Saturday, December 31, 2011

म रातो-को!

दशैमा टिका थाप्दा
पूर्णिमामा होली खेल्दा
स्कुलमा पहिलो हुँदै
मुहारभरी अविर घस्दा
निधार सधैं रातोले रंगियो
अन्तर्मनमा रातो प्यारो
अनि रातोसङै प्रेम बस्यो 

 
ए! लाल मान्छेहरु
आमुल परिवर्तनको त्यो राँको
तिम्रै स्वार्थको लप्का थ्यो र?
रातो रङको अर्थ
आसुँ, पिडा, हिंसा, झुट,.. दुर्गति
निराशा र ध्वंस हो र ? 
मैले बुझेको रातो रङ
प्रगती, सम्रिद्धी, सफलता, उत्साह,.. बधाई 
खुशी र जीत थियो ।

बगेको आफ्नै रगत देखें 
जिउभरी निरन्तर चलायमान 
त्यो झनै प्यारो लाग्यो 
रातोको अर्थ सिङो जीवन सोचें ।

गाउँ अन्धकार थियो
चिरेर उज्यालो ल्याउनै थ्यो
शहर सुनसान थियो 
बिगुल फुकेर बिउझाउनै थ्यो
उकुसमुकुस त्यो तोडेर 
नौलो बिहानी झुल्काउन
लाल-बिगुल फुकिदा दंग थिएँ 
यसर्थ कि 
मैले बुझेको रातो रङ 
चेतना, समानता, स्वतन्त्रता, न्याय,.. आशा 
आदर्श र क्रान्ति थियो । 

रातोको अर्थ लाल-क्रान्ति 
क्रान्तिको अर्थ मानवीयता 
मानवीयताको अर्थ शान्ति ।

मेरो जंकोट रातो भयो 
हर्षले गदगद भएँ 
रगतले रोल्पा लपक्क भिज्यो 
बिजयको शुभकामना दिएँ 
पुरै देश रातोमय भयो 
ठुलै आशामा अग्रिम बधाई दिएँ । 

अफसोच! 
परिस्थिती बदलियो कि!
रातोसँग दिग्भ्रमित पो भएछु कि!?
अचेल मभित्र लाल-आतंक पसेकोछ
रातोसँग तर्सिएर भागिरहन्छु ।

ए! राता मान्छेहरु
यस्तो के बिचित्र भैरहेछ?
यो के अनर्थ भैरहेछ?
उहिले त्यस्तो सप्रेम गर्व थ्यो 
अहिले यस्तो वितृष्णा जागिरहेछ 
रातोको अभिमान हरायो कि!?
मेरै बुझाईमा भ्रम भएछ !?  
अब कसरी सम्बोधन गरुँ? 
ए! राता मान्छेहरु
ए! नव-लालबोसहरु 
कसरी हेरुँ मैले अब
आफन्तका रक्ताम्य तस्बिरहरु
कुन हृदयले सम्झाउँ अब 
लाल बिधुवाहरु, गर्भे टुहुराहरु
कसरी टेकूँ म
कसरी स्पर्श गरुँ अब 
शोकाकुल मेरा वनपाखाहरु ।

रातोको मोहभङ पश्चात
टिकाउ बिकल्प खोजिरहेछु
क्रान्तिको आधार ईलाकाभित्र
म रातो-को !?
२३ डिसेम्बर, ०११

फुयान्शा, चाइना   

Wednesday, December 28, 2011

तिम्रै खुशी

पूर्णिमाकै दिन
छायाँ पर्‍यो रुपभरी
आधा खुल्ने
आधा हाँस्ने
चन्द्र ग्रहण भएँ म
कतै घ्रिणा त गर्दैनौ ?

सुन्दैछु
कुरुपतामा लठ्ठिएर
एउटा परी
मलाई पछ्याउदै
खोज्दै हिड्दैछिन रे!

धर्तीसँग नजिक हुँदा
र, झन-झन नजिकिदा
भुलेरै मैले पो
अन्तर्‍अङ क्षणहरुमा
सिमाहरु नाघे कि!?
अन्यथा,
ठक्कर दिनु नियत होइन
न त, चाहना नै ।

सुन्दैछु,
मेरो आगमनको चाल पाएर
अलप ज्योति फिर्ता गर्न
एक धर्तीपुत्री धर्तीभरी
धुइधुइती खोज्दैछिन रे ।

म बुझ्छु
समिप हुनु गाह्रो छ
टाढा जानु झनै गाह्रो ।

म त म नै छु
चाहे अस्ती झै प्रेम गर
चाहे हिजो झै घ्रिणा गर
त्यो प्रेमी म नै हुँ
निष्ठुरी पनि म नै हुँ
म फेरिएको छैन
हामी दुबै खुशी नै छौं
फरक यत्ती हो
तिम्रो खुशीमा म खुशी छु
मेरो दु:खमा तिमी पनि ।
10 Dec, 011

नोभेम्वर '११

-अचेल,
कात्तिके कुकुरहरुले मस्ती गर्दैछन् । 4 Nov 011

- Sometimes first impressions are neither the best nor the correct ones. 5 Nov 011

- मेरो प्रिय सपनालाई मुन्टोमा थिचेर हत्या गरुँ र अरुको लागि हाँसू वा मेरो चिचिलो चाहनालाई पुरा गरुँ र अरुलाई बेखुशी पारुँ ।? शायद जिन्दगी कसैको बन्दकी होईन, र म पनि ।
10 Nov 011

- नेताको दास कार्यकर्ता, कार्यकर्ताको दास जनता! प्रकृया उल्तो भयो, सुल्टाउनु पर्नेछ । म सधैं दास प्रथाको बिरुद्धमा उभिनेछु । 13 Nov 011

- एक्लोको अर्थ अन्त होईन, एक्लोपन पिडा होईन । एक्लो हुनु त, स्वतन्त्रताको जित हो, शान्ति प्राप्ती हो र आफ्नै सपनाहरुको समिक्षा हो । 15 Nov 011


- RUN,.. run doesn’t always mean to run Away.. but to go Faster! 16 Nov 011

- Innocent Smiles and Sweet Tears are really valuable! 17 Nov 011
(I thought we were losing true feelings and being like a machine day by day. But, when a child comes with severe illness and leaves alright, feels me so good inside. And the situation is much pretier when he wants me to go his home with him. Although, he was crying but tears were really sweet! I loved his innocence.. i loved his sense of emotional attachment. They are very important and carries so much value in my life!)

-
Hiding from the rain and snow
Trying to forget but I won't let go
Looking at a crowded street
Listening to my own heart beat

So many people all around the world
Tell me where do I find someone like you girl
(Reminds of those beautiful days! Welcome n Best of Luck MLTR!) 13 Nov 011
(Ya, no doubt that the song is really beautiful and winning the millions of heart n soul with its wonderful lyrics, music n vocal. It is one of the fav song of mine too, memories feels so fresh when i listen again n again.)

- The more we Give, more the Demand is! 20 Nov 011

- तिमीलाई जे निर्णय सहि जस्तो लाग्छ, त्यो सहि नै नहुन सक्छ तर पनि तिमी आँफैसँग भने सधैं सहि नै हुनेछौ । अरुलाई देखेर निर्णय सच्याउन खोज्दा कालन्तरमा त्यो गलत हुने सम्भावना त्यत्तिकै रहिरहन्छ जुनबेला तिमीसँग मुकाविला गर्ने कुनै आधार बाँकी रहन्न, न त ज्ञान र नैतिकता नै । 22 Nov 011

- मैले पनि केही दिन अघी आफ्नै अनुभूति फेसबुकमा शेयर गरेको थिएँ । जीवनमा कहिले काही आँशुलाई पनि प्रेम गर्नु पर्ने अवस्था आउदो रहेछ । शायद त्यो क्षणलाई हामीले महशुस गर्नु/नगर्नुमा पो भर पर्छ कि!? 25 Nov 011

Thursday, November 17, 2011

सत्य र सपनाहरु

यथार्थ हो 
समाज - तितो सत्य बोल्छ
यथार्थवोध शुन्यता होईन
सुनौलो सुरुवात हो ।

तिमी कहिल्यै म हुन्नौ
न त म नै तिमी बन्न सक्छु
भिन्नै हुन ‘जिन’ र 'क्रोमोजोम' नै 
र त, फरक-फरक छन
हाम्रा अस्तित्व र सपनाहरु ।

आफ्नै बिरुद्ध नऊभिने
असहमतिकै कारण शायद
मसँग सहमत भएनौ क्या रे!?
हो, तुहिने हरेक सपनाको
म सदैव बिपक्षी नै हुँ ।

जीवनभरी
जन्मिरहन्छन सपनाहरु
केही हुर्किन्छन, केही मर्छन 
तसर्थ
फैसलामा राजी छु
म सहज स्विकार गर्छु
जसरी गरेथें तिम्रो प्रेमलाई  ।

शुभकामना छ
तिम्रो सपनाहरुलाई
किन कि
अती प्रिय लाग्छन
मलाई आफ्नै सपनाहरु
सबैलाई त्यस्तै त लाग्दो हो!

सम्बन्ध भत्केकै बेला
सपना ब्युझिन्छ कहिले काही
सपनाले एकान्त माग्छ
स्वतन्त्रता खोज्छ
र, अन्तरात्मालाई सुन्छ ।

एक्लोको अर्थ अन्त होईन
न त एक्लोपन पिडा नै हो
एक्लो हुनु त कैलेकाही
सपनाको स्वामित्व जित्नु हो
स्वप्नहरुकै समिक्षा हुनु हो
तसर्थ
गुमाएरै पनि अपुरो छैनौ कोही 
रोजेका छौं आफ्नै सपनालाई 
जिएका छौ आफ्नै अस्तित्वलाई  
पाएको छौं आफ्नै पूर्ण जीवनलाई ।
१३ नोभेम्बर, २०११
फुयान्शा, चाइना


Friday, November 11, 2011

दुखेको रात

चाहेरै न बोल्न मिल्यो, न त कतै देख्न पाएँ
यादमै जुनी बित्ने भयो, न त ब्यथा पोख्न पाएँ
मनभित्र के-के हुन्छ, कसले देख्न सक्या छ र !
हाँसोभित्र घाऊ हुन्छ, कसले पोख्न सक्या छ र !

घर हेर्छु अध्यारो छ, गाउँ हेर्छु सुनसान छ
वरिपरी उस्तै देख्छु, एउटै मान्छे गुमनाम छ
घर-गाउँ रुवाएर, अन्त बसाइ सर्यौ किन !
चाडै छाडि जानु रैछ, यती माया गर्यौ किन !

रुदा रुदै हाँस्न खोज्छु, हाँसोलाई बुवा ठान्छु
हाँस्दा हाँस्दै आसुँ झर्छ, आँशुलाई बुवा ठान्छु
जानेलाई त सजिलो भो, बाँच्नेलाई गाह्रो रै'छ
भुल्नेलाई त सजिलै भो, साँच्नेलाई साह्रो रै'छ ।

किउलीवाङको गोठमा, छैन कुनै खाट अब
भट्किएको गाह्रो लाउने, छैन कुनै हात अब
गाई-बाख्राका बगाल पनि, छिन्नभिन्न भईगए
दिमखोला र पोतल घुम्ने, मुल खसम कहाँ गए !

मध्यरातमा फेरन लुगा, लिन आ'को देखें बुवा
खुशी हुँदै ब्युझिएँ 'नि, दर्शन गर्नै पाइनँ बुवा
दिउसै आउन मिल्दैन र! लुकी-लुकी आउनु पर्ने
बिपना त दुखेकै छ, सपना 'नि दुख्नु पर्ने !

जाडो सुरु भयो कठै! चिसो बद्यो होला बुवा
लुलाएका हातखुट्टा ति, ऐले कस्तो होलान बुवा
कसो गरी सम्हाल्दै हुन्, परिवार छौं जम्मै यतै
किन रोजिस् इश्वर तैले, हाम्रै घरको असक्त नै !

हाम्रो खुशी देख्दा तँलाई, इर्श्या किन जाग्नु पर्ने!?
रुदै इश्वर नाम जप्दै, तँलाई किन दोग्नु पर्ने!?
सुख-दु:ख रचिस् तैले, सुख जती आँफै खोसिस्
सृस्टि त गरिस् तैले, कुदृष्टिले किन हेरिस् !? 

११ नोभेम्बर, २०११
२५ कार्तिक, २०६७ 
बिहान ०२:५५ बजे  

Tuesday, November 8, 2011

तेस्रो आँखा

पुष्पकमल दाहालले कार्तिक १५ गत्ते पुन: एउटा सम्झौतामा हस्ताक्षर गरेर नेपाली राजनीतिको केन्द्र बिन्दु आफु नै रहेको जनाउ दिन सफल भए । अब सबैले के बुझ्नु पर्ने भो भने उनको पार्टीभित्र सर्वेसर्वा नेता उनी नै हुन्, न मोहन बैढ्य न त बाबुराम भट्टराई या अरु नै कोही । राष्ट्रिय राजनीतिमा पनि के पुष्टि गरिदिए भने सुशील कोइराला र झलनाथ खनाल शान्ति प्रकृया र संबिधान निर्माणका लागि न बाधक हुन् न त साधक नै । क. प्रचण्डसँग बिपक्षीको सर्तहरु खुरुखुरु मानिदिएर पनि सहमति गर्न सक्ने बहुरङी खुबी छ भन्ने कुरा पछिल्लो सात बुँदे सहमतिमा छर्लङ देख्न सकिन्छ ।

हाम्रो नेतागण र सभासद महोदयहरुले संबिधानसभाको समयसीमा सुरुमा २ बर्षलाई तोकेको भए पनि पटक-पटक म्याद थपेर जग हसाइरहेकै हुन् । फेरी पनि संबिधानसभाको थपिएको म्याद सकिन लागेको बेला अर्को नौटंकि रचेका त हैनन् !? भन्ने आशंका गर्ने थुप्रै ठाउँ नभएको होइन । जहिले पनि अन्तिम समयमा केही न केही बहाना बनाएर कुर्सीको लेनदेन गरिरहेकै हुन् । फेरी यस पटक पनि त्यही चालबाजी चालेका त होइनन्!? भन्न सकिदैन । हुन त जनताको आँखामा यसैगरी छारो कहिले पो हालेका थिएनन् र!? नेताले नेतालाई त सक्ने भए पो त हाल्थे र! फेरी अर्कोले चुपचाप सहिदिनु पनि त पर्‍यो नि हामी जनताले जस्तै । हालुन् के-के हाल्ने हुन्, छारो मात्र किन? दुंगा, मातो, बालुवा,.. जती अटाउछ सबै चिज हाल्दा नि हुन्छ क्या रे! हामीलाई त संबिधानसभा बिघटनको हाउगुजिले नै तर्साइरहेका हुन्, हामीलाई त सधैं संबिधानसभा प्यारो! हाम्रै अभिमत प्यारो! तर कहिलेसम्म ? प्रश्न अनुत्तरित छ ।

नेपालका राजनैतिक दलहरु प्रायजसो भित्र चाँही बैठक बसे झै गर्छन् अनी बाहिर निस्केर पत्रकारलाई जोस्सिदै भन्छन्, "आज कुनै निर्णयमा पुग्न सकिएन, आ-आफ्नो पार्टीमा छलफल गरेर भोली फेरी बैठक बस्ने सहमति गरिएको छ ।" सधैं जसो यही बनिबनाउ जवाफ दिने गर्छन्, बिना कुनै हिच्किचाहत । बिडम्बना नै मान्नु पर्छ, त्यही टपर्तुईया कुराले नै मिडियामा पनि राम्रै स्थान ओगटिरहेको हुन्छ ।

कुनै पनि बिषयमा छलफल र बहस हुनु गौण हुन्, मुख्य चाँही सहि निष्कर्ष निकाल्नु नै हो । जसोतसो कन्दै र थुस्किदै बल्लतल्ल एउटा सहमति गरे । तर उनिहरुले के महशुस गर्नुपर्नेथ्यो भने यही बिषयमा सहमति गर्नुथियो त गिरीजा प्रसाद कोइराला जीवित हुँदै गरेको भए निकै उत्तम हुनेथियो । गिरीजाबाबुले गरेको प्रस्ताब पनि यही हुबहु नहोला तर योसँग मिल्दोजुल्दो नै थियो । अहिले आएर के के न गरे जस्तो प्रचार गर्ने नेताहरुलाई त पुरुस्कार होइन सजाय दिनुपर्ने हो । अनायास मुलुकलाई स्वार्थको रण मैदान बनाएर संक्रमनकाल लम्बियो, यती लामो समय देश अनिर्णयको बन्दी भयो । जे होस् दिलै भए पनि एउटा सहमति भएकोछ तर सँगसङै यसको कार्यन्बयन गर्ने कुरामै ठुलो आशंका पनि जन्मिएको छ । नेताहरुको अतितलाई हेर्दा अलिकती पनि विश्वाश गर्न योग्य छैनन् । उनिहरुले त्यो नैतिकता गुमाइसकेका छन । तर के गर्नु!? हाम्रो देशमा पहाड फोरेर मुसा भेटिदा पनि खुशीयाली मनाउनु पर्ने हुन्छ । यिनिहरुले पटक पटक गल्ती गर्दा पनि खुल्ला दिलले काखमा अंगालिदिन्छौं । बडो अचम्म छ । हाम्रो दुर्भाग्य, हाम्रो नियती! जे भन्दा नि हुन्छ ।

अहिलेका समकालिन नेताहरुको तुलनामा क. प्रचण्ड निकै चतुर निस्किए । उनी र उनका समर्थकले यो सत्यलाई मानुन् या नमानुन्, हजारौको बलिदानीबाट निर्मित माओवादी पार्टीको जनमुक्ति सेनालाई निसस्त्रिकरण गरेर बिघटनको दिशातिर उन्मुख गराएकै हुन् । अहिलेसम्मको उनको व्यबहार हेर्दा उनी आफ्नै ईतिहासप्रति पनि इमान्दार देखिएनन् । शान्ति र संबिधान निर्माणका लागि गरिएको सहमति पत्रलाई हतारमा षड्यन्त्र नै त भन्न नमिल्ला तर उनले चलाखी चाँही अबश्य गरेकै हुन् । अहिले नै त क्यान्टोन्मेन्टभित्र बाट असहमती र बिरोधका कुनै आवाज सुनिदैन तर पनि देशले निकास पाउने आशामा मात्र मौन रहेका हुन् भन्ने बुझ्न कठिन छैन जुन बिस्तारै चर्को नहोला भन्न सकिदैन । नेपाली जनताले शान्ति र संबिधान प्रति देखाएको आतुरता, क्यान्टोन्मेन्टमा निस्सासिएका तिनै निराश जनसेना, आफ्नै बर्ग उत्थान गरेका पार्टी नेताहरुको अबसरवादी मानसिकता, अन्य संसदिय पार्टीको चाहना तथा अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्ने भित्री स्वार्थको प्रतिफल नै यो सहमति बन्न पुगेको हो । ति सबैको गठजोडलाई मिलाएर प्रचण्डले आफुलाई भावी प्रधानमन्त्री वा राष्ट्रपती बन्ने आधार तयार गरेका हुन् किन कि यो सहमति सफल भए उनी नायक कहलिने छन् भने असफल भएको खण्डमा चाँही बाबुराम भट्टराई खलनायक बन्नेछन् । क. प्रचण्ड चाँही अरुको नजरमा पानी माथिको ओभानो हुनेछन् । हामीले पछिल्लो सहमतिलाई नियालेर हेर्दा अब बन्ने सम्भावित संबिधान २०४६ सालको भन्दा केही संसोधनसहित अलिकती उन्नत बन्नेछ भने माओवादीको १० बर्षिय जनयुद्धको ईतिहास निमिट्यान्न अवस्थामा पुग्नेछ । यसको अर्थ, नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्य उपर प्रचण्ड कमरेडको सैद्धान्तिक घोर बिचलन हो भने समानताको सुनौलो दिन देख्ने सपनामा भुलाइएका कार्यकर्तामाथि गरिएको गम्भिर धोका र गद्धारी हो । हिजो आतंकलाई बिद्रोह र बिद्रोहलाई पनि आतंक भन्न सिकेका कार्यकर्ताले अब आतंक या बिद्रोह के रोज्ने हुन्, त्यसैमा शान्तिप्रकृया र संबिधान निर्माणको भबिश्य जोडिएकोछ । पुष्पकमल दाहाल र बाबुराम भट्टराई मुस्ताङ म्याक्स चदेर एक करोडको पलङमा सधैं सधैंको लागि आराम गर्न पाउनेछन् वा बाटोमै दुर्घटनामा पर्ने हुन्!? यो कुरा स्वयम उनिहरुमा पनि होइन, अब उनिहरु द्वारा प्रशिक्षित कार्यकर्ताको निर्णयमै यि सबै चिज निर्भर हुनेछ । त्यसको लागि त अबको केही दिन कुर्नै पर्ने हुन्छ ।

मलाई ब्यग्तिगत रुपमा प्रचण्डको चिन्ता छैन न त किरण, बाबुराम र बादलको नै । यो सहमति एउटा नागरिकको लागि अत्यन्तै सकारात्मक छ, सफलतापुर्बक कार्यन्बयन हुनसकेको बखत यसको महत्व अझै बदेर जानेछ । यसका हस्ताक्षरकर्ताहरुको भबिश्य पनि उज्ज्वल रहनेछ तर शान्तिप्रकृया भनेर सहमति गरिएको मुख्य अंग माओवादीका जनसेनाहरु यो खबरले उत्साहित हुनुपर्ने हो, त्यो देखिएन । कारण स्पष्ट छ, उनिहरुलाई युद्धको बेला राष्ट्रिय सेना बन्ने, अझ सेनापती, जर्णेल-कर्णेलको सपना देखाइएको थियो तर त्यो भएन । उनिहरुले बर्गीय असमानतालाई आधार मानेर सदैव मर्न र मार्न तयार रहे । आज उनिहरुको आत्मसम्मान जोगिने गरी सहमति हुनुपर्ने थियो, त्यो भयो वा भएन, उनिहरुको सपनाको सम्बोधन कती भयो भन्ने त उनिहरुले नै बुझ्ने कुरा हो । अहिले जनसेनाले शिविरको पट्यारलाग्दो जीवनबाट उन्मुक्ती पाउनु मात्र पूर्ण समाधान हो जस्तो मलाई लाग्दैन । उनिहरुको मौन समर्थनको अर्थ सहमतिको स्वागत होइन बरु शान्ती प्रकृया टुङियोस् र देशले संबिधान पावस् भन्ने कामना नै हो । उनिहरुले अनुशासितपुर्बक पालना गरेको यो सैन्य 'चेन अफ कमान्ड'लाई ठुलो त्याग नै मान्नु पर्ने हुन्छ । उनिहरु खुशी हुने गरी अर्थात सम्मानजनक तरिकाले समायोजन र सजिलो हुने गरी पुनर्स्थापना गरिनुमै देश, पार्टी, नेता र जनता सबैको लागि उचित हुनेछ ।

अर्को समस्या भनेको संबिधान निर्माणमा देखिएको अबरुद्ध प्रकृया हो । त्यसको गाँठो फुकाउने उपाय भनेको सकेसम्म सबै दलहरुको विश्वाश लिनु हो, नभए मुख्य दलहरु बिचमा सहमति गर्नु नै हो । यो यथार्थलाई अधिकांस दल र नेताहरुले बुझेकै छन् तर इमान्दारीपुर्बक पहल गरेको देखिदैन । हाम्रो सम्भिधान सभाको बैठकमा केवल २ जना सभासदले पनि संसदको महत्वपूर्ण बैठकहरु रोक्न सक्ने हैसियत राख्न सक्छ भने किरण-बादल पक्ष फुटेर या नफुटेर नै गर्ने बिरोधको सिधा असर अबश्य पनि शान्ति प्रकृया र संबिधान निर्माणमा पार्नेछ । त्यतिखेर अहिलेको सहमतिको औचित्य त्यती अर्थपूर्ण नहुन पनि सक्दछ । तसर्थ, अहिले परिस्थिती कावुभित्र रहदै नियन्त्रण गर्नतिर सोच्नु नै बदी उपयुक्त हुनेछ, न कि धेरै दिला भैसकेपछि वा चिज बिग्रिसकेपछी । एउटा सच्चा नागरिकको रुपमा म के चाहन्छु भने शान्तिको नाममा मुर्दा शान्ति र संबिधानको नाम अस्पष्ट संबिधान लेखिनु र नलेखिनुमा त्यती तात्विक फरक देख्दिनँ । अहिलेको आवश्यकता भनेको त दिर्घकालिन शान्ति, सबल संबिधान र सम्रिद्ध नेपालको परिकल्पना नै हो । तर हामी समयको बर्बादी गरिरहेका छौं, त्यो बाटोमा हिंड्न डराई रहेका छौं । शायद अझै पनि अल्मलिरहेका छौं ।

मैले यो सहमति कसरी सम्भव हुनसक्यो भन्ने त माथि नै उल्लेख गरिसकेकोछु । जनसेनाहरु क्यान्टोन्मेन्टभित्र उकुसमुकुस भएर थुनिएर बस्नुभन्दा चित्त नबुझे पनि यो सम्झौतालाई स्वागत गर्नुको अर्को बिकल्प पनि थिएन र गरे पनि । अन्यथा, संसार बदल्न गुरिल्ला बनेकाहरु बनपाले र चौकिदार बन्नकै लागि मौन समर्थन जनाउनु आश्चर्यलाग्दो छ, त्यो पनि समायोजन भएर होइन नयाँ भर्ती प्रकृया अपनाएर । मैले युद्ध नलडेको हुँला तर युद्ध देखेकोछु, युद्ध भोगेकोछु । आज क्षणिक शान्ति-शान्ति भनेर कराउनेकै कारणले भोली अर्को गृहयुद्धको आधार नबनोस् किन कि हतियार चलाऊन अब ति कसैले सिकिरहनु पर्दैन । भोली शान्तिप्रकृया चालु रहदा पनि अपेक्षित वा सन्तोषजनक हुन नसकेको खण्डमा किरण-बादलको पक्षमा लडाकुहरु उभिने सम्भावना त्यत्तिकै रहन्छ । यदी त्यो स्थिती भैदिएमा दुर्भाग्यपूर्ण हुनेछ किन कि प्रचण्ड र बाबुरामले नै पार्टीभित्र पेलेर जाने निती अख्तियार गरिरहेका छन् । र माथिल्लो स्तरका कमान्डरलाई आफु अनुकुल पार्न राजनैतिक नियुक्तिको आश्वासन बाँडिएको छ र थामथुम पारिएको छ भन्ने सुन्नमा आएकोछ । स्पष्ट शब्दमा भन्नु पर्दा प्रचण्ड आफ्नो सिद्धान्तबाट बिचलित भएकै हुन्, क्रान्तिलाई धोका दिएकै हुन् र इमान्दार कार्यकर्ताप्रति गद्धारी गरेकै हुन् । भलै, अहिले प्रचण्डलाई नेपालकै बुद्धिमान नेता मान्ने उनका समर्थकले यो कुरा स्विकार्न त के सुन्नसम्म पनि चाहने छैनन् । अरुले जे सुकै भने पनि प्रचण्ड एक सक्षम ड्राइभर अबश्य हुन् जसले चाहेको खण्डमा बाटो अनुकुल होइन आफु अनुकुल स्टेरिङ् मोड्न सक्छन्, गाडी अनुकुल होइन आफु अनुकुल गियर बदल्न सक्छन् । यो क्षमता उनिसँग छ भन्ने कुरा मान्नै पर्ने हुन्छ ।

डा. बाबुराम भट्टराई ऊहिल्यैदेखि पेलिदै आएकै हुन् । उनी शान्ति र संबिधानको एजेण्डामा निरन्तर अडिग रहेकै हुन् । अन्य प्रधानमन्त्रीको कार्यकालमा भन्दा उनको कालमा सुशासनको केही आशा पलाएकै हो । उनले आफ्नो स्वच्छ छवी कायम राखेर देशलाई शान्ति र संबिधान दिने दिशामा अग्रसर छन् । उनको तत्परतालाई हेर्दा शान्ति प्रकृया टुङिने र संबिधान पनि लेखिने प्रबल सम्भावना देखिन्छ । तर केवल औपचारिकता पुरा गर्ने खालको शान्तिप्रकृयाको अन्त्य र संबिधान घोषणाले जनताको आकांक्षा कदापी पुरा हुँदैन । कुनै पनि प्रकृयागत कुरामा पार्टीभित्र आबश्यक छलफल बिना प्रचण्डको साथ शयर हुँदै एकलब्य बन्नुको मज्जा लिनु भबिश्यका लागि त्यती फाईदाजनक छैन । बिप्पा सम्झौतामा सकारात्मक र नकारात्मक दुबै पाटा अबश्य छन् तर भ्रमणमा जानुभन्दा अगाडि अरु राजनैतिक दलहरुसँग यथेष्ट छलफल नगर्नु पनि अनौठो नै छ । किरण-बादलसँगको गठबन्धनकै जगमा टेकेर प्रधानमन्त्रीको कुर्सिमा आसिन हुन पाएका उनले त्यही पक्षलाई प्रहार गर्न प्रचण्डलाई यती सजिलै आफ्नो काँध थापिदिनुले पनि उनको नियतमाथि शंका जन्माएकोछ । उनले किरण-बादल पक्षलाई समेत समेटेर अगाडि बद्न खोजेको भए पार्टीभित्र र बाहिर पनि उनको उचाइ अझ बद्ने थियो र थुप्रै कार्कर्ताको मन र विश्वाश जित्ने सम्भावना प्रचुर थियो । तर उनले त्यो आवश्यकतालाई पुरै नकारेर सिर्फ प्रचण्डको लौरो बन्न सकेकोमा नै आफ्नो सफलता सोचिरहेका छन्, जुन प्रत्युत्बाधक हुनसक्नेछ ।

ने.क.पा. माओवादी अहिलेको यो स्थितिसम्म आउँदा प्रचण्ड र बाबुरामको जती योगदान छ, त्यत्ती नै योगदान किरण र बादलको पनि छ । शान्तिप्रकृयाका केही महत्वपूर्ण छलफल र निर्णयहरुमा उनिहरुलाई संलग्न र सन्तुष्ट पार्न नसक्नु संस्थापन पक्षको कमजोरी हो । तर उनिहरुले नेत्रित्वको केही कार्यशैलीसँग असहमत हुँदैमा सम्पूर्ण शान्ति र संबिधान निर्माण प्रकृयामै खोट देख्नु तथा सिङो प्रकृया नै अबरुद्ध पार्न खोज्नु ठुलो भुल हो । १८औ शताब्दीको कार्ल मार्क्स र १९औ शताब्दीको माओ जे डोङको बिचार चाहेरै पनि नेपालमा ठ्याक्कै लागु नहुनसक्छ । उनिहरुले समयको बास्तविकतालाई बुझेर सिर्जनात्मक कोणबाट अझ कलात्मक दंगले नेपाल र नेपालीलाई प्रगतिशील बाटोमा डोर्याउन छाडेर कम्युनिष्टको घोषणा पत्रमा उल्लेखित सिद्धान्तहरुबाट हलचल हुन नमान्नु बिडम्बना नै मान्नुपर्छ । जो कसैले पनि स्वतन्त्रतालाई अराजकता र आतंकलाई बिद्रोहको आवरण दिन नसक्ने होइन तर त्यती ठुलो त्याग गरेर पाएको उपलब्धीलाई गुमाएर फेरी शुन्यमा झर्न खोज्नु हातको चरालाई उदाएर झ्याङका चराको पछाडि कुद्नु सरह हो । आन्तरिक एकता मजबुत नहुन्जेल राष्ट्रिय सफलता असम्भवप्राय छ तसर्थ सबैले आ-आफ्नो जिम्मेवारीलाई बुझेर यथार्थलाई आत्मसात गर्न सकेमा मात्र बुद्धिमानी हुनेछ । कामना छ, देश बिकासमा कोही नछुटुन्, कोही नतुटुन् ।

अहिले दलहरु जसरी घिस्रिदै र पछरिदै यो बिन्दुमा आएर जुन सहमति गरेका छन्, यसैको जगमा टेकेर सबैलाई मान्य हुने गरी शान्ती प्रकृया टुङियोस् र संबिधान लेखिएर चाडै घोषणा भएको दिन देख्न पाइयोस् । सम्पूर्ण नेपाली जनताको आशा पनि त्यही नै हो । नेपालमा सहमति अनिबार्य छ तर सहमति नै अभिशाप बनिरहेछ । शायद सतिले सरापेको देश भनेको यही नै होला !
02 Nov, 2011

Monday, October 31, 2011

पैसा र पौरख

पैशाको भाउमा कसरी बेचूँ, बुवाको चिंहान
बुवाको स्वर्गे भएकै राती, अर्को बिहान
नखाई-नलाई सन्तानलाई, जोडेको सम्पत्ति
बुवाको आत्मा आमाको मन, रुनेछन् छट्पटि ।

मरेर गए अलप भए, भन्दा हुन् मान्छेले
अद्रिश्य भैइ इश्वर बने, सोच्दैछौं हामीले
थकान-निन्द्रा नभनेर, कमा'को खेतवारी
पूण्य थाप्न जननी सराप, स्विकारु कसरी ।

अर्काको देशमा रगतसँग, साटेका पैसाले
अर्काको खेतमा पसिनासँग, खर्चेका बैंशले
दु:ख-कष्ट हाड-मासुको, लालपुर्जा साक्षी छ
नामसारी होईन बा-आमाको, पौरख माथि छ ।

बुवाको चिनो आमाको नासो, त्यही त बाँकी छ
दाजुको मानो दिदीको माइत, त्यही त आशा छ
घरको शोभा रित्याइ बन्ने, समाजको दानी म
कुलको इमान भत्काई हुने, कस्तो ज्ञानी म ?

चोखो माया गरेकै हुन्छु, ए! मेरो जंकोट
आफ्नै पनि सपना थिए, मलाई भो संकट
सुहा'को हुन्छ चन्द्रको दाग, त्यै सुन्दर बन्छु है
कर्तव्य मैले भुल्नेमा छैन, झन प्यारो हुन्छु है ।
31 October 2011

अक्टोबर '११

- जन्मिएको नयाँ मान्छे चिन्नुछ, बनेको नयाँ घर हेर्नुछ, बिनास पछीको बिकाश नियाल्नुछ । एक्लै बिते बर्षौ बर्ष, अब यसपालिको दशै आफ्नै घरमा, आफ्नै मान्छेसँग मनाउने रहर।
सबैलाई सुख-शान्ती मिलोस्, बिजया दशमीको शुभकामना!
02 Oct 011

- यहाँ इमान-जमान खत्तम भैसक्यो भन्या!
सक्छौ भने अझै ध्वस्त पार । अब त म खरानी न हुँ ।
15 Oct 011

- बिर्सिदेउ त्यो सपना जस्तो बिपनालाई
भुलिदेउ त्यो बिपना जस्तो सपनालाई
मिलन हुनुथ्यो, भयो
बिछोड हुनुथ्यो, भयो
अब एक पटक प्रेमले चुमिदेउ आँफैलाई ।
19 Oct 011

- मान्छे बेखुशी हुन्छ, बिरामी पर्छ र एकदिन बित्छ । बेठेगान छ यो जिन्दगी । Oct 011
(माथि वार्डमा प्यारालाइसिसले थला परेकी बुदीलाई आँफै असक्त भैसकेको बुदाले व्हील चियरमा सकी नसकी गुडाउदै भर्ना गरेर ल्याउदै गरेको देखें । तल जवान छोराको असामयिक मृत्‍युका कारण आइ.सि.यू. बाहिर रुवावासी चलिरहेको थियो । म भारी मन लिएर स्ययम्भुको छेउनिर हिड्दै थिएँ, मेरी दिदी अस्वस्थ भएको खबर पाएँ । बुद्धको आँखामा नियालेर हेरेपछी एउटै कुरो मनमा आयो, सिद्धार्थ गौतम यत्तिकै गौतम बुद्ध भएका होईनन् । मान्छेलाई बचाउने मात्र होइन, मान्छे नमर्ने उपाय खोज्नुथ्यो । मेरो पनि निश्कर्ष त्यही नै थियो ।)

- चोखो मन
पवित्र बिचार
कन्चन भाव
स्वच्छ छबी ।
21 Oct 011
(Being in a profession and doing a job for own self is not a True Service.. but some lucky people get all those though they don’t deserve.)

- Take sometimes to Think, sometimes to Decide and to Act Perfectly! 25 Oct 011

- "माथि केन्द्रमा नेताहरु मुखले झगडा गर्छन्, एक अर्कालाई गालीसम्म गर्छन्, मिल्छन् तर तल कार्यकर्ता अब हातले हानाहान गर्ने अवस्था भैसक्यो । हामीलाई गाउँमा मुख देखाउन पनि लाज लागिसक्यो । हिजोको उद्देश्य र आजको स्थितीमा आकाशपातलको फरक देखियो । हाम्रा नेताहरु के भएका होलान ।?" यसै भन्दैथिए रोल्पाका पुराना एक स्थानिय नेता ।
Oct 011

- म सधैं मेरो मान्छेको काखमा रमाइरहेको हुन्छु । कतिपय नचिनेका मान्छेसँग बोलेकोछु । कतिपय नदेखेका मान्छेसँग भेटेकोछु । कोही गादा, कोही टाढा तर पनि सबैलाई सम्झेकै छु किन कि मलाई हरेक सम्बन्ध अती प्यारो र बिशेष लाग्दछ ।
यहाँहरुको जीवनमा सुख-शान्ती छावस्, छाईरहोस् ।
दिपावलीको मंगलमय हार्दिक शुभकामना! 26 Oct 011

- Tihar.. Me on night duty.. Aama is getting better! 27 Oct 011

- मैले स्वदेशमै प्रदेश भोग्न थालेको चौध बर्ष बदी भैसकेछ । मेरा दौतरीहरु, मेरो मानसपतलमा पनि हाम्रो बालापन ताजै छ । अब फेरी म अर्को अबिस्मरणीय दिनको पर्खाइमा छु । 28 Oct 011

- The harder we work, the sweeter the victory! 29 Oct 011

- ग्रेटवालको ग्रेट अनुभुती पछी 'ईश्वरका कथा'
-डा. रबिन्द्र समिर 29 Oct 011
(It was a special day for me to meet Rabin dai after a long gap of our communication. Receiving a book with writers’ own hand writing is a huge gift for me. I’m very much grateful to u. And of course, I must thank Bhauju for the Chiya n Selroti!)

- धर्म संकट! अन्त्य होईन, सुरुवात हो । 31 October 2011

Sunday, October 30, 2011

सेप्टेम्बर '११

- हामीले 'अ'बाट अनुशासन कहिले सिक्ने होला !? 01 Sep 011

- राजनैतिक ब्यक्तिले राजनैतिक ब्यक्तिसँग नै गरेको अनेक टिकडम अस्वभाविक नहोला तर राजनैतिक ब्यक्तिले अराजनैतीक मान्छेसँग गरेको अन्तर्घात कदापी सह्य हुन सक्दैन । त्यो कुनै दिन अबश्य महँगो साबित हुनेछ । 02 Sep 011

- हिजोअस्ती बुद्धसँग खेलिरहने म मान्छे, अचेल पिस्तोलसँग पो रमाउन थालेकोछु । 03 Sep 011

- म त जोइटिङ्रे र पोइटिङ्रेले बिगारेको मुलुकमा पो जन्मिएको रहेछु । 04 Sep 011

- आशा थियो तुत्यो । विश्वाश थियो त्यो पनि तुत्यो । 05 Sep 011

- भिरालोमा गाह्रो हुन्छ पशुलाई घास चर्न
कत्रो बिपत बतुवालाई खहरे खोला तर्न
झन साह्रो पंछीलाई बचेँराको चारो खोज्न
सजिलो त कहाँ छ र मान्छेलाई जीवन भोग्न ।
06 Sep 011

- I don’t want be a silly man and that’s my silliness! 09 Sep 011

- Intelligent is not always Superior but the Winner is! 11 Sep 011

- I need to buy a bullet and a gun, I need to shot at my enemies so called friends, I need to shot down some criminals so called politicians. 13 Sep 011

- Traitors are traitors! Some people are better to die than to live! 14 Sep 011

- Where is ME? 15 Sep 011

- कुनै पनि खराब ब्यक्तिले सहि सिस्टमलाई बिगार्दछ भने खराब सिस्टमले सहि मान्छेलाई पनि बिगार्दछ । मैले देखे/भोगेको यथार्थ यही नै हो । 16 Sep 011

- भो, अब रुदिनँ म । 18 Sep 011

- A life is not only to born and die but there must be a purpose to live! 20 Sep 011

- जिउ कुप्रो भए पनि उच्च हुन्छ मन । 22 Sep 011

- निर्णय: कुनै पनि निर्णय लिनुपर्दा जो कसैलाई पनि अबश्य गाह्रो हुन्छ । अझ दुरगामी असर पार्ने निर्णय लिनु त निकै कथिन हुन्छ । मेरो बुझाईमा कुनै निर्णय लिनुको अर्थ केहीलाई त्याग्नु र केहीलाई छोप्नु नै हो । हरेक ब्यक्तिका भित्री चाहनाहरु अनगिन्ती हुन्छन जुन सबै पुरा हुन पनि सक्छन् र नहुन पनि सक्छन् । जो कसैको पनि सपनाहरु अनेक हुन्छन जुन सधैं साकार हुन पनि सक्छन् र नहुन पनि सक्छन् । यसर्थ अनगिन्ती रोजाई र अनेक सपनाहरुलाई छानेर कतिपयलाई फ्याक्नु पर्ने हुन्छ त कतिपयलाई जबर्जस्ती भुल्नु पर्ने हुन्छ । सबैलाई अङालिरहदा कसैलाई नपाउने सम्भावना पनि रहन्छ जो निकै प्रिय हुन्छन । हरेक ब्यक्ति परिस्थिती अनुसार कोमोल र कठोर बन्नै पर्ने रहेछ अन्यथा कुनै दिन आफ्नो सबैलाई गुमाउनु पर्ने अवस्थाको सम्भावना रहिरहन्छ, जुन निकै पिडादायी हुने गर्दछ । 25 Sep 011

- बोस्टन मगर समाजलाई धन्यवाद एवम एस.एल.सी. मा उत्कृष्ट अंक ल्याउन सफल बनेका भाइ रोशन र बहिनी मेलिनालाई हार्दिक बधाई छ । उनिहरुलाई प्रोत्साहन त अबश्य प्राप्त हुने नै छ साथै आउने दिनमा अझ उच्च प्रगतीका लागि थप उत्साह थपिदिने छ । हाम्रा भाइबहिनीले यो पुरुस्कारको महत्व र अर्थ आज नभए पनि भोली राम्ररी बुझ्नेछन् भन्ने विश्वाश मैले लिएको छु ।
बोस्टन मगर समाजको यस कदमले देश छाडेर प्रदेश पुगेपछी उतै रमाउने, उतै हराउने र आफ्नो जन्मभुमिलाई माया मारेर सभ्य भनिने मुलुकमा असभ्य मानसिकता बोकेर बाँचिरहेका हामी नेपालीहरुलाई लाज लाग्नु पर्ने अवस्थाको सिर्जना गरिदिएको छ । हामी ब्यक्तिगत रुपमा सम्पन्न हुन खोज्छौ, केही सम्पन्न पनि हुन्छौ तर आफ्नो जाती, समाज र मातृभूमी प्रतिको दायित्वलाई चटक्कै भुलिदिन्छौ । हाम्रो यस्तो गैरजिम्मेवार प्रब्रितिको ठीक बिपरित बोस्टन मगर समाजले आफ्नो जाती, समाज र मुलुक प्रतिको गहिरो माया र जिम्मेवारीपनले सबैलाई उत्प्रेरित गर्नु पर्ने हो ।
झुपडीको बास, बिपन्न जीवन, अशिक्षा र पछौटेपन हाम्रो यथार्थ हुँदा हुँदै पनि स्वप्न महल र आधुनिकताको संकिर्णतामा भुलेर बकम्फुसे गफ हाक्ने हामी मगर दाजुभाइ-दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुलाई झक्झक्याउने प्रयत्न साह्रै सराहनिय छ । बोस्टन मगर समाजको अतुलनिय र प्रेरणादायी कामका लागि धन्यवाद साथै पुरुस्कार पाउने भाइ बहिनीलाई पनि भबिश्यका लागि शुभकामना । (बोस्टन मगर समाजले एस.एल.सी. मा उत्कृष्ट अंक ल्याउन सफल मगर बिद्यार्थीहरुलाई गरेको सम्मानका सन्दर्भमा)

Saturday, October 15, 2011

म र मेरो घडी

मेरो हातको घडी
मन परे फनफनी घुमिराख्छ
मन नपरे मज्जाले सुस्ताउछ
यो अली बिशेष खालको छ
मेरो देशको घण्टाघर जस्तै ।

कहिले घडी सुत्छ, म उठ्छु
कहिले म सुत्छु, घडी चलिरहेको हुन्छ
कुनै दिन
मेरो घडी स्थिर हुन्छ, म चलायमान हुन्छु
कुनै रात
घडी चलाख हुन्छ, फेरी म अल्छि हुन्छु ।

म र मेरो घडी
यसै गरी बेतालमा कुदिरहेका हुन्छौ ।

देश सुतेको बेला जनता जागेको जस्तो
जनता जागेको बेला देश सुतेको जस्तो
ठ्याक्क मिल्दोजुल्दो छ
म सकृय रहन खोज्दा
मेरो घडी निदाइदिन्छ
म निस्कृय भैदिदा
घडी एकतामसले दौडिरहेको हुन्छ ।

अचेल बिना कारण
समय र मेरो बीचमा फाटो आइरहेकोछ
म ब्यूउझिदा घडी चीर निन्द्रामा हुन्छ
म निदाउदा घडी खुर्रर कुद्छ
दुनियाँले मलाई गल्ती देख्छन
मेरो आक्रोस बदेर आउछ
तै पनि,
घडीको सुई निस्फिक्री बिश्राममा हुन्छ
म माफ गरिदिन्छु
किन कि सम्झौता अनिबार्य छ
कहिले मलाई धोका दिन्छ
कहिले मैले धोका दिन्छु
यहाँको परम्परा यस्तै छ
न घडीले देश चलायो
न देशले समय चलायो
न मैले देश र समय नै चलाऊछु ।

अहिले, आजभोलि
तोल, देश र विश्वभरी
इमान-जमान खत्तम भएको बेला
समयसँग के गुनासो गर्नु!
आँफैसँग के चित्त दुखाउनु!
हिंडेर, कुदेर र सुतेर पनि
घडीले बजाएकै छ
म सुतेकैछु, जागेकैछु
जाबो तालमेल न नमिलेको हो
घडी र मेरो घनिष्ठता तोडिदा
युगको सराप लाग्नेछ, शायद
किन कि यहाँ अनिश्चित छ
शान्तीको र संबिधानको भाखा होस कि
बिकास र स्वतन्त्रताको साइत
तसर्थ,
घडीको चाल र मेरो ताल
निरन्तर यही हुनेछ
यसरी नै सधैं कायम रहनेछ
म घडीको दोष भन्छु
घडीले मलाई दोषी भनोस
बरु म घरिघरी
मेरो घडीको सुई घुमाउन तयार छु
मेरो समय तालिका बदल्न तयार छु ।
15 October 2011

Wednesday, September 21, 2011

म मान्छे बन्नुछ

मुर्खहरुको बस्ती छ
अनुशासनहीनहरुको नगर
लोभी र पापीहरुको देशमा
मान्छे बन्नकै लागि
अब म सस्तैमा बिकिदिन्छु ।

सुन्दर रुपको मन कुरुप छ
ठुलो टाउको भित्र सानो बुद्धी छ
जताततै स्वार्थीकै हालिमुहाली चल्छ
जती धोका दियो उती उन्नती छ
यहाँ चलन यस्तै चल्दोरहेछ
कठै!
मेरो नैतीकता र अचारण लज्जित भए
अब म तिनलाई सजिलै त्यागिदिन्छु ।

अन्याय गर्नेले अत्याचारको खिलाफ बोल्छ
भ्रष्टचारीले नै भ्रष्टचारको चर्को बिरोध गर्छ
छल गर्नेले जहिल्यै मेलको कुरा गर्छ
निर्दयीले निसंकोच दयाको मन्त्र जप्छ
यहाँ त्यही नै फाप्दो रहेछ
अब म पनि आफुलाई तुरुन्तै बदलिदिन्छु ।

भुक्नेहरु जम्मै हरुवा नहुदोरैछन
झुक्नेहरु जती छेरुवा नहुदोरैछन
मुखभरी थुकको छिता परेर के भो त!
सवाल छाती खोलेर हिंड्नु त रहेछ
कुरा चाकरी गर्नु र गराउनुको त रहेछ
अब जबर्जस्त अंग-प्रत्यंग कम्पन गराएर
म अर्धचेतन मानसिकता भकिदिन्छु ।

घरी घरि धिक्कार्छ मेरो मौनताले
थुइक्क थुक्छ मलाई शालीनताले
अरुले झै कुल्चेर 'हिड' भन्छ
अरुलाई रेटेर नै 'हास' भन्छ
तर मेरो आत्मा अस्विकार गर्छ
बरु आँफैलाई बहिस्कार गर्छ
जिन्दगी बाँच्न मान्दैन, जिउन भन्छ
तर सधैं तिरस्कार थेग्न सक्दैनँ म
अब स्वाभिमान भेटी चदाउन तयार छु ।

म मान्छे बेच्छु, मान्छे किन्छु
अब म आँफैलाई लीलाम गरिदिन्छु
मैले जीवन बेचिदिन्छु, नाम बेचिदिन्छु
अब म मातो बेचिदिन्छु, मेरो देश बेचिदिन्छु ।
21 September 2011

Friday, September 9, 2011

ब्यथाहरु

ब्यथाहरु सोधें आमा पिडाहरु हर्न सकिनँ ।
रुकेका गला सुनें नयाँ भाका भर्न सकिनँ ।

निधारको बत्ती निभ्यो दिव्य ज्योति छर्दा छर्दै
चाल नै नपाई सुक्यो मुल प्यासी मन भर्दा भर्दै
निन्द्रा पनि भाग्छ अचेल सपनीमा झस्काएर
निथ्रुक्क छ ह्रिदय मेरो भित्र भित्रै रसाएर ।

दु:ख मात्र सोधें आमा सुख दिन सकिनँ म ।
घाऊ मात्र सोधें आमा निको पार्न सकिनँ म ।

आधा संसार अध्यारो भो बुवा गए पछी
पुरै संसार बल्छ तर आमा हाँसे पछी
अजर-अमर छैनन् अरु जन्माउने हुन अजम्बरी
खुशी दिने सन्तानलाई इश्वर ति सधैं भरी ।

हाँसे जस्तो गरे आमा भित्र हाँस्न सकिनँ म ।
निराश मन भेटें पनि आशा छर्न सकिनँ म ।
ओठ मात्र खोले आमा ह्रिदय बोल्न सकिनँ म ।
29 Aug 2011

अगस्ट '११

- ति मान्छेहरु,
जो मौनतामै धेरै बोल्नसक्छन् ।
3 Aug 2011

- I love challenges but not the ugly ones!
5 Aug 2011

- एक दशक चलेको युद्धको घाऊ आलै छ, अबश्य दुख्छ तर राष्ट्रलाई एक शतक थला पार्न दिनुहुन्न ।
8 Aug 2011

- A Heart,
where Lovers become Friends n Friends become Lovers!
13 Aug 2011

- सभासद महोदय!
भ्रष्टचारी, अपहरणकारी, हत्यारा र बलत्कारीलाई फासी दिने कानून चाडो लेख्नुपर्‍यो ।
15 Aug 2011
(मैले दुई बर्ष अगाडि ख्याती श्रेष्ठको हत्या हुँदा पनि बि.बि.सीमा यस्ता जगन्य अपराध गर्नेलाई कडा भन्दा कडा कारबाहीको ब्यबस्था गरिनु पर्ने टिप्पणी गरेको थिएँ । त्यतिखेर म साँच्चीकै सम्बेदनशील र आक्रोसित पनि भएको थिएँ फलत: श्रमकैदको पक्षपाती भावनात्मक रुपमा अली निर्मम पनि बन्न खोजें । तर यि दुई बर्षकै श्रिन्खलाबद्ध घटनाहरुलाई नियाल्दा अपराध झन पो मौलाउदै गैरहेको छ । यही क्रममा अर्को दुई बर्ष, चार बर्ष, पछीको भयानक स्थितीको सामान्य आँकलान गर्न सक्छौ । यसर्थ, कम्तिमा पनि १० बर्षसम्म कानुनमा कडाइ गरिनुपर्छ । यसो भएको खन्दमा देशमा शान्ती र सुब्यबस्था कायम गर्न चाहने इमान्दारहरुको हात माथि पर्नेछ । खुकुरी धारिलो हुन्छ, काट्नसक्छ तै पनि प्रयोग गर्नु अनिबार्य पनि छ । तर म अहिले पनि श्रमकैद र सुधारगृहको बिपक्षमा छैन ।)


- यी दुई आँखाहरु,
जसले संसारलाई अती सुन्दर बनाएका त छन् तर, उत्तिकै कुरुप पनि ।
19 Aug 2011
(" आँखा लोभी, मन पापी" । मैले स्वयम्भुको आँखालाई अपवाद राखेर नै भनेको हुँ । ति आँखाहरु अबश्य शान्त र निर्दोष छन् तर यि आँखाहरु भने बिश्वासिलो होइनन् । जसले आफु अनुकुल संसारलाई हेर्छन अनी हरेक द्रिश्यलाई पक्षपात र भेदभाव गर्छन् । तसर्थ यि आँखाहरुले संसारलाई अती सुन्दर बनाएका त छन् तर उत्तिकै कुरुप पनि ।)


- Happiness is not only the Moment we Smile But its more precious when we make others Smile!
20 Aug 2011


- Need to catch a flight very soon in order to land safely!
22 Aug 2011


- मेरो साथी!
गुह्ये किराहरुको भुलभुलैयामा परेर झिङाहरु भन्किदैमा बिद्रोह हुँदैन । क्रान्ति, कसैको एकांकी र एक पाखे गफले सम्पन्न हुने पनि होईन । त्यो तिम्रो बिखण्दनवादी सोचाई त केवल संकिर्ण र अराजक मानसिकताको उपज हो । तिम्रै कमजोर मनोदसाको पराकाष्ठा हो । मात्र, तिम्रो आत्मरती हो ।
23 Aug 2011
(आफ्नो ब्यग्तिगत स्वार्थका लागि एक दुई ठाउँहरुमा दुई चार जनाले टायर बाल्दैमा, बाटो छेक्दैमा वा धम्की दिदैमा एजेण्डा हुँदैन । जबर्जस्ती जिद्धी गर्दैमा माग पुरा गरिनुपर्छ भन्ने छैन । नेपालमा कोही हिट्लर वा स्टालिन बन्ने सम्भावना कम छ, बुद्ध जन्मिने आशा झनै कम । एउटा शब्दको थुप्रै अर्थ हुन्छ, हलो अड्काउने नै भए सिधा कुरालाई नै बङ्याउन सकिन्छ । मुख्य कुरा सफा नियतको हो । युद्ध, हत्या, हिँसा, आतंक, अपहरण, बिनास, असुरुक्षा, भोक, रोग, गरीबी, भ्रष्टचार, ..ले आक्रान्त भैसक्यौ । अब हामीलाई चाहिएको छ सिर्फ सुख, शान्ती, बिकास र सुशासन । अनी एउटै मालामा उनिएको बलियो राष्ट्रिय एकता ।)

- म हिड्दा हिड्दै एउटा शहर भित्र पुगेछु । मैले खुट्याउन नसकेको त्यो शहरको कुनै ठाउँमा हिडिरहेको थिएँ, जहाँ भरखरै बन्दै गरेको नयाँ पर्खालले एक भब्य घरलाई घेरेको थियो । अचानक एउटा शिशु त्यही घरभित्र रोइरहेको एकोहोरो आवाज मेरो कानमा आएर ठोक्कियो । एकनासले अघी बदिरहेका मेरो पाईलाहरु टक्क रोकिए । मैले पर्खाल बाहिरबाट नै भित्र चियाएँ तर कसैलाई देखिनँ । मलाई लाग्यो," कोही पापिनी आमाले बच्चालाई जन्माइसकेपछी यहाँ अलपत्र छाडेर बिचल्ली बनाएको होला ।" मेरो मनमा त्यो रोइरहेको बच्चा को थियो, किन रुदैछ, उसको स्याहर-सम्भार गर्ने कोही छ/छैन !? जान्ने कौतुहुलता जागेर आयो । त्यसैले, पर्खालभित्र छिर्नलाई बाटो खोज्दै थिएँ तर खै कसले हो पछाडि कतैबाट बेस्सरी हकार्दै भन्यो," तलाई थाहा छैन ? यो त पेरिसडाँडा हो ।" (निन्द्राबाट झसँग बिउझिएँ । धन्न! सपना रहेछ ।)
25 Aug 2011
(शायद मेरा मित्रहरुले मबाट निकै ठुलो आशा राख्नुभएको होला । यो कितावको अंश होइन । म अल्छिले किताव लेख्ने सपना नदेखै राम्रो! हो, त्यो निन्द्रामा देखेको केवल एउटा सपना थियो तर निन्द्राबाट बिउझेर मैले त्यसै भुल्न सकिनँ । त्यो बच्चा रोइरहेको स्थान किन सिंहदरवार, बालुवाटार वा सानेपा र बल्खु नभएर पेरिसडाँडा नै भयो ? यसको उत्तर पाउन नसकेर स्वयम गम खाएर बसेकोछु । अझै पनि मेरो मानसपातलमा कता कता त्यही बच्चा उसैगरी रोइरहेको आवाज सुनिरहेको छु । र, तिनै प्रश्नहरु मनमा खेलिरहेका छन, को थियो? के कारणले रोयो ? उसको अभिभावक को हुन् ? उसको हेरचाहको जिम्मेवारी कसले लिने ? .... सबै अनुत्तरित छन ।)


- The trend is not reversed but it’s changed!
26 Aug 2011

- बिडम्बना! म सधैं सहमति देख्छु तर देख्नु पर्नेले कहिल्यै देखेन । अब स्थिती सकारात्मकबाट नकारात्मकतिर अर्थात मिर्मिरेबाट अन्धकारतिर मोडिदैछ नेपाल र नेपालीको भबिश्य ।
27 Aug 2011


- Sometimes going far may seem as being closer!
28 Aug 2011


- यौन ब्यवसायलाई बन्देज होइन बरु ब्यबस्थित गरिनुपर्छ ।
29 Aug 2011


- Doesn’t tell but acts, doesn’t show but applies.
30 Aug 2011


- All I need to be is Bold, Spontaneous, Forceful and Goal Oriented!
31 Aug 2011

Saturday, August 27, 2011

मान्छे! नमार मान्छेलाई

मान्छे!
तिमी बुद्धिमान छौ
सर्बशक्तिमान छौ
तिमी सर्वश्रेष्ठ हौ ।

के सक्दैनौ तिमी ?
सोच्न सकेकै छौ
बोल्न सिकेकै छौ
बाँच्न जानेकै छौ
शासन गर्न पाएकै छौ
सबैलाई जितेकै छौ
के गर्न सक्दैनौ तिमी ?
सबै सबै गर्न सक्छौ ।

मान्छे! अब भन
सोचेर भन
मान्छेले मान्छेलाई किन मार्दैछौ तिमी ?
जन्मेर सबै मर्नु नै त छ
तर, हतारिदै किन
उसैलाई मार्दैछौ तिमी ।

मान्छे! खोइ सोचेको
मरेकालाई बचाउने उपाय ?
मान्छे बुद्धु होइन
हिंसा धर्म होइन
बरु मान्छेका शत्रुलाई सखाप पार
एड्स र क्यान्सरका बिरुद्ध जुट
मलरिया र हेपाटाइटिसलाई निमिट्यान्न पार
मान्छे! मान्छेलाई मार्दै नमार
जन्मेकाहरु त बाँच्नुपर्छ
बाँचेकाहरु धर्ती सजाउनु पर्छ
संसार सर्वश्रेष्ठ मान्छेहरुकै हो
मान्छे! नमार मान्छेलाई
मान्छे मान्छे नै हो ।
27 August 2011

मान्छे-अमान्छेका मुल्य र भाऊ

मान्छेहरु अचेल दिनहुँ सुक्दै गैरहेछन
तर अमान्छेहरु भने
अचम्मै गरी फलि-फुलिरहेछन
बेमौसममा लहलह ।

निरसहरु सरस देख्छु
सरस जिन्दगीहरु निरस ।

अमान्छेहरु
ति बुझक्कड न परे!?
व्यबहारको ब्यापार गर्छन्
मोलमोलाई खुब जान्छन
हिसाबकिताब निकाल्छन
तुलोमा नाफाघाटा जोख्छन
अनी सम्बन्धको नयाँ खाता खोल्छन
बल्ल, अमान्छे भाऊ र मुल्य तोक्छ ।

मान्छे न पर्‍यो!
बिचरा! बुझ्दैन केही पनि
भाऊ माग्नेलाई मुल्य तिर्छ
मुल्य माग्नेलाई भाऊ सोध्छ
आँखाले हेरेर खुट्याउन सक्दैन
हातले छामेर छुट्याउन सक्दैन
भाऊ र मुल्यको फरक खोजे पनि
व्यबहारको बाङोतिङो ब्यवसायमा अल्मलिन्छ
बरु झन अर्थशास्त्रको ‘ब्ल्याकहोल’मा जाकिन्छ
अस्तीको जस्तै हिजो
हिजो जस्तै आज
र, पक्का यसै गरी अल्मलिरहनेछ
आज जस्तै भोली पनि ।

तर उ दोषी छैन
किन कि
उ अमान्छे होइन
उ त मान्छे हो ।
25 August 2011

Friday, August 19, 2011

अधल परे

अधल परे मै मरी जाउला, तँ चाँही बचेँस् है ।
मृत्‍युको रित मै टारि जाउला, तँ हाँसी रहेस है ।

इश्वरको कृपा पाएर हामी, सँगै छौ एक जोडी
दैबको आदेश मान्नु नै पर्छ, कोही अघी कोही पछी
म गए पनि खुशीको यात्रा जारी नै राखेस् है ।
अधल परे मै मरी जाउला तँ चाँही बचेँस् है ।

धिक्कार्दै कठै भाग्यलाई आमा, रुनेछिन् शोकमा
सम्झेर मलाई डुब्नेछन् सङी, आँशुको आहालमा
निधारको लेखा सकियो भनी सम्झाएर राखेस् है ।
मृत्‍युको रित मै टारि जाउला तँ हाँसी रहेस् है ।

अधल परे मै मरी जाउला, तँ चाँही बचेँस् है ।
मृत्‍युको रित मै टारि जाउला, तँ हाँसी रहेस् है ।
4 August 2011
(सम्पूर्ण 'तँ' हरु प्रती समर्पित)

Thursday, August 4, 2011

स्वदेशबाट प्रदेशतिर

प्रिय साथी!
म सकुशल छु र कुशलताको कामना गर्दछु ।

मैले तिमीलाई अकस्मात यो चिट्ठी लेखिरहेकोछु तै पनि कुनै आश्चर्य त मान्ने छैनौ होला तर जुन भिन्न बिषयमा लेखिरहेको छु यसले अबश्य अचम्म पार्नेछ । म स्वयम पनि अचम्मित छु किन कि यसरी मनका भावनाहरु चिट्ठीमा पोख्नु पर्ला भन्ने कहिल्यै कल्पेको पनि थिएनँ । म नेपाल आउनु भन्दा अगाडि मसँग धेरै सपनाहरु थिए र ठुलै आत्मबिश्वास थियो । अर्काको सम्पन्न मुलुकमा रहेर आफ्नो मातृभूमीको दुर्दशा टुलुटुलु हेरिरहनु पर्दाको अवस्था निकै पिडादायी हुदोरहेछ, त्यो मैले राम्ररी अनुभव गरें । त्यसैले, म स्वदेश फर्केर केही गर्छु भन्ने द्रिडता लिएर नै आएको थिएँ । मैले कुनै दिन एउटा निस्वार्थ भावना लिएर चालेको कदममा मेरो साथीहरुले, मान्छेले, सरकारले र पुरै देशले सहयोग गर्नेछ भन्ने लागेको थियो तर मैले आशा गरे जसरी साथ पाउन सकिरहेको छैन । मसँग निश्चित उद्देश्य छ तर कोसँगको सहकार्यमा विश्वाश गरुँ !? म बर्षौ प्रदेशमा पिरोलिएर बिताएँ तर स्वदेश आएर पनि दैनिकी उसै गरी पत्यार लाग्दो गरी बितिरहेकोछ । हरेक बिहान कोठा बाहिर निस्किनु भन्दा अघिसम्म निकै 'फ्रेश' हुन्छु तर जब बाहिर निस्किन्छु, तब मैले देख्नै नचाहेका मान्छेहरुलाई देख्नु पर्ने हुन्छ । मैले बोल्नै नचाहेका मान्छेहरुसँग बोल्नु पर्ने हुन्छ र जोसँग हिंड्न पनि 'सिकसिक' लागिरहेको हुन्छ, तिनीहरुसङै हिंड्नु पर्ने हुन्छ । तिमी भन्छौ, "के तिम्रो साथी, तिम्रो मान्छे र तिम्रो तोल खराब छ र ?" त्यस्तो कदापी हुँदै होइन । मलाई उनिहरुसँग केही पनि गुनासो छैन । बरु गुनासो त यहाँको धुलोसँग छ, हल्लासँग छ, भिडसँग छ, जो मेरो आफ्नै हुन्, जहाँ म घुलमिल भएर बाँच्नु परिरहेको छ ।

तिमीलाई थाहै छ, म स्वार्थी र छली मान्छेहरुसँग फोस्रो मित्रता र सहकार्य गर्न रुचाउदिनँ । तर, बिडम्बना! मैले नचाहेर पनि उनिहरुसँग देखावटी मित्रता कायम गर्न र सहकार्य गर्न वाध्य छु । मेरो हृदयलाई निमोठेर पनि उनिहरुको सामु शिर निहुराएर 'हजुर' भन्दै मान दिन बिबश छु । मेरो सपनाहरुलाई ठाँती राखेर आज राम्ररी महशुस गरिरहेकोछु, मान्छे, समाज र देश बदल्न त्यती सजिलो रहेनछ जती मैले सोच्ने गर्दथें भलै त्यो सकरात्मक दिशामै किन नहोस् । यहाँ एउटा मान्छेले अर्कोलाई आदर गर्ने चलन नै लगभग हराईसकेछ, न त आत्मअनुशासन नै बाँकी छ । सबैले आँफैलाई महान ठान्छन्, अरु कसैको अस्तित्व स्विकार्न तयार छैनन् । एक अर्काप्रतिको इर्श्याले जल्नु र घमण्डले फुल्नु नै उत्तम मान्छन् । मान्छेहरु कसैले पनि आफ्नो कर्तब्य र जिम्मेवारी बुझ्नु पर्छ भन्ने मान्यता राख्दैनन् । हरेक ब्यक्तिको सोचाइमा अधिकार र स्वतन्त्रताको आबरणभित्र अराजकता लहलह हुर्किरहेकोछ, दलालहरुकै हालिमुहाली छ । मान्छेहरुको भावना अपराधिक र दिमाग भ्रष्ट हुँदै गैरहेको छ । नियम, कानुन के हो र राज्यको उपस्थिती कहाँ छ केही पत्तो छैन । सबैले आदर्श फलाक्छन तर व्यबहारमा ठ्याक्कै उल्तो गरिरहेक हुन्छन् । आदर्श र व्यबहार तालमेल गराउन नसकेकै कारणले यि यावत समस्याहरु निराकरण गरिनुको साटो झन झन झाङिदै गैरहेका छन । युवाहरुमा तुलनात्मक रुपमा हेर्दा चेतना त आएको छ, खुब आएकोछ तर स्वतन्त्र रुपमा स्वबिबेक प्रयोग गर्न सकिरहेका छैनन । देशप्रती इमान्दार रहेर हृदयदेखी नै निर्णय नगर्दासम्म हप्तादिनको चर्को कृयाकलापको कुनै औचित्य पनि छैन । देशलाई अग्रगमनतिर डोर्याउने भए सचेत युवाहरुले एउटा पहलकदमी त लिनैपर्छ, चाहे जस्तोसुकै जोखिम मोल्नु किन नपरोस । तर अहिले त्यो सम्भावना न्युन देख्छु । अचेल अधिकांस ब्यक्ति आँफैप्रती पनि पारदर्शी र इमान्दार छैनन । साथी! मेरो देशको यस्तो हालत देखेर ब्यग्तिगत रुपमा जती नै आहत भए पनि त्यो हाम्रो साझा समस्या हो । एक दुई जनाको प्रयासले देखिने गरी केही गर्नै सकिदैन । मलाई लागेको थियो, मैले कठोर निर्णय गरेर थुप्रै पटक विद्रोह गर्नु पर्ने पनि हुनसक्छ, आँफैसँग, म बाँचेको समाजसँग र गलत राज्य प्रणालीसँग । तर कसका लागि, किन कैले भन्ने अन्योलले पिरोलिरहेछ । यस अवस्थामा म कस्तो अभियानको थालनी गरुँ ? वा कसको स्वच्छ अभियानमा समाहित बन्न सक्छु ? न म अरुलाई बुझ्न सकिरहेको छु, न त बुझाउन नै । आँफैभित्र अस्तब्यस्त रही गुज्रिरहेकोछु । यो मेरो एउटा समस्या हो, त्यो भन्दा ठुलो समस्या चाँही म आफुलाई त्यसरी अरुहरु जसरी हरेक मोडमा बदल्नै नसक्नुमा छ । म कलियुगमा अनायस सत्ययुग बाँच्ने दुस्प्रयास गरिरहेछु । म अझै पनि भन्छु, हाम्रो देश बिग्रिसकेको छैन तर जुन मार्गबाट अगाडि बद्नुपर्थ्यो, त्यसमा बिचलित अबश्य भएकोछ । यसरी नै गलत प्रब्रितिलाई बदावा दिदै गयौ भने यहाँको भाबी पुष्ता अब गर्भबाट नै कुन मानसिकता लिएर जन्मने हुन्, कस्तो बातावरणमा हुर्किने हुन, त्यसले घरिघरी साह्रै चिन्तित तुल्याउने गर्दछ । यो यथार्थ हो, सत्य हो, तै पनि झिनो आशा लिएर यताउती खोजिरहेको हुन्छु, सुत्केरी आमाहरु र इमान्दार छोराछोरीहरु । म आँफैसँग बर्बराइरहेको हुन्छु," अब यहाँ मान्छेरुपी राक्षसहरुको होइन, मान्छेमुखी भगवानको मात्र जन्म र न्वारन हुनुपर्छ" ।

मेरो साथी!
हो, कुनै चिज परिवर्तन हुन दशकौ लाग्छ भन्ने भौतिक बिज्ञानलाई म मान्छु । मैले सडकको चोकतिर क्षणभरमै चमत्कार गर्ने जादुगर बन्ने दुस्साहस गरेको अबश्य होइन । हाम्रो देशमा जे हुँदैछ, त्यसमा मेरो केही दोष छैन भन्नेमा पनि सहमत नै छु । तर तिमीले भने झै आँखा चिम्लिएर मौन बस्न भने सकिरहेको छैन । एकछिन आँखा छोप्छु, नसुने झै गर्छु तर पनि आत्माभित्र शान्ति हुँदैन । मैले बिचित्रको द्रिश्य देख्छु, हाम्रो शहरका साँघुरा सडक-गल्ली भरी दुर्घन्धित फोहोरका थुप्रो हुन्छ, छेउछाउमा नाङ्ले पसलेहरु कान चनाखो पार्दै १/२ रुपैया हातमा च्यापिरहेका हुन्छन् । हुलका हुल बालकहरु एक हातले बोरा अठ्याउदै र अर्को हातले प्लास्टिक सुघ्दै यताउती कुदिरहेका हुन्छन् । भिख माग्नेहरुले हात पसार्दै हिंड्ने जतिको खुट्टा दोगिरहेका हुन्छन् । ति अनुहारहरुमा हाम्रो देशको भबिश्य यत्रतत्र छरपस्त देख्छु, आउने पुस्ताको जिन्दगी बारे सोचमग्न हुन्छु । ति निमुखा गरीबहरुले आफ्नो बालबच्चाको लागि साँझ बिहानको छाक टार्ने र जिउ दाक्ने धोको रातदिन दु:ख गरेर पनि पुर्याउन सकिरहेका हुदैनन् तर यही मुलुकमा केही मान्छेहरु राष्ट्रको दुकुती लुट्न र तिनै दुखियाहरुकै गर्धनमा टेकेर मोजमस्ती गर्न तछाड-मछाड गरिरहेका छन । यि यावत कुराहरु देख्दा देख्दै पनि नदेखे झै गर्न सक्दैनँ । मेरो मातोलाई चटक्कै माया मारेर गुमनाम बस्न पनि सक्दैनँ । त्यसो गर्न मेरो नेपाली मनले मान्दै मान्दैन । हुन त यतिखेर मैले बोल्ने सहि समय नहोला, मलाई कसैले नसुन्ला किन कि आफ्नै भबिश्य बनाउन संघर्ष गरिरहेको मैले, अरुको चिन्ता लिनु खोक्रो आदर्श जप्नु सरह हुनेछ । तर यो मेरो बोल्ने समय होइन भने, शायद चुपचाप हेरेर टोलाई रहने समय पनि त होइन । यस्तो लागिरहेको छ, यहाँ अधिकांस मान्छेहरु अन्धा छन, बहिराहरु मात्र छन, बहुलाहरु मात्र छन । तर कहिले काही यस्तो अनौठो सोच पनि आउछ, "शायद दुनियाँमा म मात्र यस्तो बुद्धु हुँ, जो समयसँग हिंड्न अझै सिकेकै छैन । म पागल!"

मेरो साथी!
आफ्नोलाई रुवाउने र शत्रुलाई हसाउने मेरो सोच हुँदै होइन । तिमी भन्छौ, "तिमी जस्तो शान्त मान्छेले जीवनमा आक्रोस ठेग्ने आँट गर्नुपर्छ, आक्रोस ठेग्न सक्नेले गहिरो पिडा पनि ठेग्न सक्नुपर्छ, आगो-पानी सबैमा जिउन तयार रहनुपर्छ ।" तिमीले भने झै म अहिले पनि शान्त छु, सहिष्नु नै छु । म आफुलाई अझै पनि संयमित त राख्न सक्छु तर निकै अधैर्य भैसकेको छु । अब सम्हालिनलाई एउटा शान्त ठाउँमा म र 'महरु' मात्र हुनुपर्छ । अहिले नै कुनै बिना आधार 'जन्मस्थललाई औधी माया गर्छु, मेरो देशलाई ठुलो योगदान गर्छु' भनेर राष्ट्रिय गान जपेर बस्नुको औचित्य छैन भन्ने राम्ररी नै बुझेको छु । म तिम्रो सल्लाह र आग्रहलाई पुरै नकार्न चाहन्न तर यस्तो स्थितिमा मातृभूमीलाई अलपत्र छाडेर पलायन हुन भने सक्दिनँ । स्वदेशमै आर्जेको पैसा, सिकेको सिप र बटुलेको ज्ञानले भोली म मेरो मातृभूमीलाई कुममा बोकेर थाम्न सक्छु, सक्दैन त्यो भबिश्यमै परीक्षण होला । तर आज ‘केही गरेर कोही बन्नुछ वा कोही बनेर केही गर्नुछ’ को द्धिबिधामा अल्झेकोछु । मलाई भबिश्यमा कतै मेरा प्रिय सपनाहरुकै लिलामी गर्नुपर्ला वा आँफै मलामी बन्नु पर्ला भन्ने ठुलो डर छ । यसो भन्नुको अर्थ, म बाँचेको दुनियाँप्रती पूर्ण घ्रिणा जागेको होइन । तर यो मेरो गहिरो असन्तुष्टि हो । मेरो चाहना सम्मानित जीवन बाँच्नु हो । मैले खोजेको शान्त र समतामुलक समाज हो । मेरो परिकल्पनाको संसार स्वतन्त्र र अनुशासित हो । एउटा मुलुक मात्र होइन, सिङो धर्तीभरी सम्रिद्ध चाहनु र मानवियी साइनोमा उनिएको समाजको खोजी नै मेरो भित्री उद्देश्य हो । जहाँ म मान्छे, सिर्फ मान्छेहरुको बिचमा एउटा सुन्दर जीवन जिउन पाउँ । मेरो यत्ती स्वार्थ हो । यही नै मेरो एउटै इच्छा हो ।
- उही, तिम्रो साथी
15 July 2011

जुलाई '११

- Learning to Speak!!!
2 July 2011

- Give me a Hand!
4 July 2011

- Decisions are hard to make, hard to change!
6 July 2011

- क. प्रचण्डको बर्तमान कार्यशैलीले न शान्ति र संबिधान लेखन सार्थक निष्कर्षमा पुग्नेछ, न त नेपालमा जनवादी क्रान्ति नै सम्पन्न हुनेछ । जनयुद्ध लडेको ने.क.पा. माओवादी अहिले पतनको दिशातिर रफ्तारमा हुइकिरहेछ । अब राष्ट्रिय नेत्रित्वको बिकल्प सोच्ने समय आएकोछ । बेलैमा चेतना भया!
7 July 2011
(हरेक कम्युनिष्टले जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्ने उसको जन्मजात सपना नै हो । उनिहरुले त्यो प्रस्थान बिन्दु पहिल्याउन हरसम्भव प्रयास गर्ने नै छन, अन्यथा बुझ्नु जरुरी छैन । हामीले Freedom को वकलात गर्छौ, कट्टर कम्युनिष्टहरुले Communism को । जब बिचार र दर्शनमै फरक भए पछी कुन सहि, कुन गलत भन्ने आ-आफ्नै दृष्‍टिकोणमा भर पर्ने कुरा भो । मुख्य कुरा देश यती लामो समय अस्थिर रह्यो, बर्बादितिर गैरहेछ, जताततै अराजक मानसिकताको हालिमुहाली छ । मैले भन्न खोजेको चाँही यत्ती हो कि, सबै जना सुध्रिनु पर्‍यो, सच्चिनु पर्‍यो नेताहरु र जनता पनि । प्रचन्डसँग राष्ट्रिय राजनीति र नेपालीको भबिश्य कता मोडिदिने भन्ने शक्ति छ तर उनको घेरा निकै साँघुरो भयो । राष्ट्रिय आवश्यकतालाई गम्भिर तरिकाले बुझेर जिम्मेवारबोध र कर्तब्यबोध नगर्दासम्म यही परिस्थिती रहने निश्चित छ जुन मुलुकको लागि राम्रो संकेत होईन । यस अवस्थामा न शान्ति आउनेछ, न त संबिधान नै लेखिनेछ, न क. किरणले भन्ने गरेको जनबिद्रोह नै सफल हुनेछ । बिना कुनै आधार बिभिन्न दलहरुका बिचमा न सहमति बन्नेछ, न त संघर्ष नै प्रधान हुनेछ । राजनैतिक छिनोफानोको कुरा त टाढा नै हुने भयो । तै पनि आशा गरौ, त्यो चेत चाडै फिर्नेछ र राष्ट्र अग्रगमनतिर तेज गतिमा बद्नेछ ।)

- I can digest everything.. thats wat Iam!
8 July 2011

- नेपाली!
अब शान्ति र संबिधानको कुरा छाडेर पहिले आफ्नै आचरण सुधारौं ।
15 July 2011
(यहा शान्ति र संबिधानको नाममा घ्रिणित राजनीति हुँदैछ, यसलाई बन्द गरेर हामी आँफैलाई सुधार्न तिर लाग्यौ भने शायद शान्ति पनि आउनेछ, संबिधान पनि लेखिनेछ र स्वत: मुलुक प्रगतिको मार्ग हुँदै चाडै सम्ब्रिद्ध बन्नेछ । आजभोलि नेताहरु खाली शान्ति र संबिधानको बहनाबाजी मात्र गरिराख्छन तर उनिहरुसँग त्यो इच्छाशक्ति छैन भन्ने त समयले छर्लङ बनाइसकेको अवस्थामा अझै पनि हामीहरु यो भ्रममा अल्झिरहनु हुन्न भन्ने मेरो निचोड हो । बरु सबैले आँफैसँग संकल्प गरौं, आ-आफ्नो ठाउँ बनाउँ, अब पनि अरु कसैको पनि भर नपरौं भन्ने मेरो आग्रह हो ।)


- धेरै खोक्छौं
झन धेरै भुक्छौं
हामी मान्छेहरु !
18 July 2011


- कमरेड! रोल्पालाई आफ्नै सन्तानको मंश लुछन र रगत पिउन वाध्य नपारियोस । रोल्पालीलाई भोक-प्यास लाग्दा के खाने र के पिउने भन्ने राम्ररी थाहा छ । रोल्पाले तिमीलाई सिकाएको हो न कि रोल्पालाई तिमीले ।
15 July 2011

- जातीय र क्षेत्रीय संकिर्णतालाई उच्च बौद्दिकता र सचेतना हो भन्ने भ्रम नछरे हुन्छ । त्यो फोस्रा अहम बाहेक केही हुँदै होइन ।
16 July 2011

- एउटा जमात छ,
जो बिरुवा रोप्ने र हुर्काउनेसम्म गर्छ तर फल टिपेर खान नै जान्दैन ।
अर्को जमात छ,
जो बिरुवा रोप्न र हुर्काउन चाहन्न तर फल टिपेर खान मात्र जान्दछ ।
शायद यहिनिर चेतनाको ठुलै भ्वाङ परेको हुनुपर्छ ।
17 uly 2011

- Sometimes, WE Need to Keep Walking Even if our Legs are Tired!
19 July 2011

- All the Best our Natinal Football Team! We All Nepalese are with you.. at least make it Draw! Go NEPAL Go!!! COME ON NEPAL!!!!!!!
23 July 2011

- Every Word has a Meaning, Every Meaning has a Question and Every Question has a Correct Answer!
25 July 2011

- Be Fresh.. Be Strong.. Be Optimistic!
Regain ur high spirits and Do ur Best!
Gud Luck National Futball Team!!!
27 July 2011

- Enjoyed watching a beautiful game with patients.
28 July 2011

- This is the Period.. this is the Time.. this is the Place.. and, all are Mine.
28 July 2011

- I was Impressed deeply while u came n impressed even at the time u Left away!
29 July 2011

- हिड् कान्छा हिड् ! कहिल्यै नथाकेर हिड् ।
30 July 2011

- प्रचण्ड, लाल, किरण र बादलको समायोजन बिछट्ट थियो, अब प्रकाशको समिश्रणले बिचित्रको बन्दैछ । नौलो सुनौलो काम गर्ने हकदार कमरेडहरु मात्र हो क्या रे !
32 July 2011

Monday, July 11, 2011

पुनर्जन्म

बिहानी घामसङै
भावनाहरु छल्कि आउँदा
हातमा हात समाएर
बेस्सरी कुद्यौं हामी
देउरालीमा भेट्नलाई ।

बिहानको भमरा
दिउसोको पुतली
साँझको जूनकिरी
पुरै दिनहरु
ति हाम्रो भए ।

तर हाम्रो रहेनन अब
ति सबै अर्कैको भए
तिमी जस्तै ।

मेरो बिपक्षमा आज
मुटु तुटाउने चट्याङ
घाम छेक्ने बादल छ
खुशी पखाल्ने बर्षा
र, प्रेम चुडाल्ने बतास छ ।

निष्पट्ट अन्धकारमा
बचाउदा बचाउदै
जोगाउदा जोगाउदै
बिचरा!
भाचिएर गएछ मनका डालीहरु ।

दिन मेरो साथ हुँदा
रात बिरुद्धमा थियो
अब समय उल्टिएकोछ
म मौन छु
वरिपरी उल्लास छ ।

---------------

उकुसमुकुसलाई चिर्दै
कुहिरो फाट्दै गयो
धम्म आकाश खुल्दै गयो
त्यही देउरालीमा फेरी
केही चल्मलायो
आशाको धमिलो किरण ।

मुस्कुराउदै प्रकट भईन
दुरुस्त उसैगरी
बिलाई जाने नवरङी इन्द्रेणी
तै पनि,
खाटा बसेछ त्यो आलै घाऊ
टुसाएछन निमोठिएको मुनाहरु ।

छ्याङै खुल्यो आकाश
सुनौलो लाग्यो स्पर्श
चट्याङ भबिश्य चेत बन्यो
हुरी शितल बायु बन्यो
झरी पवित्र जल बन्यो ।

तिमी हुँदा बाँचेको थिएँ
तिमी गएपछी भुलेको थिएँ
तिमी आएपछी जिउन थालेको छु ।

तिमी पश्चिम जाने, म पूर्वतिर
जम्का भेट पछी दोवाटोमा
आभास भयो पुनर्जनमको
पाएको जती गुमाएछु
गुमाएको भन्दा बदी पाएछु
मेरा खुशीहरु, सपनाहरु
र, पाएकोछु स्वयम आँफैलाई ।
30 June,011

Monday, July 4, 2011

‘कु’ गर्नै पर्छ

हिलोमा अल्झिएर
ब्यर्थ छ मक्किएको त्यो
यथास्थितिको इन्जिन ।

उग्रवादको ग्राभलमा
हुत्तिदै कुदेको पाङ्राहरु
चोक्टै चोक्टा उछिट्टिएर खिइसक्यो ।

थला परेको गाडी हिड्दैन अब
रुघ्न गाडीले यात्रा गर्दैन अब
दुर्घटनाबाट बच्नलाई
नयाँ नै हुनुपर्छ चालक
नयाँ नै चल्नुपर्छ गाडी ।

समय सापेक्ष मार्ग खनेर
परिवर्तनको गन्तब्य पुग्न
अनुकुल गतिमा गुडाउन सक्ने
चालक खोज्नु छ हामी ।

म फेरी भन्छु,
देश बोक्नलाई थोत्रो गाडीले हुँदै हुन्न
गाडी हाँक्नलाई पुरानै चालकले हुँदै हुन्न ।

यसो भनेकैले अचेल
बिचरा! थोत्रो मालिकहरु
अधिनायकवादी आरोप लाउछन मलाई
यात्रुहरुको सकुशल कामना गर्दा
मनोमानी गरेको ठान्छन
नयाँको पक्षमा बोलेकै कारण
खिलाफमा 'कु' गरेको भन्छन
ठिकै छ, भनुन
त्यो 'कु' नै बनोस
मैले 'कु' नै गर्छु ।
26 Jan 2011

जीत

पल्लो बगरमा उनी, म त वल्लो बगर परें ।
मन्दिरमा चोखिन उनी, म त ओइलाएर झरें ।

छाङोमा फसेकिले, उतार्नलाई हात मागिन ।
अल्झाएर मलाई आज, अनायसै घाट गरिन ।

पानी सबै सङ्लो हुन्न, धमिलोको ब्यथा बेग्लै ।
फूल जती सुन्दर हुन्नन, कुरुपको कथा उस्तै ।

दुई मुटुको संगम हुँदा, अजर माया हुर्क्यो सधैं ।
बिछोडको प्रसबले, दुख्यो पिडै पिडा कठै!

पवित्र थ्यो तर्दा तर्दै, छिनमै आयो त्यो भेल
भुमरीको फन्को पछी, तैरिदैछु म अचेल ।

बिपनामा खुशी छु म, सपना'नि राम्रै देख्छु ।
बर्षा पछी आकाशमा, आशाको किरण देख्छु ।
25 June 2011

जून'११

- “If you can imagine it, you can create it. If you dream it, you can become it.”- William Arthur Ward
4 June 2011

- I have never said to challenge Bush
Nor I have declared war against Laden
But I have never walked and followed them
My voices were always raised against Terrorism and Feudalism
My voices were always for the humanity, to Live and to Love!
5 June 2011

- कमरेड! चर्को भाषन र खुकुलो काम होइन, नरम भाषन र चर्को काम पो गर्नु पर्यो ।
6 June 2011

- प्रचण्डको नेत्रित्वमा बाबुरामको बाटो भएर किरणको बिन्दुमा पुग्नु नै माओवादी पार्टीको लागि उत्तम मार्ग हुनेछ ।
8 June 2011

- Life is too deep and too high
So, do not fear to swim and do not limit to fly.
9 June 2011

- "I have found the paradox that if I love until it hurts, then there is no hurt, but only more love."
- Mother Teresa
12 June 2011

- हिजो आफ्नै ब्यस्तताका वावजुद पनि टुडिखेल पुगेर करीब दुई घण्टा जती नाचेर, हेरेर र आफन्तलाई भेटेर बिताएँ । धेरै बर्षपछी आफ्नै मौलिक कला र सन्स्कृतिको प्यास बेस्सरी मेट्ने सोचेको थिएँ । मगर ड्रेस पहिरिएका मान्छेहरुको भिडमा आफुलाई उभिरहेको पाउदा मेरो मगर मन केही रोमान्चित र उत्प्रेरित पनि भयो । तर कार्यक्रममा युवा पुष्टाको उपस्थिती त्यती उत्साहजनक थिएन र मैले सोचेको जस्तो पनि पाएन । केही परम्परागत र केही सिर्जनात्मक कोणबाट अझ ब्यबस्थित रुपमा सम्प्रेषण गर्ने प्रयत्न नगर्दासम्म लगानी बदी र फल कमको परीणाम सरह मात्र हुनेछ भन्ने लाग्छ ।
तर पनि आफ्नो जातीय पहिचानलाई जगेर्ना गर्न खटिरहनु भएका सबै दाजुभाइ तथा दिदीबहिनीहरु धन्यवादको पात्र हुनुहुन्छ ।
15 June 2011

- To meet is to depart and to depart is to hope. The cycle of Meet, Depart and Hope is the life of a man.
16 June 2011

- हामीले केही गर्छौ र त गल्ती हुन्छ । त्यही गल्तिबाट पाठ सिकेर नै सच्चिएर फेरी त्यो गल्ती दोहोर्याउदैनौं । तर हामी सच्चिएको भए पनि पुन: अर्को केही न केही गल्ती भने गरी नै रहेका हुन्छौं ।
17 June 2011

- समयलाई धोका दिनुको अर्थ आँफैसङ गद्दारी गर्नु हो ।
18 June 2011

- Joys of tears!
Really precious!
19 June 2011

- जीवन अप्ठ्यारोमा फस्नुका दुई कारणहरु
१. गहिरिएर बुझ्न खोज्नु
२. गहिरिएर बुझ्न नखोज्नु
20 June 2011

- जित्नु भन्दा नहार्नुको अर्थ ठुलो हुन्छ ।
22 June 2011

- "Life is about trusting your feelings and taking chances, losing and finding happiness, appreciating the memories, learning from the past, and realizing people change".
- Unknown
23 June 2011

- मेरो लागि जो कसैसङको सम्बन्ध पनि सजिलै जोडिने र चुडिने तथा सम्झिने र बिर्सिने कुरा त्यती सहज छैन । सम्झिराछु भन्दैमा मुटुमै धड्किरहन्छ भन्नु अनी बिर्सिसके भन्दैमा हृदयबाट नै अलप हुन्छ भन्ने ठान्नुमा त्यती विश्वाश लाग्दैन ।
24 June 2011

- You will know some people at your first sight and some with the time.
25 June 2011

- “Life is about Change,
Sometimes it's Painful,
Sometimes it's Beautiful,
But most of the time it's Both”.
- Unknown
27 June 2011

- "Be kind, for everyone you meet is fighting a hard battle" .
- Plato (Greek Author & Philosopher)
29 June 2011

- हरेक पार्टी नेत्रित्वले युवाहरुलाई आवश्यकता अनुसार सहि समयमा नै जिम्मेवारी दिनुपर्छ । उनिहरुलाई बुद्यौलीले छोएपछी, जोश जाँगर हराएपछी र निराश भैसकेपछि मात्र राष्ट्र जिम्मा लगाउनुको कुनै औचित्य रहदैन । जब उनिहरुभित्र रहेको केही राम्रो गर्ने उर्जा शिथील भैसकेको हुन्छ, त्यतिबेला नेत्रित्व सुम्पिनुको अर्थ असक्षम र थकित बनाउने गलत मानसिकता र बैधानिक षड्यन्त्र नै हो । यस मामिलामा युवा जमातले हस्तक्षेप गर्न र पहलकदमी लिन अत्यन्त जरुरी भैसकेको छ ।
30 June 2011

Monday, June 27, 2011

प्रेम-रेखा

म प्रेमी हुँ ।

मनभित्र माया टुसायो
कोपिला हुँदै फुल्यो पनि
सिउरिनलाई चुल्थो खोजें
तिम्रै सौन्दर्य जाती लाग्यो
ठुलै आँट गरी हुर्काइ दिएँ
तिमीलाई देखाउन भनि
चियाउदै बाटोमुनी बसिरहें
तिमीलाई बोलाउन भनेर नै
बारीको साध नाघी दिएँ
आफ्नै मन्जुरिमा कबोल गरी
मनको सिमारेखा नाघिदिएँ ।

आशा गर्दा गर्दै
हातको फूल ओइलाइ जादा पनि
लागिराछ तिम्रै विश्वाश प्यारो
नसुनेको तिम्रै आवाज कर्णप्रिय
देख्नै नपाएको सौन्दर्य अती सुन्दर
बारम्बार कोशीस गर्दा पनि
नाघ्नै सकिनँ मैले
तिम्रो भावनाको सिमारेखा ।

तिमी मेरी भएनौ
तिम्रो सिउदो भर्ने पनि म भईनँ
तर पनि आजसम्म
नाघ्नै सकिनँ, प्रियतम!
बचन र कसमको तिम्रो रेखा
तिम्रो आँशु र मुटुले कोरिएको रेखा
तिम्रो साईनोको त्यो लक्ष्मणरेखा ।

म आदर्श प्रेमी हुँ ।

म प्रेम,
प्रेम गरेरहें
तिमी रेखा,
रेखा कोरिरह्यौ ।
24 June 2011

Friday, June 17, 2011

सुनको पोते

सुनको पोते चाह्यौ तिमीले, फूलको माला मैले ।
धनको स्वर्ग माग्यौ तिमीले, मनको स्वर्ग मैले ।

भेटघाट भाग्य भन्थे, मलाई खेल भयो
चोखो माया गर्नु पनि, कस्तो छल भयो
सुनको मोह गर्यौ तिमीले, जूनको मोह मैले
देवी देउता पुज्यौ तिमीले, पिरतिलाई मैले ।

रुन गाह्रो भन्छन यहाँ, मलाई शिरानी भो
त्याग गर्न साह्रो भन्छन, पिडा बिसौनी भो
धनको मोल जित्यौ तिमीले, जूनको मुस्कान मैले
मान्छेहरु पुज्यौ तिमीले, एउटा ह्रिदय मैले ।

सुनको पोते चाह्यौ तिमीले, फूलको माला मैले ।
धनको स्वर्ग माग्यौ तिमीले, मनको स्वर्ग मैले ।
16 June 2011

तिमी र झुल्के घाम

साथी!
तिमीलाई थाहै छ
मलाई बिहानी मन पर्छ
किन कि,
मलाई उस्तै-उस्तै लाग्छ
तिमी र झुल्के घाम ।

बिहानीको झुल्के घाम
शिरुको यौवनसँग लहसिदा
शितको थोपा लजाएको पल
मलाई औधी मन पर्छ
किन कि,
मलाई उस्तै प्यारो लाग्छ
त्यो परिवर्तनशील समय ।

मेरो एक अब्यक्त रहर
तिम्रो सुहागको द्रिश्यबलोकन गरी
सर्माएर शिर निहुरिदा पनि
हर्षित उत्तेजनाले उफ्रिने मन
किन कि,
त्यो आशा र भबिश्य भेट्न
छिप्पिएको धैर्यता आतुर छ ।

साथी!
म जंकोटको पिडाले बिक्षिप्त छु
किन कि,
मलाई झनै प्यारो छ
जन्मभूमी र मातृभूमी ।

मेरो एउटै चाहना छ
टुकीहरु बल्नुपर्छ-थोत्रा झुपडीहरुमा
बच्चाहरु रुनुपर्छ-सुनसान घरहरुमा
हलिहरु नारिनुपर्छ-बाँझो खेतहरुमा
भालेहरु बास्नुपर्छ-रातको बिदाईमा
तसर्थ,
मेरो साथी!
गर्भबाट स्वप्न भ्रुण होइन
हुर्केकै शिशु आत्मा जन्मिनुपर्छ
तिमीलाई प्रसव ब्यथाको सन्जीवनी
म निर्धक्क पिलाइदिनेछु ।
12 June,’011

कमरेड

कमरेड!
अब त हदै भएन र!?
झुतको खेती नि पाकिसक्यो
झुठा आश्वासन नि पुगिसक्यो
मिठा कुरा'नि अब तिता भए
गुलिया नारा'नि अमिला भए
निसंकोच!
जनसेवक र राष्ट्रसेवक भनिनेले नै
जनता र राष्ट्रसँग
सधैं छलछाम-झालझेल
यो कस्तो बिचित्रको खेल खेल्यौ?
तिम्रो गरम भाषणले साह्रै गर्‍यो
चर्को नाराले भतभती पोल्यो
कमरेड!
अब त हदै भएन र भन्या!
अब अलिकती नैतीकता छ भने
कृपया
इमान्दारीपूर्बक जिम्मेवारीबोध गरेर
नरम भाषण र शान्त आसनबाट
प्रगतिको खेती मात्र गरे हुन्थ्यो
चर्कै चर्को बिकास गरे हुन्थ्यो
उकुसमुकुस यो बातावरणमा
शितल बायु छरे हुन्थ्यो
कमरेड!
अब त साँच्ची हदै भयो ।
12 June,’011

Friday, June 3, 2011

बियोग

इस्पाट झै देखिए नि
खोक्रो छु म भित्र भित्रै
सम्हालिएर हिंडें पनि
छरपस्त छु यत्र तत्रै ।

हृदयमा साँचे मैले
काँडा बिझाइ दियो
नचाहेरै आज फेरी
आँखा रुझाइ दियो ।

ताल झै चोखो शान्त प्रित
चट्याङ् बन्नु रहेछ
सुघन्धित त्यो हाम्रो नाता
लठ्याइ जानु रहेछ ।

संसार नै 'जितें' सोच्थें
उनको सामु हुँदा पहिले
खुट्टाहरु लुलाईगए
उनकै सामु पर्दा अहिले ।

ओछ्यानले रुवाइदिदा
उज्यालोको शरण पर्छु
अन्धकार भो उज्यालो नै
बियोगी म जिउदै मर्छु ।

तस्बिर साँच्ने यि आँखाहरु
प्रिय छन ब्यथा पोखे पनि
खोजिरहन्छन आशै आशमा
आउछिन कि अझै भनी ।

आगोले के पोल्दो हो र !
सम्झनिमा पिरोलिदा
दु:ख भोग्न के गाह्रो र !
बाटो बिचमै अल्मलिदा ।

खै कुन्नी कती होलान
उनकै लागि जिउनेहरु
उस्तै होलान मैले जस्तै
ब्यर्थ आसुँ पिउनेहरु ।
18 May, 2011

मे'११

- Few cries n few laughs make a little big man, ME!
5 May 2011

-"All that I am, or hope to be, I owe to my angel mother.” ~ Abraham Lincoln

-"God could not be everywhere and therefore he made mothers." ~ Jewish Proverb
Happy Mother's Day!
08 May 2011

- Either I will change or ll be changed!
(जब म मातृभूमी फर्केको थिएँ, नेपाल बदल्ने ठुलो अठोट लिएर आएको थिएँ तर अचेल नेपाल मलाई बदल्ने दुस्साहस गर्दैंछ । म नेपाल बदलिनुपर्छ भन्छु, नेपाल मलाई पो बदल्न खोज्दैछ । हामीले अहिलेसम्मको ईतिहासलाई हेर्दा राजनीति फोहोरी खेल होइन भन्ने आधार पनि पाउन सकेका छैनौ । आजभोलि जताततै राजनैतिक हस्तक्षेपले हरेक क्षेत्रलाई झनै घीनलाग्दो बनाइ दिएको छ । यस स्थितिमा केही बाँकी रहेका आशा र विश्वाश पनि तुट्नुका साथै थप बित्रिष्ना उत्पन्न भैदिन्छ । मेरो कुनै खाश निती नभए पनि नैतिकता छ र यसैमा म अडिग छु र रहनेछु ।)
10 May 2011

- ए मान्छे!
तिमी बिश्वास गर न
"गधालाई धोएर कहिल्यै गाई हुँदैन ।"
15 May 2011
(मैले मान्छेको व्याबहारिक पक्ष बोल्न खोज्दैछु, यहाँ राजनैतिक पूर्बाग्रही र प्रतिशोधको भावना पोखिन्छ । लेख्नुस्, मान्छेको गुण र स्वभाव आफ्नै अनुभवमा यहाँलाई हार्दिक स्वागत र मुरी मुरी धन्यवाद छ तर गलत ठाउँमा यि कुरा अशोभनीय हुन्छन चाहे जतिसुकै सहि नै किन नभैदिउन । नेपाल अगाडि नबद्नुमा हाम्रा यस्तै कमजोरी र पछौटेपनले गर्दा पनि हो । मुख्य समस्या अरुमा भन्दा पनि हामी आँफैभित्र छ । देशको दुर्गति हुनुमा नेतालाई मात्र दोष दिएर हामी जनता चाँही चोखो हुनैसक्दैनौ । आखिर जनताले नेता बनाउने न हो । नेता त जनताले गरेका निर्णयको उपज मात्र हुन । तेङ्बे जी, यदी मौका मिलेछ भने यो तपाईंको प्रश्न अर्थात जिज्ञासा माओवादी पार्टीको कुनै नेता कार्यकर्ता वा प्रधानमन्त्री वा गृहमन्त्रीलाई नै राख्नुस्, शायद उचित जवाफ पाउनुहुनेछ । अन्यथा, मैले जस्तै हेर्दै जानुस् आँफै देख्नु हुनेछ । नेपालको कुन नेता र कुन मन्त्री तथा कुन घटना पो उदाङिन बाँकी छ र !? भोली नभए पर्सीसम्म त देखी नै हालिन्छ नि । हिजो अस्ती पनि देखिएकै हो क्या रे!)

- Buddha was born in Nepal!
He was our natinal hero n will always be !
Happy Buddha Jayanti!
17 May 2011 (२२ महिनासम्म सडकमा राष्ट्रिय स्वाधिनताको चर्को नारा लगाउने माओवादी पार्टीले त्यस अबधिभर कम्तिमा पनि एक पटकसम्म न बुद्धको नाम उच्चारण गर्‍यो, न त बुद्धको जन्मस्थल लुम्बिनी बारे भारतले बिश्वसामु छरिरहेको भ्रमको बिरोध नै गर्‍यो । शायद देशका हजार ठाउँमा सभाहरु आयोजना गरेर भाषनमा गर्जियो होला तर राष्ट्रिय मुद्धा उठाउने भन्दा बदी त प्रतिशोध मात्र पोखिरह्यो, सिर्फ गाली मात्र गरिरह्यो । दुष्ट छिमेकीले गरिरहेको षड्यन्त्र र ईतिहास बङ्याउने दुस्साहस बारे मुख खोल्ने आबश्यक कहिल्यै ठानेन ।)

- हरेक मौसममा थुटुनो मिठ्याउदै र हातको कुहिनोसम्म रस चुहाउदै सत्ताको फल चुस्न पल्केको कांग्रेसले राष्ट्रिय एजेन्डा लिएर बहसमा उत्रिनुको सट्टा हिनताबेगमा मुर्मुरिदै भूई चिथोर्नुको केही अर्थ रहनेछैन । यि महाजनहरुका गुलिया भाषण अर्को नौटंकी बाहेक केही हुँदै होइन । हामी जनताका लागि शान्ती र संबिधान समस्या होइन, समाधान हो । सरकार सर्त होइन, अनिबार्य आवश्यकता हो ।
20 May 2011

- बोल्ने देवता!
21 May 28, 2011

- It may be hard but be always ready to speak your mind!
24 May 28, 2011

- "With every step that you take with courage, you receive a thousand fold help from God."-Unknown
26 May 28, 2011

- Know your Dream, know your illusion
Know your destiny, see your vision!
28 May 28, 2011

- संबिधानसभा न बिगठन हुनेछ, न त निस्कृय नै । देशलाई खरानी र जनतालाई मलामी बनाउने दिवास्वप्न नदेखेकै जाती हुनेछ । एउटा भएको बैधानिक निकायलाई भङ गरेर थप अस्थिरता निम्त्याउन चाहने देशद्रोहीका बिरुद्ध मुकाविला गर्दै उचित फैसला गर्ने समय हो यो ।
28 May 2011

गीत - कहिले उनीलाई

कहिले उनीलाई भेट्न नपाई, पल-पल तड्पिरहेँ ।
कहिले उनीले देख्लान् भनी, क्षण-क्षण झस्किरहेँ ।

माया भन्नु यस्तै रहेछ, अतितलाई साँच्नु पर्ने
जित्दा जित्दै हार्दा पनि, जिन्दगी यो बाँच्नु पर्ने
बिर्सिसकेँ भन्छु तर भित्र भित्रै सम्झिरहेँ
सम्हालिन खोज्छु तर आँखाहरु रुझिरहे ।

बाचा-बन्धन भन्नु रहेछ, एकैटर्फी/एकलौटी तोड्न मिल्ने
लेखिएको साईनो पनि, भाग्यबाट मेट्न मिल्ने
अजम्वरी प्रेम थियो, दुई दिनलाई थियौं हामी
जुनी-जुनी सङै भन्थ्यौं, आफै दियौं दागबत्ती ।

पहिले उनीलाई भेट्न नपाई, पल-पल तड्पिरहेँ ।
अहिले उनीले देख्लान् भनी, क्षण-क्षण झस्किरहेँ ।
16 May, 2011

Saturday, May 21, 2011

अन्तिम संकल्प

जंकोटमा जन्मिएर शिशु
हुर्किदै, बद्दै, खेल्दै
थोरै पढ्यो, थोरै बुझ्यो ।

दाङतिर झर्दै गर्दा
बाल्यकालिन बिछोडले पिरोलिदै
रोयो, बेस्सरी रोयो
दौतरीलाई पनि खुब रोवायो ।

आमा भन्छिन,
"नरो, बा! नरो
तेरै लागि न हो ।"

उसलाई दाङले रोल्पा चिनायो
जन्मस्थलको चोखो प्रेम बुझायो ।

दाङमा केही पढ्यो, केही देख्यो
नयाँ केही सिक्यो, केही बुझ्यो ।

काठमाडौंतिर गुड्दै गर्दा
रोल्पाको यादमा तड्पिएर
दाङसँगको लामो दुरी नाप्दै
छट्पटियो, निकै भक्कानियो ।

आमा भन्छिन,
"नरो बा! नरो
धेरै पढेर आएस ।"

काठमाडौंले अली बदी देखायो
प्रगती, दुर्गति, युद्ध, शान्ती
बिपन्न झुपडी र सम्पन्न महल चिनायो
जिल्ला र राजाधानीको सम्बन्ध खुलायो ।

समयले भबिष्य खोज्यो
उद्देश्य चुनेर गन्तब्य रोज्यो
बिदेशतिर उड्दा उड्दै
सुन्दर सपना देख्यो
थोरै कर्तव्य सिक्यो, थोरै जिम्मेवारी बुझ्यो ।

त्यो द्रिड संकल्पका वाबजुद
माता र मातृभूमीको बिछोडमा
ऊ हृदयदेखी धुरुधुरु रोयो ।

आमा भन्छिन,
"नरो बा! नरो
योग्य बनेर आएस ।"

"जननी जन्मभुमिश्च स्वर्गदपी गरियसी ।"

बिदेश अझ बदी खुल्यो
मानवीय स्वास्थ्य पढायो
सामाजिक मर्यादा घोकायो
बिकास-बिनाश र ईतिहास देखायो
शान्ती चखायो, सभ्यता सिकायो
स्वाभिमान र राष्ट्रियता बुझायो ।
………………१…………………

अब उसलाई सोधिनेछ
के देख्यो, के-के चिन्यो
कती सिक्यो, कती बुझ्यो
गाउँले सोध्नेछ, शहरले सोध्नेछ
सोध्नेछन उसको सखाले, दौतरीले ।

आमाले फेरी भन्नेछिन,
"गर, बा! गर
तेरो आँशुको योग्यता पुष्टि गर ।"

ऊ निरन्तर परिक्षणमा हुनेछ
अर्थात, म निरन्तर परिक्षणमा हुनेछु ।
……………२…………………

यहाँ यस्तै छ
गर्छु भन्नेहरु मरेर गएका छन
नगरेर, नसकेर
उसो त गर्छु नभन्नेहरु पनि
मरेर नै गएका छन ।

जनम-मरण बिज्ञान नै हो ।

मलाई यकिन हुन्न
म सिर्फ मर्छु वा केही गरेरै मर्छु
मेरो चिता पनि बन्ला या नबन्ला !?
तर, यो निश्चित छ
मृत्‍यु पछी मेरो लाशलाई
मुल्याङ्कनको कठगरामा उभिनुपर्नेछ
र, मलामीले पक्कै प्रश्न सोध्नेछन
"जीवन र मृत्‍युको उचाई" ।

म चाहन्छु,
मेरो लाश जुरुक्क उठेर
एक-एक प्रश्नको जवाफ दियोस
हरेक जिज्ञासु मलामीलाई पूर्ण शान्ती मिलोस
अन-त-मा
खिन्न र दु:खी आत्मियताको सतीत्व
त्यो एउटा चिता दनदनी बल्न थालोस ।
………………३……………
16 May 2011

Thursday, May 12, 2011

अन्त्य श्री

मान्छेहरु अचेल
आफुलाई भन्दा अर्कैलाई बदी माया गर्न थालेका छन
आफ्नोमा भन्दा अरुकोमा ब्यर्थै लोभिन थालेका छन
त्यसैले त,
जिन्दगीको हरेक पल हाहाकार बाँच्न बिबश छन
यमलोक र मर्त्यलोकका घर-गल्ली, सडक-दरवार
जताततै हाहाकार र कोलाहल मच्चिरहेछ
म पनि सुन्छु, देख्छु
अपराध, असन्तुष्टि, अनुशासनहिनता, अराजकता,.. ।

प्रिथ्बीलोक बेस्सरी चिच्याउछ
उसको खुशीमा यमलोकले आँखा लगायो रे!
यमलोक क्रोधले गर्जिन्छ
उसको दूतको जागिरै खोसियो रे!
यमदुत ओछ्यानबाट नबिउँझीदै
मर्न चाहनेहरुको लस्कर दोकैमा पुग्छ रे!

न बाँचेका छन, न बाँच्न नै दिएका छन
आफ्नै धर्ती छाडेर नरकतिर तछाडमाछाड कुदिरहेछन
यि मान्छेहरु मर्न र मारिन किन यती लालयित छन ह!?

ए! मान्छेहरु
ति फोस्रा नरकको स्वत: मोहभङ पार्नलाई
अब सधैं सधैंलाई दानवीय पेशा त्यागेर
पुन: मानवीय धर्म अँगाल्ने होइन ?
किन कि
हामी आँफैले अन्त गर्नुछ
मर्त्यलोक र यमलोकमा गुन्जिरहेको
त्यो ध्वास, अहम र सप्पै अनर्थहरु ।
11 Apr,’011

Thursday, May 5, 2011

शीर

“जे छ शीरमै छ”
सबैले यस्तै भन्छन
मलाई हेर्न मन लाग्यो
आखिर के रैछ त शीरमा ?
चत्रक्क!
आफ्नै शीर काटिदिएँ ।

अरु केही देखिनँ
एउटा अनौठो!
सामुन्ने आफ्नै शीर देखें
अर्को अनौठो!
मेरो त कपाल फुल्दै रहेछ
भक्कानिएर रुन मन लाग्यो ।

तर, ‘म’ त गुमेछु
म अब ‘म’ रहिनछु
नराम्ररी झस्किएँ
झत्तपत्ट् शीर हातमा उठाएँ
टाउकोका जम्मै काला केसहरु पनि
शायद अब सेतै फुल्नेछन ।

अचानक,
मेरै लाग्ने मधुरो आक्रितीले
अद्रिष्य रहेरै बेस्सरी झपार्यो
ए मनुवा!
तेरै अबमुल्यन किन गर्दैछस ?
तेरो अस्तित्व किन मास्दैछस ?
‘तँ’ भनेकै तेरो शीर न हो ।

ए मान्छे हो!
हो त रैछ
जीवनको सुख-शान्ति र आत्मसम्मान
हाम्रो पूर्ण अस्तित्व त शीर नै पो रैछ
म नतमस्तक भएर
फेरी मान्छे बन्नकै लागि
छुट्याएको शीर पुन: जोडिदिएँ ।
25 Apr ‘11

Monday, May 2, 2011

दुई बर्ष दुई दिन पछी

बुवाको देहान्त भएको पनि आज दुई बर्ष दुई दिन भैसक्यो । यस अबधीभर हामीले धेरै समय रोएर कटायौ, थोरै समय हाँस्न खोजेर बितायौं । आफुमाथि जे आइपर्छ सो भोग्नै पर्ने र सहनै पर्ने नियतिका कारण असह्य भए पनि जसोतसो जिउन वाध्य भएका छौं ।

मलाई बुवा बिना सुरु भएका ति पिडादायी दिनहरु बिताउन निकै गाह्रो भएको थियो । जतिखेर पनि आँखा अगाडि बुवाको मुस्कुराइरहेको शान्त स्वरुप आउथ्यो, दिमागमा बुवाकै याद मात्र झलझली आइरहन्थ्यो । पढ्न बस्थें, बुवासँग सम्बन्धित रोग र तिनका प्राय लक्षणहरु हुन्थे अनी रुदै-रुदै कम्प्युटर बन्द गरिदिन्थें । मनलाई अन्तै मोड्न र अली शान्त पार्न बाहिर पार्कतिर निस्कन्थें, बाटोको छेउछाउ बुदाबुदी मान्छेहरु तुक्रुक्क बसिरहेका हुन्थे । कोही बुवाहरुले छोराको हात समाएर रमाउदै हिडिरहेका हुन्थे । कोही बुदा मान्छेहरुको अनुहारमा बुवा देख्थें, त कोही बच्चाहरुको अनुहारमा स्वयम आँफैलाई भेट्थेँ । अनी झन मुटु कतक्क खाएर आउथ्यो, दु:ख झन-झन बदेर आउथ्यो । तर पनि आफुलाई सम्झाइरहें, सकी नसकी चित्त बुझाउने कोशीस गरिरहन्थें, गरिरहें ।

मलाई अझै पनि राम्ररी याद छ, बुवाको शोकमा खुशी हराएको बेला बि.बि.सी. नेपाली सेवाले पहिलो खुशी दिलाएको थियो । लगभग दुई महिनाको अन्तरालमा मैले पहिलो पटक खुशीसँग साक्षर गरेको थिएँ । त्यो दिन जेष्ठ १४ गत्ते थियो, लोकतन्त्र दिवसको दिन । बि.बि.सी. ले मेरो टिप्पणीलाई छनौट गरेर आफ्नै आवाजमा प्रसारण गर्ने मौका दिएको थियो । मैले धेरैपछी बल्ल त्यो दिन कता कता अन्तरात्मामा अली अली भए पनि हर्षको अनुभुती गरेको थिएँ । त्यसदिन, मलाई पुराना खुशीका आफ्नै दिनहरुको थोरै स्पर्श र स्मरण भएको थियो ।

मलाई सधैंभरी बुवाको अभाव भौतिक रुपमै खट्किरहेको त थियो नै, मानसिक रुपमा भित्र भित्रै गल्दै पनि गएको थिएँ । त्यो निर्दयी क्षणहरुमा मन मिल्ने एउटा प्रिय साथी नहुँदा म प्रायजसो गुम्सिएर नै बसेँ । मलाई दौतरीहरुको सम्झनाले खुब पोलेको थियो । मनभित्र भावनाको उकुसमुकुस र आलो घाऊको पिडाले निकै मर्माहत र साह्रै कमजोर भएको थिएँ । अहिलेसम्म त्यत्तिको मेरो आत्मबल कहिल्यै घटेको थिएन, त्यत्तिको कमजोर छु भन्ने आफुलाई कहिल्यै लागेको पनि थिएन । मेरो मनमा एउटै कुरा आउथ्यो," भगवान! नेपाल छिट्टै गएर आमासँग हरेक समय सङै बिताउन पाउँ । मेरो आमाको आयु मेरोबाट घटाएर भए पनि अझै धेरै बर्ष थपिदेउ ।" तर समय न चाडो न त ढिलो चल्ने हो । त्यो समय मेरो बसमा थिएन । मलाई आफ्नो अध्ययनको पुरा समय त बिताउनै पर्ने थियो । त्यतिखेरको चरम निराशालाई सान्त्वना दिन फेसबुकले मलाई राम्रो साथ दिएको थियो । शायद मैले फेसबुकमा भेटेका ति पवित्र आफन्तहरुको ऋण कहिल्यै तिर्न सक्ने छैन । म सधैंभरिका लागि आभारी रहनेछु ।
-----------------------------------------
म इन्टर्न्शिप गर्न नेपाल आउने भए पछी बुवा बिनाको घरमा पहिलो पटक कसरी पाइला टेक्ने भन्ने डर थियो । मेरी आमालाई बुवाबिना एक्लो पाउदा कसरी मन थाम्न सकुँला, जस्ता अनेक तर्कनाहरुले पिरोलिरह्यो । मेरै लागि जेठा दाजुले पनि नेपाल आउने योजना बनाउनु भएछ । काठमाडौंमा भेटेर सँग सङै घर जाने सल्लाह भएको थियो । त्यसै अनुरुप उहाँ अप्रिल ३ मा नेपाल आउनुभयो तर मेरो अली नमिल्ने भयो । तसर्थ, मेरो बस्ने ब्यबस्थाहरु मिलाएर दुई हप्ता पछी बल्ल रोल्पा जानुभएको थियो । रोल्पामा आमा हुनुहुन्छ, दिदी भेनाजुहरु हुनुहुन्छ, सबै इष्तमित्र हुनुहुन्छ । आज फोन गर्नुभयो र एउटा खुशीको कुरा सुनाउनुभयो । बुवा स्वर्गे भएको दुई बर्ष पुगेको दिन हाम्रो गाउँको स्कुललाई बुवाको नाममा एक लाख सहयोग गर्दिनुभएछ । यो सुन्दा मेरो छाती घमण्डले होइन गर्वले गमक्क फुलेको थियो ।

एउटा लाहुरे । पैसाको लागि आफ्नो जिन्दगी बन्धकी राखेर प्रदेश पसेको मान्छे । जो कसैको कल्पनामा पनि निर्मम अनी अती क्रुर प्रतिबिम्ब झल्किन्छ । तर त्यसको ठीक बिपरित एउटा सम्बेदनशील मन जंकोटलाई हृदयदेखी माया गरिरहेछ । शिक्षाको सानो बिरुवालाई बचाउन र हुर्काउन कोमोल माली बनेर पानी सिंचिरहेछ । अध्यारोमा निभ्न लागेको मधुरो बत्तिलाई थोरै भए पनि हत्केलाले हावा छेक्न खोजिरहेछ । शिक्षाको ज्योति फैलाउने स्कुलका लागि केही किरण थपिरहेछ । भन्न मन लाग्यो, 'जँकोटको अशली छोरा' । मैले अहिले इमान्दरिपुर्बक भन्नु पर्दा 'मेरै दाजु साइनोको सेन्टिमेन्ट' मात्र छैन, एउटा जँकोट गाउँवासीको नाताले भनिरहेकोछु । अलिक पैसा कमाएर आफ्नो छोरा छोरीलाई शहरबजारका बोर्डिङ स्कुलतिर भर्ना गर्नेहरुले आफ्नो गाउँका ति गरीब आफन्तहरुको बालबच्चाहरुले पढ्ने स्कुल र शैक्षिक स्तरका बारे चिन्ता गर्नु र सकेको योगदान गर्न खोज्नु एउटा गहन जिम्मेवारीपन हो ।

मेरो दाजुले अर्काको मातोलाई आफ्नै जसरी सेवा गरेर कमाउनु भएको पैसा लिएर आफ्नै गाउँ र गाउँलेका लागि थोरै खर्चिनु भयो, एउटा गाउँवासीको नाताले मैले पनि गाउँको लागि केही गर्नु आफ्नो कर्तव्य ठानेकोछु । यो मेरो लागि यो थप हौशला बन्नेछ ।
मेरो दाजुको नाताले जसरी उहाँ अरु लाहुरेले झै ब्यक्तिगत जीवन भन्दा बिपरित गाउँ, समाज र देशको प्रगती र परिवर्तन बारे प्रिथक मान्यता राख्नु हुन्छ, त्यसरी नै मैले पनि गाउँ, समाज र देश बिकासका लागि केही उन्नतिशील कार्य गर्ने प्रण गर्दछु र मेरो जन्मस्थललाई केही न केही योगदान दिनु आफ्नो कर्तव्य ठान्दछु ।
अन्तमा बुवाको मार्गदर्शन अनुरुप हामी सधैं अघी बदिरहौं ।
हाम्रो बुवाको आत्माले सदैव शान्ती पाइरहोस् ।
हार्दिक श्रद्धान्जली !
3rd April 2011

अप्रिल '११

- The First win!
9 May 2011

- Political Corruption !?
31 May 2011

- Mother and motherland are interrelated. I want my father’s bliss in my every steps and mother to be with me in my every success. I know I must speak so many things right now but I am very emotional. I don’t know which things to speak and what not to. It’s really hard situation for me to decide. I desperately want to share my happiness with every houses and every person of my village, my district and whole country. This happiness should enter in every hut n I hope to be seen in all the faces of my fathers’ mothers and brothers and sisters of my motherland
4 April 2011

- In the name of our Father, for the happiness of our Mother!
6 Apr 2011

- Into the System!
9 Apr 2011

- Safe journey Brother!
15 Apr 2011

- Precious moments with living god!
16 Apr 2011

- Never walk with a selfish and never die for a traitor.

- Always stay with the person who brings brightness in your face.

- Why do we always pray god to save us when he is always killing us!
18 April 2011

- नायक हरिबंश आचार्य लगायत सपरिवारमा गहिरो समबेदना साथै दिबङत आत्माको चीर शान्तिको कामना ।
20 Apr 2011

- आफ्नो अगाडिकालाई ठोकेर, छेउछाउकालाई घोचेर र पछाडिकालाई रोकेर आधिपत्य जमाउनु कुशल नेत्रित्व क्षमता होइन ।
21 Apr 2011

- ईतिहासमा पटक पटक धोका पाएर पनि नचेतेका अचेत हामी जनताले अब चाँही सचेत भएर आफ्नै लागि पनि 'लोकतन्त्र' ल्याउने पो हो कि !?
24 Apr 2011

- अब परेवाहरुका बिरुद्ध कागहरुको आकाश बन्द पनि हुनेछ ।
27 Apr 2011

- झान्क्री बाजेले झान्क्री मामालाई कहिल्यै पनि २२ आँख्लो मन्त्र जप्न सिकाउनु भएनछ, सधैं २१ आँख्लो मात्र ।
25 Apr 2011

- बिडम्बना! हामी नेपालीहरुको । कसैले चाँही दु:खको मुल्य नचिनेर कहिल्यै सुख नखोज्ने, कसैको फेरी सुख पाएर दु:ख गर्ने बानी नै नहुने l
26 Apr 2011

Tuesday, January 25, 2011

जनवरी '११

- Lets build a harmonious, peaceful n prosperous world!
Happy New Year 2011AD.

- आजसँगको सहवासले भोलीको लागि मेरो प्यारो भबिश्य जन्माउने आशा लिएर धैर्यताका साथ मन्दपमा बसिरहेकोछु ।
02 Jan,’11
(हरेक सहवासका कारण गर्भ रहने कुरा आउँदैन । तर रहिसकेको गर्भ तुहिन सक्ने सम्भावना मात्र होइन तुहाइने सम्भावना पनि उत्तिकै रहन्छ । म चाँही 'miscarriage' भन्दा पनि 'abortion' को बिपक्षमा छु ।
हाम्रो भबिश्य अबश्य पनि हाम्रै हातमा हुन्छ, हाम्रो जिम्मेवारी हाम्रै काधमा हुन्छ ।)

- Walking forward..
03 Jan,’11

- सक्छौ भने जितेर गर, सक्दैनौ भने मिलेर गर, त्यो पनि सकेनौ भने पेलेर गर तर गर्न चाँही गर ।
04 Jan,’11
(- जितेर- पेलेर यो तरिकाले केहि पनि नगर । आफ्नो र जगतको भलो हुनेगरी गर । Thapa Meena
- कि बिद्द्वानले गर्नु पर्यो हैन भने बुद्धुसँग हार्नु पर्यो । यदी बिद्द्वानले बुद्धुसँग हार स्विकार्ने भए स्पष्ट हुनुपर्यो कि बिद्द्वान भनिने स्वयम मुर्ख हो । तसर्थ उसले बाटो खोल्नुपर्छ ।
हामी सबै मनुवा भएकैले सबैसित समान व्यबहार हुनसक्दैन । स्वतन्त्रतालाई अराजकतासँग तुलना गर्न पनि मिल्दैन । यदी जगतको भलो हुन्छ भने पेलेरै पनि अघी बद्नुपर्छ । तर त्यो भन्दा अगाडि दुई कुरा बाँकी छन, १. जितेर र २. मिलेर ।
अनी दुई कुरा अझ बदी महत्वपूर्ण छन, 'Diagnosis and Treatment' अर्थात समस्याको पहिचान र समाधान ।
-"स्तर र क्षमतामा(ले) बराबरि समान छैनन र हुँदैन पनि तर मानविय मेलमिलाप्,स्नेह र सम्मान हुनु पर्छ,गरिनु पर्छ ।" Thapa Meena
- मेरो एउटै स्वार्थ भनेको पनि यत्ती नै हो, सबैको आँखामा सबै समान हुनु पर्यो, सम्मनित हुनुपर्यो । यदी मैले कल्पना गरेको समाज यस्तो हुन्थ्यो त अरुलाई जित्ने, मिल्ने र पेल्ने कुरा नै हुन्थेन । जसले अत्याचारको बिरुद्ध गर्छ उसैलाई अत्याचारी भनेर बुझ्न खोज्नु गलत छ । तै पनि यहाँको बिचारहरु पढिरहदा लाग्छ, भावनात्मक रुप मात्र फरक हो, सार चाँही उही । मलाई लाग्छ, यि कृया र प्रकृयाको संशलेषन एउटै हुन । शायद सहिश्नुताको ‘रेन्ज’ मात्र फरक होलान । अन्यथा मानविय उद्धेश्य एकै देखिरहेकोछु ।)

- नेपाली नारीहरु साह्रै सहनशील र संघर्शशील छन ।
05 Jan,’11
(म आँफैले अनुभव गरेको कुरा शेयर गरेको हुँ । सबै कुरा समयको आवश्यकता अनुरुप परिवर्तन हुदै गैरहेका छन । मुख्य कुरा, हरेकले आफुलाई सुधार्दै र परिस्कार गर्दै लानु हो ।)

- मैले कहिल्यै हार्नु परेको छैन, सपनामा होस् या बिपनामा । म कति भाग्यमानी!
Yes, I am happy for what I am, but I want to be some more!
09 Jan,’11

- Observe the life through lovely eyes of your future.. Cry for those who smile for you.. Smile for those who cry for you. Walk on the path of ‘High living, High thinking’ if not ‘High thinking, simple living’ but not that ‘high living, simple thinking’. Do all this from your heart. When you don’t find solutions in your way, I will be always there for you. I will give you the solution, that is only YOU.
Belated Happy Birthday saraswati!
12 Jan,’11

- मेरो अधिकारको कुरा हो । यो हेक्का रहोस्, स्वतन्त्रा माग्दै धुवाको मुस्लो उडाउने ति अराजकहरुको भिडमा मिसिन मलाई बाध्य नपारियोस् ।
13 Jan,’11

- कतिपय ध्रुव सत्य लाग्ने कुराहरु भ्रम र कतिपय भ्रम लाग्ने कुराहरु सत्य पनि हुँदा रैछन् । शायद आदर्शको तुषारापत हुनुको सम्बन्ध यहिनिर पो हुन्छ कि!?
14 Jan,’11

- Happy Maghi sankranti!
15 Jan,’11

-मौन बिद्रोह: मैले कहिले काही त मौन बिद्रोहको लगभग अन्तिम क्षणतिर पुगेको आभास गर्छु तर त्यो अवस्था भने पार गर्न सकेको छैन । म अझै समिक्षा गर्दैछु, चिन्ने प्रयत्न गर्दैछु अर्थात अझै अनुसुन्धानमै छु । अहिले म आँफैभित्र र अरुहरुमा खोतलिरहेको छु, भएका र हुनेवाला बिद्रोहको रुप र स्वरुपहरु । म यसको सुरुवात, बिकास र अन्तिम गन्तब्य खोजिरहेकोछु । सफल भएछु भने कुनै दिन स्पस्ट पार्ने नै छु ।
16 Jan,’11

- पुष्पकमल दाहाल, मोहन बैढ्य र बाबुराम भट्टराईले माओवादी पार्टीको हाड, मन्स र छालामा लुछाचुडि गर्दै प्रचण्ड, किरण र लालध्वजको चिता जलाउने तयारी गर्दैछन । तर वास्तबिकतामा नेपाल र नेपालीको भबिश्यलाई नै चिहान बनाउने खतरा बदिरहेछ ।
19 Jan,’11

- आशुको धनी म भन्दा अरु कोही छ कि संसारमा
जन्मेकै रिन नपाई तिर्न बाच्या'छ भारमा ।
(कहिले काही एक प्रकारको नमिठो पिडा हुन्छ र गुनासो गर्न मन लाग्छ आँफैसँग ।)
22 Jan,’11

- जिन्दगीको मुल्य खोज्ने म । जीवन र मरणको अर्थ खोज्ने म मान्छे । अन्तिम क्षणमा कतै दुई पैसाको भाऊ पो नलाग्ने हो कि !? घरी घरि तर्सिन्छु पनि ।
(Yes, I was talking about my IDENTITY, identity of my future, identtity of my life n my death.I am walking through the path of nobody to the road of somebody. Hoping for the success.)
23 Jan,’11

- झलनाथ खनालको देबि प्रशाद रेग्मीले किन थप्पड लगाए ? यसको उत्तर स्वयम झनाथ खनालले उनका समकालिन नेताहरुलाई जानकारी गराउनेछन र सचेत हुन आग्रह गर्नेछन भन्ने लागेको थियो तर उनले त उल्तै देबी प्रशाद रेग्मीलाई पो माफि दिए रे !?
मेरो आशा त झलनाथ खनालले गल्तिको सजाय पाएको महशुस गर्नेछन र जिम्मेवारीबोध गर्दै अन्य नेताहरुलाई पनि जिम्मेवार बनाउनेछन भन्ने थियो तर अझै चेत खुलेनछ क्या रे !? अझै अर्को थप्पड नलागाइ भएको छैन ।
24 Jan,’11

- Preaparing for adventurous journey!
24 Jan,’11

- Walking through the path of nobody to the road of somebody!
25 Jan,’11

- मीन बहादुर गुरुङहरुको आँशुमा सम्रिद्ध नेपालको दरिलो जग बसालौ ।
बि.बि.सी. नेपाली सेवा
12 Jan, 09

गजल-पाइलाहरु चाल्दै जानू

नथाकेर नरुकेर, पाइलाहरु चाल्दै जानू ।
सफलताका सुनौला, यात्राहरु थाल्दै जानू ।

सोचे जस्तो हुन्न सधैं, गाह्रो साह्रो आइपर्छ
गोरेटोका अबरोध, पर्खालहरु ढाल्दै जानू ।

हुन्न सधै झिलिमिली, संघर्षका मोडहरु
अध्यारा ति झुपडीमा, दियोहरु बाल्दै जानू ।

रिस-राग इर्श्या भित्र , भेटिदैन परमात्मा
बरु दुखित टुटेका, मनहरु टाल्दै जानू ।

नजिक-टाढा दुरी हो , मन पर हुदै हुन्न
परिधिमा नबाँधेर , सेवाहरु पाल्दै जानू ।
09 Jan,’11

गजल-भनिदिनु

सोधिन् भने निष्ठुरीले, नाता जोड्यो भनिदिनु ।
खोजिन् भने निष्ठुरीले, बाचा तोड्यो भनिदिनु ।

एकै तालमा एकै दिशा, पाईला चाल्न नसकेर
पछी पछी हिंड्न छाडि, बाटो मोड्यो भनिदिनु ।

सङै जिउने सङै मर्ने, कसमहरु खाए पनि
बाध्यताले जीवन साथी, अर्कै खोज्यो भनिदिनु ।

फल्ने फुल्ने भबिश्यको, स्वप्नहरु उमारेर
आँखा चिम्ली मनको मुना, अन्तै गोड्यो भनिदिनु ।

हाँस्दाहाँस्दै उनको सामु, आसुँ झर्थे कहिलेकाही
अतितलाई सम्झीएर, रुन छोड्यो भनिदिनु ।
14 Jan,’11

Monday, January 10, 2011

गजल-आउँदैछुँ म

आशा राख्नु घरको जग, खार्न आउँदैछुँ म ।
बाझो खेतमा हल गोरु, नार्न आउँदैछुँ म ।

छिमेकीको साँधपारि, देखें हरियाली
प्रगतिको बीज अब, छर्न आउँदैछुँ म ।

उम्रिदैथे टुसाहरु, शीत लागेछ कि!
बिकासको बेर्ना अब, सार्न आउँदैछुँ म ।

बचेँका ति मुना भन्दा, झार झाङिदैछन
गोड्मेल र जल अब, चार्न आउँदैछुँ म ।

उब्जाउ जती सखाप पार्छन्, सधैं बाँदरले
स्वाभिमानको बार अब, बार्न आउँदैछुँ म ।
01 Jan,’11
फुयान्शा, चाइना

डिसेम्बेर '१०

- संगत गुणाको फल !
(यो भनाइ नै ध्रुब सत्य हो भन्नेमा मेरो पनि बिमती छ किन कि सबैमा सानो ठुलो खोट त अबश्य हुन्छ नै । मैले यहाँ अरुलाई दोष देखाउन र लगाउन खोजेको होइन र त्यस्तो अनैतीक कुरा गर्दैन पनि । यदी मैले त्यसो भनें भने चाँही 'नाच्न नजान्ने आँगन टेडो' हुनेछ । तर व्याबहारिक कुराहरुलाई हेर्दा र मेरो आफ्नै अनुभवमा पनि यो सहायक कुरा अबश्य हो भन्ने चाँही म मान्छु । मुख्य कुरा चाँही आँफैमा नै भर पर्ने गर्छ ।
मैले कहिल्यै पनि चुरोत तानेको छैन र रक्सी पनि पिएको छैन भन्नुको अर्थ मेरो संगत निकै राम्रो थियो भन्ने होइन । स्कुल र कलेज पद्धा इन्जेक्सन हान्ने, नशामा झुम्ने मेरो थुप्रै साथीहरु पनि थिए । यहाँ मैले संगत र परिबेश सहायक हुन भन्न खोजेको मात्र हुँ । केही राम्रा भाईबैनिहरु नराम्रो संगतमा परेर अचानक फेरिएको पनि देखेकोछु । शायद आँफैले आफुमाथि पूर्ण नियन्त्रण गर्न नसकेर त्यसो भएको हुनसक्छ । यस सम्बन्धी मेरो आफ्नै अनुभवहरु कुनै दिन समय हुँदा अबश्य साटौला ।)
01 Dec,’10

- Congrats to our team, The Champions of WMU. Hope u guys will continue this victory !
Thank you everyone for wonderful evening party ! 03 Dec,’10

- आज निकै बेर एक अपरिचित चिनिया केटीसँग हेराहेर गरियो । डा. रबिन्द्र समीरको सिद्धान्त अनुसार 'वन सेकेन्ड लभ' पर्यो क्या रे ! 05 Dec,’10

- कवी मित्र निश्प्रभ जीले 'बुलबुल' र 'उद्गार'मा दिनुभएको अन्तर्वाता सुन्ने मौका मिल्यो । त्यस्तै 'हार्मोनी' का केही गीतहरु पनि सुन्न पाउदा निकै खुशी लाग्यो । एक जना मित्रको हैसियतले म उहालाई एउटा बिहानी घाम भन्न रुचाएँ, जसले थुप्रै आशा र विश्वाशको संकेत गरिरहेछ । मलाई मन पर्ने साहित्यकारहरु देवकोटा, रिमाल, भुपी शेरचन, सरुभक्तहरुकै लाममा युवा पुष्टाका तर्फबाट अग्रपन्तिमा उभिनुभएकोछ । आगामी दिनहरुमा यसरी नै प्रगती र सफलताले निरन्तरता पाइरहोस् । हार्दिक शुभकामना ।
-चन्द्र
06 Dec,’10

- दाडमा बोक्दा टाउकोमै हान्नेहरुसँग मेरो कुनै सम्बन्ध छैन ।
07 Dec,’10

- एक सार्वभौम र स्वतन्त्र मुलुक नेपालका लागि चाइनाको अबसरवादी निती र भारतको हस्तक्षेपकारी निती जती हानिकारक छ, त्यो भन्दा हामी नेपालीहरुको परनिर्भर र दास मनोब्रिती झन खतरानाक छ ।
08 Dec,’10

‎- 'र' नाम नेपालको लागि अशुभ छ जस्तो लाग्यो । त्यसैले हो कि, आज 'र' प्रती अली बदी नै आक्रोसित छु । 'र' नामका मित्रहरुले जबर्जस्ती भए पनि माफ गर्नुहोला !
11 Dec,’10

- Some frens are more than frens n some are more than enemies !
12 Dec,’10

- सशस्त्र युद्धकालिन भिडियो क्लिपहरु हेर्दा अझै पनि आङ सिरिङ्ग हुदोरैछ । त्यतिखेर देश र जनताको मुक्तिका लागि मर्न र मार्न गैरहेका ति मान्छेहरुको मानसिकता अहिले अध्ययन गरिदा कस्तो हुन्थ्यो होला भन्ने उत्सुकता पनि जागेर आयो ।
13 Dec,’10

- लुगा सिउने दमाइ दाइको छोराछोरी नाङै छन
फलाम थोक्ने सुनार दाइको आमास्वास्नी बुच्चै छन
14 Dec,’10

-
भबिश्यको मान्द्रो
जिन्दगीको निन्द्रा
देशको तातोमा ।
15 Dec,’10

- निर्देशक ज्यु, यहाँले बनाउनु भएको 'देउता' फिल्म सानैमा हेरेर खुब मन पराएको थिएँ । म त पछीसम्म पनि 'शंखर' नै भएको थिएँ । त्यसो त तपाईंको निर्देशन अरुभन्दा अली बिशेष नै लाग्छन । अब कथाले मागेको 'हिरो' र 'भिलेन' भन्दा पनि युवाहरुले हेर्नै पर्ने एउटा फिल्म बनाउने कोशीस गरिदिदा हुनेथियो । हामीले देखे भोगेका समस्याहरुलाई केलाएर समाधान सहित, चाँही राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, प्रेमिल,.. जुनसुकै कथामा भए पनि तर युवाहरुलाई नै फोकस गरेर केही संघर्ष र प्रेरणादायी मेसेज आउने खालको अली सान्दर्भिक बिषयमा ।
17 Dec,’10

- मैले पहिले पनि कतै लेखेको थिएँ, बर्तमान अतितको साक्षी हो । हो, हिजो जे गर्यौ त्यसैले गर्दा नै हामीले टेकिरहेको यो धरातल निर्माण हुन सकेको हो । हिजोबाट अर्थात ईतिहासबाट पाठ सिक्ने र नयाँ भबिश्य अर्थात भोलीलाइ खुशीका साथ अंकमाल गर्दै अर्को सफलताको स्तम्भ खडा गर्नतिर लाग्नु पर्दछ । हिजोको बिछोडमा रुनु र भोलिको उमङमा रम्नुको मात्र अर्थ रहन्न । हिजो, आज र भोली मेरो लागि उत्तिकै प्रिय छन ।
18 Dec,’10

- ……….
………
मैले घोषणा गर्दैछु
अबैधानिक रेड लाईट एरियाबाट ।
21 Dec,’10
(हामी पुष्टौ देखी यही नियती भोगिरहेछौ । अब एउटा पुष्टाले इमान्दारिपुर्बक त्याग नगरे सम्म यसबाट सजिलै छुटकारा पाउने पनि छैनौ । हामीसँग मात्र दुइटा बिकल्प छन, कि आफ्नै मात्र उज्ज्वल भबिश्य कि मुलुकको भाबी उज्यालो भबिश्य ।
राजु दाइको टिप्पणी नै हाम्रो वास्तबिक यथार्थ हो । कुलानन्द सरले भन्नु भए झै अब उन्मुक्ति पाउने तर्फ सोच्नै पर्छ । जसले समस्या भोगेको हुन्छ उसैले समाधान पनि देखेको हुन्छ । यहाँ टिप्पणी गर्नु हुन्ने आदरनीय अग्रज र मित्रहरुले यो राम्ररी देख्नु, बुझ्नुभा'छ । अधिकांश त देशको सेवा गर्ने चाहना हुँदा हुँदै पनि बाध्यताले देश बाहिर हुनुहुन्छ । तसर्थ उपायहरुको दिर्घकालिन खोजी गर्न छलफल गर्न सकिन्छ ।
श्रीराम जीको टिप्पणीले मन बेस्सरी पोल्यो । प्रदेशमै एक सच्चा नेपालीको धर्म निभाउनुभएछ । म्रित आत्माको चिर शान्तिको कामना !

यो कबिता केही बिबादस्पाद होला जस्तो पनि लागेको थियो तर त्यो भएन । शायद देशको बर्तमान परिस्थिती सँग हामी कोही पनि खुशी नभएर होला । देशको कमजोरी अबश्य होइन, माटोको गल्ती केही होइन, सबै दोष हाम्रै हो । जसले गर्दा यो दु:खद दिनहरु आइपरे पनि बाझो चोक्टोहरुमा बिरुवा बनी उम्रिने कोशीस गर्यौ भने बिस्तारै हाम्रो मुलुक पक्कै हराभरा हुनेछ । अनी दिलो-चाडो सम्रिद्ध नेपालका सम्रिद्ध नेपाली बन्ने छौ ।

डा. कबिताराम सरको 'अस्विक्रित आन्दोलन' बारे पहिल्यै केही जानकार रहे पनि त्यती ज्ञान चाँही मसँग छैन । तर यो सत्य हो कि हाम्रो नियती कैदीको छोरो भन्दा अलिकती पनि भिन्न छैन ।
म पनि,
मलाई बाँध्ने मर्यादाको बिरुद्धमा छु । अर्को पोइ वरण गर्न नसक्ने आमाको बिरुद्धमा छु । मर्यादाको दुहाई दिने नपुङ्सक बाबुको बिरुद्धमा छु ।
किन कि,
"यहाँ नयाँ मान्छे त जन्मनै पर्छ ।"

मैले यती भन्न हिच्किचाएन, यदी यती समय सान्दर्भिक र चोटिलो साहित्य पहिल्यै पढेको भए मेरो यो कबिता जन्मिने पनि थिएन ।
मेरा आदरणीय अग्रज र मित्रहरु, जो इच्छुक हुनुहुन्छ, आ-आफ्नो बिचार राख्न कन्जुस्याइ नगरिदिनुहोला ।

दिपक खड्का सरले यहाँ राख्नु भएको बिचार हचुवामा आएको अबश्य होइन । उहाँले आफ्नै आँखाले देखे-भोगेको, भित्रैबाट लागेको र बिगतमा सँगालेका अनुभवको सुक्ष्म निचोड पनि हो भन्ने लाग्छ । आज 'राजनागरिक' को जन्म र आबश्यकता झन झन बदेर गैरहेको छ । मलाई विश्वाश छ, राजनागरिकले नै अशल राजनेता जन्माउनेछ । नेतादेखी जनता र जनतादेखी नेतासम्म सबैले गम्भिरतापूर्बक आत्मसमिक्षा र आत्मबोध गर्न सक्यौ भने हाम्रो आकाशमाथि मडारिएको कालो बादल पक्कै पनि हटेर जान बेर लाग्ने छैन । मैले माथि पनि भनेकोछु, हामीले हाम्रो इच्छा शक्ती र खुबी 'will power and ability' को अधिकतम प्रयोग जती राम्ररी गर्न सक्छौ, हाम्रो प्रगती, सुख, शान्ती र सम्रिद्धी लगायत सम्पूर्ण चिज यसैमा भर पर्नेछ ।
कबिताराम सरको अस्विक्रित सिर्जनाहरु पढेर आफुलाई स्पष्ट पार्दै जाने आशा गरेकोछु । यहाँहरुको प्रतिकृयाले म खुशी त छु नै, बैचारिक खालका धारणाहरुले गर्दा आफुलाई अझ परिस्क्रित हुन मद्धत पुग्नेछ ।

मैले सबैलाई भाग लाउन असमर्थ रहे पनि आँफैले खोज्दै आएर Like गर्नु हुने र कमेन्ट छाड्नु हुने मेरा आदरणीय अग्रजहरु, हितैषी मित्रहरु सबै प्रती क्रितज्ञ छु । मलाई बडो पिडा हुन्छ, अहिले मैले बैधानिक एरियाबाट यो घोषणा गरेको छैन तर म चाहन्छु, मैले बैधानिक एरियाबाट नै यो उद्घोष गर्नु परोस । मेरो यो बिनम्र आग्रह हो । शायद सुन्नुपर्नेहरु द्वारा कहिल्यै नसुनिएको आवाज पनि हो भन्ने लाग्छ । हाम्रो यो चाहना ढिलोचाडो अबश्य पुरा हुन्छ भन्ने आशा बचाई राखौ । हामीले आफ्नो इच्छा शक्ति र खुबीको प्रयोग गरौ अनी चाडै बन्नेछ सम्रिद्ध नेपाल, बन्नेछौ सम्रिद्ध नेपाली ।
यहाँहरुले कबितामा दिनुभएको समयका लागि हृदयदेखी नै आभारी छु । यहाँहरुको सकारात्मक प्रतिकृयाले मलाई केही लेखिरहन सदा मार्ग दर्शन गरिरहनेछन । यहाँहरुले दिनुभएको असीम माया नै मेरो लागि उत्साह र प्रेरणाका स्रोत हुन । आउने दिनहरुमा पनि निरन्तर यस्तै माया र प्रेरणाको अपेक्षा राख्दै हार्दिक आभार प्रकट गर्न चाहन्छु ।)

- Happy Merry Christmas !
25 Dec,’10

- चन्द्रे नेपाली अबश्य मरेर जाने छैन । मर्न चाहन्न तर मर्न डराउने मान्छे हैन चन्द्रे । बाँचुन्जेल डटेर सामना गर्न सक्ने सामर्थ्य छ चन्द्रेसँग । आशा छ, चन्द्रे नेपालीले मौनता टोडेर राष्ट्रियताको गीत गाउँएछ, कोमाबाट बिउझिएर एकताको धुन बजाउनेछ । चन्द्रे नेपाली मरेर नजावस, चन्द्रे नेपालीहरु मलामी गएर उतैबाट अलप नभइदिउन् । कतै कतै बर्गिय, कतै जातिय, कतै धार्मिक त कतै भौगलिक बिखण्डनको गन्ध सुघ्नु नपरोस । नेपाल रहदा नेपाली रहन्छ भने नेपाली रहदा नेपाल रही रहनुपर्दछ ।
अब चन्द्रे सुखी, शान्त र साझा समाजको निर्माणमा लाग्नेछ ।
चन्द्रे यती सजिलै मर्ने छैन, यो त सम्भावित मृत्यु मात्र हो । जीवन बाँच्न सिक्दैछ चन्द्रे, मर्न सिक्दैछ चन्द्रे ।
27 Dec,’10

- तमु ल्होसारको शुभकामना !
30 Dec,’10

- May this new year brings rays of hope, be the source of prosperity n prevail peace in the world.
Wishing A warm Happy New year 2011 AD.
Hoping for the successful VISIT NEPAL 2011.
31 Dec,’10