Wednesday, August 12, 2009

दुई शब्द: बधाई र शुभकामना

अन्तर-ब्याच फुटबल खेलको फाईनल आज सकियो । खेल ५औ ब्याचका बिरुद्ध ७औ र ११औ ब्याचको मिक्स टिमको बिच थियो । २५-२५ को पुरा समय र थप ५ मिनेटको समयसम्म पनि कुनै टिमबाट गोल हुन नसके पछी टिम क्याप्टेनहरुको सल्लाह बमोजिम खेल पेनाल्टीमा पुग्यो । पेनाल्टीमा ५औ ब्याचका कुमार र बिनुको बल गोलमा परिणत भयो भने मिक्स टिमका तर्फबाट सुनिलले हानेको बलले मात्र सहि दिशा लिउन सफल रह्यो । फलत: खेल ५औ ब्याचले १ का बिरुद्ध २ गोलले जित्यो । उच्च स्कोररको लागि म र देव दाइको बिच प्रतिस्पर्धा थियो तर अन्त्यमा पुरुस्कार देव दाइकै पोल्तामा पर्‍यो । आजको फाईनल खेलको रेफ्रीको भूमिका मैले निभाएको थिएँ । फाईनलमा खेलाडी हुने इच्छा अधुरो रह्यो, फेरी पनि रेफ्री नै हुनु पर्‍यो । खेल रोचक र प्रतिस्पर्धात्मक दुबै भएको थियो । हेर्नलाई धेरै दर्शक पनि जुटेका थिए । भएका सबै खेल लगायत आजको अन्तिम खेल निकै उत्साहपुर्बक नै सम्पन्न भयो । सबै खुशी नै देखिन्थे ।

हुन त यो फाईनल हामी खेल्न र जित्न चाहन्थ्यौ तर हामीले ५औ ब्याचसँग गरेको सानो भुलले सेमी फाईनलबाटै हाम्रो उपाधी जित्ने सपना चकनाचुर भैदियो । हाम्रो राम्रो प्रदर्शनका वावजुद खेल हार्नु परेकोले मनमा हार स्विकार्न निकै गाह्रो भयो । एकैचोटि गरिएको सानो सानो गल्तीको फाईदा उठाउदै देव दाइले गोल हान्नु भयो । हामीले गोल फर्काउन निकै कोशीस गर्दा पनि निर्धारित समय कम भयो । अत: राम्रो खेलेकोमा सुखद अनुभुती र अर्कोतिर टिमलाई जिताउन नसकेकोमा निराश हुँदै मैदान छोड्न हामी बिबश भयौ ।

सबै साथीहरुलाई टिममा सहभागि रहेर आफ्नो ब्याचको लागि गरेको योगदान स्वरुप स-धन्यवाद दिन चाहन्छु । हाम्रो खेलको प्रसंसा नगर्ने कोही दर्शक भएनन, न त बिपक्षीले नै सजिलै जित्न सक्यो । तारिफयोग्य खेल प्रदर्शनका लागि हामी शिर उँचो बनाएर हिंड्न सक्छौ । भाग्यको साथ नभए जती गर्दा पनि नहुदो रहेछ । यसपाली हामीले पक्कै पनि हारेको त मान्नै पर्छ तर निराश हुनु पर्ने कुनै कारण छैन बरु गर्बका साथ अर्को खेल जित्न चुनौती दिन सक्ने भएका छौ । तसर्थ, हामीले हारेको होइन कि उपाधी कब्जा गर्ने आफ्नो योजनामा मात्र असफल रह्यौ, खेल त हामीले हारेको भन्दा जितेको बदी छ । ति हारेर पनि जित्ने हाम्रो महान र उत्कृष्ट टिम खेलाडिहरु,
१. रिबेश के. सी.
२. ज्वलन्त पौडेल
३. सन्तोष कुँवर
४. जीवन बुढा
५. चन्द्र जी. एम.
मेरा झुझारु साथीहरु, टिम क्याप्टेनको हैसियतले म सबैलाई निराश नहुन र अर्को खेल उपाधी जित्ने आत्मबल र आत्मविश्वाश राखिरहन बिशेष आग्रह गर्दछु । हामीले खेल उपाधी मात्र नजितेर के भयो र !? अरु धेरै कुरा जित्न सफल भएका छौ । हाम्रो टिम न हरुवा हो, न त जितुवा नै । त्यसैले, हामी अर्कै चिज पाउन योग्य छौ र त्यो पाएका पनि छौ । त्यो हो, बधाई एवम शुभकामना ।
11 Aug,'09

No comments:

Post a Comment