Friday, December 18, 2009

बिदाई ५औ ब्याच

डिसेम्बर १३ का दिन, सादे चार बर्षको पढाई पुरा गरेर नेपाल जान लागेका सिनियर '५औ' ब्याचलाई हाम्रो '६औ' ब्याचले बिदाई दिएका थियौ । बिदाई कार्यक्रम वेइफ्याङ्को एउटा तीन तारे होटेलमा दिउसो दुई बजेबाट ६ बजेसम्म आयोजना गरेका थियौ । सबै ब्यबस्थापन गर्ने देखी लिएर ब्यहोर्नु पर्ने खर्च पनि हाम्रै ब्याचका सबै साथीहरुको जिम्मामा मिलेर गरेका थियौ । मैले कार्यक्रम सन्चालन गर्नुका साथै हाम्रो ब्याचको तर्फबाट बिदाई तथा धन्यवाद ज्ञापन गर्ने मौका पाएको थिएँ । त्यही कुराहरु यहाँ पनि राखेको छु ।

सिनियर दाजुदिदिहरु,
सर्ब प्रथम त, सबैजनाले हाम्रो आग्रहलाई स्विकार्दै तोकेको मितिमा नै आ-आफ्नो समय दिएर यहाँ उपस्थिति जनाईदिनु भएकोमा हृदयदेखि नै धन्यवाद ।

आज धेरै लामो अन्तराल पछी मन्चमा उभिएको छु, त्यो पनि बिदाई गर्न । बिदाई दिदा अली दु:ख लाग्नु पर्ने हो तर मलाई अलिकती पनि दु:ख र संकोच महशुस भैरहेको छैन, न त अरु कसैको अनुहारमा नै त्यो झल्किरहेको देख्छु । बरु, म भित्रैबाट खुशी छु तर अली भाबुक छु । हामीले भुलेका छैनौ, तीन बर्ष अगाडि दिसेम्बर २५, २००६ (क्रिस्तमसको दिन) तपाईंहरुको न्यानो स्वागत पाएका थियौ । त्यतिखेर, हामीहरु एक अर्काका लागि अपरिचित थियौ । बिस्तारै घुलमिल हुँदै चिनजान गर्यौ र धेरथोर बुझ्यौ पनि । एउटै घरमा एकै परिवार भएर मिलेर बस्यौ । आज ठीक तीन बर्ष पुग्न एक हप्ता बाँकी रहदा हामीले अत्यन्तै नजिकिएर बिदाई गर्दैछौ । तीन बर्ष पक्कै पनि छोटो समय होईन तर हामीले समय बितेको पत्तै पाएनौ । तपाईंहरुले राम्रो गाइदेन्स गर्नुभयो, हामीले त्यो फलो गर्यौ । तपाईंहरुले माया गर्नुभयो, हामीले आदर गर्यौ । हामीलाई आई परेका हरेक समस्यामा सहयोग पायौ । यस्तो मौका फेरि आउला नआउला तर यि गुणहरु अबिस्मरनीय भएर हाम्रो सम्झनामा रहि रहनेछ ।

मलाई के लाग्छ भने, स्वागत र बिदाई कार्यक्रमको आयोजना गरेर औपचारिकता निभाउनु मात्र ठुलो कुरा होईन । हामीलाई गरिएको भब्य स्वागत र हामीले हाँसिखुशी गरेको बिदाईको अर्थ अबको हाम्रो सुमुधुर र गादा सम्बन्धबाट निर्धारण हुनुपर्दछ । तपाईंहरुले खुल्ला हृदयले गरेको स्वागत र हामीले सम्मानित तरिकाले दिएको बिदाईको अर्थ आउने दिनहरुमा झनै पुष्टि हुदै जानु पर्दछ । हाम्रो साईनो अहिलेको भन्दा पनि झाङिदै जानु पर्दछ र हाम्रो आत्मियताको गहिराई पनि त्यसैमा भर पर्नेछ । मैले, यो हाम्रो बिदाई सदा सदाको लागि साँच्चीकै बिदा नभै दियोस् भन्ने चाहन्छु ।

हाम्रो भेट हुनु र छुट्टीनु प्रकृतिको स्वभाविक प्रकृया हो तथा सधैं सँगै हुँदा मिल्न नसक्नु र टाढा भए पछी पछुटाउनु पनि मान्छेको स्वभाव नै हो । तीन बर्षको अवधिमा हामीबाट जान-अन्जानमा गल्ती भएको हुनसक्छ, त्यसका लागि हाम्रो ब्याचको सबै साथीहरुका तर्फबाट माफी माग्न चाहन्छु । हाम्रो कमी-कमजोरी र भुलहरुलाई बिर्सिएर मिठा मिठा रमाईला क्षणहरुलाई मात्र सम्झिदिनु हुनेछ भन्ने आशा गरेका छौ ।

मान्छेको जीवन एक निरन्तर यात्रा हो । यद्धपी, समय र आवश्यकता अनुसार फरक फरक उद्देश्य हुने गर्दछन् । तपाईंहरुले एउटा महत्वपूर्ण यात्रामा गन्तव्य चुम्न सफलता प्राप्त गर्नुभएको छ । पहिले आउने बेला थोरै ज्ञान, सानो परिधी र कम अनुभव थियो, अहिले जाने बेला ति सबै बदेका छन् । यस सुखद अबसरमा आजको कार्यक्रमलाई हामीले बधाई दिएको र अभिनन्दन गरेको पनि ठानेका छौ । एउटा उद्देश्यमा सफल हुनुको मतलब जीवनको पुरै यात्रा तुङिएको कदापी होईन । बरु यात्राको अर्को दोका खुलेको हो । भाबी दिनमा थप चुनौतिसँग जुध्ने कठिन समय आएको हो । कुनै एउटाको अन्त्य हुनु भनेको अर्कोको शुरुवात हुनु पनि हो । यसर्थ, हामी सबैले बुझ्नै पर्छ कि, आज हामीहरुले बिदाई मात्र नभएर उच्च प्रगती र सफलताको कामना गर्ने मौका पनि पाएका छौ । जीवनलाई पछ्याउनु भन्दा पनि आँफैले डोर्याउन सक्नु मुख्य कुरो हो । आफ्नो भबिश्यको साँचो आफुसँग राख्न सक्नु अर्को सक्षमता हो । हामीलाई तपाईंहरु प्रती पूर्ण विश्वाश छ कि, तपाईंहरु ति चुनौती सामना गर्न जुनसुकै कोणबाट पनि सक्षम हुनुहुन्छ । हामीले देख्न चाहन्छौ, तपाईहरुको अबिचलित पाईलाहरु नथाकेर शिखरतिर बदिरहुन् । हामीले सुन्न चाहन्छौ, तपाईहरु प्रत्येकको नाम इज्जत, प्रशँसा र प्रतिष्ठाले गुन्जिरहोस् । हामीले हेर्न चाहन्छौ, तपाईहरुको जीवनमा सधैंभरी जोश, उत्साह र उमंगले छाईरहोस् । हरेक क्षण हरेक पल कहिल्यै ननिभ्ने दियोको ज्योति धपक्क बलिरहोस् ।

हाम्रो प्रयास मात्रले आजको कार्यक्रम सफल हुन सम्भव थिएन । यसको लागि तपाईंहरुले पनि अहम भूमिका खेल्नुभएकोछ । कार्यक्रमलाई ब्यवस्थित, शान्त र सहज रुपमा सम्पन्न गर्न देखाउनु भएको सरलता र धैर्यताले हामीलाई झनै खुशी तुल्याएको छ । हामी तपाईंहरुको शालीनता एवम् भद्रपनको तारिफ र सम्मान गर्दछौ ।

अन्तमा, कुनै दिन उचित ठाउँमा फेरी हाम्रो भेट हुने नै छ भन्ने आशा राख्दै, मेरो ब्यग्तिगत र ब्याचका सम्पूर्ण साथीहरुको तर्फबाट तपाईंहरुको प्रगति र सफलताको कामना गर्न चाहन्छु । उज्ज्वल भबिश्यको पवित्र कामना गर्न चाहन्छु । सुन्दर नयाँ यात्रा थालनीमा धेरै धेरै शुभकामना दिन चाहन्छु ।
धन्यवाद ।
13 Dec, 09

2 comments:

  1. thank u chandra im varyy happy
    maile hjaur ko web site herna pau da deari khusi chu hajur ko web site uk baat kaka le denu vaya ko ho ma hajur ko aafno ghar ko manchee gm prakash
    malai cantak gharnu la mero emaill add gmprakash25@yahoo.com from
    kingdom of saudi arabia jeddha. no.00966563312560-00966544131160 gmprakash

    ReplyDelete
  2. भतिज नमस्ते है । तपाईंको कमेन्ट देखेर साह्रै खुशी लाग्यो । मैले मेरो मेसेन्जरमा एड गर्छु, अनि त्यहाँ कुरा गर्दै गरौला है ।

    प्रतिकृया सँगै आफ्नो एड्रेस पनि छाद्नु भएकोमा धेरै धेरै धन्यवाद ।

    ReplyDelete