Wednesday, June 2, 2010

मार्च '१०

# हतियार आँफैमा हिंस्रक हुँदै होइन, यो त एउटा माध्यम मात्र हो । जबसम्म हामीले हिंस्रक मानसिकता त्याग्दैनौ, तबसम्म हाम्रो वरिपरि हिंसा भै नै रहनेछ ।
01 March,’10

# There never was a good war or a bad peace.___Benjamin Franklin
01 March,’10

# सुख खोज्दै प्रदेशमा दु:ख भोगिरहेका हामी नेपाली । अब सबैले मिलिजुली सकेजती गर्नुपर्छ र धेरैले दु:ख गर्ने थोरैले मस्ती गर्ने चलनको अन्त्य गरिनुपर्छ ।
02 March,’10

# हामी जे सत्य मानिरहेका हुन्छौ, त्यो भ्रम मात्र पनि हुन सक्छ र जे भ्रम सोचिरहेका हुन्छौ, त्यो नै सत्य पनि हुनसक्छ ।
02 March,’10

# मानवीय अधिकारका लागि बिद्रोह अत्याबश्यक छ तर बिद्रोह युद्धका लागि नभै बिसुद्ध क्रान्ति र शान्तिका लागि हुनु पर्दछ ।
03 March,’10

# A movie based on E. Che Guevara.. CHE-part 1 & 2.
Red Salute to u CHE.. u r still alive !!!
03 March,’10

# हामी अरुले भनेका कुरा धेरैले सुन्न सक्छौं, थोरैले बुझ्न सक्छौं र निकै थोरैले मात्र नभनेका कुरा पनि सुन्न र बुझ्न सक्छौं ।
04 March,’10

# हामीले जेठ १४ मा नयाँ संबिधान जारी गर्न सभासदहरुसँग भिखारीले दान मागे जसरी माग्ने होइन, दिएको जिम्मेवारी पुरा नगरेको खण्डमा उचित हिसावकितावको चेतावनी दिनुपर्दछ ।अब नेतालाई कुर्सिमा पुर्याउने र चाकरी गर्ने होइन, खबरदारी र कारबाही गर्न आँट भएको जनता हुन आबश्यक छ ।हाम्रो सामु अलपत्र अवस्थामा छत्पताइरहेको देशलाई उठाउन यताउती नागरिक हातहरु तयारी रहनु नै बेस होला । आज हरेक नेपालीको मुख्य कर्तव्य पनि यही नै हो जस्तो लाग्छ ।
04 March,’10

# BFBS रेडियो ब्रुनाईमा अन्तर्वाता दिएको आज एक बर्ष पुगेछ । एक पटक फेरी दोहोर्याएर सुन्दैछु । मैले पोहोर साल भनेको बाटोमा नै अहिले म हिडिरहेको छु । यस अर्थमा, आउने बर्ष हिंड्नु पर्ने मेरो बाटो पनि अहिले मैले सोचेको नै हुनेछ भन्ने आत्मबिश्वास बदेको छ । कम्तिमा आफ्नै भबिश्यको एक बर्ष त सहि नै देख्न र भन्न सकेको रहेछु ।
05 March,’10

# रात छोटिए पनि वा दिन लम्बिए पनि अर्थात रातदिन बराबरी नै भए पनि आखिर मेरै समय त खर्च भैरहेको रहेछ ।
06 March,’10

# नेपालको सम्पूर्ण समस्या तलबाट होइन, माथिबाट उत्पन्न गरिएको हो । त्यसैले, ति सबैको अन्त्य गर्नका लागि तल्लो स्तरबाट नभएर माथिल्लो स्तरबाट नै निराकरणको थालनी गरिनु पर्दछ ।
06 March,’10

# " बिगत बाँचे, बर्तमान बाँच्दैछु र भबिश्य पनि बाँच्नेछु । हिजोबाट अनुभव लिएन भने, आज धेरै सिकेन भने स्वत: हाम्रो भोलीको जीवन पनि चाहेको जस्तो सुन्दर बन्नेछैन । हो, मेरो मात्र जीवन होइन- हामी सबैको ।“_____ आदरणीय अग्रज एवम प्रिय साथीहरु, समयको ब्यस्तताले तपाईंहरुको रचना पढ्न र कमेण्ट गर्न सकिरहेको छैन । माफ गर्नुहोला ।
07 March,’10

# मेरी आमालाई दासत्वबाट छुट्कारा दिलाउन नसक्ने, आफ्नै दिदीसँग समानता बाड्न नसक्ने र प्यारी बहिनीलाई स्वतन्त्रामा हुर्काउन नसक्ने, म.... पाजी म ।
8th March,’10

Well begun is half done.___ Aristotle
10 March,’10

# Peace is our gift to each other.___ Elie Wiesel
11 March,’10

No comments:

Post a Comment