भाग्य, कर्म, लेखा
जीवन मरणको दोसाँधमा छ ।
हावासङै बहेर
लाएथें शीतल मित
घामसङै लहसिदै
बनेथें शीत थोपा
जूनसङै उठ्थें, सुत्थें
म जिउदो थिएँ
तर
अहँ, अरु केही पट्टै पाइनँ ।
अचेल नचाहेरै
चिसोले कठ्याङ्रिएए
तातोले पोलिएर
अधकल्चो म
अध्यारोमा एक्लै
म मृत्यु बाँच्दैछु ।
दिन दुख्छ, रात रुक्छ
साँझ बियोगी जून रुन्छ
यिनै नासोहरुको साक्षी म
अतितको घाऊलाई चिनो सम्झेर
बर्तमानमा टोलाइरहेको छु ।
अब सबथोक छाडेर
धुमिल छायाबाट धेरै टाढा
सधैंभरिलाई ओझेल पर्दैछु ।
उनी भएर सबै पाएँछु
सबै पाएर पो म रहेछु
आज 'उनी' नै नरहे'सि
अब त स्वयम 'म' रहिनँ
सिर्फ आँशुकै संजीवनी घोलेर
मनले घुटुघुटु पिउदै
म त जीवन मर्दैंछु
म मृत्यु बाँच्दैछु ।
03 Nov,’10
Saturday, November 13, 2010
Subscribe to:
Post Comments (Atom)
चन्द्र जी निकै मदहोसी भएर लेख्नु भएछ ! कसैको दिवाना हराउनु भए'छ !
ReplyDeleteनिकै राम्रो लेखन रहेको छ !
धन्यवाद बेदनाथ जी । यहाँको निरन्तर प्रतिकृयाले औधी खुशी तुल्याएको छ । मेरो लेखनमा रहेका कमिकमजोरीहरु औल्याएर मलाई सुधार्ने प्रयास गरिदिनु होला । यहाँको शब्दहरुका लागि आभारी छु ।
ReplyDelete