Thursday, June 3, 2010

बधाई! च्याम्पियन्स


हाम्रो युनिभर्सिटीमा पढाउने र पढ्नेहरुका लागि छुट्टा छुट्टै भलिवल प्रतियोगिता आयोजना गरिएको थियो । फोरेन अफियर्स अफिसका तर्फबाट एउटा टिम बोलाएको हुनाले हामीले फोरेन स्टुडेन्टसका तर्फबाट एउटा टिम दर्ता गरायौं । विद्यार्थीहरु बिच हुने प्रतिस्पर्धाका लागि जम्मा १६ टिमको सहभागिता थियो । एउटा ग्रुपमा चार वटा टिम गरेर ४ वटा ग्रुप बिभाजन गरिएको थियो । हाम्रो टिम 'ए' ग्रुपमा परेको थियो । पहिलो खेल २१, मे मा खेल्यौ । लिगको कुनै खेल नहारेर बिजेता हुँदै क्वार्टर फाईनल प्रबेश गर्यौं । सबै खेलमा सिधा सेटमा सजिलो जित हाशिल गर्दै फाईनलसम्म पुग्यौं । फाईनल ०१, जूनमा थियो । शिक्षकहरु र विद्यार्थीहरु (केटा र केटी) सबै टिमको फाईनल खेल एकै दिनमा भएकाले र्पतिस्पर्धात्मक रमझम हेर्नेहरु थुप्रै थिए । सबैले अनुमान गरे जस्तै हामीले फाईनल पनि सोझो सेटमै सजिलै जित्न सफल भयौं । खेलको समाप्तिपछी पुरुस्कार बितरण राखिएको थियो । हामीले प्रथम स्वरुप प्रमाण पत्र र कप प्राप्त गर्यौं । कप बोकेर होस्टेलमा आइपुग्दा अफिसले नोटिस बोर्डमा बधाई पनि दिइसकेको रहेछ ।
ओभरसिज विद्यार्थीको प्रतिनिध्वत्व गर्ने टिमका खेलाडिहरु,
१. केशब धामी
२. महेश चौधरी
३. राजु बिष्ट
४. सुशिल पोखरेल
५. भगत श्रेष्ठ
६. अनिल साह
७. दावा लामा
८. ईन्द्र शाह
९. जीवन बुढा
१०. दिनेश श्रेष्ठ
११. क्षितिज गिरी
१२. चन्द्र मगर 'क्याप्टेन'
- राजन लुईटेल 'अफिसियल'

युनिभर्सिटीले आयोजना गरेको भलिवल प्रतियोगितामा सहभागि जनाएको यो दोस्रो पल्ट हो । यस भन्दा अगाडि ०७ मा पनि भाग लिएर पहिलो पुरुस्कार जितेका थियौं । त्यतिखेर पनि हाम्रो टिमको प्रदर्शन निकै उच्च र राम्रो भएको थियो । त्यो टिममा म र ईन्द्र शाह सदस्य थियौं । त्यसबेला, मैले क्षमता अनुसार खेल्ने र जित्ने मात्र सोच्थें तर यसपाली मैले क्याप्टेनको जिम्मेवारी पनि सम्हाल्दै थिएँ । त्यसैले, बिपक्षीको खेल कौशल बुझेर त्यही अनुसार आफ्नो टिम रणनिती बनाउन कठिन भए पनि अर्को रमाइलो अनुभव बटुल्न पाएँ । अहिलेको टिम संरचना पहिलेको भन्दा लगभग नयाँ नै भए पनि अझै जुझारु, अनुशासित, परिपक्क र परीश्रमी थियो । हामीले गरेको कुशल खेल प्रदर्शनको सबैबाट धेरै तारिफ पनि भयो । यस प्रकारको सहयोग र सफलताका लागि खेलाडी साथीहरु प्रती अत्यन्त क्रितज्ञ छु । हामीलाई हौशला दिन फोरेन अफिसबाट आउने मिस्टर म्याट लगायत सम्पूर्ण ओभरसिज विद्यार्थीहरुलाई पनि हृदयदेखी नै बिशेष धन्यवाद दिन चाहन्छु । हाम्रो खुशी र सफलता यसरी नै अगाडि बदिरहोस् । बधाई, धन्यवाद एवम् शुभकामना ।
02 June,'10

2 comments:

  1. बधाई छ भाइ र भाइको टिमलाई!

    ReplyDelete
  2. धेरै धेरै धन्यवाद बसन्त दाई ।

    ReplyDelete