बीस चैत्र दुई हजार पैसठ्ठी साल ।
हाम्रै घरमा आयो बरै निर्दयी काल ।
तीन छोरा बिदेशमा भाग्य लेख्दा लेख्दै
दुई छोरी कर्म घरमा आसुँ पुछ्दा पुछ्दै
छोरा! छोरी! भन्दा भन्दै रोकिएछ शास
आमाले रोक्दा रोक्दै जीवन भो'रे लाश ।
अन्तिमसम्म दिमखोलाको पानी माग्दा माग्दै
बिरानोमा शैयाबाट पुर्खौली घर खोज्दा खोज्दै
बाँच्छु भन्दा भन्दै कठै! भएछ स्वर्गवास
आमाले छेक्दा छेक्दै जीवन भो'रे लाश ।
सङिनिले दोग्दा दोग्दै कठ्याङ्रिएछ हात
धेरै खोजिन् तार्न तर तारिएन दैबी रित
कुर्दा कुर्दै सन्तानलाई अधुरो भो आश
आमाको अङालोमै बुवा हुनुभयो रे लाश ।
बीस चैत्र दुई हजार पैसठ्ठी साल ।
हाम्रै घरमा आयो बरै निर्दयी काल ।
२० चैत्र, २०६६
Friday, April 2, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment