Wednesday, December 30, 2009
खोज्दैछु मेरो पहिचान
उसले मेरो परिचय माग्यो
'शान्ति दूत' शानसँग भनिदिएँ,
बुद्धको देश
आश्चर्यको कुरो !
बुद्ध त इन्डियामा पो जन्मिएका हुन रे !
मेरो बारे जान्न चाह्यो
आफ्नैपनको कलामा भनिदिएँ,
बलबाहुको देश
अचम्मको कुरो !
बलबाहु तिब्बतको पो हुन अरे !
उसले मेरो अस्तित्व खोज्यो
उच्च शीर उठाएर भनिदिएँ,
सगरमाथाको देश
अनौठो कुरो !
सगरमाथा चिनमा पो पर्छ रे !
उसले मेरो पहिचान सोध्यो
छात्ती फुलाइ गर्वले भनिदिएँ,
सुन्दर देश नेपाल
असम्भव कुरो !
नेपाल त भारतमा पो पर्छ रे !
उसैले थप प्रश्न गर्यो
तर, म निरुत्तर भएँ
मेरो टाउको झुकिरह्यो
किन कि,
मैले बल्ल थाहा पाएँ
माथिल्लो छिमेकीले भित्र भित्रै षडयन्त्र गरेछ
तल्लो छिमेकीले त झन ईतिहास नै बङ्याएछ
म त अस्तित्व गुमाएको
पहिचानहिन एक बुद्दु पो भएछु ।
हो, म त झण्डैले
पृथ्बिको ग्लोबमा नअटाउने
अपूर्ण मानचित्र पो ठानिएछु
सहि भुगोल चिन्न नसक्ने
बुझक्कड अज्ञानी पो भएछु
आफ्नै माटो बचाउन नसक्ने
देशको सीमा पनि चिन्न नसक्ने
मृत देशभक्त पो भएछु
मृत देशभक्त पो रहेछु ।
ग्लोब नियाल्न कहिले जान्ने हो
भूगोल पढ्न कहिले सिक्ने हो
माटो खोज्न कैले थाल्ने हो
सीमा चिन्न कैले जान्ने हो
ईतिहास बुझ्न कैले थाल्ने हो ।
हामी नेपाली भएर बाँच्ने कैले हो ?
07 Dec,'09
Subscribe to:
Post Comments (Atom)
एकदमै मनछुने अनि नशा नशाका रगत उमाल्ने कविता!! तपाईको भावना केवल भावना मात्र नभएर एककिसिमको कठोर वास्तविकता पनि हो । मलाई त साह्रै मनपर्यो । फेरि फेरि यस्तै सिर्जनाहरू पढ्न पाउँ है!!
ReplyDeleteअशेष जी, कतु यथार्थलाई खोतल्ने प्रयत्न नै गरेको हुँ, भलै प्रभावकारी हुनु नहुनु आफ्नै ठाउँमा होला । तपाईंलाई मुरी मुरी धन्यवाद, मेरो ब्लगसम्म आएर कमेन्त दिनु भएकोमा । यही मौकामा नयाँ बर्षको शुभकामना पनि है !!!
ReplyDeletehttp://www.facebook.com/notes/chandra-gharti-magar/khojdaichu-mero-pahicana/335899486443
ReplyDeletehttp://www.nepstime.com/2010/03/%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a4%be-%e0%a4%96%e0%a5%8b%e0%a4%9c%e0%a5%8d%e0%a4%a6%e0%a5%88%e0%a4%9b%e0%a5%81-%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9%e0%a4%bf%e0%a4%9a/
ReplyDelete