दिमखोलामा हाम्रो राज्य छ, म त्यही राज्यको राज कुमार हुँ । साँझ एक जना साथीको साथ लागेर मान्डलिप जंगल घुम्न निस्किएँ । धेरै पर पुगिसकेर फर्कने बेलामा रात पर्न त लागि सकेकै थियो, पानी पर्न पनि शुरु गर्यो । हतार हतार गर्दै हामी उकालो चद्न थाल्यौ । दुई पहाडको बिचमा दिमखोला बगिरहेको थियो । त्यसैको किनारा भएर हामी हिंड्नु पर्ने । दिमखोलामा भेल आउँला भनेर त्रसित पनि थियौ । यता उती पुरै अन्धकार छ । आकाश हेर्दा पनि रुखले झ्याम्म छोपेको छ, निस्पत्त अध्यारो । हाम्रो ठीक तल ठुलो छहरा छ, जहाँ हाम्रो शक्ति सम्पन्न झाँक्री पुर्खा बस्नु हुन्छ भन्ने विश्वाश गरिन्छ । जसो तसो हिंड्नै पर्ने बाध्यता थियो र हिडि पनि रह्यौ । तर जब हाम्रो माथिबाट पहिरो जान थाल्यो तब हामी ठुलो संकटमा फस्यौ । हामी हिडिरहेको बाटो हाम्रै सामु पहिरोमा बिलिन हुँदै जान थाल्यो । पानी एक तमासले बर्सिरहेको थियो भने भेल, पहिरो र अध्यारो ठुलै अबरोध बनिरहेका थिए । यही खोला दुई राज्यको सिमा हो । अब हामीले हाम्रो राज्यको सिमाना छाडेर अर्को राज्यको बाटो भएर उकालो नचदी नहुने निर्णयमा पुग्यौ । बल्ल तल्ल पल्लोपट्टि पार गर्यौ । बाटो उकालो छ, भिरालो छ, अलिकती खुट्टा लर्कियो भने सिधै मादिको पानीमा तैरिन पुगिन्छ । ठुलो खतरा त हामी बिना अनुमती दोस्रो राज्यमा हिडिरहेका छौ । उकालोको अन्तिममा उनिहरुको राजधानी छ, जहाँ हर क्षण उनिहरुको राजा र सम्पूर्ण दल-बल पूर्ण रुपमा तयारी अवस्थामा रहन्छन । जस्तो सुकै खतराको सामना गर्नु पर्ने भए पनि हाम्रो लागि यो बाहेक उत्तम बिकल्प थिएन त्यसैले हामी यो जोखिम मोल्नै पर्ने थियो । फेरी यो राज्य हाम्रो छिमेकी राज्य त हो नै, परेको बेला हामीलाई बचाएर आफ्नो राज्य दाउमा राख्न पनि पछी पर्दैन । अती शक्तिशाली भएर पनि हामीले सहयोग गरेर नै हाम्रै गुणले बाँकी रहेको एउटै मात्र राज्य । नत्र त उहिल्यै दानवहरुले जितिसक्ने थिए । त्यसैले हामीलाई ससम्मान बाटो छादिदिनेछन् ।
अनेक बाधा र अवरोधका वाबजुद हामीले उकालो बाटो उक्लेर सकायौ । अब यहाँबाट हाम्रो राज्यसम्म पुग्न तेर्सो तर निकै लामो बाटो हिंड्नु पर्ने हुन्छ । हामी थकित भए पनि अझै हिंड्न बिवश थियौ । "को हो ? पाइला रोक् ।" अचानक आएको आवाजले हामी झस्कियौ । अनी बिनम्रतापुर्बक आफ्नो परिचय दिन थालेँ," म दीमखोला राज्यको राज कुमार । मान्डलिप घुमेर फर्किदा रात पर्यो, पानी पनि पर्यो, त्यसैले हाम्रो बाटोमा पहिरो गएकाले यो बाटो आएका हौ ।" अध्यारोमै माथिबाट चर्को आदेश आयो," जो भए पनि मेरो आदेश बिना एक पाइला अघी नबद । म भित्र महाराजलाई खबर गर्छु ।" हामी त्यही अडियौ । हामी उनिहरुको कब्जामा पर्यौ । मैले उनीहरुको महाराजसँग भेटाउन आग्रह गरेँ । हामी उनिहरुको कडा निगरानीमा थियौ । एकजनाले हामीलाई बेला बेला सताउन पनि थाल्यो । उनीहरुको त्यो अनपेक्षित व्यबहार देखेर म भित्र भित्रै छक्क परिरहेको थिएँ ।
हामीलाई राखेको ठाउँ मुन्तिरबाट हाम्रो राज्य जाने बाटो छ । अध्यारोमै भए पनि कालो कालो आक्रिती भने राम्ररी नै देख्न सकिन्छ । देखी रहेका पनि छौ अनगिन्ती हतियारधारी जन्तुहरु त्यही तेर्सो बाटोबाट तेर्सिरहेका । अब मनमा भय उत्पन्न हुन लाग्यो कतै हाम्रो राज्यमा कुनै अनिष्ट त हुन गैरहेको छैन ? कत्रो ठुलो जमात हो यो ? जती गए उती नै आइरहेका छन । धेरै बेर पछी उनीहरुको महाराजलाई भेट्ने मेरो अनुरोध पुरा भयो । मैले सबै बेलिबिस्तार लगाएँ । तर बानर झै लाग्ने त्यो राजा कत्ती गम्भिर भएन । हाम्रो राज्यतिर गैरहेको त्यो कालो छाया अझै उसैगरी बदी नै रहेका थिए । हाम्रो राज्यमाथि धावा बोलिदैछ त्यसैले हामीलाई चाडो छाड्न भन्दा पनि सबैले हल्का लिइरहे । एकजनाले हाम्रो शरीरमा भाला प्रहार पनि गर्यो । महाराजलाई यस्तो निर्मम यातना किन दिन थालेको ? यस्तो हिंश्रक सेना यो राज्यमा हुनै नसक्ने कुरा बताए । तर त्यो झन झन आक्रमक बन्दै गयो । मैले पनि प्रतिकार गर्न थालेँ । मैले यो कुनै राज्यको जासुस अर्कै रुप धारण गरेर छल गरिरहेको थोकुवा गरेँ । उसले पटक पटक ममाथि आक्रमण गर्यो मैले पनि गरेँ । अब सबैलाई विश्वाश भयो त्यो कुनै कपती थियो । मैले उसमाथि आक्रमण गरेँ, ममाथि पनि जाइलागिरह्यो । अब उसले आफ्नो अशली रुप धारण गरेर मेरो छातीमा हात घुसाउन आयो । थाहा भएन उसले मेरो मुटु झिक्यो या झिकेन तर म जिवीत नै थिएँ ।
बानर झै लाग्ने महाराजसँग सहयोगको बिन्ती बिसाएँ । छिमेकी राज्यमाथि यत्रो भयन्कर आक्रमण हुँदैछ तर त्यस राज्यको राज कुमारलाई बन्दी बनाएर तुलु तुलु हेरेर बस्नु उचित नभएको बताएँ । तर कस्तो अप्रत्यासित प्रसँग पो सुन्नु पर्यो एउटा राज्यको महाराजबाट ! महाराजको कथन थियो," राज कुमार, तिमी कति सुन्दर छौ । मलाई त अरु भन्दा पनि तिम्रो सुन्दरताको डाहा लागिरहेकोछ ।" मैले पनि प्रतिकृया स्वरुप जवाफ फर्काए," कोही पनि बाहिरी सुन्दरताको ज्योतिले उज्यालो छरिरहन सक्दैन । महाराज, म मेरो क्षणिक सुन्दरताको अज्ञानताले जलिरहेको हुला तर महाराज त युगौ युग ज्ञान र महानताले बलिरहनु पर्छ । तसर्थ, कि त मलाई फुकुवा गरीइयोस, म युद्धपछी सजायको लागि आँफै दण्द भोग्न आउनेछु, कि त बन्दी नै बनाउने भए छिमेकी राज्यको सहयोगमा आफ्नो सेना पठाइयोस् ।" अकस्मात ठुलो हल्ला चल्यो । बध गर्यौ.. बध गर्यौ.. मधुरो आवाज आइरहेको थियो । महाराज त मेरो पाउँमा पो लम्पसार परिरहेको देख्छु । निकै अचम्मित परें । भएको के रहेछ भने दानवहरुले दिमखोलमा धावा बोलुन्जेल छिमेकी राज्यको सहयोग नपाओस भनेर त्यहाँ दानवहरुले आफ्नो मायावी ज्ञानले सबैको माया छिनेका रहेछन । त्यसैको भ्रममा परी दीमखोला र त्यो किश्किन्धा झै लाग्ने राज्यको बीच मोहजाल चुदिएको रहेछ । अघी जसले मलाई बध गर्न चाहेको थियो, उसको जाल बुझेर हत्या गरेका रहेछन । उसको मृत्यु सँगै त्यो मोहनी जालको भ्रम पनि अन्त्य भएछ । अब महाराजले माफि माग्न थाले । युद्धको समय थियो, गल्ती कसैबाट भएकै थिएन । त्यसैले माफि माग्नु र दिनु पर्ने कुनै कारण नै नभएको बताएँ । त्यो अन्धकारमै हामी हाम्रो राज्यतिर दौदियौ । महाराज आफ्नो सेनाहरुलाई चाडै तयार हुन आदेश दिदै थिए । ( झसँग बिउँझीएँ, त्यो त सपना मात्र पो रहेछ )
म राज कुमार थिएन, न त हुँ या हुनेछु नै । तर दीमखोला हाम्रो पुर्खाको बासस्थान भने पक्कै हो । त्यही दिमखोलामा हाम्रो धेरै पुष्टा जन्मिए, मरेर पनि गए । मैले पनि केही रमाइला बाल्यकाल त्यही दिमखोलामा बिताएको छु । मलाई यि पाखा पखेराहरु निश्चित रुपमा प्रिय लाग्छन । मेरो लागि मात्र नभएर भाबी पुष्टाका लागि पनि दीमखोलाको त्यत्तिकै एतिहासिक अर्थ रहनेछ । मेरो बुवाको बाल्यकाल त पुरै यही दिमखोलामा बितेको हो रे । उहाँले कहिले तिता त कहिले निकै मिठा आफ्नो अनुभुतिहरु सुनाउनु हुन्थ्यो । भनिन्छ, सबैलाई सबै भन्दा प्यारो आफ्नै बाल्यकाल र जन्मस्थान हुन्छ । त्यसैले होला, बुवाले आफ्नो जीवनको अन्तिम क्षणमा आएर पनि त्यही दिमखोलाको चिसो पानी काँचको थालीमा बच्चा झै घोप्तो परेर खाने चाहना गर्नु भएको । आफ्नो कुलभुमिको लागि सपनामा नै भए पनि सुरुक्षा गर्न खोजिरहेकोमा खुशी छु । मेरा पित्रिहरु, कुलदेउताहरु, हाम्रो त्यही मातृभूमीमा सधैं बास गरिरहनु । म र हाम्रो पछिल्लो पुष्टा सपना या बिपना जहिले जुनै सुकै समय भए पनि सुरक्षा गरिरहनेछौ । जतिसुकै बिपत्ती आइपरे पनि हामी डग्ने छैनौ । दीमखोला नगरी सधैं ज्वाज्वल्यमान भैरहनेछ । दीमखोला राज्य सधैं अमर रहनेछ ।
15 Aug,'09
Sunday, August 16, 2009
Subscribe to:
Post Comments (Atom)
आफ्नो भूमिको माया र बाल्यकालको स्मृतिले भरिएको यो टाँसो मलाई मन प-यो। त्यो दीमखोला राज्य अमर रहोस् भन्ने कामना गर्न चाहन्छु म पनि। कुनै दिन मौका मिले अवश्य पनि त्यो सुन्दर ठाऊँको भ्रमण गर्नेछु।
ReplyDeleteकर्म क्षेत्र फरक भए पनि आखिर भावनात्मक धरातल उही हो, म बिश्वास गर्दछु, मान्छेलाई तपाईं शरीरिक र भावनात्मक रुप मा चिर्नु र सिउनु सिपालु बन्दै हुनुहुन्छ,कलम हरु तिखारिदै जाउन अनी मसी हरु थपिदै.... शुभकामना चन्द्र जि लाई।
ReplyDeleteDamee damee damee..
ReplyDeleteबसन्त सर, के बि दाइ र गिर भाइ, सबै जनालाई धेरै धेरै धन्यवाद । यदी समय र भाग्यले साथ दियो भने मैले पक्कै पनि एक दिन त्यो रमणीय दीमखोला नगरी प्रत्यक्ष देखाउनेछु, गुमाउनेछु ।
ReplyDelete