Wednesday, June 2, 2010

दाइको चिठ्ठी


प्यारो भाइ
मुटुभरिको असिम माया

यो पत्र लेखेर हुलाकीको जिम्मा लगाउदासम्म ' सकुशल नै छु ' भगवानको कृपाले त्यहाँ पनि सबैलाई सधैं निका आरामै रहिरहने आशा गरेकोछु ।

प्रिय भाइ,
तिमी सानो छदा हातखुट्टा टेकेर तिम्रो घोडा बन्थें तिमीलाई काँधमा चदाएर वरीपरी डुलाउथें कहिले कुममा बसाएर दगुर्थें तिमीले कहिलेकाही मेरो चप्पल लगाएर मेरो भुइ चद्थ्यौ मलाई खाँली खुट्टा चुथ्राको काँडैकाँडामा हिंड्न लगाउथ्यौ ति दिनहरु साँच्ची अती रमाइला थिएँ अब बिस्तारै तिमी पनि ठुलो भैसक्यौ, धेरै कुरा बुझ्ने भैसक्यौ त्यसैले, मेरो मनमा लागेको केही कुराहरु तिमीलाई भन्न मन लागेर यि शब्दहरु कोरिरहेकोछु मैले आजको कुरा आज नै भनिनँ भने फेरी मेरो लागि भोली कहिल्यै नआउन पनि सक्छ भन्ने डर मलाई किन कि म प्रदेशमा मात्र छैन, युद्धभुमिमा छु यो युद्धमा जतिबेला जे पनि हुनसक्छ अर्थात् दिनका हरेक पल रातका हरेक प्रहर मार्न मर्न तयार रहनु पर्छ दुश्मनलाई मारियो भने जीत हुन्छ, संसारभर नामी वीर कहलिन्छौ तर मरियो भने हार हुन्छ हामी सिपाहीहरु युद्धमा मर्यौं भने युद्ध मात्र हार्दैनौ, कसम, प्रतिबद्धता, जिम्मेवारी सारा हार्छौ अन्तत: आफ्नै जीवनसँग पनि हार्छौ हामी सधैं सधैंका लागि, सबै सबैका नजरमा सिर्फ हरुवा मात्र हुनेछौ

भाइ, मैले युद्धको कुरा गर्न पटक्कै चाहेको होइन तिम्रो कलिलो वाल मस्तिष्कमा युद्ध ज्ञान भर्न खोजेको पनि हुँदै होइन मेरो मृत्यु भएमा प्रतिशोध साध्न बलियो मानसिकता बनाउन वाचा गराउने मनसाय पनि कदापी होइन मैले बिरगती प्राप्त गरेमा बक्सिस पाएको वीर शहीदको उपमा र शहीदको सम्मानमा दिइने तोपको सलामीमा लोभ्याउने चाहना झन् हुँदै होइन रातदिन बम बन्दुकको संगतले अर्धपागल झै भएकोछु, आलो रगतले मातिएको बाघ झै भएकोछु । म साँच्ची अशान्त आतंकले अर्धचेत भएकोछु तसर्थ मन मस्तिष्कले हिंस्रक भएकोले भित्रभित्रै बेचैन हुनुको उपज मात्र हो यतिखेर मैले संयमता, धैर्यता सन्तुलन गुमाउदै गैरहेकोछु तै पनि मेरो भाइको लागि भनेर आफुलाई सम्हाल्दै जिम्मेवार दाजु बन्ने हिम्मत पनि गरिरहेकोछु मलाई थाहा , एउटा दाजुले आफ्नो भाइको लागि गर्नु पर्ने हरेक जिम्मेवारीबाट चुकेको छु तर पनि माफि माग्दै हृदयदेखी नै आशिर्वाद दिन चाहन्छु मेरो बिचारमा यती भन्नु कुनै हक नभएता पनि मेरो कर्तब्य सोचेर यो पत्र कोर्दैछु एउटा दाजु भएको नाताले भबिश्य कोर्दै गरेको आफ्नो भाइप्रति सानो जिम्मेवारी निभाउन मात्र खोज्दैछु

प्यारो भाइ, हाम्रो पुर्ख्यौली ईतिहास नै यस्तै कि जीजू-बाजेहरु मलायामा भयानक लडाईं लडे रे, बुवा-काकाहरु फोकल्याण्डमा त्यसरी नै भिडे रे हाम्रो जेठा दाइ कारगिलमा अहोरात्र लड्दैछन्, माहिला दाइ ईराकमा भिड्दैछन् गोर्खाली सेना बनेर अफ्गानिस्तान युद्ध जित्न आफ्नो ज्यानको बाजी थापिरहेकोछु बिगतका ति युद्धहरुमा बुवाबाजेहरु अनगिन्ती मारिए, धेरै बन्दी पारीए कतिपय झन् लाश, शासको पिडादायी अवस्थामा अलप रहिरहे अनाहकमा अहिले हामी फेरी त्यही नियती भोग्ने क्रममा छौ हामी युगौ युगदेखी पराइको आदेश इमान्दारिपुर्बक पालना गर्दै, झालेपाते झण्डा बोकेर, छिर्केबिर्के बर्दी ओडेर, आधुनिक बन्दुक भिरेर सार्वभौम नेपाल स्वाधीन नेपालीको आत्मसम्मान, स्वाभिमान स्वतन्त्रताको खिल्ली उदाइरहेछौ हाम्रो जन्म, पौरख, श्रम, बहादुरी बलिदान हाम्रै मात्रिभुमीको लागि एकलौटि हुनु पर्ने हो तर कस्तो बिडम्बना!? हामी पराइको माटोमा अमूल्य जीवन सस्तैमा धितो राखेर, निसंकोच प्राण भेटि चदाउदै अर्कैका लागि निर्णायक युद्धहरु लडिरहेछौ अरुको ब्यक्तिगत राष्ट्रिय स्वार्थ, अहम घमण्डलाई दाकछोप गर्न जवर्जस्ती सहि साबित गर्नका लागि बिना हिच्किचाहत निर्दोष मान्छेहरुसँग भिडिरहेछौ हाम्रो सधैं एउटै उद्देश्य हुन्छ, नूनको सोझो गर्न प्राण रहुन्जेल डटिरहनु, त्याग गरिरहनु जसरी पनि जितिरहनु किन कहिलेसम्म!? हामीहरुसँग कुनै जवाफ नै हुँदैन किन कि हामीले गहिरिएर कहिल्यै सोचेकै छैनौ हाम्रो बा-बाजेहरुले पहिलो विश्वयुद्ध लडे, दोस्रो बिश्वयुद्ध पनि लडे हाम्रो पुष्टाको रुपमा अघोषित तेस्रो विश्वयुद्ध लडिरहेको छु चाहन्छु, तिमी निकट भबिश्यमा हुन गैरहेको तेस्रो विश्वयुद्धको शिकार बन्नुहुन्न, हिंसा रोज्नुहुन्न अरुको हार-जित हुने खेलको खेलाडी कसै गरी बन्नुहुन्न, कहिल्यै नटुङिने लडाईंको लडाकु बन्न उही बाटो पछ्याउदै बिदेश शयर गर्नुहुन्न हाम्रो सुर्कोहरुमा हल गोरुहरु नार्न छाडेर अरुको बन्दुक समाउनु हाम्रो परम्परा होइन बरु यो असमान सम्झौता हो, अध्यारो ईतिहास हो र त्योभद्ना पनि र त्योभद्ना मुख्य त झन् हाम्रो रोजीरोटीको वाध्यता हो । चाहन्छु, यो ईतिहासलाई तिमीले नबुझिकनै अन्धचेतले निरन्तरता दिनुहुन्न तिमीले यो सम्झौतालाई तोडेर, कालो ईतिहासलाई मेटाएर, नयाँ ईतिहास लेख्ने सुरुवात गर्नुपर्छ

गोर्खाली पल्टनको फौजी भएर हरेक दिन गस्तिमा निस्कन्छु तर मेरो चौडा छाती गर्ब उत्साहले फुलेको अहिलेसम्म महशुस गर्न पाएको छैन गरीबका झुपडीहरुमा खानतलासी लिउछु, असहाय बुदाबुदीहरुलाई हप्किदप्की गर्छु, महिलाहरुलाई तथानाम गाली गर्छु आफ्नै जीवनमा रमाइरहेका निशस्त्र युवाहरुलाई बिदेशी बुटले हिर्काउदै रिस पोख्छु, साना बालबच्चाहरुलाई बेस्सरी तर्साउछु तर किन? मसँग कुनै उत्तर हुँदैन मलाई पनि ति सवै गर्न चाहना हुँदैन तर यसो गर्न वाध्य छु मलाई थाहा , साँझ बिहान खान पनि नपुग्ने छाप्रोमा कुनै तोप-गोला भेटिनेछैन ति निर्धा बुदाबुदीहरुले केही बिराएकै छैनन् ति निरपराधी महिलाहरुको मैले अस्मिता लुट्न चाहे पनि चुपचाप सहनु बाहेक केही गर्न सक्ने छैनन् ति निर्दोष अल्लारे बैंशका युवाहरुले मेरो कुनै प्रतिकार गर्न सक्दैनन् ति अबोध बालबच्चाहरुले झन् मेरो अक्रोसको भाषा नै बुझ्न सक्दैनन् तै पनि, मैले नूनको सोझो गर्नैपर्छ, गर्छु इमान्दारिपुर्बक पालना गरिरहेको हुन्छु यही दैनिकी लगातार दोहर्याइरहेको हुन्छु मेरो भाइ, त्यतिखेर प्रेमको खानी सोचेको तिम्रो दाजु अशली '' हुन पाउदैन, अरु कोही भैसक्नुपर्छ, भैसकेको हुन्छु

भाइ, यि सब सुनेर मलाई निकै बलियो शक्तिशाली ठान्यौ होला तर, तिमीले यथार्थ बुझ्नुपर्छ वास्तवमा निर्धा अनाथ भएर यस्तो कुकार्य गरिरहेको हुन्छु मैले आफ्नो स्वतन्त्रता स्वाभिमान अरुलाई सुम्पिसकेर अरुको स्वतन्त्रता स्वाभिमान पनि लुट्न खोजिरहेको एउटा आत्माहिन यन्त्र बनेको हुँ त्यतिखेर मेरो कोमोल मन मभन्दा अन्त कतै बन्दी बनेको हुन्छ तिमीलाई थाहै , यन्त्रले कुनै मानवीय मर्म बुझ्न सक्दैन तर पनि परिवारलाई सम्झिदै एउटा क्षतबिक्षत हृदयमा ग्लानिबोधको लप्काले पोलिरहेको हुन्छ ति अनकन्तार बस्तिहरु देख्दा, हुर्के-खेलेको गाउँको यादले सताइरहेको हुन्छ मेरो सामु लट्रिएका ति दुखी बुदाबुदीहरुको गाला निधारमा देखिएका बुद्यौली रेसाहरुले दुरुस्त बुवा-आमाको अनुहार उमेरले पिरोलिरहेको हुन्छ ति महिलाहरुको टिठलाग्दो मुहार देखेर दिदिबहिनीहरुले भाइटिकामा लगाइदिएको चम्किले जमरा माला सम्झिरहेको हुन्छु मेरो सामु लकलक कामिरहेका अल्लारे ठिटाहरुको माझमा मेरो प्यारो दौतरीहरुले गरेका ख्यालठट्टा सुन्न खोजिरहेको हुन्छु ति -साना बच्चाहरुको टिलपिल आँखामा तिम्रो छोरीको याद झलझली आइरहेको हुन्छ बाहिर आबेग आक्रोसले बलिरहेको देखिन्छु तर यथार्थमा भित्रभित्रै बेस्सरी जलिरहेको हुन्छु, गलिरहेको हुन्छु त्यसैले, युद्ध मैदानबाट मेरो पहिलो आग्रह वा शायद अन्तिम चाहना नै पनि हुनसक्छ तिमी जस्तो हिंस्रक मान्छे बन्नुहुन्न । तिम्रो त्यो अमुल्य जीवन अरुको उपयोगीताका लागि आधा सेकेण्ड पनि वाँच्नुहुन्न तिमी आँफैले पूर्ण स्वतन्त्रतापुर्वक जिउनुपर्छ

कान्छा, अचेल सुन्दैछु, हाम्रो गाउँ ठाउँमा पनि बम र बारुदको बिगबिगी छ रे । हाम्रो गाउँ टोलमा पनि बिग्रह छ रे । मेरो समाज र मेरो घरपरिवार लथालिङ भैरहदा म भने यहाँ निरिही बनी बाँचिरहेकोछु । बुद्धको देशमा हुने यस्तो हत्या र हिंसाको खबर सुनेर शिर झुकिरहेको छ । भाइ, आपसी मेलमिलाप भनेकै राष्ट्रियता हो, राष्ट्रियता नै राष्ट्रको प्राण हो । अब तिमी र तिम्रो पुष्टाले सबैलाई मिलाएर एकताबद्ध पार्नुपर्छ । तिमीले नेपाली हुनुमा गर्व गर्नु त छदैछ तर तिम्रो नाममा नेपालले झनै गर्व गर्न पाउनुपर्छ ।

मेरो कान्छा, मैले त आफ्नो मलिलो माटोलाई रगत पसिनाले सिन्च्न नसक्ने कायर भएँ, मेरो लाशको अपेक्षा पनि नराख्नु । मेरै शरीरका अङहरु कतिबेला आँफै क्षतबिक्षत वनेर मेरो जीवनको अन्त हुने हो यकिन छैन । तर तिम्रो पुष्टाले त्याग गर्ने अठोट राख्यौ भने यस्तो दुर्दशा अरुले कहिल्यै पनि भोग्नु पर्ने छैन । तिमी र तिम्रो सहपाठीहरु गाउँ गाउँसम्म पुग्ने डाक्टर वनेर रोगले ग्रसित र असहायको सेवा गर्ने उदाहरणीय स्वास्थ्यकर्मी बन्नुपर्छ । योग्य इन्जिनियर बनेर सुन्दर परिकल्पना कोर्दै अङभङ देशलाई नयाँ स्वरुप दिनुपर्छ । राजनेता बनेर जनताको भावना बुझ्दै दुर्गम र सुगम विचको खाडल पुर्दै सामाजिक सुव्यवस्था लागु गर्नुपर्छ । प्राध्यापक बनेर स्तरिय शिक्षा वाँडेर बौद्धिक आधार तयार गर्दै देशलाई काँध थाप्ने कर्णधार र सिर्जिनशील युवाहरु जन्माउनुपर्छ । उद्योगी बनेर मुलुकको जीर्ण अर्थतन्त्रलाई माथि उकास्न कलकारखाना खोल्दै सुनिश्चित लगानी बदाउनुपर्छ । आफ्नै माटोमा श्रम-पसिना सिंचेर उत्पादन लटरम्म फलाउने फुलाउने र रमाउने पौरखी क्रिषक बन्नुपर्छ । पर्यटन व्यवसायी बनेर हाम्रो कला, संस्क्रिती र प्राकृतिक सुन्दरतालाई देश बिदेशमा चिनाउनुपर्छ । देशको सिपाही बनेर शान्तिसुरुक्षा कायम राख्दै चारै सिमानामा निगरानी राख्ने जिम्मेवारी लिनुपर्छ । दुधको दुध र पानीको पानी छुट्याउने वकिल वनेर पीडितलाई न्याय निसाफ दिलाउनुपर्छ । लेखक, साहित्यकार, संचारकर्मी बनेर राष्ट्र र जनता विरुद्ध गरिने षड्यन्त्रका तानावाना पर्दाफास गर्नुपर्छ । सधैं जितिरहने खेलाडी बनेर आफ्नो देशको शान राख्ने द्रिडता हुनुपर्छ । अवदेखी नेपालीको पाखुरीले नेपाललाई नै सिङार्नुपर्छ, बेजोड सजाउनुपर्छ । मातृभूमीलाई रङरोगन भर्दै हराभरा र झिलिमिली पार्नुपर्छ । हामी भरिपूर्ण छौं, अब सुसम्पन्न हुनुपर्छ । अरु जस्तै अशल नागरिक, बिकसित र आत्मनिर्भर मुलुक बन्नुपर्छ । एक बनेर देश बन्दैन, देश बनाए सवै बनिन्छ । तिमी जे बन, राष्ट्रको अशल सेवक बन । तिमी जे गर, जन्मभुमीको संव्रिद्धीमा सघाउ पुग्ने कार्य गर । देशलाई अग्रगतीमा लाने एक अंश योगदान तिम्रो पनि होस् भन्ने आशा राख्दै छोटो पत्र बन्द गर्न चाहन्छु । जिउदो रहे म फेरी लेखौला । बाँचेर फर्के त झनै हातेमालो गरौला । मरेछु भने मेरो प्यारो भाइ, यही लाख-लाख आशिर्वाद र शुभकामना छ तिमीलाई ।   

उही तिम्रो परदेशी दाजु
लाहुरे
हेल्मण्ड प्रान्त, अफ्गानिस्तान

अप्रिल, २०१०

1 comment:

  1. http://www.facebook.com/profile.php?ref=profile&id=628643762#!/notes/chandra-gharti-magar/apresita-patra-bhailai-daiko-ciththi/398284851443

    ReplyDelete