"We learn geology the morning after the earthquake." — Ralph Waldo Emerson
हो, आजकाल नेपालमा बादी र पहिरोमा ज्यान गुमाएको दु:खलाग्दो खबर सुन्दा मैले दार्सनिक इमर्सनको यही भनाइ सम्झिरहेको हुन्छु । अठारौ शताब्दिमा अमेरिकीहरुको बानी भुकम्प गएको अर्को बिहानदेखी मात्र भुगर्भ बिज्ञान पढ्ने नराम्रो चलन रहेछ । अर्थात कुनै घटना घत्नु अगावै सचेतता अपनाउनुको सत्ता घटना घतिसके पछी मात्र शिक्षा लिने । तर कस्तो अचम्म, हामी भने भुकम्प गए पनि, बादी र पहिरोले घर-खेत नै बगाइदिए पनि आफु बच्यौ भने अर्को प्रकोप नदोहोरिदा सम्म आँखा चिम्लेर बस्छौ । जब आपत पर्छ केही दिन तड्पिन्छौ अनी फेरी त्यसको निराकारन गर्न तिर ध्यान नै दिदैनौ । समस्याको मुल जरो कहाँ छ भन्ने सम्म पनि पत्ता लगाउदैनौ । लाग्छ कि हामीले अब त्यो बिपत्ती कहिल्यै भोग्नु पर्ने छैन त्यसैले समाधानको ज्ञान हासिल गर्नुको कुनै अर्थ नै रहदैन । त्यो हाम्रो टाउको दु:खाइ हुँदै होइन भनेर गम्भिर भएर कहिल्यै सोच्दै सोच्दैनौ । तलकोले माथिको दोष र माथिकोले तलको दोष भन्नमै सिमित हुन्छौ । मर्नेहरुको दाह संस्कार गरिन्छ अनी सकिन्छ । मानौ, प्रकृतिको रिती चल्न त्यो अपरिहार्य थियो, हुनु नै थियो र भयो । इमर्सन युगमा दिलै भए पनि बिपत्तिको कारण र समाधान पत्ता लगाउन अनुसन्धानमा लाग्दथे तर अहिले हामी दुई सय बर्ष पछी पनि कत्ती चिन्तित छैनौ । यसरी हामीले कसरी उन्नती गर्न सक्छौ ? कसरी हाम्रो देश बिकास गर्न सक्छौ ? अरु मुलुकसँग कसरी प्रतिस्पर्धा गर्न सक्छौ ? चिम्म गरेर कसरी प्रगति पथमा हिंड्न सक्छौ ? हामी बिग्रिएका हौ वा नसुध्रिएका ? नेपालीको अकालमा मर्नु त दिनहुको दिनचार्य जस्तो पो भैरहेको छ । अब यस्तो हुन नदेउ । आजको प्रकोपको पिडालाई भुलेर भोली बिहान नै भए पनि त्यसको मुल जरो जान्न र कात्न तिर लागौं । त्यसपछी कुनै सम्भावित दुर्घटना हुनु अघी नै हामी सचेत हुँदै अघिल्लो दिन नै समस्याको समाधान निकाल्न तिर लागौला । भुकम्प अगाडि भुगर्भ बिज्ञानको ज्ञान पाउन नसके पनि अर्को दिनबाट भुगर्भ पढ्न थालौ । सबै जनाले अली गम्भिर भएर सोचौ र अरु आफ्नो परिवार र आफन्तलाई अकाल मृत्युबाट बचाऔ । हाम्रो देशलाई १७औ शताब्दितिर फर्किनबाट जोगाऔं । २१औ शताब्दिका मान्छेहरु १८औ शताब्दि जस्तो अबिकसित जीवन होइन कि २१औ शताब्दिकै बुद्धिमानी र बैज्ञानीक जीवन बाचौं ।
Tuesday, August 18, 2009
Subscribe to:
Post Comments (Atom)
lekha dherai ramro lagyo bhai, comment lekhnai sakina, khai kaha problem aayo..
ReplyDeleteसाह्रै घतपर्दो लेख! हाम्रो समस्यानै यहि हो कि हामी विपत्तिविरुद्ध लड्न पूर्वतयारीमा ध्यान दिँदैनौ न त हामी आफ्नो र अरुको अनुभवबाटनै सिक्छौं।
ReplyDeleteराम्रो कार्यको शुरुवात हामी आफैंबाट गरौं।
कुरै कुरामा, चन्द्र भाइ, मैले पनि चीनबाटै स्नातक गरेको हुँ। १९९१-१९९२ सम्म पेइचिङमा भाषा पढेर त्यसपछिका चार वर्ष चियाङ्सु प्रान्तको उसीमा बिताईयो। कुनै दिन भेट हुँदा भाइसंग चीन बसाईका अनुभव साटासाट गरौंला।
के.बि. दाई र बसन्त दाई, तपाईंहरुको शब्द फर्काउन नै आएन । हृदयदेखी नै धन्यवाद मात्र दिन चाहन्छु ।
ReplyDeleteबसन्त दाई, निश्चित रुपमा मैले पनि त्यो दिनको प्रतिक्षामा रहनेछु । हाम्रो भेट जुर्यो भने अबश्य दाजुभाइले रमाइलो भलाकुसारी गर्नेछौ ।