आज वेइफ्याङको रात अन्तिम रात हुनेछ । तीन बर्ष अघी चाइना आए देखी यही बस्न थालेको यही घर जस्तै बनिसकेको थियो । अब हाम्रो युनिभर्सिटी यहाँबाट करिब २५ किलो मिटर पर फुयान्शा भन्ने नयाँ ठाउँमा सर्दैछ । अब फेरी कुनै नयाँ ठाउँमा जान लागेको जस्तो अनुभुती भैरहेको छ । मनमा फेरी नेपाल छाडेर चाइना आएको जस्तै लागिरहेको छ । पहिलो रात यसरी नै निदाउन गाह्रो भएको थियो, अब फेरी अन्तिम रात निदाउन झनै त्यो भन्दा अप्ठ्यारो लागिरहेको छ ।
अफिस पुरै उतै सारीसकेको छ । यहाँ हस्पितलमा प्री-इन्टर्न गरिरहेकालाई पनि अस्ति अगस्त २० तारिखमै उता अर्को बिल्डिङमा सारीसकेको छ । कोठा नम्बर पनि आइसक्यो । जीवन र मेरो २१३ रहेछ । हाम्रो ब्याचका नेपालीहरुको रुम नजिक नजिक नै परेको रहेछ । भोली बिहान ७ बजेबाट सर्न शुरु हुनेछ । त्यहा नेट पनि दिएको छैन । लो-बेड भनेको थियो, त्यो पनि हैन रहेछ । अब त पानी र बिजुलीको पनि मिटर अनुसार पैसा तिर्ने रे, जब कि होस्तेल फी भनेर एकमुस्त हामीले नयाँ सेसनको शुरुमै डलरमा तिरिसकेका हुन्छौ । खोइ के गर्न खोज्या हो अफिसले पनि । कहिल्यै पनि कुनै सहि काम गरेको जस्तो लाग्दैन । साना तिना कुरा देखी लिएर ठुलो कुराहरु पनि आफु खुशी गरिरहेको हुन्छ । कसैले भनेको सुन्न सक्दैन, न त हाम्रो भावना बुझ्न नै खोज्छ । हामीलाई यहाँ सम्म ल्याउने ईन्स्टिच्युट प्रती पनि कति आक्रोस राख्नु र ! उनिहरुले यहाँ आउँदा समेट त एकपटक एकछिन सम्म पनि हामीलाई भेत्दैनन् । उनिहरु उद्धेश्य सिर्फ पैसा कमाउनु थियो कमाइरहेका छन तर उनिहरु हामीबाट टाढा भागीरहेका छन । न त अफिससँग समन्बय गरिरहेका छन न त हामीसँग नै । बरु गल्ती भने निकै नै गर्दै गैरहेका छन । मैले कुनै दिन भेते भने उनिहरुले मेरो चरम असन्तुश्तिको सामना गर्नु पर्नेछ । उनिहरुले आफ्नो जिम्मेवारी एक प्रतिशत सम्म पनि निभाइरहेका छैनन । यस्ता दु:ख सुखका कुरा पछी कुनै दिन गरौला । आजलाई भने सामन प्याक गरेर सबै जना मिलेर बाहिर खान गएका थियौ । निकै रमाइलो भयो । थकाई पनि लागिरहेको छ । अब सुत्नु पर्ला, भोली चाडै उठेर सबै सामन ५ तला तल झार्नु छ । साथीहरुको समेट गरेर त करिब १० पटक नै तल माथि गर्नु पर्छ होला ।
अब फुयान्शा सरिसके पछी नेट हुँदैन साथै ५ तारिखबाट क्लास पनि स्टार्ट हुन्छ । फेसबुकका मित्रहरुसँग पनि निरन्तर संपर्कमा हुन सकिदैन । ब्लग अपडेत गर्न पनि मिल्दैन । बिदा सकिएर पढाई शुरु भएपछी अहिले जस्तै सजिलै फुर्सद पनि मिल्दैन । मैले यि सबै कुरामा सम्भव भएसम्म निरन्तरता दिने प्रयास गर्नेछु । मैले यसबाट हौशला र माया दुबै पाइरहेको छु । यसले मलाई सहि बाटोमा हिडिरहन र आफ्नो कर्तब्य प्रती बदी जिम्मेवार बन्न सहयोग गरिरहेका हुन्छन । यस्तो प्रोत्साहनबाट आफुलाई बन्चित गर्नु आँफै माथि नेल ठोक्नु सरह हो ।
अन्तमा, मनमा एउटै आशा र विश्वाश छ कि जसरी साथीहरुसँग वेइफ्याङमा जीवनको महत्वपूर्ण अध्ययन समय बितायौ, यसरी नै त्यहा पनि हामीले रमाइलोसँग नै ज्ञान आर्जन गर्न हाम्रो पढाई सुचारु गर्नेछौ । हाम्रो नौलो ठाउँको बसाइ नौलो अनुभव सँगाल्ने नौलो अबसर हुनेछ । हामी सबै साथी-भाइबहिनीहरु नयाँ ठाउँमा गएर ज्ञान र मित्रताको नयाँ अभ्यास गर्नेछौ । वेइफ्याङको निश्छल माया, ममता र न्यानो अँगालोको लागि ऋनी छौ । घर छाडेर धेरै टाढा आएका हामी प्रदेशिहरुलाई आफ्नै घरको बातावरण झै लाग्ने यो वेइफ्याङ छाड्नु पर्दा नरमाइलो लागि रहे पनि वेइफ्याङको असिमीत सम्झना हामीसँग हुनेछ । जुन दिन हामी वेइफ्याङ भुल्नेछौ, हामी आफ्नै जीवनको एक अती महत्वपूर्ण कालखण्ड भुल्नेछौ । त्यतिबेला वेइफ्याङले धिक्कार्ने छ, आफ्नै जीवनले धिक्कार्नेछ । आँफैले आँफैलाई धिक्कार्नु पर्नेछ । अहिलेलाई बिदा वेइफ्याङ ! धन्यवाद तिम्रो कोमल अँगालोको लागि, हाम्रो लक्ष्य र खुशीको श्रीमार्गका लागि ।
27 Aug,'09
Thursday, August 27, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment