Friday, August 7, 2009

रेफ्री भएँ म पनि

आजकाल गर्मी बिदा छ त्यसैले हामीले ५/५ जनाको एक टिम बनाएर अन्तर-ब्याच फुटबल खेल संचालन गरिरहेका छौ । आयोजक पनि हामी नै हौ र खेलाडी पनि आँफै । आज म्याचको पहिलो दिन थियो । पहिलो खेल ७औ र ११औ ब्याचको बिच निकै रोमान्चक तरिकाले सम्पन्न भयो । खेल 0 का बिरुद्ध १ गोल गर्दै ७औ र ११औ ब्याचले जित्न सफल रहे । रेफ्रिको भूमिका ५औ ब्याचका टिम क्याप्टेन नवाङ शेर्पाले गरेका थिए । पहिलो दिनको दोस्रो खेल चाँही ५औ ब्याच र १०औ ब्याचका बिच भएको थियो । यि दुबै टिम भाग्यशाली टिमका रुपमा सिधै सेमी फाईनल प्रबेश पाए पनि ग्रुप पहिलो र दोस्रो निर्णय गर्न मात्र खेल खेलाइएको थियो । यस खेलको रेफ्रीको काम मैले गरेको थिएँ । यस खेल निकै प्रतिस्पर्धात्मक र चुस्त रह्यो । दुबै टिम आफ्नो जित पक्का सुनिस्चितताको लागि गोल गर्न हर समय अनेक प्रयास गरिरहेका थिए । ३० मिनेटसम्म कुनै टिमबाट पनि गोल हुन सकेन । १० मिनेट थप गर्दा पनि कुनै टिमले गोल गर्न नसके पछी खेल पेनाल्टीमा पुग्यो । ५/५ जनाको पेनाल्टी प्रहारमा १०औ ब्याचका टिम क्याप्टेन अमित'फर्दी' र मिलिनले आफ्नो टिमको लागि गोल गर्न सफल भए भने ५औ ब्याचको तर्फबाट क्याप्टेन नवाङ शेर्पाले हानेको बलले मात्र सहि दिशा लिन सफल रह्यो । खेल हेर्न सबै ब्याचका भाग लिएका तथा नलिएका साथीहरुको उत्साहका साथ उपस्थिती थियो । बारम्बारको हुतिङले खेलाडिलाई जोशाउनुका साथै खेलमा भिन्नै रौनक थपेको थियो । आजको खेलमा म रेफ्रीमै सिमित रहेँ तर भोली हाम्रो ब्याचको दुई वटा खेल लगातार छ । पहिलो खेल ७औ र ११औ ब्याचको मिश्रित टिम सँग र दोस्रो खेल १०औ ब्याचको अर्को टिमसँग । हामी दुबै खेलमा जित वा एउटा खेलमा जित र अर्कोमा बराबरी गर्यौ भने हामी ग्रुप टपर हुँदै सेमी फाईनल प्रबेस गर्नेछौ । यदी दुई खेल नै बराबरी राख्यौ भने या एउटा हार र अर्कोमा जित सँगै राम्रो गोल अन्तर राख्न सक्यौ भने ग्रुप दोस्रो हुँदै सेमी फाईनल यात्रा तय गर्नेछौ । हामीले टिम र खेलाडी अनुरुप आक्रमक र रक्षात्मक दुबै रणनिती अपनाउनु पर्ने हुन्छ । आशा गरौ, भोलिको खेल पनि आजको मेरो रेफ्रिको भूमिका जस्तै सन्तोषजनक र चित्तबुझ्दो हुनेछ । हेरौ, सफलताले कसलाई पर्खिरहेको रहेछ । भोली साँझसम्म सबै छिनोफानो भैसक्ने छ । हाम्रो टिमका साथीहरुको उत्साह र मनोबल देख्दा त लाग्छ, हामी भोलिका खेलहरु सजिलै जित्दै सेमी फाईनलको ढोका खोल्न कुनै अप्ठ्यारो हुने छैन । टिमको सामुहिक भावना र तालमेलले पनि ठुलो महत्व राख्ने गर्दछ जुन कमजोरी हामीमा नदेखिने सम्भावना देखिन्छ । साथीहरु खेल हार्ने र जित्ने दोसाधमा रहने भन्दा पनि सचेततापुर्बक खेल जित्नेमा दुक्क छन । यो आत्मविश्वाशलाई सदुपयोग गर्न सक्यौ भने हाम्रो टिमलाई खेल जित्न शायद कुनै समस्या नपर्ला, भलै खेल कौशलमा अरु टिम भन्दा तुलनात्मक रुपमा कमजोर नै किन नहौ । अहिले म त खेल कस्ले जित्छ भन्ने भन्दा पनि आफ्नो टिमको प्रदर्शन पक्कै पनि प्रसंसनीय हुनेछ भन्ने कुरामै बिश्वस्त छु र यसैले नै मलाई अझै बदी उत्साहित बनाइ रहेको छ । अहिले हामी खेल हाम्रो पक्षमा पार्न मानसिक रुपमा तयार छौ र हाम्रो एउटै चाहना पनि 'पोजेतिभ रिजल्ट' नै हो । खेलको अन्तिम परिणाम हाम्रो पक्षमा पार्न हामीले सके जती प्रयास गर्नेछौ र यसका लागि हामी सक्षम पनि छौ ।

No comments:

Post a Comment