Wednesday, November 17, 2010

गीत - भूल

भुईमा फुल्ने गुलाफलाई, आकाशमा रोप्न खोजेछु ।
घामपानीमा खुल्ने इन्द्रेणी, घुम्तोले छोप्न खोजेछु ।

जीवनभरी अल्झाइदिने, छललाई चिन्न नसक्दा
निस्ठुरीले उल्ताइदिएका, पललाई भुल्न नसक्दा
आफ्नै छाया सम्झिएर, घामले झै माया गरेंछु
साँचेर उन्को आक्रिती, हृदयमा खोप्न खोजेंछु ।

साँचो मन नबुझ्नेले, के बुझ्थिन मेरा चोटहरु
आफु चोखिएर भनिन रे, धेरै'थे मेरा खोटहरु
पठ्थर रैछ घाट पाएँ, फूल सम्झी साथ दिएछु
झिसमिसेको जूनकिरीलाई, आशाको जून सोचेंछु ।

भुईमा फुल्ने गुलाफलाई, आकाशमा रोप्न खोजेछु ।
घामपानीमा खुल्ने इन्द्रेणी, घुम्तोले छोप्न खोजेछु ।
जानी जानी झुठो आक्रिती, हृदयमा खोप्न खोजेंछु ।
04 Nov,’10

No comments:

Post a Comment