Thursday, August 27, 2009

वेइफ्याङको अन्तिम रात

आज वेइफ्याङको रात अन्तिम रात हुनेछ । तीन बर्ष अघी चाइना आए देखी यही बस्न थालेको यही घर जस्तै बनिसकेको थियो । अब हाम्रो युनिभर्सिटी यहाँबाट करिब २५ किलो मिटर पर फुयान्शा भन्ने नयाँ ठाउँमा सर्दैछ । अब फेरी कुनै नयाँ ठाउँमा जान लागेको जस्तो अनुभुती भैरहेको छ । मनमा फेरी नेपाल छाडेर चाइना आएको जस्तै लागिरहेको छ । पहिलो रात यसरी नै निदाउन गाह्रो भएको थियो, अब फेरी अन्तिम रात निदाउन झनै त्यो भन्दा अप्ठ्यारो लागिरहेको छ ।

अफिस पुरै उतै सारीसकेको छ । यहाँ हस्पितलमा प्री-इन्टर्न गरिरहेकालाई पनि अस्ति अगस्त २० तारिखमै उता अर्को बिल्डिङमा सारीसकेको छ । कोठा नम्बर पनि आइसक्यो । जीवन र मेरो २१३ रहेछ । हाम्रो ब्याचका नेपालीहरुको रुम नजिक नजिक नै परेको रहेछ । भोली बिहान ७ बजेबाट सर्न शुरु हुनेछ । त्यहा नेट पनि दिएको छैन । लो-बेड भनेको थियो, त्यो पनि हैन रहेछ । अब त पानी र बिजुलीको पनि मिटर अनुसार पैसा तिर्ने रे, जब कि होस्तेल फी भनेर एकमुस्त हामीले नयाँ सेसनको शुरुमै डलरमा तिरिसकेका हुन्छौ । खोइ के गर्न खोज्या हो अफिसले पनि । कहिल्यै पनि कुनै सहि काम गरेको जस्तो लाग्दैन । साना तिना कुरा देखी लिएर ठुलो कुराहरु पनि आफु खुशी गरिरहेको हुन्छ । कसैले भनेको सुन्न सक्दैन, न त हाम्रो भावना बुझ्न नै खोज्छ । हामीलाई यहाँ सम्म ल्याउने ईन्स्टिच्युट प्रती पनि कति आक्रोस राख्नु र ! उनिहरुले यहाँ आउँदा समेट त एकपटक एकछिन सम्म पनि हामीलाई भेत्दैनन् । उनिहरु उद्धेश्य सिर्फ पैसा कमाउनु थियो कमाइरहेका छन तर उनिहरु हामीबाट टाढा भागीरहेका छन । न त अफिससँग समन्बय गरिरहेका छन न त हामीसँग नै । बरु गल्ती भने निकै नै गर्दै गैरहेका छन । मैले कुनै दिन भेते भने उनिहरुले मेरो चरम असन्तुश्तिको सामना गर्नु पर्नेछ । उनिहरुले आफ्नो जिम्मेवारी एक प्रतिशत सम्म पनि निभाइरहेका छैनन । यस्ता दु:ख सुखका कुरा पछी कुनै दिन गरौला । आजलाई भने सामन प्याक गरेर सबै जना मिलेर बाहिर खान गएका थियौ । निकै रमाइलो भयो । थकाई पनि लागिरहेको छ । अब सुत्नु पर्ला, भोली चाडै उठेर सबै सामन ५ तला तल झार्नु छ । साथीहरुको समेट गरेर त करिब १० पटक नै तल माथि गर्नु पर्छ होला ।

अब फुयान्शा सरिसके पछी नेट हुँदैन साथै ५ तारिखबाट क्लास पनि स्टार्ट हुन्छ । फेसबुकका मित्रहरुसँग पनि निरन्तर संपर्कमा हुन सकिदैन । ब्लग अपडेत गर्न पनि मिल्दैन । बिदा सकिएर पढाई शुरु भएपछी अहिले जस्तै सजिलै फुर्सद पनि मिल्दैन । मैले यि सबै कुरामा सम्भव भएसम्म निरन्तरता दिने प्रयास गर्नेछु । मैले यसबाट हौशला र माया दुबै पाइरहेको छु । यसले मलाई सहि बाटोमा हिडिरहन र आफ्नो कर्तब्य प्रती बदी जिम्मेवार बन्न सहयोग गरिरहेका हुन्छन । यस्तो प्रोत्साहनबाट आफुलाई बन्चित गर्नु आँफै माथि नेल ठोक्नु सरह हो ।

अन्तमा, मनमा एउटै आशा र विश्वाश छ कि जसरी साथीहरुसँग वेइफ्याङमा जीवनको महत्वपूर्ण अध्ययन समय बितायौ, यसरी नै त्यहा पनि हामीले रमाइलोसँग नै ज्ञान आर्जन गर्न हाम्रो पढाई सुचारु गर्नेछौ । हाम्रो नौलो ठाउँको बसाइ नौलो अनुभव सँगाल्ने नौलो अबसर हुनेछ । हामी सबै साथी-भाइबहिनीहरु नयाँ ठाउँमा गएर ज्ञान र मित्रताको नयाँ अभ्यास गर्नेछौ । वेइफ्याङको निश्छल माया, ममता र न्यानो अँगालोको लागि ऋनी छौ । घर छाडेर धेरै टाढा आएका हामी प्रदेशिहरुलाई आफ्नै घरको बातावरण झै लाग्ने यो वेइफ्याङ छाड्नु पर्दा नरमाइलो लागि रहे पनि वेइफ्याङको असिमीत सम्झना हामीसँग हुनेछ । जुन दिन हामी वेइफ्याङ भुल्नेछौ, हामी आफ्नै जीवनको एक अती महत्वपूर्ण कालखण्ड भुल्नेछौ । त्यतिबेला वेइफ्याङले धिक्कार्ने छ, आफ्नै जीवनले धिक्कार्नेछ । आँफैले आँफैलाई धिक्कार्नु पर्नेछ । अहिलेलाई बिदा वेइफ्याङ ! धन्यवाद तिम्रो कोमल अँगालोको लागि, हाम्रो लक्ष्य र खुशीको श्रीमार्गका लागि ।
27 Aug,'09

Wednesday, August 26, 2009

बिदा Drsuchan

" 'Drsuchan' लाई बिदाइ गर्ने सोचिरहेको छु तर अन्तिम हात हल्लाउन सकिरहेको छैन । निकै प्यारो हुदो रहेछ ख्याल ख्यालमै जुरेको पहिचान पनि.. अति नै गाह्रो हुदो रहेछ एउटा नाम त्याग्न पनि.. तर पनि देखिरहेको छु त्यागी बन्ने फगत सपना.. "

'Drsuchan' भन्ने उपनाम आफ्नो प्रोफाइलबाट हताउन खोजें तर कति प्रयास गर्दा पनि मन मानेन । अनायास राखिएको नाम पनि हताउन नसकेर बेचैन भएँ । फेसबुक बनाउदा यही नाम राखेको रहेछु । थाहा थिएन, त्यसपछी नजानिदो गरी हाम्रो सामिप्यता प्रगाद भैसकेको रहेछ । अनी आफ्नो बाध्यता फेसबुकमा यसरी नै पोखिदिएँ ।

मेरो उक्त बिचार देखेर दाजुहरु राम कुमार श्रेष्ठ र के. बि. चाम्लिङ राई, दिदी रमा गौतम, मित्रहरु प्रगती राई, नरेन्द्र यादवले नाम नहताउन र कारण खुलाउन आग्रह गर्नुभयो । फेसबुक मित्रहरु अशोक पार्थिव तामाङ र देवदास पाटा मगरले पनि उहाँहरुकै कुरामा सहमति जनाउनु भयो । उहाँहरुको उत्सुकता मेत्ने अर्थ मसँग छैन, न त आग्रह पुरा गर्न सक्ने कुनै सहि उत्तर नै । उहाँहरुको जिज्ञासा शान्त पार्ने उचित शब्दहरु पनि म भेट्न सकिरहेको छैन । आफ्नै साथीहरुको पनि प्रश्न यही हुन्थ्यो । फेसबुकमा धेरै अपरिचित मित्रहरुले पनि सोध्नु हुन्थ्यो, कस्तो नाम हो यो ? अफ्रिकन लाग्ने, इतालियन जस्तो, फ्रेन्च किसिमको,.. तर मैले निरुत्तर हुनु बाहेक केही भन्न सक्दैन । बलियो अर्थ पनि केही छैन जसरी उहाँहरुले रहस्यात्मक सोच्नु भएको छ । जिस्कदै तार्दिन्छु, तर यो सानै घेरामा भए पनि मेरो सामान्य पहिचान बन्न थाले पछी चाँही म अली गम्भिर हुन थालेँ । आफ्नै युनिभर्सिटीमा पनि अब म 'Drsuchan' भनेर सम्बोधन गरिन थालेँ । त्यसैले, मैले यसलाई आफुबाट अलग बनाउनु उपयुक्त ठानेँ ।

म यही नामको प्रशंगमा आफ्नो बाल्यकाल सम्झिन्छु र एउटा 'बाल संगठन' पनि । हाम्रो गाउँ जंकोट गा. बि. स. मा जती पनि १० देखी १५ बर्ष उमेरका हामीहरुले एउटा बाल संगठन निर्माण गरेका थियौ । त्यहाँ 'तोल बाल कमिती' हुँदै प्रत्येक वडामा एउटा 'वडा बाल कमिती' हुन्थ्यो । वडा कमितीको शिर्ष संगठन 'मुल कमिती' हुन्थ्यो । मुल कमिती अर्थात गा. बि. स. को मुल बाल संगठन । मुल संगठनको काम वडा कमितीको निर्माण र सन्चालन गर्ने, चाडपर्ब अनुसार शारीरिक, सांस्कृतिक र साहित्यिक केही नयाँ प्रतिस्पर्धात्मक कार्यक्रम 'सेट' गरेर आयोजना गर्ने, गाउँमा एक्लो बुदा-बुदीहरुलाई खेतमा श्रम सहयोग गर्ने र अर्को गा. बि. स. को संगठनसँग राम्रो सम्बन्ध बिस्तार गर्ने । हाम्रो संगठनको प्रमुख उढेश्य चाँही हामी बालकहरु समाजसेवा प्रती प्रेरित हुनु तथा शारीरिक र बौदिक बिकास गर्नु थियो । हामीलाई सल्लाह र सुझाव दिने गाउँका दाइ-दिदिहरु हुनुहुन्थ्यो । बिशेष गरी तिहारमा हामीले सबै संगठन एउटै समुहमा मिसिएर देउसी-भैलो खेल्दा निकै रमाइलो हुनुका साथै पैसा पनि निकै उठाउथ्यौ । त्यही पैसाले पछी खेलकुदका सामाग्री किन्नुका साथै अत्ती गरीबहरुलाई सहयोग गर्थ्यौ । बाँकी पैसा ब्याजमा रिन दिन्थ्यौ ।

मेरो उमेर सानै भए पनि म मुल समितिको सचिव छानिएको थिएँ । खेलकुद र पढाईमा राम्रो थिएँ, तर बदी चाँही सबैले मैले भनेको नकार्न सक्दैनथिए र अरु भन्दा अली समन्वय गर्न सक्थें । त्यो हाम्रो संगठन निकै उर्बर हुँदै थियो । हाम्रो मानसिक बिकास पनि आशातित तरिकाले अघी बदिरहेको थियो तर त्यसैबेला ०५२ फाल्गुन १ गत्तेबाट माओवादी जनयुद्धको थालनी भयो । हाम्रो संगठन जस्तै अरु ठाउँका संगठनका साथीहरुलाई क्रान्तिकारी र माओवादीको संगठन भएको आरोपमा कुटपिट गर्ने र जेल लग्न थालेको कुराले हामी पनि निकै डरायौ । अन्त्यमा दाइ-दिदिहरुले आफ्नो सहि नाम नलेखेर उपनामको प्रयोग गर्न सल्लाह दिनुभयो । हामी बैठक बस्दा अब त्यसरी नै उपनाम राख्ने र त्यो नाम गोप्य राख्ने कुरामा मन्जुर भयौ । अब म 'सचिव सन्देश' भएँ ।

०५५ सालमा म पढ्न भनेर दाङ झरे । मैले अर्कैलाई जिम्मेवारी दिन अनुरोध गर्दा पनि साथीहरुले एक बर्षसम्म हताउन मानेनन् । एक बर्ष पछी भने मेरो भब्य बिदाइ भयो । सबै तोल कमितिका साथीहरु पनि आएर कलम र डायरी उपहार दिएको भर्खर जस्तो लाग्छ । ४ जना साथीहरु मिलेर बल्ल त्यो उपहारहरु बोकेर घर सम्म पुर्याएका थियौ । त्यस दिन हामी सबैजना निकै रोयौ । त्यो दिन ०५६ सालको श्रावन १६ गत्ते थियो । त्यतिन्जेल मैले दाङबाट नै भए पनि सचिव सन्देश भएर मासिक लेबी ५ रुपैया पठाइरहें । बिदाइपछी भने म सल्लाहकार भएँ । पछी सबै साथीहरु ठुलो हुँदै गएपछी कोही कता कोही कता भएर संगठनले निरन्तरता पाउन सकेन । पछाडिका भाइ-बहिनिहरु पनि अब बोर्डिङ पढ्न सदरमुकाम र शहरतिर बस्न थालेँ । त्यो हाम्रो प्यारो संगठन त्यत्तिकै हराएर गयो । सन्देश नाम पनि बिलाएर गयो । यसरी मेरो पहिलो उपनामको पनि अन्त्य भयो ।

स्कुले जीवनमा कहिले काही सन्देशको याद आउनु बाहेक कुनै उपनाम मोह बिना नै यत्तिकै बित्यो । कलेजमा आइसके पछी शुरुवाती दिनमै निबन्ध प्रतियोगिता जितें । फेरी केही लेख्ने रहर जागेर आउन थाल्यो । यसै बखत प्रिन्सिपल के. पि. सरले बोलाएर अझै चिन्तन मनन गर्दै यथार्थ लेखाइको कामना गर्नुभयो । त्यही बेलाबाट भित्र भित्रै आँफैमा 'चिन्तन मगर' ले गर्भ गर्न थाल्यो । पासपोर्ट झिकाउदा नाम चन्द्र भए पनि यही नाममा सहि भरेको रहेछु । बि.बि.सी. मा प्रतिकृया पठाउदा होस् या कुनै साइतमा आफ्नो बिचार दिदा, 'चन्द्र चिन्तन' ले नै दिएको हुन्छ । तर दुई बर्षअघी देखी फेरी अर्को नाम अनायास जुर्यो । कुनै साईटमा 'लग इन' गर्न कसैसँग नमिल्ने नामको आबस्यक पर्‍यो । साथीको सल्लाहमा त्यही दिन जुर्यो अर्को नाम सुचन 'Suchan' । उनको नाम 'सु' मेरो 'चन' अर्थात सबै शुभ नै शुभ हुने । नेपालीमा वाक्यलाई अगाडि 'सु' प्रत्यय थपियो भने यसै सुघन्ध, सुमधुर, सुमन, सुप्रिया,.. यस्तै यस्तै । सुचनलाई अझै फरक बनाउन डा. 'Dr' थप्ने सुझाव पाएँ मैले । Drsuchan भनेर फेसबुकमा पनि त्यही नाम राखेछु । फलत: थुप्रै साथीहरुको गाह्रो प्रश्नको सामना गर्नु पर्‍यो । म शब्दहिन र अनुत्तरित भएर बस्न वाध्य भएँ । कसैलाई पनि चित्त बुझ्दो जवाफ दिन सकिन । चिन्तन मगर त अहिले कतै रछ्यानमा अलपत्र परेर पल्तिरहेछ । Drsuchan ले पो ब्यर्थ पहिचान बनाइरहेछ । सबैको माया लुतिरहेछ ।

"मृत्‍यु पछी शरीर शान्तिमा मिल्छ तर नाम अनन्त कालसम्म बाँचिरहन्छ ।" हो, अहिले म बाइबलमा लेखिएको यही भनाइ सम्झिरहेको छु । हामी एकदिन अबस्य पनि मरेर जान्छौ तर केही राम्रो गर्न सक्यौ भने हामी बाँचिरहने भनेको त नाम बाट नै हो । सधैं जीबित रहन्छौ भन्नु मुर्खाइ मात्र होइन अज्ञानता र भ्रम पनि हो । त्यसैले बाँच्ने भए पनि चन्द्र बाच्छ, चन्द्रको आयु Drsuchan द्वारा खोसिनु हुँदैन । Drsuchan को बिदाइमा चन्द्रले न्याय पाउछ, चिन्तनले पुनर्जन्म पाउन सम्भव छ भने यो कदापी अन्याय हुन सक्दैन । Drsuchan को हत्या गरेको होइन मैले । कुनै एउटा प्राणी पनि मेरो कारणले मारिनु नपरोस भन्ने चाहन्छु, कसैले पनि आफ्नो अधिकारबाट बन्चित हुनु नपरोस भन्ने चाहन्छु म, त्यसैले कसैको बध गर्ने सोच्न सम्म पनि सक्दैन । यसर्थ, Drsuchan को बिदाइ गर्नु मेरो कर्तब्य हो । रामायणमा रामले प्यारो भाई लक्षमनलाई त्यागे जसरी नै एउटा पिडादायी निर्णय गरिरहेको छु मैले । खोइ कसरी यती नजिक भएछ Drsuchan । नाता गहिरो भए पनि धेरै गहिरो बन्नु अगावै बिदा भन्न चाहन्छु ।

अन्त्यमा Drsuchan कै नामबाट नेपाली प्रेसमा प्रकाशित एउटा कबिता Drsuchan लाई समर्पन गर्न चाहन्छु । यो कबिता जून १५, २००९ को Global Day of Action Against Indian Aggression in Nepal 'भारतीय बिस्तारवाद बिरुद्ध अभियान' को अबसरमा लेखिएको हो, जुन बेला माधव नेपालले प्रधानमन्त्री हुन नवलपरासीको सुस्ता र दाङको कोइलावास भारतलाई चदाएको कुरा देशभरि उठिरहेको थियो । पररास्त्रमन्त्री सुजाता कोइराला भारतीय दुतावासको ढोकामै उभिएर भारतले सिमा कहिल्यै कतै नमिचेको जानकारी पत्रकारहरुलाई दिदै थिइन । रामशरण महत अमेरिकामा 'भ्रम र सेन्टिमेन्ट'को पछाडि नलाग्न नेपालीलाई सुझाव दिदै थिए । माओवादीहरु यसैलाई तेकेर राष्ट्रियताको नारा घन्काउदै सत्ताको मियो ताक्दै थिए । एमाले प्यारालाइसिसले थला परेर न केही बोल्ने न सुन्ने अवस्थामा थियो । उपेन्द्र यादवले भारतसंगका सिमा बिबाद त्यती गम्भिर नभएको सुचना दिदै थिए । तर बिडम्बना ! सिमाका नेपालीहरु आफ्नो घरखेत लुतिएकाले आसुँ बोकेर दाङको घोराही पुगेका थिए । आफ्नो छोरी चेलीको इज्जत लुतिएका र मारिएकाले आफ्नो ज्यान बचाउनलाइ मात्र भए पनि भागेका थिए । आफु कुन देशको नागरिक खुत्याउन आफ्नो सरकार खोज्न निस्किएका थिए । यहिबेला Drsuchan ले एउटा कबिता जन्मायो । भावना र बिद्रोहमा एउटा रचना रच्यो र यसलाई फेसबुकको मेरो नोटबाट राम कुमार श्रेष्ठ दाइले Drsuchan कै नाममा नेपाली प्रेसलाई दिनु भएको रहेछ ।

मेरो प्यारो Drsuchan, आजबाट हामी नजिक नजिक होइन टाढा र झन झन टाढा भएर जानेछौ तर पनि मैले तिम्रो माया चटक्क भने भुल्ने छैन । तिमी मेरो यादमा रहिरहनेछौ । मेरो मिठो अतित भनेर यादमा आइ नै रहनेछौ । हामी अब संगै नभए पनि मेरो असीम माया र आदर पाइ नै रहनेछौ किन कि तिमीले त्यसरी नै माया र आदर गरेका थियौ र गरिरहेका छौ । तिमीसँग मेरो कुनै गुनासो छैन । मेरो जिन्दगीको कुनै पलमा आयौ, एउटा ऋतु रमनीय बनाइ सजायौ र छुट्तियौ । हाम्रो सम्बन्ध कालान्तर सम्म नरहने भयो, यही हो दु:खको कुरा तर पनि कुनै खेद छैन । हामी सधैं साथै हुनु पर्छ भन्ने पनि त छैन । अब तिमीले मलाई जस्तै माया अरुलाई दिनुपर्छ, मायालु बनेर । मेरो इन्कारमा तिमीले निष्ठुरी बन्नु हुँदैन, न त हरेश खान नै हुन्छ । तिमीलाई मैले सम्झिरहनेछु । यदी तिम्रो सम्झनामा म हुन्छु र मेरो कल्पनामा तिमी हुन्छौ भने यसलाई हामी बिछोड पनि मान्नु हुँदैन । बिछोडले त रुवाउछ, दु:खाउछ, पागल बनाउछ । हामी धैर्य छौ र आ-आफ्नो कर्तब्य बुझेका छौ, तसर्थ हाम्रो चोखो प्रेममा त्याग गरेका छौ । भनिन्छ नि, प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ । यो पूर्ण रुपमा मान्न त तयार छैन तर अंशिक रुपमा चाँही सहि नै रहेछ । अब Drsuchan र चन्द्रको नातामा पनि त्याग गर्ने दिन आयो र मैले यो अत्याबश्यक त्याग गर्दैछु ।

यत्रो समय हामी साथै रह्यौ तर Drsuchan को महत्व थाहा थिएन तर जब मैले यसलाई नै त्याग्ने निर्णय गरें तब मात्र निकै माया बदेर गैरहेको छ । मेरो आफ्नै स्वभाव छ, हतारमा निर्णय नलिने तर लिइ सके पछी फेरी हत्तपत्त फिर्ता नलिने । समय अभावमा चाडै निर्णय गरिदिने तर समय प्रशस्त हुँदासम्म चाँही सके सम्म भरपुर प्रयोग गर्ने । कठोरतामा कोमलता बचाउने र कोमलतामा कठोरतामा देखाउने अर्थात निर्ममतामा नरमतालाई जिताउने र नरमतामा निर्ममतालाई जिताउने । यहाँ मेरो त्यही भिन्न बानीको प्रयोग गरें मैले । Drsuchan प्यारो छ तर त्यो भन्दा प्यारो चिन्तन धेरै गुना प्यारो छ, अझै त्यो भन्दा पनि चन्द्र प्यारो छ । बिदाइ आखिर बिदाइ त हो, सानो होस् या ठुलो ! मन त दुखिहाल्दो रहेछ । अन्तिम बिदाइ गर्दैछु मेरो प्यारो 'Drsuchan'.. दुख्ने त छाडेर जानेलाई भन्दा पनि छादिनेलाई हुदोरहेछ । आज म कति मर्माहत छु आफ्नो प्रेमिका गुमाएको प्रेमी जत्तिकै, र पनि बिबश छु सहन यि सब ब्यथाहरु । जानी जानी गरिएको बिदाइ अझै गाह्रो हुदोरहेछ । बिछोड सुखद भएको कहिले पो होला र ! आँफै बनेको सम्बन्ध चुदाउन कस्लाई पो सजिलो हुन्थ्यो होला र ! Drsuchan, फेरी पनि भन्न चाहन्छु, मैले तिम्रो हत्या गरेको होइन, बिदाइ गरेको मात्र हुँ । Drsuchan, तिम्रै नाममा प्रकाशित यो 'अपुर्ण कविता' समर्पन गर्दै बिदाइको अन्तिम हात हल्लाइरहेको छु,..

" अपुर्ण कविता "
-----------------

Dr suchan Magar

हे साथी हो !
अब त उठौ !
चेतनाको नयाँ यात्रा थालौ ।
स्वाविमानको आफ्नोपन खोजौ ।।

कालापानीमा बिदेशी परेड खेल्दा
सुस्तामा सिमा स्तम्भ मिचिइदा
छोरी चेलीको अस्मिता लुतिइदा
बस्तिमा आगो लगाइ अत्याचार गरिइदा
दुख्यो, जति दुख्नुछ दुखिसक्यो
दुख्न के नै पो बाँकी छ र !?
झुक्यो, जति झुक्नुछ झुकिसक्यो
झुक्न अझै के नै पो बाँकी रह्यो र !?

हे युवा हो !
अब त बिउझौ !
गौरबको नौलो कथा रचौ ।
अस्तित्वको शान्ती युद्द्व छेडौ ।।
( जुनदिन हाम्रो देशलाई हामीले बिदेशी हस्तक्षपबाट मुक्त गर्नेछौ र हामीले चाहेको जस्तो स्वतन्त्र राष्ट्रको महशुस गर्नेछौ, त्यही दिन मात्र फेरी अर्को शीर्षकमा एउटा कविता लेखिनेछ.. पूर्ण कविता । हो, हामी पूर्ण कविता लेख्नै पर्छ । भिन्न सिर्जनाको सुनौलो रचना गर्नै पर्छ । एकै स्वरमा मिलेर राष्ट्रिय गीत गाउनै पर्छ ।
मरेर होईन, बचेँर लडौ !
हटेर होईन, डतेर बदौ !!
हारेर होईन, जितेर बाँचौ !!! )
___यो कबिता जून १५, २००९ को Global Day of Action Against Indian Aggression in Nepal 'भारतीय बिस्तारवाद बिरुद्धको अभियान' को अबसरमा लेखिएको हो । ( http://www.nepalipress.net/news_main_n.php?id=763)

पहिलो उपनाम सन्देश त्यसरी जन्मिएर त्यसरी अन्त भयो । यसरी सिर्जिएर Drsuchan यसरी नै अन्त पनि भयो ।
26 Aug,'09

Saturday, August 22, 2009

तीजको शुभकामना


म ९/१० बर्षको हुदो हुँ । गाउँमा एक प्रकारको फरक रौनक छाउथ्यो, त्यो पनि बिशेष गरी ग्रिहिणी र छोरी चेलीहरुमा । हरितालिका तीज आउन एक महिना जती अगाडि नै गाउँमा निकै चहलपहल शुरु हुन्थ्यो । सबै महिलाहरुले एक आपसमा भेटेर कहिले देखी नाँच्न थाल्ने हो सल्लाह गर्ने गर्दथे । बुदी उमेरका बज्यैहरु देखी सानी बच्चा उमेरका बहिनिहरु पनि तीज आएकोमा निकै खुशी हुन्थे । दिनभरी मेलापात सकाएर राती खाना खाइसकेपछी बल्ल गाउँको स्कुलमा सबै जना जम्मा हुन्थे । म पनि भाउजु र दिदीहरु सँग सँगै नाच हेर्न जान्थें । बर्षाको बेला भएकाले घरबाट निस्कदा प्राय: पानी परिरहेको हुन्थ्यो, त्यती मात्र नभएर निस्पट्ट अध्यारो पनि हुन्थ्यो । दिनभरि खेतमा कडा परिश्रम गरेर जती सुकै थकाई लागे पनि साँझ भने सबै भेला हुन्थे । गाउँभन्दा धेरै टादाबाट पनि नाँच्न र नाँच हेर्न आउने गर्दथे । कोठाको अध्यारो चिर्न सबैले पालो पालो गरी जसो तसो लाल्तिन लिउने पालो हुन्थ्यो, कि त पैसा उठाएर मट्टितेल किन्ने गर्दथे । त्यसैको मधुरो उज्यालोमा मध्य रातसम्म पनि गाउने र नाँच्ने गर्दथे । सधैंजसो पानीमा रुझ्दै र बिझ्दै नै भए पनि सबै जना सके जती स्कूलमा छिटो भेला हुने गर्दथे ।

म सानैदेखी अली लजालु स्वभावको थिएँ । तै पनि, मैले मादल बजाउन कहिल्यै सिकेन, हाम्रो घरमा पनि थिएन तर खै कसरी कताबाट मैले मादल बजाउन जानेछु । महिलाहरुमा मादल बजाउन अलिक राम्रो माइली सुनार्नीलाई मात्र आउथ्यो । घरको काम र सानो बच्चाहरु सम्हाल्नु पर्ने भएकाले उनी सधैं आउन सक्ने कुरै थिएन । त्यसैले, कान्छी दिदीलाई सबैले आउन र मलाई पनि साथमा ल्याउन सम्झाउथे । मलाई पनि जसरी भए पनि मादल बजाइदिन आउन भन्थे । सबैको प्यारो म, तिजको दिनसम्म त अझै प्रिय हुन्थें । शायद मादलको सुर-ताल मिलाउन बर्ष दिनमा आउने त्यही तिजले धेरै नै सिकाएको जस्तो लाग्छ । तिजको दिनमा समेट मलाई जसरी पनि मादल बजाइदिन आग्रह गर्थेँ । तिजको दिन बिभिन्न ठाउँबाट आएका समुहहरु हुन्थे । उनिहरुको एक आपसमा अघोषित प्रतिस्पर्धा पनि हुने गर्दथ्यो । नाच्नेहरुमा को भन्दा को कमको भावना हुन्थ्यो । हेर्नेहरुले पनि कुन गाउँको कस्ले राम्रो नाँच्यो भन्ने ध्यान हुन्थ्यो । स्कुलको चौर भरी नाच्ने र हेर्ने मान्छेहरु हुने भएकाले म लुकेर हेर्थे । कसैले देखेर मादल बजाउन बोलाऊलान् भन्ने डरले म साथीहरुको पछाडि उभिन्थें । उनिहरुको गीतमा नारिहरुकै पिर र ब्यथा हुन्थ्यो । माइतीको सम्झना, आफ्नो स्वामीको दिर्घायु कामना, छोरी हुनुको पिडा, रुदिवादी समाज प्रतिको गुनासो, पढ्न नपाएर जीवनमा पाएको दु:ख, छोरा र छोरीमा गरिएको भेदभाव, जन्म घर र बुवा आमालाई छाडेर कर्म घर जानु पर्दाको बाध्यता, समाजमा चल्दै आएको गलत संस्कार प्रति आपत्ति, यस्तै यस्तै हुन्थे उनिहरुको गीतहरुमा ।

म १४ बर्षको हुँदा बोर्डिङ स्कूलमा पढ्नका लागि दाङ झरेको थिएँ । त्यसपछी भने मलाई कहिल्यै आफ्नो दिदीबहिनीहरु त्यसरी दिल खोलेर नाचेको हेर्ने र गाएको सुन्ने सुनौलो मौका मिलेन । तिजको बहारसङै उनिहरुको मन निकै चङ्गा हुन्थ्यो, त्यो म जस्तो सानो बालकले पनि सजिलै बुझ्न सक्थें । घरको त्यती ठुलो भोजले थिचिएर पनि तिजको बेलामा त्यो अलिकती पनि आभास हुँदैनथ्यो । म अहिले पनि सम्झन्छु, दिनभरी घरधन्दाको थकानलाई बिर्सेंर कसरी त्यस्तो जाँगर र फुर्तिका साथ नाँच्न सकेका होलान् !? बिहानै फेरी उही जातोबाट शुरु हुन्थ्यो दिनचार्य । म दाङमा रहदा पनि तीजको दिन नाच हेर्न निस्कन्थें । प्रायजसो म नयाँ बजार र फुर्सेकालीतिर नाँचेको हेर्न जान्थें । त्यसपछी काठमाण्डौमा कलेज पदिरहदा चाँही पाटन र मंगलबजार तिर जान्थें । म जहाँ सुकै रहे पनि रमाइलो त हुन्थ्यो नै तर अर्को स्वार्थ चाँही मेरो बाल्यकालको तिर्सना मेटाउनु पनि हुन्थ्यो । सोचिरहेको हुन्थें, सुनिरहेको हुन्थें, "कान्छा, लौ मादल बजाइदिनु पर्‍यो ।" तर त्यो त मेरो कल्पना मात्र थियो । जे होस्, म जहाँ सुकै भए पनि तीज आउँदा म मेरो बाल्यकाल सधैं सम्झिरहेकै हुन्छु, ताजै पाइरहेको हुन्छु ।

यस पटक नेपालमा तीजको चहलपहल अली चाडै शुरु भए जस्तो लाग्यो । तीज आउनु धेरै अघी नै अनलाइन खबरहरु र दैनिक पत्रीकाहरुमा पनि रातो सारी पहिरिएका दिदी बहिनिहरुलाई देख्न सकिन्थ्यो । म सानो छदा गाउँमा सामान्य तरिकाले नै तीज मनाएको देखेको थिएँ । दाङमा अली ताम्झामका साथ मनाएको देखें । काठमाडौंमा त्यो अझै बदी देखें । मलाई त लागेको थियो, तीज महिलाहरुको लागि चलाएको बिशेष पर्ब हो । उनिहरुको दु:ख-ब्यथा पोख्न र बिर्साउन सिर्जाएको पर्ब हो । तर अहिले जती देखिरहेको छु, त्यो मेरो बाल बुझाई गलत साबित हुँदै गैरहेको छ । महिलाहरुको पर्ब भनेर मान्दै आएको परम्परा त रहेछ तर यो महिलाहरुको भन्दा पनि पुरुष अर्थात पतिहरुको लागि गरिएको भक्ति नै हो । पतिको स्वस्वास्थ्य र दिर्घायु कामनाको पवित्र बिचारले मनाइएको तिज सकारात्मक छ । सबैलाई आ-आफ्नो आस्था, विश्वाश र स्वतन्त्रताको उपयोग गर्ने अधिकार पनि छ तर तिजको नाममा गरगहना प्रदर्शन र आफ्नो स्वास्थ्यले साथ नदिदा नदिदै पनि लोग्नेको लागि ब्रत लिनु जस्ता बिकृतिलाई पक्कै पनि राम्रो मान्न सकिदैन । यस्ता खराब नियत र गलत प्रब्रितिलाई दिदीबहिनीहरुले पनि गम्भिर भएर सोच्नु उपयुक्त होला । फेरी तीज आँफैमा महिलाहरुलाई दास ठान्ने हिन्दू र परम्परावादिहरुले चलाएको कुसंस्कार मात्र हो । आफ्नो परम्परागत पर्बलाई मनाउने र जगेर्णा गर्ने नाममा बिसंगतिले पनि बदावा पाइरहेको देखिन्छ । पुरुषहरुले आफ्नो पत्नीको लागि कहिल्यै तिजको ब्रत बस्नु परेको छैन, न त छोरीहरुको लागि जितिया ब्रत नै बस्नु परिरहेकोछ । घर र समाज राख्न पत्नि र छोरीहरुको अहम भूमिका हुँदा हुँदै पनि उनिहरुले गुमनाम जीवन गुजार्नु पर्ने बाध्यता छ । 'महिला र पुरुष समान हुन्' भन्ने महिला अगुवाहरुले पनि तीजको नाममा पतीभक्तिको सान्दर्भिकता देख्नु निकै दयनीय कुरा हो । बर्षभरी नारी अधिकारको नारा भट्याउने, भाषन गर्ने तर व्याबहारिकतामा चाँही लोग्नेको हातगोडामा दोग्ने र पखालेर पानी खानुपर्छ भन्ने संकिर्ण मानसिकता नै मुख्य दोषी हो । समाजमा स्थापित महिलाहरुले सम्पूर्ण दिदी बहिनीहरुलाई तीजको औचित्य बारे प्रस्त पार्नु र सचेत गराउनु जरुरी देखिन्छ । शिक्षित दिदीबहिनीहरुले एक्लै परिवर्तन गर्न तम्सिएर मात्रै पनि समस्याको न्युनिकरण गर्न असम्भवप्राय छ त्यसैले सचेत पुरुषहरुसँग हातेमालो गर्दै सके जती परिवर्तन गर्ने प्रयासमा लाग्नु र लागिरहनु आबश्यक छ । पित्रीसत्तामक प्रणालीको आचरसंहितालाई नारी धर्म मानेर सधैं चुल्हो चौकोको चौघेरामै सिमीत भैरहेका दिदीबहिनीहरुले पनि आजको युग अनुसार त्यो भन्दा बाहिर निस्किने प्रयत्न गर्नु समयको अर्को माग भैसकेको छ । अन्तमा, हाम्रो सामु आइपुगेको हिन्दू महिलाहरुको यस महान पर्ब तीजको उपलक्ष्यमा संसारभर छरिएर रहनु भएका सम्पुर्ण दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, शान्ति एवम् उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु ।
22 Aug,'09

Friday, August 21, 2009

खुशी नै खुशीको पल

थाहा छैन खै के लेखु ! मेरो विचारमा शुरुमै सुन्दर शब्दहरुको उत्तर मैले धन्यवाद बाट नै दिनु बेस होला । धेरै धेरै धन्यवाद । यो मेरो भित्री मुटुको आवाज हो । शब्दहरु हराएको छु, सोचेको कुरा पनि लेख्न नसकेर अल्मलिरहेको छु, शायद लेख्ने मेरो पेशा नभएर हो वा यस्तो अवस्थालाई सजिलै फेस गर्न नसकेर हो । कसरी लेख्ने रे के लेख्ने भन्ने पनि थाहा छैन । तोलाइरहेको पनि छैन, बरु अतालि रहेको छु क्या र !

मैले ब्लग लेख्न शुरु गरेको पनि आज ठ्याक्क एक महिना पुगेछ । ब्लग लेख्न थालेको भरखर जस्तो पनि लाग्छ, धेरै समय भएको जस्तो पनि लाग्छ । एक महिना धेरै लामो समय पनि हो र एकदम छोटो समय पनि । जब मैले ब्लग लेख्न शुरु गरेको थिएँ, मलाई अरु कुराको कुनै ख्याल थिएन । सोचेको थिएन, मैले यती धेरै प्रतिकृया पाउछु भनेर, त्यो पनि सबै सकारात्मक । मैले त मात्र सोचेको थिएँ, मलाई लागेका कुरा लेख्छु । हो, केवल लेख्छु र लेखिरहन्छु ।

मैले पहिले पनि लेखेको थिएँ, मेरो ब्लगमा त्यस्तो कुनै नयाँ समाचार हुनेछैन, ज्ञान गुणका कुराहरु हुनेछैन, भाषा साहित्यका पवित्र खुराक पनि पस्किन सक्ने छैन । शिकारु हुँ, सके सुध्रिदै जान्छु नत्र स्वतन्त्र रुपमा सिक्न र रमाउनकै लागि ब्लग खोल्ने बिचार गरेको थिएँ । म यसमा आफुलाई लाग्ने जुनसुकै कुरा पनि लेखिरहन्छु किन कि आफ्नो ब्यग्तिगत शोख पुरा गर्न भनेर नै यो ब्लगको न्वारन गरेँ । आजको ठीक एक महिना अघी मसँग नभएका धेरै चिज अहिले आएर भेटाएको छु । कती त नयाँ साईनो पनि गासेको छु । ब्लग मुटु भएकोछ भने फेसबुक टेक्ने खुट्टा अर्थात आधार भएको छ । धेरै त मेरा फेसबुक मित्रहरुले भिजित गर्नु भएको होला र कमेन्ट पनि उहाँहरुकै बदी पाएको छु । सबै जनाले मलाई खुब माया गरेर फुर्काइ रहनु भएकोछ । मेरो ब्लगमा प्रतिकृया दिनेमा नरेन्द्र र गोपाल दुई जना मात्र हुन जो सँग मेरो प्रत्यक्ष चिन्जान र साथीको नाता छ, अरु त सबै ब्लग र फेसबुकले जुराइदिएका मित हुन । कहिल्यै नभेतेर, नबोलेर पनि कती नजिक छौ, कती बुझ्न सक्छौ एक अर्कालाई । यती छोटो समयमा यती धेरै साथीहरु निस्वार्थ माया सहित पाएकोमा आफ्नो भाग्यमाथि गर्व गर्नै पर्छ । अहिले मैले यो लेखिरहदा सम्म मेरो ब्लग प्रबेश गर्ने साथीहरुको सन्ख्या ९६९ पुगी सकेको रहेछ जुन प्रती दिन ३२ जना भन्दा बदीको आगमन हो । यसले म थप उत्साहित भएकोछु । आशा छ, मैले सधैं यस्तै माया पाइरहनेछु । बिभिन्न मुलुकमा रहनु हुने परिचित मित्रहरु मात्र नभएर अपरिचित मित्रहरुको आगमन पनि धेरै भएको पाएको छु । यसर्थ म अझै उत्साहित भएको छु ।

मैले मेरो ब्लग यात्राको बधाई र सफलताको शुभकामना दिने साथीहरु प्रती समर्पित गरेर उहाँहरुको प्रतिकृया जस्ताको त्यस्तै राखेकोछु । कसै कसैको अङ्रेजी वाक्यहरुलाई मात्र नेपालीमा उल्था गरेर नेपालीमै लेखिदिएको छु । अरु शिर्षकका प्रतिकृया समाबेश गरेको छैन, यो त केवल मेरो सानो प्रयासमा खुशी हुदै शब्दपुष्प ओइर्याउने साथीहरुको मात्र हो । उहाँहरुको यती धेरै सद्भाव र मायाले मलाई कहिल्यै थकित हुन दिने छैन भन्ने विश्वाश लिएकोछु । उहाँहरुको आश र भरोशा कुनै दिन तोद्ने दुस्प्रयास गरे भने मलाई जस्तो सुकै कठोर सजाय दिन सक्नु हुनेछ । म यि अमुल्य शब्दको ब्याज ठानेर चुपचाप सहिदिनेछु । एक महिनाको मेरो उपलब्धी यही शब्द हुन, मित्र हुन, आँफै जोडिएको साईनो हुन ।

बधाई छ चन्द्र जी, भान्जीको जन्ममा र ब्लग शुरुवातको !
भान्जीलाई स्वस्थ, सफल र दिर्घायु जीवनको शुभकामना !
ब्लगमा निरन्तरता र सफलताको शुभकामना !
- बसन्त, जापान

Happy birthday to your bhaanji and blog too. मैले तिम्रो सबै लेखहरु पढें । तिमीले लेखेका लेखहरु अति नै सान्दर्भिक छन्, साथै लेखन शैली पनि मन पर्दो छ । आशा छ, भबिश्यमा तिमी एउटा 'बेस्ट डाक्टर र राइटर' को रुपमा चिनेनेछौ । Waiting for next. Best of luck .
- नरेन्द्र यादव, सप्तरी

लौ ब्लग संसारमा तपाईलाई स्वागत छ है - अनि प्रगति गर्दै जानुहोस शुभकामना छ ।
- बेदनाथ पुलामी, कतार

लु बधाई अनि शुभकामना छ चन्द्र जी तपाईलाई, ब्लगर हुनुभएकोमा । मलाई त अरु केही भन्नै आएन । Happy blogging..
- कैलाश राई, नेपाल

निकै खुशीको कुरा । धेरै पछी तिम्रो केही पढ्न पाइयो शायद आँफै नयाँ टेक्नोलोजीसँग अभ्यस्त हुन नसकेर होला । whatever you are doing that’s wonderful.
- गोपाल गुरुङ, BPKIH, धरान

Glad to read your blog . I always try to be with young generation. We need doctors with research orientation not of money motive. आजकाल मौसम परिवर्तनले हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पारेर ठुलो चुनौती दिइ रहेको छ । यसको सामना गर्न सक्षम भन्नु होला । अनी ब्लग यात्राको लागि with regaards, all the best .
- पूर्वमन्त्री गणेश शाह

कर्म क्षेत्र फरक भए पनि आखिर भावनात्मक धरातल उही हो । म विश्वाश गर्दछु, मान्छेलाई तपाईं शारिरिक र भावनात्मक रुपमा चिर्न र सिउन सिपालु बन्दै हुनुहुन्छ । कलमहरु तिखारिदै जाउन अनी मसीहरु थपिदै.... शुभकामना चन्द्र जी लाई ।
- के. बि. चाम्लिङ राई

Got through your blog है.... मान्नै पर्छ, how you manage time to update those stuffs ??? त्यो पनि नेपालीमा.. great....
- रिया थापा, अमेरिका

I went through your blog. I really appreciate you n your talent. तपाईंको दृष्‍टिकोण र लेख्ने तरिका अनुसार तपाईं अरु केटा मान्छेहरु भन्दा धेरै कुरामा फरक हुनुहुन्छ जस्तो लाग्छ, जुन निकै उत्कृष्ट छ । म यत्ती भन्न चाहन्छु, भगवानले तपाईंको भाबी दिनहरुमा सफलता र धेरै खुशी मात्र दिउन । उज्वल भबिश्यको कामना ।
- हिमा पुन, नेपाल

फेसबुकमा नै भेटिएका र सधैं प्रोत्साहन गरिरहने मित्रहरु अनुकुल प्रकाश, कृष्ण पुर्जा, सन्तोष परियार, देवदास पाटा मगर, निश्प्रभ सजी, दुर्गा खरेल, सोनिया भण्डारी, सागर पाठक, रेनु गुरुङ, अशोक पार्थिव तामाङ,, डा. रबिन्द्र पाण्डे, गिर रोदन, राजन पाण्डे, दिपक परियार 'दिपशीखा', तिब्बत दर्लामी, मदन तामाङ,, सुमी के.सी., मनोज मगर लगायत सम्पूर्ण मित्रहरुको पोजेतिभ प्रतिकृया प्रती म सधैं ऋणी नै रहनेछु ।

प्रत्यक्ष होस् वा अप्रत्यक्ष सधैं लेख्न उक्साउने दाजुहरु नबिन बिभास र राम कुमार श्रेष्ठ तथा दिदीहरु रमा गौतम र माया थापा मगरको प्रोत्साहन कैहिल्यै बिर्सनै हुँदैन ।

दिनहु मेरो ब्लग पढेर मौखिक सल्लाह दिइ रहने साथी सन्तोष र ब्लग संसारका नयाँ कुराहरु खोतलेर प्रयोग गर्न सुझाव दिने साथी रिबेशको गुण अतुलनीय छ । नाम उल्लेख भएका या नभएका सबै मित्रहरु प्रती आभार प्रकट गर्न चाहन्छु ।

अन्त्यमा, सबै मित्रहरुले मेरो गल्ती खोजेर आफुलाई सुधार्ने र सच्चिने बाटो पनि देखाइदिनु होला । अहिलेसम्म एउटै पनि त्यस्तो कुनै सुझाव दिनु भएन । यदी मभित्रको म यत्तिकै भुलिरह्यो भने सिर्जिन खोजेको पनि बिलिन भएर जानेछ । बिगत एक महिनादेखी मैले आर्जेको महँगो धन भन्नु नै तपाईं सबैको ममता हो । मसँग त सिर्फ धन्यवाद र धन्यवादको अभिब्यक्ती बाहेक केही पनि छैन । मैले आँफैलाई प्रस्तुत गर्न सकिरहेको छैन । अब म जे छु, त्यही नै म हुँ । म जती छु, त्यती नै तपाईंहरुको हुँ । मेरो ब्लग यात्राको एक महिने यात्रीहरु पछी पछी सम्म र सधैं सधैंलाई सँगै रही रहौ भन्ने कामना सहित मेरो एक महिनाको ब्लग यात्रा तपाईंहरुले अति नै सुखद बनाइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु । तपाईंहरुको शब्द केवल शब्द मात्र हैनन यि त माया हुन, विश्वाश हुन , आशा-भरोशा, प्रोत्साहन, सबै हुन मेरो लागि । धन्यवाद सबैलाई ।
21 Aug,'09

Thursday, August 20, 2009

बुवाको दिनमा सन्तानहरुलाई

ए! जीबित बुवाका भाग्यमानी सन्तानहरु
सुनेर साक्षात इश्वरका एक-एक आशिर्वाद
प्रगती गर्दै र सफल बन्दै तिमी
दिनहुँ खुशी बनाउ तिम्रो जन्मदातालाई
न कि, आज मात्र धुमधाम पूजा गरेर ।

ए! संसारका बुवा गुमाउने अभागी सन्तानहरु
सम्झेर बुवाको दिब्य उपदेश
सपना साकार पार्दै जाउ, सुखी हुँदै जाउ
शान्ती दिलाउ बुवाको जिउदो आत्मालाई
न कि, दुखाउदै आफ्नो अतित सम्झेर ।।

जीवन यात्रामा बाधाहरु छिचोल्न
सधैं काँध हुन्छ बुवाको
अग्लो लक्ष्य लिइ शिखर चुमेपछी
त्यहाँ धाप हुन्छ बुवाकै
आफैलाई जितेर जित्न संसार
चोखो आशिष बुवाकै
बुवा हुन या नहुन साथमा
दिब्य शक्ति हुन हाम्रो बुवाहरु
जनम जनम अमर रहने
उच्च आदर्श हुन हाम्रो बुवाहरु ।।।
20 Aug,'09

आज बुवाको मुख हेर्ने दिन

"I want to be like my father ."

केही दिन अघी फेसबुक स्ट्याटसमा मैले यही कुरा लेखेको रहेछु । बुवाको मुख हेर्ने दिन आउँदैछ भन्ने सम्म पनि 'याका' थिएन तर अहिले आएर पो थाहा भयो त्यो लेख्ने उपयुक्त दिन आज पो रहेछ । हुन त आजकै दिन मात्र बुवाको मुख हेर्ने, आदर गर्ने, आशिर्वाद थाप्ने, केही उपहार दिने, मिठो खुवाउने, बुवालाई खुशी पार्ने दिन होइन । जन्म दिने बुवालाई हामी सधैं सम्झिरहेकै हुन्छौ, तर पनि आज बिशेष दिन तोकिएर त्यही रिती चल्दै आए पछी अली आज नै बुवालाई सम्मान गर्ने बिशेष दिन हो जस्तो लाग्दोरहेछ । हिन्दू धर्म अनुसार आज कुशे औंसी पनि हो, जसलाई चाड पर्बहरुको आगमनको रुपमा पनि हेरिन्छ । तर अहिले यहाँ मैले कुनै आउन लागेको उत्सब या रमझमको बारे लेख्न गैरहेको होइन ।

देश बाहिर आएको पनि तीन बर्ष पुग्न थालेछ । नेपालमा हुँदा पनि म पढाईका कारण प्राय: बाहिर नै हुन्थें, सानैमा दाङ झरियो, त्यसपछी काठमाडौं । घरमै हुने बेला पनि यस्ता कुराहरुको महत्व त्यती हुँदैनथ्यो तर आफ्नो परिवार र घरदेखी टाढा भए पछी बल्ल सानातिना कुरा पनि निकै ठुलो र महत्वपूर्ण लाग्दो रहेछ । मैले पनि दशैतिहार र माघी संक्रान्ती बाहेक अरुलाई त्यती महत्व दिएन । बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने दिनहरु त स्कुलमा पनि त्यति राम्ररी थाहा थिएन, मनाउने पनि गरिएन । तर अहिले बिरानो ठाउँमा आफ्नो परिवारको याद निकै हुदोरहेछ, चाहे सानै चाड किन नहोस् । 'एकछिन भए पनि आफ्नै घरमा सबै परिवारसँग हुन पाए हुन्थ्यो' भन्ने लाग्दो रहेछ । बिगत तीन बर्षदेखी यि दिनहरु मेरो लागि घर फोन गर्ने अबसर बन्दै आइरहेका छन । आज पनि उठेर धुप बाल्दै बुवालाई सम्झिएँ । बुवा र आमाको जोडी फोटो हेरेर एक्लै भावबिह्वल भएँ । आमाको दिर्घायुको कामना गरेँ, सम्पूर्ण परिवारको सुख शान्तिको आशिर्वाद मागेँ । आज बिहान सिनियर ब्याचलाई अर्को होस्टेलमा सार्दैछ । त्यसैले, दाइहरु रत्न, सरोज, बिनोद, देव र भान्जाको सामानहरु ट्रकसम्म पुर्याउन मद्दत गरेँ । अनी आएर दाइलाई ब्रुनाई फोन लगाउन धेरै प्रयास गर्दा पनि लाग्दै लागेन । घरतिर दिदीलाई गरे, तर त्यता पनि लागेन । दाङ माइला दाजुलाई गरेँ, त्यहा पनि लागेन । रोल्पा जेठी दिदीलाई गरेँ, त्यहा पनि लागेन । हाम्रो नेपालको नेट्वोर्क बारे राम्रै ज्ञान भए पनि ब्रुनाईले पनि नेपालकै सिको गर्न थालेछ सोचें, अनी हरेश खाएर फोन गर्नै छाडिदिएँ । आज साँच्चीकै जिन्दगीले चोट दिदैछ या भाग्यले धोका! कुनै भेउ नै पाउन सकिनँ ।

साँझ फुटबल खेल्यौ र त्यहीबाट सन्तोषसँग रनिङ गयौ । आजको खाना पनि बाहिर नै खायौ । कोठामा आएर ब्रुनाई दाइलाई फोन गरेर नुहाएँ । कता कता टाउको भारी भैरहेको थियो । जिउ पनि तातिरहेको थियो । चिसो पानीमा निकै बेर नुहाएँ । नुहाउदा बुवाको मात्र झल्झली सम्झना आइरह्यो । आज दिनभरि पनि दिन नै कस्तो कस्तो नरमाइलो लागिरह्यो । बिहान धेरै प्रयास गर्दा पनि परिवारको एकजना सँग पनि कुरा गर्न सकिनँ । साँझ नै भए पनि मेरो बुवाको अर्को रुप दाजु-भाउजुसँग कुरा गरेर केही जिउ हलुङो भएको महशुस गरेँ । सोध्नुभयो, मैले आज बिहान फोन गरेको थिएँ कि भनेर । ६ वटा मिस् कल भएको रहेछ । सबैतिर फोन गर्नु भएछ तर कसैले पनि नगरेको भने पछी मैले नै गरेको अड्कल काट्नु भएको रहेछ । "किन फोन गरेको ? केही सन्चो बिसन्चो ?" दाजु र भाउजु दुबैको पहिलो प्रश्न यही थियो । मेरो मनमा जती सुकै भुकम्प गैरहे पनि, आधी हुरी चलिरहे पनि आज बुवाको मुख हेर्ने दिन भनेर भन्न उचित ठानेन । लाग्यो, आज बुवाको मुख हेर्ने दिन थाहा नहुन सक्छ त्यसैले मैले त्यसो भनेर सम्झाइदिए भने उहाँहरु बुवाको यादमा तड्पिनु हुनेछ । एकछिन नै भए पनि बिर्सिरहेको पुरानो अतित सम्झाउनु आलो घाऊ कोट्याएर दु:खाउनु सरह लाग्यो । सबैजना टाढा भएको बेला प्रत्यक्ष बोल्न पाउनु नै ठुलो कुरो सोचेर आफ्नो चित्त आँफैले बुझाएँ । यसैमा सन्तोष हुनु बाहेक अर्को बिकल्प पनि त थिएन । सम्झिएँ, बुवाको संघर्षमय जिन्दगी । म जे छु, हाम्रो परिवार जे छ, सबै उहाँकै देन हो । जीवनभरि नै हाम्रो खुशीको लागि बाँच्नु भयो, हाम्रै प्रगतिको चाहना गर्दै जानुभयो । उहाँले अन्तिम क्षणसम्म पनि हामीलाई खोज्नु भएको थियो रे । छिन छिनमै सोध्नु हुन्थ्यो रे," कहाँ आइपुगे, कति बेला आइपुग्छन ? मेरो छोराहरु चाडै बोलाइदेउ ।" बुवाले आफुले सके जती पर्खेर पनि हामी अभागीहरु कोही पनि पुग्न सकेनौ । हामीलाई भेट्ने धेरै चाहना हुँदा हुँदै अन्तिमा घडिमा बुवाले कालको अगाडि हार मान्न वाध्य हुनुभयो । जब अन्तिम क्षण बोल्नु भयो, उहाँलाई हामीहरु पुगेको भ्रम भएछ । कान्छा भेणालाई अँगालो हालेर धुरु-धुरु रुदै भन्नु भएछ," बाबु हो! मेरो लेखेको त यत्ती नै रहेछ । मेरो त जाने बेला भैसक्यो । म नभए पनि राजा राख्नु, पञ्च राख्नु, गाउँघर-इष्टमित्र राख्नु । धेरै गरी रहनु, धेरै खाइ रहनु, इज्जत-इमान सधैं खुब राखी रहनु । कोही कसैभन्दा कहिल्यै कम नहुनु । बाँच्न मन त खुबै लागिरहेको छ तर मिति पुगिसकेछ । अब त मैले नसक्ने भएँ ।"

मैले आज यो लेखिरहदा धेरै पटक सम्हालिएँ । आँखामा अनायास छचल्किएर आएका आँशुलाइ रोक्न खोजेँ । म रुनु हुँदैन, पिरमा हताश हुनुहुदैन तर पनि मन त्यती सजिलै कहाँ मान्दोरहेछ र ! मुटुमा भाला रोपे झै चसक्क-चसक्क घोचिरहन्छ, झिरले उने झै उनिरहन्छ । सहेर पनि नसकिने, कहिल्यै सन्चो पनि नहुने यो पिडा आँफैमा चोट बनेको छ । आज बुवाको मुख हेर्ने दिन, कसैलाई असीमित खुशी भएर आएकोछ त कसैलाई असह्य रोदन । बुवा हुनेहरुले आज बुवालाई पुजेर आशिर्वाद थाप्दै होलान, टाढा भएकाहरुले पनि फोनबाट नै भए पनि दर्शन गरे होलान तर.. तर म जस्तै बुवा गुमाएकाहरु बुवाको यादमा छिया छिया छाती भैइरहे ता पनि मैले जसरी नै अरुलाई शुभकामना दिदै होलान । यतिखेर, उनिहरुले मनभित्रको ब्यथा र पिडा कसरी लुकाइरहेका होलान !? निकै गाह्रो हुदोरहेछ । भर्खर बुवा गुमाएका सन्तानहरुको झनै के दशा भैरहेको होला !? अनुमान लाउन पनि सक्दैन । बिधाताको खेल जती नै क्रुर भए पनि चुपचाप सहिरहनु र सहि दिनु नै एउटै उपाय रहेछ । बरु अब शोकलाई शक्तिमा बदल्न बुवाको अमृतबाणी सम्झिनु पर्ने रहेछ र सम्झिरहेकोछु । यसरी नै प्रोत्साहन लिन वाध्य छु किन कि मेरो बुवा त कहिल्यै फर्केर नआउने यात्रामा गैसक्नु भयो, कहिल्यै नबिउँझीने गरी चिर निन्द्रामा लीन हुनु भएको हो, कहिल्यै नभेटिने गरी अलप हुनु भएको हो, कहिल्यै नसुनिने गरी अन्तर्ध्यान हुनु भएको हो । मैले स्विकार्न नचाहे पनि मान्न तयार नभए पनि आखिर सत्य त सत्य नै हो ।

आज बुवाको मुख हेर्ने दिन त हो तर म हरेक दिन हरेक पाइला मेरो बुवाको याद गरिरहेको हुन्छु । मेरो प्रत्येक गन्तब्य पनि उहाँकै मार्गदर्शनमा चलिरहेको हुन्छ । मेरो बुवा भन्दा उच्च आदर्श अरु कोही छैन । म मेरो सफलतामा बुवाको आत्मा भेट्छु, अघी बद्ने मेरो सबै कदममा बुवाको आशिर्वाद लिन्छु । मैले देखेका सपनामा बुवाको धाप पाउछुँ । बुवाले हामीलाई छाडेर जानुभएकै हो भन्ने अझै पनि कत्ती विश्वाश लागिरहेको छैन । मलाई लाग्दैन, उहाँ मेरो मानसपटलमा धुमिल हुनु भयो, म भन्दा टाढा जानुभयो । बरु आज मात्र होइन, म रहुन्जेल मेरो बुवा मेरो साथै रहनुहुनेछ । उहाँको आक्रिती दिन दिनै मेरो आँखाको नानीमा हेरिरहनेछु । मलाई पूर्ण विश्वाश छ कि उहाँ हामीसंगै हाम्रै माझमा रहेर हामीलाई हेरिरहनु भएको छ, आशिर्वाद दिइरहनु भएको छ भगवानको अबतारमा, देवता झै अद्रिश्य रुपमा ।
20 Aug, 09

Tuesday, August 18, 2009

२१औ शताब्दिमा नै बाचौं हामी

"We learn geology the morning after the earthquake." — Ralph Waldo Emerson
हो, आजकाल नेपालमा बादी र पहिरोमा ज्यान गुमाएको दु:खलाग्दो खबर सुन्दा मैले दार्सनिक इमर्सनको यही भनाइ सम्झिरहेको हुन्छु । अठारौ शताब्दिमा अमेरिकीहरुको बानी भुकम्प गएको अर्को बिहानदेखी मात्र भुगर्भ बिज्ञान पढ्ने नराम्रो चलन रहेछ । अर्थात कुनै घटना घत्नु अगावै सचेतता अपनाउनुको सत्ता घटना घतिसके पछी मात्र शिक्षा लिने । तर कस्तो अचम्म, हामी भने भुकम्प गए पनि, बादी र पहिरोले घर-खेत नै बगाइदिए पनि आफु बच्यौ भने अर्को प्रकोप नदोहोरिदा सम्म आँखा चिम्लेर बस्छौ । जब आपत पर्छ केही दिन तड्पिन्छौ अनी फेरी त्यसको निराकारन गर्न तिर ध्यान नै दिदैनौ । समस्याको मुल जरो कहाँ छ भन्ने सम्म पनि पत्ता लगाउदैनौ । लाग्छ कि हामीले अब त्यो बिपत्ती कहिल्यै भोग्नु पर्ने छैन त्यसैले समाधानको ज्ञान हासिल गर्नुको कुनै अर्थ नै रहदैन । त्यो हाम्रो टाउको दु:खाइ हुँदै होइन भनेर गम्भिर भएर कहिल्यै सोच्दै सोच्दैनौ । तलकोले माथिको दोष र माथिकोले तलको दोष भन्नमै सिमित हुन्छौ । मर्नेहरुको दाह संस्कार गरिन्छ अनी सकिन्छ । मानौ, प्रकृतिको रिती चल्न त्यो अपरिहार्य थियो, हुनु नै थियो र भयो । इमर्सन युगमा दिलै भए पनि बिपत्तिको कारण र समाधान पत्ता लगाउन अनुसन्धानमा लाग्दथे तर अहिले हामी दुई सय बर्ष पछी पनि कत्ती चिन्तित छैनौ । यसरी हामीले कसरी उन्नती गर्न सक्छौ ? कसरी हाम्रो देश बिकास गर्न सक्छौ ? अरु मुलुकसँग कसरी प्रतिस्पर्धा गर्न सक्छौ ? चिम्म गरेर कसरी प्रगति पथमा हिंड्न सक्छौ ? हामी बिग्रिएका हौ वा नसुध्रिएका ? नेपालीको अकालमा मर्नु त दिनहुको दिनचार्य जस्तो पो भैरहेको छ । अब यस्तो हुन नदेउ । आजको प्रकोपको पिडालाई भुलेर भोली बिहान नै भए पनि त्यसको मुल जरो जान्न र कात्न तिर लागौं । त्यसपछी कुनै सम्भावित दुर्घटना हुनु अघी नै हामी सचेत हुँदै अघिल्लो दिन नै समस्याको समाधान निकाल्न तिर लागौला । भुकम्प अगाडि भुगर्भ बिज्ञानको ज्ञान पाउन नसके पनि अर्को दिनबाट भुगर्भ पढ्न थालौ । सबै जनाले अली गम्भिर भएर सोचौ र अरु आफ्नो परिवार र आफन्तलाई अकाल मृत्‍युबाट बचाऔ । हाम्रो देशलाई १७औ शताब्दितिर फर्किनबाट जोगाऔं । २१औ शताब्दिका मान्छेहरु १८औ शताब्दि जस्तो अबिकसित जीवन होइन कि २१औ शताब्दिकै बुद्धिमानी र बैज्ञानीक जीवन बाचौं ।

Sunday, August 16, 2009

दिमखोला नगरी

दिमखोलामा हाम्रो राज्य छ, म त्यही राज्यको राज कुमार हुँ । साँझ एक जना साथीको साथ लागेर मान्डलिप जंगल घुम्न निस्किएँ । धेरै पर पुगिसकेर फर्कने बेलामा रात पर्न त लागि सकेकै थियो, पानी पर्न पनि शुरु गर्‍यो । हतार हतार गर्दै हामी उकालो चद्न थाल्यौ । दुई पहाडको बिचमा दिमखोला बगिरहेको थियो । त्यसैको किनारा भएर हामी हिंड्नु पर्ने । दिमखोलामा भेल आउँला भनेर त्रसित पनि थियौ । यता उती पुरै अन्धकार छ । आकाश हेर्दा पनि रुखले झ्याम्म छोपेको छ, निस्पत्त अध्यारो । हाम्रो ठीक तल ठुलो छहरा छ, जहाँ हाम्रो शक्ति सम्पन्न झाँक्री पुर्खा बस्नु हुन्छ भन्ने विश्वाश गरिन्छ । जसो तसो हिंड्नै पर्ने बाध्यता थियो र हिडि पनि रह्यौ । तर जब हाम्रो माथिबाट पहिरो जान थाल्यो तब हामी ठुलो संकटमा फस्यौ । हामी हिडिरहेको बाटो हाम्रै सामु पहिरोमा बिलिन हुँदै जान थाल्यो । पानी एक तमासले बर्सिरहेको थियो भने भेल, पहिरो र अध्यारो ठुलै अबरोध बनिरहेका थिए । यही खोला दुई राज्यको सिमा हो । अब हामीले हाम्रो राज्यको सिमाना छाडेर अर्को राज्यको बाटो भएर उकालो नचदी नहुने निर्णयमा पुग्यौ । बल्ल तल्ल पल्लोपट्टि पार गर्यौ । बाटो उकालो छ, भिरालो छ, अलिकती खुट्टा लर्कियो भने सिधै मादिको पानीमा तैरिन पुगिन्छ । ठुलो खतरा त हामी बिना अनुमती दोस्रो राज्यमा हिडिरहेका छौ । उकालोको अन्तिममा उनिहरुको राजधानी छ, जहाँ हर क्षण उनिहरुको राजा र सम्पूर्ण दल-बल पूर्ण रुपमा तयारी अवस्थामा रहन्छन । जस्तो सुकै खतराको सामना गर्नु पर्ने भए पनि हाम्रो लागि यो बाहेक उत्तम बिकल्प थिएन त्यसैले हामी यो जोखिम मोल्नै पर्ने थियो । फेरी यो राज्य हाम्रो छिमेकी राज्य त हो नै, परेको बेला हामीलाई बचाएर आफ्नो राज्य दाउमा राख्न पनि पछी पर्दैन । अती शक्तिशाली भएर पनि हामीले सहयोग गरेर नै हाम्रै गुणले बाँकी रहेको एउटै मात्र राज्य । नत्र त उहिल्यै दानवहरुले जितिसक्ने थिए । त्यसैले हामीलाई ससम्मान बाटो छादिदिनेछन् ।

अनेक बाधा र अवरोधका वाबजुद हामीले उकालो बाटो उक्लेर सकायौ । अब यहाँबाट हाम्रो राज्यसम्म पुग्न तेर्सो तर निकै लामो बाटो हिंड्नु पर्ने हुन्छ । हामी थकित भए पनि अझै हिंड्न बिवश थियौ । "को हो ? पाइला रोक् ।" अचानक आएको आवाजले हामी झस्कियौ । अनी बिनम्रतापुर्बक आफ्नो परिचय दिन थालेँ," म दीमखोला राज्यको राज कुमार । मान्डलिप घुमेर फर्किदा रात पर्‍यो, पानी पनि पर्‍यो, त्यसैले हाम्रो बाटोमा पहिरो गएकाले यो बाटो आएका हौ ।" अध्यारोमै माथिबाट चर्को आदेश आयो," जो भए पनि मेरो आदेश बिना एक पाइला अघी नबद । म भित्र महाराजलाई खबर गर्छु ।" हामी त्यही अडियौ । हामी उनिहरुको कब्जामा पर्यौ । मैले उनीहरुको महाराजसँग भेटाउन आग्रह गरेँ । हामी उनिहरुको कडा निगरानीमा थियौ । एकजनाले हामीलाई बेला बेला सताउन पनि थाल्यो । उनीहरुको त्यो अनपेक्षित व्यबहार देखेर म भित्र भित्रै छक्क परिरहेको थिएँ ।

हामीलाई राखेको ठाउँ मुन्तिरबाट हाम्रो राज्य जाने बाटो छ । अध्यारोमै भए पनि कालो कालो आक्रिती भने राम्ररी नै देख्न सकिन्छ । देखी रहेका पनि छौ अनगिन्ती हतियारधारी जन्तुहरु त्यही तेर्सो बाटोबाट तेर्सिरहेका । अब मनमा भय उत्पन्न हुन लाग्यो कतै हाम्रो राज्यमा कुनै अनिष्ट त हुन गैरहेको छैन ? कत्रो ठुलो जमात हो यो ? जती गए उती नै आइरहेका छन । धेरै बेर पछी उनीहरुको महाराजलाई भेट्ने मेरो अनुरोध पुरा भयो । मैले सबै बेलिबिस्तार लगाएँ । तर बानर झै लाग्ने त्यो राजा कत्ती गम्भिर भएन । हाम्रो राज्यतिर गैरहेको त्यो कालो छाया अझै उसैगरी बदी नै रहेका थिए । हाम्रो राज्यमाथि धावा बोलिदैछ त्यसैले हामीलाई चाडो छाड्न भन्दा पनि सबैले हल्का लिइरहे । एकजनाले हाम्रो शरीरमा भाला प्रहार पनि गर्‍यो । महाराजलाई यस्तो निर्मम यातना किन दिन थालेको ? यस्तो हिंश्रक सेना यो राज्यमा हुनै नसक्ने कुरा बताए । तर त्यो झन झन आक्रमक बन्दै गयो । मैले पनि प्रतिकार गर्न थालेँ । मैले यो कुनै राज्यको जासुस अर्कै रुप धारण गरेर छल गरिरहेको थोकुवा गरेँ । उसले पटक पटक ममाथि आक्रमण गर्‍यो मैले पनि गरेँ । अब सबैलाई विश्वाश भयो त्यो कुनै कपती थियो । मैले उसमाथि आक्रमण गरेँ, ममाथि पनि जाइलागिरह्यो । अब उसले आफ्नो अशली रुप धारण गरेर मेरो छातीमा हात घुसाउन आयो । थाहा भएन उसले मेरो मुटु झिक्यो या झिकेन तर म जिवीत नै थिएँ ।

बानर झै लाग्ने महाराजसँग सहयोगको बिन्ती बिसाएँ । छिमेकी राज्यमाथि यत्रो भयन्कर आक्रमण हुँदैछ तर त्यस राज्यको राज कुमारलाई बन्दी बनाएर तुलु तुलु हेरेर बस्नु उचित नभएको बताएँ । तर कस्तो अप्रत्यासित प्रसँग पो सुन्नु पर्‍यो एउटा राज्यको महाराजबाट ! महाराजको कथन थियो," राज कुमार, तिमी कति सुन्दर छौ । मलाई त अरु भन्दा पनि तिम्रो सुन्दरताको डाहा लागिरहेकोछ ।" मैले पनि प्रतिकृया स्वरुप जवाफ फर्काए," कोही पनि बाहिरी सुन्दरताको ज्योतिले उज्यालो छरिरहन सक्दैन । महाराज, म मेरो क्षणिक सुन्दरताको अज्ञानताले जलिरहेको हुला तर महाराज त युगौ युग ज्ञान र महानताले बलिरहनु पर्छ । तसर्थ, कि त मलाई फुकुवा गरीइयोस, म युद्धपछी सजायको लागि आँफै दण्द भोग्न आउनेछु, कि त बन्दी नै बनाउने भए छिमेकी राज्यको सहयोगमा आफ्नो सेना पठाइयोस् ।" अकस्मात ठुलो हल्ला चल्यो । बध गर्यौ.. बध गर्यौ.. मधुरो आवाज आइरहेको थियो । महाराज त मेरो पाउँमा पो लम्पसार परिरहेको देख्छु । निकै अचम्मित परें । भएको के रहेछ भने दानवहरुले दिमखोलमा धावा बोलुन्जेल छिमेकी राज्यको सहयोग नपाओस भनेर त्यहाँ दानवहरुले आफ्नो मायावी ज्ञानले सबैको माया छिनेका रहेछन । त्यसैको भ्रममा परी दीमखोला र त्यो किश्किन्धा झै लाग्ने राज्यको बीच मोहजाल चुदिएको रहेछ । अघी जसले मलाई बध गर्न चाहेको थियो, उसको जाल बुझेर हत्या गरेका रहेछन । उसको मृत्‍यु सँगै त्यो मोहनी जालको भ्रम पनि अन्त्य भएछ । अब महाराजले माफि माग्न थाले । युद्धको समय थियो, गल्ती कसैबाट भएकै थिएन । त्यसैले माफि माग्नु र दिनु पर्ने कुनै कारण नै नभएको बताएँ । त्यो अन्धकारमै हामी हाम्रो राज्यतिर दौदियौ । महाराज आफ्नो सेनाहरुलाई चाडै तयार हुन आदेश दिदै थिए । ( झसँग बिउँझीएँ, त्यो त सपना मात्र पो रहेछ )

म राज कुमार थिएन, न त हुँ या हुनेछु नै । तर दीमखोला हाम्रो पुर्खाको बासस्थान भने पक्कै हो । त्यही दिमखोलामा हाम्रो धेरै पुष्टा जन्मिए, मरेर पनि गए । मैले पनि केही रमाइला बाल्यकाल त्यही दिमखोलामा बिताएको छु । मलाई यि पाखा पखेराहरु निश्चित रुपमा प्रिय लाग्छन । मेरो लागि मात्र नभएर भाबी पुष्टाका लागि पनि दीमखोलाको त्यत्तिकै एतिहासिक अर्थ रहनेछ । मेरो बुवाको बाल्यकाल त पुरै यही दिमखोलामा बितेको हो रे । उहाँले कहिले तिता त कहिले निकै मिठा आफ्नो अनुभुतिहरु सुनाउनु हुन्थ्यो । भनिन्छ, सबैलाई सबै भन्दा प्यारो आफ्नै बाल्यकाल र जन्मस्थान हुन्छ । त्यसैले होला, बुवाले आफ्नो जीवनको अन्तिम क्षणमा आएर पनि त्यही दिमखोलाको चिसो पानी काँचको थालीमा बच्चा झै घोप्तो परेर खाने चाहना गर्नु भएको । आफ्नो कुलभुमिको लागि सपनामा नै भए पनि सुरुक्षा गर्न खोजिरहेकोमा खुशी छु । मेरा पित्रिहरु, कुलदेउताहरु, हाम्रो त्यही मातृभूमीमा सधैं बास गरिरहनु । म र हाम्रो पछिल्लो पुष्टा सपना या बिपना जहिले जुनै सुकै समय भए पनि सुरक्षा गरिरहनेछौ । जतिसुकै बिपत्ती आइपरे पनि हामी डग्ने छैनौ । दीमखोला नगरी सधैं ज्वाज्वल्यमान भैरहनेछ । दीमखोला राज्य सधैं अमर रहनेछ ।
15 Aug,'09

Friday, August 14, 2009

सुनेको रामायण हेरें पनि

एक बर्ष अगाडि साथीहरु सँग महाभारत हेरेको थिएँ । अहिलेको यो गर्मी बिदामा रामायण हेर्यौ । शुरु गरेको करीब दुई हप्ता पछी आज रामायण हेरेर पनि सकाइयो । हेर्न थाले देखी दैनिक ४/५ घण्टा लगातार हेर्यौ । केही दिन बिरामी भएर बिचैमा रोकिनु पनि पर्‍यो । रामायण र महाभारत जस्तो ज्ञानबर्दक खुराक मैले कहिल्यै कतै भेट्न सकिन । नयाँ बिषयमा निकै राम्रो डकुमेन्त्री या फिल्म बनाएको द्वाङ फुक्ने कलाकारहरु प्रती भित्रै देखी दया जागेर पनि आयो । जब वाल्मिकीले रामलाई नायक बनाएर यो बिशाल कृति लेख्न सक्थे भने कलियुगका कति वाल्मिकी र कति पुरुषोतम रामहरु बिलिन भएर गैरहेका होलान । उनिहरुले पनि रामायण लेख्न सक्नु पर्छ र रामहरुको आदर्श युगौ युग बचाउनु पर्छ । प्रत्येक मान्छेले जीवन बुझ्न यि दुई कृति पढ्न या हेर्न छुताउनै नहुने जस्तो लाग्यो । यसमा यि यि चिज छन भनेर लेख्न सम्भव छैन र तिनिहरुलाई व्याख्या गर्न त सकिदैन तर मानव जीवनमा जान्नै र बुझ्नै पर्ने धेरै कुराहरु यसमा समेतिएका छन । आकाश, धर्ती र पातल त्रिलोक नै छन् । भुत, बर्तमान र भबिश्य यसैमा भेट्न सकिन्छ । जीवन, मृत्‍यु, धर्म, कर्म, तन, मन, बचन, उपदेश, त्याग, बलिदान, परिवार, पराई, प्रतिज्ञा, दया, माया, बियोग, सुख, दु:ख, मिलन, बिछोड, खुशी, रोदन, क्रन्दन, प्रेम, इश्वर, भक्त, कर्तब्य, पराक्रम, मान, मर्यादा, ज्ञान, गुण, मित्रता, पाप, पुण्य, मार्गदर्शन, गुरु, चेला, स्वार्थ, परिवार, शोक, वर, सराप, उदारता, महानता, अहन्कार, सत्य, भ्रम, जित, हार, .................., सबै दर्शन यसमा छन । जे चाहन्छौ त्यो निश्चय नै यसमा पाउनेछौ ।

रामायण साथीहरु सँग संगै बसेर कोठामा आफ्नै कम्प्युतरमा हेरेको त पक्कै हो तर मैले सुनिरहेँ जस्तो पनि लागिरह्यो । म अहिले पनि सम्झिन्छु, मेरो त्यो बाल्यकाल । आमाले जहिले जहिले बाकस खोल्नु हुन्थ्यो म उहाँले खोलेको त्यो बाकस भित्र हात घुसार्थे । मैले पैसा चोर्नु र नयाँ कपडा छान्नु मेरो चाहना हुन्नथ्यो । त्यहाँ एउटा मोतो मोतो किताब थियो । त्यो भित्र मैले भगवान र राक्षसका अलौकिक चित्रहरु, उनिहरु एक आपसमा लडिरहेको द्रिश्य निकै चाख लिएर हेर्ने गर्दथे । मैले अक्षरहरु बिस्तारै भए पनि पढ्न सक्ने भएको थिएँ । आमाले भन्नुहुन्थ्यो," यसभित्र भगवानको बारेमा लेखिएको छ । पढ्ने हो भने त शुरुबाट अन्तिमसम्म सकाउनै पर्छ रे ।" तर म त्यतिबेला त्यत्रो मोतो पुस्तक पढेर सकाउन सक्ने कुरै थिएन । त्यो पुस्तक त्यसै गरी बाकसमा थन्किरह्यो । स्कुलमा पढिरहेको बेला मैले पढ्ने सोचे तर समय मिलाउन सकिन । बुवाले साँझ साँझ रामायणका कथा सुनाउनु हुन्थ्यो । ति कथाहरु सुन्न मलाई एकदम रमाइलो लाग्थ्यो । रामायण आँफै नपढे पनि धेरै भाग बुवाको मुखबाट, कुनै कुरा पढेर र सुनेर ज्ञान भैसकेको थियो । जब मैले रामायण हेर्ने निधो गरेर हेर्न शुरु गरे तब बुवाले घरमै साँझपख उसैगरी सुनाइरहेको कता कता आभास भैरह्यो । बेला बेला त आँफै झुक्किन्थे, रामायणको त्यो द्रिश्य मेरो कम्प्युतरमा अगाडि बदिरह्यो वा बुवाले साक्ष्यात आँफै मेरो सामु बसेर सुनाइरहनु भएको हो ? विश्वाश लागिरहेको छैन कि, हेरेको त हो तर मलाई बुवाले नै सुनाउनु भएको झै लागिरहेको छ । अझै लागिरहेछ, बुवाले कथा भनिरहनु भएको, म उही सानो बबुरो चुल्होको एक छेउमा बसेर सुनिरहेको छु । तर तितो यथार्थ फरक थियो । मैले मान्नै पर्छ कि त्यो शौभाग्य मैले सादे चार महिना अघी नै गुमाइसकेको छु । त्यसरी बुवाको मुखबाट रामायण सुन्ने अबसर अब मैले कहिल्यै पाउने छैन । हो, मैले अब यसरी नै पुराना सम्झनामा आफ्नो बुवाको आवाज खोजेर सुन्नु पर्छ । बेदनामा पनि उहाँको आत्माको खुशी भेट्नु पर्छ । यस्तै तीता मिठा अतितमा आफ्नो भगवान बुवाको दर्शन पाउनु पर्छ ।

महाभारत र रामायणको सि.डि. उपलब्ध गराएर पनि संगै बसेर हेर्न साथ दिने साथी नरेन्द्रको सहयोग म कदापी भुल्न सक्दिन । शुरु देखी अन्त्य सम्म हामीसँगै रहेका साथी रिबेश, उत्साहका साथ भ्याए जती हेर्न रुचाउने रत्न दाइ लगायत सबै साथीहरुलाई धन्यवाद । म एक्लै शायद हेर्न सक्दिनथे होला किन कि दुई हप्तासम्म दिनको लगातार ५ घण्टा एक्लै बसेर हेर्नु साह्रै कथिन थियो । रामायण हेरेर समयको नाश गरेको जस्तो रत्तिभर पनि लागेको छैन । बरु राम्रै सदुपयोग गरे जस्तो लागिरहेको छ । बाल्यकालदेखी नै देखेको सपना र रहर अहिले आएर बल्ल पुरा भएको छ । आशा गरौ, हामीले नौलो ज्ञान सिकेका छौ र हाम्रो जीवनमा केही न केही छाप रहनेछ । यसलाई हामी हाम्रो दैनिक जीवनमा पनि उतार्ने प्रयत्न गर्नेछौ । यसमा रहेका राम्रा कुराको अनुसरन गर्न सकु र नराम्रा पक्षबाट सधैं सावधान रहु । मेरो स्वर्गिय बुवाको चाहना पनि त्यो भन्दा भिन्न थिएन ।
जय श्री राम !
जय सिता !
जय रामायण !
14 Aug,'09

Thursday, August 13, 2009

दुई जम्का भेट

१. मैले भोली गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपती रामबरण यादवलाई भेत्दैछु । उहाँले समय दिने वाचा पनि गरिसक्नु भएको छ । तपाईंहरुको केही सुझाव छ भने दिनुस्, म राष्ट्रपती ज्युलाई सुनाइदिन्छु ।
-- चन्द्र : उहाँले सेनापती प्रकरणमा चालेको कदम असंबैधानिक छ । अन्तरिम संबिधानको भावना अनुरुप राष्ट्रपतिसँग त्यो अधिकार छैन । यसलाई न अहिले सहि मान्न सकिन्छ, न त भबिश्यले नै सहि ठान्नेछ । जब संबिधानमा नै त्यो अधिकार ब्यबस्था गरिएको छैन भने राष्ट्रपती स्वत: नैतीक रुपमा तल परेका छन । त्यसैले, उहाँले नैतीकता आधारमा राजिनामा गरेर दलहरु बिच देखिएको मत भिन्नतालाई समाप्त गर्न सहमति र सहकार्यको मार्ग प्रसस्त गर्नु पर्दछ । यदी गम्भिर भएर नै तपाईंले जनमत चाहनु भएको हो भने मेरो पनि यो एउटा कुरा सुनाइदिनु होला । तर मलाई सङ्का छ कि, तपाईंसँग राष्ट्रपतीसम्म यो बिचार पुर्याउने सामर्थ्य छ । तसर्थ, म भएर मेरो नाममा मेरो तर्फबाट यत्ती राख्दिनु होला । भन्नु भयो या भएन थाहा पाउन भोलिको तपाईंको 'स्त्याटस अपडेत' गरेको कुरिरहनेछु । यो तपाईंलाई एउटा चुनौती पनि हो ।


2. चन्द्र : नेता ज्यु, हाम्रो देश कहिले बन्ने हो ? देश नै नसुध्रिएको हो कि नेता नै बिग्रेका हुन ? किन यती डामाडोल ?
गणेश : केही पनि भएको होइन ।
चन्द्र : के तपाईंलाई देश सहि बाटोमा छ भन्ने लाग्छ ? अहिलेको यो अबस्थाबाट खुशी हुनुहुन्छ त ?
गणेश : लाग्दैन र पूर्ण खुशी पनि छैन ?
चन्द्र : देशको यो दुर्गति हुनुमा जिम्मेवार को हो त ? नेता या जनता कि अरु नै ?
गणेश : हामी सबै जिम्मेवार छौ ।
चन्द्र : हो, हाम्रै कारणले यस्तो भएको हो तर गर्नु पर्ने नेताले नै केही गर्न नचाहे पछी जनताले के गर्ने ?
गणेश : यो 'बिग ट्रान्जिसन' भएकोले केही समय कुर्नु पर्छ ।
चन्द्र : त्यही भनेर त हामी धैर्य गरिरहेका छौ तर अहिलेको स्थिती देख्दा त लामो समय पो कुर्नु पर्ने देखिन्छ नि ? हामी त्यो छोटो समय लामो भएको हेर्न कदापी चाहन्नौ ।
गणेश : बिस्तारै सबै ठीक हुन्छ ।
चन्द्र : तर कहिले ?
गणेश : लौ म सुत्न जान्छु । गूड् नाइट ।
चन्द्र : हाहाहा.. नेता ज्यु, मैले सताए है ? मेरो कुराले अमन लगायो होला । के गर्नु नेता ज्यु ! कहिले काही देशको बारेमा सोच्दा निकै चिन्ता लागेर आउछ, त्यसैले मैले तपाईं नै उपयुक्त मान्छे ठानेर मनलाई शान्त बनाउन खोजेको हुँ । तपाईंले समय दिएकोमा एकदम खुशी छु । गूड् नाइट ।
गणेश : मलाई पनि तपाईंको बिचार सुनेर खुशी लाग्यो । देश हामी सबैले मिलेर बनाउनु पर्छ ।
चन्द्र : मसँग भएका प्रश्न र 'कन्फ्युजन क्लियर' गर्ने प्रयास गरिदिनु भएकोमा धन्यवाद । असल नेता र असल जनता मिलेर असल देश बनाऔं । फेरी फेरी भेटौँला नेता ज्यु, गूड् नाइट ।
गणेश : ओके, गूड् नाइट ।

माथिको दुई सम्बाद प्रत्यक्ष भेट नभएका तर मेरा फेसबुकका दुई परिचित मित्रहरु पत्रकार किशोर श्रेष्ठ र पूर्व मन्त्री गणेश शाह सँग भएका हुन । उहाँहरु दुबै जना आ-आफ्नो क्षेत्रमा स्थापित ब्यक्तित्व र नाम हुन, त्यसैले मैले आफु भित्र रहेका भ्रम र अस्पस्टता हताउनुका साथै उत्सुक्ता मेटाउने प्रयत्न पनि गरेको हुँ । किशोर श्रेष्ठले राष्ट्रपतिलाई भेट्नु भन्दा अगाडि सबैको राय लिन खोज्नु आँफैमा निकै सहारानीय कुरा हो । उहाँले शायद सबैको बिचार समायोजन गरेर नै राष्ट्रपतिसँग आफ्नो सुझाव राख्नु भयो होला । भित्र के के कुरा बोल्नु भयो त्यो तत्कालका लागि चासोको बिषय पनि रहेन । यदी उहाँले फेसबुक मित्रहरुको सुझाव एकमुस्ठ राखिदिनु भएको हो भने राष्ट्रपतिलाई केही चेतना अबश्य खुलेको हुनु पर्छ । शायद, अब उहाँले अरुको उचित भनाइ सुन्ने र त्यो अनुसार मात्र चल्ने बानीको बिकास गर्नु हुनेछ । आफ्नो पदको मान र मर्यादालाइ ख्याल गर्नु हुनेछ र गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपतिको सहि अर्थ बुझ्ने प्रयास गर्नु हुनेछ । बिगतको जस्तो गल्ती नदोहर्याउन र भाबी राष्ट्रप्रमुखहरुको लागि पनि राम्रो उदाहरण बन्न तिर ध्यान दिनु हुनेछ ।

बिरलै मान्छे भेटिन्छन् जो समाजमा अली अली नाम कमाए पछी जो सुकै सँग बोल्ने र अहंकारको दम्भ नपाल्ने तर त्यसको बिपरित पूर्व मन्त्री गणेश शाह मसँग जहिले निकै सरल र मिजासिलो तरिकाले वार्तालाप गर्नु हुन्छ । कति आदर्श ठानेका ब्यक्ती त फरक हुन्छन भने अपरिचितको कुरा सुन्न सक्ने नेता शाहमा एउटा राम्रो गुण पाएँ । म जस्तो जाबो एउटा सामान्य जनताको कुरालाई महत्व दिनु उहाँको बिनम्रता नै मान्नु पर्छ । कत्ती झिंजो नमानी रिप्लाई गर्नु हुन्छ । यदी यसरी नै सबै नेताले बोल्ने भन्दा अरुलाई सुन्न सक्ने र काम गर्न तिर लाग्ने हो भने हाम्रो देश नेपाल सजिलै र चाडै सुन्दर र शान्त बन्ने थियो होला । अब असल नेपाली मिलेर मात्र सम्भव छ असल नेपाल बनाउन । असल जनताले मात्र असल नेता जन्माउछ, त्यसैले असल जनता बनौ र असल नेता मात्र जन्माऔ ।

Wednesday, August 12, 2009

दुई शब्द: बधाई र शुभकामना

अन्तर-ब्याच फुटबल खेलको फाईनल आज सकियो । खेल ५औ ब्याचका बिरुद्ध ७औ र ११औ ब्याचको मिक्स टिमको बिच थियो । २५-२५ को पुरा समय र थप ५ मिनेटको समयसम्म पनि कुनै टिमबाट गोल हुन नसके पछी टिम क्याप्टेनहरुको सल्लाह बमोजिम खेल पेनाल्टीमा पुग्यो । पेनाल्टीमा ५औ ब्याचका कुमार र बिनुको बल गोलमा परिणत भयो भने मिक्स टिमका तर्फबाट सुनिलले हानेको बलले मात्र सहि दिशा लिउन सफल रह्यो । फलत: खेल ५औ ब्याचले १ का बिरुद्ध २ गोलले जित्यो । उच्च स्कोररको लागि म र देव दाइको बिच प्रतिस्पर्धा थियो तर अन्त्यमा पुरुस्कार देव दाइकै पोल्तामा पर्‍यो । आजको फाईनल खेलको रेफ्रीको भूमिका मैले निभाएको थिएँ । फाईनलमा खेलाडी हुने इच्छा अधुरो रह्यो, फेरी पनि रेफ्री नै हुनु पर्‍यो । खेल रोचक र प्रतिस्पर्धात्मक दुबै भएको थियो । हेर्नलाई धेरै दर्शक पनि जुटेका थिए । भएका सबै खेल लगायत आजको अन्तिम खेल निकै उत्साहपुर्बक नै सम्पन्न भयो । सबै खुशी नै देखिन्थे ।

हुन त यो फाईनल हामी खेल्न र जित्न चाहन्थ्यौ तर हामीले ५औ ब्याचसँग गरेको सानो भुलले सेमी फाईनलबाटै हाम्रो उपाधी जित्ने सपना चकनाचुर भैदियो । हाम्रो राम्रो प्रदर्शनका वावजुद खेल हार्नु परेकोले मनमा हार स्विकार्न निकै गाह्रो भयो । एकैचोटि गरिएको सानो सानो गल्तीको फाईदा उठाउदै देव दाइले गोल हान्नु भयो । हामीले गोल फर्काउन निकै कोशीस गर्दा पनि निर्धारित समय कम भयो । अत: राम्रो खेलेकोमा सुखद अनुभुती र अर्कोतिर टिमलाई जिताउन नसकेकोमा निराश हुँदै मैदान छोड्न हामी बिबश भयौ ।

सबै साथीहरुलाई टिममा सहभागि रहेर आफ्नो ब्याचको लागि गरेको योगदान स्वरुप स-धन्यवाद दिन चाहन्छु । हाम्रो खेलको प्रसंसा नगर्ने कोही दर्शक भएनन, न त बिपक्षीले नै सजिलै जित्न सक्यो । तारिफयोग्य खेल प्रदर्शनका लागि हामी शिर उँचो बनाएर हिंड्न सक्छौ । भाग्यको साथ नभए जती गर्दा पनि नहुदो रहेछ । यसपाली हामीले पक्कै पनि हारेको त मान्नै पर्छ तर निराश हुनु पर्ने कुनै कारण छैन बरु गर्बका साथ अर्को खेल जित्न चुनौती दिन सक्ने भएका छौ । तसर्थ, हामीले हारेको होइन कि उपाधी कब्जा गर्ने आफ्नो योजनामा मात्र असफल रह्यौ, खेल त हामीले हारेको भन्दा जितेको बदी छ । ति हारेर पनि जित्ने हाम्रो महान र उत्कृष्ट टिम खेलाडिहरु,
१. रिबेश के. सी.
२. ज्वलन्त पौडेल
३. सन्तोष कुँवर
४. जीवन बुढा
५. चन्द्र जी. एम.
मेरा झुझारु साथीहरु, टिम क्याप्टेनको हैसियतले म सबैलाई निराश नहुन र अर्को खेल उपाधी जित्ने आत्मबल र आत्मविश्वाश राखिरहन बिशेष आग्रह गर्दछु । हामीले खेल उपाधी मात्र नजितेर के भयो र !? अरु धेरै कुरा जित्न सफल भएका छौ । हाम्रो टिम न हरुवा हो, न त जितुवा नै । त्यसैले, हामी अर्कै चिज पाउन योग्य छौ र त्यो पाएका पनि छौ । त्यो हो, बधाई एवम शुभकामना ।
11 Aug,'09

Saturday, August 8, 2009

बिजयको शुरुवात

हामीले भनेको र सोचेको अनुसार नै आज खेल पदर्शन गर्यौ । ७औ र ११औ ब्याचको टिमलाई हामीले ० का बिरुद्ध १ गोलले जित्न सफल रह्यौ र दोस्रो खेलमा १०औ ब्याचको निलो टिमलाई बराबरिमा रोकी ग्रुप टपर हुँदै सेमी फाईनल यात्रा तय गर्यौ । तुलनात्मक रुपमा मिक्स टिम राम्रो र झुझारु भए पनि हाम्रो पहिलो खेल भएकोले जित्न कुनै कसर बाँकी राखेनौ । परिश्रम त शुरुबाट नै गरेको भए पनि पाउनु पर्ने फल भने हाल्फ टाईम पछी मात्र पायौ । उनिहरुको टिम क्याप्टेन दावा लामा बल लिएर अघी बद्ने प्रयास गर्दा सन्तोषले कुशलतापुर्बक बल खोसेर मलाई दिएको पास नै त्यो खेल जित्न राम्रो अबसर बन्यो । त्यही एउटा गोलले नै हामीलाई ग्रुप टपर बनाउन ठुलो काम गर्‍यो ।

हामीले दोस्रो खेलमा २/३ गोल हान्न सक्ने अनुमान गरेका थियौ तर राम्रो खेलको वाबजुद गोल गर्न भने सकेनौ । बराबरी नै हामीलाई सेमी फाईनल पुर्याउन र अपराजित यात्रा निरन्तर राख्न काफी रह्यो । पहिलो खेलमा हाम्रो टिम अली 'नर्भस' भएको भाण परेको थियो तर दोस्रो खेलमा निकै खुलेर खेलेको महशुस भयो, जसले गर्दा पहिलो खेलमा भन्दा दोस्रो खेलमा बल हाम्रो खुट्टामा राख्न सफल रह्यौ । खेल अबधी भर हाम्रो पक्षमा निकै हुतिङ भयो । हाम्रो ब्याचका साथीहरु नरेन्द्र र प्रकाश पानीको बोतल लिएर आए । सोनी पानी लिन कुदे । दिनेश माथि झ्यालबाट हेरेर भए पनि प्रोत्साहन गरिरहे । दिपक दास हाम्रै छेउ आएर हौशला दिन आइपुगे । अरु सबैले हाम्रो जितको कामनामा हामीलाई एकछिन पनि सुस्ताउनै दिएनन । खेलको अन्तिम परिणाम अनुरुप हामी ग्रुप टपर हुँदै र मिक्स टिम रनर अपको हैसियतमा सेमी फाईनल प्रबेश पायौ ।

अब भोलिको पहिलो खेल ५औ ब्याचसँग हुनेछ । आजको हाम्रो टिमको प्रदर्शन हेर्दा हामी कुनै कोणबाट पनि कमजोर देखिएनौ । आजको जस्तै खेल कौशल देखाउन सके पनि प्रतिस्पर्धा निकै रोचक त हुनेछ तर हामीले निखारिएको खेल खेल्नु पर्छ । जित हाम्रो बनाउन त्यही स्तरको खेल अपुग हुन सक्छ । हामीले बिपक्षिको रणनिती र खेलाडीको खेल बडो सुझ-बुझपूर्ण तरिकाले नियालेर सहि 'गेम प्लान' बनाउन सक्यौ भने हाम्रो जितको पहिलो कदम त्यही हुनेछ । भोलिको खेल आज जत्तिको सजिलो हुनेछैन तर पनि हाम्रो आत्मबल, टिम स्पिरिट र आपसी तालमेलको कारणले हामी खेल आफ्नो पक्षमा पार्न तयार छौ र त्यो चुनौतीलाई सामना गर्न हामी पाँच जनाको तोली तम्तायर छौ । खेल जित्नको लागि हामी जस्तो सुकै जोखिमता मोल्न पनि पछी पर्ने छैनौ । हामी थाकेर, हतेर, हारेर होइन कि डतेर नै खेल जित्न चाहन्छौ । हामीले आज खेलेको खेलको 'भ्यालु' बचाउन र फाईनल यात्रा तय गर्न पनि हामीले सुधारिएको प्रदर्शन गर्नै पर्छ । सेमी फाईनल हाम्रो लागि 'गर या मर' हुनेछ र हामी त्यसको लागि सचेतापुर्बक जुघ्न आतुर छौ । हामीले सेमी फाईनल खेल हाम्रो टिमको लागि फाईनल प्रबेशको ढोका बनाउन चाहन्छौ भने बिपक्षिको लागि मात्र एउटा पिडादायी हार ।

Friday, August 7, 2009

रेफ्री भएँ म पनि

आजकाल गर्मी बिदा छ त्यसैले हामीले ५/५ जनाको एक टिम बनाएर अन्तर-ब्याच फुटबल खेल संचालन गरिरहेका छौ । आयोजक पनि हामी नै हौ र खेलाडी पनि आँफै । आज म्याचको पहिलो दिन थियो । पहिलो खेल ७औ र ११औ ब्याचको बिच निकै रोमान्चक तरिकाले सम्पन्न भयो । खेल 0 का बिरुद्ध १ गोल गर्दै ७औ र ११औ ब्याचले जित्न सफल रहे । रेफ्रिको भूमिका ५औ ब्याचका टिम क्याप्टेन नवाङ शेर्पाले गरेका थिए । पहिलो दिनको दोस्रो खेल चाँही ५औ ब्याच र १०औ ब्याचका बिच भएको थियो । यि दुबै टिम भाग्यशाली टिमका रुपमा सिधै सेमी फाईनल प्रबेश पाए पनि ग्रुप पहिलो र दोस्रो निर्णय गर्न मात्र खेल खेलाइएको थियो । यस खेलको रेफ्रीको काम मैले गरेको थिएँ । यस खेल निकै प्रतिस्पर्धात्मक र चुस्त रह्यो । दुबै टिम आफ्नो जित पक्का सुनिस्चितताको लागि गोल गर्न हर समय अनेक प्रयास गरिरहेका थिए । ३० मिनेटसम्म कुनै टिमबाट पनि गोल हुन सकेन । १० मिनेट थप गर्दा पनि कुनै टिमले गोल गर्न नसके पछी खेल पेनाल्टीमा पुग्यो । ५/५ जनाको पेनाल्टी प्रहारमा १०औ ब्याचका टिम क्याप्टेन अमित'फर्दी' र मिलिनले आफ्नो टिमको लागि गोल गर्न सफल भए भने ५औ ब्याचको तर्फबाट क्याप्टेन नवाङ शेर्पाले हानेको बलले मात्र सहि दिशा लिन सफल रह्यो । खेल हेर्न सबै ब्याचका भाग लिएका तथा नलिएका साथीहरुको उत्साहका साथ उपस्थिती थियो । बारम्बारको हुतिङले खेलाडिलाई जोशाउनुका साथै खेलमा भिन्नै रौनक थपेको थियो । आजको खेलमा म रेफ्रीमै सिमित रहेँ तर भोली हाम्रो ब्याचको दुई वटा खेल लगातार छ । पहिलो खेल ७औ र ११औ ब्याचको मिश्रित टिम सँग र दोस्रो खेल १०औ ब्याचको अर्को टिमसँग । हामी दुबै खेलमा जित वा एउटा खेलमा जित र अर्कोमा बराबरी गर्यौ भने हामी ग्रुप टपर हुँदै सेमी फाईनल प्रबेस गर्नेछौ । यदी दुई खेल नै बराबरी राख्यौ भने या एउटा हार र अर्कोमा जित सँगै राम्रो गोल अन्तर राख्न सक्यौ भने ग्रुप दोस्रो हुँदै सेमी फाईनल यात्रा तय गर्नेछौ । हामीले टिम र खेलाडी अनुरुप आक्रमक र रक्षात्मक दुबै रणनिती अपनाउनु पर्ने हुन्छ । आशा गरौ, भोलिको खेल पनि आजको मेरो रेफ्रिको भूमिका जस्तै सन्तोषजनक र चित्तबुझ्दो हुनेछ । हेरौ, सफलताले कसलाई पर्खिरहेको रहेछ । भोली साँझसम्म सबै छिनोफानो भैसक्ने छ । हाम्रो टिमका साथीहरुको उत्साह र मनोबल देख्दा त लाग्छ, हामी भोलिका खेलहरु सजिलै जित्दै सेमी फाईनलको ढोका खोल्न कुनै अप्ठ्यारो हुने छैन । टिमको सामुहिक भावना र तालमेलले पनि ठुलो महत्व राख्ने गर्दछ जुन कमजोरी हामीमा नदेखिने सम्भावना देखिन्छ । साथीहरु खेल हार्ने र जित्ने दोसाधमा रहने भन्दा पनि सचेततापुर्बक खेल जित्नेमा दुक्क छन । यो आत्मविश्वाशलाई सदुपयोग गर्न सक्यौ भने हाम्रो टिमलाई खेल जित्न शायद कुनै समस्या नपर्ला, भलै खेल कौशलमा अरु टिम भन्दा तुलनात्मक रुपमा कमजोर नै किन नहौ । अहिले म त खेल कस्ले जित्छ भन्ने भन्दा पनि आफ्नो टिमको प्रदर्शन पक्कै पनि प्रसंसनीय हुनेछ भन्ने कुरामै बिश्वस्त छु र यसैले नै मलाई अझै बदी उत्साहित बनाइ रहेको छ । अहिले हामी खेल हाम्रो पक्षमा पार्न मानसिक रुपमा तयार छौ र हाम्रो एउटै चाहना पनि 'पोजेतिभ रिजल्ट' नै हो । खेलको अन्तिम परिणाम हाम्रो पक्षमा पार्न हामीले सके जती प्रयास गर्नेछौ र यसका लागि हामी सक्षम पनि छौ ।

Wednesday, August 5, 2009

भान्जी, साथी र माइला दाजु

हिजो दाङ फोन गरेको थिएँ । माइला दाजुसँग कुरा गरे, उहाँ अली बिरामी हुनु हुने रहेछ । केही दिन अघी एक हप्ता ओछ्यान परेर भर्खर अली सन्चो भैराख्नु भएको रहेछ । भाउजु पनि बिरामी भएर स्कुल नजानु भएको ४/५ दिन भैसक्नु भएछ । बिरामी पर्नुको कारण पनि केही थाहा छैन रे । डाक्टरले केवल औषधी खान भनेको रहेछ, त्यस्तो गम्भिर बिरामी केही होइन रे । रोग नै पहिचान नगरि औषधी दिएको रहेछ । डाक्टरले भने अनुसार औषधी नियमित खान र बेला बेलामा 'चेक अप' गर्न जान भनें । अबको एक हप्तामा कुवेत जानलाई एक लाख पचास हजार पैसा लिएर तुरन्त काठमाडौं आउन म्यान पावर कम्पनीले भनेको छ रे । उहाँलाइ आफ्नो ज्वरो भन्दा त बिदेश जाने चिन्ताले बदी सताएको पाएँ ।

जेठि दिदीकी ठुलि छोरी कर्मिता भान्जी पनि दाङ आएकी रहिछिन । अस्ती घर जाँदा स्ताफ नर्स पढ्ने चाहना गरेकी दिदिले सुनाउनु भएको थियो । उनको गंगालाल हृदय केन्द्रमा मुटुको अप्रेसन गरेर १२-१३ बर्षबाट बल्ल हिंड्न सकेकी हुन । त्यो भन्दा अघी उनी सिर्फ केही पाइला हिंड्ने बित्तिकै सास फुलेर ठ्याच्च बस्ने गर्थिन । उनले आँफैले अरु बिरामीको सेवा गर्ने इच्छा राखेको सुन्दा मन निकै हर्षित भएको थियो । तर अब उनी पैसाको समस्याले नर्स नपढ्ने भइछिन् । उनकी बुवा मलेसियामा हुनुहुन्छ । बुवाले मलेशिया गएर कमाएको पैसाले पुग्ने कुरै भएन । उनिसँग बोल्ने उपयुक्त शब्द नै भेटिन मैले । खाली बोलिने शब्द मात्रको त के नै अर्थ हुन्छ र ! जब उनले रोजेको नै पुर्याउने सामर्थ्य मसँग अलिकती पनि छैन भने !? यद्धपी, हरेश नखाएर राम्ररी पढ्न र ठुलो उदेश्य लिएर अघी बद्ने कोशीस जारी राख्न खोक्रो सल्लाह दिएँ ।

घर दाङ नै भए पनि कलेजमै चिन्जान र राम्रो साथी भएका मेरो आत्मिय मित्र गिरेन्द्र । आज अन्लाईन च्याट भयो । अहिले EPS कार्यक्रम अन्तर्गत सरकारले लिएको परीक्षा उतिर्ण गरेर कोरिया उड्ने पालो कुर्दै काठमाडौंमा बसिरहेका छन । तर जान पाउने-नपाउने, कहिले जाने केही ठेगान छैन । अझै अब कामदार पठाउने प्रकृया रोक्न लागेको हल्ला रहेछ । घरबाट पैसा उदाएको भनेर जहिले कच-कच । उनी भन्छन,"निकै तेन्सन छ, अहिले तिमीसँग कुरा गरेर खुशी र हल्का महसुस गरेकोछु ।"

मेरो मनमा ति तिनै जनाको याद आइरहेको छ । जसले आ-आफ्नो भबिश्य खोज्न आँफैमा भन्दा अरुमा निर्भर हुनु परेको छ । मेरी भान्जिले एस.एल.सी. मा राम्रो नम्बर लिएर के भयो त ? उनको परिश्रम र लगनको सफलताले उत्साहित भएको घडीमा प्रोत्साहन पाउनु भन्दा उनी पक्कै निराश हुनेछिन । जब उनले आफ्नो रोजाइ र चाहना अनुरुप पढ्न पाउदिनन र परिणामत: भोली उनी कुनै सामान्य जागिर गर्लान तर उनी भन्दा नराम्रो र कमजोरले पैसाको आतमा जबर्जस्ती राम्रो संस्थामा भर्ना पाउछ र भोली त्यही ब्यक्तिलाई ज्यु-नमस्कार चदाउनु पर्छ । उनमा कति हिनताबोध होला ? त्यतिबेला के उनको धारणा आफ्नो परिवार र आफ्नो समाज प्रती सकारात्मक रहला ? उनी पछी पर्नुमा कस्को दोष रहन्छ ? आफ्नो कर्तब्यबाट को पन्छियो ? निस्चित रुपमा उनको अबिभावक र उनको प्यारो मातृभूमी जस्ले उनलाई राम्रो शिक्षा दिन सकेन र उनलाई आफ्नो सहि भबिश्यबाट बन्चित गरायो । ठीक यही बेला हाम्रो देशको सरकार एक जना भावना तामाङको परिश्रम र सफलतामा गोहिको आसुँ बगाइरहेको थियो । मानौ देशमा एकै मात्र भावना बैनि छिन्, जसले आमा र उनको संघर्षलाई खेर जान दिएनन् । हाम्रो सरकार कहिलेबाट घर घरका भावना बैनिहरुको दु:ख सुनेर यसरी नै रुन शुरु गर्ला ? अर्थात आफ्नो सहि कर्तव्य बुझ्न सक्ला ?

मेरो साथी सधैं श्रम मन्त्रालय जान्छन, बुझ्छन र फर्किन्छन तर कुनै छेउ पुच्छर लाग्दैन । उनी आँफैलाई थाहा छैन कि उनी साँच्ची जाने नै हुन कि सरकारले आफ्नै नागरिक माथि खेलवाद गर्दैछ ? उनी भन्छन,"यदी कसैलाई काखा र कसैलाई पाखा गरे, साथीहरुले शायद आन्दोलन गर्ने भन्छन होला ।" मैले उनको कुरामा सहमति जनाएर अझै उक्साए,"हो गर्नै पर्छ । कति अनुचित काममा त दुई चार जनाले सडक जाम गर्दैमा र टायर बाल्दैमा माग पुरा गर्ने सरकारले तिमीहरुको मागमा गैर जिम्मेवारीपन देखाउन मिल्दै मिल्दैन । सरकारले नै लिएको परीक्षा उतिर्ण गरेका छौ । तिमिहरुसँग नैतीक बल छ, त्यसैको आधारमा तिमीहरुले उचित न्याय पाउनै पर्छ ।"

मेरो दाजु बिरामी हुनुहुन्छ । अघिल्लो पटक साउदी अरब जाँदा उँट मालिकहरुको षड्यन्त्रमा परी २८ महिना जेल कताएर भर्खर फर्किनु भएको हो । उहाँ नेपाल फर्किनु अगावै बुवा स्वर्गे हुनु भएको दु:खद खबर सुन्नु भएछ र केही पैसा माया मारेर आउनु भएछ । अस्ती सम्म अब बिदेश गएर अनाबस्यक दु:ख खप्न नजाने कुरा बारम्बार दोहोर्याउनु हुन्थ्यो तर अहिले आएर फेरी उतै खाडी मुलुकमा आफ्नो भबिश्य देख्नु भएछ र खोज्न जाने निर्णय गर्नु भएछ । एक लाख पचास हजार दलाललाई तिरेर भए पनि पैसाको लागि आफ्नो जिउ ज्यानको बाजी मार्नु पक्कै पनि रहर होइन । उहाँको बिचार थियो, देशमै केही रोजगारी मिल्यो भने यही बस्ने, दु:ख पाए पनि आफ्नै ठाउँमा पाउने तर पराइ मुलुकमा गएर पसिना नबगाउने । तर हाम्रो देशको सरकार गरीब नेपालीको प्राण, रगत र पसिनासँग आर्थिक लाभको राम्रो उत्पादन गर्न सिपालु छ तसर्थ अरुको दु:ख ब्यथाले केही अर्थ राख्दैन । बहिरो छ हाम्रो देशको अन्धा सरकार ।

आज मेरी प्यारी भान्जी, मेरो प्यारो साथी र मेरो आदरनीय दाजुको मात्र यो दुर्दशा भैरहेको छैन कि बरु सिङो मुलुक भर धेरै नेपालीले यस्तै नियती भोग्नु परिरहेको छ । गिरेन्द्रको बदलामा कोही चिने जानेको पहुँचवालाको मान्छे कोरिया पुगेर पैसा पनि पठायो होला, छुट्टी पनि मनाउन आयो होला तर मेरो साथीसँग त्यस्तो चाकरी र ठुलै मान्छे लगाउने गुण र योग्यता केही छैन । त्यसैले, आज-आज र भोली-भोलीको मिथ्या कुरामा काठमाडौंमा बसेर अरु रिन बोक्न बिबश छन । आफ्नै देशमा बसौ र केही गरौ भन्ने स्वभावका मेरो दाजुले आफ्नो आत्मसम्मानलाई निमोठेर भए पनि अरुको माटोमा आफ्नो पसिनाको लगानी गर्न वाध्य हुनुहुन्छ । उहाँलाइ राम्रोसँग थाहा छ कि त्यहा हिरा फल्दैन, स्याउला भरे जस्तो पैसा उठाउन पाइदैन, हुँदैन । अझै दिनहुँ भित्र भित्रै कयौ पटक मरेर मात्र दुई पैसा पाक्छ भन्ने धेरै राम्रोसँग थाहा छ र पनि देशका अरु बिकल्पमा भोटे ताल्चा मारिएको छ । खुल्ला गरिदिएको छ त केवल उही बिदेश जाने असहज तर सहज लाग्ने बाटो ।

सबैको निशानी दाम र नाम कमाउने नै हुन्छ । तर यहाँ त नागरिकको अस्तित्व हराएको चिन्ता भन्दा देश चलाऊने सिपालु संचालकको अबश्यक्ता हो । देश उँभो लगाउने कोही नभएर होइन, इमान्दार बिचारहरु अपहेलित र अघोषित रुपमा बहिस्क्रित गरिएर हो । राष्ट्रिय गीत गाउनेहरु बिदेशी महाजनको भजन गाउनु पर्छ, देश बिकाश गर्न चाहनेहरु प्रदेशको बिकास गर्न जानुपर्छ, प्रगती रुचाउने मान्छेहरु पराइको जन्जिरमा बाधिनु पर्छ । अनी कसरी हाम्रो देश अघी बद्न सक्छ ? न त पढ्ने बातावरण हुन्छ, न त रोजगारी न कुशल राज्य सन्चालन । यस्तो अवस्थामा कसरी हामी खुशी हुन सक्छौ ? कसरी 'सुन्दर शान्त नेपाल' गीतमा स्वर भर्न सक्छौ ? कसरी 'यो नेपाली शिर उचाली' गर्बका साथ गाउन सक्छौ ? सक्छौ त केवल 'यो मन त मेरो नेपाली हो' भन्न । तर त्यतिले मात्र नपुग्दो रहेछ, जनता हाँस्न, नागरिक बाँच्न, देश चल्न । अब त केही गर्नै पर्छ । यो अन्योवलतालाई चिर्नै पर्छ । हामी नेपालीको परिचय हामी नेपालीलाई नै दिनै पर्छ । नत्र पछी पछी सम्म पनि हामी अल्मलिनै रहनेछौ । पछील्लो नयाँ पुस्ता आफ्नो सुन्दर सपनालाई हत्या गरेर सानो साँघुरो जीवन बाचिरहनेछन । हाम्रो पुस्ता आफ्नो उज्ज्वल भबिश्यको आशमा यता उता गरिरहनु पर्नेछ । अघिल्लो पुस्ता आफ्नो अस्वस्थताको वाबजुद बिदेशको बाटो रोज्नु पर्ने बाध्यता दोहोरी नै रहनेछ । समग्रमा, सबैले आफ्नो सहि दिशा बिराएर नजानिदो गरी लगातार पलायन रोजी रहेका हुनेछौ ।

Sunday, August 2, 2009

पार नहुने भार

बिहान उठेर पार्कतिर घुम्न गएको थिएँ । करीब ३० मिनेट हिंडेपछी एउटा शितल ठाउँमा गएर बसें । कामदाहरुले आज पार्कमा रहेका रुखका बदेका हाङाहरु र बाटाहरुमा उम्रिएका घाँस सफा गर्ने दिन रहेछ । मसँग गोजिमा रहेको कलम र पाना झिकेर कृतिम शान्त तलाउ हेर्दै मनमा आएका केही भावनाहरु कोर्न थालें । एकछिन पछी घाम चर्किन थाल्यो । म त्यही बसेर फिस्टा चरीहरुको खेल हेर्दै रमाइरहें । त्यत्तिकैमा अली पारी एकजना भर्खरै कि लाग्ने अती सुन्दर युवती आइरहेको देखें । उनी म भएकै तिर आइरहिन र नजिकै आएर चिच्च्याइन, " बुवा..बुवा.." उनकी बुवा त्यही काम गर्दै रहेछन । उनकी बुवा निकै खुशीका साथ मुस्कुराउदै उनी भए तिर गए । केही बेर कुरा गरेर पुन: काममा फर्किए । मैले मन मनै अड्कल काटेँ, शायद पैसा माग्न आएकी होलिन् ।

आजकाल गर्मी निकै बदेको छ । बिहान र साँझ बाहेक दिउसो बहिर निस्किन पनि गाह्रो हुन्छ । बुवा, उनी त्यो चर्को घाममा पुरानो चप्पल, माथितिर पत्याएको तालिएको पाइन्त र बटन पनि नभएको फोहोर कमिजसंग लगभग नाङै भुँडी असिन पसिन हुँदै कहिले यताको एक भारी घाँस उता पुर्याउछन त कहिले माथिको घाँस हातमा अंगाल्दै तल ल्याउछन । उनको ति युवती छोरी त्यही रुखको शितलतामा बसिरहिन । घरि घरि नबुझिने गरी कुन्नी के-के भन्थिन । एक्लै बर्बराइरहेकी हुन्थिन । उनको लवाइ हेर्दा लाग्थ्यो, उनी पक्कै खानदानी परिवारकै छोरी हुन । उनी कुनै कोण र कुनै हालतमा पनि यि अपरिचित गरीब बाउका छोरी हुन भनेर पत्याउन सकिदैनथ्यो । सेतो टि-सर्त माथि आकाशी रङको कमिज, तल गादा सेतो पाइन्त अनी सेतो स्पोर्ट जुत्ता, सेतो-निलो सानो ब्याग छड्के पारी बाँया तिर भिरेकी । आँखामा गाँजलु, खैरो र कर्लीमा ठीक्कको कपाल कोही अगाडि त कोही पछाडि बनाइ त्यसमाथि सेतो क्याप, जसमा उनले आफ्नो भए भरको सुन्दरता थपेकी थिइन् । उनको 'ड्रेस-अप'मा निकै भद्र र भलाद्मीपन देखिन्थ्यो । बुवा उमेर खाइसकेका, मयल जिउ तर छोरी लहलहाउदो उमेरकी तरुनी अत्ति नै सुकुली । यता हेर्छु, परिश्रमि बुवा जो एकछिन पनि नबसी आफ्नो कर्तब्यमा तल्लिन छन । उता हेर्छु, जवान छोरी जो बुदो बाउको पसिनामा पौदी खेलिरहेकी छिन् । धेरै कुराले बेचैन बनायो, बदी त बाटो सफा गरिरहेका र छेउ छाउका फोहोर उठाइरहेका, झुप्रोहरुमा झोक्रिरहेका चिनिया एकल र जोडी दम्पतीहरुको बिबशताले पिरोल्यो । उनिहरुले सिङो जीवन आफ्नो सन्तानको प्रगती र इच्छा पुरा गर्न बिताउछन, अन्त्यमा आँफै हत्या गरिन्छन आफ्नै त्याग र सपनाबाट । कती निस्वार्थी भावना, कती चोखो माया र ममता आफ्नो सन्तानको प्रगतिको लागि । कस्तो बिडम्बना !?

बिहान 'मुड फ्रेश' बनाउन हिंडेको मान्छे म, उल्तै 'मुड अफ' त भयो नै अली भाबुक पनि बनायो । मैले त्यहाँ आजकालका हामी धेरै युवा युवतिलाई देखें, जो यसैगरी हाम्रो बुवाआमाको रात दिनको दु:खमा सुख भोगिरहेका छौं । हाम्रा बुवाआमा चाहि उसै गरी छोराछोरीको मान प्रतिस्ठा र इज्जत सम्झेर इमान्दार बनी चर्को घामले पोलिरहे र आकाश नै बर्से पनि आफ्नो कर्तब्यमा खतिरहनु हुन्छ । उहाँहरुले जन्माउने, हुर्काउने, बदाउने मात्र नभएर सधै शिरमा चदाइरहनु हुन्छ, तर हामी भने कहिल्यै अलिकती सम्म पनि सोचिरहेका हुँदैनौ । बरु उल्तै सन्तानलाई सबै भन्दा माथि र राम्रो देख्ने आशा र सपनालाई कुल्चेर अरु नै कुरामा अभ्यस्त हुन्छौं । यो कसैबाट रिन लिएर तिर्न सकिने गुण कदापी होइन, न त मजदुरी बापत दिन सकिने निमेक नै । जन्मौ जन्म उहाँहरुको नोकर बनी गुण गरेर पनि पार गर्न नसकिने भार हो । त्यसैले मैले सोचें, हामीले कहिल्यै पार गर्न नसक्ने भार बोकेका छौ । यद्धपी हाम्रा महान बुवाआमाले त्यसरी लिउने कल्पना सम्म पनि गर्नु हुन्न । तसर्थ, जती सक्छौ यही जुनिमा सेवा गर्नु बाहेक अरु केही गर्न सक्दैनौ । कहिले काही मनमा लाग्ला, त्यो त उहाँहरुको कर्तब्य नै हो । तर त्यही आफ्नै कर्तब्य हामीले हाम्रा जन्मदाताहरु बुदेसकालमा पुग्दा सम्म भुलिरहेका हुन्छौं । देउतालाई खुशी पार्न आफ्नो श्री सम्पत्तिको भाकल दिने र भगवानका पूजा गर्न लाखौं खर्च गर्ने तर आफ्नै बुवा आमालाई ब्रिद्धा-आश्रमहरुमा अलपत्र पार्ने छोराछोरीको गल्ती दोहोर्याउनु हामी कसैले हुँदैन । यसै त कहिल्यै तिर्न नसकिने गुण पाएका छौं, अझै आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्यौ भने एक न एक दिन पछुतो बाहेक हामीसँग केही बाँकी हुनेछैन । म पार्कबाट फर्किदासम्म पनि बेला बेला बुवाले छोरी बसेको बाटो भएर भारी ओसार्दा कुरा गर्ने गरिरहेका थिए । म बसेको निकै बेर भएको र खाना खाने समय पनि भएकोले म फर्किए । मेरो चार वटा पानामा भने सिर्फ एउटै चिज नोट गरेर ल्याएँ, पार गर्न नसकिने भार..पार गर्न नसकिने भार..पार गर्न नसकिने भार..पार गर्न नसकिने भार..
02 Aug, 09

Saturday, August 1, 2009

एउटा नौलो त्याग

हे, दुष्त हो !
ए, राक्षस हो !
ए, मानवरुपी दानव हो !
पुगेन अझै रगत र आँशुमा होली खेल्न ?
अब कती दिन सताउन र के बाँकी छ ?
अब त छाड निहत्थाहरुको प्राण चुड्न
कुपोशितहरुको रगत चुस्न
किन बिथोलिरहन्छौ ति अव्यवस्थित जीवन !?

हुन त,
म पनि एक खुनी पिशाच नै हुँ
तै पनि,
ए, बुद्धु हो !
ए, अपराधी हो !
ए, भ्रश्त हो !
आजको परिवर्तनलाई आत्मसात गरौ
अरु गम्भिर भुल नगरौ
निर्दोषको रगतले जती प्यास मेत्यौ
परिश्रमि र इमान्दारिमाथि जती छल गर्यौ
अब त तिमीहरुको जीवन तुङिनु अघी
केवल एउटा सम्झनलायक राम्रो काम त गर
यो जीवन भरी गरेका पापको प्रायश्चित गरी
कायर नभइ सत्यको अघी आत्मसमर्पण त गर
हाँसी-हाँसी आफ्नै चितामा चद्ने आँट त गर
यो संसारको अधिकार सच्चा मान्छेलाई मात्र दिउ
अनी प्रार्थना गरौ,
धर्तिका हामी बुद्धुहरु सबै सत्यानाश भएर जाउन
हामी पछी हाम्रो बँशको कुनै पुश्ता पनि नभेतिएउन
मनुश्यलोकमा मान्छे मात्र बसुन
सच्चा मान्छे बस्नेमा हामी जस्ता कलंक नपसुन !
सोच, राम्ररी सोच
यो लोकमा मान्छेले रझाइ गर्ने कि यमराजले ?
सांचो मान्छे जीवित रहने कि आवरन मात्रको 'हामी' मान्छे ?

ए, मेरा महामुर्ख साथी हो !
ए, महापापी हो !
ए, भतुवा हो !
ए, सुख-शान्तिका लुताहा हो !
हिन्स्रक, कपती, अत्याचारी हौ हामी
हेर्दा मान्छे लाग्ने तर संक्रमित किटाणु हौ हामी
सयौ, लाखौं, करोडौले आज
अहिले नै, एकै साथ, एकै चिहान हुनुपर्छ
सिङो दुनियाँलाई उद्द्वार गर्न
मानव जातिको कल्याण गर्न
हामी कलंकीत र भुस्याहाहरुले नै
आफ्नो अन्त्य नै अन्तिम इच्छा बनाइ
पहिलो देहत्याग म गर्छु
मृत्‍यु जीवनको अन्तिम हार हो
तर, त्याग जीवनको अन्तिम जित हो
कालिदासका भक्तहरु वाल्मिकीभक्त हुन
अर्को चोला त लिउनै पर्छ
तसर्थ,
अब धर्ती बचाउने जिम्मा सच्चा मान्छेहरुको
मनुवालोक सजाउने कर्तब्य सज्जनहरुको
सभ्यतालाई चिन्ने शालिनहरुको
नयाँ अधिकार उठाउने हातहरुको
पुनर्जीवन पाउने त्यागीहरुको
अर्थात् भबिश्यको हाम्रो ।।।

तीन दिने बिछोड

आजबाट बल्ल टाउको हलुङो भएको छ । ख्यालख्यालमै अस्वस्थ भएँ, अनी यतिका दिन ब्लगबाट पनि तादिए । बिदाको मौकामा दिनहु अपडेट गरिरहेको मेरो ब्लगको दैनिकी पनि चौपत्त नै भयो । आशा गरौ, अब त्यस्तो केही नआइपरोस् । सहानुभुति दिनुहुने सम्पूर्ण परिचित अपरिचित मित्रहरुमा आभार प्रकत गर्न चाहन्छु । आज ब्लगर भेला छ, त्यसैले त्यसमा सहभागि हुनु पर्ला । सके सम्म फल्दायी बनाउने पक्षमा छु । साह्रो गाह्रो भन्ने चिज यस्तै त रहेछ मान्छेको चोलामा, कहिले घाम ! कहिले पानी ! अब फेरी मनमा लागेका कुराहरु बाड्दै र सात्दै अघी बदौला । यही नै त हो जिन्दगीको आनन्द । शायद, जीवन जिउने सजिलो र उत्तम उपाय पनि ।