Friday, November 24, 2017

चुनाव बारे

प्रतिनिधि सभाका लागि हाम्रो रोल्पामा प्रत्यक्षतर्फ बर्षमान पुन '. अनन्त', समानुपातिकतर्फ पूर्वसभामुख ओनसरी घर्ती '. उषा' प्रदेशसभा का लागि दीपेन्द्र पुन '. सिजल' तथा समानुपातिकतर्फ प्रदेशसभाका लागि कर्मलाल परीयार '. एमजीत' गायका क्षम उम्मेदवाररु हुनुहुन्छ नेपाली राजनीतिमा उहाँहरुको भिन्नै ईतिहास , सवै जना उत्तिकै त्याग गरेका समर्पित नेताहरु हुनुहुन्छ . अनन्त . उषा केन्द्रिय तहमा, . सिजल . एमजीत जिल्ला प्रदेशमा प्रतिभाशाली प्रभावशाली युवा नेत्रित्व भएकाले अहिले रोल्पामा उहाँहरु जस्तो क्षमतावान युवाहरुको विकल्प पनि देखिदैन हिजो हामीले कमरेड अनन्त, उषा, सिजल एमजीत बनाउन सवैले सकेको ताकत लगाएर सहयोग गर्यौ अब आज उहाँहरुलाई मत दिएर सेवा लिउने समय आएकोछ जंकोटको सम्पूर्ण भोट उहाँहरुलाई दिएको अवस्थामा भोलिका दिनमा हामीलाई शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भौतिक बिकास लगायतका काममा आइपर्ने समस्याहरु समाधान गर्न पक्कै पनि धेरै नै सहज हुने विश्वास स्थानीय तहदेखी प्रदेश राष्ट्रिय स्तरसम्म एउटा मजबुत सन्जाल संपर्क पनि स्थापना हुनेछ, जसले गर्दा हाम्रा समस्याका सुनुवाई सहजिकरण चुस्त रुपमा हुनसक्ने सम्भावना रहन्छ राष्ट्रिय, प्रदेश जिल्ला स्तरमा स्थापित उम्मेदवारहरुलाई हामीले चुन्न पाउनु अर्को खुशीको कुरा पनि हो
उहाँहरु सवै जना जनयुद्धको ठुलो बलिदानी प्रसव पिडापछी जन्मिएका रगतले सिंचिएर हुर्किनुभएका नेताहरु हुनुहुन्छ युद्धका कठिन कालमा उहाँहरुलाई बचाउनका लागि आँफै मर्न तयार भयौ, हुर्काउन अनेक दु:खकष्ट भोक तिर्खा सह्यौ, आफुले छाक नखाइ-नखाइ खुवायौ, जाडोमा नओदी-नओदी न्यानो ओदायौ उहाँहरुलाई सक्षम पार्न थुप्रै दिनरात खट्यौ, धेरै पिडा ब्यहोर्यौ उहाँहरुप्रति रोसा हुदो हो आफ्नै परिवार आफन्त गुमाउनुपर्दाको पिडालाई पचाएर यती सजिलै सम्हालिन सक्थेनौ होला आफ्नो जीवन साथी अंगदान गरेर पनि गर्व गर्न सक्थेनौ होला हाम्रो माया निस्वार्थ निसर्त थियो भन्ने कसैलाई कुनै शंका छैन हिजो राज्यले बिभेद गर्यो, आवाज उठाउदा उल्टै दमन गर्यो किन कि राज्य हाम्रो जस्तो थियो हामीले पनि राज्यलाई आफ्नो नै ठान्यौ तर, अव हिजोको त्यो स्थिती बदलिएकोछ जनता राज्यप्रति बफादार राज्य जनताप्रति जिम्मेवार हुनुपर्ने समय भएकोछ राज्यको विभिन्न अंगहरुमा आँफै पनि सहभागि हुनैपर्ने बेला आएकोछ आज त्यही जनता राज्य बिचको पुल छान्ने अवसर पाउदा यसलाई आफ्नो अनुकुल सदुपयोग गरौ सिङो रोल्पालीले शान्ति, सुशासन, सम्रिद्धी एवम् सामाजिक न्याय समतामुलक समाजकै लागि मिलिजुली योगदान गर्यौ अब हाम्रो सामु त्यसको जबर्जस्त औचित्य पुष्टि गर्ने चुनौती उभिएकोछ यतिबेला नेता जनता सवैले बिगतमा रोल्पाको भुमिमा बगेका रगत आसुँहरुको कदर गर्ने क्षण आएकोछ हिजोका दिनमा रोल्पाली भएर आफ्नै घरमा सजिलो गरी बाँच्न पायौ अन्य कुनै ठाउँमा नै सजिलै बाँस पायौ रोल्पाली भएकै कारणले जताततै सधैं हेपियौ, हिंस्रक भनियौ, हेयको द्रिश्यले हेरियौ अव हामीले प्रमाणित गर्नैपर्छ कि हामीले नागरिक अधिकार मागेका थियौ मर्नु मार्नु रहर थिएन, बाध्यतामा पर्यौ हिंसा नभइ बिद्रोह क्रान्ति गरेका थियौ ध्वंस होइन, बिकास मागेका थियौ असमान व्यबहार अन्धकार जिन्दगीको बदला समानता सुन्दर भबिश्य चाहेका थियौ तसर्थ, हाम्रो परिवार आफन्तहरुको रगतलाई साक्षी राखेर सोचौं आफ्नो हृदयको दु: पिडालाई नभुलेर सोचौं अलिकती अतितका दयनिय दिनहरु सोचौं, अली बदी आउने उज्यालो दिनहरुलाई सोचौं हाम्रा भाइबहिनी छोराछोरीको शिक्षा, स्वास्थ्य उज्वल भबिश्यका लागि सोचौं सवैभन्दा आफ्नै जीवन खुशीको लागि सोचौं बिगत, बर्तमान भबिश्य सवै सोच्ने सहि समय यही नै हो अन्यथा, भोलिका दिनहरु पनि हिजोकै जसरी बिभेद अभावमा गुजार्नुपर्ने हुनसक्छ

२०६४ सालमा पहिलो पटक देशमा संबिधानसभा हुनु अघी पनि बिदेशबाट नै एउटा सार्वजनिक चिट्ठी लेखेको थिएँ अहिले फेरी एउटा आग्रह गर्दैछु हामी सधैं अरुकै कथित शासनमा पर्यौ आँफै शासन गर्ने तहमा पुग्नु टाढाकै कुरो रह्यो, छेउछाउसम्म पनि पुग्नै पाएनौ हामीलाई सत्ताको नजिक जान दिए आँफैले पनि कुनै भेउ नै पायौ तर अब आँफै शासक बन्ने, आँफै शासक छान्ने आँफै शासित हुने अवस्था आएकोछ एउटा टोल गाउँमा मात्र नभइ राष्ट्रिय स्तरमै पनि हामीहरु राम्रो परीणाम सहि निष्कर्ष ल्याउन बहस छलफल गर्न तयार हुँदैछौ देश जनताका बिरुद्ध हुने गलत काम रोक्नका लागि बिरोध पनि गरौ सच्चिदै सहकार्य गरेर अघी बदौ सवैजना एकजुट भएर हरेक घरमा चुल्हो बल्ने खालको अशल राजनैतीक संस्कार बसालौ नयाँ परम्पराको थालनी गरौ प्रत्येक नागरिकले अहिले निर्वाचनमा आफ्नो नागरिक अधिकार कर्तव्य निर्बाह गरौ खबरदारी गरेर बसौ उम्मेदवारहरु जनताको भोटले निर्वाचन जित्ने हुन्, आफ्नै बलबुताले स्वत: बदुवा भएको किमार्थ ठान्नु भएन जनप्रतिनिधिले जनताको अभिमतलाई सधैं सम्मान गर्दै जनतालाई गरेको प्रतिबद्धता पुरा गर्दै जानुपर्दछ जनमतको घोर अपमान हुने गरी जागिर खान मात्र गएको भ्रम पालेर बर्ष शहरतिरै अल हुने प्रब्रितीलाई तोड्नुपर्छ जनताले पनि आफ्नैलाई विश्वाश नगरि पराइको भर पर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हुनसक्छ त्यसैले, यो कसैको पक्षमा चुनावी अपिल भन्दा पनि भोलिका लागि जे आवश्यकता देखेकोछु, त्यही भनिरहेको हुँ यसलाई जंकोट डाँडाको चौतारोमा गफ गरे जस्तै वा धापाल डाँडामा शितल मार्दै कुरा गरे जस्तै या कुनै धारातिर पानी भर्दाभर्दै सल्लाह गरे जस्तै जस्तै हो तर थोरै अर्थ , हाम्रो गाउँठाउँं, जिल्ला देशको भलाईका लागि सहि उम्मेदवारले चुनाव जित्न जरुरी , त्यो जिताउने शक्ति हामी जनताकै हातमा अवको निर्णय आवेगले नभइ विवेकले गरौ उचित उम्मेदवारलाई बिजयी गराऔ
जय नेपाल!
०७ मंसिर २०७४
23rd Nov 2017