हावा चल्दैछ
अब हुरी चल्नेछ ।
हावा-हुन्डरि चल्नु
बादल लाग्नु-फाट्नु
पानी दर्किनु-रुक्नु
प्रकृतिको नियम नै हो
सजीवताको प्रमाण पनि ।
तर प्रकृति कैलेकाही
भयन्कर बनेर आउछ
सजीवताको भिन्न रुप धारण गरेर
।
धेरै पहिले,
एक्कासी बादल खेरिएर
आकाश गजधम्म दाकेपछी
चट्याङ र बर्षाले एकैचोटि
सन्त्रास ल्याएको थियो रे!
रोगको महामारी मात्र नभएर
भोक र शोकले हाहाकार मच्चाएको
थियो रे ।
मेरै बाल्यकालमा,
सलहहरुले भुइलाई छोपेर
धर्तिभरी रजाई गर्दा
अचानक दिउसै रात परेको थियो
लगत्तै खडेरीले अनिकाल ल्यायो
बाँच्नलाई मान्छे र जन्तुहरु
सिस्नोको जरो उधिनिरहेको देख्थें
।
यद्धपी,धेरै पटक भने
बादल मडारिन नपाउदै
सलहहरुले घाम नछेक्दै
लगातार चलेको हुरिले
बादल र सलहलाई उडाएर
आकाश छ्याँग खोलेको थियो ।
अस्ती परेको मौसमी झरिले
पातका धुलोहरु पुछिदिदा
बातावरण निकै खुलेको थियो
बतासले बुदो रुखहरु दालेको
थियो
नौरङी इन्द्रेणी प्रकट भएकी
थिइन
नयाँ बिरुवाहरु पलाए र सप्रिए
पनि ।
यताउती नियाल्दा आज
दुर्घन्धको आभास गरेको थिएँ
आकाशतिर चियाउदा
बादल जम्मा हुँदै गरेको थियो
केही सलहहरु सल्बलाउदै थिएँ
लाग्यो,
कतै प्राकृतिक अनिकाल, महामारी
वा कुनै अनिष्टको पूर्वसंकेत
त होइन!?
आशा छ मलाई
यो हावा, यो हुरी
यो चट्याङ, यो झरी
तिनै सलहहरु भगाउनलाई हो
त्यो कालो बादल फटाउनलाई हो
भीषण बर्षा र हुरी पश्चात
वरीपरिका कसिङरलाई हटाएर
फोहोरका डङुरलाई बगाएर
स्वच्छ बातावरण छर्लंङ खुलाउनलाई
हो
किन कि,
अहिले हावा चल्दैछ
अव फेरी बेस्सरी उस्तै हुरी
चल्नेछ ।
२९ अप्रिल, २०१०
वयफ्याङ, चाइना
http://www.facebook.com/#!/note.php?note_id=386831086443
ReplyDelete