Friday, December 31, 2010

चन्द्रे नेपालीको मृत्‍यु

धर्तीको थरी-थरी
लोभलाग्दो सृस्‍टि
बिशेष छ चन्द्रे
चन्द्रे नेपाली ।


हिमाल हाँस्दा
दन्ते लहर फिजाएर
मुसुक्क हाँस्छ चन्द्रे ।

पहाड फुल्दा
नौरङी भेषमा
दकमक्क फुल्छ चन्द्रे ।

तराई नाँच्दा
कम्मर मर्काउदै
बयेली नाँच्छ चन्द्रे ।

पूर्व-पश्चिम
उत्तर-दक्षिण
सुख-शान्ती रोप्दै
खुब रमाइराख्छ चन्द्रे ।

धेरै भो अचेल
एकाएक मौन छ
चन्द्रे नेपाली ।

बिचरा!
धार्मिक दंगाको डरले
ओछ्यान परेछ
जातिय फन्दाको पिरले
बेहोश भएछ
भौगलिक बिखण्डनले रेटिएर
कोमामा पुगेछ ।

राष्ट्रियताको संजीवनी नपिलाए
अब बाँच्नेछैन चन्द्रे
न घर फर्कनेछन मलामी चन्द्रेहरु ।
21 Dec,’10

1 comment:

  1. http://www.facebook.com/note.php?note_id=480927201443
    चन्द्रे नेपाली अबश्य मरेर जाने छैन । मर्न चाहन्न तर मर्न डराउने मान्छे हैन चन्द्रे । बाँचुन्जेल डटेर सामना गर्न सक्ने सामर्थ्य छ चन्द्रेसँग । आशा छ, चन्द्रे नेपालीले मौनता टोडेर राष्ट्रियताको गीत गाउँएछ, कोमाबाट बिउझिएर एकताको धुन बजाउनेछ । चन्द्रे नेपाली मरेर नजावस, चन्द्रे नेपालीहरु मलामी गएर उतैबाट अलप नभइदिउन् । कतै कतै बर्गिय, कतै जातिय, कतै धार्मिक त कतै भौगलिक बिखण्डनको गन्ध सुघ्नु नपरोस । नेपाल रहदा नेपाली रहन्छ भने नेपाली रहदा नेपाल रही रहनुपर्दछ ।
    अब चन्द्रे सुखी, शान्त र साझा समाजको निर्माणमा लाग्नेछ ।
    चन्द्रे यती सजिलै मर्ने छैन, यो त सम्भावित मृत्यु मात्र हो । जीवन बाँच्न सिक्दैछ चन्द्रे, मर्न सिक्दैछ चन्द्रे ।

    ReplyDelete