बिछोड भुल्न आसुँ पनि, पिएँ उनकै यादमा ।
तिमी हाँसे मै हाँसुला, भन्दै छाडि गए पनि
अतितमा च्याटेको मन, सिएँ उनकै यादमा ।
हात थियो साथ थियो, एकै थियो बाटो पनि
आफ्नै बाटो खोज्ने विश्वाश, लिएँ उनकै यादमा ।
बाचाहरु झुठा बनाइ, उनी चोखो भए पनि
बियोगको जीवन मेरो, दिएँ उनकै यादमा ।
अचेल सङ्लो मुल भाछु, एउटा खोलो सुके पनि
हिजो-अस्ति धुमिल दल झै, थिएँ उनकै यादमा ।
30 May,’10

http://www.facebook.com/profile.php?ref=profile&id=628643762#!/notes/chandra-gharti-magar/gajala-unakai-yadama/396467846443
ReplyDelete