Saturday, April 24, 2010
लोकतन्त्र - जिन्दावाद!
आज, लोकतन्त्र दिवस । ०६२/०६३ को आन्दोल सफल भएको दिन गगनभेदी नारा घन्काउदै सातदोबाटो, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपोन्डोल, सुन्धारा, सहिद गेट, पुतलिसडक, बागबजार हुँदै रत्नपार्कको आमसभामा पुगेको र कालिमाटीबाट बल्खु हुँदै जावलाखेल पैदल फर्किएको क्षण झलझली याद आइरहेकोछ । चार बर्ष अगाडि बैशाख ११ गत्तेका दिन असीमित जोश, उमँग र खुशीले तरङित थिएँ, तर अहिले केही शिथील र निराश छु । त्यसैले, केही लेख्न खाशै मन त छैन तै पनि जनताको बिजयको त्यो दिनलाई सम्झने कोशीस गरिरहेकोछु । यतिखेर मैले सम्पूर्ण नेपालीको संघिय गणतान्त्रिक मुलुकप्रतिको आशा र बितृस्णा राम्ररी महशुस गरिरहेको छु ।
१० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा सहिदहरुले गरेको बलिदान, केही देशभक्त नेताहरुले सच्छ हृदयले गरेको त्याग, निर्णय-नेत्रित्वदायी भूमिका एवम जनताको परिवर्तनप्रतिको चाहना र अदम्य साहसका कारण २४० बर्षदेखिको सामन्त र निरन्कुश राजतन्त्रलाई दाल्न सम्भव भयो । जन चाहना अनुरुप नेपाललाई गणतन्त्र, संघीयता र धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो । राजतन्त्रको समाप्तिपछी देखिएका थुप्रै बाधा अड्चनहरु पार गर्दै करोडौ खर्च गरेर संबिधान सभाको निर्वाचन सम्पन्न पनि भयो । हाम्रा ६०१ सभासदहरु आँफैले २०६७ जेष्ठ १४ गत्ते नयाँ संबिधान दिने वाचा गरे तर अहिले आएर निर्धारित समयभित्र संबिधान बनाउन असफल भएपछी फेरी ताजा जनमतको कुरा गर्नु उनिहरुको गैरजिम्मेवारीपन हो । आम नागरिकको शान्त र सम्रिद्ध देश देख्ने जनभावनाको अपमान गर्नेहरुलाई हामीले अब फेरी खुरुखुरु भोट हाल्न तयार हुनु हुँदैन । अहिलेको उत्तम बिकल्प भनेको 'राजनैतिक दलहरु चाडै सहमति गरेर संबिधान सभाको केही समयाबधी थप्नु र बिना तलबभत्ता छिटो भन्दा छिटो नयाँ संबिधान जारी गर्नु हो' । तर पहिलो सर्त, उनिहरुले जनता समक्ष माफि मागेर इमान्दारिपुर्बक सहमतिय राजनीतिको प्रतिबद्धता ब्यक्त गर्नुपर्दछ । यस जटिल अवस्थामा लोकतन्त्र दिवस मनाउनु र भाषनमा कुर्लिनुमा कुनै अर्थ छैन, नेताहरुले व्यबहारमा परिवर्तन देखाउनु पर्यो । नेताहरुलाई मोजतन्त्र त जनतालाई शोकतन्त्र भएको यस स्थितिमा म अलिकती पनि उत्साहित छैन, बरु प्राप्त उपलब्धि गुम्ने पो हो कि भन्ने कुराले चिन्तित छु । मेरो बिचारमा अझै एउटा शान्तिपूर्ण उथलपुथल अनिबार्य छ । जनताको बलले नारायणहिटी दरबारको राजालाई घुडा टेकाएर जँगल पुर्याए जस्तै अब दलभित्र रहेका अबसरवादीलाई खबरदारी गर्दै, स्वार्थी र पाखन्डी नेता भनाउदाहरुलाई पनि अस्विक्रित र बहिस्क्रित गर्दै जनचेतनाको हुरिले बदारेर एउटा कुनामा थुपार्नु पर्दछ । हामीले ऐतिहासिक जित ठानेर मुक्त कन्ठले लोकतान्त्रिक गणतन्त्र जिन्दावाद भन्यौ र शासन सत्ताको बागदोर दलहरुलाई सुम्पिएका थियौ तर हामीले चार बर्षको अबधिमा लोकतन्त्रका आधारभुत मुल्य मान्यताहरु व्यबहारमा महशुस गर्न सकेनौ । देश र जनताको इच्छा र आकांक्षासँग खेलवाद गर्ने र कुठाराघात गर्ने अधिकार कसैलाई छैन । उनिहरुले शान्ती स्थापना र संबिधान निर्माणमा देखाएको अकर्मन्यता र असक्षमताले सम्पूर्ण नैतीकता गुमाइसकेका छन । अबको आन्दोलन इमान्दार नेता-सचेत जनता एकातिर र देश लुट्ने-गरीब चुस्ने राष्ट्रघातीहरु अर्कोतिर उभिने समय आएकोछ ।
जनता अजेय शक्ति हौं । जनता निर्बिकल्प शक्ति हौं । जनता सर्बशक्तिमान हौं ।
गणतन्त्र जिन्दावाद ! लोकतन्त्र जिन्दावाद!
जय जय नेपाली !
जय जय नेपाल !
24 April,'10
Subscribe to:
Post Comments (Atom)
http://www.facebook.com/note.php?saved&&suggest¬e_id=385549786443
ReplyDeleteSubmit your blogs or website to http://www.googlenepal.co.cc/directory
ReplyDeleteThanks alot for the information. i have submitted now.
ReplyDelete