Wednesday, June 2, 2010

अप्रिल '१०

# एक गलत ब्यक्तिसँग मेरो असहमती हुँदैन तर सिङो बिसंगती, प्रब्रिती र कुसँस्कारमा भने सधैं मेरो दह्रो बिरोध रहिरहनेछ ।
18 April,’10

# सहिश्नुता र धैर्यता नितान्त भिन्ना भिन्नै कुरा रहेछन ।
19 April,’10

#
सारंगीको तार जस्तै छ मेरो जिन्दगी ।
सारंगीको मिठो धुन हो मेरो जिन्दगी ।
21 April,’10

# चार दिनका लागि मजदुर दिवस मनाउन बिदा मिल्यो । हिजो, शहरतिर गएँ, शहर सिङार्न मजदुरहरु खटिरहेका थिए । आज, गाउँतिर घुम्न निस्किएँ, गरीबहरु झुपडीको छानो ताल्दै थिए । शायद, सुकिला मान्छेहरु भोली महलबाट निस्केर मजदुर दिवसको निर्लज्ज उपहास गर्नेछन । यस महान दिनको स्मृतिमा गरिएको भब्य आयोजनामा श्रमिक मजदुरहरुको उपस्थिती भने शुन्य रहनेछ ।
30 April,’10

No comments:

Post a Comment