Thursday, September 4, 2025

जिन्दगीको जिजिविषा

उड्नु, झर्नु र फेरि उड्नु
पौडिनु, डुब्नु र फेरि पौडिनु
कुद्नु, लड्नु र फेरि कुद्नु
बारबार अवसर छ कोसिस गर्नलाई
सिर्फ आँट गर्नुपर्छ सिक्नेहरु
जिउनुपर्छ बाँच्नेहरु
तर
जन्मपछि जरुर मर्ने मान्छे
एउटा अहंकारी जीवनचक्र बाँचुन्जेल
अस्पष्ट भ्रमलाई प्रष्ट सत्य मान्छ
अखण्डित सत्यलाई खण्डित भ्रम ठान्छ
यसैगरी दिनानुदिन यथार्थको हत्या गरिरहन्छ
अनि आफैं विलीन हुन्छ ब्रह्माण्डमा एकदिन ।

अत्याचारीले न्यायको वकालत गर्ने
भ्रष्टाचारीले सुशासनको भाषण गर्ने
पापीले धर्मको प्रवचन दिने
ब्यभिचारीले आदर्शको गफ दिने
ठगले नैतिकताको पाठ पढाउने
अपराधीले शान्तिको गीत गाउने..
वरिपरि त्यस्तैत्यस्तै मान्छेको वाहवाहि छ ।
सबैलाई देखावटी चर्चा चाहिएको छ, दुनियाँलाई ईमानको हाँक दिनुछ तर व्यबहारमा चाहिँ आफू कहिल्यै इमान्दार बन्नु परेकोछैन ।
सधैं यसरी नै चल्छ भने चलोस्
समाजको भलो होस्
देशको जय होस् ।
भवतु सब्ब मंगलम् ।
1st Aug 2025

उ बल्न चाहन्छ
बरु जल्न तयार छ
उभित्रको फिलिङ्गो कोइला बन्नुअगावै
उ उज्यालो छर्न चाहन्छ
मान्छेकै खोजीमा छ एउटा मान्छे ।
4 Jan 2025
सम्मान छ
जो सधैं मलाई प्रेम गर्छन्
अरुको भलाई मात्रै सोच्छन्
अशल मनले सत्कर्म र धर्म निर्वाह गर्छन्
आभारी छु
जसको शुभेच्छाले दुःख दूर भएर जान्छ ।

जहाजको उडानसँगै तिम्रो सपनाको पनि उडान भएको छ ।
उड्नु जस्तै महत्त्वपूर्ण सुरक्षित अवतरण हुनु पनि हो ।

हिड्ने क्रममा जहाँ जहाँ पुगिन्छ
यादसँगसँगै यात्राको
हरेक पाइलाका डोबहरु रहनेछन् ।

आज, अचानक
हो, आफूले आफैंलाई
फुलबारीमा उडिरहेको पुतली सम्झिएँ ।

जीवन यात्रा हो..
सम्झनै सम्झनाको थैली पनि हो ।
#दार्जिलिङ: हाम्रो सिमानाभन्दा भावना प्यारो छ
समयको रित, सम्बन्धको जीत
हामी सहपाठीहरु..
प्रकृतिलाई नियाल्छु, अंगालेर हेर्छु
एकनासले नाँचिरहेको, गाइरहेको, हाँसिरहेको देख्छु
प्रकृति!
सबथोक क्या सुन्दर छ
अनि म प्रायः शान्त रहन्छु ।

No comments:

Post a Comment