Friday, December 31, 2010

चन्द्रे नेपालीको मृत्‍यु

धर्तीको थरी-थरी
लोभलाग्दो सृस्‍टि
बिशेष छ चन्द्रे
चन्द्रे नेपाली ।


हिमाल हाँस्दा
दन्ते लहर फिजाएर
मुसुक्क हाँस्छ चन्द्रे ।

पहाड फुल्दा
नौरङी भेषमा
दकमक्क फुल्छ चन्द्रे ।

तराई नाँच्दा
कम्मर मर्काउदै
बयेली नाँच्छ चन्द्रे ।

पूर्व-पश्चिम
उत्तर-दक्षिण
सुख-शान्ती रोप्दै
खुब रमाइराख्छ चन्द्रे ।

धेरै भो अचेल
एकाएक मौन छ
चन्द्रे नेपाली ।

बिचरा!
धार्मिक दंगाको डरले
ओछ्यान परेछ
जातिय फन्दाको पिरले
बेहोश भएछ
भौगलिक बिखण्डनले रेटिएर
कोमामा पुगेछ ।

राष्ट्रियताको संजीवनी नपिलाए
अब बाँच्नेछैन चन्द्रे
न घर फर्कनेछन मलामी चन्द्रेहरु ।
21 Dec,’10

Tuesday, December 21, 2010

अबैधानिक‘रेड लाईट एरिया’बाट

मेरो एक प्रश्न छ
मेरै माटोसँग ।

म नपुंसक!
वा
अक्षम मुलुक!?

निभेका छन घरका चुल्होहरु
लुलाएका छन प्रगतिहरु
अङभङ मनहरु यत्रतत्र
छरपस्ट छन शान्ती दीपहरु ।

दोष कसको?
मेरै वा मेराको?

हरियाली सपनाको खास्टो ओडेर
मुग्लान पसेका रहरहरु
यौवनमै खङरङ सुकेर दल्दा
गरिबीको बिदाइ गर्ने एयरपोर्टले
मृत्युको बाकस उपहार थापिरहेछ-निर्लज्ज ।

उद्देश्य चुम्ने आकांक्षा बोकेर
दक्षता चद्न गएका युवा खुट्टाहरु
भोक-प्यासले रन्थनिएर थलिदै
यात्राको पिडादायी, स्वभाविक अन्त्य भैरहेछ ।

हराभरा स्वप्निल मुनाहरु
रङिचङी नफुल्दै कोपिलामै
मलामीका लस्करहरु चियाउदै
ओइलाउदै कुहिरहेछन बिबशताले ।

न दृष्टिदोष हो, न त कर्णदोष
नकावी कोठाहरुमा लुटिएका छन चेलीहरु
सम्बेदनाहिनताको बिपक्षमा दिउसै
पवित्र अस्मिताका चिच्याहतहरु
घरिघरी म सुनिरहेछु
रेड लाइट एरियाबाट ।

मेरो एक सर्त छ
मेरो देशसँग ।

मर्मको अर्थ खुल्ने गरी झरेका
ति आसुँहरुसँग केही गुनासो छैन
खुशीको महल बन्ने गरी बगेका
ति पसिनाहरुसँग मेरो चित्त दुखाई छैन
तर,
पराइ भूमिलाई आफ्नै ठान्नु पर्ने बाध्यतालाई
मानवीय स्वाभिमानसँग जोख्दाखेरी
हिसावकिताव ठ्याक्कै मिल्नु पर्यो ।

हो,
समयले मुल्य पाउनैपर्छ ।
लेखाजोखा बराबरी हुनैपर्छ ।
मेरो यही एउटै सर्त छ ।

ओ! मेरो देश
ओ! देशवासी
मेरो बिमती छ
कर्णालीको भोकमरी
खाडीले टार्न सक्दैन!
रोल्पाको घाउ
इराकले पुर्न सक्दैन ।

यो सुनुवाई खोज्दैछु
कि बुवाको बिर्य परिक्षीण गरियोस
कि पुन: आमाकै डिम्ब सेचन गरियोस
एक देशभक्त सन्तान त जन्मनै पर्छ ।

मेरो एउटै आग्रह छ
यही एउटा घोषणा छ
अबैधानिक 'रेड लाईट' एरियाबाट ।
17 Dec,’10

पिस्तोल पड्किएन

हातको पिस्तोल पड्किएर
एउटा मृत्यु भैदिएको भए
मर्नेको भार हट्ने थियो
मार्नेको शाख घट्ने थियो
….कोठरीमा सड्ने थियो
बरु
मै मलामी खेर्ने थिएँ
आँफै सलामी दिने थिएँ
न रह्यो बास,
न बज्यो बाँसुरी ।

बिडम्बना!
गोली निस्किएन
मेरी आमा!
हाम्रो रुने दिन अझै सकिएन ।
14 Dec,'10

Monday, December 13, 2010

सर्प र मान्छेहरु

यो सत्य हो
सर्पले मुसा खान्छ
तर
सर्पलाई पाल्न खोज्नु
मेरो दुस्साहस हो
किन कि
मलाई थाहा छ
सर्प बिषालु हुन्छ
अबश्य डस्नेछ कुनै दिन
खसमलाई नै ।

अचेल बिगबिगी छ
यिनै सर्परुपी मान्छेहरुको
यद्धपी
सर्पहरु, सर्प नै रहे, रहनेछन
उठेर हिंड्ने छैनन
मान्छेहरु, मान्छे नै रहे, रहनेछन
भुइमा घिस्रने छैनन
सर्प र मान्छेका आदर्शहरु
कहिल्यै एउटै थिएनन
हुने छैनन पनि
भलै ति सर्पहरु
मान्छेका साइत बिथोल्न
वस्ती पुग्ने मुसो दुलो खोज्दै
छ्याप्छ्याप्ती घुसिरहेका छन ।

सामाजिक मुल्य-मान्यता
र, मानवीय धर्म निभाउन
अब म गरुड बन्नेछु ।।

11 Dec,'10

शान्ती! आऊ

खोजिरहेछु
अलप त्यो
मेरो सेतो परेवा ।

चारो खोज्नलाई
निकै टादै पुग्यो कि!
शिकारीलेले पो उल्तै
उसैको भोक मेट्यो कि!

आमाले
अह्राउदा-अह्राउदै
सम्झाउदा-सम्झाउदै
कती अटेरी सन्तान म ।

परेवा सँगसङै
घरको लक्षिण हरायो
सधैंको शोभा गुम्यो
परिवार छिन्नभिन्न भयौ
हामीलाई मिल्न बिन्ती गर्दै
बिलापमा आमा रोइरहिन ।

मैले सकेजती
तन्त्र मन्त्र चलाएँ
बादहरुले झरफुक गराएँ
गाउँका कुना काप्चा
१० बर्ष चाहरें
शहरका गल्ली चोक
६ बर्ष तड्पिएँ
आज बल्ल भेटाएकोछु
लुछिएको, रोगिएको
एउटा परेवा ।

अझै खोजिरहेछु
स्वस्थ, हस्तपुष्ट
हराएको त्यो
मेरै प्यारो परेवा ।
01 Dec,’10

चमत्कार

जिउदा जिउदै
जीवन मरेछु थाहै नपाई
अलिकती उनकै कारणले
अलिकती मेरै कारणले ।

पाउनु र गुमाउनु
भेटिनु र छुटिनु
मीठो नियती रैछ
जिन्दगी र प्रेमको ।

तर आश्चर्य भो!
सदाबहार फूलिरहने
अजम्बरी फूल वइलाएछ
भावनाको अविरल मूल
आज एकाएक सुकेछ ।

यो एउटा चमत्कार हो
यो नै यथार्थ पनि ।

कतै भेट्ने आशमा
धर्तीभरी चियाउछन आँखाहरु
आँफैलाई सोध्छु
सपनालाई कुल्चेर उनी
उतै अलप भईछिन् ।

भुपु मायालु त
अर्कै लोकमा बसाइ सरिछिन्
तर
म उनिसङै बासै सर्न पनि सकिनँ
बरु ग्रेट वालमा पाइला टेकेंर
आँखा चिम्लिदै बिर्सिदिने संकल्प गरें 
चमत्कारी ग्रेट वालको भूईमा
यो अर्को चमत्कार बनाएँ ।

चन्द्रमाले ग्रेट वाल देख्छ भने
ग्रेट वालले त झन चन्द्रमा देख्छ नै 
मैले उनको चन्द्रलोक चियाएँ
उनले पनि मलाई पक्कै नियालिन होला ।

म मर्दा मर्दै
अब जीवन जिउन थालेकोछु । 

३० अक्टोबर, २०१०

बेइजिङ, चाइना

Sunday, December 12, 2010

नोभेम्वर '१०

- आऊ, मलाई सके जती अझै भोग गर ।
04 Nov,’10

- देउसीभैलोको मौसममा थोरैले सम्झिरहेको 'सिज' भैलो सम्झिरहेछु, 'सिज' भैलो सँगै धेरैले बिर्सेंको क. बरुणलाई पनि सम्झिरहेछु ।
05 Nov,’10

- भाइटीकाले शायद दाजुभाइ हुने/नहुने दिदीबहिनीहरुलाई खुब रुवायो, दिदिबहिनी हुने/नहुने दाजुभाइहरुलाई पनि रुवायो । सधैं झै खुशी भन्दा आशु नै बदी चदाएर बिदा भयो ।
07 Nov,’10

1. We, Overseas Team won The game by 2-0 &
2. Enjoyed excellent Tihar programme, really a superb one! Thanks to our juniors!
Once again Happy Dipawali to all of you!
08 Nov,’10

- मैले आफुलाई न 'खाडा' ओड्न योग्य ठान्छु, न त ओडाउन नै तर यि दुबै अबसर अनायस पाईरहेछु । "मैले त्यो पातलो सेतो कपडाको भार र महत्व कत्तिको बुझ्न सकेको छु ?" आँफैलाई यो प्रश्न सोधिरहेछु ।
08 Nov,’10

- The person who cant keep up his words high is a,.. cheater, liar, selfish, traitor... I must learn to hate this type of people !
19 Nov,’10

-When you are my Leader, I Trust you n when I m your Leader, just Follow me! 23 Nov,’10 Nov,’10

-
दिदी फेरी रुने भइन्
रमा दिदी, पिडा सबैको उस्तै हो । दिदिबहिनीहरुको होस् वा दाजुभाइहरुको । म प्रदेशमा छु, मेरी दिदिहरु घरमा । तपाईंको दाजुहरु घरमा हुनुहुन्छ तर फेरी तपाईं प्रदेशमा । अनी आफ्नो भन्दा अलिकती टाढा सोचौ, दाजुभाइ नभएका चेलीहरु वा दिदिबहिनी नभएका दाजुभाइहरु । उनिहरु झन बर्षौ बर्षा उसैगरी दुखिरहेका हुन्छन । एउटै पिडा छ, भोगाइ मात्र फरक फरक हो । म यतिखेर भाइटिकाको ठ्याक्क साइतमा लेखिरहेछु, शुभ भाइटिका ।

- Happy Chhath 12
Nov,’10


- मेरो वरीपरिको बातावरणलाई नियाल्दा लाग्छ, दशै सकिसक्यो, तिहार पनि निख्रिसक्यो तर देशको 'दशा' भने झन-झन नजिक आउँदैछ भन्ने भाण परिरहेछ । म चाहन्छु, यो मेरो भ्रम मात्र भैदियोस् ।
13 Nov,’10
लंका जी, सहि सुझावका लागि धन्यवाद ।
हो, पक्कै पनि चिन्ता गरेर समस्याको समाधान निस्किदैन । त्यसका लागि त अध्ययन, चिन्तनमनन र अचुक उपायको खोजी पो गरिनुपर्छ । तर यसो भनिरहदा मैले आफुले टेकेको धरातललाई भुसुक्क बिर्सिनु भने हुँदैन । म एक विद्यार्थी हुँ । देश हाक्ने र चलाऊने नेताले हुन । राजनीतिज्ञलाई सचेत र सजग गराउने तथा दवाब दिने र खबर्दारी गर्ने नागरिकले हो । त्यसैले म विद्यार्थी हुँदा हुँदै पनि स्वयम आँफै पनि एक नागरिक हुँ । मलाई लाग्छ, मैले बोलेको यो स्वभाविक चिन्ता मेरो कर्तब्य भित्र नै पर्छ जुन एक नागरिक आवाज हो भन्ने लाग्दछ । तपाईंले जुन बिचार राख्नु भयो, त्यो पनि नागरिक आवाज नै हो भन्छु मैले । हामी दुबैको चाहना भनेको हाम्रो देश सुन्दर, शान्त र सम्रिद्ध बनोस भन्ने हो । हाम्रो स्वार्थ भन्नु हाम्रो देशले चाडै प्रगती गरोस् भन्ने नै हो । तर पर्दा बाहिर र भित्र तिनै देश हाक्नेहरुले बिभिन्न षड्यन्त्रहरु गर्न ब्यस्त छन, नियम बिनाको खेलहरु भैरहेका छन । यदी समयमै सुध्रिएनन भने तपाईंको आवाज र मेरो आवाज अझ चर्को बन्न सक्छ । मेरो, तपाईंको र अरु अरुहरुको आवाज कुनै न कुनै दिन पक्कै सुनिने गरी बुलन्द हुनेछ । यदी अझै पनि यसरी नै नजर अन्दाज गरियो भने परीणामको हिसाबकिताव बर्तमानका नेता भनाउदाहरुले गरेको जोडघटाऊ भन्दा भिन्नै हुनेछ । कुरो, मौन तर बलवान मान्छेहरुले धैर्यता कहिले तोड्छन भन्ने मात्रै हो । म फेरी आशा गर्छु, देश दुर्घटनातिर नजावस । अहिलेकै नेताहरुले जिम्मेवारीबोध गरेर देशवासीको भावनालाई बुझेर देशलाई सुमार्गतिर डोर्याएर अग्रगतिमा अगाडि बदाउनेतर्फ ध्यान दिउन । जनताभन्दा सर्बशक्तिमान अरु कोही हुनै सक्दैन ।
जय जनता! जय नेपाल!

- कहिले काही ब्यस्त समयले खेद्छ, कहिले काही मैले
खेदाखेद त चलि नै रहन्छ ।
20 Nov,’10

- हरेक मान्छेले आत्मसमिक्षा गर्न र यथार्थलाई स्विकार्न हामी, हाम्रो गाउँ र समाज तयार भैदिए पुरै धर्ती अती सुन्दर हुनेथियो । यो सत्य हो कि, थोपा थोपा मिलेर सागर बन्छ, ब्यक्ती ब्यक्ती मिलेर समुह बन्छ । यि बिचार र भावनाहरु सधैं जीबित रहनेछन र रहुन भन्ने आशा छ । अशोक र अशोक जस्ता मान्छेहरुको सपना एक न एक दिन अबश्य साकार हुनेछ । मान्छे एउटा जन्तु मात्र होइन, मानव भएर बाँच्नु पर्छ ।

- पुष्पकमल दाहाल पुन: क. प्रचण्ड बन्ने सर्तमा संसदभित्र भएको पहिलो हस्तक्षेप स्विकार्य छ । अब पनि तालतुले र दुलमुले नीतिले न त नेपाल समुन्नत बन्नेछ, न त नेपालीको आचरण नै सुध्रिनेछ ।
21 Nov,’10
(कुनै पनि ऐतिहासिक घटना भबिश्यको साक्षी हो । यस अर्थमा बर्तमानको सबुत पनि हो । सङीन जीले भन्नु भए झै देङ सियाओ पिङको सन्दर्भ अहिले नेपालमा ठ्याक्कै मिल्ला नमिल्ला त्यो बेग्लै कुरा तर पनि त्यसबाट सकरात्मक र नकरात्मक शिक्षा लिने सामर्थ्य भने हामीसँग हुनुपर्छ । प्रचण्डले जुन एजेण्डाहरु उठाएर जनयुद्ध सन्चालन गरेका थिए तिनै प्रचण्ड शान्तिकालमा भने अली अल्मलिएको जस्तो भाण सबैलाई परिरहेको छ । हामीले देखेकै हो, सहमति र लचकताको नाममा अनुचित सम्झौताहरु पनि नभएका होइनन । बाधा अबरोधहरु अबश्य आउछन नै तर तिनै अप्ठ्याराहरुको सामना गर्दै जित्नु नै सफलता हो । नेपालमा अचेल स्वतन्त्राको नाममा अराजक भिड बद्दै गैरहेको छ । सबैको मानसिकता भ्रस्ट हुँदै गैरहेकोछ । हत्या, अपहरण, चक्काजाम, बन्द, जसले जे माग राखेर गर्दा पनि हुने भो, यि सामान्य लाग्न थालिसके । सरकार छ, राज्य छैनको स्थितिमा देश र सारा देशवासी गुज्रिरहेका छौ । मेरो बिचारमा अब देशको कानून अन्धाले हात्ती छामेको जस्तो बन्नु हुँदैन । कानून कडा बनाउनु पर्यो, त्यसको निस्पक्ष कार्यन्बयन गर्नुपर्यो र सम्बन्धित ब्यक्ती स्वच्छ हुनुपर्यो । संक्रमन कालको बहानामा रुम्मल्लिएर बस्यौ भने धमिलो पानीमा बल्छी हान्नेहरुलाई फाईदा पुग्नेछ । सन्क्रमनकाल जती लम्बायो त्यती नै लम्बिने न हो । त्यसैले एउटा इमान्दार पहलकदमी अत्याबश्यक छ । यदी सन्तोष जीले भन्नु भए झै नमच्चिने पिङ्को सय झड्का नै हो भने चाँही खराब तत्वहरुका बिरुद्ध जुट्नु हामी सबैको कर्तब्य हो भन्ने मेरो बुझाई छ । देश सीमित ब्यक्तिहरुको बिर्ता होइन, जतिबेला जे मन लाग्यो त्यही गर्ने, आफ्नो स्वार्थ र रहर पुरा गर्न भागबन्दा गर्ने अनी सिङो नेपाल र तीन करोड नेपालीलाई बन्दी पार्ने । मुख्य कुरा भनेको, नेपालीले सुख शान्ती पाउने कि नपाउने ? सम्रिद्ध र समुन्नत नेपाल बनाउने कि नबनाउने ? बनाउने भए कसरी ? बनाउनेलाई बनाउन नदिने को ? तिनीहरुलाई के गर्ने ? यहिनिर समस्याहरु छन भन्ने लाग्छ । सकेसम्म बर्तमानमै बनाऔ, नभए भबिश्यका लागि आधार तयार गरौ । मलाई बाद र तन्त्रहरुको विश्वाश त्यती छैन, मनमा लागेको यत्ती हो ।
यहाँहरुको प्रतिकृया र 'लाइक'का लागि धन्यवाद ।)

-"It is better to be alone than in bad company." -- George Washington

-एसियाडमा नेपालीहरुले कसरी पदक जित्न सक्छन? हाम्रो सरकारले न त खेलाडीहरुलाई भबिश्यको सुनिश्चित गरिदिएकोछ न त राम्रो अभ्यासको ब्यबस्था गरिदिएकोछ । खेल तालिका अनुसार खेल्नु पर्ने दुई दिन पछी छ तर सम्बन्धित पक्षहरु आपसी झगडा गर्दै खेलाडीहरु खेलस्थलसम्म पुग्ने नपुग्ने अन्योलमै बस्नु पर्ने हुन्छ । अपेक्षा ठुलो राख्छौ तर कर्म अर्थात तयारी चाँही झारा तार्ने गरी गर्छौ । पदक नजित्नुमा खेलाडीको भन्दा पनि सरकार र राखेप बदी जिम्मेवार छन । मैले भनेको जस्तो हुने भए त १०००० जती सैनिक र प्रहरीहरुको सेवा अबधी पुगिसकेपछी नयाँ भर्ना नगरेर तिनिहरुको तलबभत्ता स्वरुप बचेँको बजेटलाई खेलाडी,कलाकार,साहित्यकार जस्ता देशलाई योगदान गर्न सक्नेहरुलाई पुरुस्कार र योगदान गरिसकेकाहरुलाई चाँही मुल्याङ्कन गरेर सम्मान स्वरुप थोरै आर्थिक सहयोग दिने ब्यबस्था गर्न पाए हुनेथियो । ब्यारेक र चौकिभित्र गुम्सिएर रहेका युवाहरुको उर्जाशिल समय खेर पनि नजाने, देशका लागि केही गर्न चाहनेलाई अलिकती भए पनि हौशला हुनेथियो कि !? यसो भन्दा सैनिक प्रहरीको बिपक्षमा गएको होइन, भए जतिका सबै जनशक्ती र अर्थको अधिकतम उपयोग हुनुपर्छ भन्ने मेरो सोचाइ मात्र हो । अझै काठमाडौंका सडकहरुमा माग्दै हिंडेका भिखारीहरुलाई पनि सरकारले आँफै पाल्ने तर बिकास निर्माण, कृषि जस्ता काममा लगाउने योजना अघी सारे राम्रो हुनेथियो ।
25 Nov,’10

-
जीवन हो संघर्ष, भिड्नेहरुलाई
जीवन हो यात्रा, हिंड्नेहरुलाई
सुन्दर छ जिन्दगी, भोग्नेहरुलाई
सबै सबै हो जिन्दगी, खोज्नेहरुलाई ।
जन्म दिनको शुभ अबसरमा यहाँको जिन्दगी भर, सुख स्वाथ्य सम्रिद्धी सधैं छाईरहोस् । शान्ती प्रगती सफलताले चुमिरहोस् । जन्मदिनको हार्दिक हार्दिक शुभकामना ।
28 Nov,’10

-
Again a night has passesd
thinking of ways to regain my form
i m searching to find myself again
in memory of the first game here
inspiring to make a successful ending
A special day has come for me!
23 Nov,’10

‎- "I always knew looking back on the tears would make me laugh, but I never knew looking back on the laughs would make me cry." -- Unknown
24 Nov,’10

-
आऊ साथी
छातीको चौडाइ नाप्नेहरुलाई बहिस्कार गर्दै
मुटुको गहिराइ नाप्न आऊ ।
खप्परको उचाइ नाप्नेहरुलाई अस्वीकर गर्दै
गुदीको अग्लाई नाप्न आऊ ।
म, तिमी र अरुहरु मिलेर
मुटु र गुदीको मापन गर्ने शहर बसालौ ।
सङ्लो हृदयहरुको कलमी गरेर
बाँच्ने र बचाउने जिन्दगीको फूलबारी बसालौ ।

- बाबुराम बाहुनको नारा र त्यो नारालाई बुझ्न सक्ने कबी बिक्रम सुब्बाहरुको उद्धेश्य प्रती मेरो सहमति छ । अब छुत र अछुत बाबुराम बाहुनहरु झन जोडले नारा घन्काउनु पर्दछ । र कबी बिक्रम सुब्बाका दाँया बाँया एउटा बिशाल जनमानस उभिन तयार रहनु पर्दछ । मुख्य कुरो, अरुको भाग खोसेकाले बराबरी गर्न तयार हुनुपर्यो, रुपान्तरण हुनुपर्यो । मैले बुझे अनुसार, सबै प्रकारका थिचोमिचो र भेदभावबाट मुक्ति पाउन र दिलाउन लागिपरेकाहरुको सपना नै यो कबिताको सार हो भन्ने लाग्छ ।
मेरो बिचारमा, कुनै एक असमानतालाई प्रमुख ठान्नु भन्दा बर्गिय सँग सँगै जातिय र क्षेत्रिय समस्याहरु पनि समाधान गरिनु पर्छ ।
(कबी बिक्रम सुब्बाको 'बाबुराम बाहुन हल्ला गर्छ' का सन्दर्भमा)


- आजदेखि बैठक एकमत एकढिक्काका साथ सकारात्मक संश्लेशन तिर जांदैछ किन कि माओवादी पार्टी नेपाली जन्ताको चाहना र भाग्य निर्माण भन्दा वाहिर जान सक्दैन,त्यो अधिकार माओवादी पार्टीलाई छैन ।
बिनय जी नमस्कार ।
हुन त माओवादी पार्टीसँग मेरो प्रत्यक्ष कुनै सङ्लग्नता छैन तर पनि पत्रपत्रीकाहरुमा आउने बिभिन्न समाचारले अत्यन्त पिडा दिने गर्दछ । यस अर्थमा कि देशको सबै भन्दा ठुलो पार्टीको सिधा सम्बन्ध सिङो नेपाल र नेपालीसँग जोडिएको हुन्छ । माओवादीले गर्ने हरेक कृयाकलापले बर्तमान परिस्थितीलाई मात्र नभएर भबिश्यलाई पनि प्रभावित पार्न सक्दछ तसर्थ तपाईंको पार्टीको भलो चिताउने म एक शुभचिन्तक हुँ । पार्टीले उठाएको सहि एजेन्डा तथा अन्य राजनैतिक दलहरुको गलत निती र असक्षमताकै कारण जनयुद्धले छोटो समयमै त्यो उचाइ हासिल गरेको थियो । शान्तिप्रकृयामा आइसकेपछी पनि संबिधान सभामा जनताले विश्वाश गरेकै कारणले तपाईंहरुको पार्टीले यती ऊच्च स्थान पाउन सफल भएको हो । यसो भन्दा पार्टीभित्रका नेता कार्यकर्ताको योगदानलाई मैले अबमुल्यन गरेको होइन । माओवादी पार्टी आज यो स्थानमा पुग्नुको मुख्य श्रेय नै तपाईंहरुलाई जान्छ । तर हिजो आफ्नो प्राणको आहुती दिने सहिदहरुको रगत, अङभङ घाइते अपाङ्ग, बेपत्ता परिवार, युद्ध भोगेका नागरिकहरुको भावना माथि कुठाराघाट गरिनु त्यो झन ०५१ साल अघिको भन्दा पनि चरम अत्याचार हो । तपाईंहरुले युद्धका बेला कती भोक कती चिसो टिक्नु भयो भन्ने तपाईंलाई मात्र राम्ररी थाहा छ । रातदिन कति थकान कति निन्द्रा र कती मानसिक कष्टहरु सहनु भयो भन्ने अबश्य बिर्सिसक्नु भएको छैन । युद्धका बेला तपाईं र तपाईंको सहयोद्धाहरुमा कस्तो प्रकारको जोश थियो, शोषण उद्पिडनबाट सधैंका लागि मुक्ती पाउने र सम्रिद्ध नेपाल बनाउने सपना अबश्य भुल्नु भएको छैन होला । यि र यस्ता कुराहरु मैले धेरै नजाने पनि थोरै थोरै देखे सुनेकोछु । तपाईंहरुले निकै दु:ख गरेर नेपाली समाजलाई यो अवस्थासम्म घिसार्दै र हिडाउदै ल्याउनुभएकोछ । तर तपाईंहरुको खून पसिनाले नेता बनाएका र जनताले भर गरेका नेताहरु प्रचण्ड, किरण र बाबुराम भने देशको नेत्रित्व गर्न असफल बाटोतिर बदिरहेका पो छन कि भन्ने आशंका आमजनमानसमा जन्मिन थालेकोछ । हिजो भनिएका नौलो भिजन र सुनौलो दिन आज खै कता अल्मलिएछ !? अन्य दलका कतिपय खराब नेताहरुकै तरिकाले चल्ने र त्यस्तै संकिर्ण मानसिकतालाई दोहोर्याउने पो हुन कि भन्ने चिन्ता हामीमा छ । मेरो अनुभव अनुसार, आन्तरिक मनमुताबमा फसेको पार्टी र घर झगडामा अल्झिएको दम्पतीले केही प्रगती गर्नै सक्दैनन । अरुलाई बाहिर देखाउन र भन्नलाई मात्र गरिएको एकताको कुनै औचित्य हुँदैन, एक न एक दिन अबश्य बिस्फोट हुनेछ । अहिलेको आवश्यकता भनेको चुनवाङ बैठकमा गरेको जस्तै आत्मआलोचनना सहित गरिएको भावनात्मक एकता हो । त्यसले माओवादी पार्टीलाई मात्र होइन, देशकै राजनैतिक यानलाई गती दिनेछ । एउटा बाटो पक्रिनेछ र निश्चित उद्धेश्य र बिन्दु ताकेर अगाडि प्रस्थान गर्नेछ । तसर्थ, पार्टी प्रती नेताहरुको जती अधिकार छ त्यती नै अधिकार तपाईं र अरु सहपाठीहरुको पनि छ । नेताहरुलाई सचेत र खबरदारी गर्नु, पार्टीलाई माया गर्नु हो । तपाईंहरुको भूमिका हामी सामान्य नागरिकको भन्दा अली बदी छ । तपाईंको मेसेज पढेर निकै खुशी लाग्यो । यदी यही नै सत्य हो भने माओवादी पार्टीले अबश्य जनयुद्धमा पाएको सफलता दोहोर्याउनेछ । त्यसमा कुनै सन्देह नै छैन ।
तपाईंको बिचारले साह्रै जिम्मेवारीबोध भएको छ भन्ने भाण परेकोछ ।
केही ब्यस्तताले अली ढिला रिप्लाई गरे माफ गर्नुहोला । मलाई सम्झेर मेसेज गर्नुभएकोमा हार्दिक धन्यवाद ।
-चन्द्र
26 Nov,'10

- Iam unique. I'm everything but not complete nor perfect.
हिजोको अनुभवबाट भोलिको सहि आँकलन,..आजको पाईला...।
27 Nov,'10

Wednesday, November 17, 2010

अन्तिम रात

आमा!
मेरो बिन्ती छ
म, छोरोलाई
बिजयको आशिष दिदै
सफलताको टिका लाइदिनुहुनेछ ।

सन्तानहरु
निर्दयी र कुपुत पनि हुन्छन रे
तर
आमाहरु सधैं आमा नै हुन्छन
यसर्थ
मलाई विश्वाश छ
मेरो बिदाइमा ति आँखाहरुबाट
बिछोडको आसुँ झर्ने छैन
बियोगले छट्पटिनु हुनेछैन ।

राम्ररी थाहा छ
सधैं उज्यालो र सम्पन्न चाहने
आत्मा र पाखुरीका ग्रहणलाई
र, बुदी आमैकी दु:खलाई
नबिराएर सबै हर्नुपर्थ्यो मैले
तर, एक्लै छाडेर जादैंछु
कर्तब्य भुलेको सोचेर
बचन नाघेको ठानेर
हुर्किएर कष्ट बिर्स्यो नभन्नु ।
तड्पिएर सराप लागोस नभन्नु ।

आमाहरुको,
दिनभरीको पसिनाहरु माटोमै सोसिएर गैरहदा
काँडा टेक्ने नाङा पाइतलाहरु सुम्सुम्याउदै
रातभरी जाग्राम यथार्थलाई जाक्तै नियालिरहन्छु
आधा पेट र आधा जिउ बाँचेर भए पनि
सन्ततिलाई दिएको पूर्ण जीवन भोगिरहन्छु
अभाव र अपमानको घाउलाई जबर्जस्ती पुरेर
बिहानै मुसुमुसु हाँसेको देखिरहन्छु
यि देख्दा देख्दै पनि
आमा!
म कर्तब्यबाट पन्छिएको होइन
आमाको सपनालाई तुहाएको पनि छैन
बरु, आमाहरुलाई सताइरहने
तानाशाही नियतिका बिरुद्ध लडेर
जितको खुशी दिलाउन चाहेको हुँ ।
सुखको ओछ्यान बिछ्याउन चाहेको हुँ ।
तसर्थ
आज आमाकै आशिर्वाद चाहेको हुँ ।

आमा!
अमृतरुपी स्तनपान गरिसकें
ताटेटाटे पाइला चाल्न सिकिसकें
तोते बोली बोल्न पनि जानिसकें
अब त मलाई
आगोको लप्का खाने हिम्मत चाहिनेछ
छाङोको बाटो हिंड्ने साहस गर्नुछ
साझा आवाज गर्जिने ताकत देखाउनुछ
र, उप्रान्त
आमा-छोरोको सम्बन्ध पनि तोदिनेछ
म आमाको छोरो रहनेछैन
आमाहरुको छोरो हुनेछु
आमा, धेरैको आमा बन्नु हुनेछ
म गलत भएछु भने
मेरी आमा!
अर्को प्रसब पिडालाई सहिदिनु ।

आमा!
दुनियाँमा उल्तो-सुल्तो छुट्याउन गाह्रो भो
सत्य-असत्य खुट्याउन झन गाह्रो भो
त्यही रितितिथीलाई सुल्ताउन नै
अहिले यो यात्रा थाल्दैछु
मैले झुकेर 'हुन्छ' भनेर मात्र भएन
जोडले 'हुन्न' पनि भन्नुपर्छ
टाटे-टाटे गर्दै अब बेस्सरी कुद्नु पनि पर्छ
बाधाहरु छल्दै अब जुध्नु पनि पर्छ
धैर्यताको शिर मिचिदा, ताकेर प्रहार पनि गर्नुपर्छ
हैन भने त,
बिबेकशील मान्छेहरु पशु बन्दो रैछन
अबिबेकी पशुहरु पो मान्छे चलाऊदोरैछन ।

आमा!
शासक नयाँ आए, शासन उस्तै चल्यो
शोषक अर्कै आयो, सधैं शोषित नै रह्यौ
उत्थानकै शोषनकारीसँग
आशा निकै गर्यौ, अब पहल गर्नैपर्छ
सहनु जती सह्यौ, अब बिद्रोह गर्नैपर्छ
सुख मागी रह्यौ, अब शान्ती पनि लिउनैपर्छ ।

बालाई सामुन्नेमै छप्कायो
आगो लगाइ घरलाई चिता बनायो
हेर्दा हेर्दै पुरै गाउँ नै खरानी पार्यो
जलाउनेलाई चिन्दा चिन्दै
"किन जलायो?" प्रश्न गरिनँ
दाइलाई मार्यो, दिदीको अस्मिता लुट्यो
"किन गर्यो?" मैले सोधिनँ
मेरो किताब च्याट्यो, निधारमा राइफल ताक्यो
धुरुधुरु रोएँ, केही बोलिनँ
आमालाई लछार्दै कपडा खोस्यो
टुलुटुलु हेरेँ, माग्नै सकिनँ
तर अब
नसोधिएका प्रश्न सोध्नलाई
नबुझिने भाषा बुझ्न जाँदैछु
नमागेको चिज माग्नलाई
नखोलिएका पर्दा खोल्न जाँदैछु
निर्दोष चिहानहरुको दोष खोज्ने, र
चेलीहरुको आसुँ असुल्ने अठोट लिएर
मैले यो अन्तिम निर्णय लिदैंछु ।

आज म निर्धक्क घोषणा गर्न सक्छु
युगौ युग रगत चुस्नेहरुको छातीमा
रक्तमुछेल होली खेल्न हिच्किचाउनु
त्यो कोमोलता होइन, मेरो कायरता हो ।
शालीनताको उत्कर्स झै
आक्रोसको चरमता जन्माउनु
त्यो हिंसा होइन, मेरो कर्तब्य हो ।
एक न एक दिन
'म' या 'उ' एक त ध्वस्त हुनैपर्छ
एउटा अस्तित्व अबश्य सखाप हुनैपर्छ
यो नै मेरो अन्तिम उद्देश्य हो ।
आमाको काखमा एकलौटी
यो नै मेरो अन्तिम क्षण हो ।
आमाको अङालोमा छोराको
यो नै अन्तिम रात हो ।
Nov ‘10

गीत - भूल

भुईमा फुल्ने गुलाफलाई, आकाशमा रोप्न खोजेछु ।
घामपानीमा खुल्ने इन्द्रेणी, घुम्तोले छोप्न खोजेछु ।

जीवनभरी अल्झाइदिने, छललाई चिन्न नसक्दा
निस्ठुरीले उल्ताइदिएका, पललाई भुल्न नसक्दा
आफ्नै छाया सम्झिएर, घामले झै माया गरेंछु
साँचेर उन्को आक्रिती, हृदयमा खोप्न खोजेंछु ।

साँचो मन नबुझ्नेले, के बुझ्थिन मेरा चोटहरु
आफु चोखिएर भनिन रे, धेरै'थे मेरा खोटहरु
पठ्थर रैछ घाट पाएँ, फूल सम्झी साथ दिएछु
झिसमिसेको जूनकिरीलाई, आशाको जून सोचेंछु ।

भुईमा फुल्ने गुलाफलाई, आकाशमा रोप्न खोजेछु ।
घामपानीमा खुल्ने इन्द्रेणी, घुम्तोले छोप्न खोजेछु ।
जानी जानी झुठो आक्रिती, हृदयमा खोप्न खोजेंछु ।
04 Nov,’10

Saturday, November 13, 2010

म मृत्‍यु बाँच्दैछु

भाग्य, कर्म, लेखा
जीवन मरणको दोसाँधमा छ ।

हावासङै बहेर
लाएथें शीतल मित
घामसङै लहसिदै
बनेथें शीत थोपा
जूनसङै उठ्थें, सुत्थें
म जिउदो थिएँ
तर
अहँ, अरु केही पट्टै पाइनँ ।

अचेल नचाहेरै
चिसोले कठ्याङ्रिएए
तातोले पोलिएर
अधकल्चो म
अध्यारोमा एक्लै
म मृत्‍यु बाँच्दैछु ।

दिन दुख्छ, रात रुक्छ
साँझ बियोगी जून रुन्छ
यिनै नासोहरुको साक्षी म
अतितको घाऊलाई चिनो सम्झेर
बर्तमानमा टोलाइरहेको छु ।

अब सबथोक छाडेर
धुमिल छायाबाट धेरै टाढा
सधैंभरिलाई ओझेल पर्दैछु ।

उनी भएर सबै पाएँछु
सबै पाएर पो म रहेछु
आज 'उनी' नै नरहे'सि
अब त स्वयम 'म' रहिनँ
सिर्फ आँशुकै संजीवनी घोलेर
मनले घुटुघुटु पिउदै
म त जीवन मर्दैंछु
म मृत्‍यु बाँच्दैछु ।
03 Nov,’10

अक्टोबर ‘१०

- Happy Cct vacation!
01 Oct,’10

मधु जीका हरेक सिर्जनाहरु बैचारिक जगमा उभिएकै हुन्छन । शायद मैले यसो भनेर मात्र मेरो चित्त बुझ्दैन । हो, मुख्य कुरा त उहाँ जुन बिचारको वकालत गर्नुहुन्छ त्यसमा म पूर्णतय सहमत छु । तर एउटा कुरा के भन्न मन लाग्यो भने युद्ध भावनामा बहेर वा उत्तेजनामा आएर मात्र सफल हुँदैन । अबको युद्ध आतंक र रहरका लागि होइन वास्तबिकतामै क्रान्तिकारी हुनुपर्छ । इमान्दार क्रान्तिकारीलाई मेरो साथ र समर्थन त अबश्य रहने नै छ ।
अबको दिन फलामको होइन, स्पाटको हो ।
01 Oct,’10

- A bad person will never do good to anyone, even to him/herself!
02 Oct,’10
(I may not be completely right since there aren’t any universel criteria for good n bad people. So, I think its all abt the way of being famillier n feeling comfortable with each other.
Yes, I agree that everything has two sides. But, here iam not against human weekness which can be imrpoved with experience n time. The thing is iam against those people who has bad attitude n worst intentions. A person who has only good words will never know how to deal with the passion of a heart. It may benefit him/her for short time but it won’t work for longer. S/he will do no goods to him/herself later on. She will never establish a fair ralationship with anyone... S/he will see only the negative parts in postive deeds. Because of this ordinary nature s/he will have to suffer someday, it’s for sure.
I think,
A man should be a real man not only a living beaing!
Thank you all for yours logical comments! )

- He is in hosp n he says its cold.. I am alone!
03 Oct,’10

- Taking a Deep Breath! Thank god!
04 Oct,’10

- So many things are in my mind but dont know what to write n how to write !
05 Oct,’10

- A person who is poor can be a rich but the person who has poor mentality can never be rich with enough property.
एउटा दास'नोकर' ब्यक्तिसँग धनको मालिक बन्ने सामर्थ्य हुन्छ तर दास मानसिकता भएको मालिक सधैं नोकर नै रहिरहनेछ । 06 Oct,’10

- मैले केही समय अगाडि 'आमा'हरुको भावना समेट्ने गरी एउटा गजल लेखेको थिएँ । त्यसमा रहेका कमी कमजोरी नियाल्न र सुझाव बटुल्न यसरी नै नोटमा राखेको थिएँ । तर एकजना बरिष्ठ अग्रजबाट नै गजलको सम्पूर्ण पक्षलाई ठ्याम्मै पाखा लगाएर अत्यन्त पूर्वाग्रिही दंगले राजनैतिक टिप्पणी आएको थियो । जसले मलाई अत्यन्तै निराश तुल्याएको थियो । उहाँको कुरा सहि वा गलत जे भए पनि छलफल अबश्य गर्न सकिन्थ्यो तर आमा जस्तो पवित्र साईनोभित्र त्यहा सन्दर्भहिन थियो । 'आमा' शब्दमा पनि अराजनीतिको गन्ध सुघ्ने हाम्रो दयनीय मानसिकता प्रती निकै घ्रिणा पनि जगाएको थियो । शायद यतिबेला हामी सबैजना यस्तै संकिर्ण बौद्धिकताको कुहिरोमा अल्मलिइ रहेका छौ । थाहा छैन, कहिलेसम्म यस्तै मनस्थितिमा गुज्रिरहने छौ ।

लक्ष्मी जीले यहाँ दशै बहिस्कारबारे लिन्क दिनु भएर एउटा बहसको सुरुवात गर्नुभयो । श्रीराम जीले बिषयको बिपक्षमा आफ्नो प्रतिकृया दिनुभयो । मैले पनि दशैको बेलामा दशै बारे स्वच्छ बहस चलेकै राम्रो मानेको छु । हामी सबैले आ-आफ्ना तर्कहरु राख्न सक्छौ, बुझ्न पनि सक्छौ । नेपालको अन्तरिम संबिधानमा धर्म निरपेक्षताको ब्यबस्था गरिसकिएको छ । अब नेपाल पहिले झै हिन्दू राष्ट्र मात्र पनि रहेन । यसको अर्थ हिन्दू धर्मलाई बहिस्कार नै गर्नु पर्छ भन्ने पनि होइन । आफुलाई राम्रो लागेको धर्म छान्ने र मान्ने स्वतन्त्रता हरेक नागरिकलाई हुन्छ । यो अधिकार मलाई जस्तै अर्कोलाई पनि सुरुक्षित हुन्छ भन्ने बिर्सिनु भएन । आफ्नो स्वतन्त्रताको नाउमा अरु धर्मको बिरोध गर्दा अरुको स्वतन्त्रताको पनि ख्याल गर्नु पर्ने हुन्छ । आफुले मान्ने धर्मको बखान गर्ने तर अरुको धर्मलाई अपमान गर्ने सभ्यता समय सुहाउदो र कसैलाई पनि पाच्य हुन सक्दैन । धर्म निरपेक्षताको अर्थ त सबै धर्महरुको सम्मान गर्नु हो, धार्मिक ब्यक्तिहरु बिच मेलमिलाप र सुमधुर सम्बन्ध स्थापित पार्नु हो, सम्पूर्ण मुलुकवासीहरु एकै भावनात्मक मालामा उनिनु हो, अनेकतामा एकता हुनु हो भन्ने मेरो बुझाई छ । अहिले हाम्रो देश सन्क्रमनकालिन अवस्थामा रहेकाले बिभिन्न कोणबाट फरक फरक धारणाहरु आउनु स्वभाविक नै हो तर यसलाई ब्यबस्थित गर्न सकेनौ भने देश निश्चित रुपमा दुर्घटनामा पर्नेछ, हामी दुर्घटनामा पर्नेछौ । तसर्थ, अहिले नै हाम्रो देशको हितमा सोचौ, अरुको अपमान होइन सम्मान गरौ । हिजोको प्रतिशोधलाई भुलेर भोलिका लागि धेरै धैर्यता र सहिश्नुता अपनाउन निकै जरुरी छ ।
मेरो बिचारमा त अझ धार्मिक ग्रन्थ हरुलाई ‘बेद, बाइबल, कुराण,’ आदीलाई छुट्टा छुट्टै पार्टीको बिधान मान्दा पनि हुन्थ्यो भन्ने लाग्छ ।
यहाँहरुले दिनुभएको समय र हौशलाहरुबाट सधैं उत्प्रेरणा त मिलिरहेकै छ, बहुमुल्य सल्लाह र सुझावहरु मनन गर्ने प्रयत्न पनि रहने नै छ ।
आदरणीय अग्रज एवम मित्रजनहरुको सिर्जनाहरुमा समयभावका कारण चाहेरै पनि आँखा पुर्याउन सकिरहेको छैन, तर कोशीस गरिरहेकोछु । माफ गर्नुहोला ।
सबैलाई बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।
(नोटमा आएको धार्मिक टिप्पणीको सन्दर्भमा)
10 Oct,’10

- Busy in Gynaecology department.. Got a rare chance to assist in the sergical theatre !
11 Oct,’10

- नेपालका शासकहरु बलियो भएर मात्र नभएर हामी शासितहरु बदी नै संकिर्ण भएर नै समस्या नसुल्झिएको पो हो कि ! 17 Oct,’10

- दशैलाई कुनै जाती बिशेषको मात्र चाड ठानेर बहिस्कार र निषेध गर्नु भन्दा पनि आफन्तसँग भलाकुसारी, पारिवारिक जमघट र रमाइलो गर्ने अबसरको रुपमा उपयोग गरौं ।
निर्जीव दुंगाको मुर्तिलाई खुशी पार्नका लागि जिवीत प्राणीको बली दिएर पुज्नु भन्दा असत्यका बिरुद्ध सत्यको जितलाई मनन गर्दै सुमार्गको पहिचान र अबलम्बन गरौं ।
दसैंलाई कसैको पर्वका रुपमा नबुझौ, दशै हाम्रो हो, हामी सबैको साझा ।
मलाई नेपाल र नेपालीको बर्तमान र भबिश्यलाई नै असार पार्ने गरी दसैं सङसङै देखिएका-जोडिएका दशाको पूर्व संकेतहरु धार्मिक बिभाजन, बर्ग असन्तुलन र जातिय बिभेद जस्ता कुराहरु कुनै पनि मान्य छैनन् ।
17 Oct,’10

- न्यानो घाम
शीतल जल
मेरी प्रेमीका ।
18 Oct,’10

- म तिम्रो शहर छोडि टाढा-टाढा जाँदैछु!
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु !!
मनले माया गर्न मात्र जानेर नहुने रहेछ अब त घ्रिणा गर्न पनि सिक्न खोज्दैछु । दुखेर मात्र नहुने रहेछ, दुखाउन पनि जान्नु पर्ने रहेछ । दुनियाँ त्यही भन्थ्यो तर म अबुझ र अज्ञानी मनुवा जिद्धी गरिरहेको रहेछु । अब हुन्छ मात्र नभनेर हुन्न पनि भन्न सिक्छु, सङै हिडौ नभनेर एक्लै छाडि कुड्न सिक्छु । आखिर मन त सबैको मन नै हो नि । 19 Oct,’10

- बाचा बन्धन कसे पनि टोड्नेहरु कती कती
लक्ष्य चुम्छु भने पनि थाक्नेहरु कती कती
सोचेर मात्र हुँदैन, जानेर मात्र पनि हुँदैन । जसले व्यबहारमा उतार्छ त्यो ब्यक्ति नै सक्षम हो, सफल बन्छ । तसर्थ, मैले पनि हरेक कुराहरुको सामना गर्न र जुध्न सिक्न खोज्दैछु । कुनै दिन जितेछु भने खुशी साटौला, चुकेछु भने पनि केही गुनासो रहने छैन । 20 Oct,’10

- महिनौ पछी बोल्दैछु फेरी, किन कि बोल्नु मेरो स्वतन्त्रता हो, कर्तब्य पनि हो ।
हाम्रो राष्ट्रिय सवालमा छिमेकी देशहरु, भारतको बिस्तारवादी र चाइनाको अबसरवादी कुतनिती जती घातक छ त्यती नै घातक घरेलु दलालहरु पनि हुन । तसर्थ, यि सबैका बिरुद्ध एकैचोटि संघर्ष गर्नुको बिकल्प छैन ।
21 Oct,’10

- सपना सानो होस् वा ठुलो, सधैं सर्बोच्च नै हुदोरहेछ ।
Dreams: either big or small, they will always be beautiful n superior!
22 Oct,’10

- कि त मैले जित्छु, कि भने डसोस् आफ्नै सपनाहरुले । आखिर छिनोफानो त हुनैपर्छ ।
25 Oct,’10

Sunday, November 7, 2010

कस्ले अचेल


गाउँ घरमा कसोगरी, अचेल तिहार छिर्छ साथी ।
दौतरीको सम्झनाले, अचेल ह्रिदय पिर्छ साथी ।

तिहारकै कुरा गर्थ्यौ, बाटोभरी स्कुल जादा
रमाइ-रमाइ त्यस्तै कुरा, अचेल कस्ले गर्छ साथी ।

'बुद्धी' पनि घरमै छ रे, 'ज्ञाने' छुट्टी आको छ रे
बाल्यकालका सुबाशहरु, अचेल कस्ले छर्छ साथी ।

खेल्दैछौ रे देउसीभैलो, साथीसङी मिलिकन
मैले लेख्ने तिहार गीत, अचेल कस्ले कोर्छ साथी ।

'श्याम' नै रैछ गाना गाउने, 'कुम' देउसी भट्याउने नै
मैले भिर्ने मादल चाँही, अचेल कस्ले भिर्छ साथी ।

आँगनमा घेरा बनाइ, लहरोमा नाच्थ्यौ गाउँथ्यौ
खाली भाको मेरो ठाउँमा, अचेल कस्ले भर्छ साथी ।

थकान र भोक-प्यासले, लखतरान पर्दाखेरी
सुन्तलाको बोट चढि, अचेल कस्ले झार्छ साथी ।

जंकोट सकाइ माडिचौर, कोर्चावाङ र कोटगाउँ पुग्थ्यौ
हामले जस्तै माडि-हुङ्री, अचेल कस्ले तर्छ साथी ।
07 Nov,’10

Friday, November 5, 2010

तिहार शुभकामना, ०६७


हिन्दूहरुको महान पर्ब तिहार तथा दिपावलीको यस शुभ अबसरमा देशप्रदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाइ र दिदीबहिनीहरुमा सुख, स्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

नेपाल रहे मात्र नेपाली रहन्छौं, हामी रहे मात्र नेपालको अस्तित्व रहन्छ । हाम्रो देशमा रहेका कला र संस्क्रिती हाम्रो पहिचान हुन, ति सबै हाम्रा साझा हुन । जातीय बिभेद, बर्गीय असमानता, धार्मिक असहिष्नुता, क्षेत्रीय असन्तुलन जस्ता समस्या हाम्रो सामु बिद्यमान छन, जसको समाधान खोजिनु र निराकरण गरिनुपर्छ । हामीले बदनियतपुर्बक त्यसलाई अतिरन्जित गरेर आपसी सद्भाव खल्बलाउने नियत राख्नु भबिश्यका लागि हानिकारक छ । यस प्रकारको मानसिकतालाई त्याग्दै आजैदेखी मानवीय र सामाजिक मुल्यमान्यताको आधारमा आपसी सम्बन्धलाई अझ सुमधुर र प्रगाद बनाउने प्रयत्न गरौं । यसर्थ, नेपालमा मनाइने हरेक धर्महरुका बिभिन्न चाड पर्बहरुलाई आफ्नै ठानेर हर्षोल्लासका साथ भब्य रुपमा मनाउने गरौं ।

देश बिषम स्तिथीमा गुज्रिरहेकोछ । हामी र हाम्रो मुलुकमाथि पराइको कुदृष्‍टि र धारे हात उस्तै गरी चल्मलाइरहेका छन । हाम्रो घरपरिवार र गाउँ तोलमा बिग्रह ल्याउने कोशीस दिनहु बदिरहेकोछ । हामीले स्वाधिन नेपाल बचाइराख्न र स्वाभिमानी नेपाली भएर बाँचिरहनका लागि कुनै एक ब्यक्तिको भर परिरहनु भन्दा स्वयम आँफैले जिम्मेवारीबोध गरेर बदी सचेत, सतर्क र जागरुक हुन अत्यन्त जरुरी भैसकेको छ । देशमा चालु शान्तिप्रकृया लगभग अबरुद्ध छ, संबिधान निर्माण अलपत्र छ । दलका नेताहरु राष्ट्रिय आबश्यकतालाई भुलेर एक अर्कालाई निषेध गर्ने र पद, प्रतिस्ठाका लागि तछाड्मछाड् गरिरहेका छन । मेलमिलाप, सहमति, सहकार्य र एकताको अकाट्य सुत्रलाई अनर्थ लगाइरहेका छन । संबिधानसभामा प्रस्फुटित जनमत र जनविश्वाशलाई बिना हिच्किचाहत अबमुल्यन गरिरहेका छन । उनीहरु भोलिको सम्भावित दुर्घटना र परीणाम प्रती रत्तिभर पनि चिन्तित भएको देखिदैनन । यि र यस्तै खराब ब्यक्ति र प्रब्रितीलाई उप्रान्त सुध्रिन र सुधार्न नयाँ सोच र नयाँ बिचारहरु उदाउन यस पवित्र घडिले अबश्य बल प्रदान गर्नेछ भन्ने आशा छ ।

अन्तमा, देशले चाडै प्रगतिको बाटो पक्रियोस, अग्रगतिमा अगाडि बदोस । नेपालीहरु सधैं सम्पन्न र सुखीखुशी रहौं । नेपालमा छिट्टै शान्ती र समृद्धि छावस । हरेक दिन, हरेक घर-सङ्गारमा दीपावली झिलिमिली बलिरहोस् । दीपावली २०६७ सुखद रहोस्, सबैको जीवनमा चमक ल्यावस, हार्दिक शुभकामना ।
05 Nov,’10

Tuesday, November 2, 2010

उस्तै-उस्तै


र, जिन्दगी ।
जोड-घटाऊ
र, चमत्कार
अचेल उस्तै-उस्तै ।

सिद्धान्तका लामसङै
प्रमाणित लघुसैद्धान्तिक थुप्रो
गणितका सुत्र र सुत्राधारहरु
बैज्ञानीक तथ्य
आविस्कार र आविस्कारकहरु
किन्दै, पढ्दै, घोक्दै
निर्मित एक प्रयोगशाला
अर्को नौलो चमत्कार
सत्य दुरुस्ट उस्तै उस्तै ।

आफ्नै जीवनको अभ्यासमा
नमिलेको हिसावकिताव ।
आफ्नै आविस्कार गर्न चुकेको
एउटा अनुसन्धानकर्ता ।

दिग्गज मगजभरी
अन्जान-अबुझको पगरी
लगन-परिश्रमको भारी
आत्मबिश्वासको खडेरी
फेरी पनि उस्तै-उस्तै ।

जोड्यो, झन घट्छ
घटायो, फेरी जोडिन्छ
बालुवामा पानी खन्याउनु
पानीमा बालुवा पोखाउनु
उल्तो-सुल्टो, सुल्टो-उल्तो
सधैंलाई उस्तै-उस्तै ।


हुनु र नहुनु
शायद
उस्तै उस्तै ।
22 Oct,’10

Saturday, October 23, 2010

मेरी उनीलाई

प्रिया!
हिजोसम्म
तिमी सिर्फ मेरो थियौ
तर
म कहिल्यै पनि
तिम्रो हुनै सकिनँ ।

आज भने
तिमी अर्कैको भएछौ
तर
म तिम्रै मात्र भैरहेछु
प्यारी! सधैं सधैंका लागि ।

अचेल
घोरिदै, एकोहोरिदै
बिर्सिदिने बहानामा
धुवामा उड्न खोज्छु
नसामा झुल्न खोज्छु
तर
पटक-पटक
भुल्छु भन्दै सम्झिराछु
सम्झिदै झन टोलाइराछु
भित्र-भित्रै बेस्सरी
बिछोडले तड्पिराछु
मन-मुटु-हृदय सबै
बेदनामा जलिरहेछन
म पश्चातापले सल्किरहेछु, डडिरहेछु ।

प्रेम,
गर्नु र नगर्नुको भुल
प्रेमी,
पाउनु र गुमाउनुको दुर्दशा
झन झन म बुझ्दैछु
पिडा भनूँ या नियती?!
अहिले नराम्ररी भोगिरहेछु ।

प्रिय!
मलाई बदल्न खोज्दा
मैले उल्तै बदल्दिएछु
तर
थाहा छ तिमीलाई ?
अब म फेरिएकोछु
शब्द र नजरपछी बल्ल
हृदय र विश्वाशको
चोखो प्रेम जन्माएकोछु
पल हरपल
क्षण हरक्षण
यादहरुमा भेटिरहन्छु
तिम्रै सम्झनीमा
तिमीसङै बाँचिरहेकोछु ।
15 Oct,’10

Thursday, October 14, 2010

दशै कामना

सुख, स्वास्थ्य प्रगती फुलिरहुन यसै गरी ।
सफलता र खुशी रहोस्, दिर्घायु सधैं भरी ।

बिजयदशमी २०६७ को यस पावन अबसरमा यहाँ लगायत सम्पूर्ण परिवारजनमा जीवन भरका लागि सुख-शान्ति र सम्रिद्धीको हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
-चन्द्र, चाइना

Sunday, October 3, 2010

मुक्तक - प्यारो

स्वर्गको बास भन्दा मेरै पाखा राम्रो
अप्सराले गाउनेभन्दा मेरै भाखा राम्रो
इश्वरलाई भेट्ने रहर मनमा छैन,
मलाई त मेरै साथी सखा: राम्रो ।

चिच्याउदै उफ्रिदै खुब मागें बाल-अधिकार
गन्काउदै नारा-भाषण मागें युवा-अधिकार
अब त चुपचाप बस्ने नै भएँ,
जोखिममा परे'सि मेरो नागरिक अधिकार ।

मुक्ति र मृत्‍युको हिंस्रक युद्ध यता
शान्ती पूजक बुद्ध मेरो उच्च नेता
मार्ने र मर्ने लडाईं नगरौ अब
बाँच्नु र बचाउनु नै ठुलो मानबता ।
08 Sep,’10

Friday, October 1, 2010

निथ्रुक्क भिजेपछी

मैले कहिले काही लेख्छु भनेर लखेको हुँदैन, लेख्नै मन लागेर पनि लेखिरहेको हुँदैन तर कतिपय अतितका घटना र कुराहरु सपनी बनेर यसरी आइदिन्छन् कि निन्द्राबाट नबिउझिदै मलाई ठहरै बनाइदिन्छन् । मैले कयौ पटक त ओछ्यानमै रन्थनिएको तितो अनुभव गरेको छु । अनी वाध्य भएर असन्तुलित र बिक्षिप्त हुँदा हुँदै पनि केही लेख्न बस्छु । खै! किन हो, यो नियती पटक पटक दोहोरिइ नै रहन्छ ।

आज पनि बुवासँग सपनीमा भेट भयो । मैले राम्ररी खुट्याउन नसकेको कुनै ठाउँमा थियौ, उतै गाउँतिर । बुवाको देहान्त हुँदा दाँया शरीर जसरी चल्थेन, त्यसरी नै दाँया भाग नचलेर दलिरहनु भएको थियो । आमा छेउमै हुनुहुन्थ्यो । कान्छी दिदीले चाँही बुवालाई फकाउदै कमिजको बटनहरु खोलिदिदै हुनुहुन्थ्यो । म नजिकै उभिएर टुलुटुलु हरिरहेको थिएँ । बुवाले बाँया हातले कपालहरु माथि उठाउएर भन्दै हुनुहुन्थ्यो," मेरो कपाल लामो भयो ।"

अहिले सम्झिरहेको छु । बुवालाई छोटो चिटिक्क परेको कपाल मन पर्थ्यो, लामो कपाल पटक्कै मन पराउनु हुन्थेन । त्यसैले, अलिकती बदेर केसका टुप्पाले कान छुन थाल्यो भने कि त खौरिनु हुन्थ्यो कि छोटो गराउनु हुन्थ्यो । भादगाउँले टोपी भने सधैं नै लगाउनुहुन्थ्यो । गाउँमा खोजेको बेला कहिले कैंची नहुने, त कहिले कपाल काट्ने मान्छे हत्पत्ती नभेटिने भएकाले सधैं कैंची आफुसङै राख्नु हुन्थ्यो । उहाँलाई राम्रोसँग होइन आफुलाई सजिलोसँग सरोकार थियो । त्यसैले, बिदामा जादा मलाई नै काट्न भन्नुहुन्थ्यो । मैले पनि सकेजती मिलाएर काटि दिन्थें । कैंचीको धार भुट्टिएर लाग्न छाड्यो भने कि तुरुन्तै मगाउनु हुन्थ्यो कि त दाङ पेन्सन बुझ्न आउँदा नयाँ किनेर लग्नु हुन्थ्यो । छिमेकीहरुलाई पनि चाहिदा त्यही कैंची मागेर काम चलाऊनुहुन्थ्यो ।

मेरो उमेर र बुवासँग बिताएका समय दिनकै हिसावले गन्ने हो भने मैले त्यती धेरै सङै बस्न पाइनँ । म सानो छदा उहाँ पल्टनमा हुनुहुन्थ्यो । मेरो सम्झनामा भए अनुसार बुवालाई पहिलो पटक देखेको उहाँ पेन्सन आएकै दिनमा होला । त्यसदिन बुवाको अनुहार राम्ररी याद नगरेको भए पनि दुई वटा घोडालाई सामन बोकाएर भरिया लिएर आउनु भएको राम्ररी सम्झिन्छु । मेरो दुबै हातमा चकलेट र घुर 'भेली' लिएर उफ्रिदै गरेको भर्खर जस्तै लाग्छ । अरु के के ल्याइदिनु भयो थाहा भएन तर पाखुरीबाट नाडीसम्म सेतो तीन धर्के एउटा निलो ज्याकेट मैले पछीसम्म लगाएको याद छ । मलाई त्यो खुब परेको थियो । त्यसपछीका दिनहरुमा बुवा र आमा सधैंजसो गाईहरुसङै कहिले पोतल र बिचिबाङ, कहिले दिमखोला मान्डलिपतिर त कहिले गाईहरुसँग गोठ र खेततिर नै रहनुभयो । जुन मलाई मन पर्थेन तर पनि मेरो बसमा थिएन । मलाई पनि चल्लाहरु माउसँग पखेट्टाभित्र लुट्पुतिए झै लुट्पुतिन रहर हुन्थ्यो तर पुरा हुँदैन्थ्यो ।

म १४ बर्षको हुँदा दाङ झरें । त्यसपछीका दिनहरुमा त झन दशै बिदाका केही दिन बाहेक बुवालाई देख्ने-भेट्ने एक बर्षमा एक मौका मात्र मिल्थ्यो । प्राय फाल्गुनतिर दाङमा पेन्सन बुझ्न आउनुहुन्थ्यो । बिहानै म स्कुल गैहाल्थें, साँझ चाडै सुट्नै पर्थ्यो । यसरी नै ४/५ दिन बित्थ्यो अनी उहाँले पेन्सिन बुझिसकेर रोल्पातिर फर्किनु हुन्थ्यो । मनभरी जमिरहेका आसुँहरु लुकिछिपी बहाउथें, हजारका केही पैसाका बिटोले मेरो मन कहिल्यै शान्त पार्न सकेनन् ।

बुवाआमा फर्किनुको अघिल्लो रातभरी भोली छुट्टीइदा आसुँ नझार्ने प्रण गर्थें तर जती बिहान छिप्पिदै जान्थ्यो त्यो भन्दा धेरै मेरो मन भित्र भित्रै थिलथिलो हुँदै जान्थ्यो । खान मन नलाई नलाई भए पनि खाना खाइसकेर तयार हुन्थें । स्कुल जाने समय हुन्थ्यो, मेरो अशली मुटुलाई एकातिर लुकाएर रुन्चे हाँसो हाँस्दै दोग्न पुग्थें तर आँखाबाट आसुँ झरिसकेको हुदो रहेछ, थाहै हुँदैनथ्यो । थाहा पाइसकेर पनि केही गर्नै सक्दैनथे, रुक्दै रुक्दैनथ्यो ।

बिहान स्कुल जादा रुदै रुदै जान्थें । दिनभरी मन मनै बुवा-आमालाई फेरी घरमै भेट्न पाए हुन्थ्यो भन्ने कल्पना गरेर बस्थें । बल्लतल्ल ४ बज्थ्यो । मनिषासँग बुवाआमाहरु अझै हुनुहुन्छ कि जानुभयो(!?) भन्ने बाजी मार्दै हतारिदै घरमा छिर्थ्यौ तर मुल गेटमा नटेक्दै हिजो अस्तिको जस्तो उज्यालो र चाहलपहलको बातावरण हुन्नथ्यो । तै पनि, दगुर्दै माथिल्लो तलामा पुग्थ्यौ । बिहानसम्म हसिलोखुशिलो देखिने भाउजु पनि बरण्डामा एक्लै झोक्राएर बसिरहनुहुन्थ्यो । मलाई विश्वाश नलागे झै गरी सोध्थें,"भाउजु! बुवाआमा गैसक्नु भयो?" भाउजुको मन्द जवाफ हुन्थ्यो," केही दिन यतै बस्नुस् भन्दा मान्नुहुन्न क्या र! घरै सुनसान बनाएर जानुभयो ।" हाम्रो त्यत्रो आशा भर्खरको भर्खरमै निराशामा परिणत भैदिन्थ्यो । कोठातिर ड्रेस फेर्न जादा जादै मनिषाले सुस्त स्वरमा भन्थिन्," बाजेबज्यैहरु, सधैं हामीसँग यही नै बसे हुन्थ्यो नि है अंकल!" म छिन्नभिन्न हुन्थें । म सम्हालिदा सम्हालिदै पनि लथालिङ हुन्थें । खाशमा, उनले उनकी बाजेबज्यैलाई गर्ने माया भन्दा धेरै माया मैले मेरो बुवाआमालाई गर्ने गर्थें अनी मैले मेरो बुवाआमालाई गर्ने माया भन्दा धेरै उनले उनकी बाजेबज्यैलाई गर्ने गर्थिन् ।

हामीले कपडा बदलि सकेपछी भाउजुको छेउमा आएर टुक्रुक्क बस्थ्यौं । हाम्रो मुख अबश्य निन्याउरो हुन्थ्यो नै त होला । उहाँले १००/१०० को नोट झिकेर हामीलाई दिदै आजको खाजा भनेर बाजेबज्यैले छाडिदिनुभएको भन्नुहुन्थ्यो, शायद खुशी पार्नलाई होला । चाउचाउ खान्थ्यौ, जुस खन्थ्यौ । पेटको भोक त अबश्य भरिन्थ्यो तर मन भने अह! अलिकती पनि भरिन्नथ्यो । बरु झन यादले सताइरहन्थ्यो । त्यो पैसा खर्च गर्नै मन लाग्दैनथ्यो । बरु, बुवाआमालाई सम्झिएर सुम्सुम्याउथें, सम्हालेर राख्थें ।

सुरुमा पनि भनें, यो मैले लेख्न सोचेर लेखेको होइन । सपनाले दुखायो अनी पिडा यहाँ पोखाएको हुँ, बेचैनिले थकायो अनी मात्र यहाँ बिसाएको हुँ । बिपनाले पोल्छ, सपनाले घोच्छ । दिनले त रुवायो, सपनाले पनि रुवायो । दशै नजिकिदैछ तर म घर जान पाउदिनँ । घर गएर पनि बुवा हुनुहुन्न । माफ गर्नुस् बुवा! हामी सङै हुँदा मैले एउटा कैंची दिन सक्ने नै भएको थिएन तर अब अबश्य चदाउनेछु । सपनीमा देखें, कपाल लामो भएछ तर मैले अब छोट्याइदिन नसक्ने भएछु । बुवा! हजुर त पित्री भैसक्नु भयो, म त भर्खर मान्छे हुँदैछु । कहिले काही घाऊ भन्दा पनि खट बल्झिदा बदी दुख्छ भन्ने मलाई थाहा थिएन, आज भोग्दैछु । अहिले त म सपनीले निथ्रुक्क रुझेको छु । आँखाको बलेसीले लपक्क भिझेको छु । माफ गर्नुस्, बुवा!
01 Oct,’10

Thursday, September 30, 2010

सेप्टेम्बर '१०

- The more I try to understand, many more questions I find !?!
01 Sep,’10

- हामी धेरै जना परिवर्तनकामी, क्रान्तिकामी र मुक्तिकामी त हौं तर परिवर्तनकारी, क्रान्तिकारी र मुक्तिदाता भने अझै हुन सकिरहेका छैनौं ।
02 Sep,’10
(हो, यतिबेला हामी सबैले आ-आफ्नो अनुहार ऐनामा हेर्नै पर्ने भएको छ । एकपटक हामी सबैले आत्म-समीक्षा गर्नै पर्ने अवस्था आएकोछ । यदी संकीर्ण मानसिकता पालेर त्यसो गर्न तयार भएनौ भने, न मुक्ति पाउने छौ, न क्रान्ति गर्न सक्नेछौ, न त चाहेको परिवर्तन नै ल्याउन सक्नेछौ । अनी एक अर्कासँग अन्तर्सम्बन्धित देश र देशवासी दुबैले कोल्टे फेर्न असमर्थ हुनेछौ । त्यस बखत सारा सपना केवल एक फगत दिवास्वप्ना मात्र बन्नेछ । मेरो बिचारमा, आज मुलुकलाई एउटा इमान्दार पहलकदमी आबश्यक छ ।)

- पुरुषहरुले महिलाहरु माथि गर्ने हरेक प्रकारको थिचोमिचो र भेदभावपूर्ण मानसिकताको बिपक्षमा थिएँ, छु र रहने नै छु । महिला स्रस्टाहरुलाई निरुत्साहित गर्न खोज्नु पित्रिसत्तात्मक समाजको उपज मात्र हो । सानातिना घटनाकै कारणले नारी स्रस्टाहरुले आफुलाई निराश पार्नु भन्दा उर्जाको रुपमा लिएर अझ लेखन यात्रामा बदी जुझारु हुन सम्पूर्ण दिदिबहिनीहरुलाई मेरो आग्रह छ । एक पुरुषका बिरुद्ध हजार पुरुषहरु तपाईंहरुको साथमा छौ । कुकुर भुक्दै गर्छ, हात्ती हिड्दै गर्छ । 'ईन्टरनेटमा महिला हिंसा बारे'
03 Sep,’10

- केही मान्छेहरुमा एउटा के भ्रम छ भने सर्जकले आफ्नो सिर्जनाहरु 'भावनामा बहकिएर मात्रै जन्माएको हुन्छ' । हाम्रो वरीपरी यस प्रकारको जुन संकिर्ण सोच र मानसिकता छ त्यस दिग्भ्रमित मानसिकतालाई कबि बिक्रम सुब्बाका कबिताहरुले केही नभनेरै जवाफ दिइरहेका हुन्छन । उनका बिचारले सुसज्जित कबिताहरु पढेर अब कस्ले भन्न सक्छ,” सिर्जनाहरुको जन्म सिर्फ चेतनाशुन्य पागलपन हो ?”
04 Sep,’10

- Why a mysterious game never ends??? Everywhere I see is 'construction of love VS destruction of love’!
05 Sep,’10

- I am not a good diver nor swimmer but I love diving and swimming both. So, I am just trying to learn in a small pond of myself.
06 Sep,’10

- I wish, I could take care of everyone and everything!
08 Sep,’10

- If I have had superpower, I would have handled the world on different way. Actually, I am quite unhappy and unsatisfied with many things happening in my surroundings.
09 Sep,’10

- हाम्रो सामु आइपुगेको हिन्दू महिलाहरुको यस महान पर्ब तीजको उपलक्ष्यमा संसारभर छरिएर रहनु भएका सम्पुर्ण दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, शान्ति एवम् उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु ।
10 Sep,’10

- तीजको शुभकामना कसलाई दिऊ ? दिदीलाई दिऊ कि भिनाजुलाई ? मैले दिदीलाई जतिसुकै राम्रो कोशेलीहरु दिए पनि आखिर दिदीले भिनाजुलाई नै दिने होला क्या रे ! तीजको ब्रत नै आफ्नो लागि नभैइ भिनाजुकै लागि त बस्नु भएको हो । बरु सिधै भिनाजुलाई नै पो सुख, शान्ती, प्रगती, दिर्घायु,.. भए भरको सबै दिऊ कि क्या हो !? 'रुप' र 'सार' भन्या जस्तै फरक रैछ ।
11 Sep,’10

- Sep 11... Every year it reminds me of Sep 11, 2001... A big day for Terrorist n a black day for human civilization... It was a blind war against Humanism!
11 Sep,’10

- Sometimes, Its necessary to take a close look at the direction of own life which helps us to be corrected n renewed again!
12 Sep,’10

- आमा! म त बहुलाएछु !
13 Sep,’10

- We are not the Equipments to be Experimented by Foolish People!
15 Sep,’10

- मान्छेहरु भन्छन्, "अरुलाई भन्दा आफुलाई चिन्न गाह्रो हुन्छ" । तर आँफैलाई नचिन्नेले झन अरुलाई सजिलै चिन्न सक्ला र!? म त भन्छु," मलाई बुझ्ने साथी र साक्षी म आँफै बाहेक अर्को कोही हुनै सक्दैन ।"
16 Sep,’10

- म भन्छु, मान्छे रुनुपर्छ, बेस्सरी रुनुपर्छ, मन पखालिनुपर्छ, बह पोखिनुपर्छ तर ति आसुँहरुका अर्थ भने अभ्यक्त आकाशवाणी झै हुनुपर्छ । (जब मेरो सामु हरेक बिकल्पहरु बन्द भएको देख्छु, मेरो आँखाहरु आँफै रसाएर आऊछन् र बर्ररर आसुँ झर्न थाल्छन् । मेरो आसुँ भुइमा नझर्दै एउटा सन्नाटा ल्याइसकेको हुन्छ । आजसम्म मेरो आसुँ थोरैले मात्र देखेका छन । भबिश्यमा मैले ति आसुँहरुका मुल्य पनि खोज्नेछु ।)
17 Sep,’10

- 'हामीलाई जन्म दिने बुवाआमा भगवान जस्तो हुदैनन्, बरु भगवान नै हाम्रा बुवाआमा जस्तो होलान् ।'
22 Sep,’10

- पाइलालाई हिडाउनु र बिसाउनु, भेटिनु र छुटिनु नै यात्रा हो, यात्रा नै त जीवन हो ।
25 Sep,’10

- आस्था र निष्ठाको राजनीति गर्ने ति सच्चा राजनीतिज्ञहरुले अझ बदी सचेत र चेतनशिल हुन आबश्यक छ । मुख्य समस्या पार्टीहरुमा होइन, आदर्श नामको बर्को ओडेर जन बिरोधी र राष्ट्रघाती काम गर्ने टाउकेहरुमा हो । अब यि सबै बाधा-ब्यबधानहरुलाई निस्तेज पार्न युवाहरु होइन युवा बिचारहरु जुट्न र उठ्न अत्यन्त जरुरी छ ।
26 Sep,’10

- रमा दिदी, अघिल्लो भाग पढेर फेरी अर्को नयाँ भाग कुर्नु पर्दा अली नमज्जा लाग्ने गर्थ्यो । आज कथा सकिएछ तर नसकिएको भए हुन्थ्यो भन्ने लागिरहेकोछ । हाम्रो समाजमा रहेका सामाजिक, लैङिक, बर्गिय, जातिय बिभेद जस्ता असमान र रुदिवादी परम्परालाई चिर्न सन्देशमुलक दंगले कथा सम्प्रेषन गर्न कलम सक्षम छ । समग्रमा भन्नु पर्दा, कथा हरेक कोणबाट उचाइमा त छ नै, अझ एक सचेत कलमजिवीले पाठकलाई मोहनी लाउदै र लोभ्याउदै चेतना भर्नका लागि प्रेमको 'पाइन' निकै सुन्दर दंगले रसाएको पाएँ । हो, प्रेम गरेर मात्र गरिने होइन, भनेर मात्र पनि हुने होइन । कुनै प्रेम मनमा हुन्छ मस्तिष्कमा हुँदैन त कुनै प्रेम मनमा हुँदैन मस्तिष्कमा हुन्छ । परिस्थिती अनुसार पाउनु गुमाउनु नै प्रेम हो, त्याग र समर्पण पनि प्रेम हो, शायद । फटिङ्रे अर्थात फणिन्द्र तथा स्रष्टा र रेवती अर्थात आश्माहरु आदर्श जीवन होइन यथार्थ जीवन बाँचिरहुन् । सधैं सफल रहुन, कथा जस्तै ।
कथाकारलाई हार्दिक बधाई ।
27 Sep,’10

- मौन बिद्रोह, शालीन बिद्रोह र आत्म बिद्रोह । यि तीन बिद्रोह, आँफैभित्र र आफु बाहिर खोतल्दै, चियाउदै र नियाल्दैछु ।
28 Sep,’10

जीवन खोक्रो आदर्श होइन, अभ्यास हो ।
29 Sep,’10

- Thank you Indian friends for making this day a memorable n wonderful !
30 Sep,’10

घोषणा-पत्र

अकारण
तन्त्रलाई तन्त्रकै प्रहार
गमनका बिरुद्ध चर्को वमन
हतारमै सुरु हुन्छ,
नयाँ तन्त्रको मन्त्र
अर्को नौलो आगमन ।

वादका बिरुद्ध वादहरु
पथका बिरुद्ध पथहरु
छताछुल्ल बहस पोखिन्छ
फेरी प्रतिबादन हुन्छन
अनेक पथ र वादहरु !?

कहिले तान्त्रिक मान्छेको
चमत्कारी भाषणमा लठ्ठिदै
बेस्सरी ताली पड्काएँ
कहिले वादहरुमा लोभिएर
झूठा आश्वासनमा मौलाउदै
बर्षौ-बर्ष काँध थापि रहें ।

मुक्ति बिद्रोह आतंक भयो
समाधान उल्तै समस्या भयो
आज बल्ल आफ्नै चेतना पलाउदैछ ।

अब मैले भन्नै पर्छ
ल्याउनु छैन फेरी कुनै तन्त्रहरु ।
बुझ्नु छैन नौलो वाद र पन्थहरु ।

मैले निर्णय गर्नै पर्छ
सुन! बिचारका सिलपटहरु
सुन! व्यबहारका मुकुन्डेहरु
मलाई खुइलिने भेषमा मोह छैन
ति फोक्टे नारामा विश्वाश छैन
क्रान्तिका स्वप्न-बिगुलहरु
प्रतिक्रान्तीका भ्रमित हुँकारहरु
सबै सबै अस्विकार्य छन
सुन! फेरी घोषणा गर्दैछु
त्यो कलंकित रुप र खोक्रो अस्तित्व
सधैं झै बाद र पथका बुट्टेदार सजावट
ति सबै सबै अमान्य छन
अर्थात,
तिमी पूर्ण बहिस्क्रित छौ ।
05 Sep,’10

Thursday, September 16, 2010

आमा! म त बहुलाएछु


आमा!
अचेल मलाई के भैरहेछ !?
यो के देख्दैछु !? के सुन्दैछु !?
होशमै के के बोलिरहेछु ?
आमा! म त बहुलाएछु !

हेर्दा हेर्दै आँखा अगाडि
तिरिमिरी दृष्य देख्छु
दिनहुँ नयाँ धुन सुन्दा
सन्त्रासको बिगुल ठान्छु
शास निस्सासिए जस्तो, र
आवाज भित्रभित्रै भासिए झै मान्छु ।

मेरो जम्मै आदर्शहरु
मेरै सामु भष्म हुदैछन्
नायकहरु खलनायक
खलनायकहरु नायक बन्दैछन्
न्यायमुर्ती न्यायधीशहरु
अन्धो फैसला सुनाउदैछन्
देश सम्भार्ने कर्मचारीहरु
पैसाले समय बेचिरहेछन्
आयु थप्ने डाक्टर सा'पले
उल्तै ज्यान लिइरहेकाछन्
पत्रकारहरु गाउँ-शहर
भारु हल्ला फिजाउदैछन्
बिद्यार्थीहरु भबिश्य सपार्न
दुषित मुस्लो उडाउदैछन्
नेताले ब्यापार थालेछन्
ब्यापारीले पेशा फेरेछन्
महाराजले भिख माग्दै हिडिरहेछ
भिखारीले दान दिदै त्याग गरिरहेछ
म एकोहोरो टोलाइरहेछु
आमा!
मैले यस्तो के के देखिरहेछु !?
म पक्का बहुलाएकै रहेछु !?

आमा!
अचेल मलाई यस्तै भैरहेछ
सुनलाई पित्तल, र
पित्तललाई सुनको भाउ दिइरहेछु
ठुलालाई लुला, र
लुलालाई पो ठुला ठानिरहेछु
जिउदोलाई मृत, र
मृतलाई जिउदो देखिरहेछु
सत्यलाई भ्रम, र
भ्रमलाई सत्य सोचिरहेछु
सच्चालाई दुष्ट, र
दुष्टलाई सच्चा भनिरहेछु
पुण्यलाई पाप, र
पापलाई पुण्य मानिरहेछु
दिनलाई रात, र
रातलाई पो दिन सम्झिरहेछु
समय नखुटिने युगीन आत्माभित्र
यताउती छामछुम गर्दै
विश्वाश चाहिरहेछु, शान्ती खोजिरहेछु
आमा!
म त बहुलाएछु ।

मेरो मगज बेस्सरी खल्बलिएछ
चेतना त झन् शुन्य भैसकेछ
यो अर्ध-मुर्छित मनस्थितिमै,
माटोको टिका थाप्ने निधारहरु
सिमा पारी झुकेको प्रस्ट देखिरहेछु
आफ्नै बारी-मझेरीमा साँझ-बिहान
दुक्कले शिकार खेलेको देखिरहेछु
ओठेछापको तोक माग्दै लाचारहरु
चाकरीले संसार जितेको नियालिरहेछु
अरु हाँसिरहेछन्, म धुरुधुरु रोइरहेछु
शालीन आक्रोस ‘पागलपन’ चिच्याइरहेछ ।

आमा!
अब भाईरसहरु झनै चल्मलाउने छन
मेरो सारा अङहरु निस्कृय बनाइनेछन
साइत हेरेरै अर्को बहुलालाई ओझेल पारिनेछ
तर, खै! अझै किन हो !?
राष्ट्रियता र स्वाभिमानको बत्ती
धुमिल भएको सह्य छैन
मानवीय धर्म र नैतीक गुण
भुसुक्कै भुल्ने दुस्साहस मान्य छैन
आमा!
बोल्न अह्राएको केही बोलेकै छैन
नबोल्ने जती सबै बोलिरहेछु
आफ्नै कुभलो मात्र गरिरहेछु
आमा!
अचेल मलाई यस्तो के भैरहेछ ?
म त बहुलाएछु !
आमा!
म त साँच्चीकै बहुलाएछु !।?
13 Sep,’10

आग्रह

नछरी मुठी बिउ, पाठी पो खोज्दैछौ
नगरी कर्म नै, फल पो सोच्दैछौ
माटो खन्न जुट्ने कि अब त,
देशलाई सिंच्न आफ्नै पसिना रगत ।

मिर्मिरमै जागेर, बिउझाथ्यो रोल्पाले
नऊठी जुरुक्कै, सरापे टोलकाले
अटल त्यो जलजला पहाड,
भोग्नु हुन्न कसैले अब यो हालत ।

हिउचुली मुस्काउदा, पहाड चन्चल
तराईको यौवनमा, बयेली खेल्दैछ
एकै तालमा सङ्-सङै नाचौं न,
नयाँ नेपाल मिलेर बनाऔं न ।
27 Aug,’10

अगस्ट '१०

- हिजो त्यो ब्यक्ति र सिद्धान्त ठीक थ्यो, आज गलत भनिन्छ । हिजो गलत भनिन्थ्यो, आज फेरी ठीक मानिन्छ । सत्य देख्दा देख्दै भ्रम र भ्रम ठानिएको चिज नै सत्य पनि हुनसक्छ अर्थात बिम्ब सोचेको प्रतिबिम्ब र प्रतिबिम्ब लागेको बिम्ब पनि भैदिन सक्छ । तसर्थ, हरेक कुरालाई खुत्याउन ईतिहास हेरिनुपर्छ, र बर्तमानमा कसरी प्रयोग भैरहेकोछ भनेर केलाउनु पर्छ भन्ने लाग्छ । प्राय मान्छेको सपना समानता हुन्छ, आदर्श समाजवाद नै हुन्छ तर अहिले हामीले देखिरहेको जती कमजोरी प्रयोगशालामै भैरहेको छ भन्ने लाग्छ । कारण, हामी ईतिहास हेर्नु भन्दा आँखा चिम्लिन्छौ, र प्रयोग गर्दा पनि आँखा चिम्लेर नै गरिरहेका हुन्छौ । अनी त सहि र गलत यकिन गर्न यसै चुक्ने नै भयौ । एक अर्कालाई बिपरित ध्रुबबाट हेरेर निशेध गर्ने सोचाइले नै हामी उभो होइन उधो लागिरहेका छौ । म त भन्छु, बरु चोरको आँटलाई पनि सहि ठाउँमा उपयोग गरौ । एउटा बाद र वादी सधैं सहि रहन्छ भन्ने ईतिहासले कतै कुनै पनि पानामा लेखेको छ जस्तो लाग्दैन । बरु चुम दाजुले भन्नु भए जस्तै हरेक बादहरुलाई संष्लेषन र बिश्लेशन के के गरेर हुन्छ, राम्रोलाई लिएर एउटै बनाऔ र त्यही मार्गबाट अग्रगमनतिर बदौ । यदी त्यसो होइन भने २१औ शताब्दिको मान्छे हौ भन्दै खुट्टा खोच्याउदै उफ्रेर कुनै फाईदा छैन ।
हैन भने ईन्द्र जीले भने जस्तै भैरहनेछ,
तिमी गुड्यौ गुडी रह्यौ मेरै छातिमाथी
तिमी रेल यो म लिक भएँ तिम्रो 'पूँजि'वादमा ।
07 Aug,’10

- दाइ कम्युनिष्टका लागि भाइ कम्युनिष्ट उग्रपन्थी र भाइ कम्युनिष्टका लागि दाइ कम्युनिष्ट दक्षिणपन्थी हुनै सक्दैन,न त आफ्नै दौतरी कांग्रेस यथास्थितिवादी वा दौतरी कम्युनिष्ट अधिनायकवादी नै हुन सक्छ। यसर्थ,सिमा पारीको पराइलाई सुनाउन चिच्याउदै सिमित स्वार्थका लागि गुहार माग्नुको अर्थ आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो। कालान्तरमा त्यो सिङो नेपाल र नेपालीकै मुटुमा हानिएको कहिल्यै सन्चो नहुने घाऊ बन्नेछ।
सबैलाई चेतना भया ।
08 Aug,’10

- Sometimes I find my voices are down and silence rules over me but this song keeps telling all of me inside... एउटा मानिस खोजिरहेछु.. My life for my motherland!
09 Aug,’10

- युद्ध: न्यायपूर्ण र अन्यायपूर्ण ।
म युद्ध लडेको अनुभवी योद्धा हैन, न त युद्ध चाहने युद्ध पिपासु नै । मैले जाने अनुसार ईतिहासमा धेरै युद्ध भएका छन, अहिले पनि भैरहेकै छन, पछी पनि भैइ नै रहलान । तर हरेक युद्धको जरो भने अबश्य एकै छैनन । हरेक युद्धका फरक फरक कारणहरु छन । कोही युद्ध जायज थिए त कोही जबर्जस्ती थोपरिएका । म बुद्धप्रेमी, अहिंसाप्रेमी, शान्तिप्रेमी, । म युद्ध चाहन्न । मैले युद्धका पिडादायी तथ्य पढे/सुनेकोछु, युद्धका चहराउने घाऊ देखे/भोगेकोछु, युद्ध बिनास हो तसर्थ म युद्ध नहोस् भन्ने चाहन्छु । संसारभरी कतै पनि युद्ध भएको देख्नु सुन्नु नपरोस भन्ने चाहन्छु । तर, न्यायपूर्ण युद्ध !? राष्ट्रिय स्वाधिनताको युद्ध !? स्वतन्त्रताका लागि गरिएको युद्ध !? अत्याचार र थिचोमिचो बिरुद्ध छेडिएको युद्ध !? अधिकार र समानताका लागि उध्घोष गरिएको युद्ध !?
म स्वबिबेक प्रयोग गर्छु । म आफ्नो मातो बचाउन, सिमाना जोगाउन, ईतिहास बचाउन या अन्यायका बिरुद्ध लड्न डराउने कायर र कातर बन्न तयार छैन । अझ राष्ट्रियताको युद्धबाट तर्सेर टाउको झुकाउने कुपुत हुन सक्दैनँ । मेरो मातृभूमी प्रतिको गौरव, स्वाभिमान र नैतीकताले मलाई त्यसो गर्न दिदैन । म बुद्धमार्गी हुँ तर परि आए लड्नु मेरो कर्तब्य हुनेछ, चाहे त्यो भियतनामी युद्धको अर्को रुप होस्, चाहे अफ्गानी युद्धको । राष्ट्रिय सवालमा बुद्ध बन्ने बहानामा गुफा र दुलो खोज्दै हिंड्नु निकम्मापन हो, गद्धारी हो, राष्ट्रघात हो । त्यतिबेला साम्राज्यवादी, बिस्तारवादी र राष्ट्रघातीका बिरुद्ध म अन्तिम युद्ध अबश्य लड्नेछु, मुक्ति वा मृत्‍युको ।
म समालोचना र बिश्लेषन गर्ने हैसियत राख्दिनँ तर म पनि बोल्न वाध्य छु । चुम दाजुको बोलिमा एक आवाज थप्न चाहन्छु,
म युयुत्सु हुँ l
कोलोनी बाँच्न सक्दिन l
अजस्त्र म नेपालभक्त हुँ ।
10 Aug,’10

- Lets fcuk them those stupid traitors so called Leaders n Diplomats, who are inside our borders or outside.. We True Nepalese Citizens need Solution not silly words of Political Conspiracy!
13 Aug,’10

- You certainly can sparkle when you're with right people!
14 Aug,’10

- The winners! Winning the trophy was not the special moment in my experience but dedicating the trophy to the one of my team-mate made me completely emotional and the celebration was really memorable... That was a great day... Thank you all!!! 16 Aug,’10

- पती, देवर, छोरा, छोरी-ज्वाँईको मृत्‍युको बदला लिने भावनाले भन्दा पनि समग्र बर्गीय दमन र थिचोमिचोको उत्पिडनबाट मुक्ती पाउने द्रिड संकल्प लिएर युद्धमा होमिदै मृत्‍युपर्यन्त बैचारिक आस्थामा प्रतिबद्ध निरक्षर रामकुमारी यादवको असमायिक निधनले म अली बदी नै मर्माहित छु । उनको आत्माले शान्ती पावोस, उनको सपना पुरा हुँदै जाउन । हार्दिक श्रदान्जली !
17 Aug,’10

- When a shining person gives u a generous compliment, accept it with grace coz u truly deserve it. 18 Aug,’10

- The Motorcycle Diaries - The movie is all about the journey of Ernesto Guevara, who would years later become internationally known as the iconic Marxist revolutionary Che Guevara... Really Great !!!
Red Salute to you Che!
19 Aug,’10

- I wish, Tragedy is as beautiful as falling in Love !
20 Aug,’10

- मैले पनि एउटा कबिता लेखूँ क्या रे !
21 Aug,’10

- "आमाको सम्झनाले मुटु पोलिरहन्थ्यो, आफू महिला भएर पाएको हरेक यातना र पीडाका कारण म आमालाइ भन्न चाहन्थे आमा अर्को जुनिमा मलाइ नारीको रुपमा जन्म नदिनू ।" _ तारा राई 'छापामार युवतीको डायरी' (यहानिर मुटु कटक्क खायो । तारा बैनिको आग्रहमा आफ्नै दिदी र बैनिहरुको बाध्यता भेटें । र, मलाई आफ्नै दाजुले लेख्नु भएको 'बहिनी ! खै तिम्रो नारी अधिकार ?" कबिताको याद दिलायो ।
मेरो बिचारमा तारा र ताराहरुको हातेमालो हुन आबश्यक छ । म बारम्बार भन्दै आएको छु, फेरी आज पनि भन्छु, सम्पूर्ण बिभेदका बिरुद्ध म नारीहरुको पक्षमा छु र रहनेछु । युद्धको घाऊ सबैलाई दुख्छ तर पनि नकरात्मक घटनाबाट सकरात्मक पाठ लिन हामी युवा पुष्टा चुक्नु हुन्न । यस प्रकारको तितो वास्तविकतालाई अब कहिल्यै कसैले पनि लेख्नु र पढ्नु नपरोस । हाम्रै सामुन्ने मृत्‍यु र रगतमा लतपतिदै कमलो कलमहरुबाट लेखिएका यि भोगाइका पानाहरु सधैं सधैंका लागि बन्द होउन । शान्ति र सम्रिद्धताको कामना !)
22 Aug,’10
- थुइक्क! हुन त, अहिले सम्म कसैलाई पनि थुकेको छैन तर नेपालका नेताले कुर्सीलाई, कुकुरले हड्डीलाई प्यारो ठानेको भन्दा पनि बदी मोह देखाएकाले केही भन्नु भन्दा थुक्नु नै जाती ठानेँ । 24 Aug,’10 -कुकुरले आफुलाई तोक्यो भन्दै मा, कुकुरको खुत्ता कहिले नतोक्नु अरे! सडेकोको पत्तझर नै भए पनि कसैले कसैलाई कहिले पनि थुक्न हुन्न अरे! -Meena Thapa
(मैले मौन रहनु भन्दा कसैलाई थुक्नु हुन्थ्यो वा हुँदैनथ्यो त्यो छुट्टै कुरा हो तर त्यो थुकेको थुक कतै मेरै हितैषी मित्रहरुकै जिउमा पर्न गएको भए माफि चाहन्छु । यदी त्यसो हुन गएको भए मैले आँफैले थुकेको थुक चाट्न पनि तयार छु तर अहिले मैले नेताहरुलाई थुकेकोमा आत्मग्लानी महसुस गर्ने पक्षमा भने छैन । यदी नेता ज्युहरुले कुनै राम्रो आधार दिन सके भने थुक्ने काम दोहोर्याउन पनि चाहन्न । मेरो त्यो थुक केवल गलत नेताहरु प्रती मात्र लक्षित होइन बरु सिङो प्रब्रिती प्रतिकै घ्रिणाको रुपमा बुझिदिन सबै मित्रहरुलाई आग्रह गर्न चाहन्छु ।)
- नेपालबाट साथीले ल्याएको कोशेली स्वरुप आदरणीय दाजु एवम् लघुकथाकार डा. रबिन्द्र समीरको नियात्रा सङ्ग्रह 'ग्रेट वालको ग्रेट अनुभूती' हात पर्‍यो । समयभावका कारण दुई बसाइमा सक्छु भनेर पढ्न सुरु गरेको किताब थाहै नपाई एक बसाइमै पो पढेर सकाएछु । मैले आफ्नै डायरीका पानाहरु खोलेर दोहोर्याएको थिएँ वा डा. रबिन्द्र समीरको 'ग्रेट वालको ग्रेट अनुभूती' !? अन्तिमसम्म नै हरेक शब्द छालहरुमा उत्सुकुतापूर्बक डुबुल्की मारिरहेको थिएँ । मेरो बिचारमा, रचना भित्रको पात्र र बातावरण अनुरुप पाठकले आँफैलाई ठान्नु र महशुस गर्नु नै रचनाकारको सफलता हो । हार्दिक बधाई !
25 Aug,’10

- मान्छेले जानेर मात्र गरेको हुँदैन, गरेर नै जानेको हुन्छ ।
26 Aug,’10

- Humanism is the true religion, Freedom is the biggest right and own life is the best one to live !
27 Aug,’10

Saturday, August 28, 2010

तिम्रै खुशी


मनभरिको आशिष देउ,
मेरो आफ्नै मान्छेहरु
सातौ जन्म सराप देउ,
मेरो पराइ मान्छेहरु

चौतारीको वरपिपललाई, अब चार्ने छैन
एकैछिनको साईनो गाँस्दै, भ्रम छर्ने छैन
क्षणमै फुट्ने फोका बनी बाँच्न सकिनँ
दुइता जीवन सँग सँगै हाँस्न सकिनँ
जनम-मरण बुझाई देउ,
मलाई सङी भन्नेहरु
दु:ख-रोदन बल्झाइ देउ,
मलाई बैरी ठान्नेहरु

बिबशताको पाहुर बोकी, म टाढा जादैछु
क्षितिजको जून भेट्न, यो यात्रा थाल्दैछु
सम्झनिमा आँखा चिम्लि एक्लै भेट्न आउनु
अजम्बरी माया साट्न भाखा हाल्दै गाउँनु
फूलै फूलको बाटो देखाउ,
शिखर चूमोस् भन्नेहरु
काँडै काँडा मात्र बिछ्याउ,
बिचमै गलोस् भन्नेहरु

छाडि जाने रहर होइन, आत्मा रुवाएर
पाईलाहरु रुक्न खोज्छन्, आसुँ चुहाएर
जुगौ जुग सँगै हुन धर्ती-आकाश भरी
सहनुछ धेरै पिडा एउटा बिछोड प्यारी
फाटेको मन सिलाई देउ,
मलाई माया गर्नेहरु
धुजा धुजा बनाइ देउ,
मलाई घृणा गर्नेहरु

मनभरिको आशिष देउ,
मेरो आफ्नै मान्छेहरु
सातौ जन्म सराप देउ,
मेरो पराइ मान्छेहरु
23 Aug,’10

Saturday, August 21, 2010

बिचलन

सर्पलाई
जती नै दया गर
चोखो दुध पिलाउ
तर
एकदिन जरुर
आफ्नो दन्ते-बिष
फ्याकेरै छाड्छ
डस्छ, डसेरै जान्छ ।

माकुरा
आँफै जालो बुन्छ
संसार देखेर दंग हुन्छ
बिचरा !
त्रिप्त समागम नै अभिशाप बन्छ
मातृ दायित्वकै कारण
मातृत्वकै चाहनाले
सर्वस्व ठानेको सन्तानबाट
जीवन सजाय भोग्न वाध्य हुन्छ ।

मान्छेलाई
गर्नु विश्वाश गर
उसको चिसो भगाईदिन
आफ्नै हात खुट्टा जोरेर
अगेनाको न्यानोले सेकाउ
तर
भर्खरको भर्खरै
अधिकांश मनुवाहरु
तातोले सेक्दा सेक्दै
तिम्रै मुटु-पसिना खोसेर
भोक-प्यास मेट्न खोज्छन्
केही मनुवाहरु
भोली सबेरैदेखी
मुखमा राम राम
बगलीमा छुरी हुन्छन्
ति निर्लज्जहरु, ति बैगुणीहरु
ति मान्छे भनिने अमान्छेहरु ।

मैले, कहिले काही
अमिलो अमिलो मन लिएर
धमिलो धमिलो आत्माहरु भित्र
मान्छेले मान्छे भएर खोज्दा
आँफैले आँफैलाई भेट्दिनँ
वा, 'म मान्छे हुँ' भन्ने नै बिर्सन्छु !?
र, यो घोषणा गर्न पुग्छु
म बिषालु सर्प होईन
म अबिबेकी माकुरा पनि होईन
म ठोकुवा नै गर्न सक्छु
म कदापी हुँदै होईन
तर
यो ठोकुवा कहिल्यै गर्न सकिनँ
गुण, धर्म र दायित्व बिर्सिने
बिचलित आचरन बोकेको
सुन्दर आबरण ओडेको
म बिबेकशील जन्तु हुँ ।
म सर्वश्रेष्ठ मान्छे हुँ ।
20 Aug,'10

सपना र बुवा

धेरै पछी सपनीमा बुवालाई देखें ।
मनभित्र गुम्सिएका बहहरु पोखें ।

हराएथे खुशीहरु हाँस्दा हाँस्दै ओठबाट
दुख्दैथे दिनहरु इश्वरकै त्यो चोटबाट
भर्खरै आसुँ रुक्यो, खुशीहरु फर्कियो कि
देखिरा'को सपना नै बिपना पो भैदियो कि ।

बर्षौ पछी सपनीमै बुवालाई दोगें ।
सन्चो र बिसन्चोको खबर'नि सोधें ।

फुल्नै नपाई कोपिलामै चुडिएको टुसा म
खुल्नै नपाई मिर्मिरेमै छोपिएको उषा म
बसाउदैछ फूलहरु, धर्ती-आकाश खुल्यो कि
भोगिरा'को बिपनी नै सपनी पो भैदियो कि ।

धेरै पछी बुवाको आशिर्वाद पाएँ ।
परिवारको ठेगाना नि सबै बताएँ ।

सारा रहर अधुरो थ्यो सपना'नि अधुरै भो
घरमै आएर बुवा फेरी एक्लै एक्लै जानु भो
यो जीवनमा सँगै हुने अब चाहना मात्र रैछ
सपना त झूठो थियो, बिपना नै साँचो रैछ ।

धेरै पछी सपनीमा बुवालाई देखें ।
मनभित्र गुम्सिएका बहहरु पोखें ।
21 Aug,'10

पुन:मिलन

मलाई पनि लागेको थिएन तर बिभिन्न कारण बस म अली लामो समय नै ब्लगबाट टाढा भएछु । अब दुई महिना भन्दा बदी समय पछी फेरी ब्लग लेखनमा फर्किने प्रयासमा छु । यो लामो बिछोडलाई बिर्सिएर पुनर्मिलनको जमर्को गरिरहेको छु ।

Saturday, June 12, 2010

अल द बेस्ट साउथ अफ्रिका


आज रातिबाट विश्वकप फुटबलको १९ औ संस्करण सुरु हुँदैछ । सम्पूर्ण खेलहरुको राजा समेट फुटबललाई नै मानिने गरिन्छ कारण, तथ्यांक अनुसार संसारमै सबैभन्दा धेरैले हेर्न र खेल्न मन पराएको प्रिय खेल फुटबल नै हो । म पनि मौका मिले जती खेल्छु र हेर्ने गर्छु । मैले विश्वकप फुटबलको बारे सुन्नु अगाडि साफ खेल बारे सुनेको थिएँ । गाउँमा टि.भी. हुने कुरै थिएन तै पनि रेडियोमा प्रत्यक्ष प्रसारण भने खुब सुन्ने गर्दथें । चर्चित खेलाडीहरुको फोटोहरु पत्रीकामा देखे पनि चिन्न सक्दैनथें । मैले विश्वकप हेर्न थालेको चाँही पछी दाङमा पढ्न थाले देखी नै हो । दाङमा आइसके पछी भने 'स्टार स्पोर्टस' पत्रीकाको रेगुलर ग्राहक नै भएको थिएँ । त्यसपछी भने राम्रा खेलाडीहरुलाई चिन्न र उनीहरुको जीवन नजिकबाट नियाल्न त्यती गाह्रो भएन । बिभिन्न देश र क्लबको खेल रणनिती र खेलाडीहरुको भिन्ना भिन्नै खेल्ने शैलीमा मेरो बदी चासो हुन्थ्यो । टि.भी. मा हेर्दा हेर्दै मन निकै तरङित भएर आउथ्यो ।

मैले हेरेको पहिलो विश्वकप सन् १९९८ को हो, जुनबेला म स्कुलको होस्टेलमै थिएँ । त्यतिबेला सरहरुले राती विश्वकप कुरेर बस्नुहुन्थ्यो, हामीहरु निन्द्रामै बिउझेर हेर्न जान्थ्यौ । त्यतिबेला ब्राजिलका रोनाल्डो खुब चलेका थिएँ । मलाई ब्राजिलकै रिभाल्डोको प्रहार पनि साह्रै मन पर्थ्यो । फाईनलमा फ्रान्सले गरेको तीन गोलमा दुई गोल हान्न सफल जिदानको खेलले सधैं लोभाइरह्यो । सन् २००२ को विश्वकपको बेला पनि स्कुलको होस्टेलमा नै थिएँ । होस्टेलमा टि.भी. लाइन ल्याउन नमिलेकाले कुनै खेल आदरणीय धामी सरको घरमा, कुनै प्रदिप सर र रमन सरको कोठामा, कुनै खेल क्लासका साथीहरु सनम र शेखरको घरमा गएर हेर्यौ । सर र साथीहरुसँग बाजी मार्दाको क्षण सम्झिदा अहिले पनि रोमान्चित भैरहेकोछु । सन् २००६ को विश्वकपमा काठमाडौंमा थिएँ । साथीहरुसँग मिलेर टि.भी. किनेर सबै खेल कोठामै हेरेका थियौं । अहिले साथीहरुसँग सँगै बसेर हेर्ने योजना बनाएका छौ । मेरो मन पर्ने खेलाडीहरु अर्जेन्टिनाका मेस्सी, इङ्ल्यान्डका रोनी, ब्राजिलका काका, पोर्चुगलका रोनाल्डो, फ्रान्सका रिबेरी, स्पेनका जावी, जर्मनीका पोडुल्स्की, कोरियाका पार्क, जापानका होन्डा, इटलीका कानाभारो, नेडर्ल्यान्डका रोबेन, उरुग्वेका फोर्लान, क्यामरुनका इटो तथा अन्य उत्कृष्ट खेलाडीहरुको सर्वोउत्कृष्ट प्रदर्शन र कला हेर्न लालायित छु ।

फुटबल खेल एकल प्रदर्शनले जित्न त सकिदैन तर पनि प्रतिभाशाली खेलाडीको प्रयासले भने धेरै नै फरक पार्ने गर्दछ । विश्वकपमा सहभागि ३२ टिम नै छनौट भएर आएकाले कप कस्ले जित्नेछ भन्ने अहिले नै यकिन गर्न निकै गाह्रो छ । प्राय देश र खेलाडी एउटै स्तरका हुने हुँदा कमजोर भनिएका टिमले बलियो टिमलाई पछार्न पनि सक्छन् । बिगतका विश्वकपमा पनि नयाँ देश र नयाँ खेलाडी नचम्केका होइनन् । यसपाली पनि त्यस प्रकारको चमत्कार र नतिजाले निरन्तरता नपाउला भन्न सकिदैन । अहिले कमजोर आँकिएका देशहरुले बलिया भनिने देशसङको खेल नतिजा आफ्नो पक्षमा पार्न सक्छन् । विश्वकप अगाडि नाम चलेका र राम्रा खेलाडीहरुले अपेक्षित प्रदर्शन गर्न चुक्न सक्छन् र नाम नै नसुनेका नयाँ खेलाडीहरु उदाउन सक्नेछन् । चार बर्षको प्रतिक्षापछी आएको फुटबल चाडमा एक महिनापछी एउटा देश बिजयी बनेर अन्त्य हुनेछ । यस पटक पनि अहिले नै भन्नु पर्दा जितका दाबेदारहरु सधैं झै पुरानै राष्ट्रहरु देखिन्छन् । बिभिन्न सर्बेक्षण र साथीभाइको बिचमा पनि मुख्यतय ब्राजिल, जर्मनी, इङ्ल्यान्ड, अर्जेन्टिना, स्पेन, इटली, फ्रान्स, नेडर्ल्यान्ड, आदी देशहरु मध्येबाट कुनै एकले नै कप उठाउने अनुमान गरिएको छ । खेलाडी र खेल हेर्दा पनि तिनै देशहरुको पल्लाभारी देखिन्छ । मेरो अड्कल पनि ति देशहरुले नै जित्लान् भन्ने त छ, तर पनि मैले भित्र भित्रै चाँही कुनै अफ्रिकन या एसियन देशले जितोस् भन्ने चाहना राखेको छु । यदी त्यसो हुन नसकेको अवस्थामा कुनै नयाँ देशले नै उपाधी जितोस् भन्ने चाहेकोछु । यदी त्यसो पनि हुन नसके जसले थोरै पटक उपाधी जितेकोछ त्यसैले नै जितोस् भन्ने मेरो कामना हो । दशकौदेखी विश्वाकपमा एकलौती राज गर्दै आइरहेका देशहरुको आधिपत्य तोडियोस् भन्ने पनि कामना गरेकोछु । अहिले हेर्दा भलै त्यो सम्भावना देखिदैन तै पनि खेलमा असम्भव भन्न चाँही सकिदैन । निर्धारित समयभित्र जसले डटेर खेलसक्छ, त्यहिनिर नौलो जादु हुनेछ । हेरौं, अब के के हुन्छ !
कम अन एसिया.. ! कम अन अफ्रिका.. !!
सफल आयोजनाका लागि अल द बेस्ट साउथ अफ्रिका.. !!!
11 June,’10

Thursday, June 3, 2010

बधाई! च्याम्पियन्स


हाम्रो युनिभर्सिटीमा पढाउने र पढ्नेहरुका लागि छुट्टा छुट्टै भलिवल प्रतियोगिता आयोजना गरिएको थियो । फोरेन अफियर्स अफिसका तर्फबाट एउटा टिम बोलाएको हुनाले हामीले फोरेन स्टुडेन्टसका तर्फबाट एउटा टिम दर्ता गरायौं । विद्यार्थीहरु बिच हुने प्रतिस्पर्धाका लागि जम्मा १६ टिमको सहभागिता थियो । एउटा ग्रुपमा चार वटा टिम गरेर ४ वटा ग्रुप बिभाजन गरिएको थियो । हाम्रो टिम 'ए' ग्रुपमा परेको थियो । पहिलो खेल २१, मे मा खेल्यौ । लिगको कुनै खेल नहारेर बिजेता हुँदै क्वार्टर फाईनल प्रबेश गर्यौं । सबै खेलमा सिधा सेटमा सजिलो जित हाशिल गर्दै फाईनलसम्म पुग्यौं । फाईनल ०१, जूनमा थियो । शिक्षकहरु र विद्यार्थीहरु (केटा र केटी) सबै टिमको फाईनल खेल एकै दिनमा भएकाले र्पतिस्पर्धात्मक रमझम हेर्नेहरु थुप्रै थिए । सबैले अनुमान गरे जस्तै हामीले फाईनल पनि सोझो सेटमै सजिलै जित्न सफल भयौं । खेलको समाप्तिपछी पुरुस्कार बितरण राखिएको थियो । हामीले प्रथम स्वरुप प्रमाण पत्र र कप प्राप्त गर्यौं । कप बोकेर होस्टेलमा आइपुग्दा अफिसले नोटिस बोर्डमा बधाई पनि दिइसकेको रहेछ ।
ओभरसिज विद्यार्थीको प्रतिनिध्वत्व गर्ने टिमका खेलाडिहरु,
१. केशब धामी
२. महेश चौधरी
३. राजु बिष्ट
४. सुशिल पोखरेल
५. भगत श्रेष्ठ
६. अनिल साह
७. दावा लामा
८. ईन्द्र शाह
९. जीवन बुढा
१०. दिनेश श्रेष्ठ
११. क्षितिज गिरी
१२. चन्द्र मगर 'क्याप्टेन'
- राजन लुईटेल 'अफिसियल'

युनिभर्सिटीले आयोजना गरेको भलिवल प्रतियोगितामा सहभागि जनाएको यो दोस्रो पल्ट हो । यस भन्दा अगाडि ०७ मा पनि भाग लिएर पहिलो पुरुस्कार जितेका थियौं । त्यतिखेर पनि हाम्रो टिमको प्रदर्शन निकै उच्च र राम्रो भएको थियो । त्यो टिममा म र ईन्द्र शाह सदस्य थियौं । त्यसबेला, मैले क्षमता अनुसार खेल्ने र जित्ने मात्र सोच्थें तर यसपाली मैले क्याप्टेनको जिम्मेवारी पनि सम्हाल्दै थिएँ । त्यसैले, बिपक्षीको खेल कौशल बुझेर त्यही अनुसार आफ्नो टिम रणनिती बनाउन कठिन भए पनि अर्को रमाइलो अनुभव बटुल्न पाएँ । अहिलेको टिम संरचना पहिलेको भन्दा लगभग नयाँ नै भए पनि अझै जुझारु, अनुशासित, परिपक्क र परीश्रमी थियो । हामीले गरेको कुशल खेल प्रदर्शनको सबैबाट धेरै तारिफ पनि भयो । यस प्रकारको सहयोग र सफलताका लागि खेलाडी साथीहरु प्रती अत्यन्त क्रितज्ञ छु । हामीलाई हौशला दिन फोरेन अफिसबाट आउने मिस्टर म्याट लगायत सम्पूर्ण ओभरसिज विद्यार्थीहरुलाई पनि हृदयदेखी नै बिशेष धन्यवाद दिन चाहन्छु । हाम्रो खुशी र सफलता यसरी नै अगाडि बदिरहोस् । बधाई, धन्यवाद एवम् शुभकामना ।
02 June,'10

Wednesday, June 2, 2010

दाइको चिठ्ठी


प्यारो भाइ
मुटुभरिको असिम माया

यो पत्र लेखेर हुलाकीको जिम्मा लगाउदासम्म ' सकुशल नै छु ' भगवानको कृपाले त्यहाँ पनि सबैलाई सधैं निका आरामै रहिरहने आशा गरेकोछु ।

प्रिय भाइ,
तिमी सानो छदा हातखुट्टा टेकेर तिम्रो घोडा बन्थें तिमीलाई काँधमा चदाएर वरीपरी डुलाउथें कहिले कुममा बसाएर दगुर्थें तिमीले कहिलेकाही मेरो चप्पल लगाएर मेरो भुइ चद्थ्यौ मलाई खाँली खुट्टा चुथ्राको काँडैकाँडामा हिंड्न लगाउथ्यौ ति दिनहरु साँच्ची अती रमाइला थिएँ अब बिस्तारै तिमी पनि ठुलो भैसक्यौ, धेरै कुरा बुझ्ने भैसक्यौ त्यसैले, मेरो मनमा लागेको केही कुराहरु तिमीलाई भन्न मन लागेर यि शब्दहरु कोरिरहेकोछु मैले आजको कुरा आज नै भनिनँ भने फेरी मेरो लागि भोली कहिल्यै नआउन पनि सक्छ भन्ने डर मलाई किन कि म प्रदेशमा मात्र छैन, युद्धभुमिमा छु यो युद्धमा जतिबेला जे पनि हुनसक्छ अर्थात् दिनका हरेक पल रातका हरेक प्रहर मार्न मर्न तयार रहनु पर्छ दुश्मनलाई मारियो भने जीत हुन्छ, संसारभर नामी वीर कहलिन्छौ तर मरियो भने हार हुन्छ हामी सिपाहीहरु युद्धमा मर्यौं भने युद्ध मात्र हार्दैनौ, कसम, प्रतिबद्धता, जिम्मेवारी सारा हार्छौ अन्तत: आफ्नै जीवनसँग पनि हार्छौ हामी सधैं सधैंका लागि, सबै सबैका नजरमा सिर्फ हरुवा मात्र हुनेछौ

भाइ, मैले युद्धको कुरा गर्न पटक्कै चाहेको होइन तिम्रो कलिलो वाल मस्तिष्कमा युद्ध ज्ञान भर्न खोजेको पनि हुँदै होइन मेरो मृत्यु भएमा प्रतिशोध साध्न बलियो मानसिकता बनाउन वाचा गराउने मनसाय पनि कदापी होइन मैले बिरगती प्राप्त गरेमा बक्सिस पाएको वीर शहीदको उपमा र शहीदको सम्मानमा दिइने तोपको सलामीमा लोभ्याउने चाहना झन् हुँदै होइन रातदिन बम बन्दुकको संगतले अर्धपागल झै भएकोछु, आलो रगतले मातिएको बाघ झै भएकोछु । म साँच्ची अशान्त आतंकले अर्धचेत भएकोछु तसर्थ मन मस्तिष्कले हिंस्रक भएकोले भित्रभित्रै बेचैन हुनुको उपज मात्र हो यतिखेर मैले संयमता, धैर्यता सन्तुलन गुमाउदै गैरहेकोछु तै पनि मेरो भाइको लागि भनेर आफुलाई सम्हाल्दै जिम्मेवार दाजु बन्ने हिम्मत पनि गरिरहेकोछु मलाई थाहा , एउटा दाजुले आफ्नो भाइको लागि गर्नु पर्ने हरेक जिम्मेवारीबाट चुकेको छु तर पनि माफि माग्दै हृदयदेखी नै आशिर्वाद दिन चाहन्छु मेरो बिचारमा यती भन्नु कुनै हक नभएता पनि मेरो कर्तब्य सोचेर यो पत्र कोर्दैछु एउटा दाजु भएको नाताले भबिश्य कोर्दै गरेको आफ्नो भाइप्रति सानो जिम्मेवारी निभाउन मात्र खोज्दैछु

प्यारो भाइ, हाम्रो पुर्ख्यौली ईतिहास नै यस्तै कि जीजू-बाजेहरु मलायामा भयानक लडाईं लडे रे, बुवा-काकाहरु फोकल्याण्डमा त्यसरी नै भिडे रे हाम्रो जेठा दाइ कारगिलमा अहोरात्र लड्दैछन्, माहिला दाइ ईराकमा भिड्दैछन् गोर्खाली सेना बनेर अफ्गानिस्तान युद्ध जित्न आफ्नो ज्यानको बाजी थापिरहेकोछु बिगतका ति युद्धहरुमा बुवाबाजेहरु अनगिन्ती मारिए, धेरै बन्दी पारीए कतिपय झन् लाश, शासको पिडादायी अवस्थामा अलप रहिरहे अनाहकमा अहिले हामी फेरी त्यही नियती भोग्ने क्रममा छौ हामी युगौ युगदेखी पराइको आदेश इमान्दारिपुर्बक पालना गर्दै, झालेपाते झण्डा बोकेर, छिर्केबिर्के बर्दी ओडेर, आधुनिक बन्दुक भिरेर सार्वभौम नेपाल स्वाधीन नेपालीको आत्मसम्मान, स्वाभिमान स्वतन्त्रताको खिल्ली उदाइरहेछौ हाम्रो जन्म, पौरख, श्रम, बहादुरी बलिदान हाम्रै मात्रिभुमीको लागि एकलौटि हुनु पर्ने हो तर कस्तो बिडम्बना!? हामी पराइको माटोमा अमूल्य जीवन सस्तैमा धितो राखेर, निसंकोच प्राण भेटि चदाउदै अर्कैका लागि निर्णायक युद्धहरु लडिरहेछौ अरुको ब्यक्तिगत राष्ट्रिय स्वार्थ, अहम घमण्डलाई दाकछोप गर्न जवर्जस्ती सहि साबित गर्नका लागि बिना हिच्किचाहत निर्दोष मान्छेहरुसँग भिडिरहेछौ हाम्रो सधैं एउटै उद्देश्य हुन्छ, नूनको सोझो गर्न प्राण रहुन्जेल डटिरहनु, त्याग गरिरहनु जसरी पनि जितिरहनु किन कहिलेसम्म!? हामीहरुसँग कुनै जवाफ नै हुँदैन किन कि हामीले गहिरिएर कहिल्यै सोचेकै छैनौ हाम्रो बा-बाजेहरुले पहिलो विश्वयुद्ध लडे, दोस्रो बिश्वयुद्ध पनि लडे हाम्रो पुष्टाको रुपमा अघोषित तेस्रो विश्वयुद्ध लडिरहेको छु चाहन्छु, तिमी निकट भबिश्यमा हुन गैरहेको तेस्रो विश्वयुद्धको शिकार बन्नुहुन्न, हिंसा रोज्नुहुन्न अरुको हार-जित हुने खेलको खेलाडी कसै गरी बन्नुहुन्न, कहिल्यै नटुङिने लडाईंको लडाकु बन्न उही बाटो पछ्याउदै बिदेश शयर गर्नुहुन्न हाम्रो सुर्कोहरुमा हल गोरुहरु नार्न छाडेर अरुको बन्दुक समाउनु हाम्रो परम्परा होइन बरु यो असमान सम्झौता हो, अध्यारो ईतिहास हो र त्योभद्ना पनि र त्योभद्ना मुख्य त झन् हाम्रो रोजीरोटीको वाध्यता हो । चाहन्छु, यो ईतिहासलाई तिमीले नबुझिकनै अन्धचेतले निरन्तरता दिनुहुन्न तिमीले यो सम्झौतालाई तोडेर, कालो ईतिहासलाई मेटाएर, नयाँ ईतिहास लेख्ने सुरुवात गर्नुपर्छ

गोर्खाली पल्टनको फौजी भएर हरेक दिन गस्तिमा निस्कन्छु तर मेरो चौडा छाती गर्ब उत्साहले फुलेको अहिलेसम्म महशुस गर्न पाएको छैन गरीबका झुपडीहरुमा खानतलासी लिउछु, असहाय बुदाबुदीहरुलाई हप्किदप्की गर्छु, महिलाहरुलाई तथानाम गाली गर्छु आफ्नै जीवनमा रमाइरहेका निशस्त्र युवाहरुलाई बिदेशी बुटले हिर्काउदै रिस पोख्छु, साना बालबच्चाहरुलाई बेस्सरी तर्साउछु तर किन? मसँग कुनै उत्तर हुँदैन मलाई पनि ति सवै गर्न चाहना हुँदैन तर यसो गर्न वाध्य छु मलाई थाहा , साँझ बिहान खान पनि नपुग्ने छाप्रोमा कुनै तोप-गोला भेटिनेछैन ति निर्धा बुदाबुदीहरुले केही बिराएकै छैनन् ति निरपराधी महिलाहरुको मैले अस्मिता लुट्न चाहे पनि चुपचाप सहनु बाहेक केही गर्न सक्ने छैनन् ति निर्दोष अल्लारे बैंशका युवाहरुले मेरो कुनै प्रतिकार गर्न सक्दैनन् ति अबोध बालबच्चाहरुले झन् मेरो अक्रोसको भाषा नै बुझ्न सक्दैनन् तै पनि, मैले नूनको सोझो गर्नैपर्छ, गर्छु इमान्दारिपुर्बक पालना गरिरहेको हुन्छु यही दैनिकी लगातार दोहर्याइरहेको हुन्छु मेरो भाइ, त्यतिखेर प्रेमको खानी सोचेको तिम्रो दाजु अशली '' हुन पाउदैन, अरु कोही भैसक्नुपर्छ, भैसकेको हुन्छु

भाइ, यि सब सुनेर मलाई निकै बलियो शक्तिशाली ठान्यौ होला तर, तिमीले यथार्थ बुझ्नुपर्छ वास्तवमा निर्धा अनाथ भएर यस्तो कुकार्य गरिरहेको हुन्छु मैले आफ्नो स्वतन्त्रता स्वाभिमान अरुलाई सुम्पिसकेर अरुको स्वतन्त्रता स्वाभिमान पनि लुट्न खोजिरहेको एउटा आत्माहिन यन्त्र बनेको हुँ त्यतिखेर मेरो कोमोल मन मभन्दा अन्त कतै बन्दी बनेको हुन्छ तिमीलाई थाहै , यन्त्रले कुनै मानवीय मर्म बुझ्न सक्दैन तर पनि परिवारलाई सम्झिदै एउटा क्षतबिक्षत हृदयमा ग्लानिबोधको लप्काले पोलिरहेको हुन्छ ति अनकन्तार बस्तिहरु देख्दा, हुर्के-खेलेको गाउँको यादले सताइरहेको हुन्छ मेरो सामु लट्रिएका ति दुखी बुदाबुदीहरुको गाला निधारमा देखिएका बुद्यौली रेसाहरुले दुरुस्त बुवा-आमाको अनुहार उमेरले पिरोलिरहेको हुन्छ ति महिलाहरुको टिठलाग्दो मुहार देखेर दिदिबहिनीहरुले भाइटिकामा लगाइदिएको चम्किले जमरा माला सम्झिरहेको हुन्छु मेरो सामु लकलक कामिरहेका अल्लारे ठिटाहरुको माझमा मेरो प्यारो दौतरीहरुले गरेका ख्यालठट्टा सुन्न खोजिरहेको हुन्छु ति -साना बच्चाहरुको टिलपिल आँखामा तिम्रो छोरीको याद झलझली आइरहेको हुन्छ बाहिर आबेग आक्रोसले बलिरहेको देखिन्छु तर यथार्थमा भित्रभित्रै बेस्सरी जलिरहेको हुन्छु, गलिरहेको हुन्छु त्यसैले, युद्ध मैदानबाट मेरो पहिलो आग्रह वा शायद अन्तिम चाहना नै पनि हुनसक्छ तिमी जस्तो हिंस्रक मान्छे बन्नुहुन्न । तिम्रो त्यो अमुल्य जीवन अरुको उपयोगीताका लागि आधा सेकेण्ड पनि वाँच्नुहुन्न तिमी आँफैले पूर्ण स्वतन्त्रतापुर्वक जिउनुपर्छ

कान्छा, अचेल सुन्दैछु, हाम्रो गाउँ ठाउँमा पनि बम र बारुदको बिगबिगी छ रे । हाम्रो गाउँ टोलमा पनि बिग्रह छ रे । मेरो समाज र मेरो घरपरिवार लथालिङ भैरहदा म भने यहाँ निरिही बनी बाँचिरहेकोछु । बुद्धको देशमा हुने यस्तो हत्या र हिंसाको खबर सुनेर शिर झुकिरहेको छ । भाइ, आपसी मेलमिलाप भनेकै राष्ट्रियता हो, राष्ट्रियता नै राष्ट्रको प्राण हो । अब तिमी र तिम्रो पुष्टाले सबैलाई मिलाएर एकताबद्ध पार्नुपर्छ । तिमीले नेपाली हुनुमा गर्व गर्नु त छदैछ तर तिम्रो नाममा नेपालले झनै गर्व गर्न पाउनुपर्छ ।

मेरो कान्छा, मैले त आफ्नो मलिलो माटोलाई रगत पसिनाले सिन्च्न नसक्ने कायर भएँ, मेरो लाशको अपेक्षा पनि नराख्नु । मेरै शरीरका अङहरु कतिबेला आँफै क्षतबिक्षत वनेर मेरो जीवनको अन्त हुने हो यकिन छैन । तर तिम्रो पुष्टाले त्याग गर्ने अठोट राख्यौ भने यस्तो दुर्दशा अरुले कहिल्यै पनि भोग्नु पर्ने छैन । तिमी र तिम्रो सहपाठीहरु गाउँ गाउँसम्म पुग्ने डाक्टर वनेर रोगले ग्रसित र असहायको सेवा गर्ने उदाहरणीय स्वास्थ्यकर्मी बन्नुपर्छ । योग्य इन्जिनियर बनेर सुन्दर परिकल्पना कोर्दै अङभङ देशलाई नयाँ स्वरुप दिनुपर्छ । राजनेता बनेर जनताको भावना बुझ्दै दुर्गम र सुगम विचको खाडल पुर्दै सामाजिक सुव्यवस्था लागु गर्नुपर्छ । प्राध्यापक बनेर स्तरिय शिक्षा वाँडेर बौद्धिक आधार तयार गर्दै देशलाई काँध थाप्ने कर्णधार र सिर्जिनशील युवाहरु जन्माउनुपर्छ । उद्योगी बनेर मुलुकको जीर्ण अर्थतन्त्रलाई माथि उकास्न कलकारखाना खोल्दै सुनिश्चित लगानी बदाउनुपर्छ । आफ्नै माटोमा श्रम-पसिना सिंचेर उत्पादन लटरम्म फलाउने फुलाउने र रमाउने पौरखी क्रिषक बन्नुपर्छ । पर्यटन व्यवसायी बनेर हाम्रो कला, संस्क्रिती र प्राकृतिक सुन्दरतालाई देश बिदेशमा चिनाउनुपर्छ । देशको सिपाही बनेर शान्तिसुरुक्षा कायम राख्दै चारै सिमानामा निगरानी राख्ने जिम्मेवारी लिनुपर्छ । दुधको दुध र पानीको पानी छुट्याउने वकिल वनेर पीडितलाई न्याय निसाफ दिलाउनुपर्छ । लेखक, साहित्यकार, संचारकर्मी बनेर राष्ट्र र जनता विरुद्ध गरिने षड्यन्त्रका तानावाना पर्दाफास गर्नुपर्छ । सधैं जितिरहने खेलाडी बनेर आफ्नो देशको शान राख्ने द्रिडता हुनुपर्छ । अवदेखी नेपालीको पाखुरीले नेपाललाई नै सिङार्नुपर्छ, बेजोड सजाउनुपर्छ । मातृभूमीलाई रङरोगन भर्दै हराभरा र झिलिमिली पार्नुपर्छ । हामी भरिपूर्ण छौं, अब सुसम्पन्न हुनुपर्छ । अरु जस्तै अशल नागरिक, बिकसित र आत्मनिर्भर मुलुक बन्नुपर्छ । एक बनेर देश बन्दैन, देश बनाए सवै बनिन्छ । तिमी जे बन, राष्ट्रको अशल सेवक बन । तिमी जे गर, जन्मभुमीको संव्रिद्धीमा सघाउ पुग्ने कार्य गर । देशलाई अग्रगतीमा लाने एक अंश योगदान तिम्रो पनि होस् भन्ने आशा राख्दै छोटो पत्र बन्द गर्न चाहन्छु । जिउदो रहे म फेरी लेखौला । बाँचेर फर्के त झनै हातेमालो गरौला । मरेछु भने मेरो प्यारो भाइ, यही लाख-लाख आशिर्वाद र शुभकामना छ तिमीलाई ।   

उही तिम्रो परदेशी दाजु
लाहुरे
हेल्मण्ड प्रान्त, अफ्गानिस्तान

अप्रिल, २०१०