स्वर्गीय बुवा !
बिधुवा आमा !
टुहुरा म !
यिनै हुन,
मलाई अस्विक्रित
शब्द-बिशेषणहरु
मेरो अब्यक्त पिडाहरु
मुटुका असह्य चोटहरु
यिनै हुन,
मेरो कठिन क्षणहरु ।
हुन त,
मेरो ह्रिष्तपुष्त इन्द्रियहरुले
भएकै देख्यो, भनेकै सुन्यो
तर पनि
आत्माले भनिरहेछ
यि कुराहरु,
पुरा असत्य हुन
पर्दाका नाटक हुन
निन्द्राका सपना हुन
कपटि र झुठा हुन
कि त,
सबै काल्पनिक हुन ।
पोहोर साल, आज
आफ्नै घरधुरिमा
सेतो कपडा ताङेको थिएँ
मझेरीमा छताछुल्ल
आसुँ बहाएको थिएँ
सर्बोच्च आदर्शलाई
सकि नसकी भए पनि
कलिलो कुम हालेको थिएँ ।
यिनै,
लुलाएका खुट्टाले
गह्रौ भार थामेको थिएँ
यिनै,
कमजोर हातले
थरथर काप्दै
दागबत्ती दिएको थिएँ ।
मेरो सामु, मेरै घरको
पहिलो पटक, पहिलो लाश
निरिह र क्षतबिक्षत बनेर
तोलाउदै हेर्न वाध्य थिएँ ।
रुवावसी छाएको थियो
जमिन भासिएको थियो
आकाश हल्लिएको थियो
अघिल्तिर,
एक स्वाभिमानी शीर
अचल झुकेको थियो
अर्ती उपदेश दिने ओठ
नराम्ररी सुकेको थियो
मलाई चियाउने आँखाहरु
चिर निन्द्रामा थिए
कहिल्यै नथाक्ने खुट्टाहरु
लम्पसार परेका थिए ।
आफन्तहरु मलामी थिए
नफुटेका हृदय दुखेका थिए
जम्मैका आँखा भिजेका थिए ।
एउटा चिता बन्यो
एउटै लाश चड्यो
आगो बल्न थाल्यो
तर,
सयौ मन एकैचोटि
दनदनी जल्न थाल्यो
हेर्दा हेर्दै क्षणभरमै
खरानी र धुलो भयो ।
म चिंहानमै छु
म शोकमै छु
म जलिरहेकै छु
तर,
मलाई अझै पनि
यो यथार्थ स्विकार्य छैन
मलाई यो तितो पचेको छैन
यो वास्तविकता लेख्न सकेको छैन
मेरो स्वर्गीय बुवा !
मेरी बिधुवा आमा !
म, टुहुरो सन्तान !
05 April,'10
Monday, April 5, 2010
Subscribe to:
Post Comments (Atom)
http://www.facebook.com/note.php?note_id=377623881443
ReplyDeletewonderful
ReplyDelete