Showing posts with label तेस्रो आँखा. Show all posts
Showing posts with label तेस्रो आँखा. Show all posts

Friday, September 23, 2022

नागरिकता विधेयक: एउटै मञ्च, नाटक फरक

राष्ट्रपति विद्या भण्डारीले संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ दिनभित्र अनिवार्य प्रमाणित गर्नुपर्नेमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेसँगै नेपाली राजनीति केहि बढी गर्माएकोछ । नेपालमा सधैं तल्लो तहका जनताको सहभागितामा क्रान्तिकारी परिवर्तनहरु हुन्छन् तर क्रान्ति सम्पन्न भएसँगै तल्लो तह दृश्यबाट छुट्दै जान्छ । त्यो परिवर्तनकारी शक्ति विभिन्न स्वार्थमा अल्झिएर क्रमशः छिन्नभिन्न हुँदै जान्छ । क्रान्ति सम्पन्न भएपश्चात् मुल नेतृत्वको अकर्मण्यता र जनभावनालाई आत्मसात गर्नुको सट्टा अति आत्मकेन्द्रित भइदिदा क्रान्तिको उद्देश्य अलपत्र पर्ने गरेका छन् भने अधिकांश योगदान गर्नेहरू निराश हुँदै समयक्रममा ओझेल पर्दै जान बाध्य पारिन्छन् । देशमा अग्रगमनको गतिलाई रोक्न प्रतिगामी तत्व र यथास्थितिवादीहरु हावी हुँदै गएर राजनीतिक विधि र सामाजिक थिति बसाल्न संघर्षरत रहनुपरेकोछ । इतिहासमा यहीँ खड्कोबाट हामी नेपालीहरु बारम्बार सताइदै आएका छौं । अहिले फेरि नागरिकता विधेयकमा त्यहीँ दुष्चक्रको पुनारावृती भइरहेको छ ।

गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डाक्टर रामवरण यादवद्वारा तत्कालीन कार्यकारी प्रधानमन्त्री प्रचण्डले मन्त्री परिषदबाट गराएको निर्णयलाई उल्टाएर प्रधानसेनापति रुक्मांगद कटुवाललाई रातारात थमौती गरिदिए । त्यतिन्जेल जनआन्दोलनका मुख्य कमाण्डर गिरिजाप्रसाद कोइरालाले प्रायः दोहोर्‍याउने गरेका सहमति, सहकार्य र एकताको नारा दलहरूले कुल्चिएर आन्दोलनका सहयात्री दलहरू एक आपसमा मुठभेद गर्ने अवस्थामा पुगिसकेका थिए । जनआन्दोलन र शान्तिप्रक्रियाका खिलाफमा बोल्ने, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नै चुनौती दिएर भाषण गर्दै हिड्ने सरकारको एक कर्मचारी प्रधानसेनापति कटुवाल कानुनतः कारबाहीको भागिदार हुनैपर्थ्यो । सेनापती प्रकरणमा प्रधानमन्त्रीबाट त्यो अधिकार प्रयोग भएको थियो । तर राष्ट्रपति यादवले माओवादी र प्रचण्डको कदमलाई जसरी पनि असफल पार्न कांग्रेस र एमालेलगायतका प्रमुख दलहरूको गुरुयोजना अनुसार नै थमौतीको पत्र दिने जोखिम मोलेका थिए । भनिन्छ, राष्ट्रपतिलाई राजी गराउन एमालेबाट केपी-विद्याहरुले नै अगुवाई गरेका थिए । दशक लामो रक्तपातपूर्ण जनयुद्ध र बिशाल जनआन्दोलनपश्चात् ऐतिहासिक संविधानसभाबाट गठन भएको पहिलो गणतान्त्रिक सरकारको असफलतासँगै धर्मराउन शुरु भएको विधि र पद्धतिको परम्परा सम्भवतः अहिलेसम्म पनि बसाल्न हम्मेहम्मे भइरहेको छ । लोकतान्त्रिक गणतन्त्रमा संवैधानिक राष्ट्रपतिले संविधानको उल्लंघन गर्ने, गराउने र कठपुतली बन्ने, बनाउने प्रक्रियाको शुरूवात दलहरूकै सत्ता र शक्ति स्वार्थका कारणले भएको हो ।

नागरिकता विधेयकमा राष्ट्रपति बिद्या भण्डारीले पनि त्यस्तै गलत बाटो अपनाइन् जुन प्रथम राष्ट्रपतिले दलहरूकै सल्लाह र सहारामा अपनाए । विधेयकमा उचित/अनुचित व्यवस्थाका बारेमा बहस होला, त्यो बेग्लै सवाल हो तर राष्ट्रपतिले राजनीतिक कार्यकर्ताको मानसिकता त्यागेर समग्र मुलुककै अभिभावक बन्न कठिन मानिरहेको पटकपटकका क्रियाकलापबाट पुष्टि भइरहेकै थिए । बालुवाटारमा आएका रुचि र अरुचिका पात्र अनुसार घटनाहरुले फरकफरक मोड लिदै आएको सबैलाई छर्लङ्गै छ । सन्दर्भ र परिवेशमा खासै फरक नभई उस्तै प्रकृतिका घटना कहिले सहि र कहिले गलत हुनुले कर्तव्य र अधिकारको जति नै दुहाई दिए पनि व्यवहारमा मेल खादैन । सत्य र न्याय सधैं एकै हुन्छ ।

अहिलेसम्म राष्ट्रपतिले आफ्नो पूर्वपार्टी एमालेलाई बलियो बनाउन केपी ओलिले चालेका हरेक कदमलाई नि:सर्त साथ दिदै आइरहेकि छिन् । नेकपामा अन्तर्विरोध चर्किएर जादा ओलि सरकारद्वारा मध्यरातमा पठाइएका अध्यादेशहरु निमेषभरमै प्रमाणीकरण गरिदिने, सर्वोच्च अदालतले बदर गर्दासमेत दुईदुई पटक संसद विघटन गर्ने र संसदीय अंकगणित विपक्षमा हुदाहुदै पनि पुनः ओलिलाई नै प्रधानमन्त्री नियुक्त गर्ने जस्ता बलमिच्याईपूर्ण हर्कतहरुसमेत निसंकोच गरि नै रहिन् । उता तराईमा डुबान भइरहदा शितल निवासमा सांँस्कृतिक कार्यक्रम र भोजभतेर आयोजना गर्ने, कोरोना महामारीमा नागरिकहरु औषधी र अक्सिजन नपाएर अकालमा ज्यान गुमाइरहदा लाखौंलाख पर्ने सजावटका सामाग्रीहरु खरिद गर्ने जस्ता शौखिन निर्णयहरु गर्न अप्ठ्यारो मानिनन् । राष्ट्रपतिको अलोकप्रिय र लज्जास्पद कार्यलाई लिएर जनस्तरबाट मन्द स्वरमा अलिअलि बिरोध हुनथाल्ने बित्तिकै प्रधानमन्त्री ओलि आफैं तुच्छ खालका केहि जोर उखान टुक्का वाचन गर्दै चर्को बचाउ र प्रतिकारमा उत्रिनुले पनि गजब रसाइनको आभास हुन्थ्यो । विचरा जनताले एक हल गणतान्त्रिक राष्ट्रपति र प्रधानमन्त्री र आफैंप्रति उत्तरदायी पार्टीका नेताहरू पाएकैमा मक्ख पर्नु सिवाय अरु उपाय पनि त थिएन ।

पूर्वराष्ट्रपति रामबरण यादव होउन् या वर्तमान राष्ट्रपति बिद्या भण्डारी । उनीहरु दुबैले जानिबुझी नै संविधानको पालना र संरक्षणकर्ताको दायित्वबाट विमुख भएर दलहरूका गोटी बनेकै हुन्, बनेकै छन् । कुनै व्यक्ति वा पार्टीको स्वार्थलाई हेरेर पुर्वाग्रही दंगले निर्णय गर्ने नियत राख्दा विधीको शासन स्थापित गर्ने ठुलो अभिभारामा चुकेकै हुन् । कानुनको पालना र संरक्षण गर्नेहरुबाटै कानुनको धज्जी उदाइएदा देशमा लथालिङ्ग र भद्रगोलको स्थिती आउनसक्ने खतरा उत्तिकै रहन्छ । देश गलत दिशातिर बदेको खण्डमा सहि मार्गमा डोर्‍याउन निष्पक्ष र स्वविवेक प्रयोग गरेर दिशानिर्देश गर्नुपर्नेहरू नै आफै गलत तरिकाले अरुबाट संचालित र उपयोग भइदिदा देश नै केहि अन्योलमा पर्नु अनौठो भएन । राजनीतिक संक्रमणकालमा देशलाई अति सुझबुझपूर्ण र परिपक्व खालको भूमिका आवश्यक थियो तर विडम्बना! त्यो अपेक्षित हुनसकेन । अबका दिनमा पाठ सिकेर पदको गरिमा, ओज र ब्यक्तिको ब्याक्तित्वका सम्बन्धमा सचेत रहनुपर्ने देखिन्छ ।

नागरिकता विधेयक पहिलो पटकमा प्रमाणीकरण नगरेर फिर्ता पठाइएलगत्तै गठबन्धन दलहरूले अन्य दलहरूसँग आवश्यक परामर्श गरेर विश्वासमा लिनुपर्नेथ्यो । त्यसो गर्दा देशमा अस्थिरता निम्तिने, राजनीति ध्रुवीकरण हुने र संविधानका दफाहरुमाथी अनेक प्रश्न उठ्ने सम्भावना कम हुन्थ्यो । सरकारले राष्ट्रपतिसँग अन्य विकल्प नभएको जिकिर गर्दै विधेयक प्रमाणीकरण गर्न बाध्य पार्ने मुडमा बस्यो । प्रमुख प्रतिपक्षी दल एमालेले पनि राष्ट्रपतिलाई विवादमा मुछिनबाट जोगाउन गठबन्धन दलहरूसँग छलफल गर्ने, सहमति खोज्नेभन्दा राष्ट्रपतिको आवरणमा गठबन्धन सरकारसँग भिड्ने बहाना बनायो । एमालेले राष्ट्रपतिलाई बोक्न छाडेर संवादको वातावरण बनाउने अवसरका रूपमा सदुपयोग गर्नुपर्नेथ्यो । संविधान र देशलाई खतराको भुमरीमा पर्न नदिन बरु संसदीय दलहरू एक आपसमा सहकार्य र सहजीकरण गरेर संविधानमा रहेका छिद्रहरु टाल्नुपर्ने पहलकदमी लिनुपर्थ्यो तर उल्टै आगोमा घिउ थप्ने र निर्वाचनका वेला धमिलो पानीमा माछा मार्ने दाउ हेरेर बस्ने लोभी बकुल्ला शैली अपनायो जुन कुनै कोणबाट पनि शोभनीय मान्न सकिदैन । एउटा जिम्मेवार राजनीतिक पार्टी चुनावी जोडघटाउकै कारण यस्तो लाचार र दरिद्र खेल खेल्नु मुनासिव हुँदैनथ्यो । 

एमाले आफैं एउटा पुरानो संसदीय पार्टी हुनाले कुनै एक व्यक्तिको इगो र पार्टी कमजोर हुने भयमा संविधान र सेरेमोनियल राष्ट्रपति नै पंगु हुनेगरी निरन्तर असंवैधानिक हर्कतहरु गर्न उक्साइरहनु अनैतिक र कच्चा काम हो । यसले एमाले मात्रै नभएर नेपालका प्रमुख दलहरूमा राजनीतिक चरित्र र संस्कारको अभावका साथै संकीर्ण चेतना स्तर पनि झल्किन्छ । देशको शासन प्रणालीलाई बलियो गरि स्थापित गर्ने हो भने दलहरूले सत्तामा हुँदा र सत्ता बाहिर रहदा अपनाउने गरेका दोहोरो चरित्र त्याग्नै पर्दछ । एउटा मात्रै दल बलियो बनेर देश बलियो हुँदैन, देश बलियो बनाए सबै बलियो बनिन्छ । आफू बलियो हुन देशलाई नै खाल्डोमा हाल्नु र व्यवस्थालाई नै खोक्रो पार्नु जनताप्रतिको बेइमानी र देशद्रोह हो । यो सबै दलहरूले हेक्का राख्नैपर्छ ।

जनतालाई राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीशहरुको नाम सुन्दै मनमा श्रद्धाको भाव आउनुपर्ने, आत्मीयता र उर्जा जाग्नुपर्ने तर एउटा मेयर र अध्यक्षको सामु ती सबै फिक्का फिक्का लाग्दै जानुमा स्वयम् दलहरू नै जिम्मेवार छन् । सत्ता र शक्तिका लागि दलहरूले राज्यका संवैधानिक अंगहरुलाई आफू अनुकुल प्रयोग गर्ने प्रवृत्तिले बुदि मरिन् भन्दा पनि काल पल्किएकोमा बढी चिन्ता मान्नुपर्ने स्थिती छ । समाज र संस्थाहरुलाई मर्यादामा राख्नकै लागि नियम र कानुन बनेका हुन् तर व्यक्तिको नियत नै खराब हुँदा दुनियाँको कुनै पनि कानुनले रोक्न नसक्ने रहेछ । ब्रह्माण्ड, प्रकृति, संस्था या मान्छे, सबैले धर्म छाड्न थालेपछि स्वभाविक रूपमा सन्तुलन खल्बलिन थाल्दछ । राष्ट्रपतिको अहम्, सरकारको बेवास्ता र प्रतिपक्षीको दाउपेचले देश र जनता सधैं गुमराहमा रहन सक्तैनन् । दलहरूको खिचातानीमा जनताहरु सधैं पिसिन र शिकार बन्न पनि सक्तैनन् । दलहरुको यस्तै भ्रमजालबाट बिस्तारै मुक्त भएर जनताले पनि विकल्पहरु खोजी गर्न थालिसकेका छन् । आगामी दिनहरूमा पुनः फरक कथा र पात्रहरु लिएर अर्को नाटक मञ्चन हुने सम्भावना उत्तिकै छ । जतिसुकै दृश्य फेरिए पनि कथाको सार र उद्देश्य फेरि उहीँ सत्ता र शक्ति प्राप्ति नै हुनेछ । दलहरूले घरिघरी एउटै पर्दामा देखाइरहने फरकफरक नाटक हेरेर जनता आजित भइसकेका छन् । अब दलहरूले सुशासन र समृद्धिको दिशामा इमानदारीपूर्बक नलागेर धरै छैन । अब पनि मिलेर छिटोभन्दा छिटो नागरिकताबिहिनहरुको समस्याको उपयुक्त निकास निकाल्नुका साथै अन्य यावत् राष्ट्रिय समस्याहरुको दीर्घकालीन समाधान खोज्ने कौशलता देखाउन् । संविधानमाथी प्रहार गर्ने, कानुन उल्लंघन गर्ने अपराधी जो सुकै भए पनि कानुनको कठघरामा उभिन र दण्ड भोग्न तयार हुनैपर्छ । यसको थालनी दलहरूले आफैबाट र माथिबाटै लागु गरुन् । अन्यथा, दलहरुप्रति जनताको मनमा उत्पन्न वितृष्णाले उच्चतम रुप लिने चरणमा छ । दलहरूले समयमै बुझुन् । बेलैमा सोचुन् । चेतुन् ।  

२०७९/०६/०६

Wednesday, August 5, 2020

राजनैतीक ध्रुवीकरणको आवश्यकता

देशमा आमूल परिवर्तन गर्ने सपना बुन्दै समाजमा व्याप्त सबै खालका उत्पीडनहरुको अन्त्य गर्न आन्दोलनमा होमिएका थुप्रै मान्छेहरुको सामुहिक खुशीहरु मात्रै स्थगन होईन, जीवन नै अवसान भएका छन् । अधिकांशले राजीखुशी मृत्यु स्विकारेका थिए, गोलीले मुटु छेडेर रक्तमुछेल हुँदा पनि हाँसीहाँसी प्राण त्याग्नु चानचुने कुरा थिएन ।

जनयुद्ध र जनआन्दोलनको माध्यमबाट प्रस्फुटन भएको राज्य पुनर्संरचनाको मानसिकतालाई आत्मसात गर्ने कांग्रेसको तत्कालीन नेतृत्वकर्ता गिरिजाप्रसाद कोइरालाको निधन भइसक्यो, नयाँ नेतृत्वले मुद्दाहरुलाई अंगालेर सशक्त भूमिका निर्वाह गर्नै सकेन ।
देशमा राजनैतिक परिवर्तन आवश्यक रहेको यथार्थलाई स्वीकार्ने तत्कालीन एमालेको महासचिव माधव कुमार नेपाल पार्टीभित्रै हतोत्साहित भएर छट्पटिरहेका छन्, उनको उत्तराधिकारीलाई ती मुद्धाहरु प्रति खासै लगाव देखिदैन ।
एक दशक विभिन्न नारा लगाएर युद्धमा होमिएका प्रचण्ड बादलहरु बेथितिका साक्षी र रमिते मात्रै बने, संसदीय खेलमा चुर्लुम्मै डुबेर राजनैतिक कोर्सलाई बदल्ने हिम्मत गर्नै सकेनन् ।
सर्वहारा, श्रमजीवी र उत्पीडनमा परेकाहरुको अधिनायकत्वको वकालत गर्ने मोहन वैध्य किरण, गौरव, बाबुराम, विप्लवहरु छेउ परे/पारिए ।

अन्तमा हामीले यस्ता ऐतिहासिक राजनैतिक उपलब्धिहरु प्राप्त गरेर पनि गुणात्मक फड्को मार्ने अवसरबाट चुक्नुका साथै बाँदरको हातमा नरिवल भन्ने उखान चरितार्थ भइरहेको आभास गर्नुपरेको छ ।

अहिलेका राजनैतिक एजेन्डाहरु प्रचण्ड नेतृत्वको माओवादी पार्टीले जबर्जस्ती स्थापित गराएकै हो । त्यसको लागि उत्पीडित जनताले अपार समर्थन र त्याग पनि गरेकै हुन् । हजारौंको दुःखद् मृत्यु हुनु, अंगभंग हुनु अर्को कहालीलाग्दो पाटो छदैछ । युद्धकालिन घाइते मनहरुलाई अचेल कमरेड प्रचण्डसँंग अनेकौं प्रश्नहरु सोध्न मन लाग्दो हो तर यतिबेला तिनै सुप्रिमो प्रचण्ड निरिहि हुन बाध्य छन् । अहिले परिस्थितिबस् तिनीहरुलाई जवाफ चाहिँ राष्ट्रपतिसँग मिलेर केपी ओलीले निरंकुश तरिकाले रन्थनिने गरि दिदैछन् । यदी यहीँ शैली केही समय निरन्तर रह्यो भने त्यत्रो उत्साहका साथ ल्याइएको व्यवस्था धुजाधुजा हुने निश्चित छ । समाजवादको यात्रामा निस्किएर फेरि सामन्तवादकै आँगनमा आइपुग्दा यो व्यवस्थाका निम्ति रातदिन भोकप्यासै खटिएकाहरुले आफ्नो जवानी र पसिनालाई सम्झिएर गर्व गर्नुको सट्टा कताकता पछुतो पनि मान्दा हुन् । वास्तवमा ती साच्चिकै इमानदार थिए, धोकेवाज त अरु नै निस्किए ।

देशमा अहिले हेर्दा रूपमा अग्रगमन त छ तर सारमा प्रतिगमन भोग्नुपरेको छ । सिद्धान्तमा समाजवाद भनिएको भए पनि व्यबहारमा भने दलाल पुजीवाद हावी छ । लेखिने र देखिनेमा धेरै अन्तर देखिदैछ । बिज्ञान र मार्क्सवादलाई नै निकम्मा पार्ने दुस्साहस हुदैछ । जनताको आशंका, असन्तुष्टि र प्रश्नको भुमरीमा दिनानुदिन व्यवस्था फस्दैछ । हजारौंको योगदान र बलिदानले शासन गर्ने पात्र त फेरिए, चरित्र फेरिएन । व्यवस्था फेरिए पनि गरीब दु:खीका अवस्था भने फेरिएन । सबैभन्दा दु:खको कुरा त नेताहरुले समयको माग अनुरुप देश र जनताको आवश्यकतालाई बुझेर सम्बोधन गर्नै सकेनन् । राज्य हाँक्नेहरुले नै परिवर्तनको मर्म र सामाजिक मनोभावनालाई आत्मसात गर्दै गरेनन् । देशप्रति वफादार र जनताप्रति जिम्मेवार बन्ने छाँट समेत देखाएनन् । तिनीहरु सित्तैंमा झैं पाएको शक्तिको उन्मादले क्रमश: अयोग्य र असफलताको बिन्दुतिर लम्किदै छन् तर पनि अहंकारले फुलेकै छन् । दुक्कै!

राजनैतिक पार्टी र नेतृत्वहरुबाट विगतमा थुप्रै गल्तीहरु भएका छन् । तैपनि जनताले माफी दिदै पटकपटक मौका दिइरहेका छन् । अब पनि निर्मम दंगले आत्मसमिक्षा र आत्मालोचना गरेर सुध्रिने प्रण नगर्ने हो भने निश्चित छ, समय अनुकुल रहिरहने छैन ।

अबको विकल्प कि पार्टीहरु सच्चिने कि त सक्किने बाहेक अर्को छैन । जनताले पनि कि यिनैका विरुद्ध खरो उत्रिने कि त भरोसायोग्य अरु कोहि खोज्ने नै हो । प्रतिगामी, यथास्थितिवादी र प्रगतिशील व्यक्तिहरुको बीचमा ध्रुवीकरण जरुरी भइसकेको छ । निकट भविष्यमा एउटा सचेत किसिमको सामाजिक हलचल अत्यावश्यक छ । भलै एउटा अशल तानाशाहको कल्पना केवल कल्पना मात्रै हुनेछ ।

जनताले बहुला हात्तीको जस्तो अराजकता र गैरजिम्मेवारीपन धेरै सहिसके, अब शायद सहने छैनन् । यस्तो मनपरि सधैं चल्ने सम्भावना पनि हुदैन । मान्छेको चेतना कहिल्यै पनि दहको पानी जसरी यथास्थितिमा जमेर रहिरहन्न । समय सँगसँगै अझ अगाडी बद्ने बाटो खोज्छ खोज्छ नै ।

अति गर्नु, अत्याचार नगर्नु । अति गरे खटी हुन्छ । देश, जनता र स्वयम् उनैको भलाईका लागि बेलैमा चेतना हवस् ।
जय नेपाल!

Sunday, July 19, 2020

नेकपा विवादमा स्ट्याटसहरु

मेरी आमाको आँखाबाट आँसु कहिल्यै नझरोस्, झरे पनि खुशीले झरोस् ।
आमा धर्ती हुन्, प्रकृति हुन्, सृष्टि हुन् ।
सबथोक हुन् आमा । 
11 July 2020 

रामायण र महाभारत इतिहास हुन् कि रचित ग्रन्थ मात्रै हुन् भन्ने यकिन छैन तर प्रधानमन्त्रीले त राम नै यहीँको ठोकुवा गर्दिनुभएछ । तथ्यले पुष्टि नै गर्न सके त झन् गजब हुन्थ्यो ।
अयोध्या र हस्तिनापुर नेपाली भूमिमै पर्छन् भन्ने ऐतिहासिक पुरातात्त्विक प्रमाण जुटाएर दाबी गरौंला, हाम्रै बनाउला पनि तर अहिले चाहिँ अतिक्रमित भूमिलाई आफ्नो बनाउने कुटनैतिक पहल गर्ने बेला हो ।
बादीपहिरो र डुबानमा परेर मृत्यु भएका, घाइते र घरबारविहीन भएकाको चिन्ता र व्यवस्थापन गर्ने बेला हो ।
अब र अर्को बर्षको प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरण, नियन्त्रण गरेर जनधन कसरी बचाउन सकिन्छ, रोकथाम र दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भनेर ठोस योजना बनाउनेतिर ध्यान केन्द्रित गर्ने बेला हो ।
ईन्डियाबिरुद्ध बोलेकै भरमा जनसमर्थन पाईने, महान राष्ट्रवादी भइने सोचबाट ग्रसित भएर जे पनि बोल्दिने शैलीले वर्तमानको सिमा सम्बन्धिका बिषय नै ओझेलमा पर्न सक्छ । राष्ट्रिय सरोकार राख्ने गम्भीर सवालहरुमा तथ्य नजुटाई उट्पट्याङ भाषण र उत्तेजना फैलाउने खालका भाषाले कुनै समस्या हल गर्न सक्दैन । राष्ट्रको उच्च ओहदामा बस्ने ब्यक्तिले त अप्ठ्यारो समयमा पनि सहि निर्णय लिन सक्नुपर्छ । अहिले त झनै कठिन परिस्थितिमा जिम्मेवारीपूर्वक कुशल नेतृत्व प्रदान गर्न सम्बन्धित विज्ञहरुसँग अलि बदी छलफल र चिन्तन गर्नुपर्छ ।
हरेक कुरामा आफैं सर्वज्ञाता सर्वज्ञानी सर्वेसर्वा र अन्तिम सत्य भएको भ्रम पाल्ने प्रमप्रति गर्व गरौं कि हीनताबोध? जनताको मनमा यस्तो प्रश्न आउन नदिन प्रम र उनका सल्लाहकारले विशेष सचेत हुन जरुरी देखिन्छ । प्रमबाट पटकपटक उस्तै हर्कत दोहोरिरहनु दुःखद् छ । 
15th July 2020 

कुनै व्यक्तिले आफैलाई प्रधान ठानेर पार्टी र संगठनलाई मनोमानी दंगले संचालन गर्दा, अरुको भूमिकालाई महत्त्व नदिदा, अवमूल्यन गर्दा कस्तो हीनताबोध हुदो रहेछ भन्ने कमरेड प्रचण्डले विगत दुई बर्षमा पक्कै राम्रैसँग अनुभव गर्नुभयो होला ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई यो उचाईमा पुर्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने पाका नेताहरु मोहन बैध्य क. किरण र गौरव, जनयुद्धमा आफू बराबरकै देन भएका कमरेडहरु डा. बाबुराम भट्टराई र बादल, राजनीति र समाजलाई नै दिशानिर्देश गर्नसक्ने क्षमतावान युवाहरू गोपाल किराँती, आहुती, विप्लवहरु आफ्नैं प्रिय कमाण्डरको साथमा सँगसँगै अगाडि बद्न नसकेर किन छुट्टाछुट्टै बाटो हिड्ने कठोर निर्णय गर्न बाध्य भए ?
जनयुद्धको आदर्श नत्याग्ने अडान राख्ने लक्ष्मण थारूहरु पार्टीबाट किन छुट्टयाइए ?
देशलाई निस्वार्थ योगदान गर्नसक्ने देशभक्त युवाहरूलाई किन भारत, मलेसिया, खाडी मुलुकहरुमा जबर्जस्ती मजदुरी गर्न जान बाध्य पारियो ?
गाउँमा सहिद र बेपत्ता परिवारहरु, घाइते र द्वन्द्व पीडितहरु किन अझैसम्म दयनीय अवस्थामा छन् ? राज्य वा बिद्रोहीको मान्छे भनेर विभेद गर्नुभन्दा आफ्नै नागरिक सम्झेर, मानवीय भावना राखेर अहिलेसम्म समाजमा किन सम्मानित समायोजन, उचित सम्बोधन र व्यबहार हुन सकेन ?
मान्छेको जीवनमा नैतिकतालाई प्राण मान्नुपर्दछ भने अनैतिकतालाई महाअपराध । कसैको खुनपसिना, त्याग र अशल भावनाले प्राप्त सामुहिक सफलतालाई नितान्त निजी खुशी ठान्नु अनैतिक हुनु मात्रै नभएर मानव आचरणबाटै बिचलित हुनु हो ।
आफ्नो राजनैतिक जीवन र हालको परिस्थितिका सम्बन्धमा कमरेड प्रचण्डले पनि पक्कै गम्भीर समिक्षा गर्नुभएकै होला ।
कुनै पनि पार्टी र संगठनमा विधि र प्रक्रिया सबैका लागि र सधैंका लागि समान दंगले लागू गरिनुपर्दछ । आफुले मनपरि गर्दा चाहिँ ठिक, अरुले गर्दा मात्रै वेठिक भन्ने हुनुहुदैन । सम्पूर्ण बामपंथीहरु एकजुट हुने राम्रो उद्देश्य बाहेक नेकपा एमाले र माओवादी केन्द्रको बीचमा भएको एकताको सैद्धान्तिक बैचारिक आधारहरु केके थिए भन्ने प्रश्नको खोजी र अनुसन्धान भविष्यमा अवश्य हुँदै जानेछ । नेकपा अहिले अन्योलमा रहेर कमिटी प्रणालीलाई अनिर्णयको बन्दी बनाइरहनुभन्दा विगतका कमजोरीहरुप्रति सबैले आत्मालोचना गर्दै सच्चिएर विधि र पद्धतिलाई आफैंमाथि पनि लागू गर्ने हिम्मत गर्नुपर्दछ । हामीले लडेर लोकतन्त्र ल्यायौ भनेर गर्वले छाती पिट्ने नेताहरुले नै यस्तो घृणित सामन्ती चरित्र प्रदर्शन गर्नुले लोकतन्त्रकै उपहास भइरहेको छ । अब नेकपा सच्चिने या सक्किने, झुक्ने वा उठ्ने कुन दिशामा जाने हो भन्ने धेरै हदसम्म प्रचण्डले गर्ने निर्णयमै निर्भर रहनेछ । यो मतभेद पार्टीभित्रको आन्तरिक मामिला हो तर देशकै प्रधानमन्त्री मुछिएका कारण संकटको समयमा सम्पूर्ण जनताले दु:ख भोग्नु परिरहेको छ । नेकपाले कि प्रधानमन्त्रीलाई इमानदारीपूर्वक काम गर्न सहयोग र निर्देशन गरोस् कि त ब्यक्ति फेरोस् तर जे गर्ने हो तुरुन्तै गरोस् । आशा गरौं, साझा र सहि निर्णय हवस् ।
केवल सत्ता र शक्तिको लागि पार्टी र नेताहरु नजुटुन्, नफुटुन् । देश र जनतालाई केन्द्रमा राखेर जिम्मेवारीपूर्वक सोचुन् र निर्णय गरुन् । यहीँ नै सबैको हितमा हुनेछ । 
17th July 2020  

विविध अरुका छोराछोरीले आत्मसमर्पण गरे कायर हुने बरु मृत्युु रोज्न आदेस दिने तर आफैंले चाहिँ पटकपटक लतृदै आत्मसमर्पण गर्ने ?
जनयुद्ध हाँक्ने सुप्रिमो कमाण्डर यिनै कमरेड थिए वा अरु नै कोही ?
यस्तो चरित्रलाई गतिशीलता मान्ने वा अस्थिर मानसिकता ?
यसरी लोकतन्त्र र समाजवादको आवरणमा रजाइँ गर्ने धुर्तहरुका विरुद्ध छिट्टै आन्दोलनको आँधी मात्रै होईन, व्यवस्थामै भुकम्प आउने निश्चित छ । 
19th July 2020 

स्ट्याटसहरु

हामीले कोरोना विरुद्ध अब चाल्नुपर्ने कदमहरु;
# दक्षिणी सिमालाई सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेरै भए पनि अझै कडाइ गर्ने ।
# आरडिटिका साथै पिसिआर टेस्टलाई देशव्यापी रुपमा बदाउदै जाने, सम्भावित खतराका लागि आवश्यक तयारी गर्ने
# कोरोनाको उच्च जोखिम भएका ठाउँमा सिल गरेर टेस्ट गर्ने र कम जोखिम भएका ठाउँहरुमा लकडाउनलाई खुकुलो पारेर सजगता अपनाई नियमित कामकाज जारी राख्ने
# दैनिक ज्यालादारी मजदुर, असक्त, विपन्न र बिरामीहरुलाई जहाँ छन् त्यहीँ उचित खानपिन र बस्न ब्यबस्था गर्ने वा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितीको संयोजनमा सुरक्षित र सतर्कतापूर्वक आफ्नो जिल्ला, पालिका पुर्याई निश्चित अवधी क्वारेन्टाइनमा राख्ने
# शहरबाट गाउँ पसेका श्रमिक र बिदेशबाट स्वदेश फर्केका जनशक्तिलाई व्यावसायिक प्रोत्साहन स्वरुप अनुदान र सुरक्षित वातावरणको ग्यारेन्टी दिदै कृषि कर्ममा आकर्षित र अभ्यस्त पार्दै जाने
अन्तमा:
* दक्षिणको खुल्ला सिमाना दीर्घकालीन रुपमै बन्द गरि काँडे तार लगाएर करेन्ट प्रवाहित गरियोस् । नेपाल-ईन्डिया आवतजावत गर्नेलाई अन अराइभल भिसा लागू गरियोस् ।
* राज्यले रेमिट्यान्समा नभई आफ्नो माटो र नागरिकको पौरखमा बिश्वास गरोस् । अब महामारी पश्चात् आउनसक्ने भोकमरीलाई सामना गर्न कृषि उत्पादन बदाउदै आत्मनिर्भर र सबल अर्थतन्त्रको आधार तयार गर्दै जाने रणनीति अख्तियार गरोस् । 
कोरोना भाइरस मान्छेभित्र बाँच्न चाहन्छ, मान्छेले कोरोनालाई जितेर सुरक्षित रहन ।
मान्छे र कोरोना भाइरस दुबैको लागि यो महामारीको अवस्था हो । यो लडाइँ आआफ्नो अस्तित्वको हो ।
एकाअर्काको सहअस्तित्व स्विकारेपछि चाडै युद्दविराम हुनेछ र दुबै जीवहरु बाँच्ने वातावरण बन्नेछ । त्यसपश्चात् हाम्रो जीवन पुनः सामान्य दंगले अगाडि बद्नेछ ।
सजगतापूर्वक बसौं, धैर्यता राखौं ।
20th April 2020 

कुनै पनि धर्म केवल साधना होइन, आफैंमा एक कर्तव्य हो । भगवानको भक्तिगान मात्रै होइन, कठिन कर्म पनि हो । सामाजिक अनुशासन, त्याग, समता र मानवता नै धर्मको मुल मर्म हो । धार्मिक सहिष्णुता, एकता र सद्भावना नै पवित्र मार्ग हो । धार्मिक ग्रन्थको अध्यारो पाटो र आफ्नो धार्मिक आस्थाको चस्मा उतारेर धर्मको बैज्ञानिकता र व्यावहारिकतालाई अनुसरण गर्यौ भने मात्रै रोग, भोक र शोकलाई जीवनबाट दूर गर्न सक्छौं । यहीँ नै धर्मको सार र सास्वत सत्य हो । यसैमा सम्पुर्ण मानव जातिको कल्याण छ ।

इस्लाम धर्मावलम्बीहरुलाई रमजानको शुभकामना । 
25th April 2020

नेपालको सुखद भविष्यकै लागि थुप्रै रोल्पालीले स्वैच्छिक बलिदान गरे । युद्धकालमा निर्दोष हुदाहुदै पनि रोल्पाली भएकै कारणले जतिबेला पनि मर्न तयार रहनु पदर्थ्यो । अब त अनाहकमा कसैको ज्यान नजाला, देश पनि समृद्ध होला, सबै नागरिक समान दंगले शान्तिपूर्वक बाँच्न पाउलान् भन्ने आशा गर्दागर्दै रोल्पामा फेरि अबोध बच्चाहरुले बिस्फोटमा परि मृत्युदण्ड भोग्नुपरेछ । तत्कालीन बिद्रोही माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आएर स्वयम् पार्टी नै अलप भइसक्यो । तर ती भिरपाखामा अहिलेसम्म पनि बम र बन्दुकहरु बेवारिसे अवस्थामा भेटिनु र पड्केर मान्छेहरु अकालमा मर्न परिरहनु निकै दुःखद् छ । यतिका बर्षसम्म पनि सर्वसाधारणहरु मेलापात जादा एम्बुसमा परिरहेका छन् । यसको जिम्मेवारी बिद्रोही पार्टी वा राज्य कसले लिने हो ? रोल्पामा रगत कहिलेसम्म बगिरहनु पर्ने हो ? अझै कति छोराछोरीहरुको विभत्स हत्यापछि सिंहदरबारको भोग पुग्ने हो ?

विशेषगरी नेतृत्वलाई मेरो बिन्ती छ, देश र जनताप्रति अलि इमानदार बन । समयको आवश्यकता अनुसार कुशलतापूर्वक भूमिका निर्वाह गर । रोल्पालाई पनि सिंहदरबार र बालुवाटार जत्तिकै माया गर । रोल्पाले उप्रान्त रगत होईन, चोखो बिश्वास र शपथ चाहन्छ ।

मृतक भाइबहिनीहरुमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना ।
30th April 2020

देशमा चरम वर्ग विभेद छ भन्ने त सबैलाई थाहै छ । स्वास्थ्य सेवामा पनि वर्गीयता चर्कै गरि हावी छ, त्यो पनि विदितै छ । अहिले त झन् लकडाउन पनि त्यस्तै देखिन्छ । पहुँचवालाहरुलाई निजी गाडीमा जताततै सजिलै घुमघाम गर्न छुट दिइएको छ । आफ्नो चाहना अनुसार खान र पिउन पाएकै छन् । गरीब र ज्यामी मजदुरहरु चाहिँ भोकभोकै झुपडीभित्र कष्टकर समय काट्न बाध्य छन् । जतिसुकै कठिन भए पनि सरकारको आदेसलाई अवज्ञा गर्नुहुन्न भन्ने तिनले राम्रोसँग बुझेका छन् । सरकारले लगाएको नियम हाम्रै सुरक्षाको लागि हो भनेर अनुशासित दंगले मानेका पनि छन् ।

नाकाबन्दीका बेला होस् या बन्दाबन्दीका बेला नै होस्, असर त तल्लो वर्गका नागरिकलाई मात्र परेको देखियो । शक्तिमा हुनेहरू र तिनका वरिपरिकालाई चाहिँ कोरोना संक्रमण नहुने, नसर्ने र अरुलाई नसार्ने जस्तो गरिएको छ । भाइरसले त मान्छे मात्रै चिन्छ, उसको शक्ति र सम्पत्ति हेरेर संक्रमण गर्ने कि नगर्ने भनेर त सोच्दैन होला । रोगको प्रकृति पनि त्यस्तो छैन । मेरो अल्पज्ञानले पनि त्यसो भन्दैन ।

अहिलेसम्म लकडाउनको जति हुर्मत लियौ, लियौ अब चाहिँ गम्भीर रुपले पालना गरौं । सरकारले लकडाउनलाई बढी प्रभावकारी बनाउनतर्फ समयमै ध्यान दिन जरुरी छ । बिशेष गरि सिमानामा अझै कडाइ र जोखिमपुर्ण क्षेत्रमा व्यापक टेस्ट गर्दै सम्भावित महामारीलाई पराजित गर्न पूर्वतयारी गर्नैपर्छ । सरकार र नागरिक मिलेर महामारीलाई रोक्नका लागि आआफ्नो तर्फबाट भूमिका खेलौं । कसैले पनि नजरअन्दाज गर्ने भुल नगरौं । अरुका लागि खतरा नबनौं ।
६ मे, २०२०

कार्ल मार्क्स र गौतम बुद्धले अपनाएको बाटो फरक थिए तर उद्देश एउटै थियो - मानवीयता । मार्क्सले वर्गसंघर्ष र मुक्तिको कुरा गरे । बुद्धले अध्यात्म र मोक्षको कुरा गरे । मार्क्सले बाहिरको बाटो रोजे भने बुद्धले भित्रको मार्ग हिडे । संसारमा प्रेम स्वतन्त्र र सर्वत्र छ, हामी आफैं त्यसको सुत्र र स्रोत हौं भन्ने पुष्टि गरे ।
बिश्व शान्तिका लागि हरेक व्यक्तिले भिक्षु बन्नैपर्ने वा अस्त्र बोक्नैपर्ने अपुरो बुझाई त्यागेर मार्क्सको संश्लेषण र बुद्धको ज्ञानलाई अनुसरण गर्दै ब्यबहारिक जीवनमा लागु गर्नसके त्यहीँ नै महान क्रान्ति हो । बिचार, धर्म, स्वतन्त्रता, समानता, सुख, शान्ति, खुशी सबै त्यसैमा अन्तर्निहित रहेको छ ।
जीवनमा तटस्थ भाव नै दु:खको निराकरण हो र अन्तरात्माबाट प्रकट हुने मानवतावादले नै सामाजिक बिद्रोहको आगो निभाउन सक्छ । दुबैको गन्तव्य सभ्य समाज निर्माण र सारमा शान्ति स्थापनार्थ नै थियो ।
यी महामानवहरु प्रति सदैव उच्च सम्मान रहनेछ ।
८ मे, २०२०

यो कलियुग हो । बिश्वास वा धोका परिस्थितिले निर्धारण गर्छ । अशल वा दुष्ट समयले चिनाउछ । सम्बन्धको परिभाषा स्वार्थले खुलाउछ । तसर्थ, कलियुगमा खराब मध्येमा कम खराब चिनेर संगत गर्न सक्नुपर्छ ।
अचेल व्यक्ति होस् वा राष्ट्र, सकुन्जेल कमजोरलाई हेप्ने, थिच्ने, मिच्ने सबैसबै अति गर्छन् नै । स्वाधीन, स्वतन्त्र र शक्तिशाली हुनलाई आफू आत्मनिर्भर बन्नुको विकल्प छैन । अन्यथा, हरेकले ईमान कमजोर भएको जुग त भोग्नैपर्छ ।
१२ मे, २०२०  

कोरोना कहर

संसारमा शान्तिले जीवन बाँच र बाँच्न देउ भनेर बुद्धले अर्ती दिनुपर्ने, प्रकृतिसँग मिलेर बस भनेर सद्गुरुले हात जोडेर बिन्ती गर्नुपर्ने, आफ्नै देशमा आत्मनिर्भर बन्नुपर्छ भनेर महावीर पुनले विनम्र वचनले सम्झाइदिनुपर्ने, बिजुलीको अभावले भन्दा घुस खानेका कारणले देश अन्धकारमा रहेको तथ्य कुलमान घिसिङले बुझाइदिनुपर्ने, स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नगरे गरीबले पढ्न र उपचार गर्नै सक्दैनन् भनेर डाक्टर गोबिन्द केसीले पटकपटक अनशन बसिदिनुपर्ने ।

यतिबेला संसारभरी कोरोना भाइरसको महामारी छ । नेपालमा पनि अहिले समुदायस्तरमा फैलिन थालिसकेको छ । अब निकट भविष्यमै यसले भयावह स्थिति आउनसक्ने संकेत दिइरहेको छ । देशको हरेक क्षेत्रलाई सवल पार्नुपर्ने बेला महावीरलाई महामुर्ख र जिद्दी भन्दै सराप्नु आफ्नो जित ठान्यौं । कुलमानलाई भ्रष्ट र रुञ्चे भनेर खुब गाली गर्दै आनन्द लियौं । डा. गोबिन्द केसीलाई उल्टै माफिया र पागल भन्दै उनको मृत्युको कामना गर्यौं ।

यतिबेला देशमा महामारी आउदा महावीरले पिपिइ बनाउदै नि:शुल्क वितरण नगरेको भए स्वास्थ्यकर्मीहरुको मनोबल कस्तो अवस्थामा हुन्थ्यो होला ? कुलमानले लोडसेडिङ हटाएर चौविसै घण्टा बिजुली उपलब्ध नपारेको भए घर र हस्पिटलहरु कसरी चलिरहदा हुन् ?

डा. गोबिन्द केसीले स्वास्थ्य क्षेत्रको निजीकरणलाई निरुत्साहित गरेर बिस्तारै सरकारीकरण गरौं भनेका थिए । राजधानीमा केन्द्रित व्यापारमुखी हस्पिटलहरुलाई सेवामुखी पार्दै दुर्गममा पनि सक्दो सरकारी हस्पिटल स्थापना गरौं भनेका थिए । स्वास्थ्यमा हुने राजनितीकरण रोकेर थिति र प्रणालीमा चलाऔं भनेर ज्यानकै बाजी थापेका थिए । स्वास्थ्य सेवामा वर्ग बिभाजन हुनुहुन्न भनेरै समग्र स्वास्थ्य नीति सुधारको माग राखेका थिए । अब कोरोनाबिरुद्ध हाम्रो स्वास्थ्य प्रणालीको अग्नि परिक्षा सामुन्नेमा छ र कति दयनीय अवस्थामा रहेछ भन्ने चाडै उदाङ्गिने क्रममा छ । विश्व महाशक्ति राष्ट्रहरु नै लगभग लाचार र निरही जस्तै अवस्थाबाट गुज्रिरहदा हामी जवर्जस्ती युद्धको तयारीमा जुटिरहेका छौं । आफैं बाँचिने कि मरिने हो भन्ने अनिश्चित र त्रसित मानसिकतामा छौं । जजसले गोबिन्द केसीलाई कन्दनी कसेर बिरोध गरेका थिए, भित्रभित्रै पश्चतापले पोल्न शुरु गर्यो कि अझै छैन होला ? आर्थिक लाभका लागि मेडिकल माफियाको इशारामा अनशन बसेको आरोप लाउनेहरुले आफैं कति अर्थलाभ गरे होलान् ? आफू निर्देशित बनेर अरुलाई कठपुतली ठान्नेहरुको दिमागमा अहिले चाहिँ चेत खुल्यो कि खुलेन होला ? यो कोरोना कहरमा यस्तो सोच्दासोच्दै आफैंलाई छट्पटी हुन्छ ।

यतिखेर महामारीलाई परास्त गर्न राज्यको नेतृत्वमा नागरिकले साथ दिएर लड्नुको विकल्प छैन । हरेक व्यक्ति र समुदायहरु एकाअर्कासँग सहकार्य गर्दै मिलेर लड्यौ भने मात्रै मानवीय क्षति कम गर्न सक्छौं । यो कोरोना युद्धमा हामी सबै लडाकु हौं, हामी सबै स्वास्थ्यकर्मी हौं । यस संवेदनशील समयमा हामीले गर्नसक्ने उत्तम उपाय भनेकै आफू जोगिने र अरुलाई जोगाउने नै हो । यदी कोरोना संक्रमण भइहाल्यो भने पनि लाग्दैमा मरिहालिन्न भन्ने आत्मविश्वास गुमाउनु हुँदैन । सबैले सक्दो सावधानी अपनाएर अशल नागरिकको भूमिका निर्वाह गरौं । कोरोना युद्ध जितेपछि अरु समिक्षा गर्दै गरौंला जुन दीर्घकालीन राष्ट्र हितका लागि जरुरी पनि छ ।
जय नेपाल!
25th May 2020 

सोती घटना र हाम्रो मानसिकता

हाम्रो नग्नतालाई एक फन्को खास्टोले छोप्नुभन्दा सिलाइएको लुगाले छोप्नु नै उपयुुक्त हुन्छ ।
समाज सुधारक योगमायाहरु अरुण नदिमा हाम्फालेर सामुहिक देह त्याग गर्नु र प्रेमी नवराजहरु भेरीको बहावमा विलीन हुनुमा धेरै समानता र थोरै मात्रै भिन्नता छ ।

राज्यको स्वरुप र मनोविज्ञानले शासन संचालन र सामाजिक चरित्र निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्दछ ।
मानवीयता, वर्गीयता, जातीयता, प्रचण्डपथ, हिंसा-प्रतिहिंसा र रुकुम रोल्पाको सवालहरु अंशअंशमा अन्तर्सम्बन्धित छन् । त्यो बहस र समिक्षा पनि जरुरी छ ।

मान्छेले अर्को मान्छेलाई अमानवीय हर्कत गर्नु जघन्य अपराध त हुँदै हो, यस्तो गम्भीर अपराधलाई दाकछोप गर्न खोज्नेहरु पनि अपराधी नै हुन् । कानुनमा व्यवस्था भए अनुसार दोषी जति सबैलाई हदैसम्मको सजाय हुनैपर्छ ।
फेरि पनि भन्छु, हाम्रो नाङ्गो जीउलाई सधैंभरी एक सरो खास्टोले छोपेर मात्रै उपती लाग्दैन, लुगा सिलाएरै दाक्नुपर्छ । सामाजिक न्याय र समानताको अभ्यास अपरिहार्य भइसक्यो । समयमै होश खोलौं । अन्यथा, एकाइसौं शताब्दीमा भएर पनि यस्तै बर्बर र क्रुर नरसंहारहरु दोहोरी नै रहनेछन् । 
२७ मे २०२० 

बाबुराम र वरियता

जो कसैलाई डाक्टर बाबुराम भट्टराई बन्न निकै कठिन छ । उनको विचार, संस्कार र व्यबहारसँग थुप्रैका सहमति र असहमतिका थुप्रो पक्कै होलान् तर नेपालको राजनीतिमा उनी एक दुर्लभ पात्र भने अवश्य हुन् ।

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ताको क्रममा उल्लेख गरिएको उनको वरियताका सन्दर्भमा समर्थकहरुभित्र उनको भविष्यको चिन्ता र सुषुप्त अवस्थामा रहेको पदिय आसक्ति प्रकट भइरहेको छ भने बिरोधीहरुलाई उनको अपमान गरेर आफ्नो मान बदेको भाण परिरहेको छ । उनको राजनैतिक उतारचढावलाई महान त्यागको जलप लाउनु वा खिसिट्युरी गर्ने र खिल्ली उडाउने दुवै प्रवृति चटके बाँदरले आफैं आफ्नो मजा लिए जस्तो मात्रै हो । बाबुराम आजकाल चल्तीका कयौं नेताभन्दा देशलाई बढी चाहिने नेता हुन् । अहिले देशमा आएको परिवर्तनका लागि उनले गरेको योगदान र निर्णायक भूमिकालाई यति चाडैं भुल्ने चेष्टा गर्नु उनीप्रति गरिएको अन्याय नै हो । कुनैदिन इतिहासले उनको समग्र जीवनकै तटस्थ मूल्यांकन पक्कै गर्ला नै ।

मुख्यतः अग्रगमन हार्दै जानु र प्रतिगमन हावी हुँदै जानुको नियति एक व्यक्तिले मात्रै होईन, सिङ्गै देश र सारा जनताले क्रमश: भोग्दै जानुपर्ने हुन्छ । सवाल केवल परिस्थितिको हो, अरु त समयले छर्लङ्ग पार्दै जाने निश्चित छ ।
8th June, 2020 

एमसिसी सम्बन्धि

- राष्ट्रिय स्वाधीनतासँग जोडिएर जनस्तरमै गम्भीर प्रश्नहरु उठिसकेपछि सम्बन्धित व्यक्तिहरुले आशंकालाई प्रष्ट पार्ने र छलफल गरेर विवादलाई साम्य पार्नुनुपर्नेमा उल्टै संसदबाट पारित गर्न हतारो गर्नुले नियतमा केही खोट छ कि भन्ने आशंका गर्न सकिन्छ । 
- एमसिसिलाई जसरी पनि पास गर्नुपर्छ भन्नेहरु नै कतिपय बुदामा रहेका शब्दप्रति विश्वस्त रहेनछन् जुन आफैंले स्वीकार्छन् । बिरोध गर्नेहरुको माग भनेकै सम्झौतामा जति पनि अमुर्त कुराहरु छन्, स्पष्टसँग ब्याख्या गरिनुपर्छ भन्ने छ । केही बुदाहरु संशोधन नभएसम्म जनता सजिलै आश्वस्त हुने आधार पनि देखिदैन । यहि अवस्थामा जनता खारेजीकै पक्षमा देखिन्छन् । कसैले भिख दिए पनि त लिन्न भन्न मिल्छ भने संसदले त झन् जनभावना प्रष्ट रूपमा बोल्नुपर्छ ।
- राष्ट्रघाटी महाकाली सन्धी गर्न मुख्य भूमिका खेलेकाहरु नै एमसिसी पारित गर्न लागिपरेको देखेर धेरैजसोलाई अझै बदी ससंकित बनाएको छ । यता शेर बहादुर र केपीले छिटो पास गरौ भन्ने उता अमेरिकाले नेपाल चिनको प्रभावमा पर्नुहुन्न, सहयोग नलिइ हुन्न भन्ने आशय प्रकट गर्नुले धेरैको मनमा चिसो पसेकोछ ।
- राष्ट्रियता र दीर्घकालीन असर पर्ने सवालमा एकाध राजनैतिक पार्टी वा व्यक्तिको चाहनालाई प्रमुख मानेर स्वेच्छाचारी र हुकुमी निर्णय गर्न खोज्नु सर्वथा गलत छ ।
- बिदेशी सहयोग लिनुपर्छ तर दाताले अशल भावनाका साथ दिएको हुनुपर्छ । हामीलाई आबश्यक परेकोछ भन्दैमा जस्तोसुकै शर्त स्विकारेर भए पनि लिनैपर्छ भन्ने बाल हठ राख्नु बेठीक छ । केही रकमका लागि देश नै बन्दकी राख्न कुनै पनि नागरिक तयार हुँदैन ।
- यत्तिको इच्छाशक्ति र प्रतिबद्धता त बरु आफैंले देश बनाउनमा प्रयोग गरेको भए देश उहिल्यै बन्थ्यो होला, देशभर जयजयकार पनि हुनेथ्यो ।
- आफैं चाहिँ केही नगर्ने, सधैं अरुको मात्रै आश गरिरहने परनिर्भर मानसिकता नत्यागेसम्म मुलुक समृद्ध पार्ने जतिसुकै भाषण र जति वटा सम्झौता गरे पनि त्यो फगत भ्रमजाल मात्रै हुनेछ ।
- हाम्रो खोपडीमा लागेको बिर्को खोल्न दिला भैसकेको छ । अब चाहिँ जतिसक्दो चाडो विवेकको दकनी खोल्ने प्रण गरौं । 

प्रतिनिधि सभाबाट जसरी संविधान संसोधन विधेयक सर्वसम्मतिले पारित गरेको ऐतिहासिक दिनमा सम्पूर्ण नेपालीलाई गौरवान्वित महशुस भएको थियो । सांसदहरू संसदमा बोलिरहदा हामीलाई कुन नेता कुन पार्टीको भन्ने हेक्का समेत भएन । सबै हाम्रै हुन् भन्ने भावना जागृत भएको थियो । सांसदहरूको बोलीमा जस्तै व्यबहारमा पनि एकरुपता र इमानदारीता कायम रहोस् । जनताले सधैं दृढतापूर्वक साथ दिनेछन् । 
हाम्रो भूमी फिर्ता ल्याउन जनताहरु एकजुट र एकमत भएर बल सुन्दर दंगले सटिक पास मिलाई दिएका छन् । अब सरकारले गोलपोष्टमा चाडै कुटनैतिक बल प्रहार गरेको र गोल भएको हेर्न चाहन्छन् । एमसिसीका सन्दर्भमा पनि त्यस्तै राष्ट्रिय एकता झल्कियोस् । 

सबै नेपाली आशावादी छौं । 
19th June, 2020 

Thursday, July 26, 2018

स्वास्थ्य क्षेत्र सुधार र डा. केसीको अनसन

प्रो. डा. गोबिन्द केसी समग्र स्वास्थ्य क्षेत्र सुधारका मागहरु राखेर विकट जिल्ला जुम्ला पुगेर सुरु गरेको आमरण अनसन आज २७औ दिन गम्भिर स्वास्थ्यस्थितीका वावजुद राजधानीमा चलिरहेको छ । उहाँको मागहरु नयाँ होइनन् तथापी यो उहाँको १५औ अनसन हो । अघिल्ला पटकका अनसनहरु तोडाउदा हरेक सरकारले उहाँसँग केही न केही सम्झौता पत्रमा हस्ताक्षर गर्छ तर सहमति कार्यन्वयनमा जाँगर देखाउदैनन् । त्यसैको फलस्वरुप एक पछी अर्को अनसनको सिलासिला दोहोरिइरहेकोछ । 

डा. गोबिन्द केसीलाई नेपालमा अहिले नसुन्ने र नचिन्ने नेपाली विरलै होलान् । मैले पनि टिभी र पत्रपत्रीकामा नै देखेको थिएँ । आँफै पनि चिकित्सा पेशामा आवद्ध भएकाले उहाँलाई मैले एक आदर्श अग्रजको रुपमा लिन्छु । अझ त्योभन्दा बदी चाँही एक इमान्दार पेशाकर्मी, त्यागी, निडर र निष्ठावान व्यक्तिको रुपमा बुझ्छु । उहाँले अपनाउने सरल र सादगी जीवनशैली देखेर अनौठो मान्छु । उहाँले उठाउने आम मानिसका मुद्धाहरु मेरै आवाज जस्तो लागेर होला, मलाई छुन्छन् तसर्थ म ऐक्यवद्धता जनाइदिन्छु पनि । उहाँलाई प्रत्यक्ष देख्न पाएको चाँही २०७१ साल श्रावनमा हो । सिन्धुपाल्चोकको जुरे पहिरोले गर्दा सयौ मान्छे पुरिएका थिए, केही घाइते भएका थिए । त्यहाँ पुरिएका लाशहरु गन्हाएर महामारी फैलिन शुरु भएकाले त्यसको नियन्त्रण गरिनु अत्यावश्यक थियो अन्यथा, घरवारविहिन भएर विपतको सामना गरिरहेकाहरु फेरी अर्को विकराल स्वास्थ्य समस्याले आहत हुनुपर्नेथियो । हामी केही चिकित्सक पनि  SSRDC को संयोजनमा स्वयमसेवी वनेर गएका थियौ । हामी त्यहाँ पुग्दा टन्टलापुर घाम लागेकोथियो । मुख्य सडकभन्दा अलिकती माथि एउटा टिनको टहरामुनी कुममा राखेको रुमालले असिनपसिन अनुहार पुछ्दै एकजना अधवैंशे चिकित्सक विरामी जाँचिरहनु भएको देखें । उहाँलाई चिन्न कठिन भएन । उहाँ अरु कोही नभएर डा. गोविन्द केसी हुनुहुन्थ्यो । उहाँलाई नजिकै गएर नमस्ते सर भन्यौ । उहाँले नमस्ते मात्र फर्काएर पुन: विरामीलाई चेक गर्न थाल्नुभयो । उहाँसँगको प्रत्यक्ष भेट र कुराकानी त्यही नै हो । हाम्रो पेशागत सम्बन्ध वाहेक उहाँलाई म राम्ररी चिन्छु तर उहाँले मलाई चिन्नुहुन्न । तर पनि उहाँले उठाएका विषयहरुमा मेरा थुप्रै आफ्ना भनिनेहरुका विमतिका वावजुद पनि मेरो समर्थन रहिरह्यो । जहिलेसम्म मलाई उहाँप्रति मेरो अन्तर्मनबाट विश्वास लागिरहन्छ, समर्थन जारी नै रहनेछ ।                

अहिले स्वास्थ्य क्षेत्रमा मात्रै चरम बेथितिका चाङ् लागेको पक्कै होइन । सबै क्षेत्रमा विक्रिती र विसंगतिले नराम्ररी जरो गाडेकोछ जसलाई सजिलै उखेलेर फाल्ने हिम्मत जो कसैमा हुँदैन । आफैले दैनिक भोगिरहेको गन्जागोल प्रणालीप्रति जती नै असन्टुष्त भए पनि डटेर लड्नसक्ने इच्छाशक्ति र हिम्मत कमैसँग हुन्छ । केही दिनलाई निराश भएर मौन रहनु वा आफ्नो कुण्ठित मनस्थितीलाई भावावेसमा अभिव्यक्त गर्नुवाहेक यसको अन्त्य गर्ने वारे खासै सोच्दैनौ किनभने यो प्रब्रितिलाई वदल्न सक्दैनौ भन्नेमा हामी एकदम विश्वस्त छौ । यसै गरी सबैको दैनिकीले निरन्तरता पाइरहन्छ र यो क्रम सवै क्षेत्र र सवै तहमा चलिरहन्छ । यसैको प्रतिफल केही सीमित ब्यक्तिहरु मनोमानी रजाई गरिरहन्छन् भने अधिकांशलाई चित्त नबुझे पनि आफ्नो कुरा सुनुवाई हुनेमा कुनै कल्पनासम्म पनि गर्न सक्दैनौ । यही मानसिकता र यस्तै भिडभन्दा अलि भिन्नै सोंच राख्ने डा. गोविन्द केसी स्वास्थ्य क्षेत्रमा हुनुहुन्छ, यस क्षेत्रका लागि निकै गर्वको विषय हो । आफुलाई लागेको सत्य स्थापित गर्न सवैका लागि नखाइ नपिइ मृत्‍युवरण गर्ने आँट गर्नु मामुली आत्माले आक्नै सक्दैन । स्वास्थ्य क्षेत्रमै पनि डा. केसी जस्तै स्वच्छ छवी भएका व्यक्ति खोजेर गन्नुपर्दा आफ्नै हातका औंलाहरु पनि बदी हुन्छन्, अन्य क्षेत्रमा पुग्लान् कि!? त्यो अर्कै कुरा ।    

नेपालको संबिधानमै समाजवादउन्मुख राज्य निर्माणको व्यवस्था गरिएकोछ भने वाम गठबन्धनले पनि निर्वाचनताका त्यस्तै नीतिको बहुतै वकालत गरेकोथियो । सरकारद्वारा आँफै गठन गरिएको विज्ञहरु सम्मिलित अधिकारिक माथेमा आयोगको तथ्यगत अध्ययन र त्यसको निश्कर्ष अथवा खास मर्मलाई कुल्चेर अझ भनौ सरकारले नै लिएको अध्यादेशका बिपरित गएर केही व्यक्तिका धनको सुरुक्षार्थ गलत नियतका साथ संसदमा विधेयक प्रस्तुत गर्न खोज्नु जनता र आयोगप्रतिकै अपमान हो । निर्वाचन पश्चात अव देशमा केही हुन्छ कि भन्ने झिनो आशा सवैको मनमा पलाएको थियो । राजनीतिक उतारचदावले दिक्क भएर जनादेश मार्फत् देशले अब कोल्टे फेरोस् भन्ने अभिमत दिएको पनि हो । धेरैलाई लागेथ्यो, शिक्षा र स्वास्थ्यका कुराहरु स्वत: सरकारले हरेक नागरिकको पहुँचमा पुर्याउदै लानेछ तर अझै पनि त्यसो हुने संकेत देखिएन । सरकार फेरियो, विचार फेरिएनछ । एकजना व्यक्तिले वारम्बार भोकभोकै वसेर विनम्र आग्रह गर्दा पनि यती निर्मम दंगले जाइलाग्नुले सामन्ती र निरंकुश शैलीको झल्को दिलाएकोछ । डा. केसीको मागहरु अहिले वेवास्ता गर्दैमा यत्तिकै सेलाउने खालका नै होइनन् । वरु जती दिलो हुन्छ त्यत्ती समर्थन जुट्दै जानसक्छ । यस प्रकारको चरित्रले त न आँफैले लेखेको संबिधानको सम्मान र पालना गरेको पुष्टि हुन्छ न त निर्वाचनको घोषणापत्रप्रति इमान्दारिता नै देखाउछ । अहिलेको सरकार दुई तिहाइको दम्भले नागरिकप्रति गैरजिम्मेवार र नैतीक रुपमा स्खलित हुने आत्मघाती बाटोमा अग्रसर भईरहेको भाण परीरहेकोछ । चुनावको घोषणा पत्रमा व्रिद्द भत्ता वदाईदिने लोभ देखाएर बुदाबुदिलाई भोट् माग्ने, वाइफाइ फ्री गरिदिन्छौ भन्दै युवालाई लोभ्याउने जस्ता लोकप्रिय भाषण गर्न सजिलो त थियो तर ति जेष्ठ नागरिकहरुको दुखेको मन र युवाहरुमा आउनसक्ने निराशालाई नजर अन्दाज गरिनु राजनैतिक अपरिपक्कता हो । डाँडा माथिका घाम भइसकेकाले विश्वास गरेर भोट् त दिए तर आश्वासन दिएको भत्ता बुझ्नै नपाई कतिले त यत्तिकै प्राण त्याग्ने होलान् । केवलकार र राष्ट्रिय ध्वजावाबहक पानीजहाजका रङिन सपना देखाएर सरकार आँफै राजधानीकै सडकका खाल्डाखुल्डीमा जमेका पानीमा डुविरहनु र उत्रिन नसक्नु जत्तिको निर्लज्जता हामी नेपालीको लागि अरु के हुन सक्ला र!?   

नेपालमा बिगतदेखी नै सत्ताको आडमा सिमीत ब्यक्तिहरुले बिभिन्न तरिका अपनाउदै आफ्नो स्वार्थ पुर्ती गर्दै आइरहेको घाम जत्तिकै छर्लङ छ । सरकार जनताको हितमा नभइ तिनै स्वार्थीहरुको झुण्डकै फाईदाको लागि कृयाशिल रहनु खेदजनक छ । पञ्चायतकाल, प्रजातन्त्र र गणतन्त्रमा पनि उही नियती दोहोरिरहनु नेपाल र नेपालीका लागि अत्यन्तै दुर्भाग्यपूर्ण छ । राजनीतिज्ञले जनतालाई सधैं सत्तामा पुग्ने भर्र्याङ् मात्रै वनाइरहने तर जनताले चाँही सधैं आँखा चिम्लिएर विश्वाश गरिरहनु नै महाभूल हो । यो बलियो सरकारलाई आफ्नो आसेपासेको बिपक्षमा गएर देशको हितमा निर्णय गर्ने अवसर छ । प्रधानमन्त्री ज्यू! पुरानो प्रचलनलाई तोडिदिने यो मौकालाई नचुकाउनुस् । म जस्ता सर्वसाधारणले बोले त वाइलो पनि हुन्छ, तपाईंको हनुमाने कार्यकर्ताका नजरमा छुच्चो पनि वनिन्छ तर देश र जनताप्रति इमान्दार रहेर आफ्नो कर्तव्य निभाउनुहोस् । बाम गठबन्धनले भोट पाउनलाई जे जस्तो लोकप्रिय नाराहरु लगाएको थियो ति प्रतिबद्धतालाई एकएक पुरा गर्दै जाने हतारो देखाउनुस् । देशको भलो हुने काम मात्र गर्नुस्, सुस्वास्थ्यको आशिर्वाद र मुक्तकन्ठले प्रशंसा पाउनुहुनेछ । सरकारको जयजयकार सर्वत्र सुन्न पाउँ । मेरो मनकामना पनि त्यही नै छ । 

विगतमा खुल्ला वा उदार भनिने अर्थनितीलाई छाडा छाडिएकै कारणले वा राज्यले नियमन गर्न नसकेकै कारणले देश धराशायी वन्न पुगेको विदितै छ । तर अब सिमीत ब्यापारीको धनलाई संरक्षण गर्नकै लागि गरिने यस्तो कुकर्मलाई कमलो मन गरेर मन्जुरिनामा दिनुहुन्न । राज्यमा हुने गरिने सम्पूर्ण कृयाकलापलाई राज्य नियन्त्रित बनाउन जोड गरिनुपर्छ । स्वदेशी होउन् वा विदेशी, निजी नाफा मात्रै हेर्ने लगानीकर्ताहरुलाई निरुत्साहित गरेर राज्य स्वयमले नेत्रित्व गर्ने वा सहभागि भएर सामाजिक न्याय सहितको सम्रिद्धी दिनसक्ने आधारहरुको खोजी गरिनुपर्छ र सो यात्रा तय गर्नका लागि साथ दिनसक्ने लगानीकर्ताहरुलाई मात्र प्रोत्साहित गरिनुपर्छ । आन्तरिक स्रोत साधनको जगमा उभिएको स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रलाई वदवा दिदै जानुको विकल्प छैन । अव चाँही चेत्नैपर्छ, नत्र हाम्रो हालत नाकाबन्दीको भन्दा पनि अझै वर्बाद हुनेवाला छ । भुकम्पले भयावह स्थितीको सिर्जना गरिदिदा निजी कम्पनिहरुले मुठ्ठि फुकाउन कती कन्जुस्याइ गरेका थिए, राज्य आँफै परिचालित हुन कती अप्ठ्यारोको सामना गर्नुपरेको थियो भनेर यती चाडै बिर्सिनु नपर्ने हो । राज्यले आफ्नो मुख्य जिम्मेवारी बुझेर, मुल समस्याको पहिचान गर्दै समाधानसहित् जनमुखी निती र कार्यक्रममा दक्षता प्रदर्शन गर्नैपर्छ । संसारभरीकै प्रचलन अनुसार शिक्षा र स्वास्थ्य हरेक नागरिकको मौलिक हक हुन् । हाम्रै संबिधानमा पनि उल्लेख गरिएकैछ । सरकारले आँफै दायित्ववोध गरेर पहलकदमी लिनु पर्नेमा कसैले झकझकाउदा समेत उल्टै वेवास्ता गरिनु, वल प्रयोग गरिनुले सरकार गन्तव्यहिन र उद्देश्यहिन गतिमा बदिरहेको अनायाश महशुस हुन थालेकोछ । माफियाले मन्त्रीलाई मतियार बनाउने र प्रधानमन्त्री मतियारको नाइके जस्तै शंकास्पद हाउभाउ देखाउनुले शक्तिशाली सरकारको लाचारिपन नराम्ररी नै उजागर गरिदिएकोछ । हामी चाँही अचम्मित भएर ट्वाल्ल हेरेको हेरेइ भएका छौ । 

शान्ति र सुशासन कायम गर्न, बिकास र सम्रिद्धी दिन तथा जसले जे गर्दा पनि हुन्छ भन्ने अराजक मानसिकतालाई ठेगाना लगाउनलाई सकारात्मक मनले कहिलेकाही अनुशासित अधिनायकवादको विकल्प सोच्ने गर्थे । त्यसो हुँदा पो देशले कोल्टे फेर्छ कि भन्ने झिनो आशा थियो तर अहिलेसम्म दुई तिहाइको कम्युनिष्ट सरकारको छनक हेर्दा केवल शक्तिको दुरुपयोग पो हुनेरहेछ भन्ने आशंका जन्माइदिएकोछ । चिकित्सकले हस्पिटल बन्द गर्नु 'इथिक्स' विपरित छ । अस्पतालमा जागिर खाने तर बिरामी नहेर्ने पेशागत र मानवीय धर्मको खिलाफमा छ । शान्तिपूर्ण आन्दोलनका बहानामा मन्त्रीका गाडीमा तोडफोड गर्ने अराजक प्रव्रितीले लोकतन्त्रको उपहास गरेकोछ । हजारौको वलिदान गरेर आएको गणतन्त्रलाई केरा गणतन्त्र भनेर खिल्ली उडाइउनु अत्यन्तै निन्दनीय छ । तर, सवैको मुखमा वुझो लाउने गरी काम गरेर देखाइदिनुहोला भनेको त आफ्नो देशका नागरिक आवाज नसुन्ने, अस्पतालभित्र पसेर बर्बर दमन गर्ने, विरोध प्रदर्शन गर्दा जथाभावी अश्रुग्यास प्रहार गर्ने, झारा टार्नलाई र अरुको आँखामा छारो हाल्नलाई मात्रै वार्ता टोली गठन गर्ने, देशकै अभिभावक भएर उल्टै कुरिकुरी गर्ने, धम्की दिने जस्ता सरकारको जुन रवैया छ, यो चाँही कसरी सहि हुनसक्छ? आँफैले लोकतान्त्रिक व्यबहार प्रदर्शन गर्दै उदाहरण वन्न किन सक्नुहुन्न? सरकार आफ्नो कदमप्रति आँफै विश्वस्त हुन नसक्दाकै परीणाम आज गलत गर्नेलाई कारवाही गर्न सक्दैन, सहि भनेर छाती खोलेर अगाडि बद्न पनि हच्किन्छ । सरकार कानमा तेल हालेर आनन्दले बसिरहेछ, सजिलै बुझिनसक्नुछ । यदी सरकारलाई डा. केसीको मागहरु नाजायज नै हुन् भन्ने लाग्छ र दुई तिहाइको शक्ति संसदमा देखाउनु नै छ भने बिधेयक लगेर छिनोफानो किन गर्न सक्दैन? आखिर डा. केसीले पनि लोकतन्त्रकै अभ्यास गर्नुभएको हो भने सरकारले गर्ने पनि त्यही नै हो तर कुरो विधिको मात्रै हुन्न रहेछ । मुख्य कुरा त सहि र गलत कामको हुनेरहेछ । मुखले जे भने पनि भित्रभित्रै आफुलाई दाट्नु र सत्यसँग डर मान्नु पनि चाहिने एउटा मानवीय गुण नै हो । सरकार त्यही गर्दैछ ।

डा. केसीलाई एक कर्मचारीको रुपमा मात्रै हेरेर कारवाहीको धम्की दिएर समस्याको समाधान हुँदैन । उहाँ एक कर्तव्यनिष्ठ नागरिक पनि हुनुहुन्छ र उहाँसँग आफ्नो आवाज वोल्न पाउने नागरिक अधिकार पनि सुरुक्षित छ । उहाँ धेरैका लागि निष्ठाको पर्याय र प्रतिक भईसक्नु भएकोछ । उहाँको अनसन केवल अनसन मात्रै होइन, सत्याग्रह हो । उहाँले आफ्नो व्यक्तिगत फाईदाका लागि नभइ आम मान्छेको माग उठाउनु भएकोछ तसर्थ डा. केसी बाँचिरहे पनि वा मरेर गए पनि उहाँले उठाएका कुराहरु एक न एक दिन त पक्कै लागु नगरि सुखै छैन । वरु दुई तिहाइ भोटरले आस्था राख्ने पार्टीको सिद्धान्त र व्यबहार यहाँ कहाँनिर कसरी पो मेल खाइरहेछ र!? नि:शुल्क स्वास्थ्य सेवा र शिक्षालाई मौलिक हक नमान्ने नै हो भने पहिले दुई तिहाईकै वलमा संबिधानमै संसोधन गर्नसक्नुपर्छ, आफ्नो पार्टीकै  बिधानलाई पनि सच्च्याइदिनुपर्छ अनि त्यसैलाई जनताकोमा लगेर चुनाव जितेर देखाउने साहस पनि गर्नुपर्छ । पूर्वएमालेका केही व्यापारी नेता र पूर्वमाओवादीका केही कार्यकर्ताको स्वार्थ पुर्तिकै लागि आम जनताको अधिकार हनन गर्ने दुस्प्रयास गरिनु जनअभिमतको घोर उन्लंघन हो । अहिले कार्यकर्ताहरु आफ्नो नेतालाई खुशी पार्न जतीसुकै कुतर्क गरेर उफ्रिए पनि भोली भिक्टिम् हुने त पक्कै नेकपाका कार्यकर्ता पनि त हुन् । अव पनि राज्यको गलत निती र नेत्रित्वको अक्षमताले गरीबहरु सहज उपचार नपाई तड्पिदै मर्नुपर्यो भने र गरीबका छोराछोरीहरु योग्य हुँदाहुँदै पनि मेडिकल शिक्षा पढ्न पाएनन् भने भूपू एमालेलाई पाप लाग्नेछ, भुपू माओवादीलाई त झनै महापाप लाग्नेछ । समाजवादको मिठा सपना बाड्ने भूपू एमाले अपराधी ठहरिनेछ भने साम्यवादी व्यबस्थाका लागि युद्ध नै लडेर समानताको ललिपप देखाइ सत्र हजारको रगतको आहालमा सुर्यमुखी पुष्पक विमान र पानी जहाज चद्न हतारिने भूपू माओवादी कमरेडहरु त झनै महाअपराधी ठहरिनेछन् । ईतिहासकै बलियो कम्युनिष्ट सरकार रातो झण्डाको पखेट्टा लगाएर उड्दा उड्दै कतै कुहिरोको काग झै आँफै नअल्मलियोस् । यदी यसो भैदिएमा जनमतप्रति ठुलो घाट हुनेछ । फगत गफै गफले थिचिएका आहत मान्छेका आत्मनिर्देशित औलाले भोलिका दिनमा गर्ने कठोर फैसला असह्य हुनसक्छ, समयमै चेत खुलोस् ।

मेरो विनम्र आग्रह छ, विशेश गरी राजनैतिक दलमा आवद्ध युवाहरुलाई । कृपया, राजनीतिक दलको दलदलमा फसेर आफ्नै विवेकलाई लगाम नलाउनुस्, बुद्धिमा माथिबाट जवर्जस्ती लगाइदिएको बिर्को खोलिदिनुस् । राष्ट्रिय हितका बिषयमा पार्टी सदस्यताको सम्मान गर्दै स्वतन्त्र नागरिकको भूमिका खेल्नुस् । कुतर्क र प्रतिकृयामा मगजलाई खियानुभन्दा मुलुकको आवश्यकतालाई मध्यनजर गरेर अाफ्नो सिर्जनशील योगदान दिनुस् । भोली देशको नेत्रित्व लिने महत्वकांक्षा छ भने आज आफ्नो नेत्रित्वको चाकरी गरेर सम्भव हुँदैन । आज कोरिएको खाकाले नै भोलिको नेपालको स्वरुप निर्धारण गर्नेछ त्यसैले आफ्नो केही स्वार्थलाई ठाँटी राखेर व्यक्तिगत स्वार्थ त्याग्दै, गुण र दोषको आधारमा धारणा वनाउने र पहलकदमी लिने प्रयास गर्नु पो उचित हुन्थ्यो कि!? यतिबेला त्यत्ती कोशीस गर्न सक्यौ भने मात्रै पनि हाम्रो भावी पुस्टा, समाज र देशले पक्कै फड्को मार्नेछ । हिजो डा. केसीको मागहरु सहि लागेर समर्थन गर्ने तर आज तिनै मागहरु गलत लागेर बिरोध गरिनु दु:खद छ । विरोधका लागि विरोध गर्ने र प्रतिशोध साध्ने राजनैतिक संस्कारको अन्त्य गर्न जरुरी छ । डा. केसीले सधैं सरकारको अशल प्रतिपक्षीको भूमिका र नागरिक आवाज बोल्ने हिम्मत गर्नुभएकोछ, एक पटक शान्त मनले घोट्लिएर सोचौ । यसलाई विभिन्न वहानामा राजनैतिक रङ दिइनु रतन्धो लाग्नुको लक्षण सिवाय अरु केही होइन । जो सरकारमा हुन्छ उसले प्रतिपक्षीको गोटी ठान्ने अनि जो प्रतिपक्षमा हुन्छ उसले आफ्नै मान्ने परम्पराको अनुसरण गरिनु राजनैतिक इमान्दारिता हुनैसक्दैन । कतिपयले डा. केसीको माग बदी भयो पनि भन्लान् तर, म मनुवा अली अवुझ छु । मलाई त डा. केसीले उठान गरेका कुराहरु थोरै लाग्छन्, अझै थप्नु पर्ने धेरै कुराहरु पो देख्छु । नेपालको सुदुर पुर्व होस् वा सुदुर पश्चिम, उत्तर होस् वा दक्षिण, कोही कसैले पनि सरकारसँग नागरिक अधिकारका लागि भिख माग्दै तड्पिएको देख्नु विडम्वना हो । कसैले पनि वाध्यताले वा स्वार्थले आफुलाई लागेको गलतलाई सहि र सहिलाई गलत भनिदिनुहुन्न । सम्पूर्ण नागरिकप्रति राज्यको उत्तिकै समान जिम्मेवारी हुन्छ । कसैको बैंक खाता हेरेर वा सिंहदरवार र वालुवातारको दुरी नापेर व्यबहार र वैरभाव गरिनुहुन्न भन्ने मेरो स्प्ष्ट मान्यता छ । राजनीतिमा रहनुभएका युवा साथीहरुले भोली कस्तो नेपालको नेत्रिव गर्ने हो आँफैले निर्णय गर्ने यो नै उचित समय हो । भौतिक रुपले बिकसित, व्यबस्थित र मानसिक रुपले खुशी र अनुशासित जनताको नेता भन्ने अभिलाषा छ भने अहिले चलिरहेको परम्परालाई पछ्याउनु घातक हुनेछ । अशल ज्ञानले शिक्षित र प्रशिक्षित नेताले मात्रै भोलिको अर्को पिधिलाई हाँक्नसक्छ, भ्रमित र संचालित ब्यक्तिलाई भोलिको पुस्ताले कदापी स्विकार्नेछैन । बिहानीले दिनको संकेत गरे झै अहिलेदेखी नै युवाहरु प्रति जनताको आशा र भरोसा कायम रहोस् भन्ने मेरो व्यक्तिगत अपेक्षा छ ।

अहिलेको जुगमा कसैको अन्धभक्त भएर र अतिवादको अन्धसमर्थन गर्नुको केही अर्थ छैन । कुनै पनि जडता र कट्टरताको अन्तिम विन्दु त झनै शीघ्र पतन वा सत्यानाश नै हो । यहाँ सवैको आआफ्नै कुरा छन् । देशको आवश्यकता भन्दा पनि व्यक्तिगत इगो, हठ र स्वार्थलाई प्राथमिकता दिएर तर्क कुतर्क चलिरहेका छन् । स्वास्थ्य क्षेत्रमा अनेक विक्रिती मौलाउदै गएका छन्, ति अधिकांश निजी व्यापरिकरणकै उपज हुन् । स्वास्थ्य क्षेत्रमा भईरहेका अत्यधिक नाफामुखी व्यापरिकरणले राज्यलाई चुनौती त दिएकैछ, निकम्मा सावित गर्दिने दिशामा अग्रसर हुँदै गईरहेकोछ । यसलाई सिण्डिकेट नै भनेर मात्रै नबुझौ, लथालिङ र भद्रगोल अवस्थालाई सुधारको प्रयत्न गरिएको भन्ने पनि त हो । हरेक कुरालाई वस्तुकरण र हरेक मुद्धालाई व्यक्तिकरण गरिदा एजेण्डा सहि हुँदाहुँदै पनि ओझेल पर्नसक्छ ।  पानीको मुल वा कुलो नै फोहोर छ भने त्यसमा जती नै सफा पानी खन्याए पनि फोहोर नै हुन्छ । यदी सफा पानी नै बगाउने हो भने हामीले जसरी हुन्छ सुरुमा मुल वा कुलो नै सफा गर्नुपर्छ । यतिबेला राज्यले वलियो निती ल्याएर स्वास्थ्य र शिक्षामा रहेको चरम निजीकरणलाई  नियमन र नियन्त्रण गरेर सफा गर्न अत्यावश्यक भईसकेकोछ । यहाँ कि त नेताले आफ्नै अनुकुल निती बनाएर व्यापार गरिरहेका छन्, कि त उनका थुप्रै आसेपासेहरुले नेतालाई रिझाएर आफ्नो दुनो सोझ्याइरहेका छन् । हरेक क्षेत्रमा हेर्यो भने सिण्डिकेट तिनैले लगाएका छन्, एकलौटि हालिमुहाली तिनिहरुकै चलिरहेको छ जो सत्ता र शक्तिसम्म पहुँच पुर्याएर अधिकारको मनपर्दी दुरुपयोग गरिरहेका छन् । वास्तवमा हरेक क्षेत्रमा तिनैले चाहे सिन्डिकेट लाग्ने गर्छ, चाहेनन् भने तोडिने गर्छ । यसम दुई मत नै छैन, व्याख्या मात्रै फरक हो । अव पनि स्वास्थ्य शिक्षालाई सहि मार्गमा ल्याउन सकिएन भने आउने दिनमा न गरीबका छोराछोरी डाक्टर वन्नेछन् न त गरिवहरुले स्वास्थ्य उपचार गर्न नै सक्नेछन् । स्वास्थ्य शिक्षा र सेवा अव तिनको पहुँचभन्दा टाढा झन् टाढा हुँदै गइरहेको यथार्थलाई भुल्नु हुँदैन ।आर्थिक रुपले निम्न मध्यम वर्गभन्दा तलका जनताले अस्पताल पुगेर उपचार गर्ने कुरा सोच्न समेत नसकिने अवस्था भैसक्यो । उनिहरु रोगले थला परेर अस्पतालमा भर्ना भैहाले पनि दैनिक साँझ बिहान थाप्लोमा थुप्रिदै जाने अस्पतालको विलहरुले थप सिकिस्त पर्दै लगिरहेको हुन्छ । यही शोकले कतिले त अस्पतालमै आत्महत्या नै गरेको दु:खद समाचारहरु वेला वेलामा पढ्नु नपरेको होइन । यही र यस्तै वास्तविकतालाई केलाएर माथेमा आयोगले तयार पारि सरकारलाई बुझाएको वैज्ञानीक प्रतिवेदन यत्तिकै रद्दीको टोकरीमा मिल्काइनुले सरकार अझै नयाँ दंगले अगाडि बद्न नसकेको स्पष्ट हुन्छ, जुन सरासर गलत छ ।

गाउँमा गाडीको बाटो खन्नुपर्दा सवैले आफ्नै घरआँगन भएर लानुपर्छ भन्छन् तर जव आफ्नो जग्गा मिचिने हुन्छ तव गाउँलेले बन्चरो र खुकुरी बोकेर ड्राइभरलाई मार्ने धम्की दिने, डोजरलाई दुंगा दुंगाले हान्ने गर्छन् । स्वास्थ्य क्षेत्रमा पनि अहिलेको अवस्था ठ्याक्कै त्यस्तै हो, सबैलाई सर्वशुलभ र भरपर्दो उपचार सेवा चाहिएकोछ तर सबैलाई वजाउनु पर्ने आआफ्नै डम्फु छ । जसरी शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा संबिधानमै ब्यबस्था गरिएकोछ, सरकारमा गएकाले त्यसैलाई हुवहु कार्यन्वयन गर्न सकेको भए त यस्तो अप्ठ्यारो र गन्जागोल परिस्थिती आउने नै थिएन । हिजोको दिनमा राज्यलाई गतिलो पिच बाटोमा हिडाउन सक्या भए आज यस्तो कच्ची बाटोमा कठिन र सकसपूर्ण यात्रा गर्नै पर्थेन । अव ढिलो नगरि टिकाउ बाटो बनाउने नै हो भने कसैको जग्गा त मिचिन्छ नै, मिच्नैपर्छ । तसर्थ, जसको अक्षमताले नितीगत पक्की मार्ग वन्न सकेन तिनिहरुकै मिचेर भए पनि दिर्घकालसम्म हिंड्न मिल्ने पक्की बाटो बनाएर पाठ सिकाउनुपर्छ । जनताका सामु सत्ता र शक्ति सर्वेसर्वा नि होइनन् रहेछ भन्ने बुझुन् । गलत गर्दा प्रतिपक्षी पार्टी त के एकै जनाको नैतीक शक्तिले पनि सवक सिकाउन काफी हुनेरैछ भन्ने ज्ञान पाउन् । केयुले उहिले नै बन्द गरिसकेको सम्बन्धन कहिले लोकमानको दवाबमा दिन वाध्य पारीने, आइओएमले अब गधालाई यो भन्दा बदी भारी नबोकाउ, बोक्नै नसक्ने अवस्था भईसक्यो भन्दाभन्दै पनि नेताको अनुचेत चलखेल् झेल्न नसकेर फेरी दवाबमै परेर ब्यापार गरिखाउ भनेर सम्बन्धन दिनैपर्ने । अगाडिको पुल मक्किएकोछ वा बाटो भट्किएकोछ भने यात्रु वोकेको गाडी ड्राइभरलाई जबर्जस्ती बद्न दवाव दिनु बुद्धिमानी हुँदैन । बाटो मर्मत नहुदासम्म गाडी पठाएर राम्रो गरे झै लागे पनि जोखिम मोल्नु यात्रुको ज्यान धरापमा पार्नु नै हो । अव चाँही कम्तिमा पनि राज्यको अपर ह्याण्ड हुनेगरी सिस्टम बसाल्नै पर्छ । यसरी नै बिस्तारै राज्यलाई जनताप्रति जिम्मेवार बनाउदै लगियो भने समाजवादको यात्रा सजिलो र गन्तव्य नजिक पनि पर्छ । अहिलेको मुख्य कुरो भनेकै सार्वजनिक स्वास्थ्य र जनमुखी नीति लागु गर्दै जाने कि नजाने भन्ने नै हो । कसैले डा. केसीको माग नबुझिकनै अन्ध समर्थन र चर्को बिरोध गर्दिहाल्ने, कसैले सरकार र संसद केही पनि होइन भन्ने मानसिकता लिएर अराजक हर्कत गर्ने, कसैले परिवर्तनलाइ नरुचाएर धमिलो पानीमा खेल्न खोज्ने, कसैले सरकारको विरुद्ध मनपरी वोलिदिने । यस्तो असभ्य र अभद्र संस्कारको अभ्यास गर्न अब पनि छाडेनौ भने यही भुमरिमा लामो समयसम्म उकुसमुकुसको अवस्थामा रुमल्लिइरहनेछौ । यो समस्याको समाधान गर्ने चाहना भए अनेक जुक्ती निकालेर छलफलबाट सजिलै सम्बोधन गर्न नसकिने हुँदै होइन । अहिलेको चरम विसंगति र बेथितीको अन्त्य गर्दै सहि ट्र्याकमा ल्याउन सवैले मन भने अलि फराकिलो पार्नैपर्छ । यसको समाधान अधिल्लो सरकारको पालमा नारायणकाजी श्रेष्ठ र गगन थापाको पहलमा जुटेको सहमतिकै वरीपरी वा अन्य बिकल्पमा बहस गरेर अर्को उपाय खोज्नै नसकिने पनि होइन । सत्ता पक्षका युवा विद्द्यार्थी संगठनहरुले जसरी सवै स्वास्थ्य संस्थालाई राष्ट्रियकरण गर्ने विज्ञप्ती निकालेका छन्, मैले व्यक्तिगत रुपमा स्वागत गर्न चाहन्छु । तर, आन्दोलनलाई काउन्टर दिन वा आफ्नो पार्टी र सरकारको रक्षा कवच वन्नलाई मात्रै हचुवामा निर्णय गरिएको हो भने यसले समाधान त के गल्तीमाथि अर्को गल्ती मात्रै थपिनेछ । यथेष्ट र ब्रिहत छलफल र अध्ययन नगरि डा. केसी आन्दोलनको राप र तापले निन्द्राबाट झस्किदै बर्बराए जस्तो गरी त फेरी अर्को दुर्घटना निम्टिन्न भन्न सकिदैन । राष्ट्रियकरण गर्नका लागि राज्यले एकै पटक आर्थिक भार ठेग्न सक्ने र जिम्मा लिएर चलाऊन सक्ने आबश्यक आधारहरु भयो भने त्यो झनै उत्तम हुनेछ । यदी राष्ट्रियकरण गर्दै जाने हो भने ५१% राज्यको हुने गरी क्रमस सवै मेडिकल कलेजलाई अर्ध निजी र अर्ध सरकारीको अवधारणामा सहकार्य गर्दै जादा पनि हुनेभयो । तर, सरकार, सम्पूर्ण लगानीकर्ता र विज्ञहरुको अनुभव, अध्ययन र अन्तर्कृयाले मात्रै एउटा ठोस वाटो तय गर्नसक्छ । कम्तिमा पनि अब कसरी दिर्घकालिन समाधान निकाल्न सकिन्छ भन्ने छलफल चाँही चलाऊदै जानुपर्छ ।

हिजोको निती नियम अनुपयुक्त सावित भैसकेपछि नयाँ बाटोको खोजी गरिनैपर्छ । हिजो जसरी चलेको थियो त्यसरी नै चल्नैपर्छ भन्ने वाध्यता छैन । हिजो कसरी चल्यो त्यो एउटा समिक्षाको पाटो होला तर अब चाँही के गर्ने वा कसरी चलाऊने भन्ने महत्वपूर्ण छ । संबिधान नै संसोधन त गर्न सकिन्छ भने तिनमा रहेका ऐन आवश्यकता अनुसार बदल्दै जानु पनि पर्छ । कम्युनिष्टहरु त अझै गतिशिलता मन पराउछन्, क्रान्तिकारी कामको पक्षमा उभिन्छन् भन्ने आम बुझाई छ तर डा. केसीको सुधारवादी मागहरु पनि सम्बोधन नगरिनु उदेकलाग्दो कुरा हो । सवैले स्विकारेकै कुरा त हो, स्वास्थ्यमा ब्यापक सुधार गर्नैपर्छ । अनगिन्ती बेथिती छन् भन्ने पनि सवैले महशुस गरेकै कुरा न हो । त्यसका लागि सरकारले समय सान्दर्भिक निती ल्याउनैपर्छ र कडाइका साथ लागु गर्नैपर्छ । यती हुँदै गर्दा सम्पूर्ण प्रशासक, व्यवस्थापक, चिकित्सकहरु, सम्बन्धित सवै व्यक्तिहरु आफु स्वयम् पनि फेरिन तयार हुनुपर्छ । स्वास्थ्य क्षेत्रमा तलदेखी माथिसम्म सल्बलाएका धमिराहरु निमिट्यान्न पार्न निती आँफैमा साध्य होइन, साधन मात्रै हो । तसर्थ, आफ्नै सोंच सुधार नगरि आचरण फेरिदैन । चिकित्सकको नैतीकतामा विश्वाश नभइ शंका भयो भने पेशाको मर्यादा पनि रहदैन । जहाँ विश्वासको खडेरी पर्छ कुनै पनि सेवाभाव पूर्ण होनसक्ने सम्भावना पनि हुँदैन । जुन विक्रिती र विसंगति अहिले हामीले भोगिरहेका छौ ।

डा. केसीको सुरुको माग स्वास्थ्य क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त पारिनु पर्ने, अनियमिता गर्नेहरुलाई कारबाही गर्नुपर्ने, मेडिकल शिक्षामा शुल्क निर्धारण गरिनुपर्ने लगायत थिए । सारमा उहाँको माग स्वास्थ्य क्षेत्रलाई सम्पूर्ण बेथितीबाट मुक्त गर्नु नै हो । राज्य नागरिकप्रति उत्तरदायी वनोस् भन्ने नै हो । यसै अन्तरालमा कहिले तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँग भिड्नुपर्यो त कहिले तत्कालिन प्रधानन्यायधिस गोपाल पराजुलीसँग । दुवै जना राज्यका महत्वपूर्ण अँगकै शक्तिशाली प्रमुख हुँदाहुँदै पनि उनिहरुले घुँडा टेक्न वाध्य हुनुपर्यो । उहाँले अहिलेसम्म जे गर्नुभएको छ, विना लोभ र लालच गर्नुभएको छ । जे आफ्नो अन्तर्मनले कहन्छ, त्यसैलाई खुरुखुरु पालना गर्नुभएको प्रतित हुन्छ । उहाँ सत्य र निष्ठाको प्रतिमुर्ती वनिसक्नुभएको छ । त्यो नै उहाँको आत्मबल र प्रमुख शक्ति पनि हो । उहाँको स्वच्छ नैतीकताले धेरैको विश्वास जित्न सफल पनि हुनुभएकोछ । उहाँ जस्तो व्यक्ति नेपालमा अरु शायदै होलान् । त्यसैले नै सरकार भयभित भएर जुम्लाबाट झुट र वल प्रयोगको सहारा लिएर काठमाडौं ल्याउन वाध्य भयो । उहाँको स्वास्थ्यस्थिती दिन प्रति दिन गम्भिर हुँदै गैरहदा पनि आँफै भने अविचलित आफ्नो अडानमा द्रिड हुनुहुन्छ । जनताप्रति सरकार वफादार हुनैपर्ने माग स्विकार्न त परै जावस् अनसनकै कारण विग्रदै गैरहेको स्वास्थ्यप्रति समेत सरकार सम्बेदनशिल हुनसकेको छैन । सरकारले डा. केसीको ज्यानलाई ‘न रहन्छ बाँस, न बज्छ वाँसुरी’को नजरले वेवास्ता गरिरहेकोछ । मार्सी चामलको भातसँग अरु जे सुकै भोग गरे पनि डा. केसीको प्राण चाँही नखाइदिए हुन्थ्यो । मार्सी खाएको ताकतले सत्य र निष्ठाको प्राण पनि सजिलै पचाउन सकिन्छ भन्ने भ्रम पालेको भए चाडै भ्रम दूर गराउनुमै फाईदा छ । डा. केसीको जीवन हरण गरेर समाजवादी सरकारको आयु थपिने पनि होइन । जसरी हुन्छ डा. केसीको स्वास्थ्य थप जोखिममा पर्नबाट जोगाउन तथा मागहरु सम्बोधन गर्न सरकारले छिटोभन्दा छिटो गम्भिर भएर प्रयत्न गरोस् । सरकारसँग माग राखेर अनसन बस्दाबस्दै नागरिकको मृत्यु भएमा सरकारको निधारमा कहिल्यै नमेटिने गरी कलंकित दाग लाग्नेछ जुन टिका लाउने मुर्खता सरकारले शायद गर्नेछैन । निकट भविश्यमा हामीले केपी ओली जस्तो प्रधानमन्त्री देशले एकैजना मात्र पावस्, गोविन्द के.सी. जस्तो पागल चाँही अरु सयौ पावस् भन्ने सुन्नु पर्ने छैन । तसर्थ, प्रधानमन्त्रीले नै सक्दो छिटो निकासका लागि तदारुकताका साथ पहल गर्नुहुनेछ भन्ने आशा छ ।
         
सवैले इमान्दरिपुर्वक आआफ्नो कर्तव्य निर्वाह गरौ । हामी जो हौ, त्यही धर्म निभाऔ । चाहे जनता हौ वा सरकार ।  
मेरो ब्रम्ह र मेरो चेतले बुझे अनुसार म यही भन्छु । अहिलेलाई यत्ति नै ।

२०७५ श्रावन १० गत्ते

Tuesday, November 8, 2011

तेस्रो आँखा

पुष्पकमल दाहालले कार्तिक १५ गत्ते पुन: एउटा सम्झौतामा हस्ताक्षर गरेर नेपाली राजनीतिको केन्द्र बिन्दु आफु नै रहेको जनाउ दिन सफल भए । अब सबैले के बुझ्नु पर्ने भो भने उनको पार्टीभित्र सर्वेसर्वा नेता उनी नै हुन्, न मोहन बैढ्य न त बाबुराम भट्टराई या अरु नै कोही । राष्ट्रिय राजनीतिमा पनि के पुष्टि गरिदिए भने सुशील कोइराला र झलनाथ खनाल शान्ति प्रकृया र संबिधान निर्माणका लागि न बाधक हुन् न त साधक नै । क. प्रचण्डसँग बिपक्षीको सर्तहरु खुरुखुरु मानिदिएर पनि सहमति गर्न सक्ने बहुरङी खुबी छ भन्ने कुरा पछिल्लो सात बुँदे सहमतिमा छर्लङ देख्न सकिन्छ ।

हाम्रो नेतागण र सभासद महोदयहरुले संबिधानसभाको समयसीमा सुरुमा २ बर्षलाई तोकेको भए पनि पटक-पटक म्याद थपेर जग हसाइरहेकै हुन् । फेरी पनि संबिधानसभाको थपिएको म्याद सकिन लागेको बेला अर्को नौटंकि रचेका त हैनन् !? भन्ने आशंका गर्ने थुप्रै ठाउँ नभएको होइन । जहिले पनि अन्तिम समयमा केही न केही बहाना बनाएर कुर्सीको लेनदेन गरिरहेकै हुन् । फेरी यस पटक पनि त्यही चालबाजी चालेका त होइनन्!? भन्न सकिदैन । हुन त जनताको आँखामा यसैगरी छारो कहिले पो हालेका थिएनन् र!? नेताले नेतालाई त सक्ने भए पो त हाल्थे र! फेरी अर्कोले चुपचाप सहिदिनु पनि त पर्‍यो नि हामी जनताले जस्तै । हालुन् के-के हाल्ने हुन्, छारो मात्र किन? दुंगा, मातो, बालुवा,.. जती अटाउछ सबै चिज हाल्दा नि हुन्छ क्या रे! हामीलाई त संबिधानसभा बिघटनको हाउगुजिले नै तर्साइरहेका हुन्, हामीलाई त सधैं संबिधानसभा प्यारो! हाम्रै अभिमत प्यारो! तर कहिलेसम्म ? प्रश्न अनुत्तरित छ ।

नेपालका राजनैतिक दलहरु प्रायजसो भित्र चाँही बैठक बसे झै गर्छन् अनी बाहिर निस्केर पत्रकारलाई जोस्सिदै भन्छन्, "आज कुनै निर्णयमा पुग्न सकिएन, आ-आफ्नो पार्टीमा छलफल गरेर भोली फेरी बैठक बस्ने सहमति गरिएको छ ।" सधैं जसो यही बनिबनाउ जवाफ दिने गर्छन्, बिना कुनै हिच्किचाहत । बिडम्बना नै मान्नु पर्छ, त्यही टपर्तुईया कुराले नै मिडियामा पनि राम्रै स्थान ओगटिरहेको हुन्छ ।

कुनै पनि बिषयमा छलफल र बहस हुनु गौण हुन्, मुख्य चाँही सहि निष्कर्ष निकाल्नु नै हो । जसोतसो कन्दै र थुस्किदै बल्लतल्ल एउटा सहमति गरे । तर उनिहरुले के महशुस गर्नुपर्नेथ्यो भने यही बिषयमा सहमति गर्नुथियो त गिरीजा प्रसाद कोइराला जीवित हुँदै गरेको भए निकै उत्तम हुनेथियो । गिरीजाबाबुले गरेको प्रस्ताब पनि यही हुबहु नहोला तर योसँग मिल्दोजुल्दो नै थियो । अहिले आएर के के न गरे जस्तो प्रचार गर्ने नेताहरुलाई त पुरुस्कार होइन सजाय दिनुपर्ने हो । अनायास मुलुकलाई स्वार्थको रण मैदान बनाएर संक्रमनकाल लम्बियो, यती लामो समय देश अनिर्णयको बन्दी भयो । जे होस् दिलै भए पनि एउटा सहमति भएकोछ तर सँगसङै यसको कार्यन्बयन गर्ने कुरामै ठुलो आशंका पनि जन्मिएको छ । नेताहरुको अतितलाई हेर्दा अलिकती पनि विश्वाश गर्न योग्य छैनन् । उनिहरुले त्यो नैतिकता गुमाइसकेका छन । तर के गर्नु!? हाम्रो देशमा पहाड फोरेर मुसा भेटिदा पनि खुशीयाली मनाउनु पर्ने हुन्छ । यिनिहरुले पटक पटक गल्ती गर्दा पनि खुल्ला दिलले काखमा अंगालिदिन्छौं । बडो अचम्म छ । हाम्रो दुर्भाग्य, हाम्रो नियती! जे भन्दा नि हुन्छ ।

अहिलेका समकालिन नेताहरुको तुलनामा क. प्रचण्ड निकै चतुर निस्किए । उनी र उनका समर्थकले यो सत्यलाई मानुन् या नमानुन्, हजारौको बलिदानीबाट निर्मित माओवादी पार्टीको जनमुक्ति सेनालाई निसस्त्रिकरण गरेर बिघटनको दिशातिर उन्मुख गराएकै हुन् । अहिलेसम्मको उनको व्यबहार हेर्दा उनी आफ्नै ईतिहासप्रति पनि इमान्दार देखिएनन् । शान्ति र संबिधान निर्माणका लागि गरिएको सहमति पत्रलाई हतारमा षड्यन्त्र नै त भन्न नमिल्ला तर उनले चलाखी चाँही अबश्य गरेकै हुन् । अहिले नै त क्यान्टोन्मेन्टभित्र बाट असहमती र बिरोधका कुनै आवाज सुनिदैन तर पनि देशले निकास पाउने आशामा मात्र मौन रहेका हुन् भन्ने बुझ्न कठिन छैन जुन बिस्तारै चर्को नहोला भन्न सकिदैन । नेपाली जनताले शान्ति र संबिधान प्रति देखाएको आतुरता, क्यान्टोन्मेन्टमा निस्सासिएका तिनै निराश जनसेना, आफ्नै बर्ग उत्थान गरेका पार्टी नेताहरुको अबसरवादी मानसिकता, अन्य संसदिय पार्टीको चाहना तथा अन्तरराष्ट्रिय समुदायलाई आश्वस्त पार्ने भित्री स्वार्थको प्रतिफल नै यो सहमति बन्न पुगेको हो । ति सबैको गठजोडलाई मिलाएर प्रचण्डले आफुलाई भावी प्रधानमन्त्री वा राष्ट्रपती बन्ने आधार तयार गरेका हुन् किन कि यो सहमति सफल भए उनी नायक कहलिने छन् भने असफल भएको खण्डमा चाँही बाबुराम भट्टराई खलनायक बन्नेछन् । क. प्रचण्ड चाँही अरुको नजरमा पानी माथिको ओभानो हुनेछन् । हामीले पछिल्लो सहमतिलाई नियालेर हेर्दा अब बन्ने सम्भावित संबिधान २०४६ सालको भन्दा केही संसोधनसहित अलिकती उन्नत बन्नेछ भने माओवादीको १० बर्षिय जनयुद्धको ईतिहास निमिट्यान्न अवस्थामा पुग्नेछ । यसको अर्थ, नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्य उपर प्रचण्ड कमरेडको सैद्धान्तिक घोर बिचलन हो भने समानताको सुनौलो दिन देख्ने सपनामा भुलाइएका कार्यकर्तामाथि गरिएको गम्भिर धोका र गद्धारी हो । हिजो आतंकलाई बिद्रोह र बिद्रोहलाई पनि आतंक भन्न सिकेका कार्यकर्ताले अब आतंक या बिद्रोह के रोज्ने हुन्, त्यसैमा शान्तिप्रकृया र संबिधान निर्माणको भबिश्य जोडिएकोछ । पुष्पकमल दाहाल र बाबुराम भट्टराई मुस्ताङ म्याक्स चदेर एक करोडको पलङमा सधैं सधैंको लागि आराम गर्न पाउनेछन् वा बाटोमै दुर्घटनामा पर्ने हुन्!? यो कुरा स्वयम उनिहरुमा पनि होइन, अब उनिहरु द्वारा प्रशिक्षित कार्यकर्ताको निर्णयमै यि सबै चिज निर्भर हुनेछ । त्यसको लागि त अबको केही दिन कुर्नै पर्ने हुन्छ ।

मलाई ब्यग्तिगत रुपमा प्रचण्डको चिन्ता छैन न त किरण, बाबुराम र बादलको नै । यो सहमति एउटा नागरिकको लागि अत्यन्तै सकारात्मक छ, सफलतापुर्बक कार्यन्बयन हुनसकेको बखत यसको महत्व अझै बदेर जानेछ । यसका हस्ताक्षरकर्ताहरुको भबिश्य पनि उज्ज्वल रहनेछ तर शान्तिप्रकृया भनेर सहमति गरिएको मुख्य अंग माओवादीका जनसेनाहरु यो खबरले उत्साहित हुनुपर्ने हो, त्यो देखिएन । कारण स्पष्ट छ, उनिहरुलाई युद्धको बेला राष्ट्रिय सेना बन्ने, अझ सेनापती, जर्णेल-कर्णेलको सपना देखाइएको थियो तर त्यो भएन । उनिहरुले बर्गीय असमानतालाई आधार मानेर सदैव मर्न र मार्न तयार रहे । आज उनिहरुको आत्मसम्मान जोगिने गरी सहमति हुनुपर्ने थियो, त्यो भयो वा भएन, उनिहरुको सपनाको सम्बोधन कती भयो भन्ने त उनिहरुले नै बुझ्ने कुरा हो । अहिले जनसेनाले शिविरको पट्यारलाग्दो जीवनबाट उन्मुक्ती पाउनु मात्र पूर्ण समाधान हो जस्तो मलाई लाग्दैन । उनिहरुको मौन समर्थनको अर्थ सहमतिको स्वागत होइन बरु शान्ती प्रकृया टुङियोस् र देशले संबिधान पावस् भन्ने कामना नै हो । उनिहरुले अनुशासितपुर्बक पालना गरेको यो सैन्य 'चेन अफ कमान्ड'लाई ठुलो त्याग नै मान्नु पर्ने हुन्छ । उनिहरु खुशी हुने गरी अर्थात सम्मानजनक तरिकाले समायोजन र सजिलो हुने गरी पुनर्स्थापना गरिनुमै देश, पार्टी, नेता र जनता सबैको लागि उचित हुनेछ ।

अर्को समस्या भनेको संबिधान निर्माणमा देखिएको अबरुद्ध प्रकृया हो । त्यसको गाँठो फुकाउने उपाय भनेको सकेसम्म सबै दलहरुको विश्वाश लिनु हो, नभए मुख्य दलहरु बिचमा सहमति गर्नु नै हो । यो यथार्थलाई अधिकांस दल र नेताहरुले बुझेकै छन् तर इमान्दारीपुर्बक पहल गरेको देखिदैन । हाम्रो सम्भिधान सभाको बैठकमा केवल २ जना सभासदले पनि संसदको महत्वपूर्ण बैठकहरु रोक्न सक्ने हैसियत राख्न सक्छ भने किरण-बादल पक्ष फुटेर या नफुटेर नै गर्ने बिरोधको सिधा असर अबश्य पनि शान्ति प्रकृया र संबिधान निर्माणमा पार्नेछ । त्यतिखेर अहिलेको सहमतिको औचित्य त्यती अर्थपूर्ण नहुन पनि सक्दछ । तसर्थ, अहिले परिस्थिती कावुभित्र रहदै नियन्त्रण गर्नतिर सोच्नु नै बदी उपयुक्त हुनेछ, न कि धेरै दिला भैसकेपछि वा चिज बिग्रिसकेपछी । एउटा सच्चा नागरिकको रुपमा म के चाहन्छु भने शान्तिको नाममा मुर्दा शान्ति र संबिधानको नाम अस्पष्ट संबिधान लेखिनु र नलेखिनुमा त्यती तात्विक फरक देख्दिनँ । अहिलेको आवश्यकता भनेको त दिर्घकालिन शान्ति, सबल संबिधान र सम्रिद्ध नेपालको परिकल्पना नै हो । तर हामी समयको बर्बादी गरिरहेका छौं, त्यो बाटोमा हिंड्न डराई रहेका छौं । शायद अझै पनि अल्मलिरहेका छौं ।

मैले यो सहमति कसरी सम्भव हुनसक्यो भन्ने त माथि नै उल्लेख गरिसकेकोछु । जनसेनाहरु क्यान्टोन्मेन्टभित्र उकुसमुकुस भएर थुनिएर बस्नुभन्दा चित्त नबुझे पनि यो सम्झौतालाई स्वागत गर्नुको अर्को बिकल्प पनि थिएन र गरे पनि । अन्यथा, संसार बदल्न गुरिल्ला बनेकाहरु बनपाले र चौकिदार बन्नकै लागि मौन समर्थन जनाउनु आश्चर्यलाग्दो छ, त्यो पनि समायोजन भएर होइन नयाँ भर्ती प्रकृया अपनाएर । मैले युद्ध नलडेको हुँला तर युद्ध देखेकोछु, युद्ध भोगेकोछु । आज क्षणिक शान्ति-शान्ति भनेर कराउनेकै कारणले भोली अर्को गृहयुद्धको आधार नबनोस् किन कि हतियार चलाऊन अब ति कसैले सिकिरहनु पर्दैन । भोली शान्तिप्रकृया चालु रहदा पनि अपेक्षित वा सन्तोषजनक हुन नसकेको खण्डमा किरण-बादलको पक्षमा लडाकुहरु उभिने सम्भावना त्यत्तिकै रहन्छ । यदी त्यो स्थिती भैदिएमा दुर्भाग्यपूर्ण हुनेछ किन कि प्रचण्ड र बाबुरामले नै पार्टीभित्र पेलेर जाने निती अख्तियार गरिरहेका छन् । र माथिल्लो स्तरका कमान्डरलाई आफु अनुकुल पार्न राजनैतिक नियुक्तिको आश्वासन बाँडिएको छ र थामथुम पारिएको छ भन्ने सुन्नमा आएकोछ । स्पष्ट शब्दमा भन्नु पर्दा प्रचण्ड आफ्नो सिद्धान्तबाट बिचलित भएकै हुन्, क्रान्तिलाई धोका दिएकै हुन् र इमान्दार कार्यकर्ताप्रति गद्धारी गरेकै हुन् । भलै, अहिले प्रचण्डलाई नेपालकै बुद्धिमान नेता मान्ने उनका समर्थकले यो कुरा स्विकार्न त के सुन्नसम्म पनि चाहने छैनन् । अरुले जे सुकै भने पनि प्रचण्ड एक सक्षम ड्राइभर अबश्य हुन् जसले चाहेको खण्डमा बाटो अनुकुल होइन आफु अनुकुल स्टेरिङ् मोड्न सक्छन्, गाडी अनुकुल होइन आफु अनुकुल गियर बदल्न सक्छन् । यो क्षमता उनिसँग छ भन्ने कुरा मान्नै पर्ने हुन्छ ।

डा. बाबुराम भट्टराई ऊहिल्यैदेखि पेलिदै आएकै हुन् । उनी शान्ति र संबिधानको एजेण्डामा निरन्तर अडिग रहेकै हुन् । अन्य प्रधानमन्त्रीको कार्यकालमा भन्दा उनको कालमा सुशासनको केही आशा पलाएकै हो । उनले आफ्नो स्वच्छ छवी कायम राखेर देशलाई शान्ति र संबिधान दिने दिशामा अग्रसर छन् । उनको तत्परतालाई हेर्दा शान्ति प्रकृया टुङिने र संबिधान पनि लेखिने प्रबल सम्भावना देखिन्छ । तर केवल औपचारिकता पुरा गर्ने खालको शान्तिप्रकृयाको अन्त्य र संबिधान घोषणाले जनताको आकांक्षा कदापी पुरा हुँदैन । कुनै पनि प्रकृयागत कुरामा पार्टीभित्र आबश्यक छलफल बिना प्रचण्डको साथ शयर हुँदै एकलब्य बन्नुको मज्जा लिनु भबिश्यका लागि त्यती फाईदाजनक छैन । बिप्पा सम्झौतामा सकारात्मक र नकारात्मक दुबै पाटा अबश्य छन् तर भ्रमणमा जानुभन्दा अगाडि अरु राजनैतिक दलहरुसँग यथेष्ट छलफल नगर्नु पनि अनौठो नै छ । किरण-बादलसँगको गठबन्धनकै जगमा टेकेर प्रधानमन्त्रीको कुर्सिमा आसिन हुन पाएका उनले त्यही पक्षलाई प्रहार गर्न प्रचण्डलाई यती सजिलै आफ्नो काँध थापिदिनुले पनि उनको नियतमाथि शंका जन्माएकोछ । उनले किरण-बादल पक्षलाई समेत समेटेर अगाडि बद्न खोजेको भए पार्टीभित्र र बाहिर पनि उनको उचाइ अझ बद्ने थियो र थुप्रै कार्कर्ताको मन र विश्वाश जित्ने सम्भावना प्रचुर थियो । तर उनले त्यो आवश्यकतालाई पुरै नकारेर सिर्फ प्रचण्डको लौरो बन्न सकेकोमा नै आफ्नो सफलता सोचिरहेका छन्, जुन प्रत्युत्बाधक हुनसक्नेछ ।

ने.क.पा. माओवादी अहिलेको यो स्थितिसम्म आउँदा प्रचण्ड र बाबुरामको जती योगदान छ, त्यत्ती नै योगदान किरण र बादलको पनि छ । शान्तिप्रकृयाका केही महत्वपूर्ण छलफल र निर्णयहरुमा उनिहरुलाई संलग्न र सन्तुष्ट पार्न नसक्नु संस्थापन पक्षको कमजोरी हो । तर उनिहरुले नेत्रित्वको केही कार्यशैलीसँग असहमत हुँदैमा सम्पूर्ण शान्ति र संबिधान निर्माण प्रकृयामै खोट देख्नु तथा सिङो प्रकृया नै अबरुद्ध पार्न खोज्नु ठुलो भुल हो । १८औ शताब्दीको कार्ल मार्क्स र १९औ शताब्दीको माओ जे डोङको बिचार चाहेरै पनि नेपालमा ठ्याक्कै लागु नहुनसक्छ । उनिहरुले समयको बास्तविकतालाई बुझेर सिर्जनात्मक कोणबाट अझ कलात्मक दंगले नेपाल र नेपालीलाई प्रगतिशील बाटोमा डोर्याउन छाडेर कम्युनिष्टको घोषणा पत्रमा उल्लेखित सिद्धान्तहरुबाट हलचल हुन नमान्नु बिडम्बना नै मान्नुपर्छ । जो कसैले पनि स्वतन्त्रतालाई अराजकता र आतंकलाई बिद्रोहको आवरण दिन नसक्ने होइन तर त्यती ठुलो त्याग गरेर पाएको उपलब्धीलाई गुमाएर फेरी शुन्यमा झर्न खोज्नु हातको चरालाई उदाएर झ्याङका चराको पछाडि कुद्नु सरह हो । आन्तरिक एकता मजबुत नहुन्जेल राष्ट्रिय सफलता असम्भवप्राय छ तसर्थ सबैले आ-आफ्नो जिम्मेवारीलाई बुझेर यथार्थलाई आत्मसात गर्न सकेमा मात्र बुद्धिमानी हुनेछ । कामना छ, देश बिकासमा कोही नछुटुन्, कोही नतुटुन् ।

अहिले दलहरु जसरी घिस्रिदै र पछरिदै यो बिन्दुमा आएर जुन सहमति गरेका छन्, यसैको जगमा टेकेर सबैलाई मान्य हुने गरी शान्ती प्रकृया टुङियोस् र संबिधान लेखिएर चाडै घोषणा भएको दिन देख्न पाइयोस् । सम्पूर्ण नेपाली जनताको आशा पनि त्यही नै हो । नेपालमा सहमति अनिबार्य छ तर सहमति नै अभिशाप बनिरहेछ । शायद सतिले सरापेको देश भनेको यही नै होला !
02 Nov, 2011