Showing posts with label डायरी. Show all posts
Showing posts with label डायरी. Show all posts

Wednesday, August 5, 2020

कोरोना, न्यायलय र नेकपा

स्वर्ग र नर्क रहेछ भने पनि,
अरुको बुद्धिले स्वर्ग पुग्नेहरुभन्दा आफ्नैं विवेकले नर्क टेक्नेहरु नै बढी खुशी होलान् । अरुको हरेक काममा सधैं न्यायाधीश बन्न खोज्ने दुनियाँसँग साच्चिकैमा भने न्यायाधीश बन्ने सामर्थ्य नै हुदैन । आफ्नो जीवनकालमा आफ्नैं विवेक प्रयोग गरेर बाँंच्ने ब्यक्तिहरु नै खास अशल र सफलहरु हुन् ।

मान्छेको जनमदेखी मरणसम्मको अवधी मात्रै आफ्नो हो । तसर्थ, मृत्युको एकछिनअगाडि पश्चाताप गर्नुछैन भने जे गर्ने हो समयमै गर्नुपर्नेछ । समय सीमित छ ।
शुभ दिन! 
२२ जुलाई २०२० 

अन्धा छ कानुन । फैसला अन्धाधुन्ध नै गर्थ्यो । अहिले त त्यसैको निरन्तरता मात्रै हो । आम मान्छेका लागि निष्पक्ष छानबिन र न्यायको आशा त भगवान भरोसा नै थियो ।
आश्चर्य के मान्नु र!?

राष्ट्रपति, प्रधानमन्त्री, न्यायालय, राजनैतिक दल, अख्तियार, प्रहरी, प्रशासन जस्ता राज्यका प्रमुख अंगहरुले क्रमशः बिश्वास गुमाउँदै जानुले व्यवस्था नै पंगु बन्ने खतरा देखिदैछ । बेलैमा शुद्धीकरण थालौं ।

राज्यले नागरिकप्रतिको उत्तरदायित्व र जवाफदेहिता इमानदारीपूर्वक निर्वाह नगर्दासम्म यस्तै चलिरहनेछ । जतिसक्दो चाडो आचरण सुधारौं ।

क्यान्सर लागेपछि तुरुन्तै उपचार गर्नुपर्छ अन्यथा अन्यत्र फैलिएर जीउ नै जोखिममा पर्नेछ । समयमै सचेत बनौं । 
२३ जुलाई २०२० 


मान्छे आफैंप्रति इमान्दार हुनुपर्छ अरुको सामु आफ्नो ईमान प्रमाणित गरिरहनु पर्दैन । अनेकन प्रयत्न त तिनले मात्रै गर्छन्, जो आफैंभित्र गलत छु भन्ने जान्दाजान्दै पनि सहि देखिने स्वाङ पार्नैपर्छ ।

आफ्नो सामुन्ने दुई वटा मात्रै बाटो छन्, दुई मध्ये एउटा बाटो हिंड्नैपर्छ भन्ने बाध्यता छैन । अर्को नयाँ बाटो आफैं खन्न पनि त सकिन्छ । कठिन हुनसक्छ तर अधिक खुशी र स्वतन्त्रता मिल्नेछ । त्यसो गर्दा जीवन खेर जादैन बरु परम सन्तुष्टि प्राप्त हुन्छ ।

यहीँ नै हो जीवन । सार्थक जीवनको प्रयोगात्मक आत्मविश्वास! 
२७ जुलाई २०२० 

विश्वभर महामारीले तहसनहस पारेर हामीलाई खतरापूर्ण घण्टी बजाउँदै गर्दा पनि सिमानामा कडाइ गर्न, लकडाउन पालना गर्न, हस्पिटलमा आइसोलेसन बेड, आइसियु र भेन्टिलेटरहरु थप्न, भौतिक पुर्वाधार, यथेष्ट स्वास्थ्य सामाग्री र जनशक्ति तयारी अवस्थामा राख्न, क्वारेन्टाइन व्यवस्थित गर्न लगायतका पूर्वतयारी गर्ने प्रशस्त समय पाएर पनि सदुपयोग गर्नमा नचुक्नु चुक्यौं ।

प्रकृतिको कृपाले बाँचिरहेका र भगवान भरोसामा विश्वास गर्ने हामीहरु कोरोना नियन्त्रणपछि पनि सबैसँग सकुशल भेट्न पाइयोस् ।
आफू जोगिने र अरुलाई जोगाउने सद्वुद्धी मिलिरहोस् ।
शुभदिन!
२९ जुलाई २०२० 

Friday, September 7, 2012

मे '१२


- आमाले जन्म दिनु आँफैमा सौभाग्य हो, शिशुले आँफै पनि पुनर्जन्म लिनु अर्को सौभाग्यको महत्वपूर्ण पाटो रहेछ । जीवन साँच्चीकै अमुल्य छ ।
आज मैले जे महशुस गरें ।
(हरेक दिन जसो हस्पिटलहरुमा कतिपय भ्रुणहरु तुहिन्छन्, तुहाइन्छन् र केही जन्मेका बच्चाहरु पनि सबैले जीवन पाउदैनन्, कतिले त पहिलो आवाज निकालेर मात्रै सधैंका लागि बिदा हुन्छन् । चाहेरै पनि न हाँस्न पाउछन्, न आँखा खोल्न, न त बाँच्न नै । आमाले, डाक्टरले वा अरु कसैले पनि जीवन दिन नसकिदो रहेछ । शायद, त्यो आँफैले कोरेर आउनु पर्दो रहेछ क्या रे ।)
02 May, 2012

- हामी नेपालीहरु गरीब छौं तर स्वास्थ्य उपचार गर्न निकै महँगो छ । तसर्थ, सरकारले स्वास्थ्य बीमाको निती लागु गरेमा केही राहत मिल्ने थियो र साथीहरुसँग भन्ने पनि गर्थें कि," नेपालीहरुलाई दैबले हात थापेको छ । अन्यथा, रोग लागिसकेपछी अधिकांश नेपालीहरुसँग रोगको उपचार गर्ने पैसा नै हुँदैन ।" तर आज माछापुछ्रे हिमालमा आएको हिमपहिरोको घटनाले साह्रै दु:खी र मर्माहत बनाएको छ । अब त दैब पनि दाँया रहेनछन् ।
उता लाशको गन्ती र खोजी भैरहेछ, यता शपथ चलिरहेछ उनै जनताको नाममा ।
यस्तै रहेछ यहाँको रिती ।
मेरो हार्दिक श्रदान्जली!
05 May, 2012

- गौतम बुद्ध मानव हुन । उनी नेपालको लुम्बिनीमा जन्मिएको ईतिहास साक्षी छ तसर्थ उनी नेपाली नै हुन ।
बुद्ध जयन्तिको अबसरमा अहिंसा र बिश्व-शान्तिको कामना ।
06 May, 2012

- एकजना लामा थरकी नर्सले भनिछिन्, बेड नम्बर बाउन '५२' डिस्चार्ज तर ब्राह्मण थरको बिरामी कुरुवाले अर्थ्याएछन् 'बाहून डिस्चार्ज' । आज बिना कारण झगडा पर्‍यो, चित्त दुख्यो, आसुँ झर्यो । एकछिन अघीसम्म सँगइ फोटो खिचाइरहेका उनिहरुको अनायसै सम्बन्ध बिग्रियो, नराम्रो भयो ।
अब जातीय दंगाको दुर्घन्ध अस्पातलहरुमा पनि फैलिन थालेछ । यो घटना सच्चा नेपालीका लागि सामान्य र सहज सुचक हुँदै होइन ।
09 May, 2012

- यी थरी-थरिका नेपाली पहिचानलाई जबर्जस्ती जातीयतासँग जोडेर कुरुप नबनाइदिदा नै सबैभन्दा बदी जातीयता हुनेथियो । सम्पूर्ण जातीको उपस्थितिलाई स्विकारेर सहअस्तित्व र समानताको आधारमा अघी बदेको खण्डमा मात्र सबैको अशली पहिचान बाँकी रहनेछ । अन्यथा, बन्द र प्रतिकारमा उत्रिदा उल्टै सबैको पहिचान र अस्तित्व भष्म भएर जाने खतरा रहन्छ । हामी कसैले पनि सुर्यलाई हत्केलाले छेक्ने दुस्प्रयास नगरौं । हामीले जानी-जानी दुर्घटना नरोजौं । आफ्नो चिहान आँफैले नखनौं ।
बेलैमा चेतना भया!
11 May, 2012
(नेपालमा असम्भव देखिने धेरै घटनाहरु नघटेका होइनन् तर बिडम्बनापुर्बक भन्नु पर्ने हुन्छ कि ति कतिपय आँफैमा दुर्घटना पनि थिए । अरुलाई के, कती र कस्तो चाहिएको हो त्यो साधारण नेपालीको सरोकार रहेन तर हामीलाई चाहिएको सम्रिद्द र सिङो नेपाल नै हो । यो यथार्थ नै हो कि बिगतमा केही जातीय, भौगोलिक, धार्मिक जस्ता बिभेद भएकै हो । केही अरुको पेलाईमा त केही आफ्नै कारणले पिछडिनु परेको अबश्य पनि हो । हिजो भएका गल्ती र कमजोरिलाई सच्याएर अघी बद्नु नै बुद्धिमानी होला । जातीय, भौगोलिक, धार्मिक, साँस्कृतिक र भाषिक कुराहरुलाई अतिरन्जित तरिकाले उठाइनुले केही न केही गन्ध दिन्छ । एकै मुलुकभित्र रहेर पनि पिछडिएका सीमित जाती र बर्गलाई केइ समय अग्राधिकार र आरक्षण दिएर उत्थान गर्न सकिन्छ । आजभोलि सुनिरहेका छौ, अधिकारको कुरा गौण हुने तर जातीय कुरा चाँही चर्को हुने अली सुहाउदो कुरो होइन । यसले नियत र व्यबहारमा अलिक मेल खाँदैन । यो जातीय सदभाव खल्बलिने गरी नेताहरुले आफ्नो स्वार्थ अनुकुल खेलेर आँफै बोक्सी र आँफै झाँक्री बनिरहेको अवस्था हो । देशले अशल राजनेता मागिरहेको छ, जसले यो स्थितिलाई नियन्त्रण गर्न सक्ने सामर्थ्य राख्छ, नेताहरु भने अत्यन्तै संकिर्न मानसिकता लिएर यो नाजुक समयलाई नियाली मात्र रहेछन् । हरेक ब्यक्तिलाई समयले नै प्रष्ट पार्दै जानेछ र ईतिहासले समिक्षा गर्नेछ, त्यो अहिले केही भन्न सकिदैन । मलाई के मात्र लागेको हो भने खोक्रो जातीय संघियता भन्दा ऐतिहासिक, धार्मिक वा भौगोलिक नामाकरण गरियोस तर बिशेष अधिकार सम्पन्न पारीयोस । यदी अधिकार पाएको खण्डमा आफ्नो जाती, भाषा र सँस्क्रितीको जगेर्णा गर्न स्वयम सक्षम हुनेछन । देश बदल्छौ भन्ने नेताहरु सधैं आफुलाई मात्र फेरी नै रहे त्यो नै हाम्रो दुर्भाग्य भयो । मेरो भन्नु यत्ती नै हो ।)

- आज जीवित देवीहरुको दिन हो ।
संसारभरिका आमाहरुलाई मेरो सादर प्रणाम !
Happy Mother’s Day!
13 May, 2012

- आजभोली फेसबुकमा थर हटाएर नामको पछाडि 'नेपाली' जोडेको देख्दा गर्वले छाती फुलेर आउछ ।
यतिखेर आफ्नै कबिता सम्झिरहेछुँ जसमा उस्तै भावना पाउछुँ । मैले सामुहिक चिन्ता नै पोखेको रहेछु, 'चन्द्रे नेपालीको मृत्यु'मा ।
15 May, 2012

- बहिनीको अबैध गर्भ तुहाए जत्तिकै सजिलो कहाँ हुदोरहेछ र!? मातृभूमीको भ्रुण तुहाउन त.. ।
म अझै स्वस्थ शिशु जन्मिने आशामा छु ।
16 May, 2012

- अचेल देशले बिपरित ध्रुवका अराजक र अतिवादी सोचहरुको प्रहार खेपिरहेछ ।
18 May, 2012

- हामीहरु अजर-अमर होइनौ तर नेपाल सदैव जीवित रहोस् भन्ने चाहन्छौं । नेपाली भएर जन्मियौं, नेपाली नै रहेर मर्न पाउँ भन्ने हाम्रो चाहना हो । हाम्रो देश अखण्ड रहनुपर्छ, हाम्रो देश सुन्दर रहनुपर्छ, हाम्रो देश बाँचिरहनु पर्दछ । देश शिरमा हुनुपर्छ, देशभक्ति मुटुमा हुनुपर्छ तर हामी पाइतला मुनी कुल्चिन खोजिरहेछौं । हामीहरु सौभाग्यले नेपाली भयौं तर नेपालीको बर्तमान दुर्भाग्य भोगिरहेछौं ।
20 May, 2012

- मेरो गाउँको बाटाभरी रगतका टाटा छन्, माटोभरी लाशका चोक्टा-चोक्टा छन् । अब खाली खुट्टाले ति भुईलाई कुल्चेर कसरी अगाडि बद्ने हो!? म अझै दोधारमा छु । न मैले, न त अरु कसैले नै यो सत्यलाई तोड्न मिल्दैन । भलै मैले आँखा चिम्लुलाँ रे तर हिजो साक्षी छ, आज सामु छ र भोली आशावादी छ ।
22 May, 2012

अप्रिल '१२

HOW?
I really don't have any reasons to tell.. May be I was in hurry to reach my destination but m thrown out of the race.. Now I realized, no more days are here to live together.. I think its easier than harder.. Yes, I must go.. I must win and need to come back soon..
I ll not let you down again!
Aamaa! Bubaa!
08 April, 2012

Everything looks so different!
10 April, 2012

The end means to complete and complete means to begin.... Yes, its time to make a another start..
Happy New Year 2069 to you all!
13 April, 201210

हरेक कुराको सिमा हुन्छ । त्यो सिमा नाघ्ने मलाई रहर छैन । अन्यथा म पनि कठोर बनेर आफ्नै मुटु निचोर्न वाध्य हुनेछु ।
17 April, 2012

के को बनाउथे र देश, मुलाहरु ।
यसो भन्न त नहुने हो तर टलटल लागेर आयो, त्यसैले ।
18 April, 2012

नेपाल बिस्फोट हुन लायक ठाउँ हुँदै होइन र हुनु कदापी राम्रो पनि होइन तर बिस्फोट हुनु पर्ने ठाउँहरु नगन्य मात्रामा देखिरहेकोछु । शायद आबश्यक पनि छ !
19 April, 2012

Sauraha: So close, So far!
20 April, 2012

Titanic: a beautiful disaster!
21 April, 2012

अब पनि पुच्छरले टाउको हल्लाउने दिन रहेन ।
24 April, 2012

मलाई जसले जे सोच्छ, म त्यही नै हुँ ।
यि आँखाबाट ओझेल पर्दै गैरहेको एउटा सुन्दर रुपभन्दा, त्यो मधुरो छाया अझ बदी नै प्यारो लाग्दोरहेछ ।
27 April, 2012

म बुदेसकालको सहारा हुँ ।
मेरी आमाले चाहेको बेला मैले न काध थाप्न सकें, न त हात दिन नै । त्यो कुप्रो जिउ ठाम्नलाई आजसम्म एउटा लौरो ठम्याउन समेट सकेको छैन । तै पनि मलाई राम्ररी थाहा छ, त्यो जिम्मेवारी मेरै हो, कर्तव्य मेरै हो । म अझै पनि भन्छुँ," म नै बुदेसकालको सहारा हुँ ।"
('लाउरेकी आमा'बाट)
28 April, 2012

भावना भएर पनि केही बोल्नै नसक्ने त पशु हो, हामी पशु बनिरहेछौं ।
29 April, 2012

मार्च '१२


We find Happiness in Ease but Better Happiness in Effort!
02 March, 2012

Every one stands to support me every time when I try to crawl but I m preparing to move my foot steps this time.
Yes, I must be able to walk myself!
03 March, 2012

Jogira Sarara..ra..ra..ra!
Happy Holi!
07 March, 2012

Learn from yesterday and Plan for tomorrow.. Get ready to move, get ready to score.. I'll always be with you..
Good Luck NEPAL!
09 March, 2012

Nepal played worst game but better than Maldives. I think its time to filter few players and give chance to new ones.. Especially front line.
10 March, 2012

She was beautiful. Yes, she is!
11 March, 2012

मलाई गन्हाउने मान्छेहरुसँग कुनै मोह छैन, सम्बन्ध नरहोस् पनि ।
16 March, 2012

I see, I speak and I write.. I m fully responsible for everything I do but I m not responsible for the things that I hear!
16 March, 2012
(I m totally empty but wants to be filled. So, hoping to learn some lessons, m behind you following the way you move. I m ready to listen carefully and happily. I have no doubt on the people whom I truly respect and trust.. B.B Bista and Rabindra Sameer)
11 March, 2012

सशस्त्र युद्ध गरिरहेको माओवादीले जन-गणतन्त्रको सपनालाई त्यागेको र तत्कालिन सात दलहरु राजतन्त्रलाई छाडेर गणतन्त्रको मिलनबिन्दुमा आएकै कारणले नै नेपालमा लोकतन्त्र स्थापना सम्भव भएको हो । तर, यो यथार्थ ईतिहास साक्षी हुँदा हुँदै पनि कांग्रेसभित्र बौद्दिक मानिने नेता डा. रामशरण महतको अभिब्यक्तिले सहमति भन्दा असहमतिको स्पष्ट संकेत गरिरहेको छ । दु:खको कुरा, डा. महतले सधैं समस्या सल्टाउने भन्दा बल्झाउने कोणबाट मात्र घटनालाई बिश्लेषण गरिरहेका हुन्छन् । यदी दलहरु आ-आफ्नै सिद्धान्त र स्वार्थमा 'मेरो गोरुको बाह्रै टक्का' गरिरहने हो भने त ०६२/०६३ को सामुहिक जन-आन्दोलन र अहिलेसम्म गरेको सहकार्य नै गल्ती थियो भनेर जनताका सामु बोल्ने हिम्मत गर्नुपर्‍यो । अन्यथा, मानसिक कुन्ठा र कुतर्क बोलेर राष्ट्रलाई बन्देज राख्न पाइदैन ।(बि.बि.सी. नेपाली सेवा)
15 March, 2012

हाम्रो समाज यती अराजक भैसक्यो कि कोही मान्छे उचाईमा बस्नका लागि जन्मिएका हुन्छन् तर उनिहरुलाई उकालो चद्न त दिइदैन नै, अझ बेसीतिर पनि राम्ररी बाँच्न दिइदैन ।
18 March, 2012

यानिमाया,
म अहिले धेरैपछी त्यही ठाउँमा उभिरहेछु जहाँ हामीले कुनै दिन माया पिरतीका कुरा गरेका थियौं, भबिश्यको मिठो कल्पना साँचेका थियौं । तर आज हामी सँग-सँगै छैनौ, म एक्लो छु, एक्लो.. । त्यो भित्ताभरी सजाइएको तिम्रो तस्बिरहरुले मुस्कुराउदै मलाई एकोहोरो तीर हानिरहें । म चिर निन्द्रा सुत्न अनेक जुक्ति गरें, ता पनि असफल भएँ । हाम्रो प्रेम पनि शायद संग्राहलय झै बिगतको साक्षी ईतिहास भएछ क्या रे!
मेरी यानिमाया ।
21 March, 2012

आज अलिकती चित्त दुख्यो । साहित्य प्रतिको मोहले थोरै भए पनि ठेस लगायो, साहित्यकार भनिने प्रति पनि केही बित्रिष्णा जगायो । अचम्म छ, कहिले काही नखाएको बिष पनि लाग्दो रहेछ । हामीहरुले बिषयबस्तुलाई किन सकरात्मक भन्दा बदी नकरात्मक दंगले मात्र बुझिरहेका हुन्छौ !? सबैले जानेर वा नजानेर गल्ती गरिएको हुन्छ तर आपसी विश्वाश गर्नुको सत्ता शंका र उपशंका गरेर ब्यग्तिगत कुराहरुलाई सार्वजनिक संजालमा रहस्यमयी दंगले लेखिनु कुनै पनि कारणले सहि हुन सक्दैन । तर हामी यो नियती पटक पटक देख्नु भोग्नु परिरहेछ ।        
फेसबुक कतै फेकबुक भएर पो हो कि!?
22 March 2012

फेब्रुअरी '१२


- I have always been running to reach somewhere to become a proud somebody but I think I didn’t reach anywhere and still Im nobody. Today I realized that I must try to be the part of my great father and great mother!

म सधैं केही न केही गर्ने र कोही न कोही बन्ने अस्प्ष्ट चाहना बोकेर कुदिरहेकोछु तर अझै पनि 'त्यो कोही' बन्न सकेको छैन, न त 'त्यो केही' नै गर्न सकें । आज बल्ल मैले महशुस गरेकोछु, मसँग मेरो बुवा बन्ने द्रिडता हुनु पर्थ्यो, मेरी आमा बन्ने सपना बुन्नु पर्थ्यो ।
Feb 07 2012

- मैले जीवनमा त्यो निश्चित आदर्श भेटाउन नसके पनि सफल र सुन्दर त्यो एक अंश खोज्ने कोशीस अबश्य गरिरहनेछु ।
Feb 08 2012

- So many wishes and cheerful voices, I hear
Surrounded by true hearts with love and care

I believe, a precious single word encourages million times more to breath.
No matter, we are near or miles away!

After reading so many beautiful wishes and hearing cheerful voices, I really felt that I am surrounded by true hearts with love and care.

My Respected Seniors, Dear Friends, Brothers and Sisters,
You all are the source of my happiness and successes in my life. I am delighted by your sweetness. A word ‘Thanks’ can never speak my soul!

I pray god to keep you glowing all the way.
I am the luckiest! I am blessed!!
Feb 09 2012

- म दिनेवाला हैन, लिनेवाला हुँ । दिनेवाला त सधैं माथि हुन्छ, लिनेवाला पो तल हुन्छ, जो थिचिन्छ । अन्यथा नलिइदिनु होला सर ।
Feb 10 2012

- मौन दिवस !
Feb 13 2012

- The One, who can’t Love you in Better way has No Right to Stick and Hurt you more!
Feb 15 2012

- Happy Valentine’s Day!
14th feb
(मेरो लागि बगेका ति आशुहरुसँग मलाई बदी नै डर छ । म चाहन्छु, मलाई तिनले सराप नदिऊन् किन कि त्यो सराप मैले अबश्य भोग्नु पर्नेछ । मलाई माया गर्ने ति निर्दोष मुटुहरुले कसैगरी खरानी नबनाईदिउन् । म भष्म हुन चाहन्न । म अझै केही बेर बाँच्न चाहन्छु ।)

- Dont offer your heart to a cannibal..
Yes I'm !
Feb 16 2012

- बाँच्ने शीर धेरै भो दुनियाँलाई के भनम
हुँदैछ यो युगमा रावनको पुनर्जनम
Feb 17 2012

- Neither All the Boys Take the Chances nor the entire Girls Take But some Selfish people may Misinterpret your Love and Trust.
Feb 19 2012

- I must cut down some trees and build a bridge so that I can cross the river.
Feb 22 2012

- यानिमाया,
मैले भुल्न त खोजेकैछु तर भुल्छु भन्दै झन सम्झी पो रहेछु ।
आज धेरैपछी यादमा आयौ, चसक्क भिजाएर गयौ । फेरी सपनीमा आयौ, निथ्रुक्क रुझाएर गयौ । एउटा यता हाँस्ने, अर्को उता रुने दिनहरु फेरी सम्झ्यौ कि क्या रे!
मेरी निरमाया!
Feb 24 2012

Buwaa,
Keep Guiding Me! Keep Blessing Me!!
Feb 25 2012

- जीवन सुत्र र सिद्धान्तहरुले लेखिएको किताब होइन, जसलाई हामी अनुसरण गर्नै पर्ने हुन्छ । यो त एउटा खाँली पाना मात्र हो, जहाँ हामीले भिन्नै नियमहरु आँफै लेख्नु पर्ने हुन्छ ।
Feb 26 2012

- भौतिक सुखमा भेटिने खुशी भन्दा दु:खमा भेटिने खुशी कयौ गुणा स्वादिलो हुदो रहेछ । Feb 28 2012

जनवरी '१२


- यो मेरो सपना हो कि बिपना, अझै खुट्याउन सकेको छैन ।
03 January 2012

- Keeping a space!
04 January 2012

- Moving on the earth to reach the moon..
धर्तीमा जून खोज्ने म मान्छे ।
05 January 2012

- I know, I can win n win you but I fear a day when I’ve to be a loser and the only person who can defy me.
07 January 2012

- मैले धेरै माया गर्छु भनेर देखाउनलाई मैले अरु केही गर्न जानेकै छैन सिर्फ माया मात्र गर्न जानेको छु ।
09 January 2012

- भुकम्प सङै आएको सुनामीले घर डुब्दै र भत्किदै गैरहेको थियो । केही मान्छे आनन्दले पौडी खेल्दै रमाइरहेका थिए, केही त्रसित देखिन्थे भने म चाँही टुलुटुलु हेरिरहेको थिएँ ।
10 January 2012

- Iam impressed but not attracted to u!
11 January 2012

- Sometimes impression lacks and sometimes attraction. But, I must learn to fulfill both.
12 January 2012

- कुनै एउटा निश्चित ब्यक्ति, जाती, निती र धर्म प्रतिको अधिकतम विश्वाशले मान्छेलाई सिर्जनात्मक, अनुशासित र इमान्दार त अबश्य बनाउछ तर सँगसङै उसलाई संकुचित र अन्धभक्त बनाउने सम्भावना पनि उत्तिकै रहन्छ ।
13 January 2012

- पूर्बीय संस्कारले सुशोभित आधुनिक युवती मेरो सुहाग रातमा आउछिन ।
14 January 2012

- कमरेड!
हिजो युद्धका कथिन मोर्चाहरुमा सदैव सँगसङै लड्यौ र त, रुदा-रुदै हाँसेका थियौ, हाँस्दा-हाँस्दै रोएका पनि थियौ । तर, आज एउटा रुदा अर्को हाँस्ने र अर्को रुदा एउटा हाँस्ने गरेर लोक लज्जित भैरहदा मेरो पवित्र भुईमा उभिएर फेरी बकम्फुसे गफ र हाँसिमजाक गरेछौ ।
तिम्रो आगमनले मेरो रोल्पा न उत्साहित छ न त निराश नै, सिर्फ मौन छ । त्यो मौनता गतिहिनता होईन, बरु गतिशीलताको खोजी हो ।
January 15, 2012

- प्रेम बिनाको युद्ध क्रुर हुन्छ भने प्रेमले गरिएको युद्ध सुन्दर ।
16 January 2012

अती गरे पनि अत्याचार कहिल्यै नगर्नु ।
18 January 2012

- कोही बुवाले आफ्नै नावालक छोराछोरीलाई मध्यरातमा फकाउदै लगेर नदिमा फाल्छन्, कोही शिक्षक आफ्नै विद्यार्थीलाई सिकाउने बहना बनाई कोठामा बोलाएर बलात्कार गरी हत्या गर्छन्, कोही प्रेमी आफ्नै प्रेमिकालाई 'डेटिङ'मा षड्यन्त्रपुर्बक गोली हान्छन्, कोही पती आफ्नै श्रीमतीलाई टुक्रा-टुक्रा पारी लाश समेट गायव पार्ने दुस्साहस गर्छन् ।
धन्य!
म, न चाहे जस्तो आदर्श महापुरुष बन्न सकें, न त त्यस्तो निर्दयी र क्रुर नै ।
म पुरुष भएको नाताले मौनधारण गरिरहेछु, यतिबेला ।
20 January 2012

- Gentle and Bold.. not all the time, not everywhere!
25 January 2012

Wednesday, December 28, 2011

नोभेम्वर '११

-अचेल,
कात्तिके कुकुरहरुले मस्ती गर्दैछन् । 4 Nov 011

- Sometimes first impressions are neither the best nor the correct ones. 5 Nov 011

- मेरो प्रिय सपनालाई मुन्टोमा थिचेर हत्या गरुँ र अरुको लागि हाँसू वा मेरो चिचिलो चाहनालाई पुरा गरुँ र अरुलाई बेखुशी पारुँ ।? शायद जिन्दगी कसैको बन्दकी होईन, र म पनि ।
10 Nov 011

- नेताको दास कार्यकर्ता, कार्यकर्ताको दास जनता! प्रकृया उल्तो भयो, सुल्टाउनु पर्नेछ । म सधैं दास प्रथाको बिरुद्धमा उभिनेछु । 13 Nov 011

- एक्लोको अर्थ अन्त होईन, एक्लोपन पिडा होईन । एक्लो हुनु त, स्वतन्त्रताको जित हो, शान्ति प्राप्ती हो र आफ्नै सपनाहरुको समिक्षा हो । 15 Nov 011


- RUN,.. run doesn’t always mean to run Away.. but to go Faster! 16 Nov 011

- Innocent Smiles and Sweet Tears are really valuable! 17 Nov 011
(I thought we were losing true feelings and being like a machine day by day. But, when a child comes with severe illness and leaves alright, feels me so good inside. And the situation is much pretier when he wants me to go his home with him. Although, he was crying but tears were really sweet! I loved his innocence.. i loved his sense of emotional attachment. They are very important and carries so much value in my life!)

-
Hiding from the rain and snow
Trying to forget but I won't let go
Looking at a crowded street
Listening to my own heart beat

So many people all around the world
Tell me where do I find someone like you girl
(Reminds of those beautiful days! Welcome n Best of Luck MLTR!) 13 Nov 011
(Ya, no doubt that the song is really beautiful and winning the millions of heart n soul with its wonderful lyrics, music n vocal. It is one of the fav song of mine too, memories feels so fresh when i listen again n again.)

- The more we Give, more the Demand is! 20 Nov 011

- तिमीलाई जे निर्णय सहि जस्तो लाग्छ, त्यो सहि नै नहुन सक्छ तर पनि तिमी आँफैसँग भने सधैं सहि नै हुनेछौ । अरुलाई देखेर निर्णय सच्याउन खोज्दा कालन्तरमा त्यो गलत हुने सम्भावना त्यत्तिकै रहिरहन्छ जुनबेला तिमीसँग मुकाविला गर्ने कुनै आधार बाँकी रहन्न, न त ज्ञान र नैतिकता नै । 22 Nov 011

- मैले पनि केही दिन अघी आफ्नै अनुभूति फेसबुकमा शेयर गरेको थिएँ । जीवनमा कहिले काही आँशुलाई पनि प्रेम गर्नु पर्ने अवस्था आउदो रहेछ । शायद त्यो क्षणलाई हामीले महशुस गर्नु/नगर्नुमा पो भर पर्छ कि!? 25 Nov 011

Monday, October 31, 2011

अक्टोबर '११

- जन्मिएको नयाँ मान्छे चिन्नुछ, बनेको नयाँ घर हेर्नुछ, बिनास पछीको बिकाश नियाल्नुछ । एक्लै बिते बर्षौ बर्ष, अब यसपालिको दशै आफ्नै घरमा, आफ्नै मान्छेसँग मनाउने रहर।
सबैलाई सुख-शान्ती मिलोस्, बिजया दशमीको शुभकामना!
02 Oct 011

- यहाँ इमान-जमान खत्तम भैसक्यो भन्या!
सक्छौ भने अझै ध्वस्त पार । अब त म खरानी न हुँ ।
15 Oct 011

- बिर्सिदेउ त्यो सपना जस्तो बिपनालाई
भुलिदेउ त्यो बिपना जस्तो सपनालाई
मिलन हुनुथ्यो, भयो
बिछोड हुनुथ्यो, भयो
अब एक पटक प्रेमले चुमिदेउ आँफैलाई ।
19 Oct 011

- मान्छे बेखुशी हुन्छ, बिरामी पर्छ र एकदिन बित्छ । बेठेगान छ यो जिन्दगी । Oct 011
(माथि वार्डमा प्यारालाइसिसले थला परेकी बुदीलाई आँफै असक्त भैसकेको बुदाले व्हील चियरमा सकी नसकी गुडाउदै भर्ना गरेर ल्याउदै गरेको देखें । तल जवान छोराको असामयिक मृत्‍युका कारण आइ.सि.यू. बाहिर रुवावासी चलिरहेको थियो । म भारी मन लिएर स्ययम्भुको छेउनिर हिड्दै थिएँ, मेरी दिदी अस्वस्थ भएको खबर पाएँ । बुद्धको आँखामा नियालेर हेरेपछी एउटै कुरो मनमा आयो, सिद्धार्थ गौतम यत्तिकै गौतम बुद्ध भएका होईनन् । मान्छेलाई बचाउने मात्र होइन, मान्छे नमर्ने उपाय खोज्नुथ्यो । मेरो पनि निश्कर्ष त्यही नै थियो ।)

- चोखो मन
पवित्र बिचार
कन्चन भाव
स्वच्छ छबी ।
21 Oct 011
(Being in a profession and doing a job for own self is not a True Service.. but some lucky people get all those though they don’t deserve.)

- Take sometimes to Think, sometimes to Decide and to Act Perfectly! 25 Oct 011

- "माथि केन्द्रमा नेताहरु मुखले झगडा गर्छन्, एक अर्कालाई गालीसम्म गर्छन्, मिल्छन् तर तल कार्यकर्ता अब हातले हानाहान गर्ने अवस्था भैसक्यो । हामीलाई गाउँमा मुख देखाउन पनि लाज लागिसक्यो । हिजोको उद्देश्य र आजको स्थितीमा आकाशपातलको फरक देखियो । हाम्रा नेताहरु के भएका होलान ।?" यसै भन्दैथिए रोल्पाका पुराना एक स्थानिय नेता ।
Oct 011

- म सधैं मेरो मान्छेको काखमा रमाइरहेको हुन्छु । कतिपय नचिनेका मान्छेसँग बोलेकोछु । कतिपय नदेखेका मान्छेसँग भेटेकोछु । कोही गादा, कोही टाढा तर पनि सबैलाई सम्झेकै छु किन कि मलाई हरेक सम्बन्ध अती प्यारो र बिशेष लाग्दछ ।
यहाँहरुको जीवनमा सुख-शान्ती छावस्, छाईरहोस् ।
दिपावलीको मंगलमय हार्दिक शुभकामना! 26 Oct 011

- Tihar.. Me on night duty.. Aama is getting better! 27 Oct 011

- मैले स्वदेशमै प्रदेश भोग्न थालेको चौध बर्ष बदी भैसकेछ । मेरा दौतरीहरु, मेरो मानसपतलमा पनि हाम्रो बालापन ताजै छ । अब फेरी म अर्को अबिस्मरणीय दिनको पर्खाइमा छु । 28 Oct 011

- The harder we work, the sweeter the victory! 29 Oct 011

- ग्रेटवालको ग्रेट अनुभुती पछी 'ईश्वरका कथा'
-डा. रबिन्द्र समिर 29 Oct 011
(It was a special day for me to meet Rabin dai after a long gap of our communication. Receiving a book with writers’ own hand writing is a huge gift for me. I’m very much grateful to u. And of course, I must thank Bhauju for the Chiya n Selroti!)

- धर्म संकट! अन्त्य होईन, सुरुवात हो । 31 October 2011

Sunday, October 30, 2011

सेप्टेम्बर '११

- हामीले 'अ'बाट अनुशासन कहिले सिक्ने होला !? 01 Sep 011

- राजनैतिक ब्यक्तिले राजनैतिक ब्यक्तिसँग नै गरेको अनेक टिकडम अस्वभाविक नहोला तर राजनैतिक ब्यक्तिले अराजनैतीक मान्छेसँग गरेको अन्तर्घात कदापी सह्य हुन सक्दैन । त्यो कुनै दिन अबश्य महँगो साबित हुनेछ । 02 Sep 011

- हिजोअस्ती बुद्धसँग खेलिरहने म मान्छे, अचेल पिस्तोलसँग पो रमाउन थालेकोछु । 03 Sep 011

- म त जोइटिङ्रे र पोइटिङ्रेले बिगारेको मुलुकमा पो जन्मिएको रहेछु । 04 Sep 011

- आशा थियो तुत्यो । विश्वाश थियो त्यो पनि तुत्यो । 05 Sep 011

- भिरालोमा गाह्रो हुन्छ पशुलाई घास चर्न
कत्रो बिपत बतुवालाई खहरे खोला तर्न
झन साह्रो पंछीलाई बचेँराको चारो खोज्न
सजिलो त कहाँ छ र मान्छेलाई जीवन भोग्न ।
06 Sep 011

- I don’t want be a silly man and that’s my silliness! 09 Sep 011

- Intelligent is not always Superior but the Winner is! 11 Sep 011

- I need to buy a bullet and a gun, I need to shot at my enemies so called friends, I need to shot down some criminals so called politicians. 13 Sep 011

- Traitors are traitors! Some people are better to die than to live! 14 Sep 011

- Where is ME? 15 Sep 011

- कुनै पनि खराब ब्यक्तिले सहि सिस्टमलाई बिगार्दछ भने खराब सिस्टमले सहि मान्छेलाई पनि बिगार्दछ । मैले देखे/भोगेको यथार्थ यही नै हो । 16 Sep 011

- भो, अब रुदिनँ म । 18 Sep 011

- A life is not only to born and die but there must be a purpose to live! 20 Sep 011

- जिउ कुप्रो भए पनि उच्च हुन्छ मन । 22 Sep 011

- निर्णय: कुनै पनि निर्णय लिनुपर्दा जो कसैलाई पनि अबश्य गाह्रो हुन्छ । अझ दुरगामी असर पार्ने निर्णय लिनु त निकै कथिन हुन्छ । मेरो बुझाईमा कुनै निर्णय लिनुको अर्थ केहीलाई त्याग्नु र केहीलाई छोप्नु नै हो । हरेक ब्यक्तिका भित्री चाहनाहरु अनगिन्ती हुन्छन जुन सबै पुरा हुन पनि सक्छन् र नहुन पनि सक्छन् । जो कसैको पनि सपनाहरु अनेक हुन्छन जुन सधैं साकार हुन पनि सक्छन् र नहुन पनि सक्छन् । यसर्थ अनगिन्ती रोजाई र अनेक सपनाहरुलाई छानेर कतिपयलाई फ्याक्नु पर्ने हुन्छ त कतिपयलाई जबर्जस्ती भुल्नु पर्ने हुन्छ । सबैलाई अङालिरहदा कसैलाई नपाउने सम्भावना पनि रहन्छ जो निकै प्रिय हुन्छन । हरेक ब्यक्ति परिस्थिती अनुसार कोमोल र कठोर बन्नै पर्ने रहेछ अन्यथा कुनै दिन आफ्नो सबैलाई गुमाउनु पर्ने अवस्थाको सम्भावना रहिरहन्छ, जुन निकै पिडादायी हुने गर्दछ । 25 Sep 011

- बोस्टन मगर समाजलाई धन्यवाद एवम एस.एल.सी. मा उत्कृष्ट अंक ल्याउन सफल बनेका भाइ रोशन र बहिनी मेलिनालाई हार्दिक बधाई छ । उनिहरुलाई प्रोत्साहन त अबश्य प्राप्त हुने नै छ साथै आउने दिनमा अझ उच्च प्रगतीका लागि थप उत्साह थपिदिने छ । हाम्रा भाइबहिनीले यो पुरुस्कारको महत्व र अर्थ आज नभए पनि भोली राम्ररी बुझ्नेछन् भन्ने विश्वाश मैले लिएको छु ।
बोस्टन मगर समाजको यस कदमले देश छाडेर प्रदेश पुगेपछी उतै रमाउने, उतै हराउने र आफ्नो जन्मभुमिलाई माया मारेर सभ्य भनिने मुलुकमा असभ्य मानसिकता बोकेर बाँचिरहेका हामी नेपालीहरुलाई लाज लाग्नु पर्ने अवस्थाको सिर्जना गरिदिएको छ । हामी ब्यक्तिगत रुपमा सम्पन्न हुन खोज्छौ, केही सम्पन्न पनि हुन्छौ तर आफ्नो जाती, समाज र मातृभूमी प्रतिको दायित्वलाई चटक्कै भुलिदिन्छौ । हाम्रो यस्तो गैरजिम्मेवार प्रब्रितिको ठीक बिपरित बोस्टन मगर समाजले आफ्नो जाती, समाज र मुलुक प्रतिको गहिरो माया र जिम्मेवारीपनले सबैलाई उत्प्रेरित गर्नु पर्ने हो ।
झुपडीको बास, बिपन्न जीवन, अशिक्षा र पछौटेपन हाम्रो यथार्थ हुँदा हुँदै पनि स्वप्न महल र आधुनिकताको संकिर्णतामा भुलेर बकम्फुसे गफ हाक्ने हामी मगर दाजुभाइ-दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुलाई झक्झक्याउने प्रयत्न साह्रै सराहनिय छ । बोस्टन मगर समाजको अतुलनिय र प्रेरणादायी कामका लागि धन्यवाद साथै पुरुस्कार पाउने भाइ बहिनीलाई पनि भबिश्यका लागि शुभकामना । (बोस्टन मगर समाजले एस.एल.सी. मा उत्कृष्ट अंक ल्याउन सफल मगर बिद्यार्थीहरुलाई गरेको सम्मानका सन्दर्भमा)

Friday, September 9, 2011

अगस्ट '११

- ति मान्छेहरु,
जो मौनतामै धेरै बोल्नसक्छन् ।
3 Aug 2011

- I love challenges but not the ugly ones!
5 Aug 2011

- एक दशक चलेको युद्धको घाऊ आलै छ, अबश्य दुख्छ तर राष्ट्रलाई एक शतक थला पार्न दिनुहुन्न ।
8 Aug 2011

- A Heart,
where Lovers become Friends n Friends become Lovers!
13 Aug 2011

- सभासद महोदय!
भ्रष्टचारी, अपहरणकारी, हत्यारा र बलत्कारीलाई फासी दिने कानून चाडो लेख्नुपर्‍यो ।
15 Aug 2011
(मैले दुई बर्ष अगाडि ख्याती श्रेष्ठको हत्या हुँदा पनि बि.बि.सीमा यस्ता जगन्य अपराध गर्नेलाई कडा भन्दा कडा कारबाहीको ब्यबस्था गरिनु पर्ने टिप्पणी गरेको थिएँ । त्यतिखेर म साँच्चीकै सम्बेदनशील र आक्रोसित पनि भएको थिएँ फलत: श्रमकैदको पक्षपाती भावनात्मक रुपमा अली निर्मम पनि बन्न खोजें । तर यि दुई बर्षकै श्रिन्खलाबद्ध घटनाहरुलाई नियाल्दा अपराध झन पो मौलाउदै गैरहेको छ । यही क्रममा अर्को दुई बर्ष, चार बर्ष, पछीको भयानक स्थितीको सामान्य आँकलान गर्न सक्छौ । यसर्थ, कम्तिमा पनि १० बर्षसम्म कानुनमा कडाइ गरिनुपर्छ । यसो भएको खन्दमा देशमा शान्ती र सुब्यबस्था कायम गर्न चाहने इमान्दारहरुको हात माथि पर्नेछ । खुकुरी धारिलो हुन्छ, काट्नसक्छ तै पनि प्रयोग गर्नु अनिबार्य पनि छ । तर म अहिले पनि श्रमकैद र सुधारगृहको बिपक्षमा छैन ।)


- यी दुई आँखाहरु,
जसले संसारलाई अती सुन्दर बनाएका त छन् तर, उत्तिकै कुरुप पनि ।
19 Aug 2011
(" आँखा लोभी, मन पापी" । मैले स्वयम्भुको आँखालाई अपवाद राखेर नै भनेको हुँ । ति आँखाहरु अबश्य शान्त र निर्दोष छन् तर यि आँखाहरु भने बिश्वासिलो होइनन् । जसले आफु अनुकुल संसारलाई हेर्छन अनी हरेक द्रिश्यलाई पक्षपात र भेदभाव गर्छन् । तसर्थ यि आँखाहरुले संसारलाई अती सुन्दर बनाएका त छन् तर उत्तिकै कुरुप पनि ।)


- Happiness is not only the Moment we Smile But its more precious when we make others Smile!
20 Aug 2011


- Need to catch a flight very soon in order to land safely!
22 Aug 2011


- मेरो साथी!
गुह्ये किराहरुको भुलभुलैयामा परेर झिङाहरु भन्किदैमा बिद्रोह हुँदैन । क्रान्ति, कसैको एकांकी र एक पाखे गफले सम्पन्न हुने पनि होईन । त्यो तिम्रो बिखण्दनवादी सोचाई त केवल संकिर्ण र अराजक मानसिकताको उपज हो । तिम्रै कमजोर मनोदसाको पराकाष्ठा हो । मात्र, तिम्रो आत्मरती हो ।
23 Aug 2011
(आफ्नो ब्यग्तिगत स्वार्थका लागि एक दुई ठाउँहरुमा दुई चार जनाले टायर बाल्दैमा, बाटो छेक्दैमा वा धम्की दिदैमा एजेण्डा हुँदैन । जबर्जस्ती जिद्धी गर्दैमा माग पुरा गरिनुपर्छ भन्ने छैन । नेपालमा कोही हिट्लर वा स्टालिन बन्ने सम्भावना कम छ, बुद्ध जन्मिने आशा झनै कम । एउटा शब्दको थुप्रै अर्थ हुन्छ, हलो अड्काउने नै भए सिधा कुरालाई नै बङ्याउन सकिन्छ । मुख्य कुरा सफा नियतको हो । युद्ध, हत्या, हिँसा, आतंक, अपहरण, बिनास, असुरुक्षा, भोक, रोग, गरीबी, भ्रष्टचार, ..ले आक्रान्त भैसक्यौ । अब हामीलाई चाहिएको छ सिर्फ सुख, शान्ती, बिकास र सुशासन । अनी एउटै मालामा उनिएको बलियो राष्ट्रिय एकता ।)

- म हिड्दा हिड्दै एउटा शहर भित्र पुगेछु । मैले खुट्याउन नसकेको त्यो शहरको कुनै ठाउँमा हिडिरहेको थिएँ, जहाँ भरखरै बन्दै गरेको नयाँ पर्खालले एक भब्य घरलाई घेरेको थियो । अचानक एउटा शिशु त्यही घरभित्र रोइरहेको एकोहोरो आवाज मेरो कानमा आएर ठोक्कियो । एकनासले अघी बदिरहेका मेरो पाईलाहरु टक्क रोकिए । मैले पर्खाल बाहिरबाट नै भित्र चियाएँ तर कसैलाई देखिनँ । मलाई लाग्यो," कोही पापिनी आमाले बच्चालाई जन्माइसकेपछी यहाँ अलपत्र छाडेर बिचल्ली बनाएको होला ।" मेरो मनमा त्यो रोइरहेको बच्चा को थियो, किन रुदैछ, उसको स्याहर-सम्भार गर्ने कोही छ/छैन !? जान्ने कौतुहुलता जागेर आयो । त्यसैले, पर्खालभित्र छिर्नलाई बाटो खोज्दै थिएँ तर खै कसले हो पछाडि कतैबाट बेस्सरी हकार्दै भन्यो," तलाई थाहा छैन ? यो त पेरिसडाँडा हो ।" (निन्द्राबाट झसँग बिउझिएँ । धन्न! सपना रहेछ ।)
25 Aug 2011
(शायद मेरा मित्रहरुले मबाट निकै ठुलो आशा राख्नुभएको होला । यो कितावको अंश होइन । म अल्छिले किताव लेख्ने सपना नदेखै राम्रो! हो, त्यो निन्द्रामा देखेको केवल एउटा सपना थियो तर निन्द्राबाट बिउझेर मैले त्यसै भुल्न सकिनँ । त्यो बच्चा रोइरहेको स्थान किन सिंहदरवार, बालुवाटार वा सानेपा र बल्खु नभएर पेरिसडाँडा नै भयो ? यसको उत्तर पाउन नसकेर स्वयम गम खाएर बसेकोछु । अझै पनि मेरो मानसपातलमा कता कता त्यही बच्चा उसैगरी रोइरहेको आवाज सुनिरहेको छु । र, तिनै प्रश्नहरु मनमा खेलिरहेका छन, को थियो? के कारणले रोयो ? उसको अभिभावक को हुन् ? उसको हेरचाहको जिम्मेवारी कसले लिने ? .... सबै अनुत्तरित छन ।)


- The trend is not reversed but it’s changed!
26 Aug 2011

- बिडम्बना! म सधैं सहमति देख्छु तर देख्नु पर्नेले कहिल्यै देखेन । अब स्थिती सकारात्मकबाट नकारात्मकतिर अर्थात मिर्मिरेबाट अन्धकारतिर मोडिदैछ नेपाल र नेपालीको भबिश्य ।
27 Aug 2011


- Sometimes going far may seem as being closer!
28 Aug 2011


- यौन ब्यवसायलाई बन्देज होइन बरु ब्यबस्थित गरिनुपर्छ ।
29 Aug 2011


- Doesn’t tell but acts, doesn’t show but applies.
30 Aug 2011


- All I need to be is Bold, Spontaneous, Forceful and Goal Oriented!
31 Aug 2011

Thursday, August 4, 2011

जुलाई '११

- Learning to Speak!!!
2 July 2011

- Give me a Hand!
4 July 2011

- Decisions are hard to make, hard to change!
6 July 2011

- क. प्रचण्डको बर्तमान कार्यशैलीले न शान्ति र संबिधान लेखन सार्थक निष्कर्षमा पुग्नेछ, न त नेपालमा जनवादी क्रान्ति नै सम्पन्न हुनेछ । जनयुद्ध लडेको ने.क.पा. माओवादी अहिले पतनको दिशातिर रफ्तारमा हुइकिरहेछ । अब राष्ट्रिय नेत्रित्वको बिकल्प सोच्ने समय आएकोछ । बेलैमा चेतना भया!
7 July 2011
(हरेक कम्युनिष्टले जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्ने उसको जन्मजात सपना नै हो । उनिहरुले त्यो प्रस्थान बिन्दु पहिल्याउन हरसम्भव प्रयास गर्ने नै छन, अन्यथा बुझ्नु जरुरी छैन । हामीले Freedom को वकलात गर्छौ, कट्टर कम्युनिष्टहरुले Communism को । जब बिचार र दर्शनमै फरक भए पछी कुन सहि, कुन गलत भन्ने आ-आफ्नै दृष्‍टिकोणमा भर पर्ने कुरा भो । मुख्य कुरा देश यती लामो समय अस्थिर रह्यो, बर्बादितिर गैरहेछ, जताततै अराजक मानसिकताको हालिमुहाली छ । मैले भन्न खोजेको चाँही यत्ती हो कि, सबै जना सुध्रिनु पर्‍यो, सच्चिनु पर्‍यो नेताहरु र जनता पनि । प्रचन्डसँग राष्ट्रिय राजनीति र नेपालीको भबिश्य कता मोडिदिने भन्ने शक्ति छ तर उनको घेरा निकै साँघुरो भयो । राष्ट्रिय आवश्यकतालाई गम्भिर तरिकाले बुझेर जिम्मेवारबोध र कर्तब्यबोध नगर्दासम्म यही परिस्थिती रहने निश्चित छ जुन मुलुकको लागि राम्रो संकेत होईन । यस अवस्थामा न शान्ति आउनेछ, न त संबिधान नै लेखिनेछ, न क. किरणले भन्ने गरेको जनबिद्रोह नै सफल हुनेछ । बिना कुनै आधार बिभिन्न दलहरुका बिचमा न सहमति बन्नेछ, न त संघर्ष नै प्रधान हुनेछ । राजनैतिक छिनोफानोको कुरा त टाढा नै हुने भयो । तै पनि आशा गरौ, त्यो चेत चाडै फिर्नेछ र राष्ट्र अग्रगमनतिर तेज गतिमा बद्नेछ ।)

- I can digest everything.. thats wat Iam!
8 July 2011

- नेपाली!
अब शान्ति र संबिधानको कुरा छाडेर पहिले आफ्नै आचरण सुधारौं ।
15 July 2011
(यहा शान्ति र संबिधानको नाममा घ्रिणित राजनीति हुँदैछ, यसलाई बन्द गरेर हामी आँफैलाई सुधार्न तिर लाग्यौ भने शायद शान्ति पनि आउनेछ, संबिधान पनि लेखिनेछ र स्वत: मुलुक प्रगतिको मार्ग हुँदै चाडै सम्ब्रिद्ध बन्नेछ । आजभोलि नेताहरु खाली शान्ति र संबिधानको बहनाबाजी मात्र गरिराख्छन तर उनिहरुसँग त्यो इच्छाशक्ति छैन भन्ने त समयले छर्लङ बनाइसकेको अवस्थामा अझै पनि हामीहरु यो भ्रममा अल्झिरहनु हुन्न भन्ने मेरो निचोड हो । बरु सबैले आँफैसँग संकल्प गरौं, आ-आफ्नो ठाउँ बनाउँ, अब पनि अरु कसैको पनि भर नपरौं भन्ने मेरो आग्रह हो ।)


- धेरै खोक्छौं
झन धेरै भुक्छौं
हामी मान्छेहरु !
18 July 2011


- कमरेड! रोल्पालाई आफ्नै सन्तानको मंश लुछन र रगत पिउन वाध्य नपारियोस । रोल्पालीलाई भोक-प्यास लाग्दा के खाने र के पिउने भन्ने राम्ररी थाहा छ । रोल्पाले तिमीलाई सिकाएको हो न कि रोल्पालाई तिमीले ।
15 July 2011

- जातीय र क्षेत्रीय संकिर्णतालाई उच्च बौद्दिकता र सचेतना हो भन्ने भ्रम नछरे हुन्छ । त्यो फोस्रा अहम बाहेक केही हुँदै होइन ।
16 July 2011

- एउटा जमात छ,
जो बिरुवा रोप्ने र हुर्काउनेसम्म गर्छ तर फल टिपेर खान नै जान्दैन ।
अर्को जमात छ,
जो बिरुवा रोप्न र हुर्काउन चाहन्न तर फल टिपेर खान मात्र जान्दछ ।
शायद यहिनिर चेतनाको ठुलै भ्वाङ परेको हुनुपर्छ ।
17 uly 2011

- Sometimes, WE Need to Keep Walking Even if our Legs are Tired!
19 July 2011

- All the Best our Natinal Football Team! We All Nepalese are with you.. at least make it Draw! Go NEPAL Go!!! COME ON NEPAL!!!!!!!
23 July 2011

- Every Word has a Meaning, Every Meaning has a Question and Every Question has a Correct Answer!
25 July 2011

- Be Fresh.. Be Strong.. Be Optimistic!
Regain ur high spirits and Do ur Best!
Gud Luck National Futball Team!!!
27 July 2011

- Enjoyed watching a beautiful game with patients.
28 July 2011

- This is the Period.. this is the Time.. this is the Place.. and, all are Mine.
28 July 2011

- I was Impressed deeply while u came n impressed even at the time u Left away!
29 July 2011

- हिड् कान्छा हिड् ! कहिल्यै नथाकेर हिड् ।
30 July 2011

- प्रचण्ड, लाल, किरण र बादलको समायोजन बिछट्ट थियो, अब प्रकाशको समिश्रणले बिचित्रको बन्दैछ । नौलो सुनौलो काम गर्ने हकदार कमरेडहरु मात्र हो क्या रे !
32 July 2011

Monday, July 4, 2011

जून'११

- “If you can imagine it, you can create it. If you dream it, you can become it.”- William Arthur Ward
4 June 2011

- I have never said to challenge Bush
Nor I have declared war against Laden
But I have never walked and followed them
My voices were always raised against Terrorism and Feudalism
My voices were always for the humanity, to Live and to Love!
5 June 2011

- कमरेड! चर्को भाषन र खुकुलो काम होइन, नरम भाषन र चर्को काम पो गर्नु पर्यो ।
6 June 2011

- प्रचण्डको नेत्रित्वमा बाबुरामको बाटो भएर किरणको बिन्दुमा पुग्नु नै माओवादी पार्टीको लागि उत्तम मार्ग हुनेछ ।
8 June 2011

- Life is too deep and too high
So, do not fear to swim and do not limit to fly.
9 June 2011

- "I have found the paradox that if I love until it hurts, then there is no hurt, but only more love."
- Mother Teresa
12 June 2011

- हिजो आफ्नै ब्यस्तताका वावजुद पनि टुडिखेल पुगेर करीब दुई घण्टा जती नाचेर, हेरेर र आफन्तलाई भेटेर बिताएँ । धेरै बर्षपछी आफ्नै मौलिक कला र सन्स्कृतिको प्यास बेस्सरी मेट्ने सोचेको थिएँ । मगर ड्रेस पहिरिएका मान्छेहरुको भिडमा आफुलाई उभिरहेको पाउदा मेरो मगर मन केही रोमान्चित र उत्प्रेरित पनि भयो । तर कार्यक्रममा युवा पुष्टाको उपस्थिती त्यती उत्साहजनक थिएन र मैले सोचेको जस्तो पनि पाएन । केही परम्परागत र केही सिर्जनात्मक कोणबाट अझ ब्यबस्थित रुपमा सम्प्रेषण गर्ने प्रयत्न नगर्दासम्म लगानी बदी र फल कमको परीणाम सरह मात्र हुनेछ भन्ने लाग्छ ।
तर पनि आफ्नो जातीय पहिचानलाई जगेर्ना गर्न खटिरहनु भएका सबै दाजुभाइ तथा दिदीबहिनीहरु धन्यवादको पात्र हुनुहुन्छ ।
15 June 2011

- To meet is to depart and to depart is to hope. The cycle of Meet, Depart and Hope is the life of a man.
16 June 2011

- हामीले केही गर्छौ र त गल्ती हुन्छ । त्यही गल्तिबाट पाठ सिकेर नै सच्चिएर फेरी त्यो गल्ती दोहोर्याउदैनौं । तर हामी सच्चिएको भए पनि पुन: अर्को केही न केही गल्ती भने गरी नै रहेका हुन्छौं ।
17 June 2011

- समयलाई धोका दिनुको अर्थ आँफैसङ गद्दारी गर्नु हो ।
18 June 2011

- Joys of tears!
Really precious!
19 June 2011

- जीवन अप्ठ्यारोमा फस्नुका दुई कारणहरु
१. गहिरिएर बुझ्न खोज्नु
२. गहिरिएर बुझ्न नखोज्नु
20 June 2011

- जित्नु भन्दा नहार्नुको अर्थ ठुलो हुन्छ ।
22 June 2011

- "Life is about trusting your feelings and taking chances, losing and finding happiness, appreciating the memories, learning from the past, and realizing people change".
- Unknown
23 June 2011

- मेरो लागि जो कसैसङको सम्बन्ध पनि सजिलै जोडिने र चुडिने तथा सम्झिने र बिर्सिने कुरा त्यती सहज छैन । सम्झिराछु भन्दैमा मुटुमै धड्किरहन्छ भन्नु अनी बिर्सिसके भन्दैमा हृदयबाट नै अलप हुन्छ भन्ने ठान्नुमा त्यती विश्वाश लाग्दैन ।
24 June 2011

- You will know some people at your first sight and some with the time.
25 June 2011

- “Life is about Change,
Sometimes it's Painful,
Sometimes it's Beautiful,
But most of the time it's Both”.
- Unknown
27 June 2011

- "Be kind, for everyone you meet is fighting a hard battle" .
- Plato (Greek Author & Philosopher)
29 June 2011

- हरेक पार्टी नेत्रित्वले युवाहरुलाई आवश्यकता अनुसार सहि समयमा नै जिम्मेवारी दिनुपर्छ । उनिहरुलाई बुद्यौलीले छोएपछी, जोश जाँगर हराएपछी र निराश भैसकेपछि मात्र राष्ट्र जिम्मा लगाउनुको कुनै औचित्य रहदैन । जब उनिहरुभित्र रहेको केही राम्रो गर्ने उर्जा शिथील भैसकेको हुन्छ, त्यतिबेला नेत्रित्व सुम्पिनुको अर्थ असक्षम र थकित बनाउने गलत मानसिकता र बैधानिक षड्यन्त्र नै हो । यस मामिलामा युवा जमातले हस्तक्षेप गर्न र पहलकदमी लिन अत्यन्त जरुरी भैसकेको छ ।
30 June 2011

Friday, June 3, 2011

मे'११

- Few cries n few laughs make a little big man, ME!
5 May 2011

-"All that I am, or hope to be, I owe to my angel mother.” ~ Abraham Lincoln

-"God could not be everywhere and therefore he made mothers." ~ Jewish Proverb
Happy Mother's Day!
08 May 2011

- Either I will change or ll be changed!
(जब म मातृभूमी फर्केको थिएँ, नेपाल बदल्ने ठुलो अठोट लिएर आएको थिएँ तर अचेल नेपाल मलाई बदल्ने दुस्साहस गर्दैंछ । म नेपाल बदलिनुपर्छ भन्छु, नेपाल मलाई पो बदल्न खोज्दैछ । हामीले अहिलेसम्मको ईतिहासलाई हेर्दा राजनीति फोहोरी खेल होइन भन्ने आधार पनि पाउन सकेका छैनौ । आजभोलि जताततै राजनैतिक हस्तक्षेपले हरेक क्षेत्रलाई झनै घीनलाग्दो बनाइ दिएको छ । यस स्थितिमा केही बाँकी रहेका आशा र विश्वाश पनि तुट्नुका साथै थप बित्रिष्ना उत्पन्न भैदिन्छ । मेरो कुनै खाश निती नभए पनि नैतिकता छ र यसैमा म अडिग छु र रहनेछु ।)
10 May 2011

- ए मान्छे!
तिमी बिश्वास गर न
"गधालाई धोएर कहिल्यै गाई हुँदैन ।"
15 May 2011
(मैले मान्छेको व्याबहारिक पक्ष बोल्न खोज्दैछु, यहाँ राजनैतिक पूर्बाग्रही र प्रतिशोधको भावना पोखिन्छ । लेख्नुस्, मान्छेको गुण र स्वभाव आफ्नै अनुभवमा यहाँलाई हार्दिक स्वागत र मुरी मुरी धन्यवाद छ तर गलत ठाउँमा यि कुरा अशोभनीय हुन्छन चाहे जतिसुकै सहि नै किन नभैदिउन । नेपाल अगाडि नबद्नुमा हाम्रा यस्तै कमजोरी र पछौटेपनले गर्दा पनि हो । मुख्य समस्या अरुमा भन्दा पनि हामी आँफैभित्र छ । देशको दुर्गति हुनुमा नेतालाई मात्र दोष दिएर हामी जनता चाँही चोखो हुनैसक्दैनौ । आखिर जनताले नेता बनाउने न हो । नेता त जनताले गरेका निर्णयको उपज मात्र हुन । तेङ्बे जी, यदी मौका मिलेछ भने यो तपाईंको प्रश्न अर्थात जिज्ञासा माओवादी पार्टीको कुनै नेता कार्यकर्ता वा प्रधानमन्त्री वा गृहमन्त्रीलाई नै राख्नुस्, शायद उचित जवाफ पाउनुहुनेछ । अन्यथा, मैले जस्तै हेर्दै जानुस् आँफै देख्नु हुनेछ । नेपालको कुन नेता र कुन मन्त्री तथा कुन घटना पो उदाङिन बाँकी छ र !? भोली नभए पर्सीसम्म त देखी नै हालिन्छ नि । हिजो अस्ती पनि देखिएकै हो क्या रे!)

- Buddha was born in Nepal!
He was our natinal hero n will always be !
Happy Buddha Jayanti!
17 May 2011 (२२ महिनासम्म सडकमा राष्ट्रिय स्वाधिनताको चर्को नारा लगाउने माओवादी पार्टीले त्यस अबधिभर कम्तिमा पनि एक पटकसम्म न बुद्धको नाम उच्चारण गर्‍यो, न त बुद्धको जन्मस्थल लुम्बिनी बारे भारतले बिश्वसामु छरिरहेको भ्रमको बिरोध नै गर्‍यो । शायद देशका हजार ठाउँमा सभाहरु आयोजना गरेर भाषनमा गर्जियो होला तर राष्ट्रिय मुद्धा उठाउने भन्दा बदी त प्रतिशोध मात्र पोखिरह्यो, सिर्फ गाली मात्र गरिरह्यो । दुष्ट छिमेकीले गरिरहेको षड्यन्त्र र ईतिहास बङ्याउने दुस्साहस बारे मुख खोल्ने आबश्यक कहिल्यै ठानेन ।)

- हरेक मौसममा थुटुनो मिठ्याउदै र हातको कुहिनोसम्म रस चुहाउदै सत्ताको फल चुस्न पल्केको कांग्रेसले राष्ट्रिय एजेन्डा लिएर बहसमा उत्रिनुको सट्टा हिनताबेगमा मुर्मुरिदै भूई चिथोर्नुको केही अर्थ रहनेछैन । यि महाजनहरुका गुलिया भाषण अर्को नौटंकी बाहेक केही हुँदै होइन । हामी जनताका लागि शान्ती र संबिधान समस्या होइन, समाधान हो । सरकार सर्त होइन, अनिबार्य आवश्यकता हो ।
20 May 2011

- बोल्ने देवता!
21 May 28, 2011

- It may be hard but be always ready to speak your mind!
24 May 28, 2011

- "With every step that you take with courage, you receive a thousand fold help from God."-Unknown
26 May 28, 2011

- Know your Dream, know your illusion
Know your destiny, see your vision!
28 May 28, 2011

- संबिधानसभा न बिगठन हुनेछ, न त निस्कृय नै । देशलाई खरानी र जनतालाई मलामी बनाउने दिवास्वप्न नदेखेकै जाती हुनेछ । एउटा भएको बैधानिक निकायलाई भङ गरेर थप अस्थिरता निम्त्याउन चाहने देशद्रोहीका बिरुद्ध मुकाविला गर्दै उचित फैसला गर्ने समय हो यो ।
28 May 2011

Monday, May 2, 2011

दुई बर्ष दुई दिन पछी

बुवाको देहान्त भएको पनि आज दुई बर्ष दुई दिन भैसक्यो । यस अबधीभर हामीले धेरै समय रोएर कटायौ, थोरै समय हाँस्न खोजेर बितायौं । आफुमाथि जे आइपर्छ सो भोग्नै पर्ने र सहनै पर्ने नियतिका कारण असह्य भए पनि जसोतसो जिउन वाध्य भएका छौं ।

मलाई बुवा बिना सुरु भएका ति पिडादायी दिनहरु बिताउन निकै गाह्रो भएको थियो । जतिखेर पनि आँखा अगाडि बुवाको मुस्कुराइरहेको शान्त स्वरुप आउथ्यो, दिमागमा बुवाकै याद मात्र झलझली आइरहन्थ्यो । पढ्न बस्थें, बुवासँग सम्बन्धित रोग र तिनका प्राय लक्षणहरु हुन्थे अनी रुदै-रुदै कम्प्युटर बन्द गरिदिन्थें । मनलाई अन्तै मोड्न र अली शान्त पार्न बाहिर पार्कतिर निस्कन्थें, बाटोको छेउछाउ बुदाबुदी मान्छेहरु तुक्रुक्क बसिरहेका हुन्थे । कोही बुवाहरुले छोराको हात समाएर रमाउदै हिडिरहेका हुन्थे । कोही बुदा मान्छेहरुको अनुहारमा बुवा देख्थें, त कोही बच्चाहरुको अनुहारमा स्वयम आँफैलाई भेट्थेँ । अनी झन मुटु कतक्क खाएर आउथ्यो, दु:ख झन-झन बदेर आउथ्यो । तर पनि आफुलाई सम्झाइरहें, सकी नसकी चित्त बुझाउने कोशीस गरिरहन्थें, गरिरहें ।

मलाई अझै पनि राम्ररी याद छ, बुवाको शोकमा खुशी हराएको बेला बि.बि.सी. नेपाली सेवाले पहिलो खुशी दिलाएको थियो । लगभग दुई महिनाको अन्तरालमा मैले पहिलो पटक खुशीसँग साक्षर गरेको थिएँ । त्यो दिन जेष्ठ १४ गत्ते थियो, लोकतन्त्र दिवसको दिन । बि.बि.सी. ले मेरो टिप्पणीलाई छनौट गरेर आफ्नै आवाजमा प्रसारण गर्ने मौका दिएको थियो । मैले धेरैपछी बल्ल त्यो दिन कता कता अन्तरात्मामा अली अली भए पनि हर्षको अनुभुती गरेको थिएँ । त्यसदिन, मलाई पुराना खुशीका आफ्नै दिनहरुको थोरै स्पर्श र स्मरण भएको थियो ।

मलाई सधैंभरी बुवाको अभाव भौतिक रुपमै खट्किरहेको त थियो नै, मानसिक रुपमा भित्र भित्रै गल्दै पनि गएको थिएँ । त्यो निर्दयी क्षणहरुमा मन मिल्ने एउटा प्रिय साथी नहुँदा म प्रायजसो गुम्सिएर नै बसेँ । मलाई दौतरीहरुको सम्झनाले खुब पोलेको थियो । मनभित्र भावनाको उकुसमुकुस र आलो घाऊको पिडाले निकै मर्माहत र साह्रै कमजोर भएको थिएँ । अहिलेसम्म त्यत्तिको मेरो आत्मबल कहिल्यै घटेको थिएन, त्यत्तिको कमजोर छु भन्ने आफुलाई कहिल्यै लागेको पनि थिएन । मेरो मनमा एउटै कुरा आउथ्यो," भगवान! नेपाल छिट्टै गएर आमासँग हरेक समय सङै बिताउन पाउँ । मेरो आमाको आयु मेरोबाट घटाएर भए पनि अझै धेरै बर्ष थपिदेउ ।" तर समय न चाडो न त ढिलो चल्ने हो । त्यो समय मेरो बसमा थिएन । मलाई आफ्नो अध्ययनको पुरा समय त बिताउनै पर्ने थियो । त्यतिखेरको चरम निराशालाई सान्त्वना दिन फेसबुकले मलाई राम्रो साथ दिएको थियो । शायद मैले फेसबुकमा भेटेका ति पवित्र आफन्तहरुको ऋण कहिल्यै तिर्न सक्ने छैन । म सधैंभरिका लागि आभारी रहनेछु ।
-----------------------------------------
म इन्टर्न्शिप गर्न नेपाल आउने भए पछी बुवा बिनाको घरमा पहिलो पटक कसरी पाइला टेक्ने भन्ने डर थियो । मेरी आमालाई बुवाबिना एक्लो पाउदा कसरी मन थाम्न सकुँला, जस्ता अनेक तर्कनाहरुले पिरोलिरह्यो । मेरै लागि जेठा दाजुले पनि नेपाल आउने योजना बनाउनु भएछ । काठमाडौंमा भेटेर सँग सङै घर जाने सल्लाह भएको थियो । त्यसै अनुरुप उहाँ अप्रिल ३ मा नेपाल आउनुभयो तर मेरो अली नमिल्ने भयो । तसर्थ, मेरो बस्ने ब्यबस्थाहरु मिलाएर दुई हप्ता पछी बल्ल रोल्पा जानुभएको थियो । रोल्पामा आमा हुनुहुन्छ, दिदी भेनाजुहरु हुनुहुन्छ, सबै इष्तमित्र हुनुहुन्छ । आज फोन गर्नुभयो र एउटा खुशीको कुरा सुनाउनुभयो । बुवा स्वर्गे भएको दुई बर्ष पुगेको दिन हाम्रो गाउँको स्कुललाई बुवाको नाममा एक लाख सहयोग गर्दिनुभएछ । यो सुन्दा मेरो छाती घमण्डले होइन गर्वले गमक्क फुलेको थियो ।

एउटा लाहुरे । पैसाको लागि आफ्नो जिन्दगी बन्धकी राखेर प्रदेश पसेको मान्छे । जो कसैको कल्पनामा पनि निर्मम अनी अती क्रुर प्रतिबिम्ब झल्किन्छ । तर त्यसको ठीक बिपरित एउटा सम्बेदनशील मन जंकोटलाई हृदयदेखी माया गरिरहेछ । शिक्षाको सानो बिरुवालाई बचाउन र हुर्काउन कोमोल माली बनेर पानी सिंचिरहेछ । अध्यारोमा निभ्न लागेको मधुरो बत्तिलाई थोरै भए पनि हत्केलाले हावा छेक्न खोजिरहेछ । शिक्षाको ज्योति फैलाउने स्कुलका लागि केही किरण थपिरहेछ । भन्न मन लाग्यो, 'जँकोटको अशली छोरा' । मैले अहिले इमान्दरिपुर्बक भन्नु पर्दा 'मेरै दाजु साइनोको सेन्टिमेन्ट' मात्र छैन, एउटा जँकोट गाउँवासीको नाताले भनिरहेकोछु । अलिक पैसा कमाएर आफ्नो छोरा छोरीलाई शहरबजारका बोर्डिङ स्कुलतिर भर्ना गर्नेहरुले आफ्नो गाउँका ति गरीब आफन्तहरुको बालबच्चाहरुले पढ्ने स्कुल र शैक्षिक स्तरका बारे चिन्ता गर्नु र सकेको योगदान गर्न खोज्नु एउटा गहन जिम्मेवारीपन हो ।

मेरो दाजुले अर्काको मातोलाई आफ्नै जसरी सेवा गरेर कमाउनु भएको पैसा लिएर आफ्नै गाउँ र गाउँलेका लागि थोरै खर्चिनु भयो, एउटा गाउँवासीको नाताले मैले पनि गाउँको लागि केही गर्नु आफ्नो कर्तव्य ठानेकोछु । यो मेरो लागि यो थप हौशला बन्नेछ ।
मेरो दाजुको नाताले जसरी उहाँ अरु लाहुरेले झै ब्यक्तिगत जीवन भन्दा बिपरित गाउँ, समाज र देशको प्रगती र परिवर्तन बारे प्रिथक मान्यता राख्नु हुन्छ, त्यसरी नै मैले पनि गाउँ, समाज र देश बिकासका लागि केही उन्नतिशील कार्य गर्ने प्रण गर्दछु र मेरो जन्मस्थललाई केही न केही योगदान दिनु आफ्नो कर्तव्य ठान्दछु ।
अन्तमा बुवाको मार्गदर्शन अनुरुप हामी सधैं अघी बदिरहौं ।
हाम्रो बुवाको आत्माले सदैव शान्ती पाइरहोस् ।
हार्दिक श्रद्धान्जली !
3rd April 2011

अप्रिल '११

- The First win!
9 May 2011

- Political Corruption !?
31 May 2011

- Mother and motherland are interrelated. I want my father’s bliss in my every steps and mother to be with me in my every success. I know I must speak so many things right now but I am very emotional. I don’t know which things to speak and what not to. It’s really hard situation for me to decide. I desperately want to share my happiness with every houses and every person of my village, my district and whole country. This happiness should enter in every hut n I hope to be seen in all the faces of my fathers’ mothers and brothers and sisters of my motherland
4 April 2011

- In the name of our Father, for the happiness of our Mother!
6 Apr 2011

- Into the System!
9 Apr 2011

- Safe journey Brother!
15 Apr 2011

- Precious moments with living god!
16 Apr 2011

- Never walk with a selfish and never die for a traitor.

- Always stay with the person who brings brightness in your face.

- Why do we always pray god to save us when he is always killing us!
18 April 2011

- नायक हरिबंश आचार्य लगायत सपरिवारमा गहिरो समबेदना साथै दिबङत आत्माको चीर शान्तिको कामना ।
20 Apr 2011

- आफ्नो अगाडिकालाई ठोकेर, छेउछाउकालाई घोचेर र पछाडिकालाई रोकेर आधिपत्य जमाउनु कुशल नेत्रित्व क्षमता होइन ।
21 Apr 2011

- ईतिहासमा पटक पटक धोका पाएर पनि नचेतेका अचेत हामी जनताले अब चाँही सचेत भएर आफ्नै लागि पनि 'लोकतन्त्र' ल्याउने पो हो कि !?
24 Apr 2011

- अब परेवाहरुका बिरुद्ध कागहरुको आकाश बन्द पनि हुनेछ ।
27 Apr 2011

- झान्क्री बाजेले झान्क्री मामालाई कहिल्यै पनि २२ आँख्लो मन्त्र जप्न सिकाउनु भएनछ, सधैं २१ आँख्लो मात्र ।
25 Apr 2011

- बिडम्बना! हामी नेपालीहरुको । कसैले चाँही दु:खको मुल्य नचिनेर कहिल्यै सुख नखोज्ने, कसैको फेरी सुख पाएर दु:ख गर्ने बानी नै नहुने l
26 Apr 2011

Tuesday, January 25, 2011

जनवरी '११

- Lets build a harmonious, peaceful n prosperous world!
Happy New Year 2011AD.

- आजसँगको सहवासले भोलीको लागि मेरो प्यारो भबिश्य जन्माउने आशा लिएर धैर्यताका साथ मन्दपमा बसिरहेकोछु ।
02 Jan,’11
(हरेक सहवासका कारण गर्भ रहने कुरा आउँदैन । तर रहिसकेको गर्भ तुहिन सक्ने सम्भावना मात्र होइन तुहाइने सम्भावना पनि उत्तिकै रहन्छ । म चाँही 'miscarriage' भन्दा पनि 'abortion' को बिपक्षमा छु ।
हाम्रो भबिश्य अबश्य पनि हाम्रै हातमा हुन्छ, हाम्रो जिम्मेवारी हाम्रै काधमा हुन्छ ।)

- Walking forward..
03 Jan,’11

- सक्छौ भने जितेर गर, सक्दैनौ भने मिलेर गर, त्यो पनि सकेनौ भने पेलेर गर तर गर्न चाँही गर ।
04 Jan,’11
(- जितेर- पेलेर यो तरिकाले केहि पनि नगर । आफ्नो र जगतको भलो हुनेगरी गर । Thapa Meena
- कि बिद्द्वानले गर्नु पर्यो हैन भने बुद्धुसँग हार्नु पर्यो । यदी बिद्द्वानले बुद्धुसँग हार स्विकार्ने भए स्पष्ट हुनुपर्यो कि बिद्द्वान भनिने स्वयम मुर्ख हो । तसर्थ उसले बाटो खोल्नुपर्छ ।
हामी सबै मनुवा भएकैले सबैसित समान व्यबहार हुनसक्दैन । स्वतन्त्रतालाई अराजकतासँग तुलना गर्न पनि मिल्दैन । यदी जगतको भलो हुन्छ भने पेलेरै पनि अघी बद्नुपर्छ । तर त्यो भन्दा अगाडि दुई कुरा बाँकी छन, १. जितेर र २. मिलेर ।
अनी दुई कुरा अझ बदी महत्वपूर्ण छन, 'Diagnosis and Treatment' अर्थात समस्याको पहिचान र समाधान ।
-"स्तर र क्षमतामा(ले) बराबरि समान छैनन र हुँदैन पनि तर मानविय मेलमिलाप्,स्नेह र सम्मान हुनु पर्छ,गरिनु पर्छ ।" Thapa Meena
- मेरो एउटै स्वार्थ भनेको पनि यत्ती नै हो, सबैको आँखामा सबै समान हुनु पर्यो, सम्मनित हुनुपर्यो । यदी मैले कल्पना गरेको समाज यस्तो हुन्थ्यो त अरुलाई जित्ने, मिल्ने र पेल्ने कुरा नै हुन्थेन । जसले अत्याचारको बिरुद्ध गर्छ उसैलाई अत्याचारी भनेर बुझ्न खोज्नु गलत छ । तै पनि यहाँको बिचारहरु पढिरहदा लाग्छ, भावनात्मक रुप मात्र फरक हो, सार चाँही उही । मलाई लाग्छ, यि कृया र प्रकृयाको संशलेषन एउटै हुन । शायद सहिश्नुताको ‘रेन्ज’ मात्र फरक होलान । अन्यथा मानविय उद्धेश्य एकै देखिरहेकोछु ।)

- नेपाली नारीहरु साह्रै सहनशील र संघर्शशील छन ।
05 Jan,’11
(म आँफैले अनुभव गरेको कुरा शेयर गरेको हुँ । सबै कुरा समयको आवश्यकता अनुरुप परिवर्तन हुदै गैरहेका छन । मुख्य कुरा, हरेकले आफुलाई सुधार्दै र परिस्कार गर्दै लानु हो ।)

- मैले कहिल्यै हार्नु परेको छैन, सपनामा होस् या बिपनामा । म कति भाग्यमानी!
Yes, I am happy for what I am, but I want to be some more!
09 Jan,’11

- Observe the life through lovely eyes of your future.. Cry for those who smile for you.. Smile for those who cry for you. Walk on the path of ‘High living, High thinking’ if not ‘High thinking, simple living’ but not that ‘high living, simple thinking’. Do all this from your heart. When you don’t find solutions in your way, I will be always there for you. I will give you the solution, that is only YOU.
Belated Happy Birthday saraswati!
12 Jan,’11

- मेरो अधिकारको कुरा हो । यो हेक्का रहोस्, स्वतन्त्रा माग्दै धुवाको मुस्लो उडाउने ति अराजकहरुको भिडमा मिसिन मलाई बाध्य नपारियोस् ।
13 Jan,’11

- कतिपय ध्रुव सत्य लाग्ने कुराहरु भ्रम र कतिपय भ्रम लाग्ने कुराहरु सत्य पनि हुँदा रैछन् । शायद आदर्शको तुषारापत हुनुको सम्बन्ध यहिनिर पो हुन्छ कि!?
14 Jan,’11

- Happy Maghi sankranti!
15 Jan,’11

-मौन बिद्रोह: मैले कहिले काही त मौन बिद्रोहको लगभग अन्तिम क्षणतिर पुगेको आभास गर्छु तर त्यो अवस्था भने पार गर्न सकेको छैन । म अझै समिक्षा गर्दैछु, चिन्ने प्रयत्न गर्दैछु अर्थात अझै अनुसुन्धानमै छु । अहिले म आँफैभित्र र अरुहरुमा खोतलिरहेको छु, भएका र हुनेवाला बिद्रोहको रुप र स्वरुपहरु । म यसको सुरुवात, बिकास र अन्तिम गन्तब्य खोजिरहेकोछु । सफल भएछु भने कुनै दिन स्पस्ट पार्ने नै छु ।
16 Jan,’11

- पुष्पकमल दाहाल, मोहन बैढ्य र बाबुराम भट्टराईले माओवादी पार्टीको हाड, मन्स र छालामा लुछाचुडि गर्दै प्रचण्ड, किरण र लालध्वजको चिता जलाउने तयारी गर्दैछन । तर वास्तबिकतामा नेपाल र नेपालीको भबिश्यलाई नै चिहान बनाउने खतरा बदिरहेछ ।
19 Jan,’11

- आशुको धनी म भन्दा अरु कोही छ कि संसारमा
जन्मेकै रिन नपाई तिर्न बाच्या'छ भारमा ।
(कहिले काही एक प्रकारको नमिठो पिडा हुन्छ र गुनासो गर्न मन लाग्छ आँफैसँग ।)
22 Jan,’11

- जिन्दगीको मुल्य खोज्ने म । जीवन र मरणको अर्थ खोज्ने म मान्छे । अन्तिम क्षणमा कतै दुई पैसाको भाऊ पो नलाग्ने हो कि !? घरी घरि तर्सिन्छु पनि ।
(Yes, I was talking about my IDENTITY, identity of my future, identtity of my life n my death.I am walking through the path of nobody to the road of somebody. Hoping for the success.)
23 Jan,’11

- झलनाथ खनालको देबि प्रशाद रेग्मीले किन थप्पड लगाए ? यसको उत्तर स्वयम झनाथ खनालले उनका समकालिन नेताहरुलाई जानकारी गराउनेछन र सचेत हुन आग्रह गर्नेछन भन्ने लागेको थियो तर उनले त उल्तै देबी प्रशाद रेग्मीलाई पो माफि दिए रे !?
मेरो आशा त झलनाथ खनालले गल्तिको सजाय पाएको महशुस गर्नेछन र जिम्मेवारीबोध गर्दै अन्य नेताहरुलाई पनि जिम्मेवार बनाउनेछन भन्ने थियो तर अझै चेत खुलेनछ क्या रे !? अझै अर्को थप्पड नलागाइ भएको छैन ।
24 Jan,’11

- Preaparing for adventurous journey!
24 Jan,’11

- Walking through the path of nobody to the road of somebody!
25 Jan,’11

- मीन बहादुर गुरुङहरुको आँशुमा सम्रिद्ध नेपालको दरिलो जग बसालौ ।
बि.बि.सी. नेपाली सेवा
12 Jan, 09

Monday, January 10, 2011

डिसेम्बेर '१०

- संगत गुणाको फल !
(यो भनाइ नै ध्रुब सत्य हो भन्नेमा मेरो पनि बिमती छ किन कि सबैमा सानो ठुलो खोट त अबश्य हुन्छ नै । मैले यहाँ अरुलाई दोष देखाउन र लगाउन खोजेको होइन र त्यस्तो अनैतीक कुरा गर्दैन पनि । यदी मैले त्यसो भनें भने चाँही 'नाच्न नजान्ने आँगन टेडो' हुनेछ । तर व्याबहारिक कुराहरुलाई हेर्दा र मेरो आफ्नै अनुभवमा पनि यो सहायक कुरा अबश्य हो भन्ने चाँही म मान्छु । मुख्य कुरा चाँही आँफैमा नै भर पर्ने गर्छ ।
मैले कहिल्यै पनि चुरोत तानेको छैन र रक्सी पनि पिएको छैन भन्नुको अर्थ मेरो संगत निकै राम्रो थियो भन्ने होइन । स्कुल र कलेज पद्धा इन्जेक्सन हान्ने, नशामा झुम्ने मेरो थुप्रै साथीहरु पनि थिए । यहाँ मैले संगत र परिबेश सहायक हुन भन्न खोजेको मात्र हुँ । केही राम्रा भाईबैनिहरु नराम्रो संगतमा परेर अचानक फेरिएको पनि देखेकोछु । शायद आँफैले आफुमाथि पूर्ण नियन्त्रण गर्न नसकेर त्यसो भएको हुनसक्छ । यस सम्बन्धी मेरो आफ्नै अनुभवहरु कुनै दिन समय हुँदा अबश्य साटौला ।)
01 Dec,’10

- Congrats to our team, The Champions of WMU. Hope u guys will continue this victory !
Thank you everyone for wonderful evening party ! 03 Dec,’10

- आज निकै बेर एक अपरिचित चिनिया केटीसँग हेराहेर गरियो । डा. रबिन्द्र समीरको सिद्धान्त अनुसार 'वन सेकेन्ड लभ' पर्यो क्या रे ! 05 Dec,’10

- कवी मित्र निश्प्रभ जीले 'बुलबुल' र 'उद्गार'मा दिनुभएको अन्तर्वाता सुन्ने मौका मिल्यो । त्यस्तै 'हार्मोनी' का केही गीतहरु पनि सुन्न पाउदा निकै खुशी लाग्यो । एक जना मित्रको हैसियतले म उहालाई एउटा बिहानी घाम भन्न रुचाएँ, जसले थुप्रै आशा र विश्वाशको संकेत गरिरहेछ । मलाई मन पर्ने साहित्यकारहरु देवकोटा, रिमाल, भुपी शेरचन, सरुभक्तहरुकै लाममा युवा पुष्टाका तर्फबाट अग्रपन्तिमा उभिनुभएकोछ । आगामी दिनहरुमा यसरी नै प्रगती र सफलताले निरन्तरता पाइरहोस् । हार्दिक शुभकामना ।
-चन्द्र
06 Dec,’10

- दाडमा बोक्दा टाउकोमै हान्नेहरुसँग मेरो कुनै सम्बन्ध छैन ।
07 Dec,’10

- एक सार्वभौम र स्वतन्त्र मुलुक नेपालका लागि चाइनाको अबसरवादी निती र भारतको हस्तक्षेपकारी निती जती हानिकारक छ, त्यो भन्दा हामी नेपालीहरुको परनिर्भर र दास मनोब्रिती झन खतरानाक छ ।
08 Dec,’10

‎- 'र' नाम नेपालको लागि अशुभ छ जस्तो लाग्यो । त्यसैले हो कि, आज 'र' प्रती अली बदी नै आक्रोसित छु । 'र' नामका मित्रहरुले जबर्जस्ती भए पनि माफ गर्नुहोला !
11 Dec,’10

- Some frens are more than frens n some are more than enemies !
12 Dec,’10

- सशस्त्र युद्धकालिन भिडियो क्लिपहरु हेर्दा अझै पनि आङ सिरिङ्ग हुदोरैछ । त्यतिखेर देश र जनताको मुक्तिका लागि मर्न र मार्न गैरहेका ति मान्छेहरुको मानसिकता अहिले अध्ययन गरिदा कस्तो हुन्थ्यो होला भन्ने उत्सुकता पनि जागेर आयो ।
13 Dec,’10

- लुगा सिउने दमाइ दाइको छोराछोरी नाङै छन
फलाम थोक्ने सुनार दाइको आमास्वास्नी बुच्चै छन
14 Dec,’10

-
भबिश्यको मान्द्रो
जिन्दगीको निन्द्रा
देशको तातोमा ।
15 Dec,’10

- निर्देशक ज्यु, यहाँले बनाउनु भएको 'देउता' फिल्म सानैमा हेरेर खुब मन पराएको थिएँ । म त पछीसम्म पनि 'शंखर' नै भएको थिएँ । त्यसो त तपाईंको निर्देशन अरुभन्दा अली बिशेष नै लाग्छन । अब कथाले मागेको 'हिरो' र 'भिलेन' भन्दा पनि युवाहरुले हेर्नै पर्ने एउटा फिल्म बनाउने कोशीस गरिदिदा हुनेथियो । हामीले देखे भोगेका समस्याहरुलाई केलाएर समाधान सहित, चाँही राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, प्रेमिल,.. जुनसुकै कथामा भए पनि तर युवाहरुलाई नै फोकस गरेर केही संघर्ष र प्रेरणादायी मेसेज आउने खालको अली सान्दर्भिक बिषयमा ।
17 Dec,’10

- मैले पहिले पनि कतै लेखेको थिएँ, बर्तमान अतितको साक्षी हो । हो, हिजो जे गर्यौ त्यसैले गर्दा नै हामीले टेकिरहेको यो धरातल निर्माण हुन सकेको हो । हिजोबाट अर्थात ईतिहासबाट पाठ सिक्ने र नयाँ भबिश्य अर्थात भोलीलाइ खुशीका साथ अंकमाल गर्दै अर्को सफलताको स्तम्भ खडा गर्नतिर लाग्नु पर्दछ । हिजोको बिछोडमा रुनु र भोलिको उमङमा रम्नुको मात्र अर्थ रहन्न । हिजो, आज र भोली मेरो लागि उत्तिकै प्रिय छन ।
18 Dec,’10

- ……….
………
मैले घोषणा गर्दैछु
अबैधानिक रेड लाईट एरियाबाट ।
21 Dec,’10
(हामी पुष्टौ देखी यही नियती भोगिरहेछौ । अब एउटा पुष्टाले इमान्दारिपुर्बक त्याग नगरे सम्म यसबाट सजिलै छुटकारा पाउने पनि छैनौ । हामीसँग मात्र दुइटा बिकल्प छन, कि आफ्नै मात्र उज्ज्वल भबिश्य कि मुलुकको भाबी उज्यालो भबिश्य ।
राजु दाइको टिप्पणी नै हाम्रो वास्तबिक यथार्थ हो । कुलानन्द सरले भन्नु भए झै अब उन्मुक्ति पाउने तर्फ सोच्नै पर्छ । जसले समस्या भोगेको हुन्छ उसैले समाधान पनि देखेको हुन्छ । यहाँ टिप्पणी गर्नु हुन्ने आदरनीय अग्रज र मित्रहरुले यो राम्ररी देख्नु, बुझ्नुभा'छ । अधिकांश त देशको सेवा गर्ने चाहना हुँदा हुँदै पनि बाध्यताले देश बाहिर हुनुहुन्छ । तसर्थ उपायहरुको दिर्घकालिन खोजी गर्न छलफल गर्न सकिन्छ ।
श्रीराम जीको टिप्पणीले मन बेस्सरी पोल्यो । प्रदेशमै एक सच्चा नेपालीको धर्म निभाउनुभएछ । म्रित आत्माको चिर शान्तिको कामना !

यो कबिता केही बिबादस्पाद होला जस्तो पनि लागेको थियो तर त्यो भएन । शायद देशको बर्तमान परिस्थिती सँग हामी कोही पनि खुशी नभएर होला । देशको कमजोरी अबश्य होइन, माटोको गल्ती केही होइन, सबै दोष हाम्रै हो । जसले गर्दा यो दु:खद दिनहरु आइपरे पनि बाझो चोक्टोहरुमा बिरुवा बनी उम्रिने कोशीस गर्यौ भने बिस्तारै हाम्रो मुलुक पक्कै हराभरा हुनेछ । अनी दिलो-चाडो सम्रिद्ध नेपालका सम्रिद्ध नेपाली बन्ने छौ ।

डा. कबिताराम सरको 'अस्विक्रित आन्दोलन' बारे पहिल्यै केही जानकार रहे पनि त्यती ज्ञान चाँही मसँग छैन । तर यो सत्य हो कि हाम्रो नियती कैदीको छोरो भन्दा अलिकती पनि भिन्न छैन ।
म पनि,
मलाई बाँध्ने मर्यादाको बिरुद्धमा छु । अर्को पोइ वरण गर्न नसक्ने आमाको बिरुद्धमा छु । मर्यादाको दुहाई दिने नपुङ्सक बाबुको बिरुद्धमा छु ।
किन कि,
"यहाँ नयाँ मान्छे त जन्मनै पर्छ ।"

मैले यती भन्न हिच्किचाएन, यदी यती समय सान्दर्भिक र चोटिलो साहित्य पहिल्यै पढेको भए मेरो यो कबिता जन्मिने पनि थिएन ।
मेरा आदरणीय अग्रज र मित्रहरु, जो इच्छुक हुनुहुन्छ, आ-आफ्नो बिचार राख्न कन्जुस्याइ नगरिदिनुहोला ।

दिपक खड्का सरले यहाँ राख्नु भएको बिचार हचुवामा आएको अबश्य होइन । उहाँले आफ्नै आँखाले देखे-भोगेको, भित्रैबाट लागेको र बिगतमा सँगालेका अनुभवको सुक्ष्म निचोड पनि हो भन्ने लाग्छ । आज 'राजनागरिक' को जन्म र आबश्यकता झन झन बदेर गैरहेको छ । मलाई विश्वाश छ, राजनागरिकले नै अशल राजनेता जन्माउनेछ । नेतादेखी जनता र जनतादेखी नेतासम्म सबैले गम्भिरतापूर्बक आत्मसमिक्षा र आत्मबोध गर्न सक्यौ भने हाम्रो आकाशमाथि मडारिएको कालो बादल पक्कै पनि हटेर जान बेर लाग्ने छैन । मैले माथि पनि भनेकोछु, हामीले हाम्रो इच्छा शक्ती र खुबी 'will power and ability' को अधिकतम प्रयोग जती राम्ररी गर्न सक्छौ, हाम्रो प्रगती, सुख, शान्ती र सम्रिद्धी लगायत सम्पूर्ण चिज यसैमा भर पर्नेछ ।
कबिताराम सरको अस्विक्रित सिर्जनाहरु पढेर आफुलाई स्पष्ट पार्दै जाने आशा गरेकोछु । यहाँहरुको प्रतिकृयाले म खुशी त छु नै, बैचारिक खालका धारणाहरुले गर्दा आफुलाई अझ परिस्क्रित हुन मद्धत पुग्नेछ ।

मैले सबैलाई भाग लाउन असमर्थ रहे पनि आँफैले खोज्दै आएर Like गर्नु हुने र कमेन्ट छाड्नु हुने मेरा आदरणीय अग्रजहरु, हितैषी मित्रहरु सबै प्रती क्रितज्ञ छु । मलाई बडो पिडा हुन्छ, अहिले मैले बैधानिक एरियाबाट यो घोषणा गरेको छैन तर म चाहन्छु, मैले बैधानिक एरियाबाट नै यो उद्घोष गर्नु परोस । मेरो यो बिनम्र आग्रह हो । शायद सुन्नुपर्नेहरु द्वारा कहिल्यै नसुनिएको आवाज पनि हो भन्ने लाग्छ । हाम्रो यो चाहना ढिलोचाडो अबश्य पुरा हुन्छ भन्ने आशा बचाई राखौ । हामीले आफ्नो इच्छा शक्ति र खुबीको प्रयोग गरौ अनी चाडै बन्नेछ सम्रिद्ध नेपाल, बन्नेछौ सम्रिद्ध नेपाली ।
यहाँहरुले कबितामा दिनुभएको समयका लागि हृदयदेखी नै आभारी छु । यहाँहरुको सकारात्मक प्रतिकृयाले मलाई केही लेखिरहन सदा मार्ग दर्शन गरिरहनेछन । यहाँहरुले दिनुभएको असीम माया नै मेरो लागि उत्साह र प्रेरणाका स्रोत हुन । आउने दिनहरुमा पनि निरन्तर यस्तै माया र प्रेरणाको अपेक्षा राख्दै हार्दिक आभार प्रकट गर्न चाहन्छु ।)

- Happy Merry Christmas !
25 Dec,’10

- चन्द्रे नेपाली अबश्य मरेर जाने छैन । मर्न चाहन्न तर मर्न डराउने मान्छे हैन चन्द्रे । बाँचुन्जेल डटेर सामना गर्न सक्ने सामर्थ्य छ चन्द्रेसँग । आशा छ, चन्द्रे नेपालीले मौनता टोडेर राष्ट्रियताको गीत गाउँएछ, कोमाबाट बिउझिएर एकताको धुन बजाउनेछ । चन्द्रे नेपाली मरेर नजावस, चन्द्रे नेपालीहरु मलामी गएर उतैबाट अलप नभइदिउन् । कतै कतै बर्गिय, कतै जातिय, कतै धार्मिक त कतै भौगलिक बिखण्डनको गन्ध सुघ्नु नपरोस । नेपाल रहदा नेपाली रहन्छ भने नेपाली रहदा नेपाल रही रहनुपर्दछ ।
अब चन्द्रे सुखी, शान्त र साझा समाजको निर्माणमा लाग्नेछ ।
चन्द्रे यती सजिलै मर्ने छैन, यो त सम्भावित मृत्यु मात्र हो । जीवन बाँच्न सिक्दैछ चन्द्रे, मर्न सिक्दैछ चन्द्रे ।
27 Dec,’10

- तमु ल्होसारको शुभकामना !
30 Dec,’10

- May this new year brings rays of hope, be the source of prosperity n prevail peace in the world.
Wishing A warm Happy New year 2011 AD.
Hoping for the successful VISIT NEPAL 2011.
31 Dec,’10

Sunday, December 12, 2010

नोभेम्वर '१०

- आऊ, मलाई सके जती अझै भोग गर ।
04 Nov,’10

- देउसीभैलोको मौसममा थोरैले सम्झिरहेको 'सिज' भैलो सम्झिरहेछु, 'सिज' भैलो सँगै धेरैले बिर्सेंको क. बरुणलाई पनि सम्झिरहेछु ।
05 Nov,’10

- भाइटीकाले शायद दाजुभाइ हुने/नहुने दिदीबहिनीहरुलाई खुब रुवायो, दिदिबहिनी हुने/नहुने दाजुभाइहरुलाई पनि रुवायो । सधैं झै खुशी भन्दा आशु नै बदी चदाएर बिदा भयो ।
07 Nov,’10

1. We, Overseas Team won The game by 2-0 &
2. Enjoyed excellent Tihar programme, really a superb one! Thanks to our juniors!
Once again Happy Dipawali to all of you!
08 Nov,’10

- मैले आफुलाई न 'खाडा' ओड्न योग्य ठान्छु, न त ओडाउन नै तर यि दुबै अबसर अनायस पाईरहेछु । "मैले त्यो पातलो सेतो कपडाको भार र महत्व कत्तिको बुझ्न सकेको छु ?" आँफैलाई यो प्रश्न सोधिरहेछु ।
08 Nov,’10

- The person who cant keep up his words high is a,.. cheater, liar, selfish, traitor... I must learn to hate this type of people !
19 Nov,’10

-When you are my Leader, I Trust you n when I m your Leader, just Follow me! 23 Nov,’10 Nov,’10

-
दिदी फेरी रुने भइन्
रमा दिदी, पिडा सबैको उस्तै हो । दिदिबहिनीहरुको होस् वा दाजुभाइहरुको । म प्रदेशमा छु, मेरी दिदिहरु घरमा । तपाईंको दाजुहरु घरमा हुनुहुन्छ तर फेरी तपाईं प्रदेशमा । अनी आफ्नो भन्दा अलिकती टाढा सोचौ, दाजुभाइ नभएका चेलीहरु वा दिदिबहिनी नभएका दाजुभाइहरु । उनिहरु झन बर्षौ बर्षा उसैगरी दुखिरहेका हुन्छन । एउटै पिडा छ, भोगाइ मात्र फरक फरक हो । म यतिखेर भाइटिकाको ठ्याक्क साइतमा लेखिरहेछु, शुभ भाइटिका ।

- Happy Chhath 12
Nov,’10


- मेरो वरीपरिको बातावरणलाई नियाल्दा लाग्छ, दशै सकिसक्यो, तिहार पनि निख्रिसक्यो तर देशको 'दशा' भने झन-झन नजिक आउँदैछ भन्ने भाण परिरहेछ । म चाहन्छु, यो मेरो भ्रम मात्र भैदियोस् ।
13 Nov,’10
लंका जी, सहि सुझावका लागि धन्यवाद ।
हो, पक्कै पनि चिन्ता गरेर समस्याको समाधान निस्किदैन । त्यसका लागि त अध्ययन, चिन्तनमनन र अचुक उपायको खोजी पो गरिनुपर्छ । तर यसो भनिरहदा मैले आफुले टेकेको धरातललाई भुसुक्क बिर्सिनु भने हुँदैन । म एक विद्यार्थी हुँ । देश हाक्ने र चलाऊने नेताले हुन । राजनीतिज्ञलाई सचेत र सजग गराउने तथा दवाब दिने र खबर्दारी गर्ने नागरिकले हो । त्यसैले म विद्यार्थी हुँदा हुँदै पनि स्वयम आँफै पनि एक नागरिक हुँ । मलाई लाग्छ, मैले बोलेको यो स्वभाविक चिन्ता मेरो कर्तब्य भित्र नै पर्छ जुन एक नागरिक आवाज हो भन्ने लाग्दछ । तपाईंले जुन बिचार राख्नु भयो, त्यो पनि नागरिक आवाज नै हो भन्छु मैले । हामी दुबैको चाहना भनेको हाम्रो देश सुन्दर, शान्त र सम्रिद्ध बनोस भन्ने हो । हाम्रो स्वार्थ भन्नु हाम्रो देशले चाडै प्रगती गरोस् भन्ने नै हो । तर पर्दा बाहिर र भित्र तिनै देश हाक्नेहरुले बिभिन्न षड्यन्त्रहरु गर्न ब्यस्त छन, नियम बिनाको खेलहरु भैरहेका छन । यदी समयमै सुध्रिएनन भने तपाईंको आवाज र मेरो आवाज अझ चर्को बन्न सक्छ । मेरो, तपाईंको र अरु अरुहरुको आवाज कुनै न कुनै दिन पक्कै सुनिने गरी बुलन्द हुनेछ । यदी अझै पनि यसरी नै नजर अन्दाज गरियो भने परीणामको हिसाबकिताव बर्तमानका नेता भनाउदाहरुले गरेको जोडघटाऊ भन्दा भिन्नै हुनेछ । कुरो, मौन तर बलवान मान्छेहरुले धैर्यता कहिले तोड्छन भन्ने मात्रै हो । म फेरी आशा गर्छु, देश दुर्घटनातिर नजावस । अहिलेकै नेताहरुले जिम्मेवारीबोध गरेर देशवासीको भावनालाई बुझेर देशलाई सुमार्गतिर डोर्याएर अग्रगतिमा अगाडि बदाउनेतर्फ ध्यान दिउन । जनताभन्दा सर्बशक्तिमान अरु कोही हुनै सक्दैन ।
जय जनता! जय नेपाल!

- कहिले काही ब्यस्त समयले खेद्छ, कहिले काही मैले
खेदाखेद त चलि नै रहन्छ ।
20 Nov,’10

- हरेक मान्छेले आत्मसमिक्षा गर्न र यथार्थलाई स्विकार्न हामी, हाम्रो गाउँ र समाज तयार भैदिए पुरै धर्ती अती सुन्दर हुनेथियो । यो सत्य हो कि, थोपा थोपा मिलेर सागर बन्छ, ब्यक्ती ब्यक्ती मिलेर समुह बन्छ । यि बिचार र भावनाहरु सधैं जीबित रहनेछन र रहुन भन्ने आशा छ । अशोक र अशोक जस्ता मान्छेहरुको सपना एक न एक दिन अबश्य साकार हुनेछ । मान्छे एउटा जन्तु मात्र होइन, मानव भएर बाँच्नु पर्छ ।

- पुष्पकमल दाहाल पुन: क. प्रचण्ड बन्ने सर्तमा संसदभित्र भएको पहिलो हस्तक्षेप स्विकार्य छ । अब पनि तालतुले र दुलमुले नीतिले न त नेपाल समुन्नत बन्नेछ, न त नेपालीको आचरण नै सुध्रिनेछ ।
21 Nov,’10
(कुनै पनि ऐतिहासिक घटना भबिश्यको साक्षी हो । यस अर्थमा बर्तमानको सबुत पनि हो । सङीन जीले भन्नु भए झै देङ सियाओ पिङको सन्दर्भ अहिले नेपालमा ठ्याक्कै मिल्ला नमिल्ला त्यो बेग्लै कुरा तर पनि त्यसबाट सकरात्मक र नकरात्मक शिक्षा लिने सामर्थ्य भने हामीसँग हुनुपर्छ । प्रचण्डले जुन एजेण्डाहरु उठाएर जनयुद्ध सन्चालन गरेका थिए तिनै प्रचण्ड शान्तिकालमा भने अली अल्मलिएको जस्तो भाण सबैलाई परिरहेको छ । हामीले देखेकै हो, सहमति र लचकताको नाममा अनुचित सम्झौताहरु पनि नभएका होइनन । बाधा अबरोधहरु अबश्य आउछन नै तर तिनै अप्ठ्याराहरुको सामना गर्दै जित्नु नै सफलता हो । नेपालमा अचेल स्वतन्त्राको नाममा अराजक भिड बद्दै गैरहेको छ । सबैको मानसिकता भ्रस्ट हुँदै गैरहेकोछ । हत्या, अपहरण, चक्काजाम, बन्द, जसले जे माग राखेर गर्दा पनि हुने भो, यि सामान्य लाग्न थालिसके । सरकार छ, राज्य छैनको स्थितिमा देश र सारा देशवासी गुज्रिरहेका छौ । मेरो बिचारमा अब देशको कानून अन्धाले हात्ती छामेको जस्तो बन्नु हुँदैन । कानून कडा बनाउनु पर्यो, त्यसको निस्पक्ष कार्यन्बयन गर्नुपर्यो र सम्बन्धित ब्यक्ती स्वच्छ हुनुपर्यो । संक्रमन कालको बहानामा रुम्मल्लिएर बस्यौ भने धमिलो पानीमा बल्छी हान्नेहरुलाई फाईदा पुग्नेछ । सन्क्रमनकाल जती लम्बायो त्यती नै लम्बिने न हो । त्यसैले एउटा इमान्दार पहलकदमी अत्याबश्यक छ । यदी सन्तोष जीले भन्नु भए झै नमच्चिने पिङ्को सय झड्का नै हो भने चाँही खराब तत्वहरुका बिरुद्ध जुट्नु हामी सबैको कर्तब्य हो भन्ने मेरो बुझाई छ । देश सीमित ब्यक्तिहरुको बिर्ता होइन, जतिबेला जे मन लाग्यो त्यही गर्ने, आफ्नो स्वार्थ र रहर पुरा गर्न भागबन्दा गर्ने अनी सिङो नेपाल र तीन करोड नेपालीलाई बन्दी पार्ने । मुख्य कुरा भनेको, नेपालीले सुख शान्ती पाउने कि नपाउने ? सम्रिद्ध र समुन्नत नेपाल बनाउने कि नबनाउने ? बनाउने भए कसरी ? बनाउनेलाई बनाउन नदिने को ? तिनीहरुलाई के गर्ने ? यहिनिर समस्याहरु छन भन्ने लाग्छ । सकेसम्म बर्तमानमै बनाऔ, नभए भबिश्यका लागि आधार तयार गरौ । मलाई बाद र तन्त्रहरुको विश्वाश त्यती छैन, मनमा लागेको यत्ती हो ।
यहाँहरुको प्रतिकृया र 'लाइक'का लागि धन्यवाद ।)

-"It is better to be alone than in bad company." -- George Washington

-एसियाडमा नेपालीहरुले कसरी पदक जित्न सक्छन? हाम्रो सरकारले न त खेलाडीहरुलाई भबिश्यको सुनिश्चित गरिदिएकोछ न त राम्रो अभ्यासको ब्यबस्था गरिदिएकोछ । खेल तालिका अनुसार खेल्नु पर्ने दुई दिन पछी छ तर सम्बन्धित पक्षहरु आपसी झगडा गर्दै खेलाडीहरु खेलस्थलसम्म पुग्ने नपुग्ने अन्योलमै बस्नु पर्ने हुन्छ । अपेक्षा ठुलो राख्छौ तर कर्म अर्थात तयारी चाँही झारा तार्ने गरी गर्छौ । पदक नजित्नुमा खेलाडीको भन्दा पनि सरकार र राखेप बदी जिम्मेवार छन । मैले भनेको जस्तो हुने भए त १०००० जती सैनिक र प्रहरीहरुको सेवा अबधी पुगिसकेपछी नयाँ भर्ना नगरेर तिनिहरुको तलबभत्ता स्वरुप बचेँको बजेटलाई खेलाडी,कलाकार,साहित्यकार जस्ता देशलाई योगदान गर्न सक्नेहरुलाई पुरुस्कार र योगदान गरिसकेकाहरुलाई चाँही मुल्याङ्कन गरेर सम्मान स्वरुप थोरै आर्थिक सहयोग दिने ब्यबस्था गर्न पाए हुनेथियो । ब्यारेक र चौकिभित्र गुम्सिएर रहेका युवाहरुको उर्जाशिल समय खेर पनि नजाने, देशका लागि केही गर्न चाहनेलाई अलिकती भए पनि हौशला हुनेथियो कि !? यसो भन्दा सैनिक प्रहरीको बिपक्षमा गएको होइन, भए जतिका सबै जनशक्ती र अर्थको अधिकतम उपयोग हुनुपर्छ भन्ने मेरो सोचाइ मात्र हो । अझै काठमाडौंका सडकहरुमा माग्दै हिंडेका भिखारीहरुलाई पनि सरकारले आँफै पाल्ने तर बिकास निर्माण, कृषि जस्ता काममा लगाउने योजना अघी सारे राम्रो हुनेथियो ।
25 Nov,’10

-
जीवन हो संघर्ष, भिड्नेहरुलाई
जीवन हो यात्रा, हिंड्नेहरुलाई
सुन्दर छ जिन्दगी, भोग्नेहरुलाई
सबै सबै हो जिन्दगी, खोज्नेहरुलाई ।
जन्म दिनको शुभ अबसरमा यहाँको जिन्दगी भर, सुख स्वाथ्य सम्रिद्धी सधैं छाईरहोस् । शान्ती प्रगती सफलताले चुमिरहोस् । जन्मदिनको हार्दिक हार्दिक शुभकामना ।
28 Nov,’10

-
Again a night has passesd
thinking of ways to regain my form
i m searching to find myself again
in memory of the first game here
inspiring to make a successful ending
A special day has come for me!
23 Nov,’10

‎- "I always knew looking back on the tears would make me laugh, but I never knew looking back on the laughs would make me cry." -- Unknown
24 Nov,’10

-
आऊ साथी
छातीको चौडाइ नाप्नेहरुलाई बहिस्कार गर्दै
मुटुको गहिराइ नाप्न आऊ ।
खप्परको उचाइ नाप्नेहरुलाई अस्वीकर गर्दै
गुदीको अग्लाई नाप्न आऊ ।
म, तिमी र अरुहरु मिलेर
मुटु र गुदीको मापन गर्ने शहर बसालौ ।
सङ्लो हृदयहरुको कलमी गरेर
बाँच्ने र बचाउने जिन्दगीको फूलबारी बसालौ ।

- बाबुराम बाहुनको नारा र त्यो नारालाई बुझ्न सक्ने कबी बिक्रम सुब्बाहरुको उद्धेश्य प्रती मेरो सहमति छ । अब छुत र अछुत बाबुराम बाहुनहरु झन जोडले नारा घन्काउनु पर्दछ । र कबी बिक्रम सुब्बाका दाँया बाँया एउटा बिशाल जनमानस उभिन तयार रहनु पर्दछ । मुख्य कुरो, अरुको भाग खोसेकाले बराबरी गर्न तयार हुनुपर्यो, रुपान्तरण हुनुपर्यो । मैले बुझे अनुसार, सबै प्रकारका थिचोमिचो र भेदभावबाट मुक्ति पाउन र दिलाउन लागिपरेकाहरुको सपना नै यो कबिताको सार हो भन्ने लाग्छ ।
मेरो बिचारमा, कुनै एक असमानतालाई प्रमुख ठान्नु भन्दा बर्गिय सँग सँगै जातिय र क्षेत्रिय समस्याहरु पनि समाधान गरिनु पर्छ ।
(कबी बिक्रम सुब्बाको 'बाबुराम बाहुन हल्ला गर्छ' का सन्दर्भमा)


- आजदेखि बैठक एकमत एकढिक्काका साथ सकारात्मक संश्लेशन तिर जांदैछ किन कि माओवादी पार्टी नेपाली जन्ताको चाहना र भाग्य निर्माण भन्दा वाहिर जान सक्दैन,त्यो अधिकार माओवादी पार्टीलाई छैन ।
बिनय जी नमस्कार ।
हुन त माओवादी पार्टीसँग मेरो प्रत्यक्ष कुनै सङ्लग्नता छैन तर पनि पत्रपत्रीकाहरुमा आउने बिभिन्न समाचारले अत्यन्त पिडा दिने गर्दछ । यस अर्थमा कि देशको सबै भन्दा ठुलो पार्टीको सिधा सम्बन्ध सिङो नेपाल र नेपालीसँग जोडिएको हुन्छ । माओवादीले गर्ने हरेक कृयाकलापले बर्तमान परिस्थितीलाई मात्र नभएर भबिश्यलाई पनि प्रभावित पार्न सक्दछ तसर्थ तपाईंको पार्टीको भलो चिताउने म एक शुभचिन्तक हुँ । पार्टीले उठाएको सहि एजेन्डा तथा अन्य राजनैतिक दलहरुको गलत निती र असक्षमताकै कारण जनयुद्धले छोटो समयमै त्यो उचाइ हासिल गरेको थियो । शान्तिप्रकृयामा आइसकेपछी पनि संबिधान सभामा जनताले विश्वाश गरेकै कारणले तपाईंहरुको पार्टीले यती ऊच्च स्थान पाउन सफल भएको हो । यसो भन्दा पार्टीभित्रका नेता कार्यकर्ताको योगदानलाई मैले अबमुल्यन गरेको होइन । माओवादी पार्टी आज यो स्थानमा पुग्नुको मुख्य श्रेय नै तपाईंहरुलाई जान्छ । तर हिजो आफ्नो प्राणको आहुती दिने सहिदहरुको रगत, अङभङ घाइते अपाङ्ग, बेपत्ता परिवार, युद्ध भोगेका नागरिकहरुको भावना माथि कुठाराघाट गरिनु त्यो झन ०५१ साल अघिको भन्दा पनि चरम अत्याचार हो । तपाईंहरुले युद्धका बेला कती भोक कती चिसो टिक्नु भयो भन्ने तपाईंलाई मात्र राम्ररी थाहा छ । रातदिन कति थकान कति निन्द्रा र कती मानसिक कष्टहरु सहनु भयो भन्ने अबश्य बिर्सिसक्नु भएको छैन । युद्धका बेला तपाईं र तपाईंको सहयोद्धाहरुमा कस्तो प्रकारको जोश थियो, शोषण उद्पिडनबाट सधैंका लागि मुक्ती पाउने र सम्रिद्ध नेपाल बनाउने सपना अबश्य भुल्नु भएको छैन होला । यि र यस्ता कुराहरु मैले धेरै नजाने पनि थोरै थोरै देखे सुनेकोछु । तपाईंहरुले निकै दु:ख गरेर नेपाली समाजलाई यो अवस्थासम्म घिसार्दै र हिडाउदै ल्याउनुभएकोछ । तर तपाईंहरुको खून पसिनाले नेता बनाएका र जनताले भर गरेका नेताहरु प्रचण्ड, किरण र बाबुराम भने देशको नेत्रित्व गर्न असफल बाटोतिर बदिरहेका पो छन कि भन्ने आशंका आमजनमानसमा जन्मिन थालेकोछ । हिजो भनिएका नौलो भिजन र सुनौलो दिन आज खै कता अल्मलिएछ !? अन्य दलका कतिपय खराब नेताहरुकै तरिकाले चल्ने र त्यस्तै संकिर्ण मानसिकतालाई दोहोर्याउने पो हुन कि भन्ने चिन्ता हामीमा छ । मेरो अनुभव अनुसार, आन्तरिक मनमुताबमा फसेको पार्टी र घर झगडामा अल्झिएको दम्पतीले केही प्रगती गर्नै सक्दैनन । अरुलाई बाहिर देखाउन र भन्नलाई मात्र गरिएको एकताको कुनै औचित्य हुँदैन, एक न एक दिन अबश्य बिस्फोट हुनेछ । अहिलेको आवश्यकता भनेको चुनवाङ बैठकमा गरेको जस्तै आत्मआलोचनना सहित गरिएको भावनात्मक एकता हो । त्यसले माओवादी पार्टीलाई मात्र होइन, देशकै राजनैतिक यानलाई गती दिनेछ । एउटा बाटो पक्रिनेछ र निश्चित उद्धेश्य र बिन्दु ताकेर अगाडि प्रस्थान गर्नेछ । तसर्थ, पार्टी प्रती नेताहरुको जती अधिकार छ त्यती नै अधिकार तपाईं र अरु सहपाठीहरुको पनि छ । नेताहरुलाई सचेत र खबरदारी गर्नु, पार्टीलाई माया गर्नु हो । तपाईंहरुको भूमिका हामी सामान्य नागरिकको भन्दा अली बदी छ । तपाईंको मेसेज पढेर निकै खुशी लाग्यो । यदी यही नै सत्य हो भने माओवादी पार्टीले अबश्य जनयुद्धमा पाएको सफलता दोहोर्याउनेछ । त्यसमा कुनै सन्देह नै छैन ।
तपाईंको बिचारले साह्रै जिम्मेवारीबोध भएको छ भन्ने भाण परेकोछ ।
केही ब्यस्तताले अली ढिला रिप्लाई गरे माफ गर्नुहोला । मलाई सम्झेर मेसेज गर्नुभएकोमा हार्दिक धन्यवाद ।
-चन्द्र
26 Nov,'10

- Iam unique. I'm everything but not complete nor perfect.
हिजोको अनुभवबाट भोलिको सहि आँकलन,..आजको पाईला...।
27 Nov,'10

Saturday, November 13, 2010

अक्टोबर ‘१०

- Happy Cct vacation!
01 Oct,’10

मधु जीका हरेक सिर्जनाहरु बैचारिक जगमा उभिएकै हुन्छन । शायद मैले यसो भनेर मात्र मेरो चित्त बुझ्दैन । हो, मुख्य कुरा त उहाँ जुन बिचारको वकालत गर्नुहुन्छ त्यसमा म पूर्णतय सहमत छु । तर एउटा कुरा के भन्न मन लाग्यो भने युद्ध भावनामा बहेर वा उत्तेजनामा आएर मात्र सफल हुँदैन । अबको युद्ध आतंक र रहरका लागि होइन वास्तबिकतामै क्रान्तिकारी हुनुपर्छ । इमान्दार क्रान्तिकारीलाई मेरो साथ र समर्थन त अबश्य रहने नै छ ।
अबको दिन फलामको होइन, स्पाटको हो ।
01 Oct,’10

- A bad person will never do good to anyone, even to him/herself!
02 Oct,’10
(I may not be completely right since there aren’t any universel criteria for good n bad people. So, I think its all abt the way of being famillier n feeling comfortable with each other.
Yes, I agree that everything has two sides. But, here iam not against human weekness which can be imrpoved with experience n time. The thing is iam against those people who has bad attitude n worst intentions. A person who has only good words will never know how to deal with the passion of a heart. It may benefit him/her for short time but it won’t work for longer. S/he will do no goods to him/herself later on. She will never establish a fair ralationship with anyone... S/he will see only the negative parts in postive deeds. Because of this ordinary nature s/he will have to suffer someday, it’s for sure.
I think,
A man should be a real man not only a living beaing!
Thank you all for yours logical comments! )

- He is in hosp n he says its cold.. I am alone!
03 Oct,’10

- Taking a Deep Breath! Thank god!
04 Oct,’10

- So many things are in my mind but dont know what to write n how to write !
05 Oct,’10

- A person who is poor can be a rich but the person who has poor mentality can never be rich with enough property.
एउटा दास'नोकर' ब्यक्तिसँग धनको मालिक बन्ने सामर्थ्य हुन्छ तर दास मानसिकता भएको मालिक सधैं नोकर नै रहिरहनेछ । 06 Oct,’10

- मैले केही समय अगाडि 'आमा'हरुको भावना समेट्ने गरी एउटा गजल लेखेको थिएँ । त्यसमा रहेका कमी कमजोरी नियाल्न र सुझाव बटुल्न यसरी नै नोटमा राखेको थिएँ । तर एकजना बरिष्ठ अग्रजबाट नै गजलको सम्पूर्ण पक्षलाई ठ्याम्मै पाखा लगाएर अत्यन्त पूर्वाग्रिही दंगले राजनैतिक टिप्पणी आएको थियो । जसले मलाई अत्यन्तै निराश तुल्याएको थियो । उहाँको कुरा सहि वा गलत जे भए पनि छलफल अबश्य गर्न सकिन्थ्यो तर आमा जस्तो पवित्र साईनोभित्र त्यहा सन्दर्भहिन थियो । 'आमा' शब्दमा पनि अराजनीतिको गन्ध सुघ्ने हाम्रो दयनीय मानसिकता प्रती निकै घ्रिणा पनि जगाएको थियो । शायद यतिबेला हामी सबैजना यस्तै संकिर्ण बौद्धिकताको कुहिरोमा अल्मलिइ रहेका छौ । थाहा छैन, कहिलेसम्म यस्तै मनस्थितिमा गुज्रिरहने छौ ।

लक्ष्मी जीले यहाँ दशै बहिस्कारबारे लिन्क दिनु भएर एउटा बहसको सुरुवात गर्नुभयो । श्रीराम जीले बिषयको बिपक्षमा आफ्नो प्रतिकृया दिनुभयो । मैले पनि दशैको बेलामा दशै बारे स्वच्छ बहस चलेकै राम्रो मानेको छु । हामी सबैले आ-आफ्ना तर्कहरु राख्न सक्छौ, बुझ्न पनि सक्छौ । नेपालको अन्तरिम संबिधानमा धर्म निरपेक्षताको ब्यबस्था गरिसकिएको छ । अब नेपाल पहिले झै हिन्दू राष्ट्र मात्र पनि रहेन । यसको अर्थ हिन्दू धर्मलाई बहिस्कार नै गर्नु पर्छ भन्ने पनि होइन । आफुलाई राम्रो लागेको धर्म छान्ने र मान्ने स्वतन्त्रता हरेक नागरिकलाई हुन्छ । यो अधिकार मलाई जस्तै अर्कोलाई पनि सुरुक्षित हुन्छ भन्ने बिर्सिनु भएन । आफ्नो स्वतन्त्रताको नाउमा अरु धर्मको बिरोध गर्दा अरुको स्वतन्त्रताको पनि ख्याल गर्नु पर्ने हुन्छ । आफुले मान्ने धर्मको बखान गर्ने तर अरुको धर्मलाई अपमान गर्ने सभ्यता समय सुहाउदो र कसैलाई पनि पाच्य हुन सक्दैन । धर्म निरपेक्षताको अर्थ त सबै धर्महरुको सम्मान गर्नु हो, धार्मिक ब्यक्तिहरु बिच मेलमिलाप र सुमधुर सम्बन्ध स्थापित पार्नु हो, सम्पूर्ण मुलुकवासीहरु एकै भावनात्मक मालामा उनिनु हो, अनेकतामा एकता हुनु हो भन्ने मेरो बुझाई छ । अहिले हाम्रो देश सन्क्रमनकालिन अवस्थामा रहेकाले बिभिन्न कोणबाट फरक फरक धारणाहरु आउनु स्वभाविक नै हो तर यसलाई ब्यबस्थित गर्न सकेनौ भने देश निश्चित रुपमा दुर्घटनामा पर्नेछ, हामी दुर्घटनामा पर्नेछौ । तसर्थ, अहिले नै हाम्रो देशको हितमा सोचौ, अरुको अपमान होइन सम्मान गरौ । हिजोको प्रतिशोधलाई भुलेर भोलिका लागि धेरै धैर्यता र सहिश्नुता अपनाउन निकै जरुरी छ ।
मेरो बिचारमा त अझ धार्मिक ग्रन्थ हरुलाई ‘बेद, बाइबल, कुराण,’ आदीलाई छुट्टा छुट्टै पार्टीको बिधान मान्दा पनि हुन्थ्यो भन्ने लाग्छ ।
यहाँहरुले दिनुभएको समय र हौशलाहरुबाट सधैं उत्प्रेरणा त मिलिरहेकै छ, बहुमुल्य सल्लाह र सुझावहरु मनन गर्ने प्रयत्न पनि रहने नै छ ।
आदरणीय अग्रज एवम मित्रजनहरुको सिर्जनाहरुमा समयभावका कारण चाहेरै पनि आँखा पुर्याउन सकिरहेको छैन, तर कोशीस गरिरहेकोछु । माफ गर्नुहोला ।
सबैलाई बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।
(नोटमा आएको धार्मिक टिप्पणीको सन्दर्भमा)
10 Oct,’10

- Busy in Gynaecology department.. Got a rare chance to assist in the sergical theatre !
11 Oct,’10

- नेपालका शासकहरु बलियो भएर मात्र नभएर हामी शासितहरु बदी नै संकिर्ण भएर नै समस्या नसुल्झिएको पो हो कि ! 17 Oct,’10

- दशैलाई कुनै जाती बिशेषको मात्र चाड ठानेर बहिस्कार र निषेध गर्नु भन्दा पनि आफन्तसँग भलाकुसारी, पारिवारिक जमघट र रमाइलो गर्ने अबसरको रुपमा उपयोग गरौं ।
निर्जीव दुंगाको मुर्तिलाई खुशी पार्नका लागि जिवीत प्राणीको बली दिएर पुज्नु भन्दा असत्यका बिरुद्ध सत्यको जितलाई मनन गर्दै सुमार्गको पहिचान र अबलम्बन गरौं ।
दसैंलाई कसैको पर्वका रुपमा नबुझौ, दशै हाम्रो हो, हामी सबैको साझा ।
मलाई नेपाल र नेपालीको बर्तमान र भबिश्यलाई नै असार पार्ने गरी दसैं सङसङै देखिएका-जोडिएका दशाको पूर्व संकेतहरु धार्मिक बिभाजन, बर्ग असन्तुलन र जातिय बिभेद जस्ता कुराहरु कुनै पनि मान्य छैनन् ।
17 Oct,’10

- न्यानो घाम
शीतल जल
मेरी प्रेमीका ।
18 Oct,’10

- म तिम्रो शहर छोडि टाढा-टाढा जाँदैछु!
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु !!
मनले माया गर्न मात्र जानेर नहुने रहेछ अब त घ्रिणा गर्न पनि सिक्न खोज्दैछु । दुखेर मात्र नहुने रहेछ, दुखाउन पनि जान्नु पर्ने रहेछ । दुनियाँ त्यही भन्थ्यो तर म अबुझ र अज्ञानी मनुवा जिद्धी गरिरहेको रहेछु । अब हुन्छ मात्र नभनेर हुन्न पनि भन्न सिक्छु, सङै हिडौ नभनेर एक्लै छाडि कुड्न सिक्छु । आखिर मन त सबैको मन नै हो नि । 19 Oct,’10

- बाचा बन्धन कसे पनि टोड्नेहरु कती कती
लक्ष्य चुम्छु भने पनि थाक्नेहरु कती कती
सोचेर मात्र हुँदैन, जानेर मात्र पनि हुँदैन । जसले व्यबहारमा उतार्छ त्यो ब्यक्ति नै सक्षम हो, सफल बन्छ । तसर्थ, मैले पनि हरेक कुराहरुको सामना गर्न र जुध्न सिक्न खोज्दैछु । कुनै दिन जितेछु भने खुशी साटौला, चुकेछु भने पनि केही गुनासो रहने छैन । 20 Oct,’10

- महिनौ पछी बोल्दैछु फेरी, किन कि बोल्नु मेरो स्वतन्त्रता हो, कर्तब्य पनि हो ।
हाम्रो राष्ट्रिय सवालमा छिमेकी देशहरु, भारतको बिस्तारवादी र चाइनाको अबसरवादी कुतनिती जती घातक छ त्यती नै घातक घरेलु दलालहरु पनि हुन । तसर्थ, यि सबैका बिरुद्ध एकैचोटि संघर्ष गर्नुको बिकल्प छैन ।
21 Oct,’10

- सपना सानो होस् वा ठुलो, सधैं सर्बोच्च नै हुदोरहेछ ।
Dreams: either big or small, they will always be beautiful n superior!
22 Oct,’10

- कि त मैले जित्छु, कि भने डसोस् आफ्नै सपनाहरुले । आखिर छिनोफानो त हुनैपर्छ ।
25 Oct,’10

Friday, October 1, 2010

निथ्रुक्क भिजेपछी

मैले कहिले काही लेख्छु भनेर लखेको हुँदैन, लेख्नै मन लागेर पनि लेखिरहेको हुँदैन तर कतिपय अतितका घटना र कुराहरु सपनी बनेर यसरी आइदिन्छन् कि निन्द्राबाट नबिउझिदै मलाई ठहरै बनाइदिन्छन् । मैले कयौ पटक त ओछ्यानमै रन्थनिएको तितो अनुभव गरेको छु । अनी वाध्य भएर असन्तुलित र बिक्षिप्त हुँदा हुँदै पनि केही लेख्न बस्छु । खै! किन हो, यो नियती पटक पटक दोहोरिइ नै रहन्छ ।

आज पनि बुवासँग सपनीमा भेट भयो । मैले राम्ररी खुट्याउन नसकेको कुनै ठाउँमा थियौ, उतै गाउँतिर । बुवाको देहान्त हुँदा दाँया शरीर जसरी चल्थेन, त्यसरी नै दाँया भाग नचलेर दलिरहनु भएको थियो । आमा छेउमै हुनुहुन्थ्यो । कान्छी दिदीले चाँही बुवालाई फकाउदै कमिजको बटनहरु खोलिदिदै हुनुहुन्थ्यो । म नजिकै उभिएर टुलुटुलु हरिरहेको थिएँ । बुवाले बाँया हातले कपालहरु माथि उठाउएर भन्दै हुनुहुन्थ्यो," मेरो कपाल लामो भयो ।"

अहिले सम्झिरहेको छु । बुवालाई छोटो चिटिक्क परेको कपाल मन पर्थ्यो, लामो कपाल पटक्कै मन पराउनु हुन्थेन । त्यसैले, अलिकती बदेर केसका टुप्पाले कान छुन थाल्यो भने कि त खौरिनु हुन्थ्यो कि छोटो गराउनु हुन्थ्यो । भादगाउँले टोपी भने सधैं नै लगाउनुहुन्थ्यो । गाउँमा खोजेको बेला कहिले कैंची नहुने, त कहिले कपाल काट्ने मान्छे हत्पत्ती नभेटिने भएकाले सधैं कैंची आफुसङै राख्नु हुन्थ्यो । उहाँलाई राम्रोसँग होइन आफुलाई सजिलोसँग सरोकार थियो । त्यसैले, बिदामा जादा मलाई नै काट्न भन्नुहुन्थ्यो । मैले पनि सकेजती मिलाएर काटि दिन्थें । कैंचीको धार भुट्टिएर लाग्न छाड्यो भने कि तुरुन्तै मगाउनु हुन्थ्यो कि त दाङ पेन्सन बुझ्न आउँदा नयाँ किनेर लग्नु हुन्थ्यो । छिमेकीहरुलाई पनि चाहिदा त्यही कैंची मागेर काम चलाऊनुहुन्थ्यो ।

मेरो उमेर र बुवासँग बिताएका समय दिनकै हिसावले गन्ने हो भने मैले त्यती धेरै सङै बस्न पाइनँ । म सानो छदा उहाँ पल्टनमा हुनुहुन्थ्यो । मेरो सम्झनामा भए अनुसार बुवालाई पहिलो पटक देखेको उहाँ पेन्सन आएकै दिनमा होला । त्यसदिन बुवाको अनुहार राम्ररी याद नगरेको भए पनि दुई वटा घोडालाई सामन बोकाएर भरिया लिएर आउनु भएको राम्ररी सम्झिन्छु । मेरो दुबै हातमा चकलेट र घुर 'भेली' लिएर उफ्रिदै गरेको भर्खर जस्तै लाग्छ । अरु के के ल्याइदिनु भयो थाहा भएन तर पाखुरीबाट नाडीसम्म सेतो तीन धर्के एउटा निलो ज्याकेट मैले पछीसम्म लगाएको याद छ । मलाई त्यो खुब परेको थियो । त्यसपछीका दिनहरुमा बुवा र आमा सधैंजसो गाईहरुसङै कहिले पोतल र बिचिबाङ, कहिले दिमखोला मान्डलिपतिर त कहिले गाईहरुसँग गोठ र खेततिर नै रहनुभयो । जुन मलाई मन पर्थेन तर पनि मेरो बसमा थिएन । मलाई पनि चल्लाहरु माउसँग पखेट्टाभित्र लुट्पुतिए झै लुट्पुतिन रहर हुन्थ्यो तर पुरा हुँदैन्थ्यो ।

म १४ बर्षको हुँदा दाङ झरें । त्यसपछीका दिनहरुमा त झन दशै बिदाका केही दिन बाहेक बुवालाई देख्ने-भेट्ने एक बर्षमा एक मौका मात्र मिल्थ्यो । प्राय फाल्गुनतिर दाङमा पेन्सन बुझ्न आउनुहुन्थ्यो । बिहानै म स्कुल गैहाल्थें, साँझ चाडै सुट्नै पर्थ्यो । यसरी नै ४/५ दिन बित्थ्यो अनी उहाँले पेन्सिन बुझिसकेर रोल्पातिर फर्किनु हुन्थ्यो । मनभरी जमिरहेका आसुँहरु लुकिछिपी बहाउथें, हजारका केही पैसाका बिटोले मेरो मन कहिल्यै शान्त पार्न सकेनन् ।

बुवाआमा फर्किनुको अघिल्लो रातभरी भोली छुट्टीइदा आसुँ नझार्ने प्रण गर्थें तर जती बिहान छिप्पिदै जान्थ्यो त्यो भन्दा धेरै मेरो मन भित्र भित्रै थिलथिलो हुँदै जान्थ्यो । खान मन नलाई नलाई भए पनि खाना खाइसकेर तयार हुन्थें । स्कुल जाने समय हुन्थ्यो, मेरो अशली मुटुलाई एकातिर लुकाएर रुन्चे हाँसो हाँस्दै दोग्न पुग्थें तर आँखाबाट आसुँ झरिसकेको हुदो रहेछ, थाहै हुँदैनथ्यो । थाहा पाइसकेर पनि केही गर्नै सक्दैनथे, रुक्दै रुक्दैनथ्यो ।

बिहान स्कुल जादा रुदै रुदै जान्थें । दिनभरी मन मनै बुवा-आमालाई फेरी घरमै भेट्न पाए हुन्थ्यो भन्ने कल्पना गरेर बस्थें । बल्लतल्ल ४ बज्थ्यो । मनिषासँग बुवाआमाहरु अझै हुनुहुन्छ कि जानुभयो(!?) भन्ने बाजी मार्दै हतारिदै घरमा छिर्थ्यौ तर मुल गेटमा नटेक्दै हिजो अस्तिको जस्तो उज्यालो र चाहलपहलको बातावरण हुन्नथ्यो । तै पनि, दगुर्दै माथिल्लो तलामा पुग्थ्यौ । बिहानसम्म हसिलोखुशिलो देखिने भाउजु पनि बरण्डामा एक्लै झोक्राएर बसिरहनुहुन्थ्यो । मलाई विश्वाश नलागे झै गरी सोध्थें,"भाउजु! बुवाआमा गैसक्नु भयो?" भाउजुको मन्द जवाफ हुन्थ्यो," केही दिन यतै बस्नुस् भन्दा मान्नुहुन्न क्या र! घरै सुनसान बनाएर जानुभयो ।" हाम्रो त्यत्रो आशा भर्खरको भर्खरमै निराशामा परिणत भैदिन्थ्यो । कोठातिर ड्रेस फेर्न जादा जादै मनिषाले सुस्त स्वरमा भन्थिन्," बाजेबज्यैहरु, सधैं हामीसँग यही नै बसे हुन्थ्यो नि है अंकल!" म छिन्नभिन्न हुन्थें । म सम्हालिदा सम्हालिदै पनि लथालिङ हुन्थें । खाशमा, उनले उनकी बाजेबज्यैलाई गर्ने माया भन्दा धेरै माया मैले मेरो बुवाआमालाई गर्ने गर्थें अनी मैले मेरो बुवाआमालाई गर्ने माया भन्दा धेरै उनले उनकी बाजेबज्यैलाई गर्ने गर्थिन् ।

हामीले कपडा बदलि सकेपछी भाउजुको छेउमा आएर टुक्रुक्क बस्थ्यौं । हाम्रो मुख अबश्य निन्याउरो हुन्थ्यो नै त होला । उहाँले १००/१०० को नोट झिकेर हामीलाई दिदै आजको खाजा भनेर बाजेबज्यैले छाडिदिनुभएको भन्नुहुन्थ्यो, शायद खुशी पार्नलाई होला । चाउचाउ खान्थ्यौ, जुस खन्थ्यौ । पेटको भोक त अबश्य भरिन्थ्यो तर मन भने अह! अलिकती पनि भरिन्नथ्यो । बरु झन यादले सताइरहन्थ्यो । त्यो पैसा खर्च गर्नै मन लाग्दैनथ्यो । बरु, बुवाआमालाई सम्झिएर सुम्सुम्याउथें, सम्हालेर राख्थें ।

सुरुमा पनि भनें, यो मैले लेख्न सोचेर लेखेको होइन । सपनाले दुखायो अनी पिडा यहाँ पोखाएको हुँ, बेचैनिले थकायो अनी मात्र यहाँ बिसाएको हुँ । बिपनाले पोल्छ, सपनाले घोच्छ । दिनले त रुवायो, सपनाले पनि रुवायो । दशै नजिकिदैछ तर म घर जान पाउदिनँ । घर गएर पनि बुवा हुनुहुन्न । माफ गर्नुस् बुवा! हामी सङै हुँदा मैले एउटा कैंची दिन सक्ने नै भएको थिएन तर अब अबश्य चदाउनेछु । सपनीमा देखें, कपाल लामो भएछ तर मैले अब छोट्याइदिन नसक्ने भएछु । बुवा! हजुर त पित्री भैसक्नु भयो, म त भर्खर मान्छे हुँदैछु । कहिले काही घाऊ भन्दा पनि खट बल्झिदा बदी दुख्छ भन्ने मलाई थाहा थिएन, आज भोग्दैछु । अहिले त म सपनीले निथ्रुक्क रुझेको छु । आँखाको बलेसीले लपक्क भिझेको छु । माफ गर्नुस्, बुवा!
01 Oct,’10