गर्भ दिने
बाबालाई लेख्दैछिन चिठ्ठी
कविले स्वर्ग
कल्पना गरे झै उनले पनि
बाजे र बज्यैको
अनुहार सक्षी राखी
दुई मुहार
एक बनाउदै यस्तै होलान भनी ।
काखमै नखेलेको
छोरीको चिठ्ठी पद्दा
हाँस्छन वा
आसुँ झार्छन होला
छोरीको अक्षरमा
स्वदेशी भाव देख्दा
प्रदेशमा
कसो गरी पद्छन होला ।
चिन्नेलाई
नेपाल देश सबथोक हो
नचिन्नेलाई
गौतम बुद्ध बुद्ढु हो
कुशल बुवालाई
त्यो चिठ्ठी भार हो
अशल नागरिकलाई
मुटु जलाउने खर हो ।
कसले बुझ्छ
उनले के बाध्यता देखाउदैछिन
कसलाई थाहा
उनले के सन्देश पठाउदैछिन
चिठ्ठी लेख्न
नसकी नजानी पनि कोर्दैछिन
के के लेखिन
खै चार पाना त भराइ नै सकिन ।
लाहुरेको
कथा र ब्यथा सुन्दा सुन्दै
मानिन्छिन
उनी त पूर्ण अनुभवी झै
झस्किन्छिन
रातमा लडाईंको कुरा सम्झिदै
लाग्दो हो
आँफैले घोर युद्द लगिरहे झै ।
मायाको टुक्रा
बिदेशमै हराउछ कि सोंची
निदाएको बेला
टिपें एक अंश मैले पनि
*'तराइमाको
महिदानमा' हत्तार नदेखाउनु ड्याडी
भेट्न मन
लायकोछ तपाईं आउनुहुन्छ कहिले?
*लडाइको मैदानमा
१८ पौष, २०५७
घोराही, दाङ
No comments:
Post a Comment