एका बिहानै चिल घुम्न थाल्यो
चल्लाहरु डोकामा टोर कान्छा
साँझ साँझै बाघ घुर्न थाल्यो
बाख्राभेडा भित्र हुल कान्छा
दिउसै चोर लाग्न थाल्यो
'गर्लो' राम्ररी अड्काउ कान्छा
बाँदरले बाली नाश गर्न थाल्यो
बलियो बार लगाउ कान्छा
आफ्नैले जग्गा मिच्न थाले
खबरदारी गर कान्छा ।
झलझली सम्झिरहेछु
पुजनीय बुवा-आमा र
आदरनीय दाजुदिदिका
यि आदेश र आज्ञाहरु
तर म 'नोस्ताल्जिक' भएर होईन ।।
हिमालको यार्चा र पाँचऔंले
निर्बाध पल्लोपट्टि पुग्दा
पहाडमा दकमक्क फुलेको गुराँश
लज्जाबोधले ओइलिएर झर्यो
तराइमा लतरम्म फलेको मेवा
अपमानले कुहिएर सुक्यो
तर म नतमस्तक भएर
गमक्क परेर चुपचाप हेरिरहेँ
कहिल्यै सन्ताप गरिन
पिरले शोकमा डुबिन
कसैको मर्म सुनिन
बुझ्न पनि खोजिन
बुझ्दा पनि बुझिन ।।।
छर-छिमेकी राख्नु पर्छ
चाहिन्छन्, मर्दा पर्दामा
समाज यही भन्छ
ईतिहास सहि हुन्छ, साक्षी हुन्छ
दर्शन यही भन्छ
तर, आज
तर आज सुन्दैछु, बुझ्दैछु
ईतिहास नै बङ्याउने दुस्साहस गरिदैछ
साक्षी ईतिहासलाई नै
मुकदर्शक बनाइदैछ
सत्य ईतिहासमा नै
गलत भ्रम पारीइदैछ
ईतिहासको विश्वाश प्रती नै
चरम घाट गरिदैछ
तसर्थ,
ईतिहाससँग जोडिएको
मेरो प्यारो अस्तित्व बचाउन
सम्झिरहेछु ति आदेश र आज्ञाहरु
बदी नोस्ताल्जिक भएर हुँदै होइन
चेतना आएको छ अब त
मेरो देश, म अनि मात्र मेरो सम्पत्ति
ज्ञान भएको छ अब त
मेरो ईतिहास, मेरो माटो अनि मात्र मेरो पहिचान
किन कि,
मेरो देश रुदा
मेरै आसुँ झर्छ
नेपाली अस्तित्व र स्वाभिमान हराउदा
म स्वयम हराउँछु
मेरो माटो चोरीइदा
स्वयम म पनि चोरिन्छु
त्यसैले,
म नोस्ताल्जिक भएर
भावनामा एकोहोरो बहेर
मेरो बुवा-आमा र दाजु-दिदिहरुको
उपदेश र आशिषहरु
सम्झिरहेको हुँदै होईन
बरु, म त अब
आदेश र आज्ञा ठानेर
चुनौती झेल्न चाहन्छु
प्रतिकार गर्न चाहन्छु
खबरदारी गर्न चाहन्छु
तिनै बीश्वासघाटी छिमेकीसँग
तिनी जल्लाद, हेपाहा, पाखण्डी, अबसरवादी,
सामन्त, बिस्तारवादी पिलन्धरेसँग
नेपाली आत्मा चिन्न नसक्ने
काला दिलका ति काला मान्छेसँग ।।
Thursday, November 26, 2009
Thursday, November 19, 2009
खबरदारी गर्न उठौं
शोषनबाट मुक्ति पाउन, मुठ्ठी कसेर उठौं ।
बलिदानको रक्षा गर्न, खबरदारी गर्न उठौं ।
एक नाङ्लो अन्न पाउन, लुगा सिउने कटुवाल बाजे
‘खल’ उठाउन जीवन भरी, फलाम ठोक्ने सुनार बुवा
लोकतन्त्र आईसक्यो, स्वतन्त्र जीवन बाँचौ ।
संबिधानसभा भईसक्यो, न्याय खोज्न हिंडौ ।
जन्मजात मान्छे हुन, ठगिएका दलितहरु
देशको कुना काप्चा, चेपिएका अपहेलितहरु
गरीब भोका नाँगा सारा, अधिकार लिन जुटौ ।
शोषित-पीडित जनता सबै, एकजुट भई उठौं ।
शाहुको तमसुक च्यात्न, कमैया बस्नेहरु
पुष्टौ पुष्टा अशिक्षित, बेरोजगार मान्छेहरु
जाली ऋनमा प्राण फाल्ने, मजदुरहरु जागौं ।
श्रम गरी आधा खाने, किसानहरु बिउझौं ।
जमिन्दार मुखियाको, अत्याचारसँग जुध्नुपर्छ
नेताको मिठो भाषन, स्वार्थी बिचार बुझ्नुपर्छ
परिवर्तनलाई बचाउन, सचेत पाईला चालौं ।
संबिधानमा समान हुन, नागरिक आवाज बोलौं ।

05 Nov,’09

Friday, November 13, 2009
शब्द धुन
संगीतको धुन
सुरिलो भजन
कलाको दुरुपयोग ।
क्रान्तिकारी नारा
अस्पष्त भिजन
अराजक प्रब्रिती ।
मिठो कबिता
चाप्लुसी गुणगान
शब्दको अनादर ।
न्यायको फैसला
कुतर्क बहस
कानूनी नौटन्की ।
नेताको जय
जनता पराजित
चेतनाको नापतौलो ।
भँगेरा बोली
कछुवा गती
बिकासको रुप ।
जल धनी
प्यासले मृत्यु
काकाकुलको हर्ष ।
प्राणको मुल्य
पैसाले राहत
गोहिको आसुँ ।
पशुको जन्तु
हिन्स्रक बानी
राक्षस मान्छे ।
अपुग बजेट
सम्पन्न अगुवा
भ्रश्त राजनेता ।
भिखारीलाई दया
गर्भवती भत्ता
ब्यापारी सांसद् ।
जनताको मुक्ति
मुसालाई दुलो
स्यालको दाउ ।
एक्लो मानवसागर
एकताको सन्देश
भ्रमको खेती ।
हातमा छुरी
रगतको होली
विश्वासिलो शान्ती दुत ।
रसिलो फूल
माहुरीलाई अमन
नेपालीको खुशी ।
मृत्युको खबर
अभावको जीवन
कर्णप्रिय गीत ।
09 Nov,09
सुरिलो भजन
कलाको दुरुपयोग ।
क्रान्तिकारी नारा
अस्पष्त भिजन
अराजक प्रब्रिती ।
मिठो कबिता
चाप्लुसी गुणगान
शब्दको अनादर ।
न्यायको फैसला
कुतर्क बहस
कानूनी नौटन्की ।
नेताको जय
जनता पराजित
चेतनाको नापतौलो ।
भँगेरा बोली
कछुवा गती
बिकासको रुप ।
जल धनी
प्यासले मृत्यु
काकाकुलको हर्ष ।
प्राणको मुल्य
पैसाले राहत
गोहिको आसुँ ।
पशुको जन्तु
हिन्स्रक बानी
राक्षस मान्छे ।
अपुग बजेट
सम्पन्न अगुवा
भ्रश्त राजनेता ।
भिखारीलाई दया
गर्भवती भत्ता
ब्यापारी सांसद् ।
जनताको मुक्ति
मुसालाई दुलो
स्यालको दाउ ।
एक्लो मानवसागर
एकताको सन्देश
भ्रमको खेती ।
हातमा छुरी
रगतको होली
विश्वासिलो शान्ती दुत ।
रसिलो फूल
माहुरीलाई अमन
नेपालीको खुशी ।
मृत्युको खबर
अभावको जीवन
कर्णप्रिय गीत ।
09 Nov,09
हिप्पोक्रेट्सको नाउँमा
खोपीका देउता पुज्न भन्दै
जबर्जस्ती साईत जुराएर पनि
दक्षिणा र भेटीको थैली पोखाउदै
भाग्य छोप्छन, मेरा मान्छेहरु
।
म भने आँफैले आफ्नो उद्देश्य
रोज्दै
भबिश्यको एउटा शपथ खाँदैछु
।
हिप्पोक्रेट्स!
सिङो जीवन अर्पण गर्दैछु
म तिम्रै बाटो पछ्याउदैछु
मेरो यो अठोट भो!
तर आजभोलि
देखिरहेको छु अचम्म लाग्दा
द्रिश्यहरु
सुनिरहेको छु अपत्यारिला कोलाहलहरु
हिप्पोक्रेट्स!
अब लिउन् कि नलिउन् अरुले
पनि
मैले झै शपथ तिम्रो नाउँमा!?
दीन दुखीको सेवक बन्ने संस्कार
तोड्दै
इर्श्या र जलनको 'इगो' जन्माएर
आफ्नै ज्ञान र सिपको अहमताले
थिचिन्छन
उदारताको कन्जुस्याइमा रुमलिरहन्छन
हिप्पोक्रेट्स!
के गरुन्, के नगरुन्
खाउन् कि नखाउन् अरुले नि
तिम्रो नाउँमा एउटा झुटो शपथ।?
पेशाको धर्म र मर्मलाई चिता
बनाइ
अनैतीकताको दागबत्तीले जलाइरहेछन
क्षणिक न्यानोपनले लट्ठिएर
मिठो निन्द्रा निदाउने स्वार्थमा
तछाड र मछाड गरिरहेछन
इमान र विश्वाश बिर्सेंर
गोजी छामेर रोगको निदान हुँदैछ
हिप्पोक्रेट्स!
मानव सेवामा ब्यापार गर्नकै
लागि
लिउन् कि नलिउन् अरुले पनि
तिम्रो नाउँमा एउटा झुटा शपथ!?
सुगम आफ्नो, दुर्गम पराई
धनीको थप आयु, गरीबको मराई
सिमा वारी, सिमा पारी
यि सब छुट्याइन्छ भने
भगवानसँग उदास रोगीहरु
स्टेथेस्कोपको इन्फेक्सनले
मानव शरणमा झनै पिडा बिसाउदैछ
हिप्पोक्रेट्स!
तिमी स्वयम कठघरामा छौ
मैले नि खाएकै हुनेछु
तिम्रो नाउँमा एउटा खोक्रो
शपथ ।
मेरो द्रिड संकल्पलाई
कसैले भुल सोच्दा हुन
मेरो जिन्दगीको सपनालाई
कसैले नौटंकी भन्दा हुन
तर यो मेरो रोजाइ हो ।
जे देखिरहेकोछु ति सबै
भ्रम नै भ्रमको गल्ती हो
पवित्र सेवा नै एक सत्य हो
हिप्पोक्रट्स! तिम्रो नाउँमा
यो मेरो द्रिड अठोट हो
यो मेरो चोखो कसम हो
यो मेरो समर्पणको शपथ हो
यो मैले लिनै पर्ने जीवन-शपथ
हो ।
27 Oct 09
शान्डोङ,
चाइना
Saturday, November 7, 2009
बुद्धको देशमा अब
बुद्धको देशमा अब, युद्ध हुनुहुन्न ।
चार जात छत्तिस बर्ण, कोही रुनुहुन्न ।
बुवा आमा मारिएर, टुहुरा छन छोराछोरी
रुदै रुदै बाँचिरा'छन्, सहाराहिन बुदाबुदी
बिधुवाको आसुँ अब, झर्न दिनु हुन्न
एउटै घरमा रुने-हाँस्ने, हामी गर्नु हुन्न ।
बन्दुकको आवाज रोकौं, बारुदको गन्ध
त्यागौ हामी हत्याहिंसा, छाडौं नेपाल बन्द
युवाहरुको रगत अब, बग्न दिनु हुन्न
बलिरहेको दियो अब, निभ्न दिनु हुन्न ।।
हिमाल पहाड तराई हाम्रो, साझा अस्तित्व हो
संसारको शिर हाम्रो, पौरख र स्वाभिमानको
प्रगतिको बाटो अब, आँफै रोक्नु हुन्न
सृजनाको माटो अब, खेर फाल्नु हुन्न ।।।
बुद्धको देशमा अब, युद्ध हुनुहुन्न ।
चार जात छत्तिस बर्ण, कोही रुनुहुन्न ।
21 Oct,’09

पुर्खे सुनारकी आमा
गलेर लखतरान पाइलाहरु सार्दै
चकमन्न अध्यारो रातमा जबर्जस्त
झरी, पहिरो र चट्याङको वेपरवाह
खोला तर्दै, पहाड छिचोल्दै
क्षितिज पछ्याएर गन्तब्य हिडेको म यात्रु
अकस्मात अनकन्तार डाँडोमा पुगेछु ।
भोक, प्यास र थकानले आहत म
आफ्नै ठानेर सानो झुपडीमा पस्छु
एक छेउ छाप्रो भट्किसकेछ
अर्को छेउमा टुक्रुक्क बसेकी छिन्
कतै देखेदेखे भेटेभेटे जस्तो लाग्ने
निस्सहाय एउटी बुदी आईमाई ।
निधारका छाला झन् खुम्च्याउदै
घोरिएर एकोहोरो हेरिरहिन्
म चुपचाप उनकै शरणमा छु
भत्किदै-पुरिदै झुपडी
बादी र पहिरोमा विलीन हुदैथ्यो
तर निर्धक्क बसिरहेछिन् बुदी आमै
बाहिर निस्कने मेरो आग्रहलाई टारेर भनिन्
`म पुर्खे सुनारकी अभागी आमा´
अनि पल्लो डाँडो देखाउदै ब्यंग गरिन्
"बाबु! बाटो बिराएर आयौ कि!
तिमी पुग्नु पर्ने त उ पारी पो होइन र !?"
म झल्यास्स ब्युझिन्छु
धन्य! फगत सपना पो रहेछ ।
म सानै थिएँ
गाउँमा एउटा सनसनी मच्चियो
निर्दल कि बहुदल?
गाउँमा अर्को सनसनी मच्चियो
मोटो 'मशाल' कि पातलो 'मसाल'?
गाउँमा फेरि सनसनी मच्चियो
कांग्रेस कि कम्युनिष्ट?
अर्को झनै त्रासद महासनसनी फैलियो
पुर्खे सुनारको हत्या भयो ।
भन्नेले त भन्छन्
टिका मेलाको झडपमा सोझो मान्छे पर्यो रे!
कसै-कसैले भन्छन्
लखेत्दै गर्दा भिरबाट आँफै हामफाल्यो रे!
कसैले भन्छन्
हातखुट्टा बाधेर छाँगोबाट खसाएको रे!
कोही-कोहिले भन्छन्
आफ्नै देश बिरुद्ध बोल्ने देशद्रोही मर्यो रे!
गाइगुई सुनियो
जनताको मुक्ति चाहने योद्धाको सहादत भयो रे!
भन्नेले जेसुकै भने पनि
अन्तत: पुर्खे सुनारको मृत्युु भएकै रहेछ ।
अझै सम्झिन्छु
एक्लो छोरा पुर्खेकी एक्ली आमा
छोरा गुमाएको पिडामा छट्पटिदै
गाउँभरी बिलौना गर्दै तड्पिरहेकी
छोरा छिन्नेलाई आफ्नै प्राण लिन चुनौती दिदै हिडेकी
अनौठो लाग्ने एक अग्लि दुब्ली पातली
बेदनामा मर्माहत अधबैसे आईमाई
मैले चिनेकी बिर्सू कमेनी
अर्थात् पुर्खे सुनारकी आमा ।
कसैबाट सुनिछिन् शायद
न्याय त सदरमुकाममा पाईन्छ रे भन्दै
रगतले लट्पटिएको छोराको कपडाहरु हालेर
धागो झोलामा बोकेर लिबाङ बजार पुगिछिन्
भावबिह्वल आमाले किटेरै भनिन् रे
छोरा पुर्खेको हत्याराहरुको सर्जिमन दिइन् रे
सम्माननीय न्यायाधीश मुसुमुसु हाँस्नुभएछ
बर्षौ बित्यो तर सुनुवाई भएन
बिचरी! बिक्षिप्त आमा
सुकिलामुकिलाको न्यायालयमा
पुत्रशोकको असह्य कसुर भोगिरहिन्
कठै नि! न्याय त आँफै
राजधानी र सदरमुकामको कठघरामा बन्दी रहेछ ।
कुन गल्तिको सजायमा मारियो पुर्खे?
कसको मुक्तिको लागि मरेको हो पुर्खे?
कस्ले मारेछ? किन मरेछ?
जन्मेर अकाल बैसमै मरेको
आमाकी प्यारो छोरा पुर्खे !
दुखिनीले मर्म सुन्ने कोही भेटिनन्
अनि बर्बराउदै गाउँ ओहोरदोहोर गर्दै
आफ्नै भाग्यलाई सोध्थिन् प्रश्नैप्रश्नहरु
उजुरी गर्थिन्, बहस गर्थिन्
फैसला गर्थिन्, न्याय पाउथिन्
जीवित पार्थिन् निर्दोष पुर्खेलाई
बेस्कन अङालो मार्थिन् अनि मुस्काउथिन्
कसैले नसुने पनि
बोलिरहन्थिन्
कसैले नदेखे पनि
हेरिरहन्थिन्
मनभरिका कुराहरू सोधिरहन्थिन्
अर्ध होशमै बिचरी! बिर्सू कमेनी
अर्थात् पुर्खे सुनारकी आमा ।
के पुर्खे मारिनैपर्ने देशद्रोही नै थियो?
के पुर्खे देशभक्तहरुको अगुवा नै थियो?
पुर्खे निर्दलको थियो कि बहुदल?
पुर्खे कांग्रेस पक्ष कि कम्युनिष्ट?
पुर्खेले मृत्युलाई जित्यो वा हार्यो?
आखिर पुर्खेलाई किन मारियो?
जान्न र सुन्न चाहन्छिन् आमा
शायद यही सोध्न मन छ छोरालाई भेटेर
र पोख्नुछ मनभरिको बेदना
यसरी नै बाँचिरहेछिन् आशैआशमा
बिरानो भइ सबैको माझमा
बिचरी!
उनै, बिर्सू कमेनी अर्थात् पुर्खे सुनारकी आमा
सहिद पुर्खे सुनारकी आमा ।
०१ कार्तिक २०६६
18th Oct, 2009
शान्दोङ, चाइना
Tuesday, November 3, 2009
बधाई, बाध्यता र बक्सिस
प्यारी
भान्जी!
बधाई
छ तिमीलाई
सफल
भएर पनि उत्कृष्ट भएछ्यौ
यतिबेला
त हामी
संगै
बसेर खुशीयाली मनाइरहनु पर्ने हो
इष्टमित्रको
लागि
भोजभतेर
आयोजना गर्नु पर्ने हो ।
दु:खको
कुरा
तिम्रो
लागि मैले केही गर्न सकिनँ
तिम्रो
सहपाठिले
देश
बिदेश सयर गर्न गए होलान्
महँगा
बस्तु उपहार पाए होलान्
तर
मैले,
तिम्रो
हातमा केही ठम्याउन सकिनँ ।
अझै
त्यो भन्दा दु:खको कुरा त,
तिम्रो
अस्वस्थ्यताको वाबजुद
हामीलाई
स्वस्थ परिणाम दिएकाछौ
म
धेरै टादा छु
निकै
खुशी छु,
र
पनि,
तिम्रो
अथक परिश्रमको
तिम्रै
सामु तारिफ गर्न पाइनँ
तिम्रो
सफलतामा एक धाप मार्न पाइनँ ।।
झनै
दु:खको कुरा त,
तिम्रै
लागि भनेर
एउटा
बाटो पनि सम्याउन सकिनँ
सहि
र गलत दिशा चिनाउन पनि सकिनँ ।।।
क्षमा
गर भान्जी!
म
आँफ्नै बाटो खोज्दै गर्दा
आफ्नै
भबिश्य सोच्दै गर्दा
तिमीलाई
बेलैमा हिंड्न सिकाउन भ्याएन
आँफै
अल्मलिउला र बिराउला भन्ने डरले
म
मेरै मात्र गन्तब्य पछ्याउदै थिएँ ।
भन्न
नहुने तर भन्नै पर्ने भान्जी
हामी
त हाम्रो माटो चिन्नलाई
आफ्नै
बाटो खोज्न र लक्ष्य भेट्नलाई
एक
तमासले हिंडेर नहुदोरैछ
लगातार
कुदिरहनु पर्दो रहेछ
नथाकेर,
नआत्तेर, नहारेर,
कठोर
यात्रामा होमिरहनु पर्दो रहेछ
न
जंगली बाघ-भालुसम्म
हाम्रो
पहुच छ
न
झाडीका सर्प-बिच्छी जस्तै
हाम्रो
बिष नै छ
न
त काँडे झारहरुको कपटी ईशाराहरु
बुझ्न
सक्ने ज्ञान छ
न
त अधेरीमा साथ दिनलाई
छेउमा
भरपर्दो कोही नै हुन्छ
तसर्थ
भान्जी,
तिनै
अप्ठ्यारासँग लड्दै-भिड्दै गर्दा
तिम्रो
यात्रा सहज बनाउन चुकेछु ।
मेरी
भान्जी!
तिमीलाई
मेरो लाख-लाख आशिर्वाद छ
बलियो
आत्मविश्वाश लिएर आउ
आई
पर्ने ति बाधाहरु सँग
छलिदै,
जुद्धै, होसियार हुँदै
ति
यावत ब्यबधानहरु बिरुद्ध
सामना
गर्दै, जित्दै, बद्ढै
हिमाल,
पहाड चड्ने आँट र
तराइका
फाँट छिचोल्ने यात्रा थाल
यात्रा
सकुशल पुरा गर्न
सके
जतिको मेरो साथ रहनेछ तिमीलाई
हामीले
भाबी पुस्टाको लागि
सुन्दर
र दुरदर्शी लक्ष्य तय गर्दिनुछ
कठिन
तर जोखिमरहित मार्ग देखाइदिनुछ
अनि
मात्र
आफ्नो
बाटो खोज्दै,रोज्दै
अल्मलिदै
र भौतारिदै हिंड्नु पर्ने छैन
आफ्नो
भबिश्यको लागि कोही पनि
आँफै
अन्जान हुनु पर्ने छैन ।
आज
म तिमीलाई
एउटा
अध्यायको समाप्ती संगै
अर्को
नयाँ शुरुवातको उपलक्ष्यमा
अन्तरात्मादेखी
बधाई दिन चाहन्छु
मुटुभरिको
आशिर्वाद दिन चाहन्छु
तिम्रो
लगन र परिश्रमको
मुक्तकन्ठले
कदर गर्न चाहन्छु
अझै
नयाँ उचाइका लक्ष्य प्राप्तिको
मनभरिको
आशिष दिन चाहन्छु
सधैं
सफलताको शिखर चुमिरहने
शब्द
उपहार दिन चाहन्छु
मदर
टेरेसा झै बन्ने तिम्रो आकांक्षा
अझै
फुलेको हेर्न चाहन्छु
तिम्रो
भबिश्यको
सधैं-सधैं
उज्ज्वल कामना गर्न चाहन्छु ।।
july,09
(मुटुको
सघन शल्यक्रिया पश्चात पनि एस.एल.सी. मा उत्कृष्ट नम्बर लिउन सफल भान्जी कर्मिता पुन
प्रति समर्पित )
Thursday, October 29, 2009
बुवा, पेन्सिन र ज्याकेत
बुवा आर्मी जीवनबाट कती सालमा पेन्सन आउनुभयो, त्यो त ठ्याक्क थाहा भएन तर बुवा पेन्सिन आउँदा म यस्तै तीन बर्ष जतीको हुदो हुँ । बुवाले खक्चड र भरियाहरुलाई भारी बोकाएर ल्याउनु भएको भने याद छ । पछी पछी बुवाले भन्नु हुन्थ्यो, म भरियाहरुको अगाडि हातमा चकलेट र भेली उचालेर एक खुट्टे उफ्रिदै बाहिर भित्र दगुर्थें रे । भरियाहरु रमाइलो मानी मानी भन्थे रे," मगरका छोराहरु यती सानै उमेरमा यस्तो फुर्तिलो हुन्छन् र पो लाहुरे हुन सक्छन । हाम्रा बच्चाहरु त यस्तो उमेरमा पिठ्युमा बोकेर गाउँ पो दुलाउनुपर्छ ।"
बुवा छुट्टीमा घर आउनु भएको याद छैन, सानै उमेर भएर सम्झन नसकेको होला । के-के ल्याउनुहुन्थ्यो र मलाई के-के ल्याइदिनुहुन्थ्यो भन्ने त झन याद हुने कुरै भएन । पेन्सिन आउँदा भने घर आउनु भएको अली अली सम्झना छ तर के के ल्याइदिनु भयो भन्ने चाँही याद भएन । आमा र दिदीले भन्नुहुन्थ्यो, बुवाले मलाई एउटा ज्याकेट ल्याइदिनुभएको थियो रे । कुमदेखी पाखुरी हुँदै नाडीसम्म तीन ओटा सेतो दर्सो भएको मेरो एउटा ज्याकेट थियो । त्यो ज्याकेट गादा निलो रङको थियो । अली ठुलो र चेत हुने भएपछी बुवाले पेन्सिन आउँदा ल्याइदिनु भएको ज्याकेट त्यही हो भनेर बल्ल थाहा पाएँ । मैले केही हिउँद त्यही ज्याकेटले कताएँ, त्यती नै बर्षात पनि शायद । दुबै कुहिनोमा दुलो परेको थियो । त्यही अलिकती मात्र फरक, दाँया कुहिनामा अली धेरै च्यातिएको तर बाँयामा अली कम । खै ! मैले कहिले देखिन् लगाउन छाडेछु, आँफै छाडेको हुँ कि अरु कसैले भनेर । दिदीले नलगाउन भनेर फुकालिदिनुहुन्थ्यो तर म फेरी लगाइहाल्थें । मन परेर हो या बानी परेर हो । पछी जाडोमा गाईहरु हुलेको भुई तलाको दुलोमा देखेको थिएँ । आमाले गाईहरुलाई चिसो हावा पस्छ भनेर दुलो बुझ्दिनु भएको होला । त्यसपछी कता गयो थाहा भएन, देख्न पनि देखिन । त्यसपछी पेन्सन बुझ्न जाने बेला बुवा र आमा सधैं सँगै घोराही जानु हुन्थ्यो । प्राय: ६/७ दिनमा फर्किनु हुन्थ्यो । फर्केर नआउँदा सम्म दिदी र म साँझ बिहान ‘आरन’बाट तलतिर हेर्दै बाटो कुरेर बस्थ्यौ । हुन त धेरै चिज मगाउथ्यौ, सबै नआए पनि केही न केही चाँही सबैलाई सधैं नै ल्याइदिनु हुन्थ्यो ।
बुवा अक्टोबर ३ मा बिरामी पर्नुभयो । अक्टोबर २२ का दिन काठमाडौंको बि. एन्ड बि. हस्पितलमा अप्रेसन भयो । काठमाडौंमा धेरै बस्न नै मान्नु भएनछ । पेन्सन काठमाडौंमा नै बुझ्दा पनि हुन्छ भन्दा पनि मान्नु भएनछ । दुई महिना जती बसेर पेन्सिन बुझ्नु पर्छ भनेर दाङ जानुभयो । केही समय दाङमा बस्नु भयो । आफ्नो पेन्सिन बुझ्नुभयो र औषधी लिएर रोल्पा जानुभयो । रोल्पाबाट बुटवलमा चेक अप गर्न आउनुभयो । डा. नआएकोले दाङ फर्किनु भयो । केही हप्ता पछी बुटवलमै गएर डा. सँग चेक गराउनु भयो । पेन्सिन बुझ्ने समय अप्रिल अन्तिम तिर रहेछ । अब ओहोरदोहोर गर्न झन्झत हुने भएकाले एकैचोटि पेन्सिन बुझेर रोल्पा जाने सल्लाह गर्नु भएछ । रोल्पाको आफ्नो बनपाखा हेर्ने र इष्तमित्र भेट्ने चाहना हुँदा हुँदै पनि पेन्सिनको काम सकाएर जाने नै भन्नुभएछ । तर पेन्सिन समयको लगभग एक महिना अगाडिबाट बिरामीले च्यापेर लिएछ । अन्तत: अप्रिल २ का दिन सधैं सधैंका लागि चिर निन्द्रामा जानुभयो ।
सबै परिवार हर्मेशा जुत्न नसके पनि बुवाको दु:खद निधन पछी भने सबैजना घरमा जम्मा भयौ । बुवाको काजकृया चैत्र २८ गत्ते सकायौ । संबिधानसभा उपचुनावको दिन थियो त्यो । त्यसपछी आमा, सानीआमा, जेठा दाजु र म लिबाङ गएर प्रशासन कार्यालयमा आबश्यक कागजात बनाउन गयौ तर प्रमुख जिल्ला अधिकारी घर बिदामा गएकाले सि. डि. ओ. को सिग्नेचर बाहेक सबै काम गर्यौ । सहायक जिल्ला अधिकारीको सिग्नेचरले नेपालभित्र मात्र काम गर्दो रहेछ । सि. डि. ओ. एक महिना सम्म पनि नफर्किने जानकारी पायौ । हामी घर आउँदा माहिला दाजु पनि साउदीबाट आइपुग्नु भएको थियो । काम नभए पनि कुरा बुझ्नलाई मात्र भए पनि अर्को दिन आमासँग हामी तीन भाई दाङ गयौ । यातायात ब्यबसायीले गाडी बन्द गरेका थिए । नवल भेनाजु, जो रेडक्रसको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँले एम्बुलेन्सको ब्यबस्था मिलाइदिनु भयो । दाङमा त्यही सि. डि. ओ. को सिग्नेचर नभएकाले पेन्सन पट्टा आमाको नाममा सार्न सकिएन । हामी फेरी एउटा जीप रिजर्व गरेर फरक्क फर्केर घर गयौ । पेन्सन क्याम्पबाट अर्को पटकमा सि. डि. ओ. को सिग्नेचर लिएर आए सरासर काम बन्ने जानकारी पायौ । सबै कगजात पुगेको र मिलेको नै रहेछ । घर पुग्ना साथ जेठा दाजुको परिवार ब्रुनाइ जानु पर्ने, माहिला दाजुहरु पनि दाङमा छोराछोरीको स्कुल भ्याउनु पर्ने र मेरो पनि ६औ सेम्स्तेरको परीक्षा नजिक आइसकेकाले आमालाई घरमा एक्लै छाडेर आउनुपर्यो । हामी सबै परिवार एकै दिन घरबाट निस्क्यौ । माडिचौरसम्म आमा र दिदीहरु सँग साथै आयौ र जेठी भाउजुको माइतमा बस्यौ । अर्को दिन बिहान जीप आयो । नचाहदा नचाहदै पनि बाध्यताले त्यहाबाट छुट्टीएयौ ।
भाइटिकामा रोल्पा फोन गर्दा दिदीले आमा र भेनाजु पेन्सनको लागि दाङ जान लाग्नु भएको भन्नु भएकोथियो । अस्तिको दिन भेनाको मोबाईलमा धेरै पटक फोन गर्दा पनि बिजी थियो । आमाको मोबाईलमा गर्दा स्वित्च अफ थियो । हिजो दिउसो हस्पितल जानै लागेको बेलामा फोन आयो । उठाएको त आमाले गर्नु भएको रहेछ । रोल्पा फर्कि सक्नु भएको रहेछ, भरखर घर पुग्नु भएको रे । पेन्सन पोहोर सालको दिएछ, यसपाली देखिको चाँही अर्को पटकमा एकैचोटि दिने भनेको रहेछ ।
हिजो मेरो अन्तिम बर्षको पहिलो हस्पितल भिजित थियो । म अप्थाल्मो डिपार्टमेन्तमा परेको थिएँ । त्यहाँ आँखाका बिरामीहरुलाई जाँच गर्ने बेलामा एकजना ८४ बर्षका बिरामी पनि थिए । उनलाई देखेर झल्यास्स बुवाको याद आयो । उनको आँखामा मोतिया बिन्दु 'क्यातर्याक्ट' को समस्या रहेछ, जुन बदी उमेरले गर्दा आँखाको लेन्समा प्रकाश राम्ररी पर्न नसकेर हुने गर्दछ । यही समस्या बुवाको पनि थियो । तुल्सिपुर आँखा हस्पितलमा गएर उपचार गरेपछी निकै सफा र प्रस्त देख्छु भन्नु हुन्थ्यो । भावनामा बग्नु भन्दा मन मनै द्रिड भएर यस्ता हजार बिरामी बुवाहरुलाई आफ्नै बुवा सम्झेर उपचार गर्ने प्रण गरें । उनको अनुहारमा कती आश देखिन्थ्यो, आफ्नो आँखाले संसार प्रस्त देख्नलाई । कती विश्वाश झल्किन्थ्यो, एउटा रोगीको अर्को सामान्य मान्छे प्रती । सारा संसारमा यस्तै आशा, माया, विश्वाश, निस्वार्थ सेवा, अरु थुप्रै चिज एकैचोति पाएँ । मेरो वरिपरी जताततै त्यस्तै महशुस गरें ।
झसँग भएर बिउँझीन्छु, यताउती अध्यारो छ । म आफ्नै ओछ्यानमा पल्तिरहेको छु । राम्ररी बिउँझीएर घडी हेरें, ३ बज्न लागेको रहेछ । उठेर एक गिलास पानी पिएँ । सम्झिन खोज्छु, भर्खर एक्लै छाडेर जाने सपनीलाई । आमाले पैसाको बिटा हातमा पक्रिएर 'बत्योगा' डाँडामा उभिराख्नु भएको थियो । आफ्नै लाग्ने मान्छेहरु आमासँग अनायस देउसीभैलोको नाममा पैसा मागिरहेका छन । दाजु भन्नुहुन्थ्यो," चार वटा नोट दिनुस् आमा ।" म भन्दैथिएँ," अरु पनि माग्न आउछन, त्यसैले दुई वटा मात्र दिए पनि हुन्छ होला ।" धेरै मान्छे आइरहे, पैसा माग्दै, लिदै जादै गरे । अचानक 'जङ्वाङ' डाँडामा हेलिकप्टरको आवाज आउछ । हेलिकप्टर बुवाको अन्त्येष्ती गरिएको छेउमै उतर्छ । एक जना परिचित झै लाग्ने मान्छे झालेपाते बर्दिमा हामी भए तिर झर्छ । नजिक आएर सोधेको थियो," भैलेनी तोली हो ?" मैले फर्काएको थिएँ," होइन, हामी घरबेती तोली हो ।" पैसा मागिरहेका मान्छेहरु सबै अलप भएर गए । उसले कसैलाई पनि पैसा नदिन अह्राएको थियो ।"
बुवाले घर पुर्याउन धेरै कर गर्नु भएछ तर झनै च्याप्ला भन्ने डरले दाङमै रहनुभयो । उहाँको पनि पेन्सन बुझेर मात्र घर जाने बिचार थियो । पेन्सन बुझेर गए पछी एक बर्षसम्म दाङ आउनु पनि पर्दैन भन्ने लागेको थियो होला । त्यही पेन्सन बुझ्ने बहानामा काठमाडौंबाट जबर्जस्ती दाङ पुग्नु भयो र पेन्सन बुझ्न कै लागि भनेर दाङमै रोकिनुभयो । तर पेन्सन बुझ्ने दिनको दुई हप्ता अगाडि मात्र उहाँले मानवियी चोलालाई अन्तिम बिदा गर्नुभयो । सबै कुराको मोह हुँदा हुँदै पनि बाध्यताले त्यागेर अद्रिश्य सन्यासी भेषमा जानुभयो । उहाँ दुई हप्ता मात्र रहेको भए थोरै भए पनि खुशीको क्षण हुने थियो । हामीलाई भेट्ने उहाँको चाहना पनि पुरा हुनेथियो, हामीलाई पनि जीबित बुवाको अन्तिम दर्शनको सौभाग्य मिल्ने थियो । उहाँले पेन्सन पनि बुझ्न पाउनु हुनेथियो । अहिले आमाले बुझ्नु भएको पेन्सन बुवाले आफ्नै हातले बुझ्नु हुनेथियो । २२ बर्ष पराइको भुमी रक्षा र शान्तीका लागि गरेको कथिन लगानीको फल अन्तिम पटक आफ्नै आँखाले देख्नु हुनेथियो । आफ्नो युवा कालका अतित अन्तिम पटक सम्झिनु हुनेथियो । पल्टनका नम्बरीहरु सँग अन्तिम पटक भलाकुसारी गर्न पाउनु हुनेथियो । म साँझ बिहान ‘दान्दुङ’ को ओकालो हेरिरहेको हुनेथिए । बुवाले मेरो लागि भनेर घोराही बजारमा एउटा ज्याकेत किन्दिनु हुनेथियो । जुन ज्याकेत जीवनभरी मसँग सँगै हुनेथियो । म सधैं सधैं सम्हालेर राख्ने थिएँ । बुवाको पहिलो पेन्सनको पहिलो चिनो मसँग नभए पनि अन्तिम पेन्सनको अन्तिम चिनो बुवाको यादमा सुम्सुम्याउने थिएँ । दु:ख र अप्ठ्यारामा मेरो सामु राखेर आशिष माग्ने थिएँ । तर बिधाता क्रुरताको खेल त खेल्यो नै अझै ति सब अन्तिम मौका समेट दिन चाहेन । लुट्यो लुत्न पाएकोमा, खोस्न सम्म खोस्यो भएजती र सकेजती ।
बुवा, तपाईंका धेरै अन्तिम इच्छाहरु तुते पनि, आमाले सके जती तुत्न दिनु हुनेछैन । पेन्सन बुझ्ने अन्तिम चाहना चुके पनि आमा चुक्नु भएको छैन । तपाईंको नाममा आएको नासो घरमै ल्याउनु भएकोछ । बिपनामा नभए पनि सपनामा मैले देखिरहेकोछु, आमा घर आइपुग्नु भएकै दिन स्वर्गबाट धर्तिमा तपाईंको यान ओर्लिएकोछ । बाँचुन्जेल तपाईंको खून पसिनाको अधिकार सधैं हामीलाई सुम्पिरहनु भयो तर खाशमा सम्पूर्ण अधिकार तपाईंकै हो बुवा । हामीसँग तपाईंको अधिकार खोस्ने कुनै अधिकार छैन । हामी यसका लागि त्यती लायक पनि छैनौ । बरु प्रयत्न गर्नेछौ, सम्भव भए जतिका तपाईंका अपुरा सपनाहरु पूरा गर्नेछौ । तपाइका ति प्रेरणादायी आँखाहरु हामीबाट कहिल्यै नहताउनुहोला । हामीलाई एक निमेष पनि नछुताइ हेरिरहनु होला, जबसम्म सुखद मिलन बिन्दुसम्म आइपुगेका हुँदैनौ । अनी एउटा हाँसो हाँस्नुहोला, जुनदिन अर्को नयाँ ज्याकेत किनेर तपाईंको हातबाट पहिरिने हुनेछौ ।
28 oct, 09

Monday, October 26, 2009
जय ! हाम्रा नेताहरु
प्रजातन्त्र भलिबल भो
लोकतन्त्र फुटबल
गणतन्त्र त क्रिकेट भो ।
उपाधीको दावेदारी बराबरी झै
हुने
छल गरेर श्रिपेच लगाउने खेल
हो यो
स्वार्थी चाल चालेर धनाध्य
बन्ने दाउ हो यो
जालझेल गरेर कुर्चि कब्जा
गर्ने सजिलो खेल हो यो ।
प्रजातन्त्रमा नेट छुदा पनि
लगातार नम्बर आएर जित हुन्छ
लोकतन्त्रमा हातले खेलेर नै
ह्याट्रिकको नि हाट्रिक गोल
नै गोल हुन्छ
गणतन्त्रमा मिडल स्टम्प दलेर
पनि
छक्का हिर्काएर बिजयी हुन्छ
।
नेपालको चौरमा केवल
प्रतिष्पर्धा जित्नुछ सवैलाई
बिडम्बना!
कुनै आचारसंहिता मान्नै नपर्ने
राजनैतिक यो कुर्सी खेल
कुनै नियम लागु नहुने
हाम्रा राजनेता खेलाडीहरु
अनुशासन पालना गर्नै नपर्ने
बिचित्रको यो कस्तो खेल!?
जित्नछ, सिर्फ जित्नुछ ।
बधाई छ! यि महान हस्तिहरुलाई
राष्ट्रका स्वघोषित नयाँ बिभुतिहरुलाई
देशका यि ऐतिहासिक खेलाडीहरुलाई
अब चाडै सम्मानको घोषणा गरौ
बरु गिनिज बुकमा नाम लेख्नलाई
दुकुती रित्याएर बिशेष पहल
थालौ
जय! हाम्रा खेलाडी
जय! हाम्रा नेता
जय! नेपाली जनता ।
13 Oct, 09
Wednesday, October 21, 2009
ह्याप्पी एन्निभर्सरी साथी
०६३ कार्तिक १ गत्ते अर्थात् अक्टोबर १७, ०६ को दिन दिउसो हामीलाई चाइना पठाउने ईन्स्टिच्युट ESC ले परिचयात्मक कार्यक्रम राखेको थियो । सबैजना त्यहा उपस्थित भएर फेरी साँझ एयरपोर्तमा भेट हुने सल्लाह गरेर सबै साथीहरु आ-आफ्नो अन्तिम तयारीको लागि फर्कियौ । त्यस दिन नेपाल बसाइको अन्तिम दिन थियो । उडान समय अनुसार एयरपोर्त पुगिसके पछी त्याक्स पनि तिर्यौ तर कारण बस् दुई दिनको लागि फ्लाईट डिलेय हुनेभयो । सम्पूर्ण यात्रु फर्किएर होटेल अन्नपूर्णमा पुग्यौ । त्यहा दुई दिन सबै साथीहरु सँग रमाइलो गर्दै बितायौ । हामीसँग एकजना अभिभावक र सिनियर दाइ बिनोद राना पनि हुनुहुन्थ्यो । उहाँले युनिभर्सिटीको बारे धेरै कुराको जानकारी दिनुभयो । थुप्रै उत्सुकता र जिज्ञासा पनि मेटाइ दिनुभयो । दुई दिन बितेको पत्तै भएन । त्यहाको दुई दिने बसाइले नयाँ नयाँ साथीहरु सँग घुलमिल हुन निकै सजिलो पनि भयो ।
३ गत्ते कार्तिक अर्थात् अक्टोबर १९ तारिख, काग तिहार थियो त्यो दिन । हाम्रो तोलिमा अभिभावक मित्र खनाल, सिनियर बिनोद दाइ, एकजना केटी सहित हामी १२ जना थियौ । मनिपुरबाट पनि एकजना एजेन्ट, १ केटा र ३ केटी गरेर ४ जना विद्यार्थी थिए । सबैजना आफ्नो लगेज ब्यागहरु बसमा राखेर बिहान १० बजेतिर अन्नपूर्णबाट एयरपोर्तका लागि प्रस्थान गर्न बसमा बसिरहेका थियौ । एकजना होटेलको मान्छे आएर सोध्यो, "ज्वलन्त पौडेल हुनुहुन्छ ?" सबैले "छ छ" भन्यौ । हामीले सोच्यौ, सबैजना आए कि आएनन् भनेर जाँच गरेको होला तर एक्कासी तपाईंको नाममा दुई हजारको बिल छ पो भन्छ । त्यसपछी भने उठिरहेको ज्वलन्त पनि सिटमा थचक्क बसिहाले । बाहिरबाट "को हो ज्वलन्त भन्ने ?" भन्दा पनि कसैले केही चु सम्म बोल्ने आँट गरेनौ । उनको कोठामा रहेको खानेकुराहरु खाएकोमा बिल आएको रहेछ । सबैले सँगै बसेर खाएकाले पैसा पनि मिलिजुली नै तिर्यौ । त्यहाको कोकले त मुख कुल्ला समेट गरेका थियौ, बिल आउँदा पो सबै झस्कियौ । बसमा सोध्ने बेलामा कोही नबोलेको कुरा सम्झिदा अहिले पनि मरिमरी हाँस्ने गर्छौ । हाम्रो फ्लाईट दिउसो ३ बजे थियो । सबै सामानहरु चेक गराइ सकेपछी हामीले बोर्डिङ पास लियौ । भित्र वइतिङ रुमको टि.भी मा रमाइरहेका कागहरुलाई हेर्दै बस्यौ ।
वइतिङ रुममा रहेको घडीले २:४५ बजायो । आर एन ए सी को प्लेनले इन्जीन तताउन थाल्यो । चाइना र जापान जाने सम्पूर्ण यात्रुहरु पालै पालो प्लेन तिर लाग्यौ । ३:०५ मा प्लेनले नेपालको भुइ छाड्दै आफ्नो गन्तब्यतिर हुइकियो । उडिरहेको जहाजभित्र मेरो जस्तै थुप्रै मनहरु शायद भबिश्यको लक्ष्य भेट्न आतुर थिएँ । केही समय पछी खानपिन गरियो । बाहिर चियाएर हेर्दा चकमन्न अध्यारो पर्न थालेको थियो । मनमा नानाभाती कुराहरु खेलाउदै, नयाँ ठाउँको कल्पना गर्दा गर्दै पुग्ने दुरी कम हुँदै गैरहेको थियो । घरि घरि बुवाआमा र घर परिवारको सम्झनाले पिरोल्थ्यो । गाउँबेसी र साथीहरुको याद झलझली आउथ्यो । त्यतिखेर आँखा चिम्म गरेर आफ्नो लक्ष्य र कर्तब्य मात्र सोच्दथें । भेनाले भन्नु भएको कुरा सम्झिन्थें," भावनामा बगेर आफ्नो उद्देश्यलाई कहिल्यै भुल्नु हुँदैन ।" त्यसपछी भने म थप जिम्मेवारी बोध गर्दथें अनी आँफैलाई सम्हाल्थें । प्लेनमा शाङ्घाई नजिकै आइ पुगिएको र केही छिनमा ल्यान्ड गरिने भएकाले सिट बेल्ट राम्ररी लगाउन भनियो । प्लेन ल्यान्ड भयो । प्लेनबाट झर्ना साथ दिपक दासले बोले," हाम्रो सामान खै त ? लग्ने हैन ?" हामी सबै गलल हास्यौ । लगेज क्लैम गर्ने ठाउँमा पुगेर सबैजनाले आ-आफ्नो लगेज लिएर बाहिर निस्कियौ, यतिखेर शायद स्थानीय ७ जती बज्दैथियो होला । हामीले भेट्नु पर्ने मान्छेलाई कुर्दा कुर्दै ९ बज्यो । आउनुपर्ने मान्छे आइसके पछी बल्ल बल्ल गाडीमा सामन राखेर होटेल पुग्यौ । होटेलमा कोही पनि ईंग्लिश बोल्ने थिएनन् । त्यसपछी बल्ल हामी त अर्कै ठाउँमा आइपुगेछौ भन्ने लाग्यो । कता कता पुगेको जस्तो, अली अनौठो पनि लागेर आयो । होटेलको रुममा पुग्दा १२ बजिसकेको थियो । भोक र प्यासले लखतरान परेका थियौ, एयरपोर्तमै भेतिनु भएका सिनियर दाइ दिपक चौधरी, बिनोद दाइ र केही साथीहरु होटेल बाहिर खान गयौ । चपस्टिक चलाऊन निकै गाह्रो भएको थियो । चाइनाको पहिलो खाना भए पनि मज्जाले खाली पेट भर्यौ । चाइनामा पहिलो रात र पहिलो खाना थियो त्यो । बिहान ३ बजेतिर होटेलमा गएर सुत्यौ ।
बिहान सबैले बस भाडा उठाउनु पर्ने भयो । झोलामा खामभित्र राखेको डलर हेर्छु त भेत्दिन । सबै कपडा निकालेर खोजे तर भेटिन । हामीसँग नै आइराख्नु भएको अर्को सिनियर शेखर दाइलाई लगेर नेपाल फोन गरे । कोठामा यताउता खोज्न साथी गोपाललाई अह्राएँ । १० बजेतिर सबैले आ-आफ्नो सुट्केस लिएर ट्रेन स्तेसनतिर लाग्यौ । ट्रेन १२ बजेको मात्र रहेछ, त्यो पनि छुतेछ । अब बसमा जाने सल्लाह गरेर बसपार्क पुग्यौ । साँझ ६ बजेको स्लीपिङ बसको टिकेट पायौ । बस चद्नु अघी खनाल अंकलले सबैलाई बसमा चढिसके पछी बस कही पनि नरोक्ने भएकाले दिशापिशाब गर्ने भए पहिल्यै गर्न र पानी पनि किनिराख्न भनेर सम्झाउनु भयो । हामीले पनि त्यसै गर्यौ तर भित्र पुगिसकेर पो थाहा भयो, टोइलेट र पानीको ब्यबस्था त बस भित्र नै गरिएको हुदोरहेछ । आजकाल त्यो कुरा पनि हाम्रो बिचमा हसिमजाक गर्ने राम्रो मेसो भएकोछ । साँझको त्यो बस चदेर बिहान ७ बजेतिर वेइफ्याङ बसपार्क आइपुग्यौ । बाहिर निस्किदा मौसम चिसो र हल्का कुहिरो लागिरहे जस्तो थियो । त्यहाबाट ट्याक्सी चदेर युनिभर्सिटीमा आइपुग्यौ । त्यसदिन लक्ष्मी पूजा रहेछ । अरु दु:खम् सुखम् का कुरा कुनै बेला गर्दै गरौला । बाटोमा धेरै रमाइलो पनि भएको थियो, दु:ख पनि पाएका थियौ, कुनै बेला अबश्य लेख्नेछु । अहिले यात्रालाई सहज बाटोमा सहज तरिकाले हिडाउन मात्र खोजेकोछु ।
मेरो हराएको पैसा पछी कोठामा त्यही भेतिएछ । मसँग भएको थप डलर छुताएर राख्ने बेलामा लिउनु पर्ने डलर नै पो छुताएछु । नेपालबाट खबर न आउँदा सम्म निकै चिन्ता लागेको थियो तर पछी भेतिएको खबर पाएपछी बल्ल दुक्क लाग्यो । नेपालमै रहनु भएको सिनियर प्रेम दाइलाई भनेर उहाँले पछी आउने बेला ल्याइदिनु भएको थियो ।
अध्ययनको सिलसिलामा चाइना आएको पनि आज ठीक तीन बर्ष पुगेछ । यि तीन बर्ष कताउन निकै कथिन भएको थियो तर अहिले सम्झदा भने भर्खर आएको जस्तो लागिरहेकोछ । कती धेरै सपना बोकेर चाइना पढ्न आउने निधो गरेको थिएँ । यि तीन बर्षमा निश्चित रुपमा केही चिज गुमाएँ, केही चिज पाएँ, नयाँ नयाँ अनुभव पनि सँगाले । पढाई त मुख्य उद्देश्य नै भईहाल्यो, त्यसको अलावा नभेतिएका र नचिनेका मान्छेहरुसँग चिनजान भयो । नौलो साथीहरुसँग संगत गर्ने मौका मिल्यो । नयाँ ठाउँ र नयाँ परीबेशमा घुलमिल हुने र आफुलाई त्यही अनुकुल समाहित गर्ने थोरै भए पनि ज्ञान भयो । म नेपालमा पनि जती पढेर सिकेको थिएँ, त्यती नै परेर पनि सिकिरहेको थिएँ । यता आएर पनि त्यसलाई निरन्तरता दिएकोछु । मलाई त मान्छे पढेर भन्दा बदी परेर सिक्नुपर्दछ भन्ने लाग्छ । यद्धपी पढ्नु र पर्नु दुई भिन्ना भिन्नै कुरा हुन् । परन्तु पढ्नु तर व्यबहारमा नगर्नु र पर्नु तर पाठ नसिक्नुमा भने एउटा गजबको समानता छ । प्रमुख कुरा त पढ्नु र गर्नु तथा पर्नु र सिक्नु रहेछ ।
मेरो १२ को रिजल्त आइसके पछी एमबिबिएस पढ्ने पक्का त भयो तर नेपाल, बंगलादेश, चाइना वा अरु यूरोपियन देशतिर पढ्ने निर्णय भएको थिएन । मैले नेपाल नै पहिलो रोजाइ बनाएँ तर महाराजगन्जमा असफल भएपछी मोटामोती रुपमा चाइना नै आउने सोच बनाएको थिएँ । अझै राम्ररी सोचबिचार गरेर निर्णय लिने मनसायले ६ महिनाको समय छुत्याए । फेरी दुबै दाजुहरु बाहिर हुनुहुन्थ्यो । जेठा दाजुको त परिवार नै मेरो १२ को अन्तिम जाँच चल्दै गर्दा युके जानु भएको थियो । घरमा बुवाआमा मात्र हुनुहुन्थ्यो । सबैजनाले छाडेर गएपछी उहाँहरुको मन सानो होला भन्ने पनि ठानेर केही समय पछी नै जानु उपयुक्त होला सोचें । सेप्टेम्बर-अक्टोबर सेसनमा नगएर बरु मार्च-अप्रिल सेसनमा जाने योजना बनाएँ र त्यसै अनुरुप आफुलाई मानसिक रुपमा तयार राखें । त्यतिन्जेलका लागि एप्तेकमा कम्प्युटर क्लास जोइन गरें । चाइनामा मेडिकल स्तुडी बारे थप कुराहरु पनि बुझ्दै गरें । राजधानीमा हुने राजनैतीक, सान्स्कृतिक, सामाजिक, मौका मिलेका सबै कार्यक्रममा पनि सहभागि भएर समय बिताएँ । अब बिस्तारै दिनहरु छोतिन थालेका थिए । फर्म भरेर म अन्तिम भेट गर्न रोल्पातिर गएँ । मार्चको मध्यतिर म दाङ हुँदै काठमाडौं फर्किए ।
मार्च-अप्रिलमा देशैभरी जन-आन्दोलनको तयारी र रौनक थियो । आन्दोलनरत सात सन्सदिय दल र बिद्रोही माओवादीले दिल्लीमै पुगेर भए पनि लोकतान्त्रिक गणतन्त्र ल्याउने सहमति गरिसकेका थिएँ । फलत: देश नै थप्प पारीयो, २३९ बर्ष देखिको राजातन्त्र पनि दालियो । अन्तत: बैशाख ११ गत्ते जन-आन्दोलन सफल भएको घोषणा गरियो तर फर्म भरेर पनि हामी भने चाइना आउन असफल भईसकेका थियौ । अब दिला भईसकेकाले थप ६ महिना पछी सेप्टेम्बर सेसनका लागि मात्र पठाउन भनेर युनिभर्सिटीले खबर गरेछ । त्य्स कारण म थप ६ महिना नेपालमै बस्नु पर्ने भयो । ६ महिना भनेर रोकिदा अचानक एक बर्ष नै रोकिएको थिएँ । मन मनै अली आत्तिएँ पनि । कोही साथीहरु अमेरिका, युके, अष्ट्रेलिया पुगिसकेका थिए । कसैले समय खर्च नगरि रेगुलर आफ्नो पढाईलाई अगाडि बदाईरहेका थिए । मैले पनि समयको सदुपयोग फरक तरिकाले गर्ने सोच बनाएँ । अहिले आएर सोच्दा पनि समय बर्बाद गरे भन्ने चाँही लगिरहेको छैन । काठमाडौंमा रहदा बिभिन्न कार्यक्रमहरुमा सहभागि भएँ । रोल्पामा जिल्ला स्तरिय फुतबल प्रतियोगितामा आफ्नै कप्तानिमा दुई पटक खेलेर दोस्रो र पहिलो सहित बेस्ट प्लेयरको पुरुस्कार पाएँ । लिबाङको बलियो क्लब सुनछहारी, तुल्सी बोर्डिङ, न्यु होराइजन, नेपाल प्रहरी र नेपाल आर्मीका ससक्त तोलीलाइ जित्दा जिल्लामा मेरो राम्रो चर्चा भएको थियो । अक्टोबर क्रान्तिको उपलक्ष्यमा राखिएको प्रतियोगितामा भलिबलमा दोस्रो सहित बेस्ट प्लेयर र हाजिरीजवाफमा दोस्रो पुरुस्कार जितें । यही समयमा सल्यानको केही ठाउँ घुम्न भ्याएँ, रोल्पाको कहिल्यै नपुगेको गाउँसम्म पनि पुगें । भिन्न भिन्नै ष्रिष्ठभुमीका मान्छेहरु सँगको भेट र चिनजानले अहिले कुनै असर नभए पनि कुनै दिन केही फरक हुनेछ भन्ने सोचेको छु ।
चाइना आउनुमा आफ्नो पढाई त छदैथियो, साथै जन गणतान्त्रिक मुलुक चिनको शासन प्रत्यक्ष भोग्न पनि मन थियो । नेपालमा गणतन्त्रको लहर जताततै चलेको बेलामा मेरो मनमा पनि त्यो रहर चदेको थियो । पढाईमा एक बर्ष दिलो भयो तर मैले भनेको जस्तै भयो । अहिले म पढिरहेको छु र कम्युनिजमको शासन भोगिरहेको पनि छु । चाइना आएकोमा अहिलेसम्म एउटा मात्र सपना पुरा भएको छ, धेरथोरै भए पनि कम्युनिजमलाई नजिक बाट नियाल्ने । अब बिस्तारै अरु सपनाहरु पनि पुरा हुँदै जानेछन् भन्ने कुरामा एकदम आशावादी छु । ति सपनाहरु पुरा हुने बाटोमा हिडिरहेका छन्, धेरै दूर छैनन् जस्तो लाग्छ । कहिले काही भने बिभिन्न किसिमका शंका र उपशंकाहरुले मनमा घर जमाउन खोज्छन् । जस्तो आएका थियौ त्यस्तै रहेको, न कुनै प्रगती न त केही उतारचदावको महशुस नै । केही नभए जस्तो र केही नआए जस्तो देखिएता पनि, ति सपनाहरु अल्मिलिए झै लागे पनि तिनी सबै जिउदै छन् । हामीले अब गुणात्मक फड्को मार्नका लागि तयार रहनुपर्छ । निराश हुनु र हरेश खानुको सत्ता बरु उही जोशजाँगर र उत्साहका साथ अलिकती पनि बिचलित नभएर आफ्नो बाटोमा निरन्तर लागिरहन सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु । हाम्रा सपनाहरु साकार हुने नै छन्, दे आर अन द वे टु डिइर डेस्तिनेशन ! अलिकती मात्र भए पनि हाम्रो देशलाई हाम्रो क्षेत्रबाट माथि उठाउन सक्दो प्रयास गर्नु पर्दछ । सम्पूर्ण साथीहरुलाई पनि यही भन्न चाहन्छु र साथ साथै ह्याप्पी एन्निभर्सरी पनि ।
21 oct. 09

Monday, October 19, 2009
आज भाइटिका
हरेक साल तिहार आउन थालेपछि हाम्री दिदीबहिनीहरुले हाम्रो लागि रङिचङी मालाहरु तयार गर्न थाल्थे । भाइटिकाको दिन हामी सबै घर्ती खलकका सम्पूर्ण पुरुषहरु 'बुवा,काका/दाजुभाइ' एउटा घरमा भेला हुन्थ्यौ । फुपु/दिदिबहिनीहरु पनि त्यही आउथे । आफ्नै सहोदर दिदिबहिनी नभए पनि, दाजुभाइ नभए पनि सामुहिक भाइटिका मनाउथ्यौ । सबैलाई एकदम रमाइलो हुन्थ्यो । आजकाल मुख्यतय: बसाइ सराइ, बिदेशिने चलन, जागिरे हुनु लगायतका बिभिन्न कारणवस त्यसरी एकै थलोमा जुटेर एक आपसमा खुशी साट्न सम्भव पनि नहोला ।
दुई दिदी र दुई दाजुहरु हुनुहुन्छ मेरो पनि । हाम्रो परिवार घरमा सबैजना जम्मा भएको अहिलेसम्म मलाई मात्र एक पटक याद छ, ०५३ सालको अघिल्लो महिनाहरुमा । हामी तीन भाइले साथै बसेर दुबै दिदीको हातबाट टिका थापेको अहिले सम्म सम्झना पनि छैन । जेठा दाजु पहिले कालापहाड, अहिले कहिले यू.के. कहिले ब्रुनाइ , माहिला दाजु पनि पहिले मनिपुर-सिलाङ, अहिले कहिले साउदी त कहिले कतार, म पनि अहिले चाइनामा छु । दाङमा स्कुल र काठमाडौं कलेजमा पढिरहेको बेलामा पनि तिहार बिदा ३ दिन मात्र हुने भएकाले रोल्पा गएर आफ्नो दिदीहरुको हातबाट टिका थाप्न सकिएन । अहिले सम्झिदा पनि अनौठो र दु:ख लाग्छ । बिगत ९ बर्ष यता जेठि दिदीको हातबाट एक पटक मात्र टिका लगाएको रहेछु । कान्छी दिदीको हातबाट टिका नलगाएको त १२ बर्ष नै पुगिसकेछ । हामी तीन/तीन भाइ भएर पनि हाम्री दिदीहरु भाइटिकामा अरुले टिका लगाएको टुलुटुलु हेरेर बस्नु परिरहेकोछ । अहिले सामुहिक रुपमा टिका लगाउने चलन पनि त्यती छैन । आफ्नो दाजुभाइ भएर पनि नभएको जस्तो, टिका लगाइदिन र लाउन चाहेर पनि नचाहेको जस्तो । दिदीहरु माफ गर्नुहोला, हामी कुनै पनि दाजुभाइले यसपाली पनि तपाईंहरुको हातको टिका थाप्न आउन सकेनौ । फेरी अझै अर्को बर्ष दिन गन्दै कुर्नु पर्ने भयो । कसै गरी आश नमार्नुहोला, रहर नहराउनुहोला, एक न एक दिन हामी तिनै भाइ अबश्य पनि टिका थाप्न चौडा निधार सहित आउनेछौ ।
18 Oct, 09

Subscribe to:
Posts (Atom)