Monday, December 13, 2010

सर्प र मान्छेहरु

यो सत्य हो
सर्पले मुसा खान्छ
तर
सर्पलाई पाल्न खोज्नु
मेरो दुस्साहस हो
किन कि
मलाई थाहा छ
सर्प बिषालु हुन्छ
अबश्य डस्नेछ कुनै दिन
खसमलाई नै ।

अचेल बिगबिगी छ
यिनै सर्परुपी मान्छेहरुको
यद्धपी
सर्पहरु, सर्प नै रहे, रहनेछन
उठेर हिंड्ने छैनन
मान्छेहरु, मान्छे नै रहे, रहनेछन
भुइमा घिस्रने छैनन
सर्प र मान्छेका आदर्शहरु
कहिल्यै एउटै थिएनन
हुने छैनन पनि
भलै ति सर्पहरु
मान्छेका साइत बिथोल्न
वस्ती पुग्ने मुसो दुलो खोज्दै
छ्याप्छ्याप्ती घुसिरहेका छन ।

सामाजिक मुल्य-मान्यता
र, मानवीय धर्म निभाउन
अब म गरुड बन्नेछु ।।

11 Dec,'10

No comments:

Post a Comment