Wednesday, September 30, 2009

यसपालिको दशैं

दशैको उपलक्ष्यमा वेइफ्याङ मेडिकल युनिभर्सिटीमा अध्ययनरत ८औ र ९औ ब्याचले 'दशै भलिबल रनिङ् शिल्ड' को आयोजना गरेका थिए । ५औ, ६औ, ७औ, ८औ, ९औ र १०औ ब्याचका खेलाडिहरुको सहभागिता थियो । खेल २३, २४ र २५ तारिखका तीन दिन लगाएर खेलाइएको थियो । फाईनल खेल ५औ ब्याच र ६औ ब्याचका बिच २५ तारिखका दिन ४:३० बजे तय गरिएको थियो । अतिथिका रुपमा फोरेइन अफैर्सका प्रेसिडेन्ट प्रो लिउ लाई बोलाइएको भए पनि उनको कार्य ब्यस्तताले गर्दा फोरेइन अफैर्सका मिस्टर म्यात , सिनियर ट्युटर ज्हाङ, जुनियर ट्युटर को उपस्थिती थियो । खेल अती नै प्रतिस्पर्धात्मक र रोचक भएको थियो । खेलको पहिलो सेट ५औ ब्याचले जितेर हाम्रो ६औ ब्याच माथि नराम्रो दवाव पार्न सफल भएको थियो । तर त्यसपछिका लगातार तीन सेट जितेर हामी बिजयी भयौ । खेल हेर्न ओभर्सिज मात्र नभएर चाइनिज विद्यार्थीहरु पनि झुम्मिएका थिए । आयोजकका तर्फबाट केशब धामीले प्रथम र द्वितिय हुने खेलाडिहरुलाई अबिरको टिका लगाएर बधाई दिए । पुरुस्कार र प्रमाण-पत्र अतिथिहरुबाट बितरण गरिसके पछी मिस्टर म्यातले अबका दिनमा प्रोग्राम गर्नु अगावै अफिसमा जानकारी दिन र सके जतिको सहयोग गर्न आफु तयार रहेको बताए । एकछिन रमाइलो फोटोसेशन चल्यो । विनर टिमको बिरुद्ध मिक्स टिम भिडाएर रमाइलो गर्ने योजना भने समय अभावले पुरा हुन सकेन । अर्को दिन खशी काटेर दशै भोज मनाउने कार्यक्रम थियो ।

खशी कात्न धामी सर र सन्जित शाह खत्नु भयो । बिभिन्न परीकार बनाउन राजन लुइतेल सरले निकै मेहिनेत गर्नु भयो । साँझ ८:३० बजेबाट भोज शुरु भयो । जित्ने टिम क्याप्टेनको हैसियतमा मलाई शुरुमै अगाडि बोलाइयो । सबैको अगाडि बोल्नु पर्ला भन्ने अलिकती सम्म पनि सोचेको थिएन । एक्कासी बोल्नु पर्दा मनमा के बोलम् के बोलम् भएर आयो तर अली संयमित भएर आफुलाई लागेका केही कुराहरु राखें । जसको सारांश यस्तो थियो ।

“सर्ब प्रथम त दशैको अबसरमा खेलको आयोजना गर्ने ८औ र ९औ ब्याचका साथीहरु र मलाई यहाँ आफ्नो २/४ कुरा राख्न मौका दिने केशब धामी जी लाई धन्यवाद ।

मेरो अगाडि सम्पूर्ण सिनियर र जुनियर साथीहरुलाई देखेर म निकै खुशी छु । हामी नेपालको बिभिन्न ठाउँबाट आएको भए पनि यहाँ एउटै परिवार झै भएर दशै मनाउन पाउदा शायद हामी आफ्नो घरबाट धेरै टाढा छैनौ भन्ने महशुस हामी सबैले गरिरहेको नै हौला । हामीले खेल खेल्यौ, कसैले जित्यौ कसैले हार्यौ भन्ने भावना कसैले पनि मनमा राख्नु हुँदैन । खेललाई हामीले सबै साथीभाइ एकजुट भएर दशै रमाइलो गरी मनाउने बहनाको रुपमा मात्र बुझ्न जरुरी छ । हाम्रो मुख्य उद्देश्य त सबैले एक आपसमा गफ गर्दै नजिक बनौ, मनोरन्जन गरौं, चिन्जान नभएकाहरुले चिन्जान गरौं, चिन्जान भएकाहरुले अझै बदी आत्मियता बदाउ भन्ने नै हो । हामीले सिनियर र जुनियरका बिच ठुलो ग्याप देख्यौ र भोग्यौ तसर्थ त्यो हाम्रो पालादेखी नै हतेर जावोस भन्ने हाम्रो चाहना छ । यस अघी हामीले 'द रेड कोङ्ची भलिबल प्रतियोगिता' पनि सम्पन्न गर्यौ जसको मुल उद्देश्य पनि यही नै थियो ।

यसपालिको कार्यक्रम एकदम सफल भएको ठान्छु । कार्यक्रम सफल बनाउन कति अप्ठ्यारो पर्‍यो, कति परिश्रम गर्नु पर्‍यो भन्ने मलाई राम्ररी थाहा छ । यस्ता कार्यक्रमहरुले भबिश्यमा पनि निरन्तरता पाइरहनु पर्छ । यस खेलको आयोजना गरेर आज टुंगिएको छैन, यसले एउटा परम्पराको बिकास गराएको छ । सबैले यसबाट सिक्दै र गर्दै जानुपर्छ । सकेसम्म परिमार्जित र परिस्क्रित गर्दै लानुपर्छ । आजको दिन हाम्रो जीवनमा एक अबिस्मरनीय क्षण बनेर हाम्रो मानसपातलमा रहिरहनेछ । यस प्रतियोगितामा एउटा कुराले अत्ती नै गर्ब महशुस गरायो, पुरुषको भलिबल टिममा एकजना मात्र केटी (संगिता) पनि समाबेश भएर प्रतिस्पर्धा गर्नु चानचुने काम पक्कै पनि होइन । चुलो चौकोमा सीमित हाम्रा नेपाली दिदिबहिनीहरु पनि चेतनाका साथ चौघेरालाई तोडेर अगाडि बद्नु अत्ती नै प्रसंसनीय कुरा हो । उनको यो साहसको हामीले कदर गर्नै पर्छ ।

अनी अर्को कुरा मैले प्रस्तावको रुपमा के भन्न चाहन्छु भने, हामी जत्ती पनि ओभर्सिज विद्यार्थीहरु छौ, हामीले एउटा अप्लिकेसन अफिसलाई बुझाऔ । प्रत्येक सेम्स्टेरको शुरुवातमा अफिसले हामीलाई केही खेलकुदका सामाग्री उपलब्ध गराउनु पर्‍यो । चाइनिज स्टुडेन्टसलाई एक एक वटा भलिबल वा बास्केटबल दिन सक्छ भने हामीलाई एक दुई वटा बल कसरी दिन सक्दैन ? यसमा अफिसलाई सहमत गराउन नसकिएला र !? हाम्रो त अब जाने दिन पनि नजिक नजिक आइसकेको छ तर हाम्रो पछाडिका अरु ब्याचले हामीले जस्तै बल किन्ने बेलामा सधैं पैसा उठाउदै हिंड्न नपरोस ।

अन्तमा, यसरी सबै सँगै मिलेर रमाइलो गरेको, साथै बसेर खाएको अन्तिम दिन नभैदियोस । बिजया दशमीको यस् पावन अबसरमा सबै साथीहरुलाई दुर्गा माताले सुख शान्ती प्रदान गरुन् । जीवनमा आइपर्ने अनेक बाधा अबरोधहरु छिचोल्न सफल पारुन् । जिन्दगीका अध्यारा पाटाहरुलाई बिर्सेंर उज्यालो तिर लम्केका पाइलाहरु नथाकेर बदिरहुन् । यही कामना सहित यस खेललाई आयोजना गर्ने देखी सफल पार्न मुख्य भूमिका खेल्ने केशब धामी सर र सबैका लागि मिठो खानेकुरा तयार पार्ने राजन लुईटेल सर लाई बिशेष धन्यवाद दिदै बिदा हुन चाहन्छु । धन्यवाद ।”

मेरो मन्तब्य लगत्तै भोज शुरु भयो । खाने र पिउने काम सँग सँगै मनोरन्जन गर्ने काम पनि चलिरह्यो । सबैले आ-आफ्नो पुरा परिचय र आफ्नो छोटो ब्याक ग्राउन्ड बताउने कुरा राखें । रमाइलोको लागि सबैले एक एक वटा केही भन्न वा गर्न पनि मन्जुरी भयो । सबैको सहमति भए पछी त्यो क्रम चल्यो । सबैले पालै पालो दशैको शुभकामना पनि बाड्यौ । सबैको अनुहारमा भिन्नै चमक देखिन्थ्यो । सबैले सके जत्तिको रमाइलो गर्यौ । ११:३० बजे तिर पार्टी सकियो। टिकाको दिन फेरी यही भेला भएर नाचगान गरी रमाइलो गर्ने वाचाका साथ हामी छुट्टीयौ ।

टिकाको दिन निकै रमाइलो गरी नाचगान भयो, मैले पनि केही बेर रमाइलो मानी मानी हेरें । साँझ ८ बजेतिर शुरु भएको रमझम १०:३० सम्म चलि नै रह्यो । मलाई सबैले थुप्रै पटक नाच्न आग्रह गर्न थाले । नाच्नै पर्छ भनेर तान्न नै थालेपछि राजन सरलाई मैले मेरो तितो वास्तबिकता भन्न वाध्य भएँ । भलिबलमा प्रथम भएर पनि अबिर लगाएन मैले । दशमीको दिन पनि टिका लगाएन । पोहोर सालसम्म आफ्नो गाउँ-ठाउँ, परिवार र साथीसँगी भन्दा टादा रहेर मनाएको दशै भन्ने गर्थे तर अहिले बुवा बिनाको पहिलो दशै जबर्जस्ती मान्न वाध्य भैरहेको छु । धनीलाई दशै गरीबलाई दशा भनेको सुनेको थिएँ । हो रहेछ नै, धनको गरीबलाई भन्दा मनको गरीबलाई दशै त दशा नै बनेर आउदो रहेछ । इश्वरको लीला भनु या प्रक्रितिको नियम, एकदिन यस संसारबाट बिलाएर जानु त छदैछ तर पनि जीवन बाँचुन्जेल पिडा पनि सहनै पर्ने रहेछ । जीवनको सकारात्मक पक्षलाई सधैं माथि नै राख्नु पर्ने रहेछ । हामी प्रक्रिती र समयको दास हौं त्यसैले जे जे आइपर्छ चुपचाप आज्ञा पालन गर्नु नै हाम्रो कर्तब्य हो । त्यही नै हाम्रो धर्म हो, जित पनि हो ।

नेटको समस्या र निकाल्न नसकिएको बेफुर्सदिले दशैको शुभकामना पहिल्यै दिन सकिन । दिलै भए पनि मेरो ब्लग भिजिट गर्ने सम्पूर्ण परिचित-अपरिचित मित्रहरुमा दशैको हार्दिक शुभकामना । असत्यको हार र सत्यानाश भएर जावस, सधैं सत्यको जित भैइराखोस् ।
31 Sep,'09

Tuesday, September 29, 2009

बुवाको तस्बिर र दुई दिने डायरी

- २२ सेप्टेम्बर, ०९
रातभरी राम्ररी निन्द्रा लागेन । मनमा नानाभाँटी कुराहरु खेलिरहे । दाजुभाउजुले ब्रुनाइबाट पठाउनु भएको पार्सेल आज मात्र पाएकोछु तर खोल्ने साहास गर्न सकिन, त्यसैले जस्तो आएको थियो त्यस्तै राखेकोछु । शायद मेरो बदलामा अरु कोही भैदिएको भए हतार हतार खोलेर हेर्ने थियो होला । यदी फरक समय र फरक पार्सेल भएको खण्डमा मैले पनि मेरो हात पर्ना साथ खोलेर हेर्ने थिएँ होला । मान्छेको बिबशता पनि कस्तो कस्तो हुदो रहेछ । समयसँग जुध्न कति गाह्रो रहेछ, समयलाई स्विकार्न निकै कठिन रहेछ । राती एक बजेसम्म जाक्तै थिएँ, कोल्ते फेर्दा फेर्दै कतिबेला निदाएछु ।

- २३ सेप्टेम्बर, ०९
बिहान ५:४५ तिर उठेर हात-मुख धोएँ । हिजो मात्र पाएको त्यो पार्सेल वा बुवाको फोटो प्याक गरिएको बन्द खाम खोल्ने आँट गरेँ । खोलेर सादर दोघ गरेँ, सफा र चिल्लो सतहमा हात घुमाएँ अनि मेरो सामुन्ने टेबलमा सजाएँ । सधैं झै चार वटा धुप बालेर अगाडि राखिदिएँ । धुप सँग सँगै मेरो मन पनि जल्न खोज्यो, धुपको उडिरहेको त्यो धुवा सँगै कता कता मेरो मन पनि उड्न खोज्यो तर संयमित भएर आँफैले आँफैले रोकेँ । गह भरी आसुँ भरिए तर बग्न दिएन । एक गिलास चिसो पानी पिउने सोचें, सम्झिए बुवाको त्यो अन्तिम चित्कारमा आमाको क्रन्दन । दिमखोलाको चिसो पानी खाने सधैं सधैंलाई अपुरो भैदिएको बुवाको अन्तिम इच्छा । अरु दिन झै चाइनिज चियामा तातो पानी हालेर खान तम्सिएँ । फेरी झलक्क सम्झिएँ, बुवाले बिहान उठ्ने बित्तिकै तातो फिका चिया कहिल्यै नतुताइ सधैं खाने गर्नु भएको । स्याउ झिँके, दुध झिँके, केही कुनै पनि मुखमा हाल्न सकिन । मेरो आत्माले मलाई केही खाने अनुमती नै दिएन । बुवाको हातमा यि सब सुम्पिन मिल्ने भए ! मसँग भएका सबै खानेकुरा बाँडेर खान मिल्ने भए ! बुवाको आँखा एकोहोरो मतिर हेरिरहेका थिएँ । मेरो मन मान्दै मानेन, मलाई हेरेर टोलाई रहेका बुवाका ति दुई आँखाहरु अनि मन्द मुस्कान छरेर बोलाइरहेका झै लाग्ने बुवाका ति ओठहरु, बुवाको अती सुन्दर तस्बिरलाई जसरी हेर्दा पनि मलाई नै चियाइरहे जस्तो लागेर आयो । उहाँले बाँया हातमा लगाउनु भएको घडि, जुन उहाँको अबशेष र चिनोको रुपमा मात्र मसँग मेरो साथमा छ । पहेलो रङको कुर्चिमा बसेर आशिर्वाद दिइरहे जस्तो, गलत कुराबाट सचेत बनाउदै सहि बाटो देखाइरहे जस्तो । मेरै सामु बसेर दिब्य उपदेश दिइरहे जस्तो लाग्यो । मेरो अघिल्तिर मेरो अतितका कल्पना अनायास दोहोरिएर घुम्न थाल्यो । कुनै दिन सोचेको थिएँ, "समयले साथ दियो भने म मेरो बुवाआमा लगायत हाम्रो सम्पूर्ण परिवारलाई चाइना घुमाइ ल्याउनेछु । मैले पढेको क्लास रूम, म बसेको कोठा, सुतेको बेड, फोनमा उहाँहरु सँग कुरा गर्दा हिंडेका बाटा, घुमेका पार्क र ठाउँहरु देखाउनेछु । 'ग्रेट वाल' चदाउनेछु ।" समयले साथ नदिए पनि, भाग्यले घाट गरे पनि आज बुवाको तस्बिर यहाँ सम्म आएकोछ । फोटो मात्र भए पनि मेरो कोठामा आइपुगेकोमा साँच्चीकै बुवा नै आउनु भए जस्तो भाण भैरहेकोछ । मैले चाहेको पनि यही हो तर समय कति क्रुर, कति निर्मम हुदोरहेछ । कस्तो कस्तो अकल्पनिय दुर्दशा भोग्न वाध्य पार्दो रहेछ । भौतिक सम्पन्नता र सक्षमताले बलवान भन्दा पनि सर्बशक्तिमान त समय रहेछ । समयसँग आएको दुर्घटना रहेछ, दुर्घटनाको चोट रहेछ, चोटलाई सहनै पर्ने बिबशता रहेछ, बिबशतालाई जित्न सक्ने सिर्फ मन रहेछ । मनलाई पनि जित्न सक्ने आत्मबल मात्र रहेछ, केवल आत्मबल ।

बिहान क्लास थियो, क्लासबाट आएर मेरो सिरानीको ठीक माथि कार्ल मार्क्सको फोटो राखेँ । मार्क्सको दाँया बाँया माओत्से तुङ, मदर टेरेसा, गान्धी, चे ग्वभेरा, नेल्सन मण्डेला, शेक्सपियर लगायतका मेरा आदर्शहरुको फोटो टाँसे । कार्ल मार्क्सको सिधा माथि बुवाको फोटो राखेँ । विश्वका ति महामानवहरु लाई धेरैले आदर्श ब्यक्ति मान्छन् तर मेरो बुवा त मेरो लागि अनेक कोणबाट सबै भन्दा अग्लो, चौडा र ठुलो आदर्श हुनुहुन्छ । मेरो आदर्शहरु भन्दा पनि धेरै माथि म मेरो बुवालाई पाउछु । जती धेरै ति संसारकै आदर्शहरुबाट सिक्न सक्छु, त्यो भन्दा कयौ गुणा म मेरो बुवाबाट सिकेकोछु र सिक्छु । उनिहरुको जस्तै निश्चित सिद्दान्त र दर्शनका कुरा नहोला तर म मेरो बुवासँग सामाजिक व्यबहार बदी लिएकोछु । मैले सिद्दान्त र दर्शनका कुरा सामाजिक व्यबहारका एउटा भाग मात्र ठान्छु । मेरा ति आदर्शहरुको जीवनीबाट मैले जती प्रोत्साहन पाउछु, त्यो भन्दा धेरै माथि म मेरो बुवाको जीवनीमा पाउछु । मेरो बुवा मेरो लागि संसारका मेरो आदर्शहरुमा पनि आदर्श पुरुष हुनुहुन्छ, तसर्थ मेरो बुवाको तस्बिर सबैभन्दा ऊच्च स्थानमा राख्नु अनुचित हो जस्तो लाग्दैन । मैले सधैं मेरो मुटुको धद्कन सुन्ने गरेकोछु, मेरो आत्माको आज्ञा पालन गर्ने गरेकोछु । मेरो आत्मा यही भन्छ, "मेरो बुवा संसारका मेरा आदर्शहरुमा पनि आदर्श हुनुहुन्छ ।" उहाँको जती प्रभाव मेरो दैनिक जीवन र व्यबहारमा परेको छ, त्यती अरु कसैको पनि परेको छैन र पर्न सक्ने पनि छैन । उहाँको स्थान मेरो मन, मस्तिष्क र मुटुको ऊच्च सिहाँसनमा सधैं आसिन रहि रहनेछ र म आफ्नो सौभाग्य सम्झेर जीवनभरी निरन्तर पुजिरहनेछु ।

Tuesday, September 22, 2009

ऊ अर्थात मेरो साथी

आग्रह गर्‍यो,
उसको आँखामा चियाएँ
कत्ती विश्वाश त लागेन
तर पनि
उसको बिनम्रतालाई स्विकारीदिएँ
शरण पर्नेलाई मरन नगरु सोची
आफ्नो काध थापिदिएँ
आफ्नो सँगै उसको पनि भार थामिदिएँ ।

रात रहे अग्राख पलाउँछ रे
कति नै समय पो लाग्दो रहेछ र !
सोचाइ फेरिएको, मन बदलिएको भ्रम पार्न
स्वयम मान्छेकै सक्कली आवरन लुकाउन
फेरी कति दिन नै लाग्दो रहेछ र !
स्वयम मान्छेले पुरानै अनुहार देखाउन पनि ।

उसको एक्लोपनमा साथी बनिदिएँ
उसको दोधारमा सहि निर्णय लिइदिएँ
उसको दु:खमा मेरो सुख सुम्पिदिएँ
तर,
तर आज त ऊ
ऊ मेरो साथी
मेरो प्रगतिमा डाहा गर्छ
मेरो सफलटामा मनभरी जल्छ
मेरो पिडामा नून-खुर्सानी छर्कने
खुब रहर पो गर्छ
बाटोमा हिंडेका मेरो पाईलै पिच्छे
सकी नसकी छिर्के हाल्छ
मेरो मुटु तुक्रिएर बहेका आँशुमा
निकै आनन्दको शितलता खोज्छ
मेरो भित्री खुशीमा उसको आत्मा जलन हुन्छ
वा क्या जान्ने र बुझ्ने भएछ ऊ त
ऊ अर्थात मेरो मिल्ने साथी

आफैलाई रिझाउन अरुलाई बिझाउने भएछ
खोला तरेर लौरो बिर्सने बिचार बोक्ने भएछ
दुध पिएर उल्तै बिष डस्ने भएछ
ऊ अर्थात मेरो अत्ति नै मिल्ने साथी । ।

मेरो साथी

साथी
चदेर मेरो बुई
पुग सबै भन्दा माथि ।

साथी
थिचेर मेरो घाँटी
बन संसारकै आँटी ।

साथी
साटेर मेरै छाती
हुनु दुनियाँमै जाती ।

साथी
सुखलाई त्यागी
रह सधैं खुशी ।

साथी
बन्धनलाई तोडि
बदी राख अघी अघी ।

साथी
आँफैलाई जिती
बसाउ जितको तिथी ।

साथी
राखेर ह्रिदय साक्षी
म सदा तिम्रै हुँ साथी ।

25 Jan, 2011  

Monday, September 21, 2009

धेरै पछी आज

हाम्रो युनिभर्सिटी नयाँ ठाउँमा सारीसके पछी होस्टेलमा ईन्टरनेटको ब्यबस्था गरिसकेको छैन । नेट चलाऊने भए युनिभर्सिटी एरिया भित्र नै रहेको साईबरमा कहिले काही गएर एकछिन बस्यो, मेल चेक गर्‍यो अनी रूम फर्क्यो। जहिले साईबर आउन समय त्यती मिल्दैन । आउँदा पनि ब्लगमा पोस्ट गर्न सोचे जत्ती सजिलो छैन । ब्लग, फेसबूक, हाइ५, युत्युब जस्ता साईटहरु चाइनामा ब्लक गरेको छ । प्रोक्जी साईटको सहायाताले चलाइरहेका थियौ अब त त्यो पनि ब्लक गरेको छ । फेसबुक मित्रहरु सँग भेट हुन पाएको पनि छैन, न त ब्लग नै पोस्ट गर्न पाएको छु । कोठामा समय मिलाएर केही कबिता लेखेको थिएँ । सोचेको थिएँ, कुनै दिन साईबर जाँदा USB मा लगेर पोस्ट गरौला तर एक्कासी कम्प्युटर बिग्रेर सबै उड्यो । बिभिन्न साईटहरुमा गरेको कमेन्टका लिन्कहरु, फुर्सद मिल्दा तुङ्याउन बाँकी राखेका कबिताका केही अन्शहरु, बि.बि.सी. मा पढिएका मेरो स्रोता प्रतिकृया र आफ्नै आवाजमा प्रसारित स्रोता बिचार सबै हराएर गए । अघिल्लो महिनामा बिदा हुनुका साथै कोठामै नेट थियो र सजिलो थियो तर अहिले अली गाह्रो हुदो रहेछ । सोचेको जस्तो केही नहुने । फेसबुक बल्ल बल्ल खोलिन्छ तर होम पेज मात्र, अरु केही गर्न मिल्दैन । पढाई पनि अन्तिम बर्ष पुगिसकेकाले अली बदी समय दिने पनि सोचिरहेको छु । यस सेम्स्टेरमा निकै महत्वपूर्ण छ वटा बिषय छन । कोठामा नै नेट भएको खण्डमा ब्लग पोस्ट र साथीहरु सँग संपर्कमा रहन शायद त्यती गाह्रो नहोला । आशा गरौ, चाडै नेटको ब्यबस्था गरिनेछ । छिट्टै सोचे जसरी नै सबै कुरा सजिलै हुँदै जानेछ ।
21 Sept,'09

Wednesday, September 9, 2009

रातो भाले अर्थात 'द रेड कोङ्ची'

हाम्रो युनिभर्सिटी पुरानो ठाउँ शेङ्लिदोङ, वेइफ्याङबाट फुयान्शामा सरेको छ । ४औ र ५औ ब्याचहरुलाई हस्पिटल आउन जान नजिक पर्ने भएकाले उहाँहरुलाई उतै राखेको छ भने अरु सबै ब्याचहरुलाई यहाँ सारेको छ । सर्दा के कती झन्झट र अप्ठ्यारो ब्यहोर्नु पर्‍यो त्यो कुनै दिन अबश्य लेख्ने नै छु । अहिले भने म अलि भिन्नै कुरा लेख्न खोजी रहेको छु ।

हामी अगस्त २८ तारिखका दिनमा यता सरिसके पछी बिदा सकिन पनि एक हप्ता बाँकी नै थियो । मेरो ब्यग्तिगत दैनिकी भन्नु पर्दा बिहान उठेर मुख धोएर धुप बाल्नु, खाना खान बाहिर जानु, साथीहरुसँग गफ गर्दै कुनै राम्रो फिल्म वा कुनै डकुमेन्ट्री हेर्नु, साँझ तिर खेल्न ग्राउन्ड जानु बाहेक कुनै नौलो रहेन । त्यस बिचमा आफ्नो दैनिक जीवनलाई केही फरक बनाउन र रमाइलो गर्न साथीहरु सँग मिलेर भलिबल प्रतियोगिता राख्ने सल्लाह गर्यौ । खेल उपाधिको नाम 'द रेड कोङ्ची भलिबल कम्पेटिसन्' (कोङ्ची=चाइनिज भाषामा भाले )अर्थात ‘रातो भाले भलिबल प्रतियोगिता’ राख्यौ । खेल खेल्न उत्कृष्ट खेलाडिहरु छानेर उत्कृष्ट टिम बनाउने जिम्मेवारि अनुसार सबै क्याप्टेनहरुले आ-आफ्नो राम्रो टिम दर्ता गर्यौ । दर्ता गरिएका टिम र खेलाडिहरुको नाम जस अनुसार थियो ।

५औ ब्याच
१. बिनोद राना (क्याप्टेन)
२. देव राई
३. रत्न सुबेदी
४. कुमार श्रेष्ठ
५. बिकास श्रेष्ठ
६. नवाङ शेर्पा
७. सन्जित साह्

६औ र ७औ ब्याच
१. अक्ष थापा
२. ईन्द्र शाही
३. दावा लामा
४. सन्तोष कुँवर
५. दिनेश श्रेष्ठ
६. जीवन बुढा
७. चन्द्र जी. एम. (क्याप्टेन)

८औ, ९औ, १०औ र ११औ ब्याच (मिक्स)
१. राजु बिष्ट (क्याप्टेन)
2. सुशिल पोखरेल
3. सतिश चौधरी
४. अनिल यादव
५. तेज नारायण
६. केदार मण्डल
७. श्याम ठाकुर

खेल सन्चालन गर्न सजिलोको लागि प्रत्येक टिमबाट दुई/दुई जना अम्पायर चुन्यौ ।
५औ ब्याचबाट रत्न सुबेदी र बिकास श्रेष्ठ, ६औ र ७औ ब्याचबाट चन्द्र जी. एम. र दावा लामा तथा मिक्स टिमबाट राजु बिष्ट र सुशिल पोखरेल ।

खेललाई बदी प्रतिस्पर्धात्मक र अनुशासित तरिकाले सम्पन्न गर्न खेलाडिहरुको लागि सामान्य आचारसंहिता बनायौ र त्यो भन्दा बाहिर जान खोजेको खण्डमा रेफ्रीले गल्ती अनुसारको जुन सुकै पनि निर्णय गर्न सक्ने अधिकार रहेको जानकारी दियौ । त्यो आचारसंहितामा आफ्नो र टिमका खेलाडिको तर्फबाट टिम क्याप्टेनले प्रतिबद्दता जनाउने ब्यबस्था गर्यौ । जुन सारांशमा यस्तो थियो ।
" यस अन्तर ब्याच 'रातो भाले भलिबल' प्रतियोगितामा प्रथम चरणको खेल लिगको नियमानुसार खेलाइने छ र बराबरिको अवस्थामा स्कोरको आधारमा हेरिनेछ । दोश्रो चरणको खेल प्रथम स्थानको लागि बिजेता र उपबिजेता बिच खेलाइनेछ । खेल अबधी भर खेलाडीले पूर्ण रुपमा अनुशासनको पालना गर्नु पर्नेछ अन्यथा टिम क्याप्टेनहरुको सहमतिमा बनाइएको नियम अनुसार रेफ्रीले गरेको सम्पूर्ण निर्णय मान्य हुनेछ, मान्नु पर्नेछ । यदी केही कुरामा चित्त नबुझेर बेखुशी भएमा झै-झगडा गरेर परिस्थितीलाई जतील बनाउनु भन्दा पनि सम्बन्धित मान्छेहरु सँग सौहार्दपूर्ण बातावरणमा बसेर आफ्नो असन्टुष्ति राख्ने र सहि तरिकाले समस्याको उचित समाधान गरी त्यस बिषयलाई सकारात्मक दंगले तुङ्याउन मेरो ब्यग्तिगत र टिमको तर्फबाट प्रतिबद्दता ब्यक्त गर्दछु ।"

५औ ब्याच
बिनोद राना
६औ र ७औ ब्याच
चन्द्र जी. एम.
८औ, ९औ, १०औ र ११औ ब्याच (मिक्स)
राजु बिष्ट


फाईनल पुग्नु अगाडि तीन टिमका बिच लिग खेलाएर पहिलो र दोस्रो हुनेलाई अन्तिम भिडन्तमा उतार्ने निर्णय गर्यौ । त्यही अनुरुप सेप्तेम्बर ४ तारिख साँझ चित्ठा तिपाउने काम भयो । पहिलो खेल ५ तारिखका दिन बिहान ७ बजे ६औ र ७औ ब्याचको टिम र मिक्स टिम बिच भयो , जसमा ६औ र ७औ ब्याचको टिम सोझो सेटमा दुई खेल जित्न सफल भयो । दोस्रो खेल ६औ र ७औ को टिमका बिरुद्ध ५औ ब्याचको टिम थियो । त्यसमा पनि ६औ र ७औ को टिम २-१ को अग्रतामा जित हात पार्दै फाईनल प्रबेश पायो । अब फाईनल खेलको प्रतिस्पर्धी हुन ५औ ब्याच र मिक्स टिमको बिच खेल भयो । खेल ५औ ब्याचले सोझो सेटमा २-० ले जित्दै फाईनल यात्रा तय गर्‍यो । फाईनल खेल त्यही दिनको दिउसो ४ बजे निर्धारण गरिएको थियो । फाईनल खेल ५औ ब्याचका बिरुद्ध ६औ र ७औ ब्याचको टिम बिच थियो । 'बेस्ट अफ फाइभ' अनुसार भएको अन्तिम खेल ६औ र ७औ ब्याचको टिमले ५औ ब्याचको सिनियर टिमलाई १५-८, १५-११ र १५-५ को अवस्थामा सजिलै जित्न सफल भयो । ६औ र ७औ ब्याचको टिम अन्तत: उत्कृष्टहरुमा पनि सर्बोत्कृष्ट बन्न सफल भयो ।

प्रतियोगिताको प्रथम हुने टिम अथवा हाम्रो टिमले पाएको पुरुस्कार कुनै आफ्नो ब्यग्तिगत स्वार्थमा प्रयोग गर्नु थिएन । बरु आफ्नो जितको खुशीमा पूर्वयोजना अनुरुप साँझ ८ बजेदेखि राती ११ बजेसम्म सामुहिक भोजको आयोजना गर्यौ सबै र खेलाडी र आमन्त्रित सिनियर्सलाई एकै ठाउँमा बसेर रमाइलो गर्ने र भलाकुसारी सात्ने अबसर मिल्यो । हाम्रो मुख्य उद्देश्य हामीसँग छुट्टीएका सिनियरहरुसँग भेटघात गर्ने मौका मिलाउनु एवम खेलसंगै रमाइलो गर्नु र समयको पनि उपयोग गर्नु नै थियो । हाम्रो चाहना चाँही ५औ ब्याचदेखि ११औ ब्याचसम्मका सबैले एक अर्कालाई चिनजान गर्न र घुलमिल हुन सहयोग मिलोस भन्नु नै हो । हामी एउटै युनिभर्सिटीमा अध्ययन गरिरहेर पनि धेरै साँघुरो घेरामा बसिरहेका हुन्छौ, त्यो हताउनु खोज्नु पनि हाम्रो अर्को स्वार्थ थियो । रुपमा हेर्दा प्रतिस्पर्धात्मक कार्यक्रम हो तर पनि सारमा चाँही आपसी मिलाप र एक अर्काप्रती सहयोगको भावना जाग्रित गराउनु नै थियो, जुन कुरामा हामी सफल पनि रह्यौ भन्ने लाग्छ । सिनियरहरुको तर्फबाट उपहार स्वरुप भलिबल प्राप्त गर्नु र हामीले हाम्रो अतिथी मानेर सकेजतिको सत्कार गर्नु पक्कै पनि सानो कुरा होइन । सिनियर्सले खेल शुरु हुनु अगावै बल ल्याइदिएको जानकारी संगै प्रदान गर्नु, हामीले आ-आफ्नो कोर्टबाट नै ताली पितेर धन्यवाद दिनुले पनि खेलको महत्व अझै बदाएको थियो । खेलमा सबै खेलाडिहरुले अनुशासनको पूर्ण पालना गर्नुले पनि खेलको शालीनता र मान्यता थपेको थियो । भित्रैबाट गर्वले छाती फुलेको पनि थियो किन कि यस्तो आयोजना यो भन्दा पहिले यसरी विद्यार्थीको पहलमा भएको थिएन । पोहोर साल दशैमा गरेका थियौ र जितेका पनि थियौ तर त्यो भन्दा यसपाली धेरै कुरामा फरक थियो । त्यतिबेला दशैको नाममा बाजी मारेका थियौ, जितेका थियौ र एक्लै रमाएका थियौ तर यसपाली हामीले आफ्नो क्षमताले भ्याए सम्म सके जती ब्यबस्थित बनाउन सोच्यौ, समय खर्च्यौ, कार्यक्रमको सफल आयोजनाको लागि खत्यौ र अन्तिम समय सम्म पनि खतिरह्यौ । जित्न भन्दा हामी प्रतियोगिताको सफलताको लागि परिश्रम बदी गर्यौ । मलाई ब्यग्तिगत रुपमा हामीले राम्रो परम्पराको शुरुवात गर्यौ भन्ने लागि रहेको छ ।

हुन त खेलको सकारात्मक कुरा मात्र भएको होइन, एउटा बिर्सनै नसकिने कमजोरी हामीले सबैलाई सुचना दिन सकेनौ । कसैलाई प्रतियोगिता बारे ब्यापक प्रचार गर्न खताउन सकेनौ या आँफै खत्न सकेनौ जसले गर्दा केही गुनासा पनि सुनिए । एक हप्ताको समयमा हतार-हतार आयोजना गरिएको हुनाले पनि गल्ती भएको भएको हो कि ! भन्ने लागेको छ । अब भबिश्यमा ति र त्यस्ता भुल नगर्न प्रयास गर्ने मन मनै प्रण लिएका छौ । जितमा जित्ने र हारमा पनि नहार्ने आत्मबिश्वास बोकेका हामी यसरी नै सिक्दै जानु पर्छ भन्ने लाग्छ । साँझ पार्टी शुरु हुनु अगाडि मैले यो हार र जितको खेल भन्दा पनि सिनियर्स र जुनियर्सको मित्रता कस्ने दाउ भएकाले सबै साथीभाइले आफ्नो दिमागबाट हार र जितको मानसिकता हताएर आ-आफ्नो कुरा बिना संकोच निर्धक्क सात्न आग्रह गरेको थिएँ । बिनोद दाइले पनि हार र जितको खेल जुवामा मात्र हुने भएकाले यो खेललाई हामीले सँगै बसेर रमाइलो गरेको रुपमा मात्र बुझ्न भन्नु भयो । सबैले आउने दिनमा पनि यस्तो कार्यक्रम गर्न सुझाव दिए । सबैको एउटै प्रतिकृया थियो, कार्यक्रम निकै उत्साहजनक र सफल रह्यो ।

अन्तमा मलाई पनि भन्न मन लागिरहेको छ, हो कार्यक्रम सफल भएकै हो र हामी सफल भएकै हौ । सफल बन्न र बनाउन सहयोग गर्ने सहभागि टिमका खेलाडिहरुलाई हार्दिक धन्यवाद । खेललाई बदी रोमान्चक बनाउन २५ किलोमिटर टाढाबाट पनि खेल हेर्न आउने सिनियरहरु र यहिका जुनियर साथीहरुको माया पाएकोमा सबै खेलाडिको तर्फबाट मुरिमुरी धन्यवाद दिन चाहन्छु । खेलाडिहरुलाई पानीको ब्यबस्था गरिदिने सबै ब्याचका साथीहरु र आयोजनाको लागि सहयोग गर्ने सम्पूर्ण सिनियर र जुनियर साथीहरु प्रती आभार प्रकत गर्न चाहन्छु । आफ्नै ब्याचका साथीहरु दिनेश श्रेष्ठ र सन्तोष कुँवर (६औ ब्याच), दावा लामा (७औ ब्याच) र राजु बिष्ट र सुशिल पोखरेल (८औ ब्याच) लाई ह्रिदयदेखि नै बिशेष धन्यवाद दिएर पनि कम हुन्छ । हामी सबैको प्रयासले मात्र हामी सफल भएका हौ । शुरुबाट अन्त सम्म नै हामी सम्भव भए जती गर्यौ र गरिरह्यौ । फलत: हामीले राम्रो आयोजनाको अनुभव सँगालेर अब आउने दिनका लागि मार्ग सहज बनाएका छौ । भबिश्यमा नयाँ नयाँ कार्यक्रम आयोजना गर्ने आत्मबिश्वास थपेका छौ । मुख्य कुरा त हामीले राम्रो उदाहरण पेश गरेका छौ, जुन अरुले पनि सिक्न सक्ने छन र आउने दिनहरुमा पनि यसलाई एउटा परम्पराको रुपमा अगाडि बदाउनेछौ । पछी पछी सम्म पनि यसरी नै निरन्तर आयोजना हुँदै जानेछ,, भइरहनेछ । अहिलेलाई यही आशा र कामना गरौं ।

Thursday, August 27, 2009

वेइफ्याङको अन्तिम रात

आज वेइफ्याङको रात अन्तिम रात हुनेछ । तीन बर्ष अघी चाइना आए देखी यही बस्न थालेको यही घर जस्तै बनिसकेको थियो । अब हाम्रो युनिभर्सिटी यहाँबाट करिब २५ किलो मिटर पर फुयान्शा भन्ने नयाँ ठाउँमा सर्दैछ । अब फेरी कुनै नयाँ ठाउँमा जान लागेको जस्तो अनुभुती भैरहेको छ । मनमा फेरी नेपाल छाडेर चाइना आएको जस्तै लागिरहेको छ । पहिलो रात यसरी नै निदाउन गाह्रो भएको थियो, अब फेरी अन्तिम रात निदाउन झनै त्यो भन्दा अप्ठ्यारो लागिरहेको छ ।

अफिस पुरै उतै सारीसकेको छ । यहाँ हस्पितलमा प्री-इन्टर्न गरिरहेकालाई पनि अस्ति अगस्त २० तारिखमै उता अर्को बिल्डिङमा सारीसकेको छ । कोठा नम्बर पनि आइसक्यो । जीवन र मेरो २१३ रहेछ । हाम्रो ब्याचका नेपालीहरुको रुम नजिक नजिक नै परेको रहेछ । भोली बिहान ७ बजेबाट सर्न शुरु हुनेछ । त्यहा नेट पनि दिएको छैन । लो-बेड भनेको थियो, त्यो पनि हैन रहेछ । अब त पानी र बिजुलीको पनि मिटर अनुसार पैसा तिर्ने रे, जब कि होस्तेल फी भनेर एकमुस्त हामीले नयाँ सेसनको शुरुमै डलरमा तिरिसकेका हुन्छौ । खोइ के गर्न खोज्या हो अफिसले पनि । कहिल्यै पनि कुनै सहि काम गरेको जस्तो लाग्दैन । साना तिना कुरा देखी लिएर ठुलो कुराहरु पनि आफु खुशी गरिरहेको हुन्छ । कसैले भनेको सुन्न सक्दैन, न त हाम्रो भावना बुझ्न नै खोज्छ । हामीलाई यहाँ सम्म ल्याउने ईन्स्टिच्युट प्रती पनि कति आक्रोस राख्नु र ! उनिहरुले यहाँ आउँदा समेट त एकपटक एकछिन सम्म पनि हामीलाई भेत्दैनन् । उनिहरु उद्धेश्य सिर्फ पैसा कमाउनु थियो कमाइरहेका छन तर उनिहरु हामीबाट टाढा भागीरहेका छन । न त अफिससँग समन्बय गरिरहेका छन न त हामीसँग नै । बरु गल्ती भने निकै नै गर्दै गैरहेका छन । मैले कुनै दिन भेते भने उनिहरुले मेरो चरम असन्तुश्तिको सामना गर्नु पर्नेछ । उनिहरुले आफ्नो जिम्मेवारी एक प्रतिशत सम्म पनि निभाइरहेका छैनन । यस्ता दु:ख सुखका कुरा पछी कुनै दिन गरौला । आजलाई भने सामन प्याक गरेर सबै जना मिलेर बाहिर खान गएका थियौ । निकै रमाइलो भयो । थकाई पनि लागिरहेको छ । अब सुत्नु पर्ला, भोली चाडै उठेर सबै सामन ५ तला तल झार्नु छ । साथीहरुको समेट गरेर त करिब १० पटक नै तल माथि गर्नु पर्छ होला ।

अब फुयान्शा सरिसके पछी नेट हुँदैन साथै ५ तारिखबाट क्लास पनि स्टार्ट हुन्छ । फेसबुकका मित्रहरुसँग पनि निरन्तर संपर्कमा हुन सकिदैन । ब्लग अपडेत गर्न पनि मिल्दैन । बिदा सकिएर पढाई शुरु भएपछी अहिले जस्तै सजिलै फुर्सद पनि मिल्दैन । मैले यि सबै कुरामा सम्भव भएसम्म निरन्तरता दिने प्रयास गर्नेछु । मैले यसबाट हौशला र माया दुबै पाइरहेको छु । यसले मलाई सहि बाटोमा हिडिरहन र आफ्नो कर्तब्य प्रती बदी जिम्मेवार बन्न सहयोग गरिरहेका हुन्छन । यस्तो प्रोत्साहनबाट आफुलाई बन्चित गर्नु आँफै माथि नेल ठोक्नु सरह हो ।

अन्तमा, मनमा एउटै आशा र विश्वाश छ कि जसरी साथीहरुसँग वेइफ्याङमा जीवनको महत्वपूर्ण अध्ययन समय बितायौ, यसरी नै त्यहा पनि हामीले रमाइलोसँग नै ज्ञान आर्जन गर्न हाम्रो पढाई सुचारु गर्नेछौ । हाम्रो नौलो ठाउँको बसाइ नौलो अनुभव सँगाल्ने नौलो अबसर हुनेछ । हामी सबै साथी-भाइबहिनीहरु नयाँ ठाउँमा गएर ज्ञान र मित्रताको नयाँ अभ्यास गर्नेछौ । वेइफ्याङको निश्छल माया, ममता र न्यानो अँगालोको लागि ऋनी छौ । घर छाडेर धेरै टाढा आएका हामी प्रदेशिहरुलाई आफ्नै घरको बातावरण झै लाग्ने यो वेइफ्याङ छाड्नु पर्दा नरमाइलो लागि रहे पनि वेइफ्याङको असिमीत सम्झना हामीसँग हुनेछ । जुन दिन हामी वेइफ्याङ भुल्नेछौ, हामी आफ्नै जीवनको एक अती महत्वपूर्ण कालखण्ड भुल्नेछौ । त्यतिबेला वेइफ्याङले धिक्कार्ने छ, आफ्नै जीवनले धिक्कार्नेछ । आँफैले आँफैलाई धिक्कार्नु पर्नेछ । अहिलेलाई बिदा वेइफ्याङ ! धन्यवाद तिम्रो कोमल अँगालोको लागि, हाम्रो लक्ष्य र खुशीको श्रीमार्गका लागि ।
27 Aug,'09

Wednesday, August 26, 2009

बिदा Drsuchan

" 'Drsuchan' लाई बिदाइ गर्ने सोचिरहेको छु तर अन्तिम हात हल्लाउन सकिरहेको छैन । निकै प्यारो हुदो रहेछ ख्याल ख्यालमै जुरेको पहिचान पनि.. अति नै गाह्रो हुदो रहेछ एउटा नाम त्याग्न पनि.. तर पनि देखिरहेको छु त्यागी बन्ने फगत सपना.. "

'Drsuchan' भन्ने उपनाम आफ्नो प्रोफाइलबाट हताउन खोजें तर कति प्रयास गर्दा पनि मन मानेन । अनायास राखिएको नाम पनि हताउन नसकेर बेचैन भएँ । फेसबुक बनाउदा यही नाम राखेको रहेछु । थाहा थिएन, त्यसपछी नजानिदो गरी हाम्रो सामिप्यता प्रगाद भैसकेको रहेछ । अनी आफ्नो बाध्यता फेसबुकमा यसरी नै पोखिदिएँ ।

मेरो उक्त बिचार देखेर दाजुहरु राम कुमार श्रेष्ठ र के. बि. चाम्लिङ राई, दिदी रमा गौतम, मित्रहरु प्रगती राई, नरेन्द्र यादवले नाम नहताउन र कारण खुलाउन आग्रह गर्नुभयो । फेसबुक मित्रहरु अशोक पार्थिव तामाङ र देवदास पाटा मगरले पनि उहाँहरुकै कुरामा सहमति जनाउनु भयो । उहाँहरुको उत्सुकता मेत्ने अर्थ मसँग छैन, न त आग्रह पुरा गर्न सक्ने कुनै सहि उत्तर नै । उहाँहरुको जिज्ञासा शान्त पार्ने उचित शब्दहरु पनि म भेट्न सकिरहेको छैन । आफ्नै साथीहरुको पनि प्रश्न यही हुन्थ्यो । फेसबुकमा धेरै अपरिचित मित्रहरुले पनि सोध्नु हुन्थ्यो, कस्तो नाम हो यो ? अफ्रिकन लाग्ने, इतालियन जस्तो, फ्रेन्च किसिमको,.. तर मैले निरुत्तर हुनु बाहेक केही भन्न सक्दैन । बलियो अर्थ पनि केही छैन जसरी उहाँहरुले रहस्यात्मक सोच्नु भएको छ । जिस्कदै तार्दिन्छु, तर यो सानै घेरामा भए पनि मेरो सामान्य पहिचान बन्न थाले पछी चाँही म अली गम्भिर हुन थालेँ । आफ्नै युनिभर्सिटीमा पनि अब म 'Drsuchan' भनेर सम्बोधन गरिन थालेँ । त्यसैले, मैले यसलाई आफुबाट अलग बनाउनु उपयुक्त ठानेँ ।

म यही नामको प्रशंगमा आफ्नो बाल्यकाल सम्झिन्छु र एउटा 'बाल संगठन' पनि । हाम्रो गाउँ जंकोट गा. बि. स. मा जती पनि १० देखी १५ बर्ष उमेरका हामीहरुले एउटा बाल संगठन निर्माण गरेका थियौ । त्यहाँ 'तोल बाल कमिती' हुँदै प्रत्येक वडामा एउटा 'वडा बाल कमिती' हुन्थ्यो । वडा कमितीको शिर्ष संगठन 'मुल कमिती' हुन्थ्यो । मुल कमिती अर्थात गा. बि. स. को मुल बाल संगठन । मुल संगठनको काम वडा कमितीको निर्माण र सन्चालन गर्ने, चाडपर्ब अनुसार शारीरिक, सांस्कृतिक र साहित्यिक केही नयाँ प्रतिस्पर्धात्मक कार्यक्रम 'सेट' गरेर आयोजना गर्ने, गाउँमा एक्लो बुदा-बुदीहरुलाई खेतमा श्रम सहयोग गर्ने र अर्को गा. बि. स. को संगठनसँग राम्रो सम्बन्ध बिस्तार गर्ने । हाम्रो संगठनको प्रमुख उढेश्य चाँही हामी बालकहरु समाजसेवा प्रती प्रेरित हुनु तथा शारीरिक र बौदिक बिकास गर्नु थियो । हामीलाई सल्लाह र सुझाव दिने गाउँका दाइ-दिदिहरु हुनुहुन्थ्यो । बिशेष गरी तिहारमा हामीले सबै संगठन एउटै समुहमा मिसिएर देउसी-भैलो खेल्दा निकै रमाइलो हुनुका साथै पैसा पनि निकै उठाउथ्यौ । त्यही पैसाले पछी खेलकुदका सामाग्री किन्नुका साथै अत्ती गरीबहरुलाई सहयोग गर्थ्यौ । बाँकी पैसा ब्याजमा रिन दिन्थ्यौ ।

मेरो उमेर सानै भए पनि म मुल समितिको सचिव छानिएको थिएँ । खेलकुद र पढाईमा राम्रो थिएँ, तर बदी चाँही सबैले मैले भनेको नकार्न सक्दैनथिए र अरु भन्दा अली समन्वय गर्न सक्थें । त्यो हाम्रो संगठन निकै उर्बर हुँदै थियो । हाम्रो मानसिक बिकास पनि आशातित तरिकाले अघी बदिरहेको थियो तर त्यसैबेला ०५२ फाल्गुन १ गत्तेबाट माओवादी जनयुद्धको थालनी भयो । हाम्रो संगठन जस्तै अरु ठाउँका संगठनका साथीहरुलाई क्रान्तिकारी र माओवादीको संगठन भएको आरोपमा कुटपिट गर्ने र जेल लग्न थालेको कुराले हामी पनि निकै डरायौ । अन्त्यमा दाइ-दिदिहरुले आफ्नो सहि नाम नलेखेर उपनामको प्रयोग गर्न सल्लाह दिनुभयो । हामी बैठक बस्दा अब त्यसरी नै उपनाम राख्ने र त्यो नाम गोप्य राख्ने कुरामा मन्जुर भयौ । अब म 'सचिव सन्देश' भएँ ।

०५५ सालमा म पढ्न भनेर दाङ झरे । मैले अर्कैलाई जिम्मेवारी दिन अनुरोध गर्दा पनि साथीहरुले एक बर्षसम्म हताउन मानेनन् । एक बर्ष पछी भने मेरो भब्य बिदाइ भयो । सबै तोल कमितिका साथीहरु पनि आएर कलम र डायरी उपहार दिएको भर्खर जस्तो लाग्छ । ४ जना साथीहरु मिलेर बल्ल त्यो उपहारहरु बोकेर घर सम्म पुर्याएका थियौ । त्यस दिन हामी सबैजना निकै रोयौ । त्यो दिन ०५६ सालको श्रावन १६ गत्ते थियो । त्यतिन्जेल मैले दाङबाट नै भए पनि सचिव सन्देश भएर मासिक लेबी ५ रुपैया पठाइरहें । बिदाइपछी भने म सल्लाहकार भएँ । पछी सबै साथीहरु ठुलो हुँदै गएपछी कोही कता कोही कता भएर संगठनले निरन्तरता पाउन सकेन । पछाडिका भाइ-बहिनिहरु पनि अब बोर्डिङ पढ्न सदरमुकाम र शहरतिर बस्न थालेँ । त्यो हाम्रो प्यारो संगठन त्यत्तिकै हराएर गयो । सन्देश नाम पनि बिलाएर गयो । यसरी मेरो पहिलो उपनामको पनि अन्त्य भयो ।

स्कुले जीवनमा कहिले काही सन्देशको याद आउनु बाहेक कुनै उपनाम मोह बिना नै यत्तिकै बित्यो । कलेजमा आइसके पछी शुरुवाती दिनमै निबन्ध प्रतियोगिता जितें । फेरी केही लेख्ने रहर जागेर आउन थाल्यो । यसै बखत प्रिन्सिपल के. पि. सरले बोलाएर अझै चिन्तन मनन गर्दै यथार्थ लेखाइको कामना गर्नुभयो । त्यही बेलाबाट भित्र भित्रै आँफैमा 'चिन्तन मगर' ले गर्भ गर्न थाल्यो । पासपोर्ट झिकाउदा नाम चन्द्र भए पनि यही नाममा सहि भरेको रहेछु । बि.बि.सी. मा प्रतिकृया पठाउदा होस् या कुनै साइतमा आफ्नो बिचार दिदा, 'चन्द्र चिन्तन' ले नै दिएको हुन्छ । तर दुई बर्षअघी देखी फेरी अर्को नाम अनायास जुर्यो । कुनै साईटमा 'लग इन' गर्न कसैसँग नमिल्ने नामको आबस्यक पर्‍यो । साथीको सल्लाहमा त्यही दिन जुर्यो अर्को नाम सुचन 'Suchan' । 'सु' 'चन' अर्थात चन्द्रलाई सबै शुभ नै शुभ हुने । नेपालीमा वाक्यलाई अगाडि 'सु' प्रत्यय थपियो भने यसै सुघन्ध, सुमधुर, सुमन, सुप्रिया,.. यस्तै यस्तै । सुचनलाई अझै फरक बनाउन डा. 'Dr' थप्ने सुझाव पाएँ मैले । Drsuchan भनेर फेसबुकमा पनि त्यही नाम राखेछु । फलत: थुप्रै साथीहरुको थुप्रैपटक प्रश्नको सामना गर्नु पर्‍यो । म शब्दहिन र अनुत्तरित भएर बस्न वाध्य भएँ । कसैलाई पनि चित्त बुझ्दो जवाफ दिन सकिन । चिन्तन मगर त अहिले कतै रछ्यानमा अलपत्र परेर पल्तिरहेछ । Drsuchan ले पो ब्यर्थ पहिचान बनाइरहेछ । सबैको माया लुतिरहेछ ।

"मृत्‍यु पछी शरीर शान्तिमा मिल्छ तर नाम अनन्त कालसम्म बाँचिरहन्छ ।" हो, अहिले म बाइबलमा लेखिएको यही भनाइ सम्झिरहेको छु । हामी एकदिन अबस्य पनि मरेर जान्छौ तर केही राम्रो गर्न सक्यौ भने हामी बाँचिरहने भनेको त नाम बाट नै हो । सधैं जीबित रहन्छौ भन्नु मुर्खाइ मात्र होइन अज्ञानता र भ्रम पनि हो । त्यसैले बाँच्ने भए पनि चन्द्र बाच्छ, चन्द्रको आयु Drsuchan द्वारा खोसिनु हुँदैन । Drsuchan को बिदाइमा चन्द्रले न्याय पाउछ, चिन्तनले पुनर्जन्म पाउन सम्भव छ भने यो कदापी अन्याय हुन सक्दैन । Drsuchan को हत्या गरेको होइन मैले । कुनै एउटा प्राणी पनि मेरो कारणले मारिनु नपरोस भन्ने चाहन्छु, कसैले पनि आफ्नो अधिकारबाट बन्चित हुनु नपरोस भन्ने चाहन्छु म, त्यसैले कसैको बध गर्ने सोच्न सम्म पनि सक्दैन । यसर्थ, Drsuchan को बिदाइ गर्नु मेरो कर्तब्य हो । रामायणमा रामले प्यारो भाई लक्षमनलाई त्यागे जसरी नै एउटा पिडादायी निर्णय गरिरहेको छु मैले । खोइ कसरी यती नजिक भएछ Drsuchan । नाता गहिरो भए पनि धेरै गहिरो बन्नु अगावै बिदा भन्न चाहन्छु ।

अन्त्यमा Drsuchan कै नामबाट नेपाली प्रेसमा प्रकाशित एउटा कबिता Drsuchan लाई समर्पन गर्न चाहन्छु । यो कबिता जून १५, २००९ को Global Day of Action Against Indian Aggression in Nepal 'भारतीय बिस्तारवाद बिरुद्ध अभियान' को अबसरमा लेखिएको हो, जुन बेला माधव नेपालले प्रधानमन्त्री हुन नवलपरासीको सुस्ता र दाङको कोइलावास भारतलाई चदाएको कुरा देशभरि उठिरहेको थियो । पररास्त्रमन्त्री सुजाता कोइराला भारतीय दुतावासको ढोकामै उभिएर भारतले सिमा कहिल्यै कतै नमिचेको जानकारी पत्रकारहरुलाई दिदै थिइन । रामशरण महत अमेरिकामा 'भ्रम र सेन्टिमेन्ट'को पछाडि नलाग्न नेपालीलाई सुझाव दिदै थिए । माओवादीहरु यसैलाई तेकेर राष्ट्रियताको नारा घन्काउदै सत्ताको मियो ताक्दै थिए । एमाले बैचारिक प्यारालाइसिसले थला परेर न केही बोल्ने न सुन्ने अवस्थामा थियो । उपेन्द्र यादवले भारतसंगका सिमा बिबाद त्यती गम्भिर नभएको सुचना गर्वका साथ दिदै थिए । तर बिडम्बना ! सिमाका नेपालीहरु आफ्नो घरखेत लुतिएकाले आसुँ बोकेर दाङको घोराही पुगेका थिए । आफ्नो छोरी चेलीको इज्जत लुतिएका र मारिएकाले आफ्नो ज्यान बचाउनलाइ मात्र भए पनि भागेका थिए । आफु कुन देशको नागरिक खुत्याउन आफ्नो सरकार खोज्न निस्किएका थिए । यहिबेला Drsuchan ले एउटा कबिता जन्मायो । भावना र बिद्रोहमा एउटा रचना रच्यो र यसलाई फेसबुकको मेरो नोटबाट राम कुमार श्रेष्ठ दाइले Drsuchan कै नाममा नेपाली प्रेसलाई दिनु भएको रहेछ ।

मेरो प्यारो Drsuchan, आजबाट हामी नजिक नजिक होइन टाढा र झन झन टाढा भएर जानेछौ तर पनि मैले तिम्रो माया चटक्क भने भुल्ने छैन । तिमी मेरो यादमा रहिरहनेछौ । मेरो मिठो अतित भनेर यादमा आइ नै रहनेछौ । हामी अब संगै नभए पनि मेरो असीम माया र आदर पाइ नै रहनेछौ किन कि तिमीले त्यसरी नै माया र आदर गरेका थियौ र गरिरहेका छौ । तिमीसँग मेरो कुनै गुनासो छैन । मेरो जिन्दगीको कुनै पलमा आयौ, एउटा ऋतु रमनीय बनाइ सजायौ र छुट्तियौ । हाम्रो सम्बन्ध कालान्तर सम्म नरहने भयो, यही हो दु:खको कुरा तर पनि कुनै खेद छैन । हामी सधैं साथै हुनु पर्छ भन्ने पनि त छैन । अब तिमीले मलाई जस्तै माया अरुलाई दिनुपर्छ, मायालु बनेर । मेरो इन्कारमा तिमीले निष्ठुरी बन्नु हुँदैन, न त हरेश खान नै हुन्छ । तिमीलाई मैले सम्झिरहनेछु । यदी तिम्रो सम्झनामा म हुन्छु र मेरो कल्पनामा तिमी हुन्छौ भने यसलाई हामी बिछोड पनि मान्नु हुँदैन । बिछोडले त रुवाउछ, दु:खाउछ, पागल बनाउछ । हामी धैर्य छौ र आ-आफ्नो कर्तब्य बुझेका छौ, तसर्थ हाम्रो चोखो प्रेममा त्याग गरेका छौ । भनिन्छ नि, प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ । यो पूर्ण रुपमा मान्न त तयार छैन तर अंशिक रुपमा चाँही सहि नै रहेछ । अब Drsuchan र चन्द्रको नातामा पनि त्याग गर्ने दिन आयो र मैले यो अत्याबश्यक त्याग गर्दैछु ।

यत्रो समय हामी साथै रह्यौ तर Drsuchan को महत्व थाहा थिएन तर जब मैले यसलाई नै त्याग्ने निर्णय गरें तब मात्र निकै माया बदेर गैरहेको छ । मेरो आफ्नै स्वभाव छ, हतारमा निर्णय नलिने तर लिइ सके पछी फेरी हत्तपत्त फिर्ता नलिने । समय अभावमा चाडै निर्णय गरिदिने तर समय प्रशस्त हुँदासम्म चाँही सके सम्म भरपुर प्रयोग गर्ने । कठोरतामा कोमलता बचाउने र कोमलतामा कठोरता देखाउने अर्थात निर्ममतामा नरमतालाई जिताउने र नरमतामा निर्ममतालाई जिताउने । यहाँ मेरो त्यही भिन्न बानीको प्रयोग गरें मैले । Drsuchan प्यारो छ तर त्यो भन्दा प्यारो चिन्तन धेरै गुना प्यारो छ, अझै त्यो भन्दा पनि चन्द्र प्यारो छ । बिदाइ आखिर बिदाइ त हो, सानो होस् या ठुलो ! मन त दुखिहाल्दो रहेछ । अन्तिम बिदाइ गर्दैछु मेरो प्यारो 'Drsuchan'.. दुख्ने त छाडेर जानेलाई भन्दा पनि छादिनेलाई हुदोरहेछ । आज म कति मर्माहत छु आफ्नो प्रेमिका गुमाएको प्रेमी जत्तिकै, र पनि बिबश छु सहन यि सब ब्यथाहरु । जानी जानी गरिएको बिदाइ अझै गाह्रो हुदोरहेछ । बिछोड सुखद भएको कहिले पो होला र ! आँफै बनेको सम्बन्ध चुदाउन कस्लाई पो सजिलो हुन्थ्यो होला र ! Drsuchan, फेरी पनि भन्न चाहन्छु, मैले तिम्रो हत्या गरेको होइन, बिदाइ गरेको मात्र हुँ । Drsuchan, तिम्रै नाममा प्रकाशित यो 'अपुर्ण कविता' समर्पन गर्दै बिदाइको अन्तिम हात हल्लाइरहेको छु,..

" अपुर्ण कविता "
-----------------

Dr suchan Magar

हे साथी हो !
अब त उठौ !
चेतनाको नयाँ यात्रा थालौ ।
स्वाविमानको आफ्नोपन खोजौ ।।

कालापानीमा बिदेशी परेड खेल्दा
सुस्तामा सिमा स्तम्भ मिचिइदा
छोरी चेलीको अस्मिता लुतिइदा
बस्तिमा आगो लगाइ अत्याचार गरिइदा
दुख्यो, जति दुख्नुछ दुखिसक्यो
दुख्न के नै पो बाँकी छ र !?
झुक्यो, जति झुक्नुछ झुकिसक्यो
झुक्न अझै के नै पो बाँकी रह्यो र !?

हे युवा हो !
अब त बिउझौ !
गौरबको नौलो कथा रचौ ।
अस्तित्वको शान्ती युद्द्व छेडौ ।।
( जुनदिन हाम्रो देशलाई हामीले बिदेशी हस्तक्षपबाट मुक्त गर्नेछौ र हामीले चाहेको जस्तो स्वतन्त्र राष्ट्रको महशुस गर्नेछौ, त्यही दिन मात्र फेरी अर्को शीर्षकमा एउटा कविता लेखिनेछ.. पूर्ण कविता । हो, हामी पूर्ण कविता लेख्नै पर्छ । भिन्न सिर्जनाको सुनौलो रचना गर्नै पर्छ । एकै स्वरमा मिलेर राष्ट्रिय गीत गाउनै पर्छ ।
मरेर होईन, बचेँर लडौ !
हटेर होईन, डतेर बदौ !!
हारेर होईन, जितेर बाँचौ !!! )
___यो कबिता जून १५, २००९ को Global Day of Action Against Indian Aggression in Nepal 'भारतीय बिस्तारवाद बिरुद्धको अभियान' को अबसरमा लेखिएको हो । ( http://www.nepalipress.net/news_main_n.php?id=763)

पहिलो उपनाम सन्देश त्यसरी जन्मिएर त्यसरी अन्त भयो । यसरी सिर्जिएर Drsuchan यसरी नै अन्त पनि भयो ।
26 Aug,'09

Saturday, August 22, 2009

तीजको शुभकामना


म ९/१० बर्षको हुदो हुँ । गाउँमा एक प्रकारको फरक रौनक छाउथ्यो, त्यो पनि बिशेष गरी ग्रिहिणी र छोरी चेलीहरुमा । हरितालिका तीज आउन एक महिना जती अगाडि नै गाउँमा निकै चहलपहल शुरु हुन्थ्यो । सबै महिलाहरुले एक आपसमा भेटेर कहिले देखी नाँच्न थाल्ने हो सल्लाह गर्ने गर्दथे । बुदी उमेरका बज्यैहरु देखी सानी बच्चा उमेरका बहिनिहरु पनि तीज आएकोमा निकै खुशी हुन्थे । दिनभरी मेलापात सकाएर राती खाना खाइसकेपछी बल्ल गाउँको स्कुलमा सबै जना जम्मा हुन्थे । म पनि भाउजु र दिदीहरु सँग सँगै नाच हेर्न जान्थें । बर्षाको बेला भएकाले घरबाट निस्कदा प्राय: पानी परिरहेको हुन्थ्यो, त्यती मात्र नभएर निस्पट्ट अध्यारो पनि हुन्थ्यो । दिनभरि खेतमा कडा परिश्रम गरेर जती सुकै थकाई लागे पनि साँझ भने सबै भेला हुन्थे । गाउँभन्दा धेरै टादाबाट पनि नाँच्न र नाँच हेर्न आउने गर्दथे । कोठाको अध्यारो चिर्न सबैले पालो पालो गरी जसो तसो लाल्तिन लिउने पालो हुन्थ्यो, कि त पैसा उठाएर मट्टितेल किन्ने गर्दथे । त्यसैको मधुरो उज्यालोमा मध्य रातसम्म पनि गाउने र नाँच्ने गर्दथे । सधैंजसो पानीमा रुझ्दै र बिझ्दै नै भए पनि सबै जना सके जती स्कूलमा छिटो भेला हुने गर्दथे ।

म सानैदेखी अली लजालु स्वभावको थिएँ । तै पनि, मैले मादल बजाउन कहिल्यै सिकेन, हाम्रो घरमा पनि थिएन तर खै कसरी कताबाट मैले मादल बजाउन जानेछु । महिलाहरुमा मादल बजाउन अलिक राम्रो माइली सुनार्नीलाई मात्र आउथ्यो । घरको काम र सानो बच्चाहरु सम्हाल्नु पर्ने भएकाले उनी सधैं आउन सक्ने कुरै थिएन । त्यसैले, कान्छी दिदीलाई सबैले आउन र मलाई पनि साथमा ल्याउन सम्झाउथे । मलाई पनि जसरी भए पनि मादल बजाइदिन आउन भन्थे । सबैको प्यारो म, तिजको दिनसम्म त अझै प्रिय हुन्थें । शायद मादलको सुर-ताल मिलाउन बर्ष दिनमा आउने त्यही तिजले धेरै नै सिकाएको जस्तो लाग्छ । तिजको दिनमा समेट मलाई जसरी पनि मादल बजाइदिन आग्रह गर्थेँ । तिजको दिन बिभिन्न ठाउँबाट आएका समुहहरु हुन्थे । उनिहरुको एक आपसमा अघोषित प्रतिस्पर्धा पनि हुने गर्दथ्यो । नाच्नेहरुमा को भन्दा को कमको भावना हुन्थ्यो । हेर्नेहरुले पनि कुन गाउँको कस्ले राम्रो नाँच्यो भन्ने ध्यान हुन्थ्यो । स्कुलको चौर भरी नाच्ने र हेर्ने मान्छेहरु हुने भएकाले म लुकेर हेर्थे । कसैले देखेर मादल बजाउन बोलाऊलान् भन्ने डरले म साथीहरुको पछाडि उभिन्थें । उनिहरुको गीतमा नारिहरुकै पिर र ब्यथा हुन्थ्यो । माइतीको सम्झना, आफ्नो स्वामीको दिर्घायु कामना, छोरी हुनुको पिडा, रुदिवादी समाज प्रतिको गुनासो, पढ्न नपाएर जीवनमा पाएको दु:ख, छोरा र छोरीमा गरिएको भेदभाव, जन्म घर र बुवा आमालाई छाडेर कर्म घर जानु पर्दाको बाध्यता, समाजमा चल्दै आएको गलत संस्कार प्रति आपत्ति, यस्तै यस्तै हुन्थे उनिहरुको गीतहरुमा ।

म १४ बर्षको हुँदा बोर्डिङ स्कूलमा पढ्नका लागि दाङ झरेको थिएँ । त्यसपछी भने मलाई कहिल्यै आफ्नो दिदीबहिनीहरु त्यसरी दिल खोलेर नाचेको हेर्ने र गाएको सुन्ने सुनौलो मौका मिलेन । तिजको बहारसङै उनिहरुको मन निकै चङ्गा हुन्थ्यो, त्यो म जस्तो सानो बालकले पनि सजिलै बुझ्न सक्थें । घरको त्यती ठुलो भोजले थिचिएर पनि तिजको बेलामा त्यो अलिकती पनि आभास हुँदैनथ्यो । म अहिले पनि सम्झन्छु, दिनभरी घरधन्दाको थकानलाई बिर्सेंर कसरी त्यस्तो जाँगर र फुर्तिका साथ नाँच्न सकेका होलान् !? बिहानै फेरी उही जातोबाट शुरु हुन्थ्यो दिनचार्य । म दाङमा रहदा पनि तीजको दिन नाच हेर्न निस्कन्थें । प्रायजसो म नयाँ बजार र फुर्सेकालीतिर नाँचेको हेर्न जान्थें । त्यसपछी काठमाण्डौमा कलेज पदिरहदा चाँही पाटन र मंगलबजार तिर जान्थें । म जहाँ सुकै रहे पनि रमाइलो त हुन्थ्यो नै तर अर्को स्वार्थ चाँही मेरो बाल्यकालको तिर्सना मेटाउनु पनि हुन्थ्यो । सोचिरहेको हुन्थें, सुनिरहेको हुन्थें, "कान्छा, लौ मादल बजाइदिनु पर्‍यो ।" तर त्यो त मेरो कल्पना मात्र थियो । जे होस्, म जहाँ सुकै भए पनि तीज आउँदा म मेरो बाल्यकाल सधैं सम्झिरहेकै हुन्छु, ताजै पाइरहेको हुन्छु ।

यस पटक नेपालमा तीजको चहलपहल अली चाडै शुरु भए जस्तो लाग्यो । तीज आउनु धेरै अघी नै अनलाइन खबरहरु र दैनिक पत्रीकाहरुमा पनि रातो सारी पहिरिएका दिदी बहिनिहरुलाई देख्न सकिन्थ्यो । म सानो छदा गाउँमा सामान्य तरिकाले नै तीज मनाएको देखेको थिएँ । दाङमा अली ताम्झामका साथ मनाएको देखें । काठमाडौंमा त्यो अझै बदी देखें । मलाई त लागेको थियो, तीज महिलाहरुको लागि चलाएको बिशेष पर्ब हो । उनिहरुको दु:ख-ब्यथा पोख्न र बिर्साउन सिर्जाएको पर्ब हो । तर अहिले जती देखिरहेको छु, त्यो मेरो बाल बुझाई गलत साबित हुँदै गैरहेको छ । महिलाहरुको पर्ब भनेर मान्दै आएको परम्परा त रहेछ तर यो महिलाहरुको भन्दा पनि पुरुष अर्थात पतिहरुको लागि गरिएको भक्ति नै हो । पतिको स्वस्वास्थ्य र दिर्घायु कामनाको पवित्र बिचारले मनाइएको तिज सकारात्मक छ । सबैलाई आ-आफ्नो आस्था, विश्वाश र स्वतन्त्रताको उपयोग गर्ने अधिकार पनि छ तर तिजको नाममा गरगहना प्रदर्शन र आफ्नो स्वास्थ्यले साथ नदिदा नदिदै पनि लोग्नेको लागि ब्रत लिनु जस्ता बिकृतिलाई पक्कै पनि राम्रो मान्न सकिदैन । यस्ता खराब नियत र गलत प्रब्रितिलाई दिदीबहिनीहरुले पनि गम्भिर भएर सोच्नु उपयुक्त होला । फेरी तीज आँफैमा महिलाहरुलाई दास ठान्ने हिन्दू र परम्परावादिहरुले चलाएको कुसंस्कार मात्र हो । आफ्नो परम्परागत पर्बलाई मनाउने र जगेर्णा गर्ने नाममा बिसंगतिले पनि बदावा पाइरहेको देखिन्छ । पुरुषहरुले आफ्नो पत्नीको लागि कहिल्यै तिजको ब्रत बस्नु परेको छैन, न त छोरीहरुको लागि जितिया ब्रत नै बस्नु परिरहेकोछ । घर र समाज राख्न पत्नि र छोरीहरुको अहम भूमिका हुँदा हुँदै पनि उनिहरुले गुमनाम जीवन गुजार्नु पर्ने बाध्यता छ । 'महिला र पुरुष समान हुन्' भन्ने महिला अगुवाहरुले पनि तीजको नाममा पतीभक्तिको सान्दर्भिकता देख्नु निकै दयनीय कुरा हो । बर्षभरी नारी अधिकारको नारा भट्याउने, भाषन गर्ने तर व्याबहारिकतामा चाँही लोग्नेको हातगोडामा दोग्ने र पखालेर पानी खानुपर्छ भन्ने संकिर्ण मानसिकता नै मुख्य दोषी हो । समाजमा स्थापित महिलाहरुले सम्पूर्ण दिदी बहिनीहरुलाई तीजको औचित्य बारे प्रस्त पार्नु र सचेत गराउनु जरुरी देखिन्छ । शिक्षित दिदीबहिनीहरुले एक्लै परिवर्तन गर्न तम्सिएर मात्रै पनि समस्याको न्युनिकरण गर्न असम्भवप्राय छ त्यसैले सचेत पुरुषहरुसँग हातेमालो गर्दै सके जती परिवर्तन गर्ने प्रयासमा लाग्नु र लागिरहनु आबश्यक छ । पित्रीसत्तामक प्रणालीको आचरसंहितालाई नारी धर्म मानेर सधैं चुल्हो चौकोको चौघेरामै सिमीत भैरहेका दिदीबहिनीहरुले पनि आजको युग अनुसार त्यो भन्दा बाहिर निस्किने प्रयत्न गर्नु समयको अर्को माग भैसकेको छ । अन्तमा, हाम्रो सामु आइपुगेको हिन्दू महिलाहरुको यस महान पर्ब तीजको उपलक्ष्यमा संसारभर छरिएर रहनु भएका सम्पुर्ण दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, शान्ति एवम् उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु ।
22 Aug,'09

Friday, August 21, 2009

खुशी नै खुशीको पल

थाहा छैन खै के लेखु ! मेरो विचारमा शुरुमै सुन्दर शब्दहरुको उत्तर मैले धन्यवाद बाट नै दिनु बेस होला । धेरै धेरै धन्यवाद । यो मेरो भित्री मुटुको आवाज हो । शब्दहरु हराएको छु, सोचेको कुरा पनि लेख्न नसकेर अल्मलिरहेको छु, शायद लेख्ने मेरो पेशा नभएर हो वा यस्तो अवस्थालाई सजिलै फेस गर्न नसकेर हो । कसरी लेख्ने रे के लेख्ने भन्ने पनि थाहा छैन । तोलाइरहेको पनि छैन, बरु अतालि रहेको छु क्या र !

मैले ब्लग लेख्न शुरु गरेको पनि आज ठ्याक्क एक महिना पुगेछ । ब्लग लेख्न थालेको भरखर जस्तो पनि लाग्छ, धेरै समय भएको जस्तो पनि लाग्छ । एक महिना धेरै लामो समय पनि हो र एकदम छोटो समय पनि । जब मैले ब्लग लेख्न शुरु गरेको थिएँ, मलाई अरु कुराको कुनै ख्याल थिएन । सोचेको थिएन, मैले यती धेरै प्रतिकृया पाउछु भनेर, त्यो पनि सबै सकारात्मक । मैले त मात्र सोचेको थिएँ, मलाई लागेका कुरा लेख्छु । हो, केवल लेख्छु र लेखिरहन्छु ।

मैले पहिले पनि लेखेको थिएँ, मेरो ब्लगमा त्यस्तो कुनै नयाँ समाचार हुनेछैन, ज्ञान गुणका कुराहरु हुनेछैन, भाषा साहित्यका पवित्र खुराक पनि पस्किन सक्ने छैन । शिकारु हुँ, सके सुध्रिदै जान्छु नत्र स्वतन्त्र रुपमा सिक्न र रमाउनकै लागि ब्लग खोल्ने बिचार गरेको थिएँ । म यसमा आफुलाई लाग्ने जुनसुकै कुरा पनि लेखिरहन्छु किन कि आफ्नो ब्यग्तिगत शोख पुरा गर्न भनेर नै यो ब्लगको न्वारन गरेँ । आजको ठीक एक महिना अघी मसँग नभएका धेरै चिज अहिले आएर भेटाएको छु । कती त नयाँ साईनो पनि गासेको छु । ब्लग मुटु भएकोछ भने फेसबुक टेक्ने खुट्टा अर्थात आधार भएको छ । धेरै त मेरा फेसबुक मित्रहरुले भिजित गर्नु भएको होला र कमेन्ट पनि उहाँहरुकै बदी पाएको छु । सबै जनाले मलाई खुब माया गरेर फुर्काइ रहनु भएकोछ । मेरो ब्लगमा प्रतिकृया दिनेमा नरेन्द्र र गोपाल दुई जना मात्र हुन जो सँग मेरो प्रत्यक्ष चिन्जान र साथीको नाता छ, अरु त सबै ब्लग र फेसबुकले जुराइदिएका मित हुन । कहिल्यै नभेतेर, नबोलेर पनि कती नजिक छौ, कती बुझ्न सक्छौ एक अर्कालाई । यती छोटो समयमा यती धेरै साथीहरु निस्वार्थ माया सहित पाएकोमा आफ्नो भाग्यमाथि गर्व गर्नै पर्छ । अहिले मैले यो लेखिरहदा सम्म मेरो ब्लग प्रबेश गर्ने साथीहरुको सन्ख्या ९६९ पुगी सकेको रहेछ जुन प्रती दिन ३२ जना भन्दा बदीको आगमन हो । यसले म थप उत्साहित भएकोछु । आशा छ, मैले सधैं यस्तै माया पाइरहनेछु । बिभिन्न मुलुकमा रहनु हुने परिचित मित्रहरु मात्र नभएर अपरिचित मित्रहरुको आगमन पनि धेरै भएको पाएको छु । यसर्थ म अझै उत्साहित भएको छु ।

मैले मेरो ब्लग यात्राको बधाई र सफलताको शुभकामना दिने साथीहरु प्रती समर्पित गरेर उहाँहरुको प्रतिकृया जस्ताको त्यस्तै राखेकोछु । कसै कसैको अङ्रेजी वाक्यहरुलाई मात्र नेपालीमा उल्था गरेर नेपालीमै लेखिदिएको छु । अरु शिर्षकका प्रतिकृया समाबेश गरेको छैन, यो त केवल मेरो सानो प्रयासमा खुशी हुदै शब्दपुष्प ओइर्याउने साथीहरुको मात्र हो । उहाँहरुको यती धेरै सद्भाव र मायाले मलाई कहिल्यै थकित हुन दिने छैन भन्ने विश्वाश लिएकोछु । उहाँहरुको आश र भरोशा कुनै दिन तोद्ने दुस्प्रयास गरे भने मलाई जस्तो सुकै कठोर सजाय दिन सक्नु हुनेछ । म यि अमुल्य शब्दको ब्याज ठानेर चुपचाप सहिदिनेछु । एक महिनाको मेरो उपलब्धी यही शब्द हुन, मित्र हुन, आँफै जोडिएको साईनो हुन ।

बधाई छ चन्द्र जी, भान्जीको जन्ममा र ब्लग शुरुवातको !
भान्जीलाई स्वस्थ, सफल र दिर्घायु जीवनको शुभकामना !
ब्लगमा निरन्तरता र सफलताको शुभकामना !
- बसन्त, जापान

Happy birthday to your bhaanji and blog too. मैले तिम्रो सबै लेखहरु पढें । तिमीले लेखेका लेखहरु अति नै सान्दर्भिक छन्, साथै लेखन शैली पनि मन पर्दो छ । आशा छ, भबिश्यमा तिमी एउटा 'बेस्ट डाक्टर र राइटर' को रुपमा चिनेनेछौ । Waiting for next. Best of luck .
- नरेन्द्र यादव, सप्तरी

लौ ब्लग संसारमा तपाईलाई स्वागत छ है - अनि प्रगति गर्दै जानुहोस शुभकामना छ ।
- बेदनाथ पुलामी, कतार

लु बधाई अनि शुभकामना छ चन्द्र जी तपाईलाई, ब्लगर हुनुभएकोमा । मलाई त अरु केही भन्नै आएन । Happy blogging..
- कैलाश राई, नेपाल

निकै खुशीको कुरा । धेरै पछी तिम्रो केही पढ्न पाइयो शायद आँफै नयाँ टेक्नोलोजीसँग अभ्यस्त हुन नसकेर होला । whatever you are doing that’s wonderful.
- गोपाल गुरुङ, BPKIH, धरान

Glad to read your blog . I always try to be with young generation. We need doctors with research orientation not of money motive. आजकाल मौसम परिवर्तनले हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पारेर ठुलो चुनौती दिइ रहेको छ । यसको सामना गर्न सक्षम भन्नु होला । अनी ब्लग यात्राको लागि with regaards, all the best .
- पूर्वमन्त्री गणेश शाह

कर्म क्षेत्र फरक भए पनि आखिर भावनात्मक धरातल उही हो । म विश्वाश गर्दछु, मान्छेलाई तपाईं शारिरिक र भावनात्मक रुपमा चिर्न र सिउन सिपालु बन्दै हुनुहुन्छ । कलमहरु तिखारिदै जाउन अनी मसीहरु थपिदै.... शुभकामना चन्द्र जी लाई ।
- के. बि. चाम्लिङ राई

Got through your blog है.... मान्नै पर्छ, how you manage time to update those stuffs ??? त्यो पनि नेपालीमा.. great....
- रिया थापा, अमेरिका

I went through your blog. I really appreciate you n your talent. तपाईंको दृष्‍टिकोण र लेख्ने तरिका अनुसार तपाईं अरु केटा मान्छेहरु भन्दा धेरै कुरामा फरक हुनुहुन्छ जस्तो लाग्छ, जुन निकै उत्कृष्ट छ । म यत्ती भन्न चाहन्छु, भगवानले तपाईंको भाबी दिनहरुमा सफलता र धेरै खुशी मात्र दिउन । उज्वल भबिश्यको कामना ।
- हिमा पुन, नेपाल

फेसबुकमा नै भेटिएका र सधैं प्रोत्साहन गरिरहने मित्रहरु अनुकुल प्रकाश, कृष्ण पुर्जा, सन्तोष परियार, देवदास पाटा मगर, निश्प्रभ सजी, दुर्गा खरेल, सोनिया भण्डारी, सागर पाठक, रेनु गुरुङ, अशोक पार्थिव तामाङ,, डा. रबिन्द्र पाण्डे, गिर रोदन, राजन पाण्डे, दिपक परियार 'दिपशीखा', तिब्बत दर्लामी, मदन तामाङ,, सुमी के.सी., मनोज मगर लगायत सम्पूर्ण मित्रहरुको पोजेतिभ प्रतिकृया प्रती म सधैं ऋणी नै रहनेछु ।

प्रत्यक्ष होस् वा अप्रत्यक्ष सधैं लेख्न उक्साउने दाजुहरु नबिन बिभास र राम कुमार श्रेष्ठ तथा दिदीहरु रमा गौतम र माया थापा मगरको प्रोत्साहन कैहिल्यै बिर्सनै हुँदैन ।

दिनहु मेरो ब्लग पढेर मौखिक सल्लाह दिइ रहने साथी सन्तोष र ब्लग संसारका नयाँ कुराहरु खोतलेर प्रयोग गर्न सुझाव दिने साथी रिबेशको गुण अतुलनीय छ । नाम उल्लेख भएका या नभएका सबै मित्रहरु प्रती आभार प्रकट गर्न चाहन्छु ।

अन्त्यमा, सबै मित्रहरुले मेरो गल्ती खोजेर आफुलाई सुधार्ने र सच्चिने बाटो पनि देखाइदिनु होला । अहिलेसम्म एउटै पनि त्यस्तो कुनै सुझाव दिनु भएन । यदी मभित्रको म यत्तिकै भुलिरह्यो भने सिर्जिन खोजेको पनि बिलिन भएर जानेछ । बिगत एक महिनादेखी मैले आर्जेको महँगो धन भन्नु नै तपाईं सबैको ममता हो । मसँग त सिर्फ धन्यवाद र धन्यवादको अभिब्यक्ती बाहेक केही पनि छैन । मैले आँफैलाई प्रस्तुत गर्न सकिरहेको छैन । अब म जे छु, त्यही नै म हुँ । म जती छु, त्यती नै तपाईंहरुको हुँ । मेरो ब्लग यात्राको एक महिने यात्रीहरु पछी पछी सम्म र सधैं सधैंलाई सँगै रही रहौ भन्ने कामना सहित मेरो एक महिनाको ब्लग यात्रा तपाईंहरुले अति नै सुखद बनाइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु । तपाईंहरुको शब्द केवल शब्द मात्र हैनन यि त माया हुन, विश्वाश हुन , आशा-भरोशा, प्रोत्साहन, सबै हुन मेरो लागि । धन्यवाद सबैलाई ।
21 Aug,'09

Thursday, August 20, 2009

बुवाको दिनमा सन्तानहरुलाई

ए! जीबित बुवाका भाग्यमानी सन्तानहरु
सुनेर साक्षात इश्वरका एक-एक आशिर्वाद
प्रगती गर्दै र सफल बन्दै तिमी
दिनहुँ खुशी बनाउ तिम्रो जन्मदातालाई
न कि, आज मात्र धुमधाम पूजा गरेर ।

ए! संसारका बुवा गुमाउने अभागी सन्तानहरु
सम्झेर बुवाको दिब्य उपदेश
सपना साकार पार्दै जाउ, सुखी हुँदै जाउ
शान्ती दिलाउ बुवाको जिउदो आत्मालाई
न कि, दुखाउदै आफ्नो अतित सम्झेर ।।

जीवन यात्रामा बाधाहरु छिचोल्न
सधैं काँध हुन्छ बुवाको
अग्लो लक्ष्य लिइ शिखर चुमेपछी
त्यहाँ धाप हुन्छ बुवाकै
आफैलाई जितेर जित्न संसार
चोखो आशिष बुवाकै
बुवा हुन या नहुन साथमा
दिब्य शक्ति हुन हाम्रो बुवाहरु
जनम जनम अमर रहने
उच्च आदर्श हुन हाम्रो बुवाहरु ।।।
20 Aug,'09