Friday, April 9, 2010

मुल खम्बा दलेपछी

घर भट्के जस्तै भयो मुल खम्बा दलेपछी ।
दियो निभे जस्तै भयो ठुलो मान्छे गएपछी ।

हाँसी-खुशी जन्ती आउने हाम्रा सबै मान्छेहरु
एकोहोरो रोइरहेछन भोज दिने भान्छेहरु
अचानक चट्याङ् पर्दा अश्रुबर्षा दर्किरह्यो ।
आँखाबाट छानो सरी आशु झन बर्सिरह्यो ।

सम्हालिनु पर्दोरहेछ सारा धर्ती हल्लिदा'नि
बाँच्न कर लाग्दोरहेछ बेस्सरी मन दुख्दा पनि
मीठो बोली मन्द हाँसो सम्झनामा बाँकी रह्यो ।
जन्मैदेखी माया दिने न्यानो काख रित्तो भयो ।

बाँचुन्जेल जती पायौ अब छैन कहिल्यै पनि
अर्को साईनो पाईन्छ रे एउटा जुनी फेरे पनि
इश्वरको बरदान पाउन आत्मालाई पुजिरा'छु ।
भगवानको दया पर्खि यताउती खोजिरा'छु ।

घर भट्के जस्तै भयो मुल खम्बा दलेपछी ।
दियो निभे जस्तै भयो ठुलो मान्छे गएपछी ।
10 June,’09

1 comment: