Friday, November 5, 2010

तिहार शुभकामना, ०६७


हिन्दूहरुको महान पर्ब तिहार तथा दिपावलीको यस शुभ अबसरमा देशप्रदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाइ र दिदीबहिनीहरुमा सुख, स्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

नेपाल रहे मात्र नेपाली रहन्छौं, हामी रहे मात्र नेपालको अस्तित्व रहन्छ । हाम्रो देशमा रहेका कला र संस्क्रिती हाम्रो पहिचान हुन, ति सबै हाम्रा साझा हुन । जातीय बिभेद, बर्गीय असमानता, धार्मिक असहिष्नुता, क्षेत्रीय असन्तुलन जस्ता समस्या हाम्रो सामु बिद्यमान छन, जसको समाधान खोजिनु र निराकरण गरिनुपर्छ । हामीले बदनियतपुर्बक त्यसलाई अतिरन्जित गरेर आपसी सद्भाव खल्बलाउने नियत राख्नु भबिश्यका लागि हानिकारक छ । यस प्रकारको मानसिकतालाई त्याग्दै आजैदेखी मानवीय र सामाजिक मुल्यमान्यताको आधारमा आपसी सम्बन्धलाई अझ सुमधुर र प्रगाद बनाउने प्रयत्न गरौं । यसर्थ, नेपालमा मनाइने हरेक धर्महरुका बिभिन्न चाड पर्बहरुलाई आफ्नै ठानेर हर्षोल्लासका साथ भब्य रुपमा मनाउने गरौं ।

देश बिषम स्तिथीमा गुज्रिरहेकोछ । हामी र हाम्रो मुलुकमाथि पराइको कुदृष्‍टि र धारे हात उस्तै गरी चल्मलाइरहेका छन । हाम्रो घरपरिवार र गाउँ तोलमा बिग्रह ल्याउने कोशीस दिनहु बदिरहेकोछ । हामीले स्वाधिन नेपाल बचाइराख्न र स्वाभिमानी नेपाली भएर बाँचिरहनका लागि कुनै एक ब्यक्तिको भर परिरहनु भन्दा स्वयम आँफैले जिम्मेवारीबोध गरेर बदी सचेत, सतर्क र जागरुक हुन अत्यन्त जरुरी भैसकेको छ । देशमा चालु शान्तिप्रकृया लगभग अबरुद्ध छ, संबिधान निर्माण अलपत्र छ । दलका नेताहरु राष्ट्रिय आबश्यकतालाई भुलेर एक अर्कालाई निषेध गर्ने र पद, प्रतिस्ठाका लागि तछाड्मछाड् गरिरहेका छन । मेलमिलाप, सहमति, सहकार्य र एकताको अकाट्य सुत्रलाई अनर्थ लगाइरहेका छन । संबिधानसभामा प्रस्फुटित जनमत र जनविश्वाशलाई बिना हिच्किचाहत अबमुल्यन गरिरहेका छन । उनीहरु भोलिको सम्भावित दुर्घटना र परीणाम प्रती रत्तिभर पनि चिन्तित भएको देखिदैनन । यि र यस्तै खराब ब्यक्ति र प्रब्रितीलाई उप्रान्त सुध्रिन र सुधार्न नयाँ सोच र नयाँ बिचारहरु उदाउन यस पवित्र घडिले अबश्य बल प्रदान गर्नेछ भन्ने आशा छ ।

अन्तमा, देशले चाडै प्रगतिको बाटो पक्रियोस, अग्रगतिमा अगाडि बदोस । नेपालीहरु सधैं सम्पन्न र सुखीखुशी रहौं । नेपालमा छिट्टै शान्ती र समृद्धि छावस । हरेक दिन, हरेक घर-सङ्गारमा दीपावली झिलिमिली बलिरहोस् । दीपावली २०६७ सुखद रहोस्, सबैको जीवनमा चमक ल्यावस, हार्दिक शुभकामना ।
05 Nov,’10

Tuesday, November 2, 2010

उस्तै-उस्तै


र, जिन्दगी ।
जोड-घटाऊ
र, चमत्कार
अचेल उस्तै-उस्तै ।

सिद्धान्तका लामसङै
प्रमाणित लघुसैद्धान्तिक थुप्रो
गणितका सुत्र र सुत्राधारहरु
बैज्ञानीक तथ्य
आविस्कार र आविस्कारकहरु
किन्दै, पढ्दै, घोक्दै
निर्मित एक प्रयोगशाला
अर्को नौलो चमत्कार
सत्य दुरुस्ट उस्तै उस्तै ।

आफ्नै जीवनको अभ्यासमा
नमिलेको हिसावकिताव ।
आफ्नै आविस्कार गर्न चुकेको
एउटा अनुसन्धानकर्ता ।

दिग्गज मगजभरी
अन्जान-अबुझको पगरी
लगन-परिश्रमको भारी
आत्मबिश्वासको खडेरी
फेरी पनि उस्तै-उस्तै ।

जोड्यो, झन घट्छ
घटायो, फेरी जोडिन्छ
बालुवामा पानी खन्याउनु
पानीमा बालुवा पोखाउनु
उल्तो-सुल्टो, सुल्टो-उल्तो
सधैंलाई उस्तै-उस्तै ।


हुनु र नहुनु
शायद
उस्तै उस्तै ।
22 Oct,’10

Saturday, October 23, 2010

मेरी उनीलाई

प्रिया!
हिजोसम्म
तिमी सिर्फ मेरो थियौ
तर
म कहिल्यै पनि
तिम्रो हुनै सकिनँ ।

आज भने
तिमी अर्कैको भएछौ
तर
म तिम्रै मात्र भैरहेछु
प्यारी! सधैं सधैंका लागि ।

अचेल
घोरिदै, एकोहोरिदै
बिर्सिदिने बहानामा
धुवामा उड्न खोज्छु
नसामा झुल्न खोज्छु
तर
पटक-पटक
भुल्छु भन्दै सम्झिराछु
सम्झिदै झन टोलाइराछु
भित्र-भित्रै बेस्सरी
बिछोडले तड्पिराछु
मन-मुटु-हृदय सबै
बेदनामा जलिरहेछन
म पश्चातापले सल्किरहेछु, डडिरहेछु ।

प्रेम,
गर्नु र नगर्नुको भुल
प्रेमी,
पाउनु र गुमाउनुको दुर्दशा
झन झन म बुझ्दैछु
पिडा भनूँ या नियती?!
अहिले नराम्ररी भोगिरहेछु ।

प्रिय!
मलाई बदल्न खोज्दा
मैले उल्तै बदल्दिएछु
तर
थाहा छ तिमीलाई ?
अब म फेरिएकोछु
शब्द र नजरपछी बल्ल
हृदय र विश्वाशको
चोखो प्रेम जन्माएकोछु
पल हरपल
क्षण हरक्षण
यादहरुमा भेटिरहन्छु
तिम्रै सम्झनीमा
तिमीसङै बाँचिरहेकोछु ।
15 Oct,’10

Thursday, October 14, 2010

दशै कामना

सुख, स्वास्थ्य प्रगती फुलिरहुन यसै गरी ।
सफलता र खुशी रहोस्, दिर्घायु सधैं भरी ।

बिजयदशमी २०६७ को यस पावन अबसरमा यहाँ लगायत सम्पूर्ण परिवारजनमा जीवन भरका लागि सुख-शान्ति र सम्रिद्धीको हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
-चन्द्र, चाइना

Sunday, October 3, 2010

मुक्तक - प्यारो

स्वर्गको बास भन्दा मेरै पाखा राम्रो
अप्सराले गाउनेभन्दा मेरै भाखा राम्रो
इश्वरलाई भेट्ने रहर मनमा छैन,
मलाई त मेरै साथी सखा: राम्रो ।

चिच्याउदै उफ्रिदै खुब मागें बाल-अधिकार
गन्काउदै नारा-भाषण मागें युवा-अधिकार
अब त चुपचाप बस्ने नै भएँ,
जोखिममा परे'सि मेरो नागरिक अधिकार ।

मुक्ति र मृत्‍युको हिंस्रक युद्ध यता
शान्ती पूजक बुद्ध मेरो उच्च नेता
मार्ने र मर्ने लडाईं नगरौ अब
बाँच्नु र बचाउनु नै ठुलो मानबता ।
08 Sep,’10

Friday, October 1, 2010

निथ्रुक्क भिजेपछी

मैले कहिले काही लेख्छु भनेर लखेको हुँदैन, लेख्नै मन लागेर पनि लेखिरहेको हुँदैन तर कतिपय अतितका घटना र कुराहरु सपनी बनेर यसरी आइदिन्छन् कि निन्द्राबाट नबिउझिदै मलाई ठहरै बनाइदिन्छन् । मैले कयौ पटक त ओछ्यानमै रन्थनिएको तितो अनुभव गरेको छु । अनी वाध्य भएर असन्तुलित र बिक्षिप्त हुँदा हुँदै पनि केही लेख्न बस्छु । खै! किन हो, यो नियती पटक पटक दोहोरिइ नै रहन्छ ।

आज पनि बुवासँग सपनीमा भेट भयो । मैले राम्ररी खुट्याउन नसकेको कुनै ठाउँमा थियौ, उतै गाउँतिर । बुवाको देहान्त हुँदा दाँया शरीर जसरी चल्थेन, त्यसरी नै दाँया भाग नचलेर दलिरहनु भएको थियो । आमा छेउमै हुनुहुन्थ्यो । कान्छी दिदीले चाँही बुवालाई फकाउदै कमिजको बटनहरु खोलिदिदै हुनुहुन्थ्यो । म नजिकै उभिएर टुलुटुलु हरिरहेको थिएँ । बुवाले बाँया हातले कपालहरु माथि उठाउएर भन्दै हुनुहुन्थ्यो," मेरो कपाल लामो भयो ।"

अहिले सम्झिरहेको छु । बुवालाई छोटो चिटिक्क परेको कपाल मन पर्थ्यो, लामो कपाल पटक्कै मन पराउनु हुन्थेन । त्यसैले, अलिकती बदेर केसका टुप्पाले कान छुन थाल्यो भने कि त खौरिनु हुन्थ्यो कि छोटो गराउनु हुन्थ्यो । भादगाउँले टोपी भने सधैं नै लगाउनुहुन्थ्यो । गाउँमा खोजेको बेला कहिले कैंची नहुने, त कहिले कपाल काट्ने मान्छे हत्पत्ती नभेटिने भएकाले सधैं कैंची आफुसङै राख्नु हुन्थ्यो । उहाँलाई राम्रोसँग होइन आफुलाई सजिलोसँग सरोकार थियो । त्यसैले, बिदामा जादा मलाई नै काट्न भन्नुहुन्थ्यो । मैले पनि सकेजती मिलाएर काटि दिन्थें । कैंचीको धार भुट्टिएर लाग्न छाड्यो भने कि तुरुन्तै मगाउनु हुन्थ्यो कि त दाङ पेन्सन बुझ्न आउँदा नयाँ किनेर लग्नु हुन्थ्यो । छिमेकीहरुलाई पनि चाहिदा त्यही कैंची मागेर काम चलाऊनुहुन्थ्यो ।

मेरो उमेर र बुवासँग बिताएका समय दिनकै हिसावले गन्ने हो भने मैले त्यती धेरै सङै बस्न पाइनँ । म सानो छदा उहाँ पल्टनमा हुनुहुन्थ्यो । मेरो सम्झनामा भए अनुसार बुवालाई पहिलो पटक देखेको उहाँ पेन्सन आएकै दिनमा होला । त्यसदिन बुवाको अनुहार राम्ररी याद नगरेको भए पनि दुई वटा घोडालाई सामन बोकाएर भरिया लिएर आउनु भएको राम्ररी सम्झिन्छु । मेरो दुबै हातमा चकलेट र घुर 'भेली' लिएर उफ्रिदै गरेको भर्खर जस्तै लाग्छ । अरु के के ल्याइदिनु भयो थाहा भएन तर पाखुरीबाट नाडीसम्म सेतो तीन धर्के एउटा निलो ज्याकेट मैले पछीसम्म लगाएको याद छ । मलाई त्यो खुब परेको थियो । त्यसपछीका दिनहरुमा बुवा र आमा सधैंजसो गाईहरुसङै कहिले पोतल र बिचिबाङ, कहिले दिमखोला मान्डलिपतिर त कहिले गाईहरुसँग गोठ र खेततिर नै रहनुभयो । जुन मलाई मन पर्थेन तर पनि मेरो बसमा थिएन । मलाई पनि चल्लाहरु माउसँग पखेट्टाभित्र लुट्पुतिए झै लुट्पुतिन रहर हुन्थ्यो तर पुरा हुँदैन्थ्यो ।

म १४ बर्षको हुँदा दाङ झरें । त्यसपछीका दिनहरुमा त झन दशै बिदाका केही दिन बाहेक बुवालाई देख्ने-भेट्ने एक बर्षमा एक मौका मात्र मिल्थ्यो । प्राय फाल्गुनतिर दाङमा पेन्सन बुझ्न आउनुहुन्थ्यो । बिहानै म स्कुल गैहाल्थें, साँझ चाडै सुट्नै पर्थ्यो । यसरी नै ४/५ दिन बित्थ्यो अनी उहाँले पेन्सिन बुझिसकेर रोल्पातिर फर्किनु हुन्थ्यो । मनभरी जमिरहेका आसुँहरु लुकिछिपी बहाउथें, हजारका केही पैसाका बिटोले मेरो मन कहिल्यै शान्त पार्न सकेनन् ।

बुवाआमा फर्किनुको अघिल्लो रातभरी भोली छुट्टीइदा आसुँ नझार्ने प्रण गर्थें तर जती बिहान छिप्पिदै जान्थ्यो त्यो भन्दा धेरै मेरो मन भित्र भित्रै थिलथिलो हुँदै जान्थ्यो । खान मन नलाई नलाई भए पनि खाना खाइसकेर तयार हुन्थें । स्कुल जाने समय हुन्थ्यो, मेरो अशली मुटुलाई एकातिर लुकाएर रुन्चे हाँसो हाँस्दै दोग्न पुग्थें तर आँखाबाट आसुँ झरिसकेको हुदो रहेछ, थाहै हुँदैनथ्यो । थाहा पाइसकेर पनि केही गर्नै सक्दैनथे, रुक्दै रुक्दैनथ्यो ।

बिहान स्कुल जादा रुदै रुदै जान्थें । दिनभरी मन मनै बुवा-आमालाई फेरी घरमै भेट्न पाए हुन्थ्यो भन्ने कल्पना गरेर बस्थें । बल्लतल्ल ४ बज्थ्यो । मनिषासँग बुवाआमाहरु अझै हुनुहुन्छ कि जानुभयो(!?) भन्ने बाजी मार्दै हतारिदै घरमा छिर्थ्यौ तर मुल गेटमा नटेक्दै हिजो अस्तिको जस्तो उज्यालो र चाहलपहलको बातावरण हुन्नथ्यो । तै पनि, दगुर्दै माथिल्लो तलामा पुग्थ्यौ । बिहानसम्म हसिलोखुशिलो देखिने भाउजु पनि बरण्डामा एक्लै झोक्राएर बसिरहनुहुन्थ्यो । मलाई विश्वाश नलागे झै गरी सोध्थें,"भाउजु! बुवाआमा गैसक्नु भयो?" भाउजुको मन्द जवाफ हुन्थ्यो," केही दिन यतै बस्नुस् भन्दा मान्नुहुन्न क्या र! घरै सुनसान बनाएर जानुभयो ।" हाम्रो त्यत्रो आशा भर्खरको भर्खरमै निराशामा परिणत भैदिन्थ्यो । कोठातिर ड्रेस फेर्न जादा जादै मनिषाले सुस्त स्वरमा भन्थिन्," बाजेबज्यैहरु, सधैं हामीसँग यही नै बसे हुन्थ्यो नि है अंकल!" म छिन्नभिन्न हुन्थें । म सम्हालिदा सम्हालिदै पनि लथालिङ हुन्थें । खाशमा, उनले उनकी बाजेबज्यैलाई गर्ने माया भन्दा धेरै माया मैले मेरो बुवाआमालाई गर्ने गर्थें अनी मैले मेरो बुवाआमालाई गर्ने माया भन्दा धेरै उनले उनकी बाजेबज्यैलाई गर्ने गर्थिन् ।

हामीले कपडा बदलि सकेपछी भाउजुको छेउमा आएर टुक्रुक्क बस्थ्यौं । हाम्रो मुख अबश्य निन्याउरो हुन्थ्यो नै त होला । उहाँले १००/१०० को नोट झिकेर हामीलाई दिदै आजको खाजा भनेर बाजेबज्यैले छाडिदिनुभएको भन्नुहुन्थ्यो, शायद खुशी पार्नलाई होला । चाउचाउ खान्थ्यौ, जुस खन्थ्यौ । पेटको भोक त अबश्य भरिन्थ्यो तर मन भने अह! अलिकती पनि भरिन्नथ्यो । बरु झन यादले सताइरहन्थ्यो । त्यो पैसा खर्च गर्नै मन लाग्दैनथ्यो । बरु, बुवाआमालाई सम्झिएर सुम्सुम्याउथें, सम्हालेर राख्थें ।

सुरुमा पनि भनें, यो मैले लेख्न सोचेर लेखेको होइन । सपनाले दुखायो अनी पिडा यहाँ पोखाएको हुँ, बेचैनिले थकायो अनी मात्र यहाँ बिसाएको हुँ । बिपनाले पोल्छ, सपनाले घोच्छ । दिनले त रुवायो, सपनाले पनि रुवायो । दशै नजिकिदैछ तर म घर जान पाउदिनँ । घर गएर पनि बुवा हुनुहुन्न । माफ गर्नुस् बुवा! हामी सङै हुँदा मैले एउटा कैंची दिन सक्ने नै भएको थिएन तर अब अबश्य चदाउनेछु । सपनीमा देखें, कपाल लामो भएछ तर मैले अब छोट्याइदिन नसक्ने भएछु । बुवा! हजुर त पित्री भैसक्नु भयो, म त भर्खर मान्छे हुँदैछु । कहिले काही घाऊ भन्दा पनि खट बल्झिदा बदी दुख्छ भन्ने मलाई थाहा थिएन, आज भोग्दैछु । अहिले त म सपनीले निथ्रुक्क रुझेको छु । आँखाको बलेसीले लपक्क भिझेको छु । माफ गर्नुस्, बुवा!
01 Oct,’10

Thursday, September 30, 2010

सेप्टेम्बर '१०

- The more I try to understand, many more questions I find !?!
01 Sep,’10

- हामी धेरै जना परिवर्तनकामी, क्रान्तिकामी र मुक्तिकामी त हौं तर परिवर्तनकारी, क्रान्तिकारी र मुक्तिदाता भने अझै हुन सकिरहेका छैनौं ।
02 Sep,’10
(हो, यतिबेला हामी सबैले आ-आफ्नो अनुहार ऐनामा हेर्नै पर्ने भएको छ । एकपटक हामी सबैले आत्म-समीक्षा गर्नै पर्ने अवस्था आएकोछ । यदी संकीर्ण मानसिकता पालेर त्यसो गर्न तयार भएनौ भने, न मुक्ति पाउने छौ, न क्रान्ति गर्न सक्नेछौ, न त चाहेको परिवर्तन नै ल्याउन सक्नेछौ । अनी एक अर्कासँग अन्तर्सम्बन्धित देश र देशवासी दुबैले कोल्टे फेर्न असमर्थ हुनेछौ । त्यस बखत सारा सपना केवल एक फगत दिवास्वप्ना मात्र बन्नेछ । मेरो बिचारमा, आज मुलुकलाई एउटा इमान्दार पहलकदमी आबश्यक छ ।)

- पुरुषहरुले महिलाहरु माथि गर्ने हरेक प्रकारको थिचोमिचो र भेदभावपूर्ण मानसिकताको बिपक्षमा थिएँ, छु र रहने नै छु । महिला स्रस्टाहरुलाई निरुत्साहित गर्न खोज्नु पित्रिसत्तात्मक समाजको उपज मात्र हो । सानातिना घटनाकै कारणले नारी स्रस्टाहरुले आफुलाई निराश पार्नु भन्दा उर्जाको रुपमा लिएर अझ लेखन यात्रामा बदी जुझारु हुन सम्पूर्ण दिदिबहिनीहरुलाई मेरो आग्रह छ । एक पुरुषका बिरुद्ध हजार पुरुषहरु तपाईंहरुको साथमा छौ । कुकुर भुक्दै गर्छ, हात्ती हिड्दै गर्छ । 'ईन्टरनेटमा महिला हिंसा बारे'
03 Sep,’10

- केही मान्छेहरुमा एउटा के भ्रम छ भने सर्जकले आफ्नो सिर्जनाहरु 'भावनामा बहकिएर मात्रै जन्माएको हुन्छ' । हाम्रो वरीपरी यस प्रकारको जुन संकिर्ण सोच र मानसिकता छ त्यस दिग्भ्रमित मानसिकतालाई कबि बिक्रम सुब्बाका कबिताहरुले केही नभनेरै जवाफ दिइरहेका हुन्छन । उनका बिचारले सुसज्जित कबिताहरु पढेर अब कस्ले भन्न सक्छ,” सिर्जनाहरुको जन्म सिर्फ चेतनाशुन्य पागलपन हो ?”
04 Sep,’10

- Why a mysterious game never ends??? Everywhere I see is 'construction of love VS destruction of love’!
05 Sep,’10

- I am not a good diver nor swimmer but I love diving and swimming both. So, I am just trying to learn in a small pond of myself.
06 Sep,’10

- I wish, I could take care of everyone and everything!
08 Sep,’10

- If I have had superpower, I would have handled the world on different way. Actually, I am quite unhappy and unsatisfied with many things happening in my surroundings.
09 Sep,’10

- हाम्रो सामु आइपुगेको हिन्दू महिलाहरुको यस महान पर्ब तीजको उपलक्ष्यमा संसारभर छरिएर रहनु भएका सम्पुर्ण दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, शान्ति एवम् उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु ।
10 Sep,’10

- तीजको शुभकामना कसलाई दिऊ ? दिदीलाई दिऊ कि भिनाजुलाई ? मैले दिदीलाई जतिसुकै राम्रो कोशेलीहरु दिए पनि आखिर दिदीले भिनाजुलाई नै दिने होला क्या रे ! तीजको ब्रत नै आफ्नो लागि नभैइ भिनाजुकै लागि त बस्नु भएको हो । बरु सिधै भिनाजुलाई नै पो सुख, शान्ती, प्रगती, दिर्घायु,.. भए भरको सबै दिऊ कि क्या हो !? 'रुप' र 'सार' भन्या जस्तै फरक रैछ ।
11 Sep,’10

- Sep 11... Every year it reminds me of Sep 11, 2001... A big day for Terrorist n a black day for human civilization... It was a blind war against Humanism!
11 Sep,’10

- Sometimes, Its necessary to take a close look at the direction of own life which helps us to be corrected n renewed again!
12 Sep,’10

- आमा! म त बहुलाएछु !
13 Sep,’10

- We are not the Equipments to be Experimented by Foolish People!
15 Sep,’10

- मान्छेहरु भन्छन्, "अरुलाई भन्दा आफुलाई चिन्न गाह्रो हुन्छ" । तर आँफैलाई नचिन्नेले झन अरुलाई सजिलै चिन्न सक्ला र!? म त भन्छु," मलाई बुझ्ने साथी र साक्षी म आँफै बाहेक अर्को कोही हुनै सक्दैन ।"
16 Sep,’10

- म भन्छु, मान्छे रुनुपर्छ, बेस्सरी रुनुपर्छ, मन पखालिनुपर्छ, बह पोखिनुपर्छ तर ति आसुँहरुका अर्थ भने अभ्यक्त आकाशवाणी झै हुनुपर्छ । (जब मेरो सामु हरेक बिकल्पहरु बन्द भएको देख्छु, मेरो आँखाहरु आँफै रसाएर आऊछन् र बर्ररर आसुँ झर्न थाल्छन् । मेरो आसुँ भुइमा नझर्दै एउटा सन्नाटा ल्याइसकेको हुन्छ । आजसम्म मेरो आसुँ थोरैले मात्र देखेका छन । भबिश्यमा मैले ति आसुँहरुका मुल्य पनि खोज्नेछु ।)
17 Sep,’10

- 'हामीलाई जन्म दिने बुवाआमा भगवान जस्तो हुदैनन्, बरु भगवान नै हाम्रा बुवाआमा जस्तो होलान् ।'
22 Sep,’10

- पाइलालाई हिडाउनु र बिसाउनु, भेटिनु र छुटिनु नै यात्रा हो, यात्रा नै त जीवन हो ।
25 Sep,’10

- आस्था र निष्ठाको राजनीति गर्ने ति सच्चा राजनीतिज्ञहरुले अझ बदी सचेत र चेतनशिल हुन आबश्यक छ । मुख्य समस्या पार्टीहरुमा होइन, आदर्श नामको बर्को ओडेर जन बिरोधी र राष्ट्रघाती काम गर्ने टाउकेहरुमा हो । अब यि सबै बाधा-ब्यबधानहरुलाई निस्तेज पार्न युवाहरु होइन युवा बिचारहरु जुट्न र उठ्न अत्यन्त जरुरी छ ।
26 Sep,’10

- रमा दिदी, अघिल्लो भाग पढेर फेरी अर्को नयाँ भाग कुर्नु पर्दा अली नमज्जा लाग्ने गर्थ्यो । आज कथा सकिएछ तर नसकिएको भए हुन्थ्यो भन्ने लागिरहेकोछ । हाम्रो समाजमा रहेका सामाजिक, लैङिक, बर्गिय, जातिय बिभेद जस्ता असमान र रुदिवादी परम्परालाई चिर्न सन्देशमुलक दंगले कथा सम्प्रेषन गर्न कलम सक्षम छ । समग्रमा भन्नु पर्दा, कथा हरेक कोणबाट उचाइमा त छ नै, अझ एक सचेत कलमजिवीले पाठकलाई मोहनी लाउदै र लोभ्याउदै चेतना भर्नका लागि प्रेमको 'पाइन' निकै सुन्दर दंगले रसाएको पाएँ । हो, प्रेम गरेर मात्र गरिने होइन, भनेर मात्र पनि हुने होइन । कुनै प्रेम मनमा हुन्छ मस्तिष्कमा हुँदैन त कुनै प्रेम मनमा हुँदैन मस्तिष्कमा हुन्छ । परिस्थिती अनुसार पाउनु गुमाउनु नै प्रेम हो, त्याग र समर्पण पनि प्रेम हो, शायद । फटिङ्रे अर्थात फणिन्द्र तथा स्रष्टा र रेवती अर्थात आश्माहरु आदर्श जीवन होइन यथार्थ जीवन बाँचिरहुन् । सधैं सफल रहुन, कथा जस्तै ।
कथाकारलाई हार्दिक बधाई ।
27 Sep,’10

- मौन बिद्रोह, शालीन बिद्रोह र आत्म बिद्रोह । यि तीन बिद्रोह, आँफैभित्र र आफु बाहिर खोतल्दै, चियाउदै र नियाल्दैछु ।
28 Sep,’10

जीवन खोक्रो आदर्श होइन, अभ्यास हो ।
29 Sep,’10

- Thank you Indian friends for making this day a memorable n wonderful !
30 Sep,’10

घोषणा-पत्र

अकारण
तन्त्रलाई तन्त्रकै प्रहार
गमनका बिरुद्ध चर्को वमन
हतारमै सुरु हुन्छ,
नयाँ तन्त्रको मन्त्र
अर्को नौलो आगमन ।

वादका बिरुद्ध वादहरु
पथका बिरुद्ध पथहरु
छताछुल्ल बहस पोखिन्छ
फेरी प्रतिबादन हुन्छन
अनेक पथ र वादहरु !?

कहिले तान्त्रिक मान्छेको
चमत्कारी भाषणमा लठ्ठिदै
बेस्सरी ताली पड्काएँ
कहिले वादहरुमा लोभिएर
झूठा आश्वासनमा मौलाउदै
बर्षौ-बर्ष काँध थापि रहें ।

मुक्ति बिद्रोह आतंक भयो
समाधान उल्तै समस्या भयो
आज बल्ल आफ्नै चेतना पलाउदैछ ।

अब मैले भन्नै पर्छ
ल्याउनु छैन फेरी कुनै तन्त्रहरु ।
बुझ्नु छैन नौलो वाद र पन्थहरु ।

मैले निर्णय गर्नै पर्छ
सुन! बिचारका सिलपटहरु
सुन! व्यबहारका मुकुन्डेहरु
मलाई खुइलिने भेषमा मोह छैन
ति फोक्टे नारामा विश्वाश छैन
क्रान्तिका स्वप्न-बिगुलहरु
प्रतिक्रान्तीका भ्रमित हुँकारहरु
सबै सबै अस्विकार्य छन
सुन! फेरी घोषणा गर्दैछु
त्यो कलंकित रुप र खोक्रो अस्तित्व
सधैं झै बाद र पथका बुट्टेदार सजावट
ति सबै सबै अमान्य छन
अर्थात,
तिमी पूर्ण बहिस्क्रित छौ ।
05 Sep,’10

Thursday, September 16, 2010

आमा! म त बहुलाएछु


आमा!
अचेल मलाई के भैरहेछ !?
यो के देख्दैछु !? के सुन्दैछु !?
होशमै के के बोलिरहेछु ?
आमा! म त बहुलाएछु !

हेर्दा हेर्दै आँखा अगाडि
तिरिमिरी दृष्य देख्छु
दिनहुँ नयाँ धुन सुन्दा
सन्त्रासको बिगुल ठान्छु
शास निस्सासिए जस्तो, र
आवाज भित्रभित्रै भासिए झै मान्छु ।

मेरो जम्मै आदर्शहरु
मेरै सामु भष्म हुदैछन्
नायकहरु खलनायक
खलनायकहरु नायक बन्दैछन्
न्यायमुर्ती न्यायधीशहरु
अन्धो फैसला सुनाउदैछन्
देश सम्भार्ने कर्मचारीहरु
पैसाले समय बेचिरहेछन्
आयु थप्ने डाक्टर सा'पले
उल्तै ज्यान लिइरहेकाछन्
पत्रकारहरु गाउँ-शहर
भारु हल्ला फिजाउदैछन्
बिद्यार्थीहरु भबिश्य सपार्न
दुषित मुस्लो उडाउदैछन्
नेताले ब्यापार थालेछन्
ब्यापारीले पेशा फेरेछन्
महाराजले भिख माग्दै हिडिरहेछ
भिखारीले दान दिदै त्याग गरिरहेछ
म एकोहोरो टोलाइरहेछु
आमा!
मैले यस्तो के के देखिरहेछु !?
म पक्का बहुलाएकै रहेछु !?

आमा!
अचेल मलाई यस्तै भैरहेछ
सुनलाई पित्तल, र
पित्तललाई सुनको भाउ दिइरहेछु
ठुलालाई लुला, र
लुलालाई पो ठुला ठानिरहेछु
जिउदोलाई मृत, र
मृतलाई जिउदो देखिरहेछु
सत्यलाई भ्रम, र
भ्रमलाई सत्य सोचिरहेछु
सच्चालाई दुष्ट, र
दुष्टलाई सच्चा भनिरहेछु
पुण्यलाई पाप, र
पापलाई पुण्य मानिरहेछु
दिनलाई रात, र
रातलाई पो दिन सम्झिरहेछु
समय नखुटिने युगीन आत्माभित्र
यताउती छामछुम गर्दै
विश्वाश चाहिरहेछु, शान्ती खोजिरहेछु
आमा!
म त बहुलाएछु ।

मेरो मगज बेस्सरी खल्बलिएछ
चेतना त झन् शुन्य भैसकेछ
यो अर्ध-मुर्छित मनस्थितिमै,
माटोको टिका थाप्ने निधारहरु
सिमा पारी झुकेको प्रस्ट देखिरहेछु
आफ्नै बारी-मझेरीमा साँझ-बिहान
दुक्कले शिकार खेलेको देखिरहेछु
ओठेछापको तोक माग्दै लाचारहरु
चाकरीले संसार जितेको नियालिरहेछु
अरु हाँसिरहेछन्, म धुरुधुरु रोइरहेछु
शालीन आक्रोस ‘पागलपन’ चिच्याइरहेछ ।

आमा!
अब भाईरसहरु झनै चल्मलाउने छन
मेरो सारा अङहरु निस्कृय बनाइनेछन
साइत हेरेरै अर्को बहुलालाई ओझेल पारिनेछ
तर, खै! अझै किन हो !?
राष्ट्रियता र स्वाभिमानको बत्ती
धुमिल भएको सह्य छैन
मानवीय धर्म र नैतीक गुण
भुसुक्कै भुल्ने दुस्साहस मान्य छैन
आमा!
बोल्न अह्राएको केही बोलेकै छैन
नबोल्ने जती सबै बोलिरहेछु
आफ्नै कुभलो मात्र गरिरहेछु
आमा!
अचेल मलाई यस्तो के भैरहेछ ?
म त बहुलाएछु !
आमा!
म त साँच्चीकै बहुलाएछु !।?
13 Sep,’10

आग्रह

नछरी मुठी बिउ, पाठी पो खोज्दैछौ
नगरी कर्म नै, फल पो सोच्दैछौ
माटो खन्न जुट्ने कि अब त,
देशलाई सिंच्न आफ्नै पसिना रगत ।

मिर्मिरमै जागेर, बिउझाथ्यो रोल्पाले
नऊठी जुरुक्कै, सरापे टोलकाले
अटल त्यो जलजला पहाड,
भोग्नु हुन्न कसैले अब यो हालत ।

हिउचुली मुस्काउदा, पहाड चन्चल
तराईको यौवनमा, बयेली खेल्दैछ
एकै तालमा सङ्-सङै नाचौं न,
नयाँ नेपाल मिलेर बनाऔं न ।
27 Aug,’10

अगस्ट '१०

- हिजो त्यो ब्यक्ति र सिद्धान्त ठीक थ्यो, आज गलत भनिन्छ । हिजो गलत भनिन्थ्यो, आज फेरी ठीक मानिन्छ । सत्य देख्दा देख्दै भ्रम र भ्रम ठानिएको चिज नै सत्य पनि हुनसक्छ अर्थात बिम्ब सोचेको प्रतिबिम्ब र प्रतिबिम्ब लागेको बिम्ब पनि भैदिन सक्छ । तसर्थ, हरेक कुरालाई खुत्याउन ईतिहास हेरिनुपर्छ, र बर्तमानमा कसरी प्रयोग भैरहेकोछ भनेर केलाउनु पर्छ भन्ने लाग्छ । प्राय मान्छेको सपना समानता हुन्छ, आदर्श समाजवाद नै हुन्छ तर अहिले हामीले देखिरहेको जती कमजोरी प्रयोगशालामै भैरहेको छ भन्ने लाग्छ । कारण, हामी ईतिहास हेर्नु भन्दा आँखा चिम्लिन्छौ, र प्रयोग गर्दा पनि आँखा चिम्लेर नै गरिरहेका हुन्छौ । अनी त सहि र गलत यकिन गर्न यसै चुक्ने नै भयौ । एक अर्कालाई बिपरित ध्रुबबाट हेरेर निशेध गर्ने सोचाइले नै हामी उभो होइन उधो लागिरहेका छौ । म त भन्छु, बरु चोरको आँटलाई पनि सहि ठाउँमा उपयोग गरौ । एउटा बाद र वादी सधैं सहि रहन्छ भन्ने ईतिहासले कतै कुनै पनि पानामा लेखेको छ जस्तो लाग्दैन । बरु चुम दाजुले भन्नु भए जस्तै हरेक बादहरुलाई संष्लेषन र बिश्लेशन के के गरेर हुन्छ, राम्रोलाई लिएर एउटै बनाऔ र त्यही मार्गबाट अग्रगमनतिर बदौ । यदी त्यसो होइन भने २१औ शताब्दिको मान्छे हौ भन्दै खुट्टा खोच्याउदै उफ्रेर कुनै फाईदा छैन ।
हैन भने ईन्द्र जीले भने जस्तै भैरहनेछ,
तिमी गुड्यौ गुडी रह्यौ मेरै छातिमाथी
तिमी रेल यो म लिक भएँ तिम्रो 'पूँजि'वादमा ।
07 Aug,’10

- दाइ कम्युनिष्टका लागि भाइ कम्युनिष्ट उग्रपन्थी र भाइ कम्युनिष्टका लागि दाइ कम्युनिष्ट दक्षिणपन्थी हुनै सक्दैन,न त आफ्नै दौतरी कांग्रेस यथास्थितिवादी वा दौतरी कम्युनिष्ट अधिनायकवादी नै हुन सक्छ। यसर्थ,सिमा पारीको पराइलाई सुनाउन चिच्याउदै सिमित स्वार्थका लागि गुहार माग्नुको अर्थ आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो। कालान्तरमा त्यो सिङो नेपाल र नेपालीकै मुटुमा हानिएको कहिल्यै सन्चो नहुने घाऊ बन्नेछ।
सबैलाई चेतना भया ।
08 Aug,’10

- Sometimes I find my voices are down and silence rules over me but this song keeps telling all of me inside... एउटा मानिस खोजिरहेछु.. My life for my motherland!
09 Aug,’10

- युद्ध: न्यायपूर्ण र अन्यायपूर्ण ।
म युद्ध लडेको अनुभवी योद्धा हैन, न त युद्ध चाहने युद्ध पिपासु नै । मैले जाने अनुसार ईतिहासमा धेरै युद्ध भएका छन, अहिले पनि भैरहेकै छन, पछी पनि भैइ नै रहलान । तर हरेक युद्धको जरो भने अबश्य एकै छैनन । हरेक युद्धका फरक फरक कारणहरु छन । कोही युद्ध जायज थिए त कोही जबर्जस्ती थोपरिएका । म बुद्धप्रेमी, अहिंसाप्रेमी, शान्तिप्रेमी, । म युद्ध चाहन्न । मैले युद्धका पिडादायी तथ्य पढे/सुनेकोछु, युद्धका चहराउने घाऊ देखे/भोगेकोछु, युद्ध बिनास हो तसर्थ म युद्ध नहोस् भन्ने चाहन्छु । संसारभरी कतै पनि युद्ध भएको देख्नु सुन्नु नपरोस भन्ने चाहन्छु । तर, न्यायपूर्ण युद्ध !? राष्ट्रिय स्वाधिनताको युद्ध !? स्वतन्त्रताका लागि गरिएको युद्ध !? अत्याचार र थिचोमिचो बिरुद्ध छेडिएको युद्ध !? अधिकार र समानताका लागि उध्घोष गरिएको युद्ध !?
म स्वबिबेक प्रयोग गर्छु । म आफ्नो मातो बचाउन, सिमाना जोगाउन, ईतिहास बचाउन या अन्यायका बिरुद्ध लड्न डराउने कायर र कातर बन्न तयार छैन । अझ राष्ट्रियताको युद्धबाट तर्सेर टाउको झुकाउने कुपुत हुन सक्दैनँ । मेरो मातृभूमी प्रतिको गौरव, स्वाभिमान र नैतीकताले मलाई त्यसो गर्न दिदैन । म बुद्धमार्गी हुँ तर परि आए लड्नु मेरो कर्तब्य हुनेछ, चाहे त्यो भियतनामी युद्धको अर्को रुप होस्, चाहे अफ्गानी युद्धको । राष्ट्रिय सवालमा बुद्ध बन्ने बहानामा गुफा र दुलो खोज्दै हिंड्नु निकम्मापन हो, गद्धारी हो, राष्ट्रघात हो । त्यतिबेला साम्राज्यवादी, बिस्तारवादी र राष्ट्रघातीका बिरुद्ध म अन्तिम युद्ध अबश्य लड्नेछु, मुक्ति वा मृत्‍युको ।
म समालोचना र बिश्लेषन गर्ने हैसियत राख्दिनँ तर म पनि बोल्न वाध्य छु । चुम दाजुको बोलिमा एक आवाज थप्न चाहन्छु,
म युयुत्सु हुँ l
कोलोनी बाँच्न सक्दिन l
अजस्त्र म नेपालभक्त हुँ ।
10 Aug,’10

- Lets fcuk them those stupid traitors so called Leaders n Diplomats, who are inside our borders or outside.. We True Nepalese Citizens need Solution not silly words of Political Conspiracy!
13 Aug,’10

- You certainly can sparkle when you're with right people!
14 Aug,’10

- The winners! Winning the trophy was not the special moment in my experience but dedicating the trophy to the one of my team-mate made me completely emotional and the celebration was really memorable... That was a great day... Thank you all!!! 16 Aug,’10

- पती, देवर, छोरा, छोरी-ज्वाँईको मृत्‍युको बदला लिने भावनाले भन्दा पनि समग्र बर्गीय दमन र थिचोमिचोको उत्पिडनबाट मुक्ती पाउने द्रिड संकल्प लिएर युद्धमा होमिदै मृत्‍युपर्यन्त बैचारिक आस्थामा प्रतिबद्ध निरक्षर रामकुमारी यादवको असमायिक निधनले म अली बदी नै मर्माहित छु । उनको आत्माले शान्ती पावोस, उनको सपना पुरा हुँदै जाउन । हार्दिक श्रदान्जली !
17 Aug,’10

- When a shining person gives u a generous compliment, accept it with grace coz u truly deserve it. 18 Aug,’10

- The Motorcycle Diaries - The movie is all about the journey of Ernesto Guevara, who would years later become internationally known as the iconic Marxist revolutionary Che Guevara... Really Great !!!
Red Salute to you Che!
19 Aug,’10

- I wish, Tragedy is as beautiful as falling in Love !
20 Aug,’10

- मैले पनि एउटा कबिता लेखूँ क्या रे !
21 Aug,’10

- "आमाको सम्झनाले मुटु पोलिरहन्थ्यो, आफू महिला भएर पाएको हरेक यातना र पीडाका कारण म आमालाइ भन्न चाहन्थे आमा अर्को जुनिमा मलाइ नारीको रुपमा जन्म नदिनू ।" _ तारा राई 'छापामार युवतीको डायरी' (यहानिर मुटु कटक्क खायो । तारा बैनिको आग्रहमा आफ्नै दिदी र बैनिहरुको बाध्यता भेटें । र, मलाई आफ्नै दाजुले लेख्नु भएको 'बहिनी ! खै तिम्रो नारी अधिकार ?" कबिताको याद दिलायो ।
मेरो बिचारमा तारा र ताराहरुको हातेमालो हुन आबश्यक छ । म बारम्बार भन्दै आएको छु, फेरी आज पनि भन्छु, सम्पूर्ण बिभेदका बिरुद्ध म नारीहरुको पक्षमा छु र रहनेछु । युद्धको घाऊ सबैलाई दुख्छ तर पनि नकरात्मक घटनाबाट सकरात्मक पाठ लिन हामी युवा पुष्टा चुक्नु हुन्न । यस प्रकारको तितो वास्तविकतालाई अब कहिल्यै कसैले पनि लेख्नु र पढ्नु नपरोस । हाम्रै सामुन्ने मृत्‍यु र रगतमा लतपतिदै कमलो कलमहरुबाट लेखिएका यि भोगाइका पानाहरु सधैं सधैंका लागि बन्द होउन । शान्ति र सम्रिद्धताको कामना !)
22 Aug,’10
- थुइक्क! हुन त, अहिले सम्म कसैलाई पनि थुकेको छैन तर नेपालका नेताले कुर्सीलाई, कुकुरले हड्डीलाई प्यारो ठानेको भन्दा पनि बदी मोह देखाएकाले केही भन्नु भन्दा थुक्नु नै जाती ठानेँ । 24 Aug,’10 -कुकुरले आफुलाई तोक्यो भन्दै मा, कुकुरको खुत्ता कहिले नतोक्नु अरे! सडेकोको पत्तझर नै भए पनि कसैले कसैलाई कहिले पनि थुक्न हुन्न अरे! -Meena Thapa
(मैले मौन रहनु भन्दा कसैलाई थुक्नु हुन्थ्यो वा हुँदैनथ्यो त्यो छुट्टै कुरा हो तर त्यो थुकेको थुक कतै मेरै हितैषी मित्रहरुकै जिउमा पर्न गएको भए माफि चाहन्छु । यदी त्यसो हुन गएको भए मैले आँफैले थुकेको थुक चाट्न पनि तयार छु तर अहिले मैले नेताहरुलाई थुकेकोमा आत्मग्लानी महसुस गर्ने पक्षमा भने छैन । यदी नेता ज्युहरुले कुनै राम्रो आधार दिन सके भने थुक्ने काम दोहोर्याउन पनि चाहन्न । मेरो त्यो थुक केवल गलत नेताहरु प्रती मात्र लक्षित होइन बरु सिङो प्रब्रिती प्रतिकै घ्रिणाको रुपमा बुझिदिन सबै मित्रहरुलाई आग्रह गर्न चाहन्छु ।)
- नेपालबाट साथीले ल्याएको कोशेली स्वरुप आदरणीय दाजु एवम् लघुकथाकार डा. रबिन्द्र समीरको नियात्रा सङ्ग्रह 'ग्रेट वालको ग्रेट अनुभूती' हात पर्‍यो । समयभावका कारण दुई बसाइमा सक्छु भनेर पढ्न सुरु गरेको किताब थाहै नपाई एक बसाइमै पो पढेर सकाएछु । मैले आफ्नै डायरीका पानाहरु खोलेर दोहोर्याएको थिएँ वा डा. रबिन्द्र समीरको 'ग्रेट वालको ग्रेट अनुभूती' !? अन्तिमसम्म नै हरेक शब्द छालहरुमा उत्सुकुतापूर्बक डुबुल्की मारिरहेको थिएँ । मेरो बिचारमा, रचना भित्रको पात्र र बातावरण अनुरुप पाठकले आँफैलाई ठान्नु र महशुस गर्नु नै रचनाकारको सफलता हो । हार्दिक बधाई !
25 Aug,’10

- मान्छेले जानेर मात्र गरेको हुँदैन, गरेर नै जानेको हुन्छ ।
26 Aug,’10

- Humanism is the true religion, Freedom is the biggest right and own life is the best one to live !
27 Aug,’10