Wednesday, June 2, 2010

दाइको चिठ्ठी


प्यारो भाइ
मुटुभरिको असिम माया

यो पत्र लेखेर हुलाकीको जिम्मा लगाउदासम्म ' सकुशल नै छु ' भगवानको कृपाले त्यहाँ पनि सबैलाई सधैं निका आरामै रहिरहने आशा गरेकोछु ।

प्रिय भाइ,
तिमी सानो छदा हातखुट्टा टेकेर तिम्रो घोडा बन्थें तिमीलाई काँधमा चदाएर वरीपरी डुलाउथें कहिले कुममा बसाएर दगुर्थें तिमीले कहिलेकाही मेरो चप्पल लगाएर मेरो भुइ चद्थ्यौ मलाई खाँली खुट्टा चुथ्राको काँडैकाँडामा हिंड्न लगाउथ्यौ ति दिनहरु साँच्ची अती रमाइला थिएँ अब बिस्तारै तिमी पनि ठुलो भैसक्यौ, धेरै कुरा बुझ्ने भैसक्यौ त्यसैले, मेरो मनमा लागेको केही कुराहरु तिमीलाई भन्न मन लागेर यि शब्दहरु कोरिरहेकोछु मैले आजको कुरा आज नै भनिनँ भने फेरी मेरो लागि भोली कहिल्यै नआउन पनि सक्छ भन्ने डर मलाई किन कि म प्रदेशमा मात्र छैन, युद्धभुमिमा छु यो युद्धमा जतिबेला जे पनि हुनसक्छ अर्थात् दिनका हरेक पल रातका हरेक प्रहर मार्न मर्न तयार रहनु पर्छ दुश्मनलाई मारियो भने जीत हुन्छ, संसारभर नामी वीर कहलिन्छौ तर मरियो भने हार हुन्छ हामी सिपाहीहरु युद्धमा मर्यौं भने युद्ध मात्र हार्दैनौ, कसम, प्रतिबद्धता, जिम्मेवारी सारा हार्छौ अन्तत: आफ्नै जीवनसँग पनि हार्छौ हामी सधैं सधैंका लागि, सबै सबैका नजरमा सिर्फ हरुवा मात्र हुनेछौ

भाइ, मैले युद्धको कुरा गर्न पटक्कै चाहेको होइन तिम्रो कलिलो वाल मस्तिष्कमा युद्ध ज्ञान भर्न खोजेको पनि हुँदै होइन मेरो मृत्यु भएमा प्रतिशोध साध्न बलियो मानसिकता बनाउन वाचा गराउने मनसाय पनि कदापी होइन मैले बिरगती प्राप्त गरेमा बक्सिस पाएको वीर शहीदको उपमा र शहीदको सम्मानमा दिइने तोपको सलामीमा लोभ्याउने चाहना झन् हुँदै होइन रातदिन बम बन्दुकको संगतले अर्धपागल झै भएकोछु, आलो रगतले मातिएको बाघ झै भएकोछु । म साँच्ची अशान्त आतंकले अर्धचेत भएकोछु तसर्थ मन मस्तिष्कले हिंस्रक भएकोले भित्रभित्रै बेचैन हुनुको उपज मात्र हो यतिखेर मैले संयमता, धैर्यता सन्तुलन गुमाउदै गैरहेकोछु तै पनि मेरो भाइको लागि भनेर आफुलाई सम्हाल्दै जिम्मेवार दाजु बन्ने हिम्मत पनि गरिरहेकोछु मलाई थाहा , एउटा दाजुले आफ्नो भाइको लागि गर्नु पर्ने हरेक जिम्मेवारीबाट चुकेको छु तर पनि माफि माग्दै हृदयदेखी नै आशिर्वाद दिन चाहन्छु मेरो बिचारमा यती भन्नु कुनै हक नभएता पनि मेरो कर्तब्य सोचेर यो पत्र कोर्दैछु एउटा दाजु भएको नाताले भबिश्य कोर्दै गरेको आफ्नो भाइप्रति सानो जिम्मेवारी निभाउन मात्र खोज्दैछु

प्यारो भाइ, हाम्रो पुर्ख्यौली ईतिहास नै यस्तै कि जीजू-बाजेहरु मलायामा भयानक लडाईं लडे रे, बुवा-काकाहरु फोकल्याण्डमा त्यसरी नै भिडे रे हाम्रो जेठा दाइ कारगिलमा अहोरात्र लड्दैछन्, माहिला दाइ ईराकमा भिड्दैछन् गोर्खाली सेना बनेर अफ्गानिस्तान युद्ध जित्न आफ्नो ज्यानको बाजी थापिरहेकोछु बिगतका ति युद्धहरुमा बुवाबाजेहरु अनगिन्ती मारिए, धेरै बन्दी पारीए कतिपय झन् लाश, शासको पिडादायी अवस्थामा अलप रहिरहे अनाहकमा अहिले हामी फेरी त्यही नियती भोग्ने क्रममा छौ हामी युगौ युगदेखी पराइको आदेश इमान्दारिपुर्बक पालना गर्दै, झालेपाते झण्डा बोकेर, छिर्केबिर्के बर्दी ओडेर, आधुनिक बन्दुक भिरेर सार्वभौम नेपाल स्वाधीन नेपालीको आत्मसम्मान, स्वाभिमान स्वतन्त्रताको खिल्ली उदाइरहेछौ हाम्रो जन्म, पौरख, श्रम, बहादुरी बलिदान हाम्रै मात्रिभुमीको लागि एकलौटि हुनु पर्ने हो तर कस्तो बिडम्बना!? हामी पराइको माटोमा अमूल्य जीवन सस्तैमा धितो राखेर, निसंकोच प्राण भेटि चदाउदै अर्कैका लागि निर्णायक युद्धहरु लडिरहेछौ अरुको ब्यक्तिगत राष्ट्रिय स्वार्थ, अहम घमण्डलाई दाकछोप गर्न जवर्जस्ती सहि साबित गर्नका लागि बिना हिच्किचाहत निर्दोष मान्छेहरुसँग भिडिरहेछौ हाम्रो सधैं एउटै उद्देश्य हुन्छ, नूनको सोझो गर्न प्राण रहुन्जेल डटिरहनु, त्याग गरिरहनु जसरी पनि जितिरहनु किन कहिलेसम्म!? हामीहरुसँग कुनै जवाफ नै हुँदैन किन कि हामीले गहिरिएर कहिल्यै सोचेकै छैनौ हाम्रो बा-बाजेहरुले पहिलो विश्वयुद्ध लडे, दोस्रो बिश्वयुद्ध पनि लडे हाम्रो पुष्टाको रुपमा अघोषित तेस्रो विश्वयुद्ध लडिरहेको छु चाहन्छु, तिमी निकट भबिश्यमा हुन गैरहेको तेस्रो विश्वयुद्धको शिकार बन्नुहुन्न, हिंसा रोज्नुहुन्न अरुको हार-जित हुने खेलको खेलाडी कसै गरी बन्नुहुन्न, कहिल्यै नटुङिने लडाईंको लडाकु बन्न उही बाटो पछ्याउदै बिदेश शयर गर्नुहुन्न हाम्रो सुर्कोहरुमा हल गोरुहरु नार्न छाडेर अरुको बन्दुक समाउनु हाम्रो परम्परा होइन बरु यो असमान सम्झौता हो, अध्यारो ईतिहास हो र त्योभद्ना पनि र त्योभद्ना मुख्य त झन् हाम्रो रोजीरोटीको वाध्यता हो । चाहन्छु, यो ईतिहासलाई तिमीले नबुझिकनै अन्धचेतले निरन्तरता दिनुहुन्न तिमीले यो सम्झौतालाई तोडेर, कालो ईतिहासलाई मेटाएर, नयाँ ईतिहास लेख्ने सुरुवात गर्नुपर्छ

गोर्खाली पल्टनको फौजी भएर हरेक दिन गस्तिमा निस्कन्छु तर मेरो चौडा छाती गर्ब उत्साहले फुलेको अहिलेसम्म महशुस गर्न पाएको छैन गरीबका झुपडीहरुमा खानतलासी लिउछु, असहाय बुदाबुदीहरुलाई हप्किदप्की गर्छु, महिलाहरुलाई तथानाम गाली गर्छु आफ्नै जीवनमा रमाइरहेका निशस्त्र युवाहरुलाई बिदेशी बुटले हिर्काउदै रिस पोख्छु, साना बालबच्चाहरुलाई बेस्सरी तर्साउछु तर किन? मसँग कुनै उत्तर हुँदैन मलाई पनि ति सवै गर्न चाहना हुँदैन तर यसो गर्न वाध्य छु मलाई थाहा , साँझ बिहान खान पनि नपुग्ने छाप्रोमा कुनै तोप-गोला भेटिनेछैन ति निर्धा बुदाबुदीहरुले केही बिराएकै छैनन् ति निरपराधी महिलाहरुको मैले अस्मिता लुट्न चाहे पनि चुपचाप सहनु बाहेक केही गर्न सक्ने छैनन् ति निर्दोष अल्लारे बैंशका युवाहरुले मेरो कुनै प्रतिकार गर्न सक्दैनन् ति अबोध बालबच्चाहरुले झन् मेरो अक्रोसको भाषा नै बुझ्न सक्दैनन् तै पनि, मैले नूनको सोझो गर्नैपर्छ, गर्छु इमान्दारिपुर्बक पालना गरिरहेको हुन्छु यही दैनिकी लगातार दोहर्याइरहेको हुन्छु मेरो भाइ, त्यतिखेर प्रेमको खानी सोचेको तिम्रो दाजु अशली '' हुन पाउदैन, अरु कोही भैसक्नुपर्छ, भैसकेको हुन्छु

भाइ, यि सब सुनेर मलाई निकै बलियो शक्तिशाली ठान्यौ होला तर, तिमीले यथार्थ बुझ्नुपर्छ वास्तवमा निर्धा अनाथ भएर यस्तो कुकार्य गरिरहेको हुन्छु मैले आफ्नो स्वतन्त्रता स्वाभिमान अरुलाई सुम्पिसकेर अरुको स्वतन्त्रता स्वाभिमान पनि लुट्न खोजिरहेको एउटा आत्माहिन यन्त्र बनेको हुँ त्यतिखेर मेरो कोमोल मन मभन्दा अन्त कतै बन्दी बनेको हुन्छ तिमीलाई थाहै , यन्त्रले कुनै मानवीय मर्म बुझ्न सक्दैन तर पनि परिवारलाई सम्झिदै एउटा क्षतबिक्षत हृदयमा ग्लानिबोधको लप्काले पोलिरहेको हुन्छ ति अनकन्तार बस्तिहरु देख्दा, हुर्के-खेलेको गाउँको यादले सताइरहेको हुन्छ मेरो सामु लट्रिएका ति दुखी बुदाबुदीहरुको गाला निधारमा देखिएका बुद्यौली रेसाहरुले दुरुस्त बुवा-आमाको अनुहार उमेरले पिरोलिरहेको हुन्छ ति महिलाहरुको टिठलाग्दो मुहार देखेर दिदिबहिनीहरुले भाइटिकामा लगाइदिएको चम्किले जमरा माला सम्झिरहेको हुन्छु मेरो सामु लकलक कामिरहेका अल्लारे ठिटाहरुको माझमा मेरो प्यारो दौतरीहरुले गरेका ख्यालठट्टा सुन्न खोजिरहेको हुन्छु ति -साना बच्चाहरुको टिलपिल आँखामा तिम्रो छोरीको याद झलझली आइरहेको हुन्छ बाहिर आबेग आक्रोसले बलिरहेको देखिन्छु तर यथार्थमा भित्रभित्रै बेस्सरी जलिरहेको हुन्छु, गलिरहेको हुन्छु त्यसैले, युद्ध मैदानबाट मेरो पहिलो आग्रह वा शायद अन्तिम चाहना नै पनि हुनसक्छ तिमी जस्तो हिंस्रक मान्छे बन्नुहुन्न । तिम्रो त्यो अमुल्य जीवन अरुको उपयोगीताका लागि आधा सेकेण्ड पनि वाँच्नुहुन्न तिमी आँफैले पूर्ण स्वतन्त्रतापुर्वक जिउनुपर्छ

कान्छा, अचेल सुन्दैछु, हाम्रो गाउँ ठाउँमा पनि बम र बारुदको बिगबिगी छ रे । हाम्रो गाउँ टोलमा पनि बिग्रह छ रे । मेरो समाज र मेरो घरपरिवार लथालिङ भैरहदा म भने यहाँ निरिही बनी बाँचिरहेकोछु । बुद्धको देशमा हुने यस्तो हत्या र हिंसाको खबर सुनेर शिर झुकिरहेको छ । भाइ, आपसी मेलमिलाप भनेकै राष्ट्रियता हो, राष्ट्रियता नै राष्ट्रको प्राण हो । अब तिमी र तिम्रो पुष्टाले सबैलाई मिलाएर एकताबद्ध पार्नुपर्छ । तिमीले नेपाली हुनुमा गर्व गर्नु त छदैछ तर तिम्रो नाममा नेपालले झनै गर्व गर्न पाउनुपर्छ ।

मेरो कान्छा, मैले त आफ्नो मलिलो माटोलाई रगत पसिनाले सिन्च्न नसक्ने कायर भएँ, मेरो लाशको अपेक्षा पनि नराख्नु । मेरै शरीरका अङहरु कतिबेला आँफै क्षतबिक्षत वनेर मेरो जीवनको अन्त हुने हो यकिन छैन । तर तिम्रो पुष्टाले त्याग गर्ने अठोट राख्यौ भने यस्तो दुर्दशा अरुले कहिल्यै पनि भोग्नु पर्ने छैन । तिमी र तिम्रो सहपाठीहरु गाउँ गाउँसम्म पुग्ने डाक्टर वनेर रोगले ग्रसित र असहायको सेवा गर्ने उदाहरणीय स्वास्थ्यकर्मी बन्नुपर्छ । योग्य इन्जिनियर बनेर सुन्दर परिकल्पना कोर्दै अङभङ देशलाई नयाँ स्वरुप दिनुपर्छ । राजनेता बनेर जनताको भावना बुझ्दै दुर्गम र सुगम विचको खाडल पुर्दै सामाजिक सुव्यवस्था लागु गर्नुपर्छ । प्राध्यापक बनेर स्तरिय शिक्षा वाँडेर बौद्धिक आधार तयार गर्दै देशलाई काँध थाप्ने कर्णधार र सिर्जिनशील युवाहरु जन्माउनुपर्छ । उद्योगी बनेर मुलुकको जीर्ण अर्थतन्त्रलाई माथि उकास्न कलकारखाना खोल्दै सुनिश्चित लगानी बदाउनुपर्छ । आफ्नै माटोमा श्रम-पसिना सिंचेर उत्पादन लटरम्म फलाउने फुलाउने र रमाउने पौरखी क्रिषक बन्नुपर्छ । पर्यटन व्यवसायी बनेर हाम्रो कला, संस्क्रिती र प्राकृतिक सुन्दरतालाई देश बिदेशमा चिनाउनुपर्छ । देशको सिपाही बनेर शान्तिसुरुक्षा कायम राख्दै चारै सिमानामा निगरानी राख्ने जिम्मेवारी लिनुपर्छ । दुधको दुध र पानीको पानी छुट्याउने वकिल वनेर पीडितलाई न्याय निसाफ दिलाउनुपर्छ । लेखक, साहित्यकार, संचारकर्मी बनेर राष्ट्र र जनता विरुद्ध गरिने षड्यन्त्रका तानावाना पर्दाफास गर्नुपर्छ । सधैं जितिरहने खेलाडी बनेर आफ्नो देशको शान राख्ने द्रिडता हुनुपर्छ । अवदेखी नेपालीको पाखुरीले नेपाललाई नै सिङार्नुपर्छ, बेजोड सजाउनुपर्छ । मातृभूमीलाई रङरोगन भर्दै हराभरा र झिलिमिली पार्नुपर्छ । हामी भरिपूर्ण छौं, अब सुसम्पन्न हुनुपर्छ । अरु जस्तै अशल नागरिक, बिकसित र आत्मनिर्भर मुलुक बन्नुपर्छ । एक बनेर देश बन्दैन, देश बनाए सवै बनिन्छ । तिमी जे बन, राष्ट्रको अशल सेवक बन । तिमी जे गर, जन्मभुमीको संव्रिद्धीमा सघाउ पुग्ने कार्य गर । देशलाई अग्रगतीमा लाने एक अंश योगदान तिम्रो पनि होस् भन्ने आशा राख्दै छोटो पत्र बन्द गर्न चाहन्छु । जिउदो रहे म फेरी लेखौला । बाँचेर फर्के त झनै हातेमालो गरौला । मरेछु भने मेरो प्यारो भाइ, यही लाख-लाख आशिर्वाद र शुभकामना छ तिमीलाई ।   

उही तिम्रो परदेशी दाजु
लाहुरे
हेल्मण्ड प्रान्त, अफ्गानिस्तान

अप्रिल, २०१०

मे '१०

# जनतालाई भेडा ठानेर आन्दोलनमा सहभागि गराउने र जबर्जस्ती चन्दा उठाउने प्रचण्ड वा नेत्रित्वहिन र असक्षम माधवको रोदी घर होइन, नेपाल । अब हामीहरु उनिहरुको पछाडि उभिने जनता होइन, अगाडि उभिएर प्रश्न सोध्ने र उत्तर माग्न सक्ने जनता हुनैपर्छ ।
01 May,’10
( बिनय जी, जनता भेडा हुँदै होइनन तर बिडम्बना नै भन्नु पर्छ नेताहरुले भने त्यस्तै मानसिकता पालिरहेका छन । मेरो बिचारमा जनता महान हुन, अजेय र निर्बिकल्प शक्ति हुन अर्थात यसो भनौ सर्बशक्तिमान हुन । त्यसैले आफ्नै मगज प्रयोग गरेर समयको बर्बादी मात्र होइन कि आफ्नै जीवनको बर्बादी नगरौ । नेपाली शान्ती संबिधान र सम्रिद्ध चाहन्छौ तर ति प्राप्तिका लागि बन्द हडतल र अस्तब्यस्तता समाधानको मार्ग नबनाइयोस । हरेक समस्याको समधान हुन्छ तसर्थ फरक दाङअले निकास निकाल्न तिर सोच्नुपर्दछ । संबिधानसभाको ठुलो दल भएका नाताले माओवादीप्रती जनताको असीमित आशाका अलावा सशास्त्र द्वन्दमा सहिद भएकाहरुका तेह्रौ हजार परिवार, घाइते अपाङ्ग, बेपत्ता नागरिकहरुलाई सम्झाउने बुझाउने थप जिम्मेवारी बोकेकोछ । अन्य संसदिय पार्टीकै तरिकाले चल्ने भए त त्यो योगदान र बलिदानको कदर हुँदै भएन । तपाईंले भन्नु भए जस्तै आफनो रगत सचेत तरिकाले चडाउनू के चानचुने चेतना अबश्य होइन । जुन सपना थियो, त्यो अहिल्यै पुरा गर्न असम्भव भए पनि कम्सेकम त्यो मार्ग भेटाउनलाई खोजी त गर्न सकिन्थ्यो होला । त्यसका लागि अली भिन्नै तरिकाले कोशीस गरेको भए जनसागर श्वासफुर्त खबर्दारी गर्न निस्किनेछ, समर्थन र बलिदान दिन तयार हुनेछ । तर सटही रुपमा हेर्दा मुद्धाहरु गम्भिर भएर इमान्दारिपुर्बक उठाएको हो र त्यसैको उपज यो आन्दोलन हो भन्ने विश्वाश गर्न हिच्किचाइरहेको छु । हाललाई मेरो दृष्टिमा प्रचन्ड र माधवको 'मैले यो राम्रो गरें, उसले त्यो नराम्रो गर्यो' को जुहारी मात्र त होइन ? भन्ने आशंका छ । आशा गरौ त्यसो नभैदियोस । एउटा निकास निस्केर चाडै समस्याको समाधान भैदियोस ।

तपाईंको बिचार एउटा भिन्न कोण र धरातलबाट आएकोले मलाई स्विकार्य छ । तर मैले भन्न खोज्नुको अर्थ अनर्थ नलगाइयोस भन्ने चाहेको मात्र हुँ । तपाईंको मार्क्सवादिय दर्शन अनुसार प्रस्त बिचार राख्नु भयो खुशी लाग्यो । तपाईंबाट यस बारेमा मौका मिल्दा यसरी नै सिक्दै जाने आशा गरेकोछु । म सधैं सचेत जनताकै पक्षमा छु, जनता स्वयम सचेत भएको खन्दमा प्रचन्ड र माधव मात्र होइन कोही पनि नेताले जनता माथि खेल्वाद गर्न सक्ने छैनन । स्वत: नेता सभ्य र सक्षम हुनेछन । देशको मालिक ठान्न छाडेर आफुलाई देशको सेवक सोच्नेछन ।
कमेन्ट गर्नु हुने तथा लाइक गर्नु हुने सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुमा धन्यवाद !)

# प्रचण्डले कार्यकर्तालाई झनै अनिशितकालिन हडताल गर्न लगाएर जनजीवन अस्तब्यस्त पार्ने होइन, माधवले सुरक्षा अंगलाई प्रतिकारको नाममा बोली रोक्न गोली हान्न आदेश दिने होइन । हरेक समस्या समाधानरहित हुँदै हुँदैन, जुहारी खेल्न छाडेर निकास निकाल्नतिर सोच । समय छदै र स्तिथी नबिग्रदै सहमति गर, अब त मिल ।
02 May,’10

# आशा छ, कामना गरौं, अबको आमहडताल संयमित र शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक अभ्यासका रुपमै अघी बद्नेछ, बदोस । 'समय' नियन्त्रण भित्र रहदै छिटो भन्दा छिटो सहमतिको बिन्दुमा पुगोस । एकजना जर्नेलले भने जस्तो 'म्यान पावर होइन फाएर पावर'को स्थिती नआवासोस । एउटा पार्टीको सामान्य सदस्य के पि ओलीले दिल्लीको षड्यन्त्रकारी शपथपछी मन्त्री क्वार्टरमा बसेर दमनको आदेश गर्ने दिन नदोहोरियोस ।
02 May,’10

# ने. क. पा. एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको अनुशासन उल्लङन गरेकाले उनलाई अबश्य कारबाही हुनुपर्छ तर जनताको आकांक्षा बिरुद्ध बोल्दै हिंड्ने र आफ्नो मर्यादा नाघ्ने दिल्ली दरबारका अघोषित दूत एमालेकै केन्द्रिय सदस्य के. पि. ओलीलाई पहिले कारबाही गरिनुपर्छ ।
03 May,’10
(म विद्यार्थी हुँ, मेरो क्षेत्र राजनीति पनि होइन, समाज र जनसेवा हो । तर राजनैतिक अस्थिरताले गर्दा सबै कुरा लथालिङ भैदिदा मैले आफ्नो चासोको कुरा गर्नै पाएको छैन । यतिखेर मैले कुनै पार्टी बिशेषलाई अर्थात नेतालाई समर्थन गर्न चाहन्न । मेरो आफ्नै बुझाई अनुसार कसले सहि र कसले गलत गर्दैछ भन्ने कुरामा मेरो नैतीक सहयोग हुने नहुने त्यो छुट्टै होला । तर यतिबेला नेपालमा राजनैतिक जुन घटनाक्रम देखिदैछ त्यसले अबश्य पनि मुठभेद निम्तिनेछ र हामी अगाडि होइन पछाडि फर्किनेछौ । शान्तिप्रकृया निश्कर्षमा नपुगुन्जेल र संबिधान जारी नहुन्जेल मैले चाहेको सुन्दर सम्रिद्ध शान्त नेपाल र सुखिखुशी नेपाली हो । दलहरु बिचको असहमतीले दश बर्षिय जनयुद्ध र जन आन्दोलनको उपलब्धीहरु पनि गुम्ने खतरा रहन्छ । तर कहिले काहि लाग्छ, कतै नभएका नेताहरु नेपालमै जन्मिएका रहेछन, संसारमा कहि नहुने राजनीति पनि नेपालमै हुदोरहेछ । देश र जनताको स्वार्थ भन्दा आफ्नो ब्यक्तिगत चाहनामा शासन सत्ता चल्दोरहेछ । जनयुद्धलाई मैले नजिकबाट देखेको भोगेकोछु त्यसैले मलाई फेरी गृहयुद्धको डर छ । हामी नेपाली मिलौ भन्ने मेरो चाहना मात्र हो ।)

# माधव नेपालको बिकल्प प्रचण्ड नै हुन नसक्लान तर उनले प्रधानमन्त्रीको कुर्सी छाड्नैपर्छ । उनी राष्ट्रिय सहमति कायम गर्न अयोग्य, असक्षम र असफल भैसकेको अवस्थामा कम्सेकम पनि अलिकती नैतीकताको आधार बचाइराख्नु नै भाबी राजनीतिका लागि बुद्धिमानी ठहरिनेछ । यो नै उनको राजनैतिक जीवनका लागि बाँकी गोरेटो या अन्धकार यात्रा हुनसक्नेछ ।
04 May 5, 2010

# प्रचण्डले प्रतिकुल अवस्थाका वावजुद जनयुद्ध थाल्ने आँट गरे र सशस्त्र युद्धलाई शान्तिपूर्ण आन्दोलन मार्फत अबतरण गराउन सफल नेत्रित्व गरे । हिजोको ऐतिहासिक जनसागरलाई पनि सरकारको अनुमान बिपरित ब्यबस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गराए । हिजो उनले गरेको सुझबुझपूर्ण भाषन सुनेर झन बदी खुशी तुल्यायो । आशा छ, कामना गरौं, अबको आमहडताल पनि संयमित र शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक अभ्यासका रुपमै अघी बद्नेछ, बदोस । 'समय' नियन्त्रण भित्र रहदै छिटो भन्दा छिटो सहमतिको बिन्दुमा पुगोस । एकजना जर्नेलले भने जस्तो 'म्यान पावर होइन फाएर पावर'को स्थिती नआवासोस । एउटा पार्टीको सामान्य सदस्य के.पि. ओलीले दिल्लीको षड्यन्त्रकारी शपथपछी मन्त्री क्वार्टरमा बसेर दमनको आदेश गर्ने दिन नदोहोरियोस ।
आन्दोलनमा सहभागि सम्पूर्ण दाजुभाइहरु धन्यवादको पात्र हुनुहुन्छ ।
05 May,’10

# राज्यको चौथो अंग, नाम नागरिक तर काम अनागरिक ।
एकजना पत्रकारको मनोदशा सुनेर दया र दु:ख दुबै लागेर आयो, उनैको नाममा समर्पित..
'भोज'मा 'राज' गर्ने तँ 'भाटे' पत्रकार
सुँगुरले आकाश हेर्ने, खाटे पत्रकार ।
08 May,’10

# लाखौं जनता सडकमा कुनै आधार बिना पटक्कै आएका हुँदै होइनन । उनिहरुले शान्ती खोज्न, संबिधान लिन र सुशासन माग्न आएका थिए । गाउँबाट शहर छिरेका ति नागरिकहरु यि तीन कुराको सुनिश्चितता नहुन्जेल राजाधानीबाट फर्केर जानु हुँदैन । राजनीतिलाई ब्यबसाय ठान्ने भ्रष्टचारी, देशलाई अस्थिर पार्ने षड्यन्त्रकारी र गरीबको छाकमा भतेर गर्ने सामन्तिहरुका बिरुद्ध एउटा आन्दोलन अपरिहार्य छ ।
09 May,’10
( आज नेटमा बस्ने मौका मिलेको थिएन । अहिले आएर हेर्दा आदरणीय अग्रजहरु र मित्रहरुको छलफल पढ्न पाउदा बौद्धिक खुराकले त्रिप्त भएको अनुभव गरिरहेकोछु । मलाई अहिले यस्तो लागिरहेकोछ, यती गम्भिर बिचारहरु देश उत्थानका लागि आएकाछन तर पनि हामी किन सधैं अरुको खेलौना मात्र बनिरहेका हुन्छौ ? हामी सबैको ब्यक्तिगत धारणा र दृष्‍टिकोण फरक फरक अबश्य छन तर राष्ट्रिय हितको लागि बर्तमान परिस्थिती हितकर देखिदैन । देश यही अवस्थामा रह्यो भने केही समयभित्रै नेपालीहरु बिच एक-आपसमै द्वन्द्ध हुने निस्चित छ । "रात रहे अग्राख पलाउछ", त्यसैले अहिले 'मेरो गोरुको बाह्रै टक्का' गरिरहनु भन्दा समस्याको मुल जरो पत्ता लगाउनतिर केन्द्रित हुनै पर्ने बेला आएकोछ । आज नै होश र बिबेक गुमायौ भने, सह-अस्तित्व स्विकार्न तयार भएनौ भने, कसैको पनि अस्तित्व बाँकी रहने छैन । पछुताउने र सुध्रिने समय पनि गुज्रिसक्नेछ तसर्थ नेताहरु त देश चलाऊन भन्दा पनि देशमा अस्थिरता निम्त्याउन तल्लिन छन । उनिहरु समस्या समाधानमा गर्न चिन्तन मन्तन गर्नतिर नलागेर झन समस्या बदाएर त्यसैको बुइ चदेर आफ्नो स्वार्थ पुरा गर्न उद्यत छन । यतिखेर, हामी उनिहरुको पछी लाग्न छाडेर, उनिहरुको बोलिमा लोली मिलाउन छाडेर समस्यामा मात्र अल्झिरहनु भन्दा समाधान निकाल्नतिर सोच्नु बेस हुनेछ । हाम्रो साझा निश्कर्ष नै साचो जनआवाज हो । हामी नै देशप्रती जिम्मेवार नागरिक हौं र यही नै हाम्रो कर्तव्य हो ।)

# पहिले माओवादीले माधव नेपालको राजिनामा आउनुपर्ने अडान राखेको बेला गथबन्धन दलहरुले पहिले आन्दोलन फिर्ता हुनुपर्ने अडान राखे । नागरिक समाजले सहमतिका लागि ति दुबै सँगसँगै आउनु पर्ने सुझाव दिएका थिए । अहिले माओवादीले आमहडताल फिर्ता लिएकोमा कसैलाई खुशी लागेछ तर कसैलाई भने चित्त बुझेनछ । हिजो अस्तीबाट हडताल फिर्ता गरे माधव नेपालले राजिनामा दिन्छ भन्नेहरु अब फेरी कुरा बदल्न थालेछन् । हिजो रातिको मेरो सपना पनि अली निको थिएन । देश सहमतिको मार्गतिर नगएर कतै मुठभेडतिर पो गैरहेको छैन !?
08 May,’10

# ६ दिनको शान्तिपूर्ण आन्दोलनका कारणले देशको जनजीवन अती नै अस्तब्यस्त भयो भन्ने देशवासीहरुले, १० बर्षसम्म निर्दोष रोल्पालीहरु आतंककारी र सुराकीको दोहोरो चपेटामा छट्पटिदै मरिरहदा चाँही सिङो नेपाल र सम्पूर्ण नेपालीले शान्त जीवन बाँचिरहेका थिए भन्ने सोचेछन् क्या रे !?
अचेल, रोल्पामा शान्ति छाईरहदा चाँही काठमाडौंमा भने हिंसा भयो रे !?
09 May,’10

# मुसोहरु जहाँ सुकै लुकेको भए पनि सर्पहरु खोजिमा लागिरहनेछन । सर्पहरु जुन दुलोमा पसे पनि गरुडहरुले पिछा गरिरहने छन ।
10 May,’10

# नेताले सक्षम र योग्य राजनेता बन्ने बिचार बोक्नुपर्‍यो, न्यायलयले निस्पक्ष बहस गर्ने न्यायधिस जन्माउनुपर्‍यो, पत्रकारले सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्यो, प्राध्यापकहरुले शिक्षित युवाहरु तयार गर्नुपर्‍यो, जनताले बिकासका लागि पाखुरी बजार्नुपर्यो,..। आफु मात्र सधैं ठीक भन्ने चिन्तन त्यागेर अरुलाई धारे हात लगाउनु भन्दा, हामी सबैजना सुध्रिन आबश्यक छ । समस्या हामी आँफैभित्र छ, समाधान पनि खोजौं । .. सम्रिद्ध देशको लागि !
15 May,’10

# गाउँ र शहरमा एक रुपता हुनुपर्छ अर्थात गाउले र शहरीयाको जीवन शैली एउटै हुनुपर्छ अर्थात गाउँ पनि शहर बन्नुपर्छ, कुनै गाउँलाई नमुना गाउँ नै पनि राख्नुपर्छ । जसले गर्दा त्यसले हाम्रो बिगत सम्झाउनेछ, त्रिश्ना मेटिदिनेछ । गाउँ र शहर भन्ने छुट्याउनका लागि गाउँमा झुत्रे झाम्रे मात्र बस्नुपर्ने र शहरमा सुकिलामुकिला मात्र बस्ने पनि हुनुहुन्न । मेरो परिकल्पनामा गाउँलाई लुछेर मोटो भएको शहरले गाउँलाई नहेपोस । गाउँले पाउनुपर्ने बराबरी अधिकार शहरले नखोसोस । हरेक गाउँले शहरको सुबिधा माग्दा निर्धा नसम्झियोस । गाउँको धैर्यता र इमान्दारितालाई शहरले कमजोरी नठानोस् ।
देश शहर मात्र होइन, शहर मात्र पनि देश होइन । अर्थात सुकिलामुकिला र झुत्रझाम्रे सबै एकै देशका नागरिक हुन । त्यसैले झुत्रे झाम्रेले सुकिलो हुन खोज्दा सुकिलाहरुले हेय भावना राखेर औलो उठाउने अधिकार छैन । खबरदार ! यदी त्यसो गर्ने भुल गर्‍यो भने प्रत्युत्बादक हुने पक्का छ । बरु स्वबिबेक र स्वनिर्णय गरेर गाउँलाई शहर बन्न साथ दिनुपर्छ । अन्यथा बाउको सम्पत्तीलाई बराबर अंशबन्डा नगरिए गाउँ फेरी शहर पस्नेछ, खोसिएको आफ्नो अधिकार खोज्न, ठगिएको अंश माग्न । गाउँले शहरको अधिकार खोस्ने होइन, सुबिधा भोग्ने होइन, स्वतन्त्रता लुट्ने होइन । गाउँले उसको आफ्नै अधिकार, स्वतन्त्रता र सुबिधा माग्दा शहरको टाउको दुख्नु पर्ने र पिडा हुनुपर्ने कुनै कारण देखिदैन । गाउँले उसको भाग खोज्नु न्यायसङत नै छ किन कि यो उसको अधिकार पनि हो, कर्तब्य पनि हो । यसर्थ, गाउँ जाग्नैपर्छ, अंश माग्नैपर्छ, नभए खोस्नु पनि पर्छ ।
20 May,’10
(प्रचन्डले आमहडताल स्थगित गरेपछी टुडिखेलमा गरेको भाषनमा सुकिलामुकिलाको प्रसँग उठाएको समय सन्दर्भमा ।)

# मैले साथीहरु सँग प्राय एउटा कुरा दोहोर्याउने गर्छु, आज बिहान मात्र पनि भलाकुसारीमा दोहोर्याएँ । देश हाक्ने भनेका नेताहरु हुन, देशको निती तय गर्ने नेताहरु हुन, नेताहरु नै शासक हुने हुन् । तर नेताहरुमा राजनेता बन्ने हिम्मत कसैको देखिएन, फराकिलो बिचार कसैले बोक्न सकेनन । देश र जनताको कुरा भाषणमा जती नै अलापे पनि व्यबहारमा ब्यग्तिगत जीवन त्याग गर्न सकेनन् । उनिहरुले आफ्नो भित्री स्वार्थ र सानो घेरालाई मात्र च्यापिरहेका छ्न । समय समयमा राज्यको लाखौं खर्च गरेर बिदेश भ्रमण जान्छन, बिभिन्न बिकास देख्छन तै पनि उनिहरुको मनमा नेपाललाई त्यस्तै बनाउने रहर कहिल्यै पलाएन । हाम्रो देश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, मनग्य परिश्रमी जनशक्ति छ, पुग्दो शिप पनि छ । कतिपय सिपालु नेपालीहरु बिदेशमा छन, अनुकुल बातावरण बनेमा उनिहरु मध्ये अधिकांश मातृभूमीको सेवा गर्न फर्किनेछन भन्ने विश्वाश छ । हाम्रो नेपाल सानो भए पनि हिमाल पहाड र तराइको बनोटले झन सुन्दर बनेकोछ । यदी इमान्दारिपुर्बक देश निर्माण गर्न थालियो भने बिकास गर्न धेरै समय लाग्छ जस्तो लाग्दैन । आबश्यकता छ त, प्रष्ट भिजन भएको राजनेता र प्रतिबद्ध जनताको ।

तपाईंको अन्तर्मनमा मैले खोजिरहेको त्यस्तै प्रतिबद्ध एक नेपाली भेटेँ । नेपालीको मर्म प्रदेशमा लहराउनु परेकोमा अली दु:ख लागे पनि बदी त खुशी नै लाग्यो किन कि यो सिङो नेपालको सुखद सपना हो । यस्तै सोचाइ सम्पूर्ण नेपालीमा आउन सके केही समय भित्रमै हामी सुन्दर, शान्त र सम्रिद्ध नेपाल देशका नेपाली हुने छौ ।

This is a comment I just wrote in the poem of one of the senior artist few minuts back.
Here, I've repeated the same words for our BB sir too. Yes, there isnt any doubt that Bist sir is doing great job in foreign land but it’s not only for himself. If we think on that way, it wouldnt be fair. I am sure that he will certainly be back to his motherland when there is a favourable sitution, may be after sometime or one day for sure. I can feel his high respect to his nation. I can see his views so clear n near. I can hear the beats of his heart to do something for Nepal n Nepalese people. So, I dont think he is going to spent his knowledge only for his personnel life in abroad.
BB sir, u dont only have a good professional personelity, u r a true human with true heart.
We hope something from you. Our Country needs some more contribution from u sir.
Proude of u BB Sir!
20 May,’10
(बि. बि. बिष्ट सरको 'माइ मेमोरिज विथ माइ लाईफ' लेख बारे ।)

# देशको चिन्तामा म एक्लै कति छट्पटिनु ? नेपालको पिडामा म सधैं किन तड्पिरहनु ? अरुको आसुँमा म मात्र कहिलेसम्म बगिरहनु ? मेरो आफ्नै भबिश्य छ, आफ्नै क्षेत्र छ, आफ्नै उद्देश्य छ । मेरो छुट्टै परिवार छ, मेरो भिन्नै कर्तव्य छ, मेरै दु:ख छ । अब टाढा टाढा हेर्न छाडेर नजिकबाट आँफैलाई नियाल्न एकछिन बिसाउने पो हो कि !?
23 May,’10

# तत्कालिन सात दल र बिद्रोही माओवादीको सम्झौता पश्चात गरिएको ऐतिहासिक सफल जनआन्दोलनले देशमा गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, संघियता र संबिधानसभाको महत्वपूर्ण घोषणाहरु गरेको थियो । ति सबै उपलब्धिहरुलाई संस्थागत गर्ने एउटै थलो संबिधानसभा मार्फत नयाँ संबिधान जारी गर्नु हो । तर संबिधानसभाको म्याद सकिन केही दिन मात्र बाँकी रहदा, प्रमुख दल एकिक्रित माओवादीले म्याद थप्न पूर्वसर्त तेर्स्याउनु, बर्तमान सरकार प्रमुख माधव नेपालले मैले त "संबिधानसभा चाहेकै थिएनँ" भन्नु र अर्को दोस्रो दल कांग्रेसले संबिधानसभा आफ्नो पार्टीको एजेण्डा नै नभएकाले संबिधानसभा भङ हुँदा केही आपत्ति नहुने भनाइ सार्वजनिक गर्नु जनम्यान्डेत प्राप्त संबिधानसभाको घोर अपमान हो । चुनाव अगाडि संबिधानसभा आआफ्नो एजेण्डा भएको बताउने दलहरुलाई यतिबेला जनभावना बिपरित बोल्ने र गर्ने अधिकार कहाबाट कसरी प्राप्त भयो ?
23 May,’10

# माओवादीले निसर्त संबिधानसभा म्याद थप गर ।
कांग्रेसले पुरानो चिन्तन त्यागेर परिवर्तनलाई आत्मसात गर ।
एमालेले धमिलो रुप फेरेर सङ्लो भूमिका निर्बाह गर ।
मधेसवादीहरुले अबसरवादी मानसिकता त्याग गर ।
माधव नेपालले पदबाट निसर्त राजीनामा देउ । बरु म तिमीसङै सती जान तयार छु तर देश र जनताको भबिश्यलाई छाङोमा नपुर्याइदेउ ।
28 May,’10

# आखिर आजको दिन 'जेष्ठ १४' नेपाली राजनीतिको एक बिशिष्ट कालो दिन बन्ने त निश्चित भैसकेको छ तर पनि, आज अहिले भरखरै सहि/गलत केही भन्न सक्दैनौ, ईतिहासले अबश्य त्यो मुल्याङ्कन गर्ने कुरामा म दुक्क छु ।
28 May,’10

# राजनैतिक दलहरु अन्तिम समयमा संबिधान सभाको म्याद थप्ने सहमतिमा आउने नै छन भन्ने कुरामा म अत्यन्त आशावादी थिएँ र छु । यदी त्यसो हुन नसके संबिधान सभासङै शान्तिप्रकृया भङ भएर नजावस भन्ने कामना गरेकोछु । जे निर्णय हुन्छ, देशलाई गतिशिल राख्न र जनताकै पक्षमा हुनेछ भन्ने विश्वाश लिएकोछु । फोहोरी राजनीतिको दुर्घन्धित पोखरी जमेको हेरिरहनु भन्दा एक पटक उथुलपुथुल पछिको स्वच्छ निकास अनिबार्य भैसकेको पो हो कि !।?
28 May,’10

# आज हाम्रो देशमा संबिधानसभाको म्याद सकिदैछ, अर्थात हत्या गरिदैछ । जनताको निस्वार्थ त्याग र बलिदानबाट प्राप्त संबिधानसभालाई दलहरुले सधैं आफ्नै पेवा मात्र ठानिरहे र अहिले अन्तिम क्षणमा पनि उनिहरुले आफ्नो गल्ती महशुश गर्न सकिरहेका छैनन, आत्माआलोचना गर्न तयार छैनन । दलहरुलाई मुलुकमा शान्ति ल्याउन र संबिधान बनाउन सहमति र सहकार्यका लागि धेरै पटक आग्रह गरेकोछु । नयाँ सुन्दर नेपालको कल्पना र सुखिखुशी नेपालीको मुहार देख्ने चाहनामा धेरै पटक संयमित हुँदै बिन्ती गरेकोछु । तर आज मभित्र आक्रोस बदिरहेकोछ, बिद्रोह सल्बलाइरहेकोछ । यतिखेर मैले 'शालिन बिद्रोह' पढिरहदा म पनि जुझारु यात्रु बनेर यही बिद्रोहमा सामेल हुन आतुर छु । म पनि अब आफु हारेर अर्को जित्ने, अर्कोले मिच्दा मैले सहिरहने आफ्नो स्वभाव बदलेर बिद्रोहको बोली बोल्ने उध्घोष गर्दैछु । हो, शालीन बिद्रोहको समर्थनमा मैले पनि अब मुख खोल्ने निर्णय गर्दैछु ।
28 May,’10

अप्रिल '१०

# एक गलत ब्यक्तिसँग मेरो असहमती हुँदैन तर सिङो बिसंगती, प्रब्रिती र कुसँस्कारमा भने सधैं मेरो दह्रो बिरोध रहिरहनेछ ।
18 April,’10

# सहिश्नुता र धैर्यता नितान्त भिन्ना भिन्नै कुरा रहेछन ।
19 April,’10

#
सारंगीको तार जस्तै छ मेरो जिन्दगी ।
सारंगीको मिठो धुन हो मेरो जिन्दगी ।
21 April,’10

# चार दिनका लागि मजदुर दिवस मनाउन बिदा मिल्यो । हिजो, शहरतिर गएँ, शहर सिङार्न मजदुरहरु खटिरहेका थिए । आज, गाउँतिर घुम्न निस्किएँ, गरीबहरु झुपडीको छानो ताल्दै थिए । शायद, सुकिला मान्छेहरु भोली महलबाट निस्केर मजदुर दिवसको निर्लज्ज उपहास गर्नेछन । यस महान दिनको स्मृतिमा गरिएको भब्य आयोजनामा श्रमिक मजदुरहरुको उपस्थिती भने शुन्य रहनेछ ।
30 April,’10

मार्च '१०

# हतियार आँफैमा हिंस्रक हुँदै होइन, यो त एउटा माध्यम मात्र हो । जबसम्म हामीले हिंस्रक मानसिकता त्याग्दैनौ, तबसम्म हाम्रो वरिपरि हिंसा भै नै रहनेछ ।
01 March,’10

# There never was a good war or a bad peace.___Benjamin Franklin
01 March,’10

# सुख खोज्दै प्रदेशमा दु:ख भोगिरहेका हामी नेपाली । अब सबैले मिलिजुली सकेजती गर्नुपर्छ र धेरैले दु:ख गर्ने थोरैले मस्ती गर्ने चलनको अन्त्य गरिनुपर्छ ।
02 March,’10

# हामी जे सत्य मानिरहेका हुन्छौ, त्यो भ्रम मात्र पनि हुन सक्छ र जे भ्रम सोचिरहेका हुन्छौ, त्यो नै सत्य पनि हुनसक्छ ।
02 March,’10

# मानवीय अधिकारका लागि बिद्रोह अत्याबश्यक छ तर बिद्रोह युद्धका लागि नभै बिसुद्ध क्रान्ति र शान्तिका लागि हुनु पर्दछ ।
03 March,’10

# A movie based on E. Che Guevara.. CHE-part 1 & 2.
Red Salute to u CHE.. u r still alive !!!
03 March,’10

# हामी अरुले भनेका कुरा धेरैले सुन्न सक्छौं, थोरैले बुझ्न सक्छौं र निकै थोरैले मात्र नभनेका कुरा पनि सुन्न र बुझ्न सक्छौं ।
04 March,’10

# हामीले जेठ १४ मा नयाँ संबिधान जारी गर्न सभासदहरुसँग भिखारीले दान मागे जसरी माग्ने होइन, दिएको जिम्मेवारी पुरा नगरेको खण्डमा उचित हिसावकितावको चेतावनी दिनुपर्दछ ।अब नेतालाई कुर्सिमा पुर्याउने र चाकरी गर्ने होइन, खबरदारी र कारबाही गर्न आँट भएको जनता हुन आबश्यक छ ।हाम्रो सामु अलपत्र अवस्थामा छत्पताइरहेको देशलाई उठाउन यताउती नागरिक हातहरु तयारी रहनु नै बेस होला । आज हरेक नेपालीको मुख्य कर्तव्य पनि यही नै हो जस्तो लाग्छ ।
04 March,’10

# BFBS रेडियो ब्रुनाईमा अन्तर्वाता दिएको आज एक बर्ष पुगेछ । एक पटक फेरी दोहोर्याएर सुन्दैछु । मैले पोहोर साल भनेको बाटोमा नै अहिले म हिडिरहेको छु । यस अर्थमा, आउने बर्ष हिंड्नु पर्ने मेरो बाटो पनि अहिले मैले सोचेको नै हुनेछ भन्ने आत्मबिश्वास बदेको छ । कम्तिमा आफ्नै भबिश्यको एक बर्ष त सहि नै देख्न र भन्न सकेको रहेछु ।
05 March,’10

# रात छोटिए पनि वा दिन लम्बिए पनि अर्थात रातदिन बराबरी नै भए पनि आखिर मेरै समय त खर्च भैरहेको रहेछ ।
06 March,’10

# नेपालको सम्पूर्ण समस्या तलबाट होइन, माथिबाट उत्पन्न गरिएको हो । त्यसैले, ति सबैको अन्त्य गर्नका लागि तल्लो स्तरबाट नभएर माथिल्लो स्तरबाट नै निराकरणको थालनी गरिनु पर्दछ ।
06 March,’10

# " बिगत बाँचे, बर्तमान बाँच्दैछु र भबिश्य पनि बाँच्नेछु । हिजोबाट अनुभव लिएन भने, आज धेरै सिकेन भने स्वत: हाम्रो भोलीको जीवन पनि चाहेको जस्तो सुन्दर बन्नेछैन । हो, मेरो मात्र जीवन होइन- हामी सबैको ।“_____ आदरणीय अग्रज एवम प्रिय साथीहरु, समयको ब्यस्तताले तपाईंहरुको रचना पढ्न र कमेण्ट गर्न सकिरहेको छैन । माफ गर्नुहोला ।
07 March,’10

# मेरी आमालाई दासत्वबाट छुट्कारा दिलाउन नसक्ने, आफ्नै दिदीसँग समानता बाड्न नसक्ने र प्यारी बहिनीलाई स्वतन्त्रामा हुर्काउन नसक्ने, म.... पाजी म ।
8th March,’10

Well begun is half done.___ Aristotle
10 March,’10

# Peace is our gift to each other.___ Elie Wiesel
11 March,’10

फेबुररी '१०

# I dont see much diff between a tree n a life of a person !!!
01 Feb,’10

# Flying high up !!!
01 Feb,’10

# Happy Birthday Kabita.. love u so much !!!
02 Feb,’10

# Everywhere I see is, The game of Advantages n Disadvantages !!!
03 Feb,’10

#
जनताको योद्धा म, मनोयुद्धमा अल्झेछु ।
राष्ट्रको सेवक म, स्वार्थमा पो फसेछु ।
04 Feb,’2010

# खै ! कुन रोग लागेछ त, अचानक पो निस्क्रिय भएँ म !
04 Feb,’2010

# I am Praying for The Peace but Loving The War at the times!
05 Feb,’10

# Better to bless the god instead of asking the the bliss from him !!!
05 Feb,’10

# Even I dont have the exact reason, why I've started miSSinG U !!!???
05 Feb,’10

# Small yet Heavy !
07 Feb,’10

# खुशी छु, खुशीसँगै अलि भावुक पनि !
07 Feb,’10

# I would like to thank all my Respected Seniors n Dear Friends, Brothers n Sisters, who wished me on my special day. You all really made my day wonderful. I am so happy that I have so many close ones to wish me. I am feeling my life is a complete becoz of u, not only today but I am enjoying your love, care n true friendship all the time. so glad to be with u all ! Thank you everyone !
08 Feb,’10

# बुवा, आमा र म !
09 Feb,’10

# रात पछी दिन आउछ । घाम पछी जून आउछ । सुखभित्र दु:ख हुन्छ । दु:खभित्र सुख हुन्छ । तर मैले सधैं ति दिन, घाम र सुख मात्र चाहिरहेछु । अध्यारोको डरले सधैं जून खोजिरहेछु ।
10 Feb,’10

# Tit for Tat !!!
11 Feb,’10

# Today, I gave u A Red Rose as a token of my love.. Yes, it's the Heart for Revolution !!!
14 Feb,’10

# देश हाँसे पो मन हाँस्छ, मन हाँसे पो सिर्जना हाँस्छिन् । कहिलेसम्म यसरी नै दुखी हुनु पर्ने होलिन्, मेरी सिर्जना !? तर, मैले सधैं भनिरहेछु," प्यारी, अब हामी हाँस्नु पर्छ है !"
17 Feb,’10

# Time to take a Right Decision !!!
17 Feb,’10

# ६० बर्षको नेपाली प्रजातन्त्र र ६० बर्षिय चिनिया जनगणतन्त्र ।
19 Feb,’10

# Democracy does not guarantee equality of conditions - it only guarantees equality of opportunity.___Irving Kristol
20 Feb,’10

# Life is not that easy as u plan nor its too hard as u think !!!
21 Feb,’10

# Getting ready for the futbal match.. time to win !!!
22 Feb,’10

# Congrats guys.. we r alwaz the winners !!!
Well played guys. . (4-1)
22 Feb,’10

# म गर्दैछु आफ्नै परीक्षण !!!
23 Feb,’10

# Time to experiment myself !!!
25 Feb,’10

# Relation starts after we meet the people but sometimes its already made before we know each other !!!
26 Feb,’10

# साझा पृथ्वी !!!
27 Feb,’10

जनवरी '१०

# नसोधु त पिर लाग्छ, सोधु भन्दा डर लाग्छ उफ.. कस्तो बाध्यता आइपरेछ भनेपछी_____!!!
19 Jan,’10

# We dont need to create a history by ourself, history will write our name in itself !!!
20 Jan,’10

# अब आउँदैछ.. अब आउँदैछ.. गरीबको सुनौलो दिन अब आउँदैछ । _____मैले यो गीत सानो छदा गाउँमा खुब सुन्ने गर्थे, धेरै पछी आज फेरी अचानक याद आयो ।
21 Jan,’2010

# मैले आज अर्थपुर्ण जीवन जिउन जानिन भने, भोली मर्दा पनि अर्थहिन मृत्यु नै मर्नु पर्नेछ ।
22 Jan,’10

# माओवादी आन्दोलन स्थगित: माओवादी अघी बढ्यो कि पछी हत्यो ??? जे होस्, हाललाई राम्रो भित्रको नराम्रो र नराम्रो भित्रको राम्रो खबर !!!
23 Jan,’10

# लामो यात्रीको खोजीमा .... ।
23 Jan,’10

# क्रान्ति पछीको नौलो बिहानी झुल्किने आशामा.. ।
24 Jan,’10

# Numafung.. a movie based on Limbu culture.. i just watched it.. Nice !!!
24 Jan,’10

# There is always something to learn, something to improve n somethng to be corrected with ourself !!!
25 Jan,’10

# I just watched nepali movie ___बलिदान । Haribansha is the real hero !!!
25 Jan,’10

# अशान्तिको लागि होइन, परिवर्तन र शान्तिका लागि क्रान्ति अनिबार्य छ ।
25 Jan,’10

# आज पनि जन्माउन सकिन, 'कोटडाँडाको झण्डा' ।
26 Jan,’10

# प्रसव पिडामा छु, म ।
27 Jan,’10

# सुखी होईन, खुशी जीवनको अनुसुन्धानमा छु ।
28 Jan,’10

# भूमिगत,.. म ।
29 Jan,’10

# गर्दैछु आफ्नै पर्दाफास..!!!
30 Jan,’10

# एक हुल मान्छेहरु जुटिरहेछन सेतो परेवाको खोजीमा । र, म पनि पछ्याइरहेछु उनिहरुलाई निरन्तर निरन्तर.. ।
31 Jan,’10