अधल परे मै मरी जाउला, तँ चाँही बचेँस् है ।
मृत्युको रित मै टारि जाउला, तँ हाँसी रहेस है ।
इश्वरको कृपा पाएर हामी, सँगै छौ एक जोडी
दैबको आदेश मान्नु नै पर्छ, कोही अघी कोही पछी
म गए पनि खुशीको यात्रा जारी नै राखेस् है ।
अधल परे मै मरी जाउला तँ चाँही बचेँस् है ।
धिक्कार्दै कठै भाग्यलाई आमा, रुनेछिन् शोकमा
सम्झेर मलाई डुब्नेछन् सङी, आँशुको आहालमा
निधारको लेखा सकियो भनी सम्झाएर राखेस् है ।
मृत्युको रित मै टारि जाउला तँ हाँसी रहेस् है ।
अधल परे मै मरी जाउला, तँ चाँही बचेँस् है ।
मृत्युको रित मै टारि जाउला, तँ हाँसी रहेस् है ।
4 August 2011
(सम्पूर्ण 'तँ' हरु प्रती समर्पित)
Friday, August 19, 2011
Subscribe to:
Post Comments (Atom)
राम्रो लाग्यो ..लेख्दै गर्नुहोला !!
ReplyDeleteThank you for ur inspiration!
ReplyDelete