चाहेरै न बोल्न मिल्यो, न
त कतै देख्न पाएँ
यादमै जुनी बित्ने भयो, न
त ब्यथा पोख्न पाएँ
मनभित्र के-के हुन्छ, कसले
देख्न सक्या छ र !
हाँसोभित्र घाऊ हुन्छ, कसले
पोख्न सक्या छ र !
घर हेर्छु अध्यारो छ, गाउँ
हेर्छु सुनसान छ
वरिपरी उस्तै देख्छु, एउटै
मान्छे गुमनाम छ
घर-गाउँ रुवाएर, अन्त बसाइ
सर्यौ किन !
चाडै छाडि जानु रैछ, यती माया
गर्यौ किन !
रुदा रुदै हाँस्न खोज्छु,
हाँसोलाई बुवा ठान्छु
हाँस्दा हाँस्दै आसुँ झर्छ,
आँशुलाई बुवा ठान्छु
जानेलाई त सजिलो भो, बाँच्नेलाई
गाह्रो रै'छ
भुल्नेलाई त सजिलै भो, साँच्नेलाई
साह्रो रै'छ ।
किउलीवाङको गोठमा, छैन कुनै
खाट अब
भट्किएको गाह्रो लाउने, छैन
कुनै हात अब
गाई-बाख्राका बगाल पनि, छिन्नभिन्न
भईगए
दिमखोला र पोतल घुम्ने, मुल
खसम कहाँ गए !
मध्यरातमा फेरन लुगा, लिन
आ'को देखें बुवा
खुशी हुँदै ब्युझिएँ 'नि,
दर्शन गर्नै पाइनँ बुवा
दिउसै आउन मिल्दैन र! लुकी-लुकी
आउनु पर्ने
बिपना त दुखेकै छ, सपना 'नि
दुख्नु पर्ने !
जाडो सुरु भयो कठै! चिसो बद्यो
होला बुवा
लुलाएका हातखुट्टा ति, ऐले
कस्तो होलान बुवा
कसो गरी सम्हाल्दै हुन्, परिवार
छौं जम्मै यतै
किन रोजिस् इश्वर तैले, हाम्रै
घरको असक्त नै !
हाम्रो खुशी देख्दा तँलाई,
इर्श्या किन जाग्नु पर्ने!?
रुदै इश्वर नाम जप्दै, तँलाई
किन दोग्नु पर्ने!?
सुख-दु:ख रचिस् तैले, सुख
जती आँफै खोसिस्
सृस्टि त गरिस् तैले, कुदृष्टिले
किन हेरिस् !?
११ नोभेम्बर, २०११
२५ कार्तिक, २०६७
बिहान ०२:५५ बजे
No comments:
Post a Comment