Tuesday, July 19, 2016

मेरो स्कुल जिप्स

बिरताको चिनो गौरवपूर्ण गाँठा
लाहुरे दाजुहरु सिर्जनशिल दाँचा
स्वदेशको माया गर्ने सच्चा सपुतहरु
सजेको चाहने नेपालको पखेरु ।

ज्यानको बाजी थाप्ने सिपाही भए नि
जन्मभुमिको शान राख्ने छौ स्वाभिमानी
पसिना बगाइकन कष्टमा दिन कटाएर
ज्योति छर्न चाहेछौ शैक्षिक किरण फिजाएर ।

जिप्सरुपी सुर्यको भएकोछ उदय
नफस्टाएको देशमा शिक्षाको बिजय
समाजको बिकृति पुरै हटाउनलाई
लाग्दैछ जिप्स देशको नाम उकास्नलाई ।

सयौ युवाको पाखुरी लगाइएको छ यहाँ
धेरै उन्नत बिउ पनि छरिएको छ यहाँ
भावी सन्तान यसैका सक्षम होलान कि
लाहुरेका सन्देश बुझी प्रगती गर्लान कि ।

चोखो र निश्छल भाव यसैमा समेटिएकोछ
अनुशासनको सिमा कोरी ज्ञानपुन्ज बनाइएकोछ
मिलिजुली पढि लेखी योग्यता लिदैछन 
प्रकाश छावस गाउँ शहर जिप्सलाई हेर्दैछन ।  

उद्देश्य बिना हतारिने शैक्षिक भिडमा
गन्तव्य लिइ बदेकोछ नयाँ शैलिमा
कामना छ जिप्सलाई आफ्नो लक्ष्य चुम्नु  
लर्बराए नि कैले काही अगाडि नै बद्नु ।

२८ पौष, २०५९

रब्बे, घोराही दाङ   

No comments:

Post a Comment