" 'Drsuchan' लाई बिदाइ गर्ने सोचिरहेको छु तर अन्तिम हात हल्लाउन सकिरहेको छैन । निकै प्यारो हुदो रहेछ ख्याल ख्यालमै जुरेको पहिचान पनि.. अति नै गाह्रो हुदो रहेछ एउटा नाम त्याग्न पनि.. तर पनि देखिरहेको छु त्यागी बन्ने फगत सपना.. "
'Drsuchan' भन्ने उपनाम आफ्नो प्रोफाइलबाट हताउन खोजें तर कति प्रयास गर्दा पनि मन मानेन । अनायास राखिएको नाम पनि हताउन नसकेर बेचैन भएँ । फेसबुक बनाउदा यही नाम राखेको रहेछु । थाहा थिएन, त्यसपछी नजानिदो गरी हाम्रो सामिप्यता प्रगाद भैसकेको रहेछ । अनी आफ्नो बाध्यता फेसबुकमा यसरी नै पोखिदिएँ ।
मेरो उक्त बिचार देखेर दाजुहरु राम कुमार श्रेष्ठ र के. बि. चाम्लिङ राई, दिदी रमा गौतम, मित्रहरु प्रगती राई, नरेन्द्र यादवले नाम नहताउन र कारण खुलाउन आग्रह गर्नुभयो । फेसबुक मित्रहरु अशोक पार्थिव तामाङ र देवदास पाटा मगरले पनि उहाँहरुकै कुरामा सहमति जनाउनु भयो । उहाँहरुको उत्सुकता मेत्ने अर्थ मसँग छैन, न त आग्रह पुरा गर्न सक्ने कुनै सहि उत्तर नै । उहाँहरुको जिज्ञासा शान्त पार्ने उचित शब्दहरु पनि म भेट्न सकिरहेको छैन । आफ्नै साथीहरुको पनि प्रश्न यही हुन्थ्यो । फेसबुकमा धेरै अपरिचित मित्रहरुले पनि सोध्नु हुन्थ्यो, कस्तो नाम हो यो ? अफ्रिकन लाग्ने, इतालियन जस्तो, फ्रेन्च किसिमको,.. तर मैले निरुत्तर हुनु बाहेक केही भन्न सक्दैन । बलियो अर्थ पनि केही छैन जसरी उहाँहरुले रहस्यात्मक सोच्नु भएको छ । जिस्कदै तार्दिन्छु, तर यो सानै घेरामा भए पनि मेरो सामान्य पहिचान बन्न थाले पछी चाँही म अली गम्भिर हुन थालेँ । आफ्नै युनिभर्सिटीमा पनि अब म 'Drsuchan' भनेर सम्बोधन गरिन थालेँ । त्यसैले, मैले यसलाई आफुबाट अलग बनाउनु उपयुक्त ठानेँ ।
म यही नामको प्रशंगमा आफ्नो बाल्यकाल सम्झिन्छु र एउटा 'बाल संगठन' पनि । हाम्रो गाउँ जंकोट गा. बि. स. मा जती पनि १० देखी १५ बर्ष उमेरका हामीहरुले एउटा बाल संगठन निर्माण गरेका थियौ । त्यहाँ 'तोल बाल कमिती' हुँदै प्रत्येक वडामा एउटा 'वडा बाल कमिती' हुन्थ्यो । वडा कमितीको शिर्ष संगठन 'मुल कमिती' हुन्थ्यो । मुल कमिती अर्थात गा. बि. स. को मुल बाल संगठन । मुल संगठनको काम वडा कमितीको निर्माण र सन्चालन गर्ने, चाडपर्ब अनुसार शारीरिक, सांस्कृतिक र साहित्यिक केही नयाँ प्रतिस्पर्धात्मक कार्यक्रम 'सेट' गरेर आयोजना गर्ने, गाउँमा एक्लो बुदा-बुदीहरुलाई खेतमा श्रम सहयोग गर्ने र अर्को गा. बि. स. को संगठनसँग राम्रो सम्बन्ध बिस्तार गर्ने । हाम्रो संगठनको प्रमुख उढेश्य चाँही हामी बालकहरु समाजसेवा प्रती प्रेरित हुनु तथा शारीरिक र बौदिक बिकास गर्नु थियो । हामीलाई सल्लाह र सुझाव दिने गाउँका दाइ-दिदिहरु हुनुहुन्थ्यो । बिशेष गरी तिहारमा हामीले सबै संगठन एउटै समुहमा मिसिएर देउसी-भैलो खेल्दा निकै रमाइलो हुनुका साथै पैसा पनि निकै उठाउथ्यौ । त्यही पैसाले पछी खेलकुदका सामाग्री किन्नुका साथै अत्ती गरीबहरुलाई सहयोग गर्थ्यौ । बाँकी पैसा ब्याजमा रिन दिन्थ्यौ ।
मेरो उमेर सानै भए पनि म मुल समितिको सचिव छानिएको थिएँ । खेलकुद र पढाईमा राम्रो थिएँ, तर बदी चाँही सबैले मैले भनेको नकार्न सक्दैनथिए र अरु भन्दा अली समन्वय गर्न सक्थें । त्यो हाम्रो संगठन निकै उर्बर हुँदै थियो । हाम्रो मानसिक बिकास पनि आशातित तरिकाले अघी बदिरहेको थियो तर त्यसैबेला ०५२ फाल्गुन १ गत्तेबाट माओवादी जनयुद्धको थालनी भयो । हाम्रो संगठन जस्तै अरु ठाउँका संगठनका साथीहरुलाई क्रान्तिकारी र माओवादीको संगठन भएको आरोपमा कुटपिट गर्ने र जेल लग्न थालेको कुराले हामी पनि निकै डरायौ । अन्त्यमा दाइ-दिदिहरुले आफ्नो सहि नाम नलेखेर उपनामको प्रयोग गर्न सल्लाह दिनुभयो । हामी बैठक बस्दा अब त्यसरी नै उपनाम राख्ने र त्यो नाम गोप्य राख्ने कुरामा मन्जुर भयौ । अब म 'सचिव सन्देश' भएँ ।
०५५ सालमा म पढ्न भनेर दाङ झरे । मैले अर्कैलाई जिम्मेवारी दिन अनुरोध गर्दा पनि साथीहरुले एक बर्षसम्म हताउन मानेनन् । एक बर्ष पछी भने मेरो भब्य बिदाइ भयो । सबै तोल कमितिका साथीहरु पनि आएर कलम र डायरी उपहार दिएको भर्खर जस्तो लाग्छ । ४ जना साथीहरु मिलेर बल्ल त्यो उपहारहरु बोकेर घर सम्म पुर्याएका थियौ । त्यस दिन हामी सबैजना निकै रोयौ । त्यो दिन ०५६ सालको श्रावन १६ गत्ते थियो । त्यतिन्जेल मैले दाङबाट नै भए पनि सचिव सन्देश भएर मासिक लेबी ५ रुपैया पठाइरहें । बिदाइपछी भने म सल्लाहकार भएँ । पछी सबै साथीहरु ठुलो हुँदै गएपछी कोही कता कोही कता भएर संगठनले निरन्तरता पाउन सकेन । पछाडिका भाइ-बहिनिहरु पनि अब बोर्डिङ पढ्न सदरमुकाम र शहरतिर बस्न थालेँ । त्यो हाम्रो प्यारो संगठन त्यत्तिकै हराएर गयो । सन्देश नाम पनि बिलाएर गयो । यसरी मेरो पहिलो उपनामको पनि अन्त्य भयो ।
स्कुले जीवनमा कहिले काही सन्देशको याद आउनु बाहेक कुनै उपनाम मोह बिना नै यत्तिकै बित्यो । कलेजमा आइसके पछी शुरुवाती दिनमै निबन्ध प्रतियोगिता जितें । फेरी केही लेख्ने रहर जागेर आउन थाल्यो । यसै बखत प्रिन्सिपल के. पि. सरले बोलाएर अझै चिन्तन मनन गर्दै यथार्थ लेखाइको कामना गर्नुभयो । त्यही बेलाबाट भित्र भित्रै आँफैमा 'चिन्तन मगर' ले गर्भ गर्न थाल्यो । पासपोर्ट झिकाउदा नाम चन्द्र भए पनि यही नाममा सहि भरेको रहेछु । बि.बि.सी. मा प्रतिकृया पठाउदा होस् या कुनै साइतमा आफ्नो बिचार दिदा, 'चन्द्र चिन्तन' ले नै दिएको हुन्छ । तर दुई बर्षअघी देखी फेरी अर्को नाम अनायास जुर्यो । कुनै साईटमा 'लग इन' गर्न कसैसँग नमिल्ने नामको आबस्यक पर्यो । साथीको सल्लाहमा त्यही दिन जुर्यो अर्को नाम सुचन 'Suchan' । 'सु' 'चन' अर्थात चन्द्रलाई सबै शुभ नै शुभ हुने । नेपालीमा वाक्यलाई अगाडि 'सु' प्रत्यय थपियो भने यसै सुघन्ध, सुमधुर, सुमन, सुप्रिया,.. यस्तै यस्तै । सुचनलाई अझै फरक बनाउन डा. 'Dr' थप्ने सुझाव पाएँ मैले । Drsuchan भनेर फेसबुकमा पनि त्यही नाम राखेछु । फलत: थुप्रै साथीहरुको थुप्रैपटक प्रश्नको सामना गर्नु पर्यो । म शब्दहिन र अनुत्तरित भएर बस्न वाध्य भएँ । कसैलाई पनि चित्त बुझ्दो जवाफ दिन सकिन । चिन्तन मगर त अहिले कतै रछ्यानमा अलपत्र परेर पल्तिरहेछ । Drsuchan ले पो ब्यर्थ पहिचान बनाइरहेछ । सबैको माया लुतिरहेछ ।
"मृत्यु पछी शरीर शान्तिमा मिल्छ तर नाम अनन्त कालसम्म बाँचिरहन्छ ।" हो, अहिले म बाइबलमा लेखिएको यही भनाइ सम्झिरहेको छु । हामी एकदिन अबस्य पनि मरेर जान्छौ तर केही राम्रो गर्न सक्यौ भने हामी बाँचिरहने भनेको त नाम बाट नै हो । सधैं जीबित रहन्छौ भन्नु मुर्खाइ मात्र होइन अज्ञानता र भ्रम पनि हो । त्यसैले बाँच्ने भए पनि चन्द्र बाच्छ, चन्द्रको आयु Drsuchan द्वारा खोसिनु हुँदैन । Drsuchan को बिदाइमा चन्द्रले न्याय पाउछ, चिन्तनले पुनर्जन्म पाउन सम्भव छ भने यो कदापी अन्याय हुन सक्दैन । Drsuchan को हत्या गरेको होइन मैले । कुनै एउटा प्राणी पनि मेरो कारणले मारिनु नपरोस भन्ने चाहन्छु, कसैले पनि आफ्नो अधिकारबाट बन्चित हुनु नपरोस भन्ने चाहन्छु म, त्यसैले कसैको बध गर्ने सोच्न सम्म पनि सक्दैन । यसर्थ, Drsuchan को बिदाइ गर्नु मेरो कर्तब्य हो । रामायणमा रामले प्यारो भाई लक्षमनलाई त्यागे जसरी नै एउटा पिडादायी निर्णय गरिरहेको छु मैले । खोइ कसरी यती नजिक भएछ Drsuchan । नाता गहिरो भए पनि धेरै गहिरो बन्नु अगावै बिदा भन्न चाहन्छु ।
अन्त्यमा Drsuchan कै नामबाट नेपाली प्रेसमा प्रकाशित एउटा कबिता Drsuchan लाई समर्पन गर्न चाहन्छु । यो कबिता जून १५, २००९ को Global Day of Action Against Indian Aggression in Nepal 'भारतीय बिस्तारवाद बिरुद्ध अभियान' को अबसरमा लेखिएको हो, जुन बेला माधव नेपालले प्रधानमन्त्री हुन नवलपरासीको सुस्ता र दाङको कोइलावास भारतलाई चदाएको कुरा देशभरि उठिरहेको थियो । पररास्त्रमन्त्री सुजाता कोइराला भारतीय दुतावासको ढोकामै उभिएर भारतले सिमा कहिल्यै कतै नमिचेको जानकारी पत्रकारहरुलाई दिदै थिइन । रामशरण महत अमेरिकामा 'भ्रम र सेन्टिमेन्ट'को पछाडि नलाग्न नेपालीलाई सुझाव दिदै थिए । माओवादीहरु यसैलाई तेकेर राष्ट्रियताको नारा घन्काउदै सत्ताको मियो ताक्दै थिए । एमाले बैचारिक प्यारालाइसिसले थला परेर न केही बोल्ने न सुन्ने अवस्थामा थियो । उपेन्द्र यादवले भारतसंगका सिमा बिबाद त्यती गम्भिर नभएको सुचना गर्वका साथ दिदै थिए । तर बिडम्बना ! सिमाका नेपालीहरु आफ्नो घरखेत लुतिएकाले आसुँ बोकेर दाङको घोराही पुगेका थिए । आफ्नो छोरी चेलीको इज्जत लुतिएका र मारिएकाले आफ्नो ज्यान बचाउनलाइ मात्र भए पनि भागेका थिए । आफु कुन देशको नागरिक खुत्याउन आफ्नो सरकार खोज्न निस्किएका थिए । यहिबेला Drsuchan ले एउटा कबिता जन्मायो । भावना र बिद्रोहमा एउटा रचना रच्यो र यसलाई फेसबुकको मेरो नोटबाट राम कुमार श्रेष्ठ दाइले Drsuchan कै नाममा नेपाली प्रेसलाई दिनु भएको रहेछ ।
मेरो प्यारो Drsuchan, आजबाट हामी नजिक नजिक होइन टाढा र झन झन टाढा भएर जानेछौ तर पनि मैले तिम्रो माया चटक्क भने भुल्ने छैन । तिमी मेरो यादमा रहिरहनेछौ । मेरो मिठो अतित भनेर यादमा आइ नै रहनेछौ । हामी अब संगै नभए पनि मेरो असीम माया र आदर पाइ नै रहनेछौ किन कि तिमीले त्यसरी नै माया र आदर गरेका थियौ र गरिरहेका छौ । तिमीसँग मेरो कुनै गुनासो छैन । मेरो जिन्दगीको कुनै पलमा आयौ, एउटा ऋतु रमनीय बनाइ सजायौ र छुट्तियौ । हाम्रो सम्बन्ध कालान्तर सम्म नरहने भयो, यही हो दु:खको कुरा तर पनि कुनै खेद छैन । हामी सधैं साथै हुनु पर्छ भन्ने पनि त छैन । अब तिमीले मलाई जस्तै माया अरुलाई दिनुपर्छ, मायालु बनेर । मेरो इन्कारमा तिमीले निष्ठुरी बन्नु हुँदैन, न त हरेश खान नै हुन्छ । तिमीलाई मैले सम्झिरहनेछु । यदी तिम्रो सम्झनामा म हुन्छु र मेरो कल्पनामा तिमी हुन्छौ भने यसलाई हामी बिछोड पनि मान्नु हुँदैन । बिछोडले त रुवाउछ, दु:खाउछ, पागल बनाउछ । हामी धैर्य छौ र आ-आफ्नो कर्तब्य बुझेका छौ, तसर्थ हाम्रो चोखो प्रेममा त्याग गरेका छौ । भनिन्छ नि, प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ । यो पूर्ण रुपमा मान्न त तयार छैन तर अंशिक रुपमा चाँही सहि नै रहेछ । अब Drsuchan र चन्द्रको नातामा पनि त्याग गर्ने दिन आयो र मैले यो अत्याबश्यक त्याग गर्दैछु ।
यत्रो समय हामी साथै रह्यौ तर Drsuchan को महत्व थाहा थिएन तर जब मैले यसलाई नै त्याग्ने निर्णय गरें तब मात्र निकै माया बदेर गैरहेको छ । मेरो आफ्नै स्वभाव छ, हतारमा निर्णय नलिने तर लिइ सके पछी फेरी हत्तपत्त फिर्ता नलिने । समय अभावमा चाडै निर्णय गरिदिने तर समय प्रशस्त हुँदासम्म चाँही सके सम्म भरपुर प्रयोग गर्ने । कठोरतामा कोमलता बचाउने र कोमलतामा कठोरता देखाउने अर्थात निर्ममतामा नरमतालाई जिताउने र नरमतामा निर्ममतालाई जिताउने । यहाँ मेरो त्यही भिन्न बानीको प्रयोग गरें मैले । Drsuchan प्यारो छ तर त्यो भन्दा प्यारो चिन्तन धेरै गुना प्यारो छ, अझै त्यो भन्दा पनि चन्द्र प्यारो छ । बिदाइ आखिर बिदाइ त हो, सानो होस् या ठुलो ! मन त दुखिहाल्दो रहेछ । अन्तिम बिदाइ गर्दैछु मेरो प्यारो 'Drsuchan'.. दुख्ने त छाडेर जानेलाई भन्दा पनि छादिनेलाई हुदोरहेछ । आज म कति मर्माहत छु आफ्नो प्रेमिका गुमाएको प्रेमी जत्तिकै, र पनि बिबश छु सहन यि सब ब्यथाहरु । जानी जानी गरिएको बिदाइ अझै गाह्रो हुदोरहेछ । बिछोड सुखद भएको कहिले पो होला र ! आँफै बनेको सम्बन्ध चुदाउन कस्लाई पो सजिलो हुन्थ्यो होला र ! Drsuchan, फेरी पनि भन्न चाहन्छु, मैले तिम्रो हत्या गरेको होइन, बिदाइ गरेको मात्र हुँ । Drsuchan, तिम्रै नाममा प्रकाशित यो 'अपुर्ण कविता' समर्पन गर्दै बिदाइको अन्तिम हात हल्लाइरहेको छु,..
" अपुर्ण कविता "
-----------------
Dr suchan Magar
हे साथी हो !
अब त उठौ !
चेतनाको नयाँ यात्रा थालौ ।
स्वाविमानको आफ्नोपन खोजौ ।।
कालापानीमा बिदेशी परेड खेल्दा
सुस्तामा सिमा स्तम्भ मिचिइदा
छोरी चेलीको अस्मिता लुतिइदा
बस्तिमा आगो लगाइ अत्याचार गरिइदा
दुख्यो, जति दुख्नुछ दुखिसक्यो
दुख्न के नै पो बाँकी छ र !?
झुक्यो, जति झुक्नुछ झुकिसक्यो
झुक्न अझै के नै पो बाँकी रह्यो र !?
हे युवा हो !
अब त बिउझौ !
गौरबको नौलो कथा रचौ ।
अस्तित्वको शान्ती युद्द्व छेडौ ।।
( जुनदिन हाम्रो देशलाई हामीले बिदेशी हस्तक्षपबाट मुक्त गर्नेछौ र हामीले चाहेको जस्तो स्वतन्त्र राष्ट्रको महशुस गर्नेछौ, त्यही दिन मात्र फेरी अर्को शीर्षकमा एउटा कविता लेखिनेछ.. पूर्ण कविता । हो, हामी पूर्ण कविता लेख्नै पर्छ । भिन्न सिर्जनाको सुनौलो रचना गर्नै पर्छ । एकै स्वरमा मिलेर राष्ट्रिय गीत गाउनै पर्छ ।
मरेर होईन, बचेँर लडौ !
हटेर होईन, डतेर बदौ !!
हारेर होईन, जितेर बाँचौ !!! )
___यो कबिता जून १५, २००९ को Global Day of Action Against Indian Aggression in Nepal 'भारतीय बिस्तारवाद बिरुद्धको अभियान' को अबसरमा लेखिएको हो । ( http://www.nepalipress.net/news_main_n.php?id=763)
पहिलो उपनाम सन्देश त्यसरी जन्मिएर त्यसरी अन्त भयो । यसरी सिर्जिएर Drsuchan यसरी नै अन्त पनि भयो ।
26 Aug,'09
Wednesday, August 26, 2009
Subscribe to:
Post Comments (Atom)
आखिर चन्द्र भाई ले जस्तो सुकै परिस्थिती मा Drsuchan नाम जुरायो,त्यो आफ्नो ठाउमा छ तर आज मलाई निकै दुखाइको महसुस भयो,जब अन्तिम बिदाइको हात हल्लिरहेको देखे, हो भाईसानो होस् या ठुलो होस् बिदाइ आखिर बिदा नै हो दुख्छ नै,आज किन किन अरु भन्दा बढी दुखिरहेको छ,भाइलाई प्रेमिका गुमाउनु को पिडा भन्दा अली बढी दुखिरहेको छ। म बिश्वास गर्दछु त्यो दुखाइ आसुमा मा हैन प्रोत्साहन मा बदलिने साहसमा रुपान्तरित हुनेछ र धेरै धेरै अघी बढ्ने छ,अझै म Drsuchan लाई बिदाइ गर्दिन जब सम्म मDrsuchan भन्दा धेरै उचाइमा भेट्ने छु। धन्यवाद
ReplyDeleteballa drsuchan ko meaning thaha panen yar.hahahaha..
ReplyDeleteहुनत पेशागत/औपचारिक जीवनको नाम एउटा र साहित्यिक नाम अर्को गरेर निरन्तरता दिन नसकिने होईन तर भाइले पेश गरेका तर्कहरु जोड्दार छन्। उपनामको खासै अनुभव नभएकोले त्यति थाहा भएन तर कुनै पनि चिजसंग आत्मीयता गाँसिएपछि यस्तै हुने पक्का हो।
ReplyDeleteयो नामलाई छोडेपनि-नछोडेपनि भाइको लेखन यात्रा भने अझ समृद्ध र अझ उज्यालो हुँदै जानेछ भन्ने विश्वाश र कामना!
हो नि केबी दाई, नाम परिवर्तन भन्दा पनि उचाइ चद्न सफल हुनु मुख्य कुरा हो ।
ReplyDeleteबसन्त दाइको कामनाको अर्थ पनि त्यही रुपमा लिएको छु । Drsuchan को भन्दा बदी पहिचान बनाउन सकिन भने एउटा दु:खद बिदाइको पनि अबमुल्यन हुनेछ ।
चन्द्र दाई नमस्कार,हजुरको लेख पढन पाएे खुशी लग्यो अनी मलाई पनि आफ्नो बल्यकाल अनी जन्मभुमीको यद दिलाउनु भयो । अनी यहाँ देशको आस्तितो हराउन थालेको पिडा मेरो मन को पिडा जस्तै हजुरको मन मा पाउदा धेरै खुशी लग्यो। देस रोएको पिडाले ले मेरो मन पनि साह्रै निरास भएर आउछ। दाई अरु सबै राम्रो छ नेपाल भनेर झल्कने केही फोटाहरु राख्दा राम्रो होला कि। र दाई हजुरको लेखमा एउटा पिडा छन जुन मेरो भाबनाहरु सँग थोरै धरै मेल खान्छन धन्यवाद दाई
ReplyDeleteसुशिल,
ReplyDeleteजुनसुकै कुराको पनि समाधान भएर नै समस्या सिर्जिन्छ । त्यसैले, नेपालमा अचेल देखिरहेको जतिल परिस्थितीको पनि एक न एक दिन अबश्य पनि उचित ब्यबस्थापन हुने नै छ भन्ने विश्वाश र आशा राखौ । हामी मात्र हैन कि सम्पूर्ण नेपालीको चाहना पनि शान्त र सम्रिद्ध नेपाल हो । तसर्थ सबैले कामना गरौ त्यो दिन चाडै आउनेछ ।
अनी फोटोहरु राख्ने सोचाई त मैले पनि गरेकै हुँ तर कसरी राख्दा राम्रो र स्थायी हुनसक्छ भन्ने राम्रो भेउ नपाएकाले मात्र शुरु नगरेको हुँ । तर छिट्टै यसबारे प्रयास गर्नेछु ।
मेरो ब्लगमा पसेर दिएको प्रशंसा र सुझावको लागि धेरै धेरै धन्यवाद है । आफुलाई सुधार्नको लागि अरु थप सुझावको अपेक्षा पनि गरेको छु ।