Tuesday, July 19, 2016

मेरो स्कुल जिप्स

बिरताको चिनो गौरवपूर्ण गाँठा
लाहुरे दाजुहरु सिर्जनशिल दाँचा
स्वदेशको माया गर्ने सच्चा सपुतहरु
सजेको चाहने नेपालको पखेरु ।

ज्यानको बाजी थाप्ने सिपाही भए नि
जन्मभुमिको शान राख्ने छौ स्वाभिमानी
पसिना बगाइकन कष्टमा दिन कटाएर
ज्योति छर्न चाहेछौ शैक्षिक किरण फिजाएर ।

जिप्सरुपी सुर्यको भएकोछ उदय
नफस्टाएको देशमा शिक्षाको बिजय
समाजको बिकृति पुरै हटाउनलाई
लाग्दैछ जिप्स देशको नाम उकास्नलाई ।

सयौ युवाको पाखुरी लगाइएको छ यहाँ
धेरै उन्नत बिउ पनि छरिएको छ यहाँ
भावी सन्तान यसैका सक्षम होलान कि
लाहुरेका सन्देश बुझी प्रगती गर्लान कि ।

चोखो र निश्छल भाव यसैमा समेटिएकोछ
अनुशासनको सिमा कोरी ज्ञानपुन्ज बनाइएकोछ
मिलिजुली पढि लेखी योग्यता लिदैछन 
प्रकाश छावस गाउँ शहर जिप्सलाई हेर्दैछन ।  

उद्देश्य बिना हतारिने शैक्षिक भिडमा
गन्तव्य लिइ बदेकोछ नयाँ शैलिमा
कामना छ जिप्सलाई आफ्नो लक्ष्य चुम्नु  
लर्बराए नि कैले काही अगाडि नै बद्नु ।

२८ पौष, २०५९

रब्बे, घोराही दाङ   

छोरीकी चिठ्ठी

गर्भ दिने बाबालाई लेख्दैछिन चिठ्ठी
कविले स्वर्ग कल्पना गरे झै उनले पनि
बाजे र बज्यैको अनुहार सक्षी राखी
दुई मुहार एक बनाउदै यस्तै होलान भनी ।

काखमै नखेलेको छोरीको चिठ्ठी पद्दा
हाँस्छन वा आसुँ झार्छन होला
छोरीको अक्षरमा स्वदेशी भाव देख्दा
प्रदेशमा कसो गरी पद्छन होला ।

चिन्नेलाई नेपाल देश सबथोक हो
नचिन्नेलाई गौतम बुद्ध बुद्ढु हो  
कुशल बुवालाई त्यो चिठ्ठी भार हो  
अशल नागरिकलाई मुटु जलाउने खर हो ।

कसले बुझ्छ उनले के बाध्यता देखाउदैछिन
कसलाई थाहा उनले के सन्देश पठाउदैछिन
चिठ्ठी लेख्न नसकी नजानी पनि कोर्दैछिन  
के के लेखिन खै चार पाना त भराइ नै सकिन ।

लाहुरेको कथा र ब्यथा सुन्दा सुन्दै
मानिन्छिन उनी त पूर्ण अनुभवी झै
झस्किन्छिन रातमा लडाईंको कुरा सम्झिदै
लाग्दो हो आँफैले घोर युद्द लगिरहे झै । 

मायाको टुक्रा बिदेशमै हराउछ कि सोंची
निदाएको बेला टिपें एक अंश मैले पनि
*'तराइमाको महिदानमा' हत्तार नदेखाउनु ड्याडी
भेट्न मन लायकोछ तपाईं आउनुहुन्छ कहिले?

*लडाइको मैदानमा
१८ पौष, २०५७

घोराही, दाङ

अनुरोध! प्यारी शान्तिलाई

सयौको माझमा पनि बिरानोमा एक्लो छु म
हाँसी रहे झै गरे पनि आसुँ लुकाइ रुदैछु आज
हर्षित पार्न मनलाई भौतारिदैछु उनकै लागि
पर्खि पर्खि बसेकोछु फर्क मेरी शान्ती!

कोइ जादुगरले लायो कि मोहनी तिमीलाई
निष्ठुरी बनिकन छाडेर हिड्यौ मलाई
नदेखाउन अरुलाइ चाहेको जस्तो नानाभाँटी
रातदिन बिलापमा छु फर्की आउ है शान्ती ।  

पश्चिम पुगें लुम्बिनी भेटेन कोइ पनि
मध्य भ्याएँ स्वयम्भु र पशुपती घुमी
जहाँ धाएँ मनमा तिम्रै अभाव कान्ती
पूर्व लागें तिमीलाई पाउने आशमा शान्ती ।    

धेरै थिए साट्नु पर्ने कुराहरु जीवनका
सत्य थिए वाचाहरु झुटा होइनन यौवनका
सोध्न गएँ भ्रिकुटीलाई भेटिइन जानकी नि
सवै भन्छन मेरो लागि तिमी नै हौ रे शान्ती । 

बोलाए नि अरुले तिम्रो नाम चिच्याइ चिच्याइ
अङाल्न आतुर छु पिरतीको मान्द्रो बिछ्याइ
मौनतामा भित्र भित्रै तिम्रै याद झलझली
फूलमाला उन्न थाल्छु आउ है मेरी शान्ती ।

चाडै आउ है मेरो आँखाको ज्योति बनी
हुने छ संसार हराभरा नत्र खरानी
टद्पिदैछु एक्लै एक्लै तिम्रै नाम जपी
चौतारीमा कुर्दै हुन्छु आउ है प्यारी शान्ती
मेरी मनकी प्यारी शान्ती ।

११ भाद्र २०६१
थसिखेल, ललितपुर