
सानो छदा
रङ्गीचङ्गी मान्छेहरु देखेर
अनौठो मान्दै हेर्थें
अली पछी,
आँफै पनि फागु कुरेर
अरुलाई छ्याप्दै
अरुबाट छ्यापिदै
रमाइलो गर्दै खेल्न थालें
रङहरुको पर्ब होली ।
बर्षको एउटा मौका
साथीसङिको साथ
हातमा रङ
मनमा उमङ
जोशै जोशमा
बर्षौ बर्ष खेलियो होली ।
जानेर/नजानेर
बुझेर/नबुझेर
कहिले रहरले
कहिले करले
धेरै होली खेलियो ।
तर, लाग्दैछ अचेल
औचित्यहिन यो होली
दैत्यराज हिरण्यकश्यपु
निस्फिक्री राज गरिरहेछन
होलीका वरको दुरुपयोग गर्दै
आडम्बरको प्रहार गरिरहेछिन
प्रहृलाद भने पटक-पटक
मेरै सामु खरानी भैरहेछन् ।
सोच्दैछु,
म किन होली खेलिरहेछु ?
हिरण्यकश्यपु जुगौ जुगदेखी
रगतको होली खेलिरहेको बेला
होलीका मेरो टाउकोमाथि चदेर
मेरो मंश लुछिरहेको बेला
ब्रह्मा आफ्नो खुशी र स्वार्थमा
वरदान बाडिरहेको बेला
बिष्णुभक्त प्रहृलाद आगोमा
दनदनी जलिरहेको बेला
अर्थात,
लखन थापा मगर, गंगालाल श्रेष्ठ,
दिलबहादुर रम्तेलहरुको रगतमा
म किन होली खेलिरहेछु ?
दानवहरुको खुरुखुरु आज्ञा मान्दै
मेरो रगतमाशु किन चदाईरहेछु ?
सोधिरहेछु आँफैलाई,
मैले ब्रह्माको शक्ति नाश कहिले गर्ने ?
हिरण्यकश्यपुको बध कहिले गर्ने ?
होलीकाको चीर दहन कहिले गर्ने ?
म रगतको आहलमा डुबेर
प्रहृलादको खरानीमा छट्पतिदै
मेरै रगतको होली कहिलेसम्म खेल्ने ?
अब भने प्रण गर्नैपर्छ
हिरण्यकश्यपु, होलीका
ब्रह्मा र गुरुमापाहरुको
सत्यानाश गरेको क्षण
सत्यले जितेको दिन
स्वतन्त्रताको उत्सव मान्न
चोखो रङको अविर छर्नेछु
मेरो खुशीको होली खेल्नेछु ।
28 Feb,’10
धेरै राम्रो भाव - चन्द्र जी ! के गर्नु र ... हालत यानी यथार्थ अवस्था यस्तै रहेको छ !
ReplyDeleteअनि - ह्यापी होलि !
वाह चन्द्र जी, अती समसामियक अनी, सान्दर्भिक छ तपाइको प्रस्तुती । फेसबुकमा पनि पढेँ, तर मलाइ यहीँ कोर्न मन लाग्यो ।
ReplyDeleteवर्तमान अराजनैतिक राजनीतिको भूगोललाइ तपाइको प्रस्तुतीले राम्रै समेट्न सकेको मलाइ लाग्यो । अाज यस्तै यस्तै उत्साह र जोशीला कलमहरूको मातृभूमीलाइ खाँचो छ ।
जय मातृभूमी
विष्णु
http://patriotnepali.blogspot.com/
chandra ji happy holi nice poem about holi i like your poem thanx,,
ReplyDeleteबेद जी र बिष्णु जी, मलाई मनमा लागेको लेख्न खोजेको हुँ । राम्ररी प्रस्तुत गर्न नसके पनि सकारात्मक रुपमा बुझिदिनु भयो । धन्यवाद दुबै जनालाई ।
ReplyDeleteह्याप्पी होली !
Mina jee, thanks alot n happy holi to u too !
ReplyDeletehttp://www.facebook.com/note.php?note_id=331538191443
ReplyDelete