Thursday, December 31, 2009

नयाँ शुभकामना

२००९ सालको यो साँझमा यस बर्षका लागि सम्भवत: अन्तिम शब्दहरु लेख्दैछु । हरेक एक एक बर्षमा यसै गरी पुरानो बर्षलाई बिदा गर्छौ र नयाँ बर्षलाई स्वागत गर्ने गर्छौ । अर्को बर्ष यतिबेला, अहिलेको यो हाम्रो नयाँ बर्ष पुरानो अर्थात बुदो बर्ष बनेर बिदा भैरहेको हुनेछ भने हामी फेरी अर्को नयाँ बर्षलाई स्वागत गर्न निकै उत्साहका साथ यसै गरी कुरिरहेका हुँनेछौ । एउटा नयाँ बर्ष आउछ, एक बर्ष पछी पुरानो भएर जान्छ । फेरी अर्को आउछ, त्यसै गरी बित्छ, जान्छ । हामीलाई कहिले काही १२ महिना कताउन निकै हम्मे हम्मे पर्ने गर्दछ त, कहिले ३६५ दिन बितेको पत्ता नै पाउदैनौ । कसैलाई लामो कसैलाई छोटो लाग्नु स्वाभिविक पनि हो तर हामीले बुझ्नु पनि पर्छ कि त्यो हाम्रो भ्रम मात्र हो । हाम्रो भोगाईको प्रतिबिम्ब हो । समय न चाडो घुम्छ, न सुस्त सुस्त नै । समयलाई न कुनै नियमले बाधेको हुन्छ, न त कुनै बाध्यताले नै । समय आफ्नै चालमा हिडिरहन्छ, त्यसको चाल र अवधी बुझेर हामीले चल्न सक्नु नै समयको सहि उपयोग हो । यसको अर्थ नै जीवन बुझ्नु हो । समय र जीवन दुबैको महत्व बुझ्नु हो । हाम्रो एक बर्षको लेखाजोख पनि त्यसैले निर्धारण गर्ने हो ।

मलाई एक बर्षको सम्पूर्ण घटना फर्केर हेर्न मन लागेको थियो । आत्ममुल्याङ्कन गरेर प्रत्येक घटना र परिघटनालाई समिक्षा गर्ने चाहना थियो तर मेरो परीक्षा नजिकै आइसकेकाले चाहेर पनि सकिन । कुनै दिन साईत जुराएर अबश्य गर्ने नै छु । केही कुरामा आँफैलाई बदल्नु पर्ने र सुधार्नु पर्ने महशुस गरेकोछु, ति सब यही बर्षसँगै प्रयत्न गर्नेछु । केही उपलब्धी पनि छन, जसबाट प्रोत्साहन त लिने नै छु साथै निरन्तरता पनि दिने नै छु । धेरै घटनाहरु अबिस्मरनीय पनि छन, तिनिहरुलाई मैले चाहेर पनि भुल्न सक्दैन र भुल्नु पनि हुँदैन । ति चाहे दुख्ने हुन, चाहे शुभ्ने नै । तिता र मिठा क्षणहरुले नै एउता पूर्ण जीवन बनाउछन् । तिनैले नै हामीलाई नौलो र फरक दँगले बाँच्न सिकाउछन् । लर्बराएका पाइलाहरुमा द्रिद रहन आत्मबल प्रदान गर्छन् । जीवन अनुभव हो, अनुभुती हो । जीवन समय पनि हो । हामीसँग छोटो जीवन र थोरै समय मात्र हुन्छ । तसर्थ, यही थोरै समयमा धेरै गर्नका लागि समयमाथि आफुले चाहे अनुसार अधिकार जमाउनु सक्नु पर्दछ । शायद, त्यो नै प्रगती हो, साँचो खुशी हो । वास्तविक सफलता हो, अशली सुख हो ।

नयाँ बर्ष आउँदैमा कुनै असम्भवलाई सम्भव बनाउने जादु पक्कै पनि हुँदैन । नराम्रोलाई राम्रो र राम्रोलाई झनै राम्रो बनाउछ भन्ने पनि होइन । कुनै नयाँ पाइला चाल्न नयाँ बर्षको साइत कुर्नु किमार्थ सहि होइन । अशल र लगनशीललाई नयाँ शुरुवात गर्न जतिखेर पनि शुभ साइत नै हो । बरु जादुगर बन्न, आफ्नो भाग्यको पूजारी बन्न, सकरात्मक सोचको बिकास गर्न र नयाँ योजना बुन्न केही उर्जा भने अबश्य पनि पाउन सक्छौ । नयाँ बर्षको जोशले फरक उमङ ल्याइदिन्छ, फरक उत्साह थपिदिन्छ, फरक बातावरणको माहोल सिर्जना गरिदिन्छ । यसर्थ, हामी आत्मविश्वाश लिएर अगाडि बद्न आत्मबल निश्चित रुपमा पाउछौ नै । यही उपयुक्त अवसरमा सम्पूर्ण मित्रहरुको बर्ष निकै फलदायी बनोस् भन्ने मेरो हृदयदेखिको चाहना छ । स्वास्थ्यले साथ कहिल्यै नछोडोस । बिग्रिएको पाङ्रा फेरी गूड्न थालोस । गतिहिन बन्न लागेको यात्राले द्रुतगति लिवस् । नयाँ नयाँ योजना जन्मिरहुन । सधैं आशा, उमङ र खुशीले छाईरहोस् । जित, प्रगती र सफलताले अँगालिरहोस् । सोचेका सारा सपना साकार बनुन् । नयाँ बर्षको दिन मात्र नभएर पल पलमा नयाँ शुरुवातको थालनी हवस् । हाम्रो देशमा छित्तै शान्ती छावस् । चाडै सुन्दर शान्त सम्रिद्द नेपाल देख्न पाइयोस् । हाम्रो भविश्य फलोस फुलोस । नयाँ बर्ष २०१०AD को अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई मेरो यही शुभकामना छ ।
बिदा २००९ ! स्वागत २०१० !
Happy New Year 2010 !!!

Wednesday, December 30, 2009

खोज्दैछु मेरो पहिचान


उसले मेरो परिचय माग्यो
'शान्ति दूत' शानसँग भनिदिएँ,
बुद्धको देश 
आश्चर्यको कुरो !
बुद्ध त इन्डियामा पो जन्मिएका हुन रे !

मेरो बारे जान्न चाह्यो
आफ्नैपनको कलामा भनिदिएँ,
बलबाहुको देश 
अचम्मको कुरो !
बलबाहु तिब्बतको पो हुन अरे !

उसले मेरो अस्तित्व खोज्यो
उच्च शीर उठाएर भनिदिएँ,
सगरमाथाको देश 
अनौठो कुरो !
सगरमाथा चिनमा पो पर्छ रे !

उसले मेरो पहिचान सोध्यो
छात्ती फुलाइ गर्वले भनिदिएँ,
सुन्दर देश नेपाल 
असम्भव कुरो !
नेपाल त भारतमा पो पर्छ रे !

उसैले थप प्रश्न गर्यो
तर, म निरुत्तर भएँ
मेरो टाउको झुकिरह्यो
किन कि,
मैले बल्ल थाहा पाएँ
माथिल्लो छिमेकीले भित्र भित्रै षडयन्त्र गरेछ
तल्लो छिमेकीले त झन ईतिहास नै बङ्याएछ
म त अस्तित्व गुमाएको
पहिचानहिन एक बुद्दु पो भएछु ।

हो, म त झण्डैले
पृथ्बिको ग्लोबमा नअटाउने
अपूर्ण मानचित्र पो ठानिएछु 
सहि भुगोल चिन्न नसक्ने
बुझक्कड अज्ञानी पो भएछु 
आफ्नै माटो बचाउन नसक्ने
देशको सीमा पनि चिन्न नसक्ने
मृत देशभक्त पो भएछु  
मृत देशभक्त पो रहेछु । 

ग्लोब नियाल्न कहिले जान्ने हो   
भूगोल पढ्न कहिले सिक्ने हो 
माटो खोज्न कैले थाल्ने हो 
सीमा चिन्न कैले जान्ने हो  
ईतिहास बुझ्न कैले थाल्ने हो ।
हामी नेपाली भएर बाँच्ने कैले हो ? 
07 Dec,'09

Thursday, December 24, 2009

ह्याप्पी मेरी क्रिश्तमस

तातेको फलाम झै लचिलो
पाकेको फल झै रसिलो
सागर झै शान्त अटल
झरना झै सुशिल चन्चल
फैलाएर बिशाल छाती
बन्नुछ अशल नामी
सिकौ कहिल्यै नमर्ने सोची
बाँच्नुछ आजलाई मात्र साथी ।
ह्याप्पी मेरी क्रिश्तमस !!!
24 Dec,09

Tuesday, December 22, 2009

भुल्दै नभुल्नु

आशुँ देखी हतारमा बिश्वास नगर्नु
नाता भनी आफ्नोको भर नपर्नु
एकदिन जिती सधैलाई बचन नहार्नु
देउता ठानी जीवनको कसम नखानु ।

सङत भन्दै बैगुणीको साथ नलाग्नु
सज्जन पार्न पापीलाई मन नदिनु
शरण दिदै उसैको हरण नपर्नु
दया गर्न अन्जानको ब्यथा नसोध्नु ।

हारें भनी कहिल्यै हरेश नखानु
जितें भनी कसैलाई ठेस नलाउनु
बर पाउन दुङामा दान नगर्नु
नामी बन्न कसैको पाउ नमोल्नु ।

प्यास मेत्न धमिलो पानी नपिउनु
रगत देखी बिना घाउ कठै ! नभन्नु
बिचरा ! भन्दै सर्पको दाह्रा नछुनु
हरियो भन्दै बनमारा झार नरोप्नु ।

शान्ति पाउन अर्कैको सुख नछिन्नु
पशु सम्झि आत्मालाई घृणा नगर्नु
चिनजान गर्न माग्नेको समय नलिनु
झिलीमिली छिमेकीको आखाँ नहेर्नु ।

थोरै मागे धेरै दिन कन्जुस नगर्नु
चाप्लुसीले भजन गाए जालमा नफस्नु
रुप मिल्ने साथी सम्झि जम्मै मुटु नदिनु
स्वार्थीको सहारामा एकै पाईला नहिड्नु ।

ज्ञानी बन्न अज्ञानताको चाल नचाल्नु
आकाश ठाम्ने हुतित्याउको भ्रम नपाल्नु
सराप छल्न लक्ष्मणरेखा नाघ्दै ननाघ्नु
आफु हिड्ने सत्य बाटो भुल्दै नभुल्नु ।
02 Dec, 09

Friday, December 18, 2009

बिदाई ५औ ब्याच

डिसेम्बर १३ का दिन, सादे चार बर्षको पढाई पुरा गरेर नेपाल जान लागेका सिनियर '५औ' ब्याचलाई हाम्रो '६औ' ब्याचले बिदाई दिएका थियौ । बिदाई कार्यक्रम वेइफ्याङ्को एउटा तीन तारे होटेलमा दिउसो दुई बजेबाट ६ बजेसम्म आयोजना गरेका थियौ । सबै ब्यबस्थापन गर्ने देखी लिएर ब्यहोर्नु पर्ने खर्च पनि हाम्रै ब्याचका सबै साथीहरुको जिम्मामा मिलेर गरेका थियौ । मैले कार्यक्रम सन्चालन गर्नुका साथै हाम्रो ब्याचको तर्फबाट बिदाई तथा धन्यवाद ज्ञापन गर्ने मौका पाएको थिएँ । त्यही कुराहरु यहाँ पनि राखेको छु ।

सिनियर दाजुदिदिहरु,
सर्ब प्रथम त, सबैजनाले हाम्रो आग्रहलाई स्विकार्दै तोकेको मितिमा नै आ-आफ्नो समय दिएर यहाँ उपस्थिति जनाईदिनु भएकोमा हृदयदेखि नै धन्यवाद ।

आज धेरै लामो अन्तराल पछी मन्चमा उभिएको छु, त्यो पनि बिदाई गर्न । बिदाई दिदा अली दु:ख लाग्नु पर्ने हो तर मलाई अलिकती पनि दु:ख र संकोच महशुस भैरहेको छैन, न त अरु कसैको अनुहारमा नै त्यो झल्किरहेको देख्छु । बरु, म भित्रैबाट खुशी छु तर अली भाबुक छु । हामीले भुलेका छैनौ, तीन बर्ष अगाडि दिसेम्बर २५, २००६ (क्रिस्तमसको दिन) तपाईंहरुको न्यानो स्वागत पाएका थियौ । त्यतिखेर, हामीहरु एक अर्काका लागि अपरिचित थियौ । बिस्तारै घुलमिल हुँदै चिनजान गर्यौ र धेरथोर बुझ्यौ पनि । एउटै घरमा एकै परिवार भएर मिलेर बस्यौ । आज ठीक तीन बर्ष पुग्न एक हप्ता बाँकी रहदा हामीले अत्यन्तै नजिकिएर बिदाई गर्दैछौ । तीन बर्ष पक्कै पनि छोटो समय होईन तर हामीले समय बितेको पत्तै पाएनौ । तपाईंहरुले राम्रो गाइदेन्स गर्नुभयो, हामीले त्यो फलो गर्यौ । तपाईंहरुले माया गर्नुभयो, हामीले आदर गर्यौ । हामीलाई आई परेका हरेक समस्यामा सहयोग पायौ । यस्तो मौका फेरि आउला नआउला तर यि गुणहरु अबिस्मरनीय भएर हाम्रो सम्झनामा रहि रहनेछ ।

मलाई के लाग्छ भने, स्वागत र बिदाई कार्यक्रमको आयोजना गरेर औपचारिकता निभाउनु मात्र ठुलो कुरा होईन । हामीलाई गरिएको भब्य स्वागत र हामीले हाँसिखुशी गरेको बिदाईको अर्थ अबको हाम्रो सुमुधुर र गादा सम्बन्धबाट निर्धारण हुनुपर्दछ । तपाईंहरुले खुल्ला हृदयले गरेको स्वागत र हामीले सम्मानित तरिकाले दिएको बिदाईको अर्थ आउने दिनहरुमा झनै पुष्टि हुदै जानु पर्दछ । हाम्रो साईनो अहिलेको भन्दा पनि झाङिदै जानु पर्दछ र हाम्रो आत्मियताको गहिराई पनि त्यसैमा भर पर्नेछ । मैले, यो हाम्रो बिदाई सदा सदाको लागि साँच्चीकै बिदा नभै दियोस् भन्ने चाहन्छु ।

हाम्रो भेट हुनु र छुट्टीनु प्रकृतिको स्वभाविक प्रकृया हो तथा सधैं सँगै हुँदा मिल्न नसक्नु र टाढा भए पछी पछुटाउनु पनि मान्छेको स्वभाव नै हो । तीन बर्षको अवधिमा हामीबाट जान-अन्जानमा गल्ती भएको हुनसक्छ, त्यसका लागि हाम्रो ब्याचको सबै साथीहरुका तर्फबाट माफी माग्न चाहन्छु । हाम्रो कमी-कमजोरी र भुलहरुलाई बिर्सिएर मिठा मिठा रमाईला क्षणहरुलाई मात्र सम्झिदिनु हुनेछ भन्ने आशा गरेका छौ ।

मान्छेको जीवन एक निरन्तर यात्रा हो । यद्धपी, समय र आवश्यकता अनुसार फरक फरक उद्देश्य हुने गर्दछन् । तपाईंहरुले एउटा महत्वपूर्ण यात्रामा गन्तव्य चुम्न सफलता प्राप्त गर्नुभएको छ । पहिले आउने बेला थोरै ज्ञान, सानो परिधी र कम अनुभव थियो, अहिले जाने बेला ति सबै बदेका छन् । यस सुखद अबसरमा आजको कार्यक्रमलाई हामीले बधाई दिएको र अभिनन्दन गरेको पनि ठानेका छौ । एउटा उद्देश्यमा सफल हुनुको मतलब जीवनको पुरै यात्रा तुङिएको कदापी होईन । बरु यात्राको अर्को दोका खुलेको हो । भाबी दिनमा थप चुनौतिसँग जुध्ने कठिन समय आएको हो । कुनै एउटाको अन्त्य हुनु भनेको अर्कोको शुरुवात हुनु पनि हो । यसर्थ, हामी सबैले बुझ्नै पर्छ कि, आज हामीहरुले बिदाई मात्र नभएर उच्च प्रगती र सफलताको कामना गर्ने मौका पनि पाएका छौ । जीवनलाई पछ्याउनु भन्दा पनि आँफैले डोर्याउन सक्नु मुख्य कुरो हो । आफ्नो भबिश्यको साँचो आफुसँग राख्न सक्नु अर्को सक्षमता हो । हामीलाई तपाईंहरु प्रती पूर्ण विश्वाश छ कि, तपाईंहरु ति चुनौती सामना गर्न जुनसुकै कोणबाट पनि सक्षम हुनुहुन्छ । हामीले देख्न चाहन्छौ, तपाईहरुको अबिचलित पाईलाहरु नथाकेर शिखरतिर बदिरहुन् । हामीले सुन्न चाहन्छौ, तपाईहरु प्रत्येकको नाम इज्जत, प्रशँसा र प्रतिष्ठाले गुन्जिरहोस् । हामीले हेर्न चाहन्छौ, तपाईहरुको जीवनमा सधैंभरी जोश, उत्साह र उमंगले छाईरहोस् । हरेक क्षण हरेक पल कहिल्यै ननिभ्ने दियोको ज्योति धपक्क बलिरहोस् ।

हाम्रो प्रयास मात्रले आजको कार्यक्रम सफल हुन सम्भव थिएन । यसको लागि तपाईंहरुले पनि अहम भूमिका खेल्नुभएकोछ । कार्यक्रमलाई ब्यवस्थित, शान्त र सहज रुपमा सम्पन्न गर्न देखाउनु भएको सरलता र धैर्यताले हामीलाई झनै खुशी तुल्याएको छ । हामी तपाईंहरुको शालीनता एवम् भद्रपनको तारिफ र सम्मान गर्दछौ ।

अन्तमा, कुनै दिन उचित ठाउँमा फेरी हाम्रो भेट हुने नै छ भन्ने आशा राख्दै, मेरो ब्यग्तिगत र ब्याचका सम्पूर्ण साथीहरुको तर्फबाट तपाईंहरुको प्रगति र सफलताको कामना गर्न चाहन्छु । उज्ज्वल भबिश्यको पवित्र कामना गर्न चाहन्छु । सुन्दर नयाँ यात्रा थालनीमा धेरै धेरै शुभकामना दिन चाहन्छु ।
धन्यवाद ।
13 Dec, 09

Wednesday, December 16, 2009

पहिलो दिनको पहिलो च्याट

हाम्रो युनिभर्सिटी नयाँ ठाउँ फुयान्शामा सारीसके पछी रूममा नेटको सुबिधा थिएन । हिजो साँझबाट फेरी आफ्नै रूममा बसेर कम्प्युतरमा नेट चलाऊन पाउदा रमाइलो लागिरहेको छ । धेरै जना फेसबुक मित्रहरुले कता हराउनु भएको भनेर सोध्नु भयो । कसै कसैले फेरी यसरी बेपत्ता नहुन सल्लाह दिनुभयो । यस अबधीमा, संपर्कमा रहेका थुप्रै साथीहरुसँग निरन्तर संपर्कमा हुन नसक्दा अली टाढा पनि भईयो । भनेको समयमा ब्लग अपडेत गर्न, समाचार हेर्न र केही कुराहरु नेटमा खोज्न पनि अली अप्थ्यारो परिरहेको थियो । अब ति सबै समस्या नेटको आगमनमा स्वत: समाधान भएका छन ।

हिजो हाम्रो हस्पितल भिजित थियो । हस्पितलबाट पाँच बजेतिर होस्टेलमा फर्किदा नेट जोड्दै रहेछ । हामीले त आज मात्र आउछ होला भन्ने सोचिरहेका थियौ तर हिजो नै दियो । रात पर्न थालेकाले छिटो छिटो आइ.पि. एड्रेस लिएर आँफैले जोड्यौ । खाना खाएर राती एकछिन फेसबुकमा अन्लाईन बसेको थिएँ । स्कुलको सर श्याम पुन र रोल्पाली पत्रकार मनोज मगरसँग कुराकानी भयो । मनोज माओवादीहरुले भोली पाल्पामा घोषणा गर्न लागेको मगराँत स्वायत्व गणराज्य कार्यक्रमको लागि पाल्पा जानु लाग्नु भएको रहेछ । उहाँले पाल्पाबाट सिधै दाङ गएर विद्यार्थी सम्मेलनमा सहभागि जनाई रोल्पा घरसम्म नै पुग्ने योजना बनाउनु भएको रहेछ । जे होस्, उहाँले एक हप्ताको लागि काठमाडौं बाहिर बिताउने मनस्थितिका साथ आज काठमाडौं छाड्दै हुनु हुदोरहेछ ।

श्याम सरले एक महिना जती अघी "चन्द्र, म तिम्रो स्कुलको स्पोर्टस टिचर । याद छ ?" भनेर म्यासेजसँगै फेसबुकमा एड रिक्वस्ट पठाउनु भएको थियो । तर फेसबुक चलाऊन चाइनामा बन्देज गरिएकाले थाहा भएर पनि एक्सेप्त र रिप्लाई गर्न सकेको थिएन । हिजो बल्ल प्रोक्सी साईटबाट गएर उहाँको एड एक्सेप्त गरे । उहाँको पनि आज बिदा रहेछ, त्यसैले अन्लाईन आउनु भएको रहेछ । शुरुमा नै आफ्नो परिचय दिनुभयो । सम्झना छ कि छैन ? भनेर सोध्नुभयो । उहाँलाई मैले भुलिसके कि ! भन्ने लागेको रहेछ । मैले त झनै बिर्सिने कुरा नै थिएन । उहाँ आजकाल पढाउन छाडेर मकाउमा हुनु हुदोरहेछ । धेरै लामो कुरा गर्यौ, बिशेष गरी जिप्स होस्टेलमा सँगै बिताएका दिनहरुका बारे । उहाँ जिप्समा हुनेबेला स्वास्थ्य तथा शारिरिक शिक्षा पढाउनु हुन्थ्यो । उहाँ हाम्रो होस्टेल वार्डेन पनि हुनुहुन्थ्यो । उहाँले होस्टेल छाड्ने बेला मलाई निकै नरमाइलो लागेको थियो । " श्याम सर र हाम्रो भेट भईरहे पनि अब यही कोठामा यसरी कहिल्यै सँगै हुँदैनौ होला है !" होस्टेलमा उहाँको अन्तिम रात यही कुरा मैले साथीहरुसँग भनेको अझै याद छ । उहाँले हाम्रो भावना राम्ररी बुझ्न सक्नुहुन्थ्यो । उहाँले गल्ती गर्दा सजाय दिने र अशल विद्यार्थीलाई धेरै माया गर्ने गर्नुहुन्थ्यो । ६ र ७ कक्षाका दुई बर्ष एकै भान्छामा पाकेको खाने, एउटै रूममा सुत्ने, सँगै फुटबल खेल्ने गर्थ्यौ । कुरा गरुन्जेल म अझै पनि जिप्सको ६ कक्षामा नै पढिरहेको छु जस्तो लाग्यो । कृष्ण सर र धामी सरको हत्या भएको कुरा आउँदा दुबैलाई निकै भावुक बनायो । पहिले कृष्ण सरलाई भेट्ने निहुमा जिप्समा गैरहन्थे तर उहाँहरुको हत्या पश्चात बाध्यताले तीन चोटि मात्र गएकोछु । जब म जिप्सको गेट भित्रबाट छिर्छु, जताततै कृष्ण सरसँग बिताएका झल्कोहरुले पोल्न थाल्दछ । उहाँहरुसँग मेरो बालस्म्रिती जोडिएको र मेरो जीवनको केही अंश गाँसिएको हुनाले मैले चाहेर पनि बिर्सन सक्दैन । मैले उहाँहरुलाई बिर्सनु मेरो आफ्नै बाल्यकाल बिर्सनु हो र बाल्यकाल बिर्सनु आफ्नै जीवन बिर्सनु हो । उहाँहरुसँग मेरो बालस्म्रिती जोडिएको र मेरो जीवनको केही अंश गाँसिएको हुनाले मैले चाहेर पनि बिर्सन सक्दैन । उहाँले मेरी भतिजी मनिषाको बारे पनि सोध्नु भयो । मनिषा त्यतिखेर नर्सरीमा पढ्थिन् । उहाँलाई अझै पनि नाम याद रहेछ । उहाँले खुब माया गर्नुहुन्थ्यो । साँझ बिहान हातमुख धुन जाँदा आउँदा उनको हातमा समातेर अघी अघी हिंड्नु हुन्थ्यो ।

मैले स्कुलमा केही गल्ती गरेको भए माफ गर्न आग्रह गरें । उहाँले मैले कहिल्यै कुनै गल्ती नै नगरेको जवाफ फर्काउनु भयो । भबिश्यमा धेरै राम्रो गर्दै जान प्रोत्साहन दिनुभयो । मैले पनि उहाँले स्कुलमा सिकाएका साना साना लाग्ने कुराले अहिले धेरै सहयोग पुर्याइरहेको बताएँ । छुट्तिने बेलामा मलाई जती खुशी लागेको थियो, म भन्दा पनि उहाँ धेरै खुशी हुनुहुन्थ्यो । हाम्रो भेट नभएको भए पनि उहाँले हामीलाई धेरै सम्झने गरेको सुनाउनुभयो । उहाँले आजको हाम्रो भेटलाई संयोगले जुरेको भन्नुभयो तर मैले आत्मियताको लगनले जुराएको भने । १२ बजेतिर हामी फेरी कुनै दिन भेट्ने वाचा गर्दै बिदा भयौ ।

हामी लगभग २ घण्टा जती पुराना तिता मिठा तर रमाइला कुराहरु गरेर छुट्टीयौ । उहाँ जानु भयो तर मलाई आफ्नो बर्तमान स्विकार्न अली गाह्रो भयो । म भरखरसम्म त्यो चन्चले उमेरमा डुबिरहेको थिएँ । श्याम सर मेरो लागि सबै सम्झना हुनुहुन्थ्यो । मैले त्यतिखेरका सम्पूर्ण सर र म्याडमहरुलाई सम्झिएँ । प्रिन्सिपल एल.बि. सर, नवल सर, कृष्ण सर, धामी सर, डि.बि. सर, श्रिधर सर, एम.बि. सर, पुर्ण सर, लामा सर, अम्बिका म्याडम, अर्चना मिस, मोहन सर, दुर्गा सर, क्रिष्णा म्याडम, प्रदिप सर, रमन सर, पुनित सर, कैलाश सर, सन्जिव सर, मान सिंह सर, .... सम्झिएँ, राजेन्द्र दाई र लक्ष्मण दाईलाई पनि । भरत दाई, भिम दाई लगायत भान्छाका अरु दाई दिदिहरु, लक्ष्मी दिदी र अन्य आया दिदिहरु । पसलका मोटे बाजे र बज्यै । झलझली याद आयो शुरुको जिप्स । जहाँ, न ब्यबस्थित होस्टेल थियो, न बगैंचा । न किचेन थियो, न त टोइलेट । न बिदामा टि.भी. हेर्न पायौ, न समयमा खान नै । र पनि हामी सन्तुष्त थियौ, एकदम खुशी थियौ । त्यतिखेर थियो त, उजाड डाँडामा तीन तले एउटा लामो स्कुल भवन । भवन अगाडि खुल्ला चौर । हामी सबै त्यसैमा रमाई रमाई कहिले फुटबल त, कहिले क्रिकेत खेल्थ्यौ । कहिले दौड बाजी मार्थ्यौ त, कहिले लुकामारी खेल्थ्यौ । याद आए, बिहान हुस्सुका बिच मार्शल आर्ट्स सिकेका जाडो यामहरु र गर्मीमा कतुवा खोलामा नुहाएका रमाइला साँझहरु । एक एक गरी सम्झे, त्यतिखेर नर्सरी, के.जी. मा पढिरहेका भाईबहिनिहरु देखी लिएर मेरो क्लासका साथीहरु सबैलाई । हाम्रो भेट नभए पनि नजानिदो गरी हाम्रो आत्मा जिप्सले एकै मालामा ऊनिदिएको छ । हामीले जिप्सका शुरुका दिनहरु देखेका छौ, भोगेका छौ । जिप्ससँग लिनुदिनु केही नभए पनि हाम्रो नचुदिने साईनो गाँसिएको छ । मातो खनेर फुल रोपेका थियौ, साना साना रुखका बिरुवामा पानी चारेका थियौ । आज ति सबै पक्कै पनि बदेका छन । हामीले हेर्दा हेर्दै बनेका अनगिन्ती चिज छन, हामीलाई ति सबैको माया लाग्छ । यस अर्थमा, हामी जिप्सका आधार हौ । हामी जिप्सका सन्तान हौ । जिप्सलाई बामे सर्न र बोल्न सिकाउने सुशारे पनि हौ । जिप्सका अशली साक्षी पनि हौ । यसर्थ, जिप्ससँग हाम्रो अगाध माया छ । जिप्सको सम्बन्ध हामीसँग छ । हाम्रो सम्बन्ध एक अर्कासँग छ । जुन सम्बन्ध , कसैले चाहेर पनि भुल्न त्यती सजिलो छैन ।
16 Dec, 09

Saturday, December 5, 2009

एउटै जवाफ देउ मलाई

मैले धेरै आश गरे कि,
तिमीले निराश नै पार्यौ
एउटै जवाफ देउ मलाई ।

मैले बदी बिश्वास गरे कि,
तिमीले नै बिश्वास तोद्यौ
एउटै जवाफ देउ मलाई ।

मैले अर्कै सुनें कि,
तिमीले झूठो नै बोल्यौ
एउटै जवाफ देउ मलाई ।

मैले उल्तो सोचें कि,
तिमीले त्यसरी नै भन्यौ
एउटै जवाफ देउ मलाई ।

मैले चिन्न छाडें कि,
तिमीले नै भाउ खायौ
एउटै जवाफ देउ मलाई ।

मैले गल्ति गरें कि,
तिमीले नै खेल खेल्यौ
एउटै जवाफ देउ मलाई ।

मैले कम बुझें कि,
तिमीले नबुझिने नै भन्यौ
एउटै जवाफ देउ मलाई ।

मैले फरक पाएँ कि,
तिमीले नै काँचुली फेर्यौ
एउटै जवाफ देउ मलाई ।

मैले छली देखें कि,
तिमीले छल नै गर्यौ
एउटै जवाफ देउ मलाई ।

मैले टादा देखें कि,
तिमीले नै पराई देख्यौ
एउटै जवाफ देउ मलाई ।

मैले धेरै मागे कि,
तिमीले थोरै नै दियौ
एउटै जवाफ देउ मलाई ।

मलाई बदी नै दुख्यो कि,
तिमीले दुख्ने नै दियौ
एउटै जवाफ देउ मलाई ।

मैले धेरै सम्झें कि,
तिमीले चाडै नै भुल्यौ
एउटै जवाफ देउ मलाई ।

अब एउटै जवाफ देउ मलाई
आज एउटै जवाफ देउ मलाई ।
30 Nov, 09

Thursday, December 3, 2009

गाउँ बदल्छु भन्ने ऊ
आज शहर पस्यो
न्याय गर्छु भन्ने ऊ
नबोलिकन बस्यो ।

मुक्ति कि मृत्‍यु भन्ने ऊ
कायरसँग झुक्यो
सबैको लागि बोल्ने ऊ
भुस्याहा कुकुर झै भुक्यो ।

एकै बर्ग भन्ने ऊ
धनी बन्ने सोच्यो
समाज फेर्छु भन्ने ऊ
आफ्नै जीवन रोज्यो ।

अरुको लागि रुने ऊ
आज आँफैले घोच्यो
सधैं साथै भन्ने ऊ
अहिले भित्रै लुक्यो ।

स्वतन्त्रता माग्ने ऊ
छिनमै मन फेर्यो
संसार जित्छु भन्ने ऊ
आज आँफैसँग हार्यो ।

जन आस्था मान्ने ऊ
सजिलै कुर्चिमा दोग्यो
अधिकार दिन्छु भन्ने ऊ
उसैले पो खोस्यो ।
29 Nov,09