पैशाको भाउमा कसरी बेचूँ, बुवाको चिंहान
बुवाको स्वर्गे भएकै राती, अर्को बिहान
नखाई-नलाई सन्तानलाई, जोडेको सम्पत्ति
बुवाको आत्मा आमाको मन, रुनेछन् छट्पटि ।
मरेर गए अलप भए, भन्दा हुन् मान्छेले
अद्रिश्य भैइ इश्वर बने, सोच्दैछौं हामीले
थकान-निन्द्रा नभनेर, कमा'को खेतवारी
पूण्य थाप्न जननी सराप, स्विकारु कसरी ।
अर्काको देशमा रगतसँग, साटेका पैसाले
अर्काको खेतमा पसिनासँग, खर्चेका बैंशले
दु:ख-कष्ट हाड-मासुको, लालपुर्जा साक्षी छ
नामसारी होईन बा-आमाको, पौरख माथि छ ।
बुवाको चिनो आमाको नासो, त्यही त बाँकी छ
दाजुको मानो दिदीको माइत, त्यही त आशा छ
घरको शोभा रित्याइ बन्ने, समाजको दानी म
कुलको इमान भत्काई हुने, कस्तो ज्ञानी म ?
चोखो माया गरेकै हुन्छु, ए! मेरो जंकोट
आफ्नै पनि सपना थिए, मलाई भो संकट
सुहा'को हुन्छ चन्द्रको दाग, त्यै सुन्दर बन्छु है
कर्तव्य मैले भुल्नेमा छैन, झन प्यारो हुन्छु है ।
31 October 2011
Monday, October 31, 2011
अक्टोबर '११
- जन्मिएको नयाँ मान्छे चिन्नुछ, बनेको नयाँ घर हेर्नुछ, बिनास पछीको बिकाश नियाल्नुछ । एक्लै बिते बर्षौ बर्ष, अब यसपालिको दशै आफ्नै घरमा, आफ्नै मान्छेसँग मनाउने रहर।
सबैलाई सुख-शान्ती मिलोस्, बिजया दशमीको शुभकामना!
02 Oct 011
- यहाँ इमान-जमान खत्तम भैसक्यो भन्या!
सक्छौ भने अझै ध्वस्त पार । अब त म खरानी न हुँ ।
15 Oct 011
- बिर्सिदेउ त्यो सपना जस्तो बिपनालाई
भुलिदेउ त्यो बिपना जस्तो सपनालाई
मिलन हुनुथ्यो, भयो
बिछोड हुनुथ्यो, भयो
अब एक पटक प्रेमले चुमिदेउ आँफैलाई ।
19 Oct 011
- मान्छे बेखुशी हुन्छ, बिरामी पर्छ र एकदिन बित्छ । बेठेगान छ यो जिन्दगी । Oct 011
(माथि वार्डमा प्यारालाइसिसले थला परेकी बुदीलाई आँफै असक्त भैसकेको बुदाले व्हील चियरमा सकी नसकी गुडाउदै भर्ना गरेर ल्याउदै गरेको देखें । तल जवान छोराको असामयिक मृत्युका कारण आइ.सि.यू. बाहिर रुवावासी चलिरहेको थियो । म भारी मन लिएर स्ययम्भुको छेउनिर हिड्दै थिएँ, मेरी दिदी अस्वस्थ भएको खबर पाएँ । बुद्धको आँखामा नियालेर हेरेपछी एउटै कुरो मनमा आयो, सिद्धार्थ गौतम यत्तिकै गौतम बुद्ध भएका होईनन् । मान्छेलाई बचाउने मात्र होइन, मान्छे नमर्ने उपाय खोज्नुथ्यो । मेरो पनि निश्कर्ष त्यही नै थियो ।)
- चोखो मन
पवित्र बिचार
कन्चन भाव
स्वच्छ छबी ।
21 Oct 011
(Being in a profession and doing a job for own self is not a True Service.. but some lucky people get all those though they don’t deserve.)
- Take sometimes to Think, sometimes to Decide and to Act Perfectly! 25 Oct 011
- "माथि केन्द्रमा नेताहरु मुखले झगडा गर्छन्, एक अर्कालाई गालीसम्म गर्छन्, मिल्छन् तर तल कार्यकर्ता अब हातले हानाहान गर्ने अवस्था भैसक्यो । हामीलाई गाउँमा मुख देखाउन पनि लाज लागिसक्यो । हिजोको उद्देश्य र आजको स्थितीमा आकाशपातलको फरक देखियो । हाम्रा नेताहरु के भएका होलान ।?" यसै भन्दैथिए रोल्पाका पुराना एक स्थानिय नेता ।
Oct 011
- म सधैं मेरो मान्छेको काखमा रमाइरहेको हुन्छु । कतिपय नचिनेका मान्छेसँग बोलेकोछु । कतिपय नदेखेका मान्छेसँग भेटेकोछु । कोही गादा, कोही टाढा तर पनि सबैलाई सम्झेकै छु किन कि मलाई हरेक सम्बन्ध अती प्यारो र बिशेष लाग्दछ ।
यहाँहरुको जीवनमा सुख-शान्ती छावस्, छाईरहोस् ।
दिपावलीको मंगलमय हार्दिक शुभकामना! 26 Oct 011
- Tihar.. Me on night duty.. Aama is getting better! 27 Oct 011
- मैले स्वदेशमै प्रदेश भोग्न थालेको चौध बर्ष बदी भैसकेछ । मेरा दौतरीहरु, मेरो मानसपतलमा पनि हाम्रो बालापन ताजै छ । अब फेरी म अर्को अबिस्मरणीय दिनको पर्खाइमा छु । 28 Oct 011
- The harder we work, the sweeter the victory! 29 Oct 011
- ग्रेटवालको ग्रेट अनुभुती पछी 'ईश्वरका कथा'
-डा. रबिन्द्र समिर 29 Oct 011
(It was a special day for me to meet Rabin dai after a long gap of our communication. Receiving a book with writers’ own hand writing is a huge gift for me. I’m very much grateful to u. And of course, I must thank Bhauju for the Chiya n Selroti!)
- धर्म संकट! अन्त्य होईन, सुरुवात हो । 31 October 2011

Sunday, October 30, 2011
सेप्टेम्बर '११
- हामीले 'अ'बाट अनुशासन कहिले सिक्ने होला !? 01 Sep 011
- राजनैतिक ब्यक्तिले राजनैतिक ब्यक्तिसँग नै गरेको अनेक टिकडम अस्वभाविक नहोला तर राजनैतिक ब्यक्तिले अराजनैतीक मान्छेसँग गरेको अन्तर्घात कदापी सह्य हुन सक्दैन । त्यो कुनै दिन अबश्य महँगो साबित हुनेछ । 02 Sep 011
- हिजोअस्ती बुद्धसँग खेलिरहने म मान्छे, अचेल पिस्तोलसँग पो रमाउन थालेकोछु । 03 Sep 011
- म त जोइटिङ्रे र पोइटिङ्रेले बिगारेको मुलुकमा पो जन्मिएको रहेछु । 04 Sep 011
- आशा थियो तुत्यो । विश्वाश थियो त्यो पनि तुत्यो । 05 Sep 011
- भिरालोमा गाह्रो हुन्छ पशुलाई घास चर्न
कत्रो बिपत बतुवालाई खहरे खोला तर्न
झन साह्रो पंछीलाई बचेँराको चारो खोज्न
सजिलो त कहाँ छ र मान्छेलाई जीवन भोग्न ।
06 Sep 011
- I don’t want be a silly man and that’s my silliness! 09 Sep 011
- Intelligent is not always Superior but the Winner is! 11 Sep 011
- I need to buy a bullet and a gun, I need to shot at my enemies so called friends, I need to shot down some criminals so called politicians. 13 Sep 011
- Traitors are traitors! Some people are better to die than to live! 14 Sep 011
- Where is ME? 15 Sep 011
- कुनै पनि खराब ब्यक्तिले सहि सिस्टमलाई बिगार्दछ भने खराब सिस्टमले सहि मान्छेलाई पनि बिगार्दछ । मैले देखे/भोगेको यथार्थ यही नै हो । 16 Sep 011
- भो, अब रुदिनँ म । 18 Sep 011
- A life is not only to born and die but there must be a purpose to live! 20 Sep 011
- जिउ कुप्रो भए पनि उच्च हुन्छ मन । 22 Sep 011
- निर्णय: कुनै पनि निर्णय लिनुपर्दा जो कसैलाई पनि अबश्य गाह्रो हुन्छ । अझ दुरगामी असर पार्ने निर्णय लिनु त निकै कथिन हुन्छ । मेरो बुझाईमा कुनै निर्णय लिनुको अर्थ केहीलाई त्याग्नु र केहीलाई छोप्नु नै हो । हरेक ब्यक्तिका भित्री चाहनाहरु अनगिन्ती हुन्छन जुन सबै पुरा हुन पनि सक्छन् र नहुन पनि सक्छन् । जो कसैको पनि सपनाहरु अनेक हुन्छन जुन सधैं साकार हुन पनि सक्छन् र नहुन पनि सक्छन् । यसर्थ अनगिन्ती रोजाई र अनेक सपनाहरुलाई छानेर कतिपयलाई फ्याक्नु पर्ने हुन्छ त कतिपयलाई जबर्जस्ती भुल्नु पर्ने हुन्छ । सबैलाई अङालिरहदा कसैलाई नपाउने सम्भावना पनि रहन्छ जो निकै प्रिय हुन्छन । हरेक ब्यक्ति परिस्थिती अनुसार कोमोल र कठोर बन्नै पर्ने रहेछ अन्यथा कुनै दिन आफ्नो सबैलाई गुमाउनु पर्ने अवस्थाको सम्भावना रहिरहन्छ, जुन निकै पिडादायी हुने गर्दछ । 25 Sep 011
- बोस्टन मगर समाजलाई धन्यवाद एवम एस.एल.सी. मा उत्कृष्ट अंक ल्याउन सफल बनेका भाइ रोशन र बहिनी मेलिनालाई हार्दिक बधाई छ । उनिहरुलाई प्रोत्साहन त अबश्य प्राप्त हुने नै छ साथै आउने दिनमा अझ उच्च प्रगतीका लागि थप उत्साह थपिदिने छ । हाम्रा भाइबहिनीले यो पुरुस्कारको महत्व र अर्थ आज नभए पनि भोली राम्ररी बुझ्नेछन् भन्ने विश्वाश मैले लिएको छु ।
बोस्टन मगर समाजको यस कदमले देश छाडेर प्रदेश पुगेपछी उतै रमाउने, उतै हराउने र आफ्नो जन्मभुमिलाई माया मारेर सभ्य भनिने मुलुकमा असभ्य मानसिकता बोकेर बाँचिरहेका हामी नेपालीहरुलाई लाज लाग्नु पर्ने अवस्थाको सिर्जना गरिदिएको छ । हामी ब्यक्तिगत रुपमा सम्पन्न हुन खोज्छौ, केही सम्पन्न पनि हुन्छौ तर आफ्नो जाती, समाज र मातृभूमी प्रतिको दायित्वलाई चटक्कै भुलिदिन्छौ । हाम्रो यस्तो गैरजिम्मेवार प्रब्रितिको ठीक बिपरित बोस्टन मगर समाजले आफ्नो जाती, समाज र मुलुक प्रतिको गहिरो माया र जिम्मेवारीपनले सबैलाई उत्प्रेरित गर्नु पर्ने हो ।
झुपडीको बास, बिपन्न जीवन, अशिक्षा र पछौटेपन हाम्रो यथार्थ हुँदा हुँदै पनि स्वप्न महल र आधुनिकताको संकिर्णतामा भुलेर बकम्फुसे गफ हाक्ने हामी मगर दाजुभाइ-दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुलाई झक्झक्याउने प्रयत्न साह्रै सराहनिय छ । बोस्टन मगर समाजको अतुलनिय र प्रेरणादायी कामका लागि धन्यवाद साथै पुरुस्कार पाउने भाइ बहिनीलाई पनि भबिश्यका लागि शुभकामना । (बोस्टन मगर समाजले एस.एल.सी. मा उत्कृष्ट अंक ल्याउन सफल मगर बिद्यार्थीहरुलाई गरेको सम्मानका सन्दर्भमा)

Saturday, October 15, 2011
म र मेरो घडी
मेरो हातको घडी
मन परे फनफनी घुमिराख्छ
मन नपरे मज्जाले सुस्ताउछ
यो अली बिशेष खालको छ
मेरो देशको घण्टाघर जस्तै ।
कहिले घडी सुत्छ, म उठ्छु
कहिले म सुत्छु, घडी चलिरहेको हुन्छ
कुनै दिन
मेरो घडी स्थिर हुन्छ, म चलायमान हुन्छु
कुनै रात
घडी चलाख हुन्छ, फेरी म अल्छि हुन्छु ।
म र मेरो घडी
यसै गरी बेतालमा कुदिरहेका हुन्छौ ।
देश सुतेको बेला जनता जागेको जस्तो
जनता जागेको बेला देश सुतेको जस्तो
ठ्याक्क मिल्दोजुल्दो छ
म सकृय रहन खोज्दा
मेरो घडी निदाइदिन्छ
म निस्कृय भैदिदा
घडी एकतामसले दौडिरहेको हुन्छ ।
अचेल बिना कारण
समय र मेरो बीचमा फाटो आइरहेकोछ
म ब्यूउझिदा घडी चीर निन्द्रामा हुन्छ
म निदाउदा घडी खुर्रर कुद्छ
दुनियाँले मलाई गल्ती देख्छन
मेरो आक्रोस बदेर आउछ
तै पनि,
घडीको सुई निस्फिक्री बिश्राममा हुन्छ
म माफ गरिदिन्छु
किन कि सम्झौता अनिबार्य छ
कहिले मलाई धोका दिन्छ
कहिले मैले धोका दिन्छु
यहाँको परम्परा यस्तै छ
न घडीले देश चलायो
न देशले समय चलायो
न मैले देश र समय नै चलाऊछु ।
अहिले, आजभोलि
तोल, देश र विश्वभरी
इमान-जमान खत्तम भएको बेला
समयसँग के गुनासो गर्नु!
आँफैसँग के चित्त दुखाउनु!
हिंडेर, कुदेर र सुतेर पनि
घडीले बजाएकै छ
म सुतेकैछु, जागेकैछु
जाबो तालमेल न नमिलेको हो
घडी र मेरो घनिष्ठता तोडिदा
युगको सराप लाग्नेछ, शायद
किन कि यहाँ अनिश्चित छ
शान्तीको र संबिधानको भाखा होस कि
बिकास र स्वतन्त्रताको साइत
तसर्थ,
घडीको चाल र मेरो ताल
निरन्तर यही हुनेछ
यसरी नै सधैं कायम रहनेछ
म घडीको दोष भन्छु
घडीले मलाई दोषी भनोस
बरु म घरिघरी
मेरो घडीको सुई घुमाउन तयार छु
मेरो समय तालिका बदल्न तयार छु ।
15 October 2011
मन परे फनफनी घुमिराख्छ
मन नपरे मज्जाले सुस्ताउछ
यो अली बिशेष खालको छ
मेरो देशको घण्टाघर जस्तै ।
कहिले घडी सुत्छ, म उठ्छु
कहिले म सुत्छु, घडी चलिरहेको हुन्छ
कुनै दिन
मेरो घडी स्थिर हुन्छ, म चलायमान हुन्छु
कुनै रात
घडी चलाख हुन्छ, फेरी म अल्छि हुन्छु ।
म र मेरो घडी
यसै गरी बेतालमा कुदिरहेका हुन्छौ ।
देश सुतेको बेला जनता जागेको जस्तो
जनता जागेको बेला देश सुतेको जस्तो
ठ्याक्क मिल्दोजुल्दो छ
म सकृय रहन खोज्दा
मेरो घडी निदाइदिन्छ
म निस्कृय भैदिदा
घडी एकतामसले दौडिरहेको हुन्छ ।
अचेल बिना कारण
समय र मेरो बीचमा फाटो आइरहेकोछ
म ब्यूउझिदा घडी चीर निन्द्रामा हुन्छ
म निदाउदा घडी खुर्रर कुद्छ
दुनियाँले मलाई गल्ती देख्छन
मेरो आक्रोस बदेर आउछ
तै पनि,
घडीको सुई निस्फिक्री बिश्राममा हुन्छ
म माफ गरिदिन्छु
किन कि सम्झौता अनिबार्य छ
कहिले मलाई धोका दिन्छ
कहिले मैले धोका दिन्छु
यहाँको परम्परा यस्तै छ
न घडीले देश चलायो
न देशले समय चलायो
न मैले देश र समय नै चलाऊछु ।
अहिले, आजभोलि
तोल, देश र विश्वभरी
इमान-जमान खत्तम भएको बेला
समयसँग के गुनासो गर्नु!
आँफैसँग के चित्त दुखाउनु!
हिंडेर, कुदेर र सुतेर पनि
घडीले बजाएकै छ
म सुतेकैछु, जागेकैछु
जाबो तालमेल न नमिलेको हो
घडी र मेरो घनिष्ठता तोडिदा
युगको सराप लाग्नेछ, शायद
किन कि यहाँ अनिश्चित छ
शान्तीको र संबिधानको भाखा होस कि
बिकास र स्वतन्त्रताको साइत
तसर्थ,
घडीको चाल र मेरो ताल
निरन्तर यही हुनेछ
यसरी नै सधैं कायम रहनेछ
म घडीको दोष भन्छु
घडीले मलाई दोषी भनोस
बरु म घरिघरी
मेरो घडीको सुई घुमाउन तयार छु
मेरो समय तालिका बदल्न तयार छु ।
15 October 2011
Wednesday, September 21, 2011
म मान्छे बन्नुछ
मुर्खहरुको बस्ती छ
अनुशासनहीनहरुको नगर
लोभी र पापीहरुको देशमा
मान्छे बन्नकै लागि
अब म सस्तैमा बिकिदिन्छु ।
सुन्दर रुपको मन कुरुप छ
ठुलो टाउको भित्र सानो बुद्धी छ
जताततै स्वार्थीकै हालिमुहाली चल्छ
जती धोका दियो उती उन्नती छ
यहाँ चलन यस्तै चल्दोरहेछ
कठै!
मेरो नैतीकता र अचारण लज्जित भए
अब म तिनलाई सजिलै त्यागिदिन्छु ।
अन्याय गर्नेले अत्याचारको खिलाफ बोल्छ
भ्रष्टचारीले नै भ्रष्टचारको चर्को बिरोध गर्छ
छल गर्नेले जहिल्यै मेलको कुरा गर्छ
निर्दयीले निसंकोच दयाको मन्त्र जप्छ
यहाँ त्यही नै फाप्दो रहेछ
अब म पनि आफुलाई तुरुन्तै बदलिदिन्छु ।
भुक्नेहरु जम्मै हरुवा नहुदोरैछन
झुक्नेहरु जती छेरुवा नहुदोरैछन
मुखभरी थुकको छिता परेर के भो त!
सवाल छाती खोलेर हिंड्नु त रहेछ
कुरा चाकरी गर्नु र गराउनुको त रहेछ
अब जबर्जस्त अंग-प्रत्यंग कम्पन गराएर
म अर्धचेतन मानसिकता भकिदिन्छु ।
घरी घरि धिक्कार्छ मेरो मौनताले
थुइक्क थुक्छ मलाई शालीनताले
अरुले झै कुल्चेर 'हिड' भन्छ
अरुलाई रेटेर नै 'हास' भन्छ
तर मेरो आत्मा अस्विकार गर्छ
बरु आँफैलाई बहिस्कार गर्छ
जिन्दगी बाँच्न मान्दैन, जिउन भन्छ
तर सधैं तिरस्कार थेग्न सक्दैनँ म
अब स्वाभिमान भेटी चदाउन तयार छु ।
म मान्छे बेच्छु, मान्छे किन्छु
अब म आँफैलाई लीलाम गरिदिन्छु
मैले जीवन बेचिदिन्छु, नाम बेचिदिन्छु
अब म मातो बेचिदिन्छु, मेरो देश बेचिदिन्छु ।
21 September 2011

Friday, September 9, 2011
ब्यथाहरु
ब्यथाहरु सोधें आमा पिडाहरु हर्न सकिनँ ।
रुकेका गला सुनें नयाँ भाका भर्न सकिनँ ।
निधारको बत्ती निभ्यो दिव्य ज्योति छर्दा छर्दै
चाल नै नपाई सुक्यो मुल प्यासी मन भर्दा भर्दै
निन्द्रा पनि भाग्छ अचेल सपनीमा झस्काएर
निथ्रुक्क छ ह्रिदय मेरो भित्र भित्रै रसाएर ।
दु:ख मात्र सोधें आमा सुख दिन सकिनँ म ।
घाऊ मात्र सोधें आमा निको पार्न सकिनँ म ।
आधा संसार अध्यारो भो बुवा गए पछी
पुरै संसार बल्छ तर आमा हाँसे पछी
अजर-अमर छैनन् अरु जन्माउने हुन अजम्बरी
खुशी दिने सन्तानलाई इश्वर ति सधैं भरी ।
हाँसे जस्तो गरे आमा भित्र हाँस्न सकिनँ म ।
निराश मन भेटें पनि आशा छर्न सकिनँ म ।
ओठ मात्र खोले आमा ह्रिदय बोल्न सकिनँ म ।
29 Aug 2011

अगस्ट '११
- ति मान्छेहरु,
जो मौनतामै धेरै बोल्नसक्छन् ।
3 Aug 2011
- I love challenges but not the ugly ones!
5 Aug 2011
- एक दशक चलेको युद्धको घाऊ आलै छ, अबश्य दुख्छ तर राष्ट्रलाई एक शतक थला पार्न दिनुहुन्न ।
8 Aug 2011
- A Heart,
where Lovers become Friends n Friends become Lovers!
13 Aug 2011
- सभासद महोदय!
भ्रष्टचारी, अपहरणकारी, हत्यारा र बलत्कारीलाई फासी दिने कानून चाडो लेख्नुपर्यो ।
15 Aug 2011
(मैले दुई बर्ष अगाडि ख्याती श्रेष्ठको हत्या हुँदा पनि बि.बि.सीमा यस्ता जगन्य अपराध गर्नेलाई कडा भन्दा कडा कारबाहीको ब्यबस्था गरिनु पर्ने टिप्पणी गरेको थिएँ । त्यतिखेर म साँच्चीकै सम्बेदनशील र आक्रोसित पनि भएको थिएँ फलत: श्रमकैदको पक्षपाती भावनात्मक रुपमा अली निर्मम पनि बन्न खोजें । तर यि दुई बर्षकै श्रिन्खलाबद्ध घटनाहरुलाई नियाल्दा अपराध झन पो मौलाउदै गैरहेको छ । यही क्रममा अर्को दुई बर्ष, चार बर्ष, पछीको भयानक स्थितीको सामान्य आँकलान गर्न सक्छौ । यसर्थ, कम्तिमा पनि १० बर्षसम्म कानुनमा कडाइ गरिनुपर्छ । यसो भएको खन्दमा देशमा शान्ती र सुब्यबस्था कायम गर्न चाहने इमान्दारहरुको हात माथि पर्नेछ । खुकुरी धारिलो हुन्छ, काट्नसक्छ तै पनि प्रयोग गर्नु अनिबार्य पनि छ । तर म अहिले पनि श्रमकैद र सुधारगृहको बिपक्षमा छैन ।)
- यी दुई आँखाहरु,
जसले संसारलाई अती सुन्दर बनाएका त छन् तर, उत्तिकै कुरुप पनि ।
19 Aug 2011
(" आँखा लोभी, मन पापी" । मैले स्वयम्भुको आँखालाई अपवाद राखेर नै भनेको हुँ । ति आँखाहरु अबश्य शान्त र निर्दोष छन् तर यि आँखाहरु भने बिश्वासिलो होइनन् । जसले आफु अनुकुल संसारलाई हेर्छन अनी हरेक द्रिश्यलाई पक्षपात र भेदभाव गर्छन् । तसर्थ यि आँखाहरुले संसारलाई अती सुन्दर बनाएका त छन् तर उत्तिकै कुरुप पनि ।)
- Happiness is not only the Moment we Smile But its more precious when we make others Smile!
20 Aug 2011
- Need to catch a flight very soon in order to land safely!
22 Aug 2011
- मेरो साथी!
गुह्ये किराहरुको भुलभुलैयामा परेर झिङाहरु भन्किदैमा बिद्रोह हुँदैन । क्रान्ति, कसैको एकांकी र एक पाखे गफले सम्पन्न हुने पनि होईन । त्यो तिम्रो बिखण्दनवादी सोचाई त केवल संकिर्ण र अराजक मानसिकताको उपज हो । तिम्रै कमजोर मनोदसाको पराकाष्ठा हो । मात्र, तिम्रो आत्मरती हो ।
23 Aug 2011
(आफ्नो ब्यग्तिगत स्वार्थका लागि एक दुई ठाउँहरुमा दुई चार जनाले टायर बाल्दैमा, बाटो छेक्दैमा वा धम्की दिदैमा एजेण्डा हुँदैन । जबर्जस्ती जिद्धी गर्दैमा माग पुरा गरिनुपर्छ भन्ने छैन । नेपालमा कोही हिट्लर वा स्टालिन बन्ने सम्भावना कम छ, बुद्ध जन्मिने आशा झनै कम । एउटा शब्दको थुप्रै अर्थ हुन्छ, हलो अड्काउने नै भए सिधा कुरालाई नै बङ्याउन सकिन्छ । मुख्य कुरा सफा नियतको हो । युद्ध, हत्या, हिँसा, आतंक, अपहरण, बिनास, असुरुक्षा, भोक, रोग, गरीबी, भ्रष्टचार, ..ले आक्रान्त भैसक्यौ । अब हामीलाई चाहिएको छ सिर्फ सुख, शान्ती, बिकास र सुशासन । अनी एउटै मालामा उनिएको बलियो राष्ट्रिय एकता ।)
- म हिड्दा हिड्दै एउटा शहर भित्र पुगेछु । मैले खुट्याउन नसकेको त्यो शहरको कुनै ठाउँमा हिडिरहेको थिएँ, जहाँ भरखरै बन्दै गरेको नयाँ पर्खालले एक भब्य घरलाई घेरेको थियो । अचानक एउटा शिशु त्यही घरभित्र रोइरहेको एकोहोरो आवाज मेरो कानमा आएर ठोक्कियो । एकनासले अघी बदिरहेका मेरो पाईलाहरु टक्क रोकिए । मैले पर्खाल बाहिरबाट नै भित्र चियाएँ तर कसैलाई देखिनँ । मलाई लाग्यो," कोही पापिनी आमाले बच्चालाई जन्माइसकेपछी यहाँ अलपत्र छाडेर बिचल्ली बनाएको होला ।" मेरो मनमा त्यो रोइरहेको बच्चा को थियो, किन रुदैछ, उसको स्याहर-सम्भार गर्ने कोही छ/छैन !? जान्ने कौतुहुलता जागेर आयो । त्यसैले, पर्खालभित्र छिर्नलाई बाटो खोज्दै थिएँ तर खै कसले हो पछाडि कतैबाट बेस्सरी हकार्दै भन्यो," तलाई थाहा छैन ? यो त पेरिसडाँडा हो ।" (निन्द्राबाट झसँग बिउझिएँ । धन्न! सपना रहेछ ।)
25 Aug 2011
(शायद मेरा मित्रहरुले मबाट निकै ठुलो आशा राख्नुभएको होला । यो कितावको अंश होइन । म अल्छिले किताव लेख्ने सपना नदेखै राम्रो! हो, त्यो निन्द्रामा देखेको केवल एउटा सपना थियो तर निन्द्राबाट बिउझेर मैले त्यसै भुल्न सकिनँ । त्यो बच्चा रोइरहेको स्थान किन सिंहदरवार, बालुवाटार वा सानेपा र बल्खु नभएर पेरिसडाँडा नै भयो ? यसको उत्तर पाउन नसकेर स्वयम गम खाएर बसेकोछु । अझै पनि मेरो मानसपातलमा कता कता त्यही बच्चा उसैगरी रोइरहेको आवाज सुनिरहेको छु । र, तिनै प्रश्नहरु मनमा खेलिरहेका छन, को थियो? के कारणले रोयो ? उसको अभिभावक को हुन् ? उसको हेरचाहको जिम्मेवारी कसले लिने ? .... सबै अनुत्तरित छन ।)
- The trend is not reversed but it’s changed!
26 Aug 2011
- बिडम्बना! म सधैं सहमति देख्छु तर देख्नु पर्नेले कहिल्यै देखेन । अब स्थिती सकारात्मकबाट नकारात्मकतिर अर्थात मिर्मिरेबाट अन्धकारतिर मोडिदैछ नेपाल र नेपालीको भबिश्य ।
27 Aug 2011
- Sometimes going far may seem as being closer!
28 Aug 2011
- यौन ब्यवसायलाई बन्देज होइन बरु ब्यबस्थित गरिनुपर्छ ।
29 Aug 2011
- Doesn’t tell but acts, doesn’t show but applies.
30 Aug 2011
- All I need to be is Bold, Spontaneous, Forceful and Goal Oriented!
31 Aug 2011

Saturday, August 27, 2011
मान्छे! नमार मान्छेलाई
मान्छे!
तिमी बुद्धिमान छौ
सर्बशक्तिमान छौ
तिमी सर्वश्रेष्ठ हौ ।
के सक्दैनौ तिमी ?
सोच्न सकेकै छौ
बोल्न सिकेकै छौ
बाँच्न जानेकै छौ
शासन गर्न पाएकै छौ
सबैलाई जितेकै छौ
के गर्न सक्दैनौ तिमी ?
सबै सबै गर्न सक्छौ ।
मान्छे! अब भन
सोचेर भन
मान्छेले मान्छेलाई किन मार्दैछौ तिमी ?
जन्मेर सबै मर्नु नै त छ
तर, हतारिदै किन
उसैलाई मार्दैछौ तिमी ।
मान्छे! खोइ सोचेको
मरेकालाई बचाउने उपाय ?
मान्छे बुद्धु होइन
हिंसा धर्म होइन
बरु मान्छेका शत्रुलाई सखाप पार
एड्स र क्यान्सरका बिरुद्ध जुट
मलरिया र हेपाटाइटिसलाई निमिट्यान्न पार
मान्छे! मान्छेलाई मार्दै नमार
जन्मेकाहरु त बाँच्नुपर्छ
बाँचेकाहरु धर्ती सजाउनु पर्छ
संसार सर्वश्रेष्ठ मान्छेहरुकै हो
मान्छे! नमार मान्छेलाई
मान्छे मान्छे नै हो ।
27 August 2011
तिमी बुद्धिमान छौ
सर्बशक्तिमान छौ
तिमी सर्वश्रेष्ठ हौ ।
के सक्दैनौ तिमी ?
सोच्न सकेकै छौ
बोल्न सिकेकै छौ
बाँच्न जानेकै छौ
शासन गर्न पाएकै छौ
सबैलाई जितेकै छौ
के गर्न सक्दैनौ तिमी ?
सबै सबै गर्न सक्छौ ।
मान्छे! अब भन
सोचेर भन
मान्छेले मान्छेलाई किन मार्दैछौ तिमी ?
जन्मेर सबै मर्नु नै त छ
तर, हतारिदै किन
उसैलाई मार्दैछौ तिमी ।
मान्छे! खोइ सोचेको
मरेकालाई बचाउने उपाय ?
मान्छे बुद्धु होइन
हिंसा धर्म होइन
बरु मान्छेका शत्रुलाई सखाप पार
एड्स र क्यान्सरका बिरुद्ध जुट
मलरिया र हेपाटाइटिसलाई निमिट्यान्न पार
मान्छे! मान्छेलाई मार्दै नमार
जन्मेकाहरु त बाँच्नुपर्छ
बाँचेकाहरु धर्ती सजाउनु पर्छ
संसार सर्वश्रेष्ठ मान्छेहरुकै हो
मान्छे! नमार मान्छेलाई
मान्छे मान्छे नै हो ।
27 August 2011
मान्छे-अमान्छेका मुल्य र भाऊ
मान्छेहरु अचेल दिनहुँ सुक्दै गैरहेछन
तर अमान्छेहरु भने
अचम्मै गरी फलि-फुलिरहेछन
बेमौसममा लहलह ।
निरसहरु सरस देख्छु
सरस जिन्दगीहरु निरस ।
अमान्छेहरु
ति बुझक्कड न परे!?
व्यबहारको ब्यापार गर्छन्
मोलमोलाई खुब जान्छन
हिसाबकिताब निकाल्छन
तुलोमा नाफाघाटा जोख्छन
अनी सम्बन्धको नयाँ खाता खोल्छन
बल्ल, अमान्छे भाऊ र मुल्य तोक्छ ।
मान्छे न पर्यो!
बिचरा! बुझ्दैन केही पनि
भाऊ माग्नेलाई मुल्य तिर्छ
मुल्य माग्नेलाई भाऊ सोध्छ
आँखाले हेरेर खुट्याउन सक्दैन
हातले छामेर छुट्याउन सक्दैन
भाऊ र मुल्यको फरक खोजे पनि
व्यबहारको बाङोतिङो ब्यवसायमा अल्मलिन्छ
बरु झन अर्थशास्त्रको ‘ब्ल्याकहोल’मा जाकिन्छ
अस्तीको जस्तै हिजो
हिजो जस्तै आज
र, पक्का यसै गरी अल्मलिरहनेछ
आज जस्तै भोली पनि ।
तर उ दोषी छैन
किन कि
उ अमान्छे होइन
उ त मान्छे हो ।
25 August 2011

Friday, August 19, 2011
अधल परे
अधल परे मै मरी जाउला, तँ चाँही बचेँस् है ।
मृत्युको रित मै टारि जाउला, तँ हाँसी रहेस है ।
इश्वरको कृपा पाएर हामी, सँगै छौ एक जोडी
दैबको आदेश मान्नु नै पर्छ, कोही अघी कोही पछी
म गए पनि खुशीको यात्रा जारी नै राखेस् है ।
अधल परे मै मरी जाउला तँ चाँही बचेँस् है ।
धिक्कार्दै कठै भाग्यलाई आमा, रुनेछिन् शोकमा
सम्झेर मलाई डुब्नेछन् सङी, आँशुको आहालमा
निधारको लेखा सकियो भनी सम्झाएर राखेस् है ।
मृत्युको रित मै टारि जाउला तँ हाँसी रहेस् है ।

मृत्युको रित मै टारि जाउला, तँ हाँसी रहेस् है ।
4 August 2011
(सम्पूर्ण 'तँ' हरु प्रती समर्पित)

Thursday, August 4, 2011
स्वदेशबाट प्रदेशतिर
प्रिय साथी!
म सकुशल छु र कुशलताको कामना गर्दछु ।
मैले तिमीलाई अकस्मात यो चिट्ठी लेखिरहेकोछु तै पनि कुनै आश्चर्य त मान्ने छैनौ होला तर जुन भिन्न बिषयमा लेखिरहेको छु यसले अबश्य अचम्म पार्नेछ । म स्वयम पनि अचम्मित छु किन कि यसरी मनका भावनाहरु चिट्ठीमा पोख्नु पर्ला भन्ने कहिल्यै कल्पेको पनि थिएनँ । म नेपाल आउनु भन्दा अगाडि मसँग धेरै सपनाहरु थिए र ठुलै आत्मबिश्वास थियो । अर्काको सम्पन्न मुलुकमा रहेर आफ्नो मातृभूमीको दुर्दशा टुलुटुलु हेरिरहनु पर्दाको अवस्था निकै पिडादायी हुदोरहेछ, त्यो मैले राम्ररी अनुभव गरें । त्यसैले, म स्वदेश फर्केर केही गर्छु भन्ने द्रिडता लिएर नै आएको थिएँ । मैले कुनै दिन एउटा निस्वार्थ भावना लिएर चालेको कदममा मेरो साथीहरुले, मान्छेले, सरकारले र पुरै देशले सहयोग गर्नेछ भन्ने लागेको थियो तर मैले आशा गरे जसरी साथ पाउन सकिरहेको छैन । मसँग निश्चित उद्देश्य छ तर कोसँगको सहकार्यमा विश्वाश गरुँ !? म बर्षौ प्रदेशमा पिरोलिएर बिताएँ तर स्वदेश आएर पनि दैनिकी उसै गरी पत्यार लाग्दो गरी बितिरहेकोछ । हरेक बिहान कोठा बाहिर निस्किनु भन्दा अघिसम्म निकै 'फ्रेश' हुन्छु तर जब बाहिर निस्किन्छु, तब मैले देख्नै नचाहेका मान्छेहरुलाई देख्नु पर्ने हुन्छ । मैले बोल्नै नचाहेका मान्छेहरुसँग बोल्नु पर्ने हुन्छ र जोसँग हिंड्न पनि 'सिकसिक' लागिरहेको हुन्छ, तिनीहरुसङै हिंड्नु पर्ने हुन्छ । तिमी भन्छौ, "के तिम्रो साथी, तिम्रो मान्छे र तिम्रो तोल खराब छ र ?" त्यस्तो कदापी हुँदै होइन । मलाई उनिहरुसँग केही पनि गुनासो छैन । बरु गुनासो त यहाँको धुलोसँग छ, हल्लासँग छ, भिडसँग छ, जो मेरो आफ्नै हुन्, जहाँ म घुलमिल भएर बाँच्नु परिरहेको छ ।
तिमीलाई थाहै छ, म स्वार्थी र छली मान्छेहरुसँग फोस्रो मित्रता र सहकार्य गर्न रुचाउदिनँ । तर, बिडम्बना! मैले नचाहेर पनि उनिहरुसँग देखावटी मित्रता कायम गर्न र सहकार्य गर्न वाध्य छु । मेरो हृदयलाई निमोठेर पनि उनिहरुको सामु शिर निहुराएर 'हजुर' भन्दै मान दिन बिबश छु । मेरो सपनाहरुलाई ठाँती राखेर आज राम्ररी महशुस गरिरहेकोछु, मान्छे, समाज र देश बदल्न त्यती सजिलो रहेनछ जती मैले सोच्ने गर्दथें भलै त्यो सकरात्मक दिशामै किन नहोस् । यहाँ एउटा मान्छेले अर्कोलाई आदर गर्ने चलन नै लगभग हराईसकेछ, न त आत्मअनुशासन नै बाँकी छ । सबैले आँफैलाई महान ठान्छन्, अरु कसैको अस्तित्व स्विकार्न तयार छैनन् । एक अर्काप्रतिको इर्श्याले जल्नु र घमण्डले फुल्नु नै उत्तम मान्छन् । मान्छेहरु कसैले पनि आफ्नो कर्तब्य र जिम्मेवारी बुझ्नु पर्छ भन्ने मान्यता राख्दैनन् । हरेक ब्यक्तिको सोचाइमा अधिकार र स्वतन्त्रताको आबरणभित्र अराजकता लहलह हुर्किरहेकोछ, दलालहरुकै हालिमुहाली छ । मान्छेहरुको भावना अपराधिक र दिमाग भ्रष्ट हुँदै गैरहेको छ । नियम, कानुन के हो र राज्यको उपस्थिती कहाँ छ केही पत्तो छैन । सबैले आदर्श फलाक्छन तर व्यबहारमा ठ्याक्कै उल्तो गरिरहेक हुन्छन् । आदर्श र व्यबहार तालमेल गराउन नसकेकै कारणले यि यावत समस्याहरु निराकरण गरिनुको साटो झन झन झाङिदै गैरहेका छन । युवाहरुमा तुलनात्मक रुपमा हेर्दा चेतना त आएको छ, खुब आएकोछ तर स्वतन्त्र रुपमा स्वबिबेक प्रयोग गर्न सकिरहेका छैनन । देशप्रती इमान्दार रहेर हृदयदेखी नै निर्णय नगर्दासम्म हप्तादिनको चर्को कृयाकलापको कुनै औचित्य पनि छैन । देशलाई अग्रगमनतिर डोर्याउने भए सचेत युवाहरुले एउटा पहलकदमी त लिनैपर्छ, चाहे जस्तोसुकै जोखिम मोल्नु किन नपरोस । तर अहिले त्यो सम्भावना न्युन देख्छु । अचेल अधिकांस ब्यक्ति आँफैप्रती पनि पारदर्शी र इमान्दार छैनन । साथी! मेरो देशको यस्तो हालत देखेर ब्यग्तिगत रुपमा जती नै आहत भए पनि त्यो हाम्रो साझा समस्या हो । एक दुई जनाको प्रयासले देखिने गरी केही गर्नै सकिदैन । मलाई लागेको थियो, मैले कठोर निर्णय गरेर थुप्रै पटक विद्रोह गर्नु पर्ने पनि हुनसक्छ, आँफैसँग, म बाँचेको समाजसँग र गलत राज्य प्रणालीसँग । तर कसका लागि, किन कैले भन्ने अन्योलले पिरोलिरहेछ । यस अवस्थामा म कस्तो अभियानको थालनी गरुँ ? वा कसको स्वच्छ अभियानमा समाहित बन्न सक्छु ? न म अरुलाई बुझ्न सकिरहेको छु, न त बुझाउन नै । आँफैभित्र अस्तब्यस्त रही गुज्रिरहेकोछु । यो मेरो एउटा समस्या हो, त्यो भन्दा ठुलो समस्या चाँही म आफुलाई त्यसरी अरुहरु जसरी हरेक मोडमा बदल्नै नसक्नुमा छ । म कलियुगमा अनायस सत्ययुग बाँच्ने दुस्प्रयास गरिरहेछु । म अझै पनि भन्छु, हाम्रो देश बिग्रिसकेको छैन तर जुन मार्गबाट अगाडि बद्नुपर्थ्यो, त्यसमा बिचलित अबश्य भएकोछ । यसरी नै गलत प्रब्रितिलाई बदावा दिदै गयौ भने यहाँको भाबी पुष्ता अब गर्भबाट नै कुन मानसिकता लिएर जन्मने हुन्, कस्तो बातावरणमा हुर्किने हुन, त्यसले घरिघरी साह्रै चिन्तित तुल्याउने गर्दछ । यो यथार्थ हो, सत्य हो, तै पनि झिनो आशा लिएर यताउती खोजिरहेको हुन्छु, सुत्केरी आमाहरु र इमान्दार छोराछोरीहरु । म आँफैसँग बर्बराइरहेको हुन्छु," अब यहाँ मान्छेरुपी राक्षसहरुको होइन, मान्छेमुखी भगवानको मात्र जन्म र न्वारन हुनुपर्छ" ।
मेरो साथी!
हो, कुनै चिज परिवर्तन हुन दशकौ लाग्छ भन्ने भौतिक बिज्ञानलाई म मान्छु । मैले सडकको चोकतिर क्षणभरमै चमत्कार गर्ने जादुगर बन्ने दुस्साहस गरेको अबश्य होइन । हाम्रो देशमा जे हुँदैछ, त्यसमा मेरो केही दोष छैन भन्नेमा पनि सहमत नै छु । तर तिमीले भने झै आँखा चिम्लिएर मौन बस्न भने सकिरहेको छैन । एकछिन आँखा छोप्छु, नसुने झै गर्छु तर पनि आत्माभित्र शान्ति हुँदैन । मैले बिचित्रको द्रिश्य देख्छु, हाम्रो शहरका साँघुरा सडक-गल्ली भरी दुर्घन्धित फोहोरका थुप्रो हुन्छ, छेउछाउमा नाङ्ले पसलेहरु कान चनाखो पार्दै १/२ रुपैया हातमा च्यापिरहेका हुन्छन् । हुलका हुल बालकहरु एक हातले बोरा अठ्याउदै र अर्को हातले प्लास्टिक सुघ्दै यताउती कुदिरहेका हुन्छन् । भिख माग्नेहरुले हात पसार्दै हिंड्ने जतिको खुट्टा दोगिरहेका हुन्छन् । ति अनुहारहरुमा हाम्रो देशको भबिश्य यत्रतत्र छरपस्त देख्छु, आउने पुस्ताको जिन्दगी बारे सोचमग्न हुन्छु । ति निमुखा गरीबहरुले आफ्नो बालबच्चाको लागि साँझ बिहानको छाक टार्ने र जिउ दाक्ने धोको रातदिन दु:ख गरेर पनि पुर्याउन सकिरहेका हुदैनन् तर यही मुलुकमा केही मान्छेहरु राष्ट्रको दुकुती लुट्न र तिनै दुखियाहरुकै गर्धनमा टेकेर मोजमस्ती गर्न तछाड-मछाड गरिरहेका छन । यि यावत कुराहरु देख्दा देख्दै पनि नदेखे झै गर्न सक्दैनँ । मेरो मातोलाई चटक्कै माया मारेर गुमनाम बस्न पनि सक्दैनँ । त्यसो गर्न मेरो नेपाली मनले मान्दै मान्दैन । हुन त यतिखेर मैले बोल्ने सहि समय नहोला, मलाई कसैले नसुन्ला किन कि आफ्नै भबिश्य बनाउन संघर्ष गरिरहेको मैले, अरुको चिन्ता लिनु खोक्रो आदर्श जप्नु सरह हुनेछ । तर यो मेरो बोल्ने समय होइन भने, शायद चुपचाप हेरेर टोलाई रहने समय पनि त होइन । यस्तो लागिरहेको छ, यहाँ अधिकांस मान्छेहरु अन्धा छन, बहिराहरु मात्र छन, बहुलाहरु मात्र छन । तर कहिले काही यस्तो अनौठो सोच पनि आउछ, "शायद दुनियाँमा म मात्र यस्तो बुद्धु हुँ, जो समयसँग हिंड्न अझै सिकेकै छैन । म पागल!"
मेरो साथी!
आफ्नोलाई रुवाउने र शत्रुलाई हसाउने मेरो सोच हुँदै होइन । तिमी भन्छौ, "तिमी जस्तो शान्त मान्छेले जीवनमा आक्रोस ठेग्ने आँट गर्नुपर्छ, आक्रोस ठेग्न सक्नेले गहिरो पिडा पनि ठेग्न सक्नुपर्छ, आगो-पानी सबैमा जिउन तयार रहनुपर्छ ।" तिमीले भने झै म अहिले पनि शान्त छु, सहिष्नु नै छु । म आफुलाई अझै पनि संयमित त राख्न सक्छु तर निकै अधैर्य भैसकेको छु । अब सम्हालिनलाई एउटा शान्त ठाउँमा म र 'महरु' मात्र हुनुपर्छ । अहिले नै कुनै बिना आधार 'जन्मस्थललाई औधी माया गर्छु, मेरो देशलाई ठुलो योगदान गर्छु' भनेर राष्ट्रिय गान जपेर बस्नुको औचित्य छैन भन्ने राम्ररी नै बुझेको छु । म तिम्रो सल्लाह र आग्रहलाई पुरै नकार्न चाहन्न तर यस्तो स्थितिमा मातृभूमीलाई अलपत्र छाडेर पलायन हुन भने सक्दिनँ । स्वदेशमै आर्जेको पैसा, सिकेको सिप र बटुलेको ज्ञानले भोली म मेरो मातृभूमीलाई कुममा बोकेर थाम्न सक्छु, सक्दैन त्यो भबिश्यमै परीक्षण होला । तर आज ‘केही गरेर कोही बन्नुछ वा कोही बनेर केही गर्नुछ’ को द्धिबिधामा अल्झेकोछु । मलाई भबिश्यमा कतै मेरा प्रिय सपनाहरुकै लिलामी गर्नुपर्ला वा आँफै मलामी बन्नु पर्ला भन्ने ठुलो डर छ । यसो भन्नुको अर्थ, म बाँचेको दुनियाँप्रती पूर्ण घ्रिणा जागेको होइन । तर यो मेरो गहिरो असन्तुष्टि हो । मेरो चाहना सम्मानित जीवन बाँच्नु हो । मैले खोजेको शान्त र समतामुलक समाज हो । मेरो परिकल्पनाको संसार स्वतन्त्र र अनुशासित हो । एउटा मुलुक मात्र होइन, सिङो धर्तीभरी सम्रिद्ध चाहनु र मानवियी साइनोमा उनिएको समाजको खोजी नै मेरो भित्री उद्देश्य हो । जहाँ म मान्छे, सिर्फ मान्छेहरुको बिचमा एउटा सुन्दर जीवन जिउन पाउँ । मेरो यत्ती स्वार्थ हो । यही नै मेरो एउटै इच्छा हो ।
- उही, तिम्रो साथी
15 July 2011

Subscribe to:
Posts (Atom)