Sunday, August 2, 2009

पार नहुने भार

बिहान उठेर पार्कतिर घुम्न गएको थिएँ । करीब ३० मिनेट हिंडेपछी एउटा शितल ठाउँमा गएर बसें । कामदाहरुले आज पार्कमा रहेका रुखका बदेका हाङाहरु र बाटाहरुमा उम्रिएका घाँस सफा गर्ने दिन रहेछ । मसँग गोजिमा रहेको कलम र पाना झिकेर कृतिम शान्त तलाउ हेर्दै मनमा आएका केही भावनाहरु कोर्न थालें । एकछिन पछी घाम चर्किन थाल्यो । म त्यही बसेर फिस्टा चरीहरुको खेल हेर्दै रमाइरहें । त्यत्तिकैमा अली पारी एकजना भर्खरै कि लाग्ने अती सुन्दर युवती आइरहेको देखें । उनी म भएकै तिर आइरहिन र नजिकै आएर चिच्च्याइन, " बुवा..बुवा.." उनकी बुवा त्यही काम गर्दै रहेछन । उनकी बुवा निकै खुशीका साथ मुस्कुराउदै उनी भए तिर गए । केही बेर कुरा गरेर पुन: काममा फर्किए । मैले मन मनै अड्कल काटेँ, शायद पैसा माग्न आएकी होलिन् ।

आजकाल गर्मी निकै बदेको छ । बिहान र साँझ बाहेक दिउसो बहिर निस्किन पनि गाह्रो हुन्छ । बुवा, उनी त्यो चर्को घाममा पुरानो चप्पल, माथितिर पत्याएको तालिएको पाइन्त र बटन पनि नभएको फोहोर कमिजसंग लगभग नाङै भुँडी असिन पसिन हुँदै कहिले यताको एक भारी घाँस उता पुर्याउछन त कहिले माथिको घाँस हातमा अंगाल्दै तल ल्याउछन । उनको ति युवती छोरी त्यही रुखको शितलतामा बसिरहिन । घरि घरि नबुझिने गरी कुन्नी के-के भन्थिन । एक्लै बर्बराइरहेकी हुन्थिन । उनको लवाइ हेर्दा लाग्थ्यो, उनी पक्कै खानदानी परिवारकै छोरी हुन । उनी कुनै कोण र कुनै हालतमा पनि यि अपरिचित गरीब बाउका छोरी हुन भनेर पत्याउन सकिदैनथ्यो । सेतो टि-सर्त माथि आकाशी रङको कमिज, तल गादा सेतो पाइन्त अनी सेतो स्पोर्ट जुत्ता, सेतो-निलो सानो ब्याग छड्के पारी बाँया तिर भिरेकी । आँखामा गाँजलु, खैरो र कर्लीमा ठीक्कको कपाल कोही अगाडि त कोही पछाडि बनाइ त्यसमाथि सेतो क्याप, जसमा उनले आफ्नो भए भरको सुन्दरता थपेकी थिइन् । उनको 'ड्रेस-अप'मा निकै भद्र र भलाद्मीपन देखिन्थ्यो । बुवा उमेर खाइसकेका, मयल जिउ तर छोरी लहलहाउदो उमेरकी तरुनी अत्ति नै सुकुली । यता हेर्छु, परिश्रमि बुवा जो एकछिन पनि नबसी आफ्नो कर्तब्यमा तल्लिन छन । उता हेर्छु, जवान छोरी जो बुदो बाउको पसिनामा पौदी खेलिरहेकी छिन् । धेरै कुराले बेचैन बनायो, बदी त बाटो सफा गरिरहेका र छेउ छाउका फोहोर उठाइरहेका, झुप्रोहरुमा झोक्रिरहेका चिनिया एकल र जोडी दम्पतीहरुको बिबशताले पिरोल्यो । उनिहरुले सिङो जीवन आफ्नो सन्तानको प्रगती र इच्छा पुरा गर्न बिताउछन, अन्त्यमा आँफै हत्या गरिन्छन आफ्नै त्याग र सपनाबाट । कती निस्वार्थी भावना, कती चोखो माया र ममता आफ्नो सन्तानको प्रगतिको लागि । कस्तो बिडम्बना !?

बिहान 'मुड फ्रेश' बनाउन हिंडेको मान्छे म, उल्तै 'मुड अफ' त भयो नै अली भाबुक पनि बनायो । मैले त्यहाँ आजकालका हामी धेरै युवा युवतिलाई देखें, जो यसैगरी हाम्रो बुवाआमाको रात दिनको दु:खमा सुख भोगिरहेका छौं । हाम्रा बुवाआमा चाहि उसै गरी छोराछोरीको मान प्रतिस्ठा र इज्जत सम्झेर इमान्दार बनी चर्को घामले पोलिरहे र आकाश नै बर्से पनि आफ्नो कर्तब्यमा खतिरहनु हुन्छ । उहाँहरुले जन्माउने, हुर्काउने, बदाउने मात्र नभएर सधै शिरमा चदाइरहनु हुन्छ, तर हामी भने कहिल्यै अलिकती सम्म पनि सोचिरहेका हुँदैनौ । बरु उल्तै सन्तानलाई सबै भन्दा माथि र राम्रो देख्ने आशा र सपनालाई कुल्चेर अरु नै कुरामा अभ्यस्त हुन्छौं । यो कसैबाट रिन लिएर तिर्न सकिने गुण कदापी होइन, न त मजदुरी बापत दिन सकिने निमेक नै । जन्मौ जन्म उहाँहरुको नोकर बनी गुण गरेर पनि पार गर्न नसकिने भार हो । त्यसैले मैले सोचें, हामीले कहिल्यै पार गर्न नसक्ने भार बोकेका छौ । यद्धपी हाम्रा महान बुवाआमाले त्यसरी लिउने कल्पना सम्म पनि गर्नु हुन्न । तसर्थ, जती सक्छौ यही जुनिमा सेवा गर्नु बाहेक अरु केही गर्न सक्दैनौ । कहिले काही मनमा लाग्ला, त्यो त उहाँहरुको कर्तब्य नै हो । तर त्यही आफ्नै कर्तब्य हामीले हाम्रा जन्मदाताहरु बुदेसकालमा पुग्दा सम्म भुलिरहेका हुन्छौं । देउतालाई खुशी पार्न आफ्नो श्री सम्पत्तिको भाकल दिने र भगवानका पूजा गर्न लाखौं खर्च गर्ने तर आफ्नै बुवा आमालाई ब्रिद्धा-आश्रमहरुमा अलपत्र पार्ने छोराछोरीको गल्ती दोहोर्याउनु हामी कसैले हुँदैन । यसै त कहिल्यै तिर्न नसकिने गुण पाएका छौं, अझै आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्यौ भने एक न एक दिन पछुतो बाहेक हामीसँग केही बाँकी हुनेछैन । म पार्कबाट फर्किदासम्म पनि बेला बेला बुवाले छोरी बसेको बाटो भएर भारी ओसार्दा कुरा गर्ने गरिरहेका थिए । म बसेको निकै बेर भएको र खाना खाने समय पनि भएकोले म फर्किए । मेरो चार वटा पानामा भने सिर्फ एउटै चिज नोट गरेर ल्याएँ, पार गर्न नसकिने भार..पार गर्न नसकिने भार..पार गर्न नसकिने भार..पार गर्न नसकिने भार..
02 Aug, 09

3 comments:

  1. nice to read,dheri pachi timro kehi padna payeyo,sayad afai nai naya tech sanga avyesta huna nasakera hola. whatever ur doing thats wonderful, dheri kura madhya yo pani euta ho jaslai aamrup ma bhulincha,u reminded me.

    ReplyDelete
  2. साह्रै मर्मस्पर्शी लेख! संसार यस्तै स्वार्थी छ!

    ReplyDelete
  3. Thank u Goapl for being alwaz there to see my creation. yes iam trying.. n i alwaz need hands from u all.
    Thank You Basant daju !!!

    ReplyDelete