Sunday, November 7, 2010

कस्ले अचेल


गाउँ घरमा कसोगरी, अचेल तिहार छिर्छ साथी ।
दौतरीको सम्झनाले, अचेल ह्रिदय पिर्छ साथी ।

तिहारकै कुरा गर्थ्यौ, बाटोभरी स्कुल जादा
रमाइ-रमाइ त्यस्तै कुरा, अचेल कस्ले गर्छ साथी ।

'बुद्धी' पनि घरमै छ रे, 'ज्ञाने' छुट्टी आको छ रे
बाल्यकालका सुबाशहरु, अचेल कस्ले छर्छ साथी ।

खेल्दैछौ रे देउसीभैलो, साथीसङी मिलिकन
मैले लेख्ने तिहार गीत, अचेल कस्ले कोर्छ साथी ।

'श्याम' नै रैछ गाना गाउने, 'कुम' देउसी भट्याउने नै
मैले भिर्ने मादल चाँही, अचेल कस्ले भिर्छ साथी ।

आँगनमा घेरा बनाइ, लहरोमा नाच्थ्यौ गाउँथ्यौ
खाली भाको मेरो ठाउँमा, अचेल कस्ले भर्छ साथी ।

थकान र भोक-प्यासले, लखतरान पर्दाखेरी
सुन्तलाको बोट चढि, अचेल कस्ले झार्छ साथी ।

जंकोट सकाइ माडिचौर, कोर्चावाङ र कोटगाउँ पुग्थ्यौ
हामले जस्तै माडि-हुङ्री, अचेल कस्ले तर्छ साथी ।
07 Nov,’10

No comments:

Post a Comment