Monday, April 26, 2010

गजल - बाधक नेता


लोकतन्त्र ल्याए पनि शोकतन्त्र दियौ नेता ।
संम्रिद्ध जन चाहनामा बाधक भयौ नेता ।

बलिदान र योगदानको उच्च कदर गर्न छाडि
प्यास मेट्न सहिदको आलो रगत पियौ नेता ।

शान्ती र संबिधानको सुगा रटाइ तिम्रो
नैतिकता र आदर्शको कुन राजनीति गर्यौ नेता !?

परिवर्तनको स्वप्नफूल फुलाउने आकांक्षामा
आश्वासनको खेतमा झुटा बिज छरी रह्यौ नेता ।

अन्योलताको निकासपछि बिकासको आशा थियो
मानवीय संबेदनाहिन फगत जीवन जियौ नेता ।

मरिरा’छन गरीबहरु जीवनजलको अभावमा
कुर्सी च्याप्ने कुर्सी ताक्ने मोह मात्र पाल्यौ नेता ?

सहमतीय राजनीति निर्बिकल्प बुझ्दा बुझ्दै
सहकार्य, एकताको मूल मन्त्र भुल्यौ नेता ।
24 April,’10
लोकतन्त्र दिवसका दिन लेखेको भए पनि जनताको ऐतिहासिक बिजय भएको उत्सबलाई निरस पार्नु उपयुक्त लागेन त्यसैले, आज मात्र तपाईंहरु माझ यो कोशेली पस्किदैछु ।

2 comments:

  1. http://www.facebook.com/profile.php?id=628643762#!/notes/chandra-gharti-magar/lokatantra-jindavada-gajala/385549786443

    ReplyDelete
  2. http://greaternepal.wordpress.com/2010/04/25/lokatantra/

    ReplyDelete