
अर्थात, अन्जान छौ
म त कायर हुँ
शिकार गर्न नसकेर
आँफैलाई टोकेको छु
म त मांसहारी हुँ
आफ्नै देह भोग गरेको छु
यद्धपी
दुनियालाई अल्मलाउन
शरीरका कृतिम अङ-प्रत्यङहरु
भागभण्डा लगाए झै गर्छु
र, तिमी विश्वाश गर्छौ
र, मेरो मुटु रोज्दैछौ ।
अब तिमी नै भन
जीवित मुटु भएको मान्छे
मान्छेको मासु खाने
शाकाहारी भेषधारीलाई भतेर ख्वाउन
तिम्रो आलो मुटु चदाउन तयार छौ ?
यी निरस ओठहरु मिठ्याउदै
म एक गाँसमै निलिदिन्छु ।
म त नरभक्षी हुँ ।
14th February 011
मेरो पनि मुटु थियो
कोमोल, सुन्दर, स्वच्छ
हृदयको खानी थियो
माग्ने जतिलाई खुलेर दिन्थें ।
म जस्तै ठानेर
विश्वाश गरी हृदय दिएँ
रमायो, खुशी भयो
मेरो मुटु बन्दकी माग्यो
सिङो मुटु सुम्पिदिएँ
तर, कठै!
न जतन गर्यो
न त फिर्ता गर्यो
अलपत्र भो मेरो मुटु ।
आज फेरी तिमीले उसैगरी
मेरो मुटु नै माग्दैछौ
मैले अब कसरी मुटु दिउँ!?
एउटै मुटु थियो मसँग
अचानक बेवारीसे भयो
चोट लाग्यो, दुख्यो, रोयो
निकै छट्पटियो, आहत भयो
त्यो घाइतेलाई शान्त पार्न
एउटा गल्ति सधैंलाई भुलिदिन
मैले टुक्रा-टुक्रा बनाइ खाइसकें
हो, म मुटुहिन हिंस्रक मान्छे
भित्र-भित्रै खोक्रो भैसकें
र, पनि
चोक्टाले अझै अघाएको छैन ।
तिमी भ्रममा छौ
अर्थात, अन्जान छौ
म त कायर हुँ
शिकार गर्न नसकेर
आँफैलाई टोकेको छु
म त मांसहारी हुँ
आफ्नै देह भोग गरेको छु
यद्धपी
दुनियालाई अल्मलाउन
शरीरका कृतिम अङ-प्रत्यङहरु
भागभण्डा लगाए झै गर्छु
र, तिमी विश्वाश गर्छौ
र, मेरो मुटु रोज्दैछौ ।
अब तिमी नै भन
जीवित मुटु भएको मान्छे
मान्छेको मासु खाने
शाकाहारी भेषधारीलाई भतेर ख्वाउन
तिम्रो आलो मुटु चदाउन तयार छौ ?
यी निरस ओठहरु मिठ्याउदै
म एक गाँसमै निलिदिन्छु ।
म त नरभक्षी हुँ ।
14th February 011
Friday, February 3, 2012
लज्जावोध
मेरो आङ दाक्न
अथवा, मेरो लाज छोप्न
मसँग छ एउटै छोटो भोटो ।
सर्माउनुको अर्थ छ
र नै बिकल्पहिन म
भिडको बिचमा
न उठेर हिंड्न सक्छुँ
न त बसेर रात काट्न नै ।
टाउकोको तोपी
खुट्टाको जुत्ता
शिरदेखी पाउसम्म
जिउभरिको बस्त्र
लीलाम भैसकेछ
'ड्राई क्लिनर्स' मा ।
निर्लज्जहरु
हिंडेका पनि छन
बिना हिच्किचाहत
छतमा, बाटोमा
तर
मैले नसक्ने भएँ
नाङै डुल्न ।
म कष्ट गर्दैनँ
बालुवामा दुलो खनेर
गुम्सिएर बस्न
अह, सक्दैनँ
चिटिक्क पार्न
तुफान नछेक्ने भित्ता
बर्षा नरोक्ने छानो
घामसँग नजुध्ने घर ।
बिन्ती छ
पूर्बीय संस्कारयुक्त
ओ! आधुनिक सुन्दरी
मेरा लाजहरु टोलाउन छाडेर
अर्थात
आँखा चिम्लिनुको साटो
तिम्रै हातले एक फुर्को टालो देउ
हुरी-बतास जित्न सक्ने
घरको जग चाडै म खार्नेछु
प्रतिष्ठाको बस्त्रले छाएर
आँगनसम्म बिछ्याएर
सुहाग तिमीसँग नै मनाउनेछु ।
31 January 2012
अथवा, मेरो लाज छोप्न
मसँग छ एउटै छोटो भोटो ।
सर्माउनुको अर्थ छ
र नै बिकल्पहिन म
भिडको बिचमा
न उठेर हिंड्न सक्छुँ
न त बसेर रात काट्न नै ।
टाउकोको तोपी
खुट्टाको जुत्ता
शिरदेखी पाउसम्म
जिउभरिको बस्त्र
लीलाम भैसकेछ
'ड्राई क्लिनर्स' मा ।
निर्लज्जहरु
हिंडेका पनि छन
बिना हिच्किचाहत
छतमा, बाटोमा
तर
मैले नसक्ने भएँ
नाङै डुल्न ।
म कष्ट गर्दैनँ
बालुवामा दुलो खनेर
गुम्सिएर बस्न
अह, सक्दैनँ
चिटिक्क पार्न
तुफान नछेक्ने भित्ता
बर्षा नरोक्ने छानो
घामसँग नजुध्ने घर ।
बिन्ती छ
पूर्बीय संस्कारयुक्त
ओ! आधुनिक सुन्दरी
मेरा लाजहरु टोलाउन छाडेर
अर्थात
आँखा चिम्लिनुको साटो
तिम्रै हातले एक फुर्को टालो देउ
हुरी-बतास जित्न सक्ने
घरको जग चाडै म खार्नेछु
प्रतिष्ठाको बस्त्रले छाएर
आँगनसम्म बिछ्याएर
सुहाग तिमीसँग नै मनाउनेछु ।
31 January 2012
Thursday, January 26, 2012
बिघटन
कमरेड!
थोरैले भिन्ना-भिन्नै
धेरैले एक हौं
र त,
अडिग छ हाम्रो संकल्प
सँगसङै छौं यात्राभर
ति भीषण संघर्षदेखी
आजसम्म पनि ।
आपसी मेल थ्यो
अजङ विश्वाश थ्यो
तसर्थ,
युद्ध लड्न, युद्ध जित्न
तिमीले जे-जे भन्यौ
सबै पुरा गरें
शान्ती ल्याउन, कान्ती छाउन
मैले सोही गर्दै गएँ ।
मुक्ती वा मृत्यु, त्यो
बैचारिक शपथ रोजेर
दुनियाँ बदल्ने द्रिडता
बाटो एउटै, गन्तब्य एकै
उद्धेश्य, बिचार, भावना एउटै
परिवर्तनको चाहनामा
तिमीले दिएका आदेसहरु
बिना हिच्किचाहत पालना गर्दै गएँ ।
पुरानोको ध्वंस गरौं
नयाँ निर्माण थालौं भनी
आफ्नै घरको धुरी खम्बा
तोड भन्यौ, तोडिदिएँ ।
विभेदहरु मेटाउनलाई
सफायाको अभियानमा
आफ्नै ठुलो बालाई समेत
मार भन्यौ, मारिदिएँ ।
सामन्तको अन्त्य गर्न
सत्रु-मित्र छुट्याएर
आफ्नै दौतरीको घाँटी
सेर भन्यौ, सेरिदिएँ ।
क्रान्तिको ज्वाला बाल्न
गाउँमा आगो लगाउ भन्यौ
मैले आगो सल्काइ दिएँ
गाउँ हेर्दा हेर्दै घाट बन्यो
मानवीयता गौण भन्यौ
समर्थनमा टाउको हल्लाएँ ।
स्कुलहरु बन्द भन्यौ
गुरु-चेला हरण गरें
शान्ति क्षेत्र सुनसान रह्यो
कलमहरु अलप भए
बन्दुकले शून्यता दियो!
भावुकता डवाउ, भन्यौ
मैले सजिलै मानिदिएँ ।
मन्दिरहरु भत्काउ भन्यौ
त्रिसुल-घण्टी फुटाइ दिएँ
रुदिवादी पर्ब भन्यौ
बहिस्कारको उर्दी लाएँ
सडक कब्जा गर, भन्यौ
गाडीहरु बिस्फोट पारें
दुश्मनमाथि धावा बोल्न भन्यौ
गोली बर्साई लाशहरु दालें
निरंकुस जरा काट्न भन्यौ
बिजुली-पानीमा प्रहार गरें
तिमीले यसै गरी भन्दै गयौ
मैले सरासर मान्दै गएँ
किन कि
जन्माउने भन्दा तिमी उच्च थियौ
तिमी नै क्रान्तिको मेरुदण्द थियौ ।
यसरी नै हरेक कासनहरु
म खुरुखुरु पुरा गरिरहें
यसर्थ कि,
संघर्षमा बलिदान अपरिहार्य थियो
जोखिम यात्रा अनिबार्य थियो
समानताका आतुर अभिलाषाहरु
खुलेको बिहानीमा चाडै
रङिन सपनाहरु फुलेको हेर्न चाहन्थें
त्यो दिन ल्याउने दस्ता म
चाहनाको स्वप्नद्रस्ता तिमी
तर उप्रान्त
ति बिचार र उद्देश्यहरु फेरिएर
त्यो एकता र विश्वाश तोडिएछ
मलाई बिघटन गर्यौ
तिमी सङठित भयौ
हाम्रो सपना र आशाहरु
आफ्नै एम्बुसमा घाइते भए
बलियो सम्बन्ध धुजाधुजा भयो
हामीहरु अब ध्वस्त भयौं
अस्तिका जनसेनाहरु
हिजोका पूर्व छापामारहरु
आजका अयोग्य लडाकुहरु
05 Nov, 2011
Saturday, December 31, 2011
म रातो-को!
दशैमा टिका थाप्दा
पूर्णिमामा होली खेल्दा
स्कुलमा पहिलो हुँदै
मुहारभरी अविर घस्दा
निधार सधैं रातोले रंगियो
अन्तर्मनमा रातो प्यारो
अनि रातोसङै प्रेम बस्यो
ए! लाल मान्छेहरु
आमुल परिवर्तनको त्यो राँको
तिम्रै स्वार्थको लप्का थ्यो र?
रातो रङको अर्थ
आसुँ, पिडा, हिंसा, झुट,.. दुर्गति
निराशा र ध्वंस हो र ?
मैले बुझेको रातो रङ
प्रगती, सम्रिद्धी, सफलता, उत्साह,.. बधाई
खुशी र जीत थियो ।
बगेको आफ्नै रगत देखें
जिउभरी निरन्तर चलायमान
त्यो झनै प्यारो लाग्यो
रातोको अर्थ सिङो जीवन सोचें ।
गाउँ अन्धकार थियो
चिरेर उज्यालो ल्याउनै थ्यो
शहर सुनसान थियो
बिगुल फुकेर बिउझाउनै थ्यो
उकुसमुकुस त्यो तोडेर
नौलो बिहानी झुल्काउन
लाल-बिगुल फुकिदा दंग थिएँ
यसर्थ कि
मैले बुझेको रातो रङ
चेतना, समानता, स्वतन्त्रता, न्याय,.. आशा
आदर्श र क्रान्ति थियो ।
रातोको अर्थ लाल-क्रान्ति
क्रान्तिको अर्थ मानवीयता
मानवीयताको अर्थ शान्ति ।
मेरो जंकोट रातो भयो
हर्षले गदगद भएँ
रगतले रोल्पा लपक्क भिज्यो
बिजयको शुभकामना दिएँ
पुरै देश रातोमय भयो
ठुलै आशामा अग्रिम बधाई दिएँ ।
अफसोच!
परिस्थिती बदलियो कि!
रातोसँग दिग्भ्रमित पो भएछु कि!?
अचेल मभित्र लाल-आतंक पसेकोछ
रातोसँग तर्सिएर भागिरहन्छु ।
ए! राता मान्छेहरु
यस्तो के बिचित्र भैरहेछ?
यो के अनर्थ भैरहेछ?
उहिले त्यस्तो सप्रेम गर्व थ्यो
अहिले यस्तो वितृष्णा जागिरहेछ
रातोको अभिमान हरायो कि!?
मेरै बुझाईमा भ्रम भएछ !?
अब कसरी सम्बोधन गरुँ?
ए! राता मान्छेहरु
ए! नव-लालबोसहरु
कसरी हेरुँ मैले अब
आफन्तका रक्ताम्य तस्बिरहरु
कुन हृदयले सम्झाउँ अब
लाल बिधुवाहरु, गर्भे टुहुराहरु
कसरी टेकूँ म
कसरी स्पर्श गरुँ अब
शोकाकुल मेरा वनपाखाहरु ।
रातोको मोहभङ पश्चात
टिकाउ बिकल्प खोजिरहेछु
क्रान्तिको आधार ईलाकाभित्र
म रातो-को !?
२३ डिसेम्बर, ०११
फुयान्शा, चाइना
Wednesday, December 28, 2011
तिम्रै खुशी
पूर्णिमाकै दिन
छायाँ पर्यो रुपभरी
आधा खुल्ने
आधा हाँस्ने
चन्द्र ग्रहण भएँ म
कतै घ्रिणा त गर्दैनौ ?
सुन्दैछु
कुरुपतामा लठ्ठिएर
एउटा परी
मलाई पछ्याउदै
खोज्दै हिड्दैछिन रे!
धर्तीसँग नजिक हुँदा
र, झन-झन नजिकिदा
भुलेरै मैले पो
अन्तर्अङ क्षणहरुमा
सिमाहरु नाघे कि!?
अन्यथा,
ठक्कर दिनु नियत होइन
न त, चाहना नै ।
सुन्दैछु,
मेरो आगमनको चाल पाएर
अलप ज्योति फिर्ता गर्न
एक धर्तीपुत्री धर्तीभरी
धुइधुइती खोज्दैछिन रे ।
म बुझ्छु
समिप हुनु गाह्रो छ
टाढा जानु झनै गाह्रो ।
म त म नै छु
चाहे अस्ती झै प्रेम गर
चाहे हिजो झै घ्रिणा गर
त्यो प्रेमी म नै हुँ
निष्ठुरी पनि म नै हुँ
म फेरिएको छैन
हामी दुबै खुशी नै छौं
फरक यत्ती हो
तिम्रो खुशीमा म खुशी छु
मेरो दु:खमा तिमी पनि ।
10 Dec, 011
छायाँ पर्यो रुपभरी
आधा खुल्ने
आधा हाँस्ने
चन्द्र ग्रहण भएँ म
कतै घ्रिणा त गर्दैनौ ?
सुन्दैछु
कुरुपतामा लठ्ठिएर
एउटा परी
मलाई पछ्याउदै
खोज्दै हिड्दैछिन रे!
धर्तीसँग नजिक हुँदा
र, झन-झन नजिकिदा
भुलेरै मैले पो
अन्तर्अङ क्षणहरुमा
सिमाहरु नाघे कि!?
अन्यथा,
ठक्कर दिनु नियत होइन
न त, चाहना नै ।
सुन्दैछु,
मेरो आगमनको चाल पाएर
अलप ज्योति फिर्ता गर्न
एक धर्तीपुत्री धर्तीभरी
धुइधुइती खोज्दैछिन रे ।
म बुझ्छु
समिप हुनु गाह्रो छ
टाढा जानु झनै गाह्रो ।
म त म नै छु
चाहे अस्ती झै प्रेम गर
चाहे हिजो झै घ्रिणा गर
त्यो प्रेमी म नै हुँ
निष्ठुरी पनि म नै हुँ
म फेरिएको छैन
हामी दुबै खुशी नै छौं
फरक यत्ती हो
तिम्रो खुशीमा म खुशी छु
मेरो दु:खमा तिमी पनि ।
10 Dec, 011
नोभेम्वर '११
-अचेल,
कात्तिके कुकुरहरुले मस्ती गर्दैछन् । 4 Nov 011
- Sometimes first impressions are neither the best nor the correct ones. 5 Nov 011
- मेरो प्रिय सपनालाई मुन्टोमा थिचेर हत्या गरुँ र अरुको लागि हाँसू वा मेरो चिचिलो चाहनालाई पुरा गरुँ र अरुलाई बेखुशी पारुँ ।? शायद जिन्दगी कसैको बन्दकी होईन, र म पनि ।
10 Nov 011
- नेताको दास कार्यकर्ता, कार्यकर्ताको दास जनता! प्रकृया उल्तो भयो, सुल्टाउनु पर्नेछ । म सधैं दास प्रथाको बिरुद्धमा उभिनेछु । 13 Nov 011
- एक्लोको अर्थ अन्त होईन, एक्लोपन पिडा होईन । एक्लो हुनु त, स्वतन्त्रताको जित हो, शान्ति प्राप्ती हो र आफ्नै सपनाहरुको समिक्षा हो । 15 Nov 011
- RUN,.. run doesn’t always mean to run Away.. but to go Faster! 16 Nov 011
- Innocent Smiles and Sweet Tears are really valuable! 17 Nov 011
(I thought we were losing true feelings and being like a machine day by day. But, when a child comes with severe illness and leaves alright, feels me so good inside. And the situation is much pretier when he wants me to go his home with him. Although, he was crying but tears were really sweet! I loved his innocence.. i loved his sense of emotional attachment. They are very important and carries so much value in my life!)
-
Hiding from the rain and snow
Trying to forget but I won't let go
Looking at a crowded street
Listening to my own heart beat
So many people all around the world
Tell me where do I find someone like you girl
(Reminds of those beautiful days! Welcome n Best of Luck MLTR!) 13 Nov 011
(Ya, no doubt that the song is really beautiful and winning the millions of heart n soul with its wonderful lyrics, music n vocal. It is one of the fav song of mine too, memories feels so fresh when i listen again n again.)
- The more we Give, more the Demand is! 20 Nov 011
- तिमीलाई जे निर्णय सहि जस्तो लाग्छ, त्यो सहि नै नहुन सक्छ तर पनि तिमी आँफैसँग भने सधैं सहि नै हुनेछौ । अरुलाई देखेर निर्णय सच्याउन खोज्दा कालन्तरमा त्यो गलत हुने सम्भावना त्यत्तिकै रहिरहन्छ जुनबेला तिमीसँग मुकाविला गर्ने कुनै आधार बाँकी रहन्न, न त ज्ञान र नैतिकता नै । 22 Nov 011
- मैले पनि केही दिन अघी आफ्नै अनुभूति फेसबुकमा शेयर गरेको थिएँ । जीवनमा कहिले काही आँशुलाई पनि प्रेम गर्नु पर्ने अवस्था आउदो रहेछ । शायद त्यो क्षणलाई हामीले महशुस गर्नु/नगर्नुमा पो भर पर्छ कि!? 25 Nov 011

Thursday, November 17, 2011
सत्य र सपनाहरु
यथार्थ हो
समाज - तितो सत्य बोल्छ
यथार्थवोध शुन्यता होईन
सुनौलो सुरुवात हो ।
तिमी कहिल्यै म हुन्नौ
न त म नै तिमी बन्न सक्छु
भिन्नै हुन ‘जिन’ र 'क्रोमोजोम' नै
र त, फरक-फरक छन
हाम्रा अस्तित्व र सपनाहरु ।
आफ्नै बिरुद्ध नऊभिने
असहमतिकै कारण शायद
मसँग सहमत भएनौ क्या रे!?
हो, तुहिने हरेक सपनाको
म सदैव बिपक्षी नै हुँ ।
जीवनभरी
जन्मिरहन्छन सपनाहरु
केही हुर्किन्छन, केही मर्छन
तसर्थ
फैसलामा राजी छु
म सहज स्विकार गर्छु
जसरी गरेथें तिम्रो प्रेमलाई ।
शुभकामना छ
तिम्रो सपनाहरुलाई
किन कि
अती प्रिय लाग्छन
मलाई आफ्नै सपनाहरु
सबैलाई त्यस्तै त लाग्दो हो!
सम्बन्ध भत्केकै बेला
सपना ब्युझिन्छ कहिले काही
सपनाले एकान्त माग्छ
स्वतन्त्रता खोज्छ
र, अन्तरात्मालाई सुन्छ ।
एक्लोको अर्थ अन्त होईन
न त एक्लोपन पिडा नै हो
एक्लो हुनु त कैलेकाही
सपनाको स्वामित्व जित्नु हो
स्वप्नहरुकै समिक्षा हुनु हो
तसर्थ
गुमाएरै पनि अपुरो छैनौ कोही
रोजेका छौं आफ्नै सपनालाई
जिएका छौ आफ्नै अस्तित्वलाई
पाएको छौं आफ्नै पूर्ण जीवनलाई ।
१३ नोभेम्बर, २०११
फुयान्शा, चाइना
Friday, November 11, 2011
दुखेको रात
चाहेरै न बोल्न मिल्यो, न
त कतै देख्न पाएँ
यादमै जुनी बित्ने भयो, न
त ब्यथा पोख्न पाएँ
मनभित्र के-के हुन्छ, कसले
देख्न सक्या छ र !
हाँसोभित्र घाऊ हुन्छ, कसले
पोख्न सक्या छ र !
घर हेर्छु अध्यारो छ, गाउँ
हेर्छु सुनसान छ
वरिपरी उस्तै देख्छु, एउटै
मान्छे गुमनाम छ
घर-गाउँ रुवाएर, अन्त बसाइ
सर्यौ किन !
चाडै छाडि जानु रैछ, यती माया
गर्यौ किन !
रुदा रुदै हाँस्न खोज्छु,
हाँसोलाई बुवा ठान्छु
हाँस्दा हाँस्दै आसुँ झर्छ,
आँशुलाई बुवा ठान्छु
जानेलाई त सजिलो भो, बाँच्नेलाई
गाह्रो रै'छ
भुल्नेलाई त सजिलै भो, साँच्नेलाई
साह्रो रै'छ ।
किउलीवाङको गोठमा, छैन कुनै
खाट अब
भट्किएको गाह्रो लाउने, छैन
कुनै हात अब
गाई-बाख्राका बगाल पनि, छिन्नभिन्न
भईगए
दिमखोला र पोतल घुम्ने, मुल
खसम कहाँ गए !
मध्यरातमा फेरन लुगा, लिन
आ'को देखें बुवा
खुशी हुँदै ब्युझिएँ 'नि,
दर्शन गर्नै पाइनँ बुवा
दिउसै आउन मिल्दैन र! लुकी-लुकी
आउनु पर्ने
बिपना त दुखेकै छ, सपना 'नि
दुख्नु पर्ने !
जाडो सुरु भयो कठै! चिसो बद्यो
होला बुवा
लुलाएका हातखुट्टा ति, ऐले
कस्तो होलान बुवा
कसो गरी सम्हाल्दै हुन्, परिवार
छौं जम्मै यतै
किन रोजिस् इश्वर तैले, हाम्रै
घरको असक्त नै !
हाम्रो खुशी देख्दा तँलाई,
इर्श्या किन जाग्नु पर्ने!?
रुदै इश्वर नाम जप्दै, तँलाई
किन दोग्नु पर्ने!?
सुख-दु:ख रचिस् तैले, सुख
जती आँफै खोसिस्
सृस्टि त गरिस् तैले, कुदृष्टिले
किन हेरिस् !?
११ नोभेम्बर, २०११
२५ कार्तिक, २०६७
बिहान ०२:५५ बजे
Tuesday, November 8, 2011
तेस्रो आँखा
पुष्पकमल दाहालले कार्तिक १५ गत्ते पुन: एउटा सम्झौतामा हस्ताक्षर गरेर नेपाली राजनीतिको केन्द्र बिन्दु आफु नै रहेको जनाउ दिन सफल भए । अब सबैले के बुझ्नु पर्ने भो भने उनको पार्टीभित्र सर्वेसर्वा नेता उनी नै हुन्, न मोहन बैढ्य न त बाबुराम भट्टराई या अरु नै कोही । राष्ट्रिय राजनीतिमा पनि के पुष्टि गरिदिए भने सुशील कोइराला र झलनाथ खनाल शान्ति प्रकृया र संबिधान निर्माणका लागि न बाधक हुन् न त साधक नै । क. प्रचण्डसँग बिपक्षीको सर्तहरु खुरुखुरु मानिदिएर पनि सहमति गर्न सक्ने बहुरङी खुबी छ भन्ने कुरा पछिल्लो सात बुँदे सहमतिमा छर्लङ देख्न सकिन्छ ।
हाम्रो नेतागण र सभासद महोदयहरुले संबिधानसभाको समयसीमा सुरुमा २ बर्षलाई तोकेको भए पनि पटक-पटक म्याद थपेर जग हसाइरहेकै हुन् । फेरी पनि संबिधानसभाको थपिएको म्याद सकिन लागेको बेला अर्को नौटंकि रचेका त हैनन् !? भन्ने आशंका गर्ने थुप्रै ठाउँ नभएको होइन । जहिले पनि अन्तिम समयमा केही न केही बहाना बनाएर कुर्सीको लेनदेन गरिरहेकै हुन् । फेरी यस पटक पनि त्यही चालबाजी चालेका त होइनन्!? भन्न सकिदैन । हुन त जनताको आँखामा यसैगरी छारो कहिले पो हालेका थिएनन् र!? नेताले नेतालाई त सक्ने भए पो त हाल्थे र! फेरी अर्कोले चुपचाप सहिदिनु पनि त पर्यो नि हामी जनताले जस्तै । हालुन् के-के हाल्ने हुन्, छारो मात्र किन? दुंगा, मातो, बालुवा,.. जती अटाउछ सबै चिज हाल्दा नि हुन्छ क्या रे! हामीलाई त संबिधानसभा बिघटनको हाउगुजिले नै तर्साइरहेका हुन्, हामीलाई त सधैं संबिधानसभा प्यारो! हाम्रै अभिमत प्यारो! तर कहिलेसम्म ? प्रश्न अनुत्तरित छ ।
नेपालका राजनैतिक दलहरु प्रायजसो भित्र चाँही बैठक बसे झै गर्छन् अनी बाहिर निस्केर पत्रकारलाई जोस्सिदै भन्छन्, "आज कुनै निर्णयमा पुग्न सकिएन, आ-आफ्नो पार्टीमा छलफल गरेर भोली फेरी बैठक बस्ने सहमति गरिएको छ ।" सधैं जसो यही बनिबनाउ जवाफ दिने गर्छन्, बिना कुनै हिच्किचाहत । बिडम्बना नै मान्नु पर्छ, त्यही टपर्तुईया कुराले नै मिडियामा पनि राम्रै स्थान ओगटिरहेको हुन्छ ।
कुनै पनि बिषयमा छलफल र बहस हुनु गौण हुन्, मुख्य चाँही सहि निष्कर्ष निकाल्नु नै हो । जसोतसो कन्दै र थुस्किदै बल्लतल्ल एउटा सहमति गरे । तर उनिहरुले के महशुस गर्नुपर्नेथ्यो भने यही बिषयमा सहमति गर्नुथियो त गिरीजा प्रसाद कोइराला जीवित हुँदै गरेको भए निकै उत्तम हुनेथियो । गिरीजाबाबुले गरेको प्रस्ताब पनि यही हुबहु नहोला तर योसँग मिल्दोजुल्दो नै थियो । अहिले आएर के के न गरे जस्तो प्रचार गर्ने नेताहरुलाई त पुरुस्कार होइन सजाय दिनुपर्ने हो । अनायास मुलुकलाई स्वार्थको रण मैदान बनाएर संक्रमनकाल लम्बियो, यती लामो समय देश अनिर्णयको बन्दी भयो । जे होस् दिलै भए पनि एउटा सहमति भएकोछ तर सँगसङै यसको कार्यन्बयन गर्ने कुरामै ठुलो आशंका पनि जन्मिएको छ । नेताहरुको अतितलाई हेर्दा अलिकती पनि विश्वाश गर्न योग्य छैनन् । उनिहरुले त्यो नैतिकता गुमाइसकेका छन । तर के गर्नु!? हाम्रो देशमा पहाड फोरेर मुसा भेटिदा पनि खुशीयाली मनाउनु पर्ने हुन्छ । यिनिहरुले पटक पटक गल्ती गर्दा पनि खुल्ला दिलले काखमा अंगालिदिन्छौं । बडो अचम्म छ । हाम्रो दुर्भाग्य, हाम्रो नियती! जे भन्दा नि हुन्छ ।
अहिलेका समकालिन नेताहरुको तुलनामा क. प्रचण्ड निकै चतुर निस्किए । उनी र उनका समर्थकले यो सत्यलाई मानुन् या नमानुन्, हजारौको बलिदानीबाट निर्मित माओवादी पार्टीको जनमुक्ति सेनालाई निसस्त्रिकरण गरेर बिघटनको दिशातिर उन्मुख गराएकै हुन् । अहिलेसम्मको उनको व्यबहार हेर्दा उनी आफ्नै ईतिहासप्रति पनि इमान्दार देखिएनन् । शान्ति र संबिधान निर्माणका लागि गरिएको सहमति पत्रलाई हतारमा षड्यन्त्र नै त भन्न नमिल्ला तर उनले चलाखी चाँही अबश्य गरेकै हुन् । अहिले नै त क्यान्टोन्मेन्टभित्र बाट असहमती र बिरोधका कुनै आवाज सुनिदैन तर पनि देशले निकास पाउने आशामा मात्र मौन रहेका हुन् भन्ने बुझ्न कठिन छैन जुन बिस्तारै चर्को नहोला भन्न सकिदैन । नेपाली जनताले शान्ति र संबिधान प्रति देखाएको आतुरता, क्यान्टोन्मेन्टमा निस्सासिएका तिनै निराश जनसेना, आफ्नै बर्ग उत्थान गरेका पार्टी नेताहरुको अबसरवादी मानसिकता, अन्य संसदिय पार्टीको चाहना तथा अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्ने भित्री स्वार्थको प्रतिफल नै यो सहमति बन्न पुगेको हो । ति सबैको गठजोडलाई मिलाएर प्रचण्डले आफुलाई भावी प्रधानमन्त्री वा राष्ट्रपती बन्ने आधार तयार गरेका हुन् किन कि यो सहमति सफल भए उनी नायक कहलिने छन् भने असफल भएको खण्डमा चाँही बाबुराम भट्टराई खलनायक बन्नेछन् । क. प्रचण्ड चाँही अरुको नजरमा पानी माथिको ओभानो हुनेछन् । हामीले पछिल्लो सहमतिलाई नियालेर हेर्दा अब बन्ने सम्भावित संबिधान २०४६ सालको भन्दा केही संसोधनसहित अलिकती उन्नत बन्नेछ भने माओवादीको १० बर्षिय जनयुद्धको ईतिहास निमिट्यान्न अवस्थामा पुग्नेछ । यसको अर्थ, नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्य उपर प्रचण्ड कमरेडको सैद्धान्तिक घोर बिचलन हो भने समानताको सुनौलो दिन देख्ने सपनामा भुलाइएका कार्यकर्तामाथि गरिएको गम्भिर धोका र गद्धारी हो । हिजो आतंकलाई बिद्रोह र बिद्रोहलाई पनि आतंक भन्न सिकेका कार्यकर्ताले अब आतंक या बिद्रोह के रोज्ने हुन्, त्यसैमा शान्तिप्रकृया र संबिधान निर्माणको भबिश्य जोडिएकोछ । पुष्पकमल दाहाल र बाबुराम भट्टराई मुस्ताङ म्याक्स चदेर एक करोडको पलङमा सधैं सधैंको लागि आराम गर्न पाउनेछन् वा बाटोमै दुर्घटनामा पर्ने हुन्!? यो कुरा स्वयम उनिहरुमा पनि होइन, अब उनिहरु द्वारा प्रशिक्षित कार्यकर्ताको निर्णयमै यि सबै चिज निर्भर हुनेछ । त्यसको लागि त अबको केही दिन कुर्नै पर्ने हुन्छ ।
मलाई ब्यग्तिगत रुपमा प्रचण्डको चिन्ता छैन न त किरण, बाबुराम र बादलको नै । यो सहमति एउटा नागरिकको लागि अत्यन्तै सकारात्मक छ, सफलतापुर्बक कार्यन्बयन हुनसकेको बखत यसको महत्व अझै बदेर जानेछ । यसका हस्ताक्षरकर्ताहरुको भबिश्य पनि उज्ज्वल रहनेछ तर शान्तिप्रकृया भनेर सहमति गरिएको मुख्य अंग माओवादीका जनसेनाहरु यो खबरले उत्साहित हुनुपर्ने हो, त्यो देखिएन । कारण स्पष्ट छ, उनिहरुलाई युद्धको बेला राष्ट्रिय सेना बन्ने, अझ सेनापती, जर्णेल-कर्णेलको सपना देखाइएको थियो तर त्यो भएन । उनिहरुले बर्गीय असमानतालाई आधार मानेर सदैव मर्न र मार्न तयार रहे । आज उनिहरुको आत्मसम्मान जोगिने गरी सहमति हुनुपर्ने थियो, त्यो भयो वा भएन, उनिहरुको सपनाको सम्बोधन कती भयो भन्ने त उनिहरुले नै बुझ्ने कुरा हो । अहिले जनसेनाले शिविरको पट्यारलाग्दो जीवनबाट उन्मुक्ती पाउनु मात्र पूर्ण समाधान हो जस्तो मलाई लाग्दैन । उनिहरुको मौन समर्थनको अर्थ सहमतिको स्वागत होइन बरु शान्ती प्रकृया टुङियोस् र देशले संबिधान पावस् भन्ने कामना नै हो । उनिहरुले अनुशासितपुर्बक पालना गरेको यो सैन्य 'चेन अफ कमान्ड'लाई ठुलो त्याग नै मान्नु पर्ने हुन्छ । उनिहरु खुशी हुने गरी अर्थात सम्मानजनक तरिकाले समायोजन र सजिलो हुने गरी पुनर्स्थापना गरिनुमै देश, पार्टी, नेता र जनता सबैको लागि उचित हुनेछ ।
अर्को समस्या भनेको संबिधान निर्माणमा देखिएको अबरुद्ध प्रकृया हो । त्यसको गाँठो फुकाउने उपाय भनेको सकेसम्म सबै दलहरुको विश्वाश लिनु हो, नभए मुख्य दलहरु बिचमा सहमति गर्नु नै हो । यो यथार्थलाई अधिकांस दल र नेताहरुले बुझेकै छन् तर इमान्दारीपुर्बक पहल गरेको देखिदैन । हाम्रो सम्भिधान सभाको बैठकमा केवल २ जना सभासदले पनि संसदको महत्वपूर्ण बैठकहरु रोक्न सक्ने हैसियत राख्न सक्छ भने किरण-बादल पक्ष फुटेर या नफुटेर नै गर्ने बिरोधको सिधा असर अबश्य पनि शान्ति प्रकृया र संबिधान निर्माणमा पार्नेछ । त्यतिखेर अहिलेको सहमतिको औचित्य त्यती अर्थपूर्ण नहुन पनि सक्दछ । तसर्थ, अहिले परिस्थिती कावुभित्र रहदै नियन्त्रण गर्नतिर सोच्नु नै बदी उपयुक्त हुनेछ, न कि धेरै दिला भैसकेपछि वा चिज बिग्रिसकेपछी । एउटा सच्चा नागरिकको रुपमा म के चाहन्छु भने शान्तिको नाममा मुर्दा शान्ति र संबिधानको नाम अस्पष्ट संबिधान लेखिनु र नलेखिनुमा त्यती तात्विक फरक देख्दिनँ । अहिलेको आवश्यकता भनेको त दिर्घकालिन शान्ति, सबल संबिधान र सम्रिद्ध नेपालको परिकल्पना नै हो । तर हामी समयको बर्बादी गरिरहेका छौं, त्यो बाटोमा हिंड्न डराई रहेका छौं । शायद अझै पनि अल्मलिरहेका छौं ।
मैले यो सहमति कसरी सम्भव हुनसक्यो भन्ने त माथि नै उल्लेख गरिसकेकोछु । जनसेनाहरु क्यान्टोन्मेन्टभित्र उकुसमुकुस भएर थुनिएर बस्नुभन्दा चित्त नबुझे पनि यो सम्झौतालाई स्वागत गर्नुको अर्को बिकल्प पनि थिएन र गरे पनि । अन्यथा, संसार बदल्न गुरिल्ला बनेकाहरु बनपाले र चौकिदार बन्नकै लागि मौन समर्थन जनाउनु आश्चर्यलाग्दो छ, त्यो पनि समायोजन भएर होइन नयाँ भर्ती प्रकृया अपनाएर । मैले युद्ध नलडेको हुँला तर युद्ध देखेकोछु, युद्ध भोगेकोछु । आज क्षणिक शान्ति-शान्ति भनेर कराउनेकै कारणले भोली अर्को गृहयुद्धको आधार नबनोस् किन कि हतियार चलाऊन अब ति कसैले सिकिरहनु पर्दैन । भोली शान्तिप्रकृया चालु रहदा पनि अपेक्षित वा सन्तोषजनक हुन नसकेको खण्डमा किरण-बादलको पक्षमा लडाकुहरु उभिने सम्भावना त्यत्तिकै रहन्छ । यदी त्यो स्थिती भैदिएमा दुर्भाग्यपूर्ण हुनेछ किन कि प्रचण्ड र बाबुरामले नै पार्टीभित्र पेलेर जाने निती अख्तियार गरिरहेका छन् । र माथिल्लो स्तरका कमान्डरलाई आफु अनुकुल पार्न राजनैतिक नियुक्तिको आश्वासन बाँडिएको छ र थामथुम पारिएको छ भन्ने सुन्नमा आएकोछ । स्पष्ट शब्दमा भन्नु पर्दा प्रचण्ड आफ्नो सिद्धान्तबाट बिचलित भएकै हुन्, क्रान्तिलाई धोका दिएकै हुन् र इमान्दार कार्यकर्ताप्रति गद्धारी गरेकै हुन् । भलै, अहिले प्रचण्डलाई नेपालकै बुद्धिमान नेता मान्ने उनका समर्थकले यो कुरा स्विकार्न त के सुन्नसम्म पनि चाहने छैनन् । अरुले जे सुकै भने पनि प्रचण्ड एक सक्षम ड्राइभर अबश्य हुन् जसले चाहेको खण्डमा बाटो अनुकुल होइन आफु अनुकुल स्टेरिङ् मोड्न सक्छन्, गाडी अनुकुल होइन आफु अनुकुल गियर बदल्न सक्छन् । यो क्षमता उनिसँग छ भन्ने कुरा मान्नै पर्ने हुन्छ ।
डा. बाबुराम भट्टराई ऊहिल्यैदेखि पेलिदै आएकै हुन् । उनी शान्ति र संबिधानको एजेण्डामा निरन्तर अडिग रहेकै हुन् । अन्य प्रधानमन्त्रीको कार्यकालमा भन्दा उनको कालमा सुशासनको केही आशा पलाएकै हो । उनले आफ्नो स्वच्छ छवी कायम राखेर देशलाई शान्ति र संबिधान दिने दिशामा अग्रसर छन् । उनको तत्परतालाई हेर्दा शान्ति प्रकृया टुङिने र संबिधान पनि लेखिने प्रबल सम्भावना देखिन्छ । तर केवल औपचारिकता पुरा गर्ने खालको शान्तिप्रकृयाको अन्त्य र संबिधान घोषणाले जनताको आकांक्षा कदापी पुरा हुँदैन । कुनै पनि प्रकृयागत कुरामा पार्टीभित्र आबश्यक छलफल बिना प्रचण्डको साथ शयर हुँदै एकलब्य बन्नुको मज्जा लिनु भबिश्यका लागि त्यती फाईदाजनक छैन । बिप्पा सम्झौतामा सकारात्मक र नकारात्मक दुबै पाटा अबश्य छन् तर भ्रमणमा जानुभन्दा अगाडि अरु राजनैतिक दलहरुसँग यथेष्ट छलफल नगर्नु पनि अनौठो नै छ । किरण-बादलसँगको गठबन्धनकै जगमा टेकेर प्रधानमन्त्रीको कुर्सिमा आसिन हुन पाएका उनले त्यही पक्षलाई प्रहार गर्न प्रचण्डलाई यती सजिलै आफ्नो काँध थापिदिनुले पनि उनको नियतमाथि शंका जन्माएकोछ । उनले किरण-बादल पक्षलाई समेत समेटेर अगाडि बद्न खोजेको भए पार्टीभित्र र बाहिर पनि उनको उचाइ अझ बद्ने थियो र थुप्रै कार्कर्ताको मन र विश्वाश जित्ने सम्भावना प्रचुर थियो । तर उनले त्यो आवश्यकतालाई पुरै नकारेर सिर्फ प्रचण्डको लौरो बन्न सकेकोमा नै आफ्नो सफलता सोचिरहेका छन्, जुन प्रत्युत्बाधक हुनसक्नेछ ।
ने.क.पा. माओवादी अहिलेको यो स्थितिसम्म आउँदा प्रचण्ड र बाबुरामको जती योगदान छ, त्यत्ती नै योगदान किरण र बादलको पनि छ । शान्तिप्रकृयाका केही महत्वपूर्ण छलफल र निर्णयहरुमा उनिहरुलाई संलग्न र सन्तुष्ट पार्न नसक्नु संस्थापन पक्षको कमजोरी हो । तर उनिहरुले नेत्रित्वको केही कार्यशैलीसँग असहमत हुँदैमा सम्पूर्ण शान्ति र संबिधान निर्माण प्रकृयामै खोट देख्नु तथा सिङो प्रकृया नै अबरुद्ध पार्न खोज्नु ठुलो भुल हो । १८औ शताब्दीको कार्ल मार्क्स र १९औ शताब्दीको माओ जे डोङको बिचार चाहेरै पनि नेपालमा ठ्याक्कै लागु नहुनसक्छ । उनिहरुले समयको बास्तविकतालाई बुझेर सिर्जनात्मक कोणबाट अझ कलात्मक दंगले नेपाल र नेपालीलाई प्रगतिशील बाटोमा डोर्याउन छाडेर कम्युनिष्टको घोषणा पत्रमा उल्लेखित सिद्धान्तहरुबाट हलचल हुन नमान्नु बिडम्बना नै मान्नुपर्छ । जो कसैले पनि स्वतन्त्रतालाई अराजकता र आतंकलाई बिद्रोहको आवरण दिन नसक्ने होइन तर त्यती ठुलो त्याग गरेर पाएको उपलब्धीलाई गुमाएर फेरी शुन्यमा झर्न खोज्नु हातको चरालाई उदाएर झ्याङका चराको पछाडि कुद्नु सरह हो । आन्तरिक एकता मजबुत नहुन्जेल राष्ट्रिय सफलता असम्भवप्राय छ तसर्थ सबैले आ-आफ्नो जिम्मेवारीलाई बुझेर यथार्थलाई आत्मसात गर्न सकेमा मात्र बुद्धिमानी हुनेछ । कामना छ, देश बिकासमा कोही नछुटुन्, कोही नतुटुन् ।
अहिले दलहरु जसरी घिस्रिदै र पछरिदै यो बिन्दुमा आएर जुन सहमति गरेका छन्, यसैको जगमा टेकेर सबैलाई मान्य हुने गरी शान्ती प्रकृया टुङियोस् र संबिधान लेखिएर चाडै घोषणा भएको दिन देख्न पाइयोस् । सम्पूर्ण नेपाली जनताको आशा पनि त्यही नै हो । नेपालमा सहमति अनिबार्य छ तर सहमति नै अभिशाप बनिरहेछ । शायद सतिले सरापेको देश भनेको यही नै होला !
02 Nov, 2011

Subscribe to:
Posts (Atom)