Wednesday, May 5, 2010

गीत – आग्रह

नेपाली हौं, एकताको माला उन्न थालौं ।
मलिलो छ मातृभूमी, फूल रोप्न थालौं ।

जनताको आँखा कान भाषणले नछेकिदेउ
गरीबको छाक काटी बिलासमा नबसिदेउ
कुर्सी छाड, मोह त्याग, राष्ट्र बाहक बन
ब्यक्ति होइन, पार्टी होइन, राजनेता बन ।

सिमानाको सुरुक्षामा सैनिकलाई पठाऔ
जनधनको रक्षा गर्न प्रहरीलाई खटाऔ
संबिधान लेख्न सभासद सदनमा बस
मिलिजुली जनता देश बिकासमा जुट ।

छिमेकीले हाम्रो भुमि चोर्ने दाउ गरिरा'छ
युद्धबिमान नेपाली आकाशमाथि उडिरा'छ
अखण्डित राष्ट्रियता हस्तक्षेपले टुट्नसक्छ
स्वाभिमान सार्वभौम स्वतन्त्रता गुम्नसक्छ ।

नेपाली हौं, एकताको माला उन्न थालौं ।
मलिलो छ मातृभूमी, फूल रोप्न थालौं ।
03 May,’10

1 comment:

  1. http://www.facebook.com/profile.php?id=628643762&v=app_2347471856&ref=mf#!/note.php?note_id=388762626443

    ReplyDelete