Monday, February 8, 2010

मेरी आमा

मेरी आमा !
मेरी प्यारी आमा !
गर्भमै कष्ट दिएँ
जन्मदा पिडा दिएँ
हुर्केर दु:ख दिएँ
बदेर पिर दिएँ ।

आसुँ लुकायौ
मेरो खुशी देख्न ।
जाडो सह्यौ
मेरो जिउ दाक्न ।
भोक भोकै बाँच्यौ
मेरो पेट भर्न ।
रातदिन अनिदो बस्यौ
मेरो ख्याल गर्न ।

माया गर्यौ
अटेरी भएँ ।
कुरा बुझायौ
अधैर्य बनें ।
हाँस्न सिकायौ
उल्तै रुवाए ।
बोल्न सिकायौ
अनादर बोलें ।
हिंड्न सिकायौ
टाढा टाढा गएँ ।

तिमीले सबै दियौ
मैले सबै लिएँ
तिमीले सबै गुमायौ
मैले सबै पाएँ
बदलामा,
कहिल्यै केही मागिनौ
न त मैले दिएँ
दिन्छु दिन्छु भन्दा भन्दै
अमुल्य चिज खोज्दा खोज्दै
अहिलेसम्म केही भेटिन ।
त्यसैले, आमा !
यसपाली पनि दिने केही भएन ।

आमा !
प्यारी आमा !
खुम्चिएको तिम्रो निधार हेर्छु
चाउरिएका गाला हेर्छु
खिरलो पाखुरी हेर्छु
‘नेटो’ काट्दै गरेको उमेर हेर्छु
सधैं यसैगरी,
तिमीलाई हेरिरहेको मात्र हुन्छु ।

हरेक मेरो 'किन' प्रश्नमा
तिमी सधैं दोहोर्याइरहन्छौ,
तारा झै चम्किरहन
घाम झै बिहानी दिन
जूनमामा झै सुन्दर बन्न
इन्द्रेणी झै मुस्कान छर्न ।

मेरी आमा !
मेरी प्यारी आमा !
बलेसीमा के नै बग्यो र !?
तिम्रो आसुँ बगिरहदा ।
घरको खम्बा के नै मक्यो र !?
तिम्रो हाडमासु गलिरहदा ।
मझेरी र आँगन के नै रित्यो र !?
तिम्रो मन सधैं खाली खाली रहदा ।
घरधन्दा के नै बिथोलियो र !?
तिम्रो शान्त मन लथालिङ हुँदा ।
र पनि,
अझै तिमी भन्दैछौ
तिम्रो खुशीको लागि ।
तिम्रो सुखको लागि ।
तिम्रो भबिश्यको लागि ।
तिम्रो बुदेसकालको लागि ।
तर,
मेरी आमा !
मेरी प्यारी आमा !
मलाई किन कहिल्यै भन्दैनौ !?
यि सारा सहदैछौ सन्तानका लागि ।
यि सब त्याग गर्दैछौ मेरै लागि ।
07 Feb,’10
(जन्मदिनको एउटै 'कामना' छ, अर्को जुनीमा म मेरी आमाको 'छोरा' वा 'छोरी' हुनलाई नभएर, म मेरी आमाकी 'आमा' बन्नका लागि मात्र जन्मिन पाऊ ।)

4 comments:

  1. http://www.facebook.com/note.php?saved&&suggest&note_id=291617366443

    ReplyDelete
  2. nice poem and nice bog chandra jee. bastab maa hami sanga aamaako agi dina k he chaina sahi kura garnu bho ati marmik ra bhanatmak kabita rahechha.keep it up.

    ReplyDelete
  3. सुन्दर र भावपूर्ण कविता! ढिला भएपनि फेरि एकपटक भाइलाई जन्मदिनको शुभकामना! जन्म दिने आमालाई अझ खुशी बनाउन भाइले कुनै कसर बाँकी राख्नेछैनौ भन्ने बिश्वाश छ मलाई।

    ReplyDelete
  4. मनु जी, यहाँसम्म आएर कमेन्ट गरिदिनुभएकोमा आभारी छु है ।

    बसन्त दाइ, आशा छ तपाईंको विश्वाश सकेजती पुरा गर्न कोशीस गरिरहनेछु । भलै भार उतार्न नसकुला ! बहुमुल्य प्रेरणाका लागि धन्यवाद दाइ ।

    ReplyDelete