मेरो एक प्रश्न छ
मेरै माटोसँग ।
म नपुंसक!
वा
अक्षम मुलुक!?
निभेका छन घरका चुल्होहरु
लुलाएका छन प्रगतिहरु
अङभङ मनहरु यत्रतत्र
छरपस्ट छन शान्ती दीपहरु ।
दोष कसको?
मेरै वा मेराको?
हरियाली सपनाको खास्टो ओडेर
मुग्लान पसेका रहरहरु
यौवनमै खङरङ सुकेर दल्दा
गरिबीको बिदाइ गर्ने एयरपोर्टले
मृत्युको बाकस उपहार थापिरहेछ-निर्लज्ज ।
उद्देश्य चुम्ने आकांक्षा बोकेर
दक्षता चद्न गएका युवा खुट्टाहरु
भोक-प्यासले रन्थनिएर थलिदै
यात्राको पिडादायी, स्वभाविक अन्त्य भैरहेछ ।
हराभरा स्वप्निल मुनाहरु
रङिचङी नफुल्दै कोपिलामै
मलामीका लस्करहरु चियाउदै
ओइलाउदै कुहिरहेछन बिबशताले ।
न दृष्टिदोष हो, न त कर्णदोष
नकावी कोठाहरुमा लुटिएका छन चेलीहरु
सम्बेदनाहिनताको बिपक्षमा दिउसै
पवित्र अस्मिताका चिच्याहतहरु
घरिघरी म सुनिरहेछु
रेड लाइट एरियाबाट ।
मेरो एक सर्त छ
मेरो देशसँग ।
मर्मको अर्थ खुल्ने गरी झरेका
ति आसुँहरुसँग केही गुनासो छैन
खुशीको महल बन्ने गरी बगेका
ति पसिनाहरुसँग मेरो चित्त दुखाई छैन
तर,
पराइ भूमिलाई आफ्नै ठान्नु पर्ने बाध्यतालाई
मानवीय स्वाभिमानसँग जोख्दाखेरी
हिसावकिताव ठ्याक्कै मिल्नु पर्यो ।
हो,
समयले मुल्य पाउनैपर्छ ।
लेखाजोखा बराबरी हुनैपर्छ ।
मेरो यही एउटै सर्त छ ।
ओ! मेरो देश
ओ! देशवासी
मेरो बिमती छ
कर्णालीको भोकमरी
खाडीले टार्न सक्दैन!
रोल्पाको घाउ
इराकले पुर्न सक्दैन ।
यो सुनुवाई खोज्दैछु
कि बुवाको बिर्य परिक्षीण गरियोस
कि पुन: आमाकै डिम्ब सेचन गरियोस
एक देशभक्त सन्तान त जन्मनै पर्छ ।
मेरो एउटै आग्रह छ
यही एउटा घोषणा छ
अबैधानिक 'रेड लाईट' एरियाबाट ।
17 Dec,’10
Tuesday, December 21, 2010
पिस्तोल पड्किएन
हातको पिस्तोल पड्किएर
एउटा मृत्यु भैदिएको भए
मर्नेको भार हट्ने थियो
मार्नेको शाख घट्ने थियो
….कोठरीमा सड्ने थियो
बरु
मै मलामी खेर्ने थिएँ
आँफै सलामी दिने थिएँ
न रह्यो बास,
न बज्यो बाँसुरी ।
बिडम्बना!
गोली निस्किएन
मेरी आमा!
हाम्रो रुने दिन अझै सकिएन ।
14 Dec,'10
एउटा मृत्यु भैदिएको भए
मर्नेको भार हट्ने थियो
मार्नेको शाख घट्ने थियो
….कोठरीमा सड्ने थियो
बरु
मै मलामी खेर्ने थिएँ
आँफै सलामी दिने थिएँ
न रह्यो बास,
न बज्यो बाँसुरी ।
बिडम्बना!
गोली निस्किएन
मेरी आमा!
हाम्रो रुने दिन अझै सकिएन ।
14 Dec,'10
Monday, December 13, 2010
सर्प र मान्छेहरु
यो सत्य हो
सर्पले मुसा खान्छ
तर
सर्पलाई पाल्न खोज्नु
मेरो दुस्साहस हो
किन कि
मलाई थाहा छ
सर्प बिषालु हुन्छ
अबश्य डस्नेछ कुनै दिन
खसमलाई नै ।
अचेल बिगबिगी छ
यिनै सर्परुपी मान्छेहरुको
यद्धपी
सर्पहरु, सर्प नै रहे, रहनेछन
उठेर हिंड्ने छैनन
मान्छेहरु, मान्छे नै रहे, रहनेछन
भुइमा घिस्रने छैनन
सर्प र मान्छेका आदर्शहरु
कहिल्यै एउटै थिएनन
हुने छैनन पनि
भलै ति सर्पहरु
मान्छेका साइत बिथोल्न
वस्ती पुग्ने मुसो दुलो खोज्दै
छ्याप्छ्याप्ती घुसिरहेका छन ।
सामाजिक मुल्य-मान्यता
र, मानवीय धर्म निभाउन
अब म गरुड बन्नेछु ।।
11 Dec,'10
सर्पले मुसा खान्छ
तर
सर्पलाई पाल्न खोज्नु
मेरो दुस्साहस हो
किन कि
मलाई थाहा छ
सर्प बिषालु हुन्छ
अबश्य डस्नेछ कुनै दिन
खसमलाई नै ।
अचेल बिगबिगी छ
यिनै सर्परुपी मान्छेहरुको
यद्धपी
सर्पहरु, सर्प नै रहे, रहनेछन
उठेर हिंड्ने छैनन
मान्छेहरु, मान्छे नै रहे, रहनेछन
भुइमा घिस्रने छैनन
सर्प र मान्छेका आदर्शहरु
कहिल्यै एउटै थिएनन
हुने छैनन पनि
भलै ति सर्पहरु
मान्छेका साइत बिथोल्न
वस्ती पुग्ने मुसो दुलो खोज्दै
छ्याप्छ्याप्ती घुसिरहेका छन ।
सामाजिक मुल्य-मान्यता
र, मानवीय धर्म निभाउन
अब म गरुड बन्नेछु ।।
11 Dec,'10
शान्ती! आऊ
खोजिरहेछु
अलप त्यो
मेरो सेतो परेवा ।
चारो खोज्नलाई
निकै टादै पुग्यो कि!
शिकारीलेले पो उल्तै
उसैको भोक मेट्यो कि!
आमाले
अह्राउदा-अह्राउदै
सम्झाउदा-सम्झाउदै
कती अटेरी सन्तान म ।
परेवा सँगसङै
घरको लक्षिण हरायो
सधैंको शोभा गुम्यो
परिवार छिन्नभिन्न भयौ
हामीलाई मिल्न बिन्ती गर्दै
बिलापमा आमा रोइरहिन ।
मैले सकेजती
तन्त्र मन्त्र चलाएँ
बादहरुले झरफुक गराएँ
गाउँका कुना काप्चा
१० बर्ष चाहरें
शहरका गल्ली चोक
६ बर्ष तड्पिएँ
आज बल्ल भेटाएकोछु
लुछिएको, रोगिएको
एउटा परेवा ।
अझै खोजिरहेछु
स्वस्थ, हस्तपुष्ट
हराएको त्यो
मेरै प्यारो परेवा ।
01 Dec,’10
अलप त्यो
मेरो सेतो परेवा ।
चारो खोज्नलाई
निकै टादै पुग्यो कि!
शिकारीलेले पो उल्तै
उसैको भोक मेट्यो कि!
आमाले
अह्राउदा-अह्राउदै
सम्झाउदा-सम्झाउदै
कती अटेरी सन्तान म ।
परेवा सँगसङै
घरको लक्षिण हरायो
सधैंको शोभा गुम्यो
परिवार छिन्नभिन्न भयौ
हामीलाई मिल्न बिन्ती गर्दै
बिलापमा आमा रोइरहिन ।
मैले सकेजती
तन्त्र मन्त्र चलाएँ
बादहरुले झरफुक गराएँ
गाउँका कुना काप्चा
१० बर्ष चाहरें
शहरका गल्ली चोक
६ बर्ष तड्पिएँ
आज बल्ल भेटाएकोछु
लुछिएको, रोगिएको
एउटा परेवा ।
अझै खोजिरहेछु
स्वस्थ, हस्तपुष्ट
हराएको त्यो
मेरै प्यारो परेवा ।
01 Dec,’10
चमत्कार
जिउदा जिउदै
जीवन मरेछु थाहै नपाई
अलिकती उनकै कारणले
अलिकती मेरै कारणले ।
पाउनु र गुमाउनु
भेटिनु र छुटिनु
मीठो नियती रैछ
जिन्दगी र प्रेमको ।
तर आश्चर्य भो!
सदाबहार फूलिरहने
अजम्बरी फूल वइलाएछ
भावनाको अविरल मूल
आज एकाएक सुकेछ ।
यो एउटा चमत्कार हो
यो नै यथार्थ पनि ।
कतै भेट्ने आशमा
धर्तीभरी चियाउछन आँखाहरु
आँफैलाई सोध्छु
सपनालाई कुल्चेर उनी
उतै अलप भईछिन् ।
भुपु मायालु त
अर्कै लोकमा बसाइ सरिछिन्
तर
म उनिसङै बासै सर्न पनि सकिनँ
बरु ग्रेट वालमा पाइला टेकेंर
आँखा चिम्लिदै बिर्सिदिने संकल्प गरें
चमत्कारी ग्रेट वालको भूईमा
यो अर्को चमत्कार बनाएँ ।
चन्द्रमाले ग्रेट वाल देख्छ भने
ग्रेट वालले त झन चन्द्रमा देख्छ नै
मैले उनको चन्द्रलोक चियाएँ
उनले पनि मलाई पक्कै नियालिन होला ।
म मर्दा मर्दै
अब जीवन जिउन थालेकोछु ।
३० अक्टोबर, २०१०
बेइजिङ, चाइना
Sunday, December 12, 2010
नोभेम्वर '१०
- आऊ, मलाई सके जती अझै भोग गर ।
04 Nov,’10
- देउसीभैलोको मौसममा थोरैले सम्झिरहेको 'सिज' भैलो सम्झिरहेछु, 'सिज' भैलो सँगै धेरैले बिर्सेंको क. बरुणलाई पनि सम्झिरहेछु ।
05 Nov,’10
- भाइटीकाले शायद दाजुभाइ हुने/नहुने दिदीबहिनीहरुलाई खुब रुवायो, दिदिबहिनी हुने/नहुने दाजुभाइहरुलाई पनि रुवायो । सधैं झै खुशी भन्दा आशु नै बदी चदाएर बिदा भयो ।
07 Nov,’10
1. We, Overseas Team won The game by 2-0 &
2. Enjoyed excellent Tihar programme, really a superb one! Thanks to our juniors!
Once again Happy Dipawali to all of you!
08 Nov,’10
- मैले आफुलाई न 'खाडा' ओड्न योग्य ठान्छु, न त ओडाउन नै तर यि दुबै अबसर अनायस पाईरहेछु । "मैले त्यो पातलो सेतो कपडाको भार र महत्व कत्तिको बुझ्न सकेको छु ?" आँफैलाई यो प्रश्न सोधिरहेछु ।
08 Nov,’10
- The person who cant keep up his words high is a,.. cheater, liar, selfish, traitor... I must learn to hate this type of people !
19 Nov,’10
-When you are my Leader, I Trust you n when I m your Leader, just Follow me! 23 Nov,’10 Nov,’10
-
दिदी फेरी रुने भइन्
रमा दिदी, पिडा सबैको उस्तै हो । दिदिबहिनीहरुको होस् वा दाजुभाइहरुको । म प्रदेशमा छु, मेरी दिदिहरु घरमा । तपाईंको दाजुहरु घरमा हुनुहुन्छ तर फेरी तपाईं प्रदेशमा । अनी आफ्नो भन्दा अलिकती टाढा सोचौ, दाजुभाइ नभएका चेलीहरु वा दिदिबहिनी नभएका दाजुभाइहरु । उनिहरु झन बर्षौ बर्षा उसैगरी दुखिरहेका हुन्छन । एउटै पिडा छ, भोगाइ मात्र फरक फरक हो । म यतिखेर भाइटिकाको ठ्याक्क साइतमा लेखिरहेछु, शुभ भाइटिका ।
- Happy Chhath 12
Nov,’10
- मेरो वरीपरिको बातावरणलाई नियाल्दा लाग्छ, दशै सकिसक्यो, तिहार पनि निख्रिसक्यो तर देशको 'दशा' भने झन-झन नजिक आउँदैछ भन्ने भाण परिरहेछ । म चाहन्छु, यो मेरो भ्रम मात्र भैदियोस् ।
13 Nov,’10
लंका जी, सहि सुझावका लागि धन्यवाद ।
हो, पक्कै पनि चिन्ता गरेर समस्याको समाधान निस्किदैन । त्यसका लागि त अध्ययन, चिन्तनमनन र अचुक उपायको खोजी पो गरिनुपर्छ । तर यसो भनिरहदा मैले आफुले टेकेको धरातललाई भुसुक्क बिर्सिनु भने हुँदैन । म एक विद्यार्थी हुँ । देश हाक्ने र चलाऊने नेताले हुन । राजनीतिज्ञलाई सचेत र सजग गराउने तथा दवाब दिने र खबर्दारी गर्ने नागरिकले हो । त्यसैले म विद्यार्थी हुँदा हुँदै पनि स्वयम आँफै पनि एक नागरिक हुँ । मलाई लाग्छ, मैले बोलेको यो स्वभाविक चिन्ता मेरो कर्तब्य भित्र नै पर्छ जुन एक नागरिक आवाज हो भन्ने लाग्दछ । तपाईंले जुन बिचार राख्नु भयो, त्यो पनि नागरिक आवाज नै हो भन्छु मैले । हामी दुबैको चाहना भनेको हाम्रो देश सुन्दर, शान्त र सम्रिद्ध बनोस भन्ने हो । हाम्रो स्वार्थ भन्नु हाम्रो देशले चाडै प्रगती गरोस् भन्ने नै हो । तर पर्दा बाहिर र भित्र तिनै देश हाक्नेहरुले बिभिन्न षड्यन्त्रहरु गर्न ब्यस्त छन, नियम बिनाको खेलहरु भैरहेका छन । यदी समयमै सुध्रिएनन भने तपाईंको आवाज र मेरो आवाज अझ चर्को बन्न सक्छ । मेरो, तपाईंको र अरु अरुहरुको आवाज कुनै न कुनै दिन पक्कै सुनिने गरी बुलन्द हुनेछ । यदी अझै पनि यसरी नै नजर अन्दाज गरियो भने परीणामको हिसाबकिताव बर्तमानका नेता भनाउदाहरुले गरेको जोडघटाऊ भन्दा भिन्नै हुनेछ । कुरो, मौन तर बलवान मान्छेहरुले धैर्यता कहिले तोड्छन भन्ने मात्रै हो । म फेरी आशा गर्छु, देश दुर्घटनातिर नजावस । अहिलेकै नेताहरुले जिम्मेवारीबोध गरेर देशवासीको भावनालाई बुझेर देशलाई सुमार्गतिर डोर्याएर अग्रगतिमा अगाडि बदाउनेतर्फ ध्यान दिउन । जनताभन्दा सर्बशक्तिमान अरु कोही हुनै सक्दैन ।
जय जनता! जय नेपाल!
- कहिले काही ब्यस्त समयले खेद्छ, कहिले काही मैले
खेदाखेद त चलि नै रहन्छ ।
20 Nov,’10
- हरेक मान्छेले आत्मसमिक्षा गर्न र यथार्थलाई स्विकार्न हामी, हाम्रो गाउँ र समाज तयार भैदिए पुरै धर्ती अती सुन्दर हुनेथियो । यो सत्य हो कि, थोपा थोपा मिलेर सागर बन्छ, ब्यक्ती ब्यक्ती मिलेर समुह बन्छ । यि बिचार र भावनाहरु सधैं जीबित रहनेछन र रहुन भन्ने आशा छ । अशोक र अशोक जस्ता मान्छेहरुको सपना एक न एक दिन अबश्य साकार हुनेछ । मान्छे एउटा जन्तु मात्र होइन, मानव भएर बाँच्नु पर्छ ।
- पुष्पकमल दाहाल पुन: क. प्रचण्ड बन्ने सर्तमा संसदभित्र भएको पहिलो हस्तक्षेप स्विकार्य छ । अब पनि तालतुले र दुलमुले नीतिले न त नेपाल समुन्नत बन्नेछ, न त नेपालीको आचरण नै सुध्रिनेछ ।
21 Nov,’10
(कुनै पनि ऐतिहासिक घटना भबिश्यको साक्षी हो । यस अर्थमा बर्तमानको सबुत पनि हो । सङीन जीले भन्नु भए झै देङ सियाओ पिङको सन्दर्भ अहिले नेपालमा ठ्याक्कै मिल्ला नमिल्ला त्यो बेग्लै कुरा तर पनि त्यसबाट सकरात्मक र नकरात्मक शिक्षा लिने सामर्थ्य भने हामीसँग हुनुपर्छ । प्रचण्डले जुन एजेण्डाहरु उठाएर जनयुद्ध सन्चालन गरेका थिए तिनै प्रचण्ड शान्तिकालमा भने अली अल्मलिएको जस्तो भाण सबैलाई परिरहेको छ । हामीले देखेकै हो, सहमति र लचकताको नाममा अनुचित सम्झौताहरु पनि नभएका होइनन । बाधा अबरोधहरु अबश्य आउछन नै तर तिनै अप्ठ्याराहरुको सामना गर्दै जित्नु नै सफलता हो । नेपालमा अचेल स्वतन्त्राको नाममा अराजक भिड बद्दै गैरहेको छ । सबैको मानसिकता भ्रस्ट हुँदै गैरहेकोछ । हत्या, अपहरण, चक्काजाम, बन्द, जसले जे माग राखेर गर्दा पनि हुने भो, यि सामान्य लाग्न थालिसके । सरकार छ, राज्य छैनको स्थितिमा देश र सारा देशवासी गुज्रिरहेका छौ । मेरो बिचारमा अब देशको कानून अन्धाले हात्ती छामेको जस्तो बन्नु हुँदैन । कानून कडा बनाउनु पर्यो, त्यसको निस्पक्ष कार्यन्बयन गर्नुपर्यो र सम्बन्धित ब्यक्ती स्वच्छ हुनुपर्यो । संक्रमन कालको बहानामा रुम्मल्लिएर बस्यौ भने धमिलो पानीमा बल्छी हान्नेहरुलाई फाईदा पुग्नेछ । सन्क्रमनकाल जती लम्बायो त्यती नै लम्बिने न हो । त्यसैले एउटा इमान्दार पहलकदमी अत्याबश्यक छ । यदी सन्तोष जीले भन्नु भए झै नमच्चिने पिङ्को सय झड्का नै हो भने चाँही खराब तत्वहरुका बिरुद्ध जुट्नु हामी सबैको कर्तब्य हो भन्ने मेरो बुझाई छ । देश सीमित ब्यक्तिहरुको बिर्ता होइन, जतिबेला जे मन लाग्यो त्यही गर्ने, आफ्नो स्वार्थ र रहर पुरा गर्न भागबन्दा गर्ने अनी सिङो नेपाल र तीन करोड नेपालीलाई बन्दी पार्ने । मुख्य कुरा भनेको, नेपालीले सुख शान्ती पाउने कि नपाउने ? सम्रिद्ध र समुन्नत नेपाल बनाउने कि नबनाउने ? बनाउने भए कसरी ? बनाउनेलाई बनाउन नदिने को ? तिनीहरुलाई के गर्ने ? यहिनिर समस्याहरु छन भन्ने लाग्छ । सकेसम्म बर्तमानमै बनाऔ, नभए भबिश्यका लागि आधार तयार गरौ । मलाई बाद र तन्त्रहरुको विश्वाश त्यती छैन, मनमा लागेको यत्ती हो ।
यहाँहरुको प्रतिकृया र 'लाइक'का लागि धन्यवाद ।)
-"It is better to be alone than in bad company." -- George Washington
-एसियाडमा नेपालीहरुले कसरी पदक जित्न सक्छन? हाम्रो सरकारले न त खेलाडीहरुलाई भबिश्यको सुनिश्चित गरिदिएकोछ न त राम्रो अभ्यासको ब्यबस्था गरिदिएकोछ । खेल तालिका अनुसार खेल्नु पर्ने दुई दिन पछी छ तर सम्बन्धित पक्षहरु आपसी झगडा गर्दै खेलाडीहरु खेलस्थलसम्म पुग्ने नपुग्ने अन्योलमै बस्नु पर्ने हुन्छ । अपेक्षा ठुलो राख्छौ तर कर्म अर्थात तयारी चाँही झारा तार्ने गरी गर्छौ । पदक नजित्नुमा खेलाडीको भन्दा पनि सरकार र राखेप बदी जिम्मेवार छन । मैले भनेको जस्तो हुने भए त १०००० जती सैनिक र प्रहरीहरुको सेवा अबधी पुगिसकेपछी नयाँ भर्ना नगरेर तिनिहरुको तलबभत्ता स्वरुप बचेँको बजेटलाई खेलाडी,कलाकार,साहित्यकार जस्ता देशलाई योगदान गर्न सक्नेहरुलाई पुरुस्कार र योगदान गरिसकेकाहरुलाई चाँही मुल्याङ्कन गरेर सम्मान स्वरुप थोरै आर्थिक सहयोग दिने ब्यबस्था गर्न पाए हुनेथियो । ब्यारेक र चौकिभित्र गुम्सिएर रहेका युवाहरुको उर्जाशिल समय खेर पनि नजाने, देशका लागि केही गर्न चाहनेलाई अलिकती भए पनि हौशला हुनेथियो कि !? यसो भन्दा सैनिक प्रहरीको बिपक्षमा गएको होइन, भए जतिका सबै जनशक्ती र अर्थको अधिकतम उपयोग हुनुपर्छ भन्ने मेरो सोचाइ मात्र हो । अझै काठमाडौंका सडकहरुमा माग्दै हिंडेका भिखारीहरुलाई पनि सरकारले आँफै पाल्ने तर बिकास निर्माण, कृषि जस्ता काममा लगाउने योजना अघी सारे राम्रो हुनेथियो ।
25 Nov,’10
-
जीवन हो संघर्ष, भिड्नेहरुलाई
जीवन हो यात्रा, हिंड्नेहरुलाई
सुन्दर छ जिन्दगी, भोग्नेहरुलाई
सबै सबै हो जिन्दगी, खोज्नेहरुलाई ।
जन्म दिनको शुभ अबसरमा यहाँको जिन्दगी भर, सुख स्वाथ्य सम्रिद्धी सधैं छाईरहोस् । शान्ती प्रगती सफलताले चुमिरहोस् । जन्मदिनको हार्दिक हार्दिक शुभकामना ।
28 Nov,’10
-
Again a night has passesd
thinking of ways to regain my form
i m searching to find myself again
in memory of the first game here
inspiring to make a successful ending
A special day has come for me!
23 Nov,’10
- "I always knew looking back on the tears would make me laugh, but I never knew looking back on the laughs would make me cry." -- Unknown
24 Nov,’10
-
आऊ साथी
छातीको चौडाइ नाप्नेहरुलाई बहिस्कार गर्दै
मुटुको गहिराइ नाप्न आऊ ।
खप्परको उचाइ नाप्नेहरुलाई अस्वीकर गर्दै
गुदीको अग्लाई नाप्न आऊ ।
म, तिमी र अरुहरु मिलेर
मुटु र गुदीको मापन गर्ने शहर बसालौ ।
सङ्लो हृदयहरुको कलमी गरेर
बाँच्ने र बचाउने जिन्दगीको फूलबारी बसालौ ।
- बाबुराम बाहुनको नारा र त्यो नारालाई बुझ्न सक्ने कबी बिक्रम सुब्बाहरुको उद्धेश्य प्रती मेरो सहमति छ । अब छुत र अछुत बाबुराम बाहुनहरु झन जोडले नारा घन्काउनु पर्दछ । र कबी बिक्रम सुब्बाका दाँया बाँया एउटा बिशाल जनमानस उभिन तयार रहनु पर्दछ । मुख्य कुरो, अरुको भाग खोसेकाले बराबरी गर्न तयार हुनुपर्यो, रुपान्तरण हुनुपर्यो । मैले बुझे अनुसार, सबै प्रकारका थिचोमिचो र भेदभावबाट मुक्ति पाउन र दिलाउन लागिपरेकाहरुको सपना नै यो कबिताको सार हो भन्ने लाग्छ ।
मेरो बिचारमा, कुनै एक असमानतालाई प्रमुख ठान्नु भन्दा बर्गिय सँग सँगै जातिय र क्षेत्रिय समस्याहरु पनि समाधान गरिनु पर्छ ।
(कबी बिक्रम सुब्बाको 'बाबुराम बाहुन हल्ला गर्छ' का सन्दर्भमा)
- आजदेखि बैठक एकमत एकढिक्काका साथ सकारात्मक संश्लेशन तिर जांदैछ किन कि माओवादी पार्टी नेपाली जन्ताको चाहना र भाग्य निर्माण भन्दा वाहिर जान सक्दैन,त्यो अधिकार माओवादी पार्टीलाई छैन ।
बिनय जी नमस्कार ।
हुन त माओवादी पार्टीसँग मेरो प्रत्यक्ष कुनै सङ्लग्नता छैन तर पनि पत्रपत्रीकाहरुमा आउने बिभिन्न समाचारले अत्यन्त पिडा दिने गर्दछ । यस अर्थमा कि देशको सबै भन्दा ठुलो पार्टीको सिधा सम्बन्ध सिङो नेपाल र नेपालीसँग जोडिएको हुन्छ । माओवादीले गर्ने हरेक कृयाकलापले बर्तमान परिस्थितीलाई मात्र नभएर भबिश्यलाई पनि प्रभावित पार्न सक्दछ तसर्थ तपाईंको पार्टीको भलो चिताउने म एक शुभचिन्तक हुँ । पार्टीले उठाएको सहि एजेन्डा तथा अन्य राजनैतिक दलहरुको गलत निती र असक्षमताकै कारण जनयुद्धले छोटो समयमै त्यो उचाइ हासिल गरेको थियो । शान्तिप्रकृयामा आइसकेपछी पनि संबिधान सभामा जनताले विश्वाश गरेकै कारणले तपाईंहरुको पार्टीले यती ऊच्च स्थान पाउन सफल भएको हो । यसो भन्दा पार्टीभित्रका नेता कार्यकर्ताको योगदानलाई मैले अबमुल्यन गरेको होइन । माओवादी पार्टी आज यो स्थानमा पुग्नुको मुख्य श्रेय नै तपाईंहरुलाई जान्छ । तर हिजो आफ्नो प्राणको आहुती दिने सहिदहरुको रगत, अङभङ घाइते अपाङ्ग, बेपत्ता परिवार, युद्ध भोगेका नागरिकहरुको भावना माथि कुठाराघाट गरिनु त्यो झन ०५१ साल अघिको भन्दा पनि चरम अत्याचार हो । तपाईंहरुले युद्धका बेला कती भोक कती चिसो टिक्नु भयो भन्ने तपाईंलाई मात्र राम्ररी थाहा छ । रातदिन कति थकान कति निन्द्रा र कती मानसिक कष्टहरु सहनु भयो भन्ने अबश्य बिर्सिसक्नु भएको छैन । युद्धका बेला तपाईं र तपाईंको सहयोद्धाहरुमा कस्तो प्रकारको जोश थियो, शोषण उद्पिडनबाट सधैंका लागि मुक्ती पाउने र सम्रिद्ध नेपाल बनाउने सपना अबश्य भुल्नु भएको छैन होला । यि र यस्ता कुराहरु मैले धेरै नजाने पनि थोरै थोरै देखे सुनेकोछु । तपाईंहरुले निकै दु:ख गरेर नेपाली समाजलाई यो अवस्थासम्म घिसार्दै र हिडाउदै ल्याउनुभएकोछ । तर तपाईंहरुको खून पसिनाले नेता बनाएका र जनताले भर गरेका नेताहरु प्रचण्ड, किरण र बाबुराम भने देशको नेत्रित्व गर्न असफल बाटोतिर बदिरहेका पो छन कि भन्ने आशंका आमजनमानसमा जन्मिन थालेकोछ । हिजो भनिएका नौलो भिजन र सुनौलो दिन आज खै कता अल्मलिएछ !? अन्य दलका कतिपय खराब नेताहरुकै तरिकाले चल्ने र त्यस्तै संकिर्ण मानसिकतालाई दोहोर्याउने पो हुन कि भन्ने चिन्ता हामीमा छ । मेरो अनुभव अनुसार, आन्तरिक मनमुताबमा फसेको पार्टी र घर झगडामा अल्झिएको दम्पतीले केही प्रगती गर्नै सक्दैनन । अरुलाई बाहिर देखाउन र भन्नलाई मात्र गरिएको एकताको कुनै औचित्य हुँदैन, एक न एक दिन अबश्य बिस्फोट हुनेछ । अहिलेको आवश्यकता भनेको चुनवाङ बैठकमा गरेको जस्तै आत्मआलोचनना सहित गरिएको भावनात्मक एकता हो । त्यसले माओवादी पार्टीलाई मात्र होइन, देशकै राजनैतिक यानलाई गती दिनेछ । एउटा बाटो पक्रिनेछ र निश्चित उद्धेश्य र बिन्दु ताकेर अगाडि प्रस्थान गर्नेछ । तसर्थ, पार्टी प्रती नेताहरुको जती अधिकार छ त्यती नै अधिकार तपाईं र अरु सहपाठीहरुको पनि छ । नेताहरुलाई सचेत र खबरदारी गर्नु, पार्टीलाई माया गर्नु हो । तपाईंहरुको भूमिका हामी सामान्य नागरिकको भन्दा अली बदी छ । तपाईंको मेसेज पढेर निकै खुशी लाग्यो । यदी यही नै सत्य हो भने माओवादी पार्टीले अबश्य जनयुद्धमा पाएको सफलता दोहोर्याउनेछ । त्यसमा कुनै सन्देह नै छैन ।
तपाईंको बिचारले साह्रै जिम्मेवारीबोध भएको छ भन्ने भाण परेकोछ ।
केही ब्यस्तताले अली ढिला रिप्लाई गरे माफ गर्नुहोला । मलाई सम्झेर मेसेज गर्नुभएकोमा हार्दिक धन्यवाद ।
-चन्द्र
26 Nov,'10
- Iam unique. I'm everything but not complete nor perfect.
हिजोको अनुभवबाट भोलिको सहि आँकलन,..आजको पाईला...।
27 Nov,'10

Wednesday, November 17, 2010
अन्तिम रात
आमा!
मेरो बिन्ती छ
म, छोरोलाई
बिजयको आशिष दिदै
सफलताको टिका लाइदिनुहुनेछ ।
सन्तानहरु
निर्दयी र कुपुत पनि हुन्छन रे
तर
आमाहरु सधैं आमा नै हुन्छन
यसर्थ
मलाई विश्वाश छ
मेरो बिदाइमा ति आँखाहरुबाट
बिछोडको आसुँ झर्ने छैन
बियोगले छट्पटिनु हुनेछैन ।
राम्ररी थाहा छ
सधैं उज्यालो र सम्पन्न चाहने
आत्मा र पाखुरीका ग्रहणलाई
र, बुदी आमैकी दु:खलाई
नबिराएर सबै हर्नुपर्थ्यो मैले
तर, एक्लै छाडेर जादैंछु
कर्तब्य भुलेको सोचेर
बचन नाघेको ठानेर
हुर्किएर कष्ट बिर्स्यो नभन्नु ।
तड्पिएर सराप लागोस नभन्नु ।
आमाहरुको,
दिनभरीको पसिनाहरु माटोमै सोसिएर गैरहदा
काँडा टेक्ने नाङा पाइतलाहरु सुम्सुम्याउदै
रातभरी जाग्राम यथार्थलाई जाक्तै नियालिरहन्छु
आधा पेट र आधा जिउ बाँचेर भए पनि
सन्ततिलाई दिएको पूर्ण जीवन भोगिरहन्छु
अभाव र अपमानको घाउलाई जबर्जस्ती पुरेर
बिहानै मुसुमुसु हाँसेको देखिरहन्छु
यि देख्दा देख्दै पनि
आमा!
म कर्तब्यबाट पन्छिएको होइन
आमाको सपनालाई तुहाएको पनि छैन
बरु, आमाहरुलाई सताइरहने
तानाशाही नियतिका बिरुद्ध लडेर
जितको खुशी दिलाउन चाहेको हुँ ।
सुखको ओछ्यान बिछ्याउन चाहेको हुँ ।
तसर्थ
आज आमाकै आशिर्वाद चाहेको हुँ ।
आमा!
अमृतरुपी स्तनपान गरिसकें
ताटेटाटे पाइला चाल्न सिकिसकें
तोते बोली बोल्न पनि जानिसकें
अब त मलाई
आगोको लप्का खाने हिम्मत चाहिनेछ
छाङोको बाटो हिंड्ने साहस गर्नुछ
साझा आवाज गर्जिने ताकत देखाउनुछ
र, उप्रान्त
आमा-छोरोको सम्बन्ध पनि तोदिनेछ
म आमाको छोरो रहनेछैन
आमाहरुको छोरो हुनेछु
आमा, धेरैको आमा बन्नु हुनेछ
म गलत भएछु भने
मेरी आमा!
अर्को प्रसब पिडालाई सहिदिनु ।
आमा!
दुनियाँमा उल्तो-सुल्तो छुट्याउन गाह्रो भो
सत्य-असत्य खुट्याउन झन गाह्रो भो
त्यही रितितिथीलाई सुल्ताउन नै
अहिले यो यात्रा थाल्दैछु
मैले झुकेर 'हुन्छ' भनेर मात्र भएन
जोडले 'हुन्न' पनि भन्नुपर्छ
टाटे-टाटे गर्दै अब बेस्सरी कुद्नु पनि पर्छ
बाधाहरु छल्दै अब जुध्नु पनि पर्छ
धैर्यताको शिर मिचिदा, ताकेर प्रहार पनि गर्नुपर्छ
हैन भने त,
बिबेकशील मान्छेहरु पशु बन्दो रैछन
अबिबेकी पशुहरु पो मान्छे चलाऊदोरैछन ।
आमा!
शासक नयाँ आए, शासन उस्तै चल्यो
शोषक अर्कै आयो, सधैं शोषित नै रह्यौ
उत्थानकै शोषनकारीसँग
आशा निकै गर्यौ, अब पहल गर्नैपर्छ
सहनु जती सह्यौ, अब बिद्रोह गर्नैपर्छ
सुख मागी रह्यौ, अब शान्ती पनि लिउनैपर्छ ।
बालाई सामुन्नेमै छप्कायो
आगो लगाइ घरलाई चिता बनायो
हेर्दा हेर्दै पुरै गाउँ नै खरानी पार्यो
जलाउनेलाई चिन्दा चिन्दै
"किन जलायो?" प्रश्न गरिनँ
दाइलाई मार्यो, दिदीको अस्मिता लुट्यो
"किन गर्यो?" मैले सोधिनँ
मेरो किताब च्याट्यो, निधारमा राइफल ताक्यो
धुरुधुरु रोएँ, केही बोलिनँ
आमालाई लछार्दै कपडा खोस्यो
टुलुटुलु हेरेँ, माग्नै सकिनँ
तर अब
नसोधिएका प्रश्न सोध्नलाई
नबुझिने भाषा बुझ्न जाँदैछु
नमागेको चिज माग्नलाई
नखोलिएका पर्दा खोल्न जाँदैछु
निर्दोष चिहानहरुको दोष खोज्ने, र
चेलीहरुको आसुँ असुल्ने अठोट लिएर
मैले यो अन्तिम निर्णय लिदैंछु ।
आज म निर्धक्क घोषणा गर्न सक्छु
युगौ युग रगत चुस्नेहरुको छातीमा
रक्तमुछेल होली खेल्न हिच्किचाउनु
त्यो कोमोलता होइन, मेरो कायरता हो ।
शालीनताको उत्कर्स झै
आक्रोसको चरमता जन्माउनु
त्यो हिंसा होइन, मेरो कर्तब्य हो ।
एक न एक दिन
'म' या 'उ' एक त ध्वस्त हुनैपर्छ
एउटा अस्तित्व अबश्य सखाप हुनैपर्छ
यो नै मेरो अन्तिम उद्देश्य हो ।
आमाको काखमा एकलौटी
यो नै मेरो अन्तिम क्षण हो ।
आमाको अङालोमा छोराको
यो नै अन्तिम रात हो ।
Nov ‘10

गीत - भूल
भुईमा फुल्ने गुलाफलाई, आकाशमा रोप्न खोजेछु ।
घामपानीमा खुल्ने इन्द्रेणी, घुम्तोले छोप्न खोजेछु ।
जीवनभरी अल्झाइदिने, छललाई चिन्न नसक्दा
निस्ठुरीले उल्ताइदिएका, पललाई भुल्न नसक्दा
आफ्नै छाया सम्झिएर, घामले झै माया गरेंछु
साँचेर उन्को आक्रिती, हृदयमा खोप्न खोजेंछु ।
साँचो मन नबुझ्नेले, के बुझ्थिन मेरा चोटहरु
आफु चोखिएर भनिन रे, धेरै'थे मेरा खोटहरु
पठ्थर रैछ घाट पाएँ, फूल सम्झी साथ दिएछु
झिसमिसेको जूनकिरीलाई, आशाको जून सोचेंछु ।

जानी जानी झुठो आक्रिती, हृदयमा खोप्न खोजेंछु ।

Saturday, November 13, 2010
म मृत्यु बाँच्दैछु
भाग्य, कर्म, लेखा
जीवन मरणको दोसाँधमा छ ।
हावासङै बहेर
लाएथें शीतल मित
घामसङै लहसिदै
बनेथें शीत थोपा
जूनसङै उठ्थें, सुत्थें
म जिउदो थिएँ
तर
अहँ, अरु केही पट्टै पाइनँ ।
अचेल नचाहेरै
चिसोले कठ्याङ्रिएए
तातोले पोलिएर
अधकल्चो म
अध्यारोमा एक्लै
म मृत्यु बाँच्दैछु ।
दिन दुख्छ, रात रुक्छ
साँझ बियोगी जून रुन्छ
यिनै नासोहरुको साक्षी म
अतितको घाऊलाई चिनो सम्झेर
बर्तमानमा टोलाइरहेको छु ।
अब सबथोक छाडेर
धुमिल छायाबाट धेरै टाढा
सधैंभरिलाई ओझेल पर्दैछु ।
उनी भएर सबै पाएँछु
सबै पाएर पो म रहेछु
आज 'उनी' नै नरहे'सि
अब त स्वयम 'म' रहिनँ
सिर्फ आँशुकै संजीवनी घोलेर
मनले घुटुघुटु पिउदै
म त जीवन मर्दैंछु
म मृत्यु बाँच्दैछु ।
03 Nov,’10
जीवन मरणको दोसाँधमा छ ।
हावासङै बहेर
लाएथें शीतल मित
घामसङै लहसिदै
बनेथें शीत थोपा
जूनसङै उठ्थें, सुत्थें
म जिउदो थिएँ
तर
अहँ, अरु केही पट्टै पाइनँ ।
अचेल नचाहेरै
चिसोले कठ्याङ्रिएए
तातोले पोलिएर
अधकल्चो म
अध्यारोमा एक्लै
म मृत्यु बाँच्दैछु ।
दिन दुख्छ, रात रुक्छ
साँझ बियोगी जून रुन्छ
यिनै नासोहरुको साक्षी म
अतितको घाऊलाई चिनो सम्झेर
बर्तमानमा टोलाइरहेको छु ।
अब सबथोक छाडेर
धुमिल छायाबाट धेरै टाढा
सधैंभरिलाई ओझेल पर्दैछु ।
उनी भएर सबै पाएँछु
सबै पाएर पो म रहेछु
आज 'उनी' नै नरहे'सि
अब त स्वयम 'म' रहिनँ
सिर्फ आँशुकै संजीवनी घोलेर
मनले घुटुघुटु पिउदै
म त जीवन मर्दैंछु
म मृत्यु बाँच्दैछु ।
03 Nov,’10
अक्टोबर ‘१०
- Happy Cct vacation!
01 Oct,’10
मधु जीका हरेक सिर्जनाहरु बैचारिक जगमा उभिएकै हुन्छन । शायद मैले यसो भनेर मात्र मेरो चित्त बुझ्दैन । हो, मुख्य कुरा त उहाँ जुन बिचारको वकालत गर्नुहुन्छ त्यसमा म पूर्णतय सहमत छु । तर एउटा कुरा के भन्न मन लाग्यो भने युद्ध भावनामा बहेर वा उत्तेजनामा आएर मात्र सफल हुँदैन । अबको युद्ध आतंक र रहरका लागि होइन वास्तबिकतामै क्रान्तिकारी हुनुपर्छ । इमान्दार क्रान्तिकारीलाई मेरो साथ र समर्थन त अबश्य रहने नै छ ।
अबको दिन फलामको होइन, स्पाटको हो ।
01 Oct,’10
- A bad person will never do good to anyone, even to him/herself!
02 Oct,’10
(I may not be completely right since there aren’t any universel criteria for good n bad people. So, I think its all abt the way of being famillier n feeling comfortable with each other.
Yes, I agree that everything has two sides. But, here iam not against human weekness which can be imrpoved with experience n time. The thing is iam against those people who has bad attitude n worst intentions. A person who has only good words will never know how to deal with the passion of a heart. It may benefit him/her for short time but it won’t work for longer. S/he will do no goods to him/herself later on. She will never establish a fair ralationship with anyone... S/he will see only the negative parts in postive deeds. Because of this ordinary nature s/he will have to suffer someday, it’s for sure.
I think,
A man should be a real man not only a living beaing!
Thank you all for yours logical comments! )
- He is in hosp n he says its cold.. I am alone!
03 Oct,’10
- Taking a Deep Breath! Thank god!
04 Oct,’10
- So many things are in my mind but dont know what to write n how to write !
05 Oct,’10
- A person who is poor can be a rich but the person who has poor mentality can never be rich with enough property.
एउटा दास'नोकर' ब्यक्तिसँग धनको मालिक बन्ने सामर्थ्य हुन्छ तर दास मानसिकता भएको मालिक सधैं नोकर नै रहिरहनेछ । 06 Oct,’10
- मैले केही समय अगाडि 'आमा'हरुको भावना समेट्ने गरी एउटा गजल लेखेको थिएँ । त्यसमा रहेका कमी कमजोरी नियाल्न र सुझाव बटुल्न यसरी नै नोटमा राखेको थिएँ । तर एकजना बरिष्ठ अग्रजबाट नै गजलको सम्पूर्ण पक्षलाई ठ्याम्मै पाखा लगाएर अत्यन्त पूर्वाग्रिही दंगले राजनैतिक टिप्पणी आएको थियो । जसले मलाई अत्यन्तै निराश तुल्याएको थियो । उहाँको कुरा सहि वा गलत जे भए पनि छलफल अबश्य गर्न सकिन्थ्यो तर आमा जस्तो पवित्र साईनोभित्र त्यहा सन्दर्भहिन थियो । 'आमा' शब्दमा पनि अराजनीतिको गन्ध सुघ्ने हाम्रो दयनीय मानसिकता प्रती निकै घ्रिणा पनि जगाएको थियो । शायद यतिबेला हामी सबैजना यस्तै संकिर्ण बौद्धिकताको कुहिरोमा अल्मलिइ रहेका छौ । थाहा छैन, कहिलेसम्म यस्तै मनस्थितिमा गुज्रिरहने छौ ।
लक्ष्मी जीले यहाँ दशै बहिस्कारबारे लिन्क दिनु भएर एउटा बहसको सुरुवात गर्नुभयो । श्रीराम जीले बिषयको बिपक्षमा आफ्नो प्रतिकृया दिनुभयो । मैले पनि दशैको बेलामा दशै बारे स्वच्छ बहस चलेकै राम्रो मानेको छु । हामी सबैले आ-आफ्ना तर्कहरु राख्न सक्छौ, बुझ्न पनि सक्छौ । नेपालको अन्तरिम संबिधानमा धर्म निरपेक्षताको ब्यबस्था गरिसकिएको छ । अब नेपाल पहिले झै हिन्दू राष्ट्र मात्र पनि रहेन । यसको अर्थ हिन्दू धर्मलाई बहिस्कार नै गर्नु पर्छ भन्ने पनि होइन । आफुलाई राम्रो लागेको धर्म छान्ने र मान्ने स्वतन्त्रता हरेक नागरिकलाई हुन्छ । यो अधिकार मलाई जस्तै अर्कोलाई पनि सुरुक्षित हुन्छ भन्ने बिर्सिनु भएन । आफ्नो स्वतन्त्रताको नाउमा अरु धर्मको बिरोध गर्दा अरुको स्वतन्त्रताको पनि ख्याल गर्नु पर्ने हुन्छ । आफुले मान्ने धर्मको बखान गर्ने तर अरुको धर्मलाई अपमान गर्ने सभ्यता समय सुहाउदो र कसैलाई पनि पाच्य हुन सक्दैन । धर्म निरपेक्षताको अर्थ त सबै धर्महरुको सम्मान गर्नु हो, धार्मिक ब्यक्तिहरु बिच मेलमिलाप र सुमधुर सम्बन्ध स्थापित पार्नु हो, सम्पूर्ण मुलुकवासीहरु एकै भावनात्मक मालामा उनिनु हो, अनेकतामा एकता हुनु हो भन्ने मेरो बुझाई छ । अहिले हाम्रो देश सन्क्रमनकालिन अवस्थामा रहेकाले बिभिन्न कोणबाट फरक फरक धारणाहरु आउनु स्वभाविक नै हो तर यसलाई ब्यबस्थित गर्न सकेनौ भने देश निश्चित रुपमा दुर्घटनामा पर्नेछ, हामी दुर्घटनामा पर्नेछौ । तसर्थ, अहिले नै हाम्रो देशको हितमा सोचौ, अरुको अपमान होइन सम्मान गरौ । हिजोको प्रतिशोधलाई भुलेर भोलिका लागि धेरै धैर्यता र सहिश्नुता अपनाउन निकै जरुरी छ ।
मेरो बिचारमा त अझ धार्मिक ग्रन्थ हरुलाई ‘बेद, बाइबल, कुराण,’ आदीलाई छुट्टा छुट्टै पार्टीको बिधान मान्दा पनि हुन्थ्यो भन्ने लाग्छ ।
यहाँहरुले दिनुभएको समय र हौशलाहरुबाट सधैं उत्प्रेरणा त मिलिरहेकै छ, बहुमुल्य सल्लाह र सुझावहरु मनन गर्ने प्रयत्न पनि रहने नै छ ।
आदरणीय अग्रज एवम मित्रजनहरुको सिर्जनाहरुमा समयभावका कारण चाहेरै पनि आँखा पुर्याउन सकिरहेको छैन, तर कोशीस गरिरहेकोछु । माफ गर्नुहोला ।
सबैलाई बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।
(नोटमा आएको धार्मिक टिप्पणीको सन्दर्भमा)
10 Oct,’10
- Busy in Gynaecology department.. Got a rare chance to assist in the sergical theatre !
11 Oct,’10
- नेपालका शासकहरु बलियो भएर मात्र नभएर हामी शासितहरु बदी नै संकिर्ण भएर नै समस्या नसुल्झिएको पो हो कि ! 17 Oct,’10
- दशैलाई कुनै जाती बिशेषको मात्र चाड ठानेर बहिस्कार र निषेध गर्नु भन्दा पनि आफन्तसँग भलाकुसारी, पारिवारिक जमघट र रमाइलो गर्ने अबसरको रुपमा उपयोग गरौं ।
निर्जीव दुंगाको मुर्तिलाई खुशी पार्नका लागि जिवीत प्राणीको बली दिएर पुज्नु भन्दा असत्यका बिरुद्ध सत्यको जितलाई मनन गर्दै सुमार्गको पहिचान र अबलम्बन गरौं ।
दसैंलाई कसैको पर्वका रुपमा नबुझौ, दशै हाम्रो हो, हामी सबैको साझा ।
मलाई नेपाल र नेपालीको बर्तमान र भबिश्यलाई नै असार पार्ने गरी दसैं सङसङै देखिएका-जोडिएका दशाको पूर्व संकेतहरु धार्मिक बिभाजन, बर्ग असन्तुलन र जातिय बिभेद जस्ता कुराहरु कुनै पनि मान्य छैनन् ।
17 Oct,’10
- न्यानो घाम
शीतल जल
मेरी प्रेमीका ।
18 Oct,’10
- म तिम्रो शहर छोडि टाढा-टाढा जाँदैछु!
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु !!
मनले माया गर्न मात्र जानेर नहुने रहेछ अब त घ्रिणा गर्न पनि सिक्न खोज्दैछु । दुखेर मात्र नहुने रहेछ, दुखाउन पनि जान्नु पर्ने रहेछ । दुनियाँ त्यही भन्थ्यो तर म अबुझ र अज्ञानी मनुवा जिद्धी गरिरहेको रहेछु । अब हुन्छ मात्र नभनेर हुन्न पनि भन्न सिक्छु, सङै हिडौ नभनेर एक्लै छाडि कुड्न सिक्छु । आखिर मन त सबैको मन नै हो नि । 19 Oct,’10
- बाचा बन्धन कसे पनि टोड्नेहरु कती कती
लक्ष्य चुम्छु भने पनि थाक्नेहरु कती कती
सोचेर मात्र हुँदैन, जानेर मात्र पनि हुँदैन । जसले व्यबहारमा उतार्छ त्यो ब्यक्ति नै सक्षम हो, सफल बन्छ । तसर्थ, मैले पनि हरेक कुराहरुको सामना गर्न र जुध्न सिक्न खोज्दैछु । कुनै दिन जितेछु भने खुशी साटौला, चुकेछु भने पनि केही गुनासो रहने छैन । 20 Oct,’10
- महिनौ पछी बोल्दैछु फेरी, किन कि बोल्नु मेरो स्वतन्त्रता हो, कर्तब्य पनि हो ।
हाम्रो राष्ट्रिय सवालमा छिमेकी देशहरु, भारतको बिस्तारवादी र चाइनाको अबसरवादी कुतनिती जती घातक छ त्यती नै घातक घरेलु दलालहरु पनि हुन । तसर्थ, यि सबैका बिरुद्ध एकैचोटि संघर्ष गर्नुको बिकल्प छैन ।
21 Oct,’10
- सपना सानो होस् वा ठुलो, सधैं सर्बोच्च नै हुदोरहेछ ।
Dreams: either big or small, they will always be beautiful n superior!
22 Oct,’10
- कि त मैले जित्छु, कि भने डसोस् आफ्नै सपनाहरुले । आखिर छिनोफानो त हुनैपर्छ ।
25 Oct,’10

Sunday, November 7, 2010
कस्ले अचेल

गाउँ घरमा कसोगरी, अचेल तिहार छिर्छ साथी ।
दौतरीको सम्झनाले, अचेल ह्रिदय पिर्छ साथी ।
तिहारकै कुरा गर्थ्यौ, बाटोभरी स्कुल जादा
रमाइ-रमाइ त्यस्तै कुरा, अचेल कस्ले गर्छ साथी ।
'बुद्धी' पनि घरमै छ रे, 'ज्ञाने' छुट्टी आको छ रे
बाल्यकालका सुबाशहरु, अचेल कस्ले छर्छ साथी ।
खेल्दैछौ रे देउसीभैलो, साथीसङी मिलिकन
मैले लेख्ने तिहार गीत, अचेल कस्ले कोर्छ साथी ।
'श्याम' नै रैछ गाना गाउने, 'कुम' देउसी भट्याउने नै
मैले भिर्ने मादल चाँही, अचेल कस्ले भिर्छ साथी ।
आँगनमा घेरा बनाइ, लहरोमा नाच्थ्यौ गाउँथ्यौ
खाली भाको मेरो ठाउँमा, अचेल कस्ले भर्छ साथी ।
थकान र भोक-प्यासले, लखतरान पर्दाखेरी
सुन्तलाको बोट चढि, अचेल कस्ले झार्छ साथी ।
जंकोट सकाइ माडिचौर, कोर्चावाङ र कोटगाउँ पुग्थ्यौ
हामले जस्तै माडि-हुङ्री, अचेल कस्ले तर्छ साथी ।
07 Nov,’10
Subscribe to:
Posts (Atom)