आफ्नै चालमा हिडिरहेको टिक टिके घडीको सुइ पनि एउटा निश्चित समयमा चलिरहेको हुँदैन । माईक्रो सेकेन्ड हुँदै सेकेन्ड र मिनेटको हिसावले ढिलो भैरहेको हुन्छ । आज मानव सभ्यता र समाज गुफाको बसाइबाट आधुनिक भब्य महलसम्म आइपुगेको छ । यसले के पुष्टि गर्दछ भने समय अनुक्रममा बातावरण पनि परिबर्तित छ । हामी स्वयम ब्यक्ती पनि स्थिर कहिल्यै हुँदैनौ र छैनौ, भलै त्यस्तो भ्रम पालेका हुन्छौ । रामापिथेकसको अवस्थाबाट आज बिकसित मान्छे भएका छौ । बाँदरे व्यबहारबाट शिष्त र सभ्य स्वभाव बनाएका छौ । सबै आ-आफ्नै स्तर र तवरबाट समय र परिस्थिती अनुकुल परिवर्तन भैरहेका हुन्छौ । केवल फरक के हो भने पहिलेको आदिम युगदेखी आजको बर्तमान अवस्थामा आउन हजारौ अध्याय पार गर्दा दिलो रुपमा थियो तर अहिले बिस्तारै र सुस्तबाट बिकासक्रम अती नै छिटो गतिमा अगाडि बदिरहेको छ । अबुझ दिमागहरु सचेत बनिरहेका छन, फोहोर बस्तिहरु स्वच्छ हुँदै गैरहेका छन । बिग्रहित समुदायले पनि एक आपसमा समाहित भएर समाज बनाउदै एकताको महत्व बुझिरहेका छन । वास्तवमा भन्नुपर्दा हिजोको युग भन्दा आजको युग धेरै कुरामा फरक छ र आजको युग र बातावरण भन्दा भोलिको दिन निश्चित रुपमा भिन्नै हुनेछ । हिजोका अग्रज पुर्खाहरु आजका पुष्ता जती बिबेकशिल र बुद्धिमान थिएनन र भोलिका नयाँ पुष्तासँग हाम्रो बिबेक तुलना गर्न अबश्य पनि अप्थ्यारो पर्नेछ । तर यसो भन्दैमा यो कुरा सबै ब्यक्तीमा लागु हुँदैन र मान्नु पनि हुँदैन । जस्तो कि अल्बर्ट आइन्स्ताइनले गरेका आबिश्कार आजका जुनसुकै ब्यक्तिले पनि गर्न सम्भव छैन । कुल युगको अध्यायको तुलना गरेर मात्र त्यस्तो निचोड दिन सकिन्छ । यि सब परिवर्तन समयले एक्लै ल्याएको कदापी होइन । आजको समाज यती चाडै परिवर्तन हुनुमा एउटा सचेत बुद्धिजिवी बर्गको ठुलो हात छ । आजका बुद्धिजिवी भनेका हिजोका विद्यार्थी हुन र आजका संबाहक भनेका हिजोका तिनै मुनाहरु हुन । तसर्थ, सिकिरहने नवपल्लविहरु नै सबै परिवर्तनका मुख्य कारक हुन । उनिहरुको निती र सचेतता बिना समाज चाडै बिकसित हुनु असम्भवप्राय छ । समयले घिसार्दै बदल्नु अर्कै हो तर मगजले फेर्नु भनेको बिकासक्रमले नयाँ गती लिनु हो र नौलो उच्च आयाम थप्नु हो ।
परापुर्वकालदेखी नै हाम्रा पुर्खाहरुले शिक्षाको अती आबश्यक भएको महशुस गरिसकेका थिए । हाम्रै मुलुकको ईतिहासले पनि यही प्रमाणित गर्दछ । त्यसैले त होला, उनिहरुले आफ्नो छोराछोरिहरुलाई कुनै गुरुको सेवामा तल्लिन रहन खताउथे । धेरै भन्दा धेरै र राम्रो भन्दा पनि निकै राम्रो शिक्षा दिन गुरुका आश्रमहरुमा पठाउने गर्दथे । त्यसै शिलशिलामा पाठशालाहरु सन्चालनमा ल्याउन जोड गरे । पाठशालाहरु धमाधम स्थापना हुन थाले पछी समुदायका सबै अभिभावकले आत्मनिर्णय गरेर आ-आफ्ना सन्तानहरुलाई पढ्न लगाउनु पक्कै पनि अचम्म होइन किन कि पढेका र नपढेका बच्चाहरुमा धेरै गुणहरुको भिन्नता हुन्छ । सबैको उद्देश्य भनेको आफु अशल हुनु र परिवार सभ्य गराउनु तथा एकिक्रित रुपमा समाजको अनुहार फेरबदल गर्नु नै हो । तिनै गुरु आश्रमहरुमा पढेका विद्यार्थीहरुले त्यतिखेर आफ्नो गाउँ तोलको स्थितिको सुधार गरेका थिए र त्यही निती र पथ अनुरुप आज पनि ठुला ठुला विश्वबिद्यालयहरुमा पढेका ज्ञानी विद्यार्थीहरुले यतिखेर सिङो मानव र संसारको रुप फेरबदल गरिरहेका छन । यि सबै कसरी सम्भव छ भने ज्ञान आर्जन गरिरहेका, शिक्षाको रसमा दुबुल्की मारिरहेका एउटा बर्गबाट मात्र सम्भव छ, त्यो हो विद्यार्थी बर्ग । समाजमा विद्यार्थीहरुको बिशेष स्थान र उचित सम्मान छ किन कि उनिहरुले पुरै सानो झुपडीदेखी लिएर सारा दुनियाँ परिवर्तन गर्ने सामार्थ्य राख्छन । उनिहरुको क्षमता, पौरख र रचनात्मक कार्य सधैं नयाँ परीमार्जित चुचुरो उक्लने महत्वपूर्ण खुद्किलो हुने गर्दछ ।
नेपालको सन्दर्भमा हेर्दा पनि बिगतमा के भेट्न सकिन्छ भने शिक्षा मान्छेलाई नभै नहुने आधारभुत खाँचो हो तर पनि व्याबहारिकतामा त्यो देखिएको थिएन, भएको छैन । न त राणा कालको १०४ बर्षे कथित शासनमा छिटो तरिकाले भएको कसैले अनुभव गरे, न त अहिलेको शाह बंशीय अदाई सय बर्ष अघी देखिको शासन प्रणालीमा प्रगती गरियो । जब नेपालको शैक्षिक स्थिती नाजुकदेखी जतिल बन्दै गयो, त्यसपछी नेपालका केही गन्नेमान्नेका छोराछोरीहरु भारततिर पढ्न गए । त्यहाको अंग्रेज शासन, सामन्तवाद र नेपालको एकतन्त्रिय राणा शासनको अनुहारमा एकरुपता देखेर विद्यार्थीहरु एकजुत हुँदै शसक्त बिरोध र क्रान्ति गर्ने निती लिए । विद्यार्थीहरुको परिवर्तन प्रतिको चाहना, बिद्रोही भावना र सहि भूमिकाबाट नै यस्तो सम्भव भएको थियो । यो विद्यार्थीहरुको अदम्य शाहसको एउटा ज्वलन्त उदाहरण हो । त्यसबेला क्रान्ति नायक विद्यार्थी शहीदहरुले आफ्नो ज्यानको आहुती दिन रत्तिभर पनि हिच्किचाएनन । उनिहरुलाई सामुन्ने उभिएर गोली हान्दा पनि मुक्तिको आवाज बोल्न छाडेनन । गोलीले छाती छेदेर जादा पनि राष्ट्रघाती कुशासकहरु बिरुद्धको नारा लगाइरहे । उनिहरुको जिन्दावाद र मुर्दावादका उद्घोषले सुतेकाहरु पनि ब्युझिए । उनिहरुका रगत त्यसै पुछिएर गएन, मातोमा सोसिएर गएन । उनिहरुले सुनौलो बिहानीको लालकिरण आभास गराए । फलत: विद्यार्थीको परिवर्तित बिचार अनुसार २००७ सालमा देशमा प्रजातन्त्र आयो । सबै खुशीले मध्यरातमै रङले खेले । प्रजातन्त्रको स्थापनासँग सँगै विद्यार्थीको आकाँक्षा र भूमिकालाई मध्यनजर गरेर शैक्षिक स्तर माथि उकास्ने निर्णय गरियो, सफल पनि भैरहेको थियो । त्यसै अन्तरालमा २०१७ सालमा राजा महेन्द्रले पञ्चायत घोषणा गरिदिए तर पनि खासै असर पारेन । जब नयाँ शिक्षा प्रणालीको नाममा २०२८ सालमा नयाँ कदम चालियो तब शैक्षिक प्रगती धराशायी बन्दै गयो । पञ्चायत कालको लोकप्रियता र शैक्षिक स्तरको सशक्तता ओरालो लाग्न थालेपछि विद्यार्थीकै मुख्य भूमिकामा २०३६ सालमा जनमत संग्रह सम्भव भयो । त्यसैको हौशला र आधारमा २०४६ सालको जनआन्दोलन सफल भयो । ईतिहासका विद्यार्थीले खेलेका यस प्रकारका गहन भूमिकालाई कसैले पनि भुल्न सक्दैन । बर्तमानमा पनि ठुला साना राजनैतिक पार्टीहरुले शिक्षण संस्थाहरुलाई अघी सारेर मुल एजेन्डा बनाउन चाहन्छन । विद्यार्थी र शिक्षकको माग र अस्तित्वको मुल्य बुझ्न खोजे जस्तो गर्दछन । विद्यार्थीहरुलाई सभा, जुलुस र -यालिहरुमा उतार्न चाहन्छन । यसैको नकरात्मक परिणाम स्वरुप संघ,संस्थाका प्रमुखहरु राजनीतिमा सलग्न हुन्छन र शिक्षाको नाउमा राजनीतिले नजानिदो गरी बदावा पाउन थाल्दछ र साथ साथै अघोषित राजनीति पनि चल्न थाल्दछ । आजको वास्तविक यथार्थ भन्नु पर्दा विद्यार्थीहरु साँच्ची चेपुवामा परेर सिर्जनशिल विद्यार्थी बन्न पाएका छैनन । उनिहरुलाई स्वबिबेक प्रयोग गर्न दिइएको छैन । विद्यार्थीहरु बाध्यतामा आफ्नो संघ-सस्था प्रमुखको पछी पछी लाग्दा लाग्दै उनिहरुको राजनीति अन्जानमा शुरु हुन्छ, अनी केही छिनमै सिद्धिन्छ पनि । अवसरवादी र भ्रश्त मान्छेहरु अघी सर्छन अनी घुसपैठ, अत्याचार, बलात्कार, भ्रश्तचार, दमन र प्रतिरोधले गाउँ र पुरै देशमा छ्याप्छ्याप्ती स्थान पाउछन । भ्रश्त र लाचार अगुवाहरुले देशमा नयाँ आयाम नथपेर नै अनाबश्यक चर्चा कमाउछन । वास्तविक हकहित र अधिकार चाहने संघ-संस्थाले आफ्नो पहिचान नै फैलाउने अबसर नै पौदैन । उनिहरु जहिल्यै छत्रछायामा मात्र परिरहने हुनाले आजका विद्यार्थी बर्गले सम्पूर्ण अप्थ्याराहरुलाई मोलेर एकको सत्ता दुई पाईला अघी सर्न आब्श्यक छ । हामीले आफ्नै पहलमा समाज परिवर्तन गर्न लाग्नु पर्दछ, त्यो आँट देखाउनै पर्दछ ।
सामाजिक मुहार फेरबदल गर्न विद्यार्थी बर्गबाट मात्रै सम्भव छ । हामी सबैले अब कसैको माध्यमबाट परिवर्तन देख्ने आशा गरिरहनु हुँदैन । भोलि देश हाम्रो काँधमा आउनेछ र त्यसको संचालक हामी हौ । त्यसैले हिजो र आजकालाई उचित सम्मान र सजाय दिन किन पछी पर्ने ? विद्यार्थीहरुले देशमा ल्याउन चाहेको आधुनिक परिवर्तन किन नहुने ? युगको माग अनुरुप अगाडि बदिरहेका बिकसित मुलुकहरुको साथ किन नलिने ? आखिर हामीबाट भोली देश चलाऊनु नै छ भने किन आज कातर र कायर सरह तुलु तुलु हेर्दै निरिही बनेर बसिरहने ? हाम्रो सुन्दर देश र भाबी भबिश्यलाई कहिले सम्म बर्बाद बनाएको चुपचाप सहिरहने ? थोपा थोपा मिलेर समुन्द्र बन्छ, पाईला पाईला हिंडेर गन्तब्य पुगिन्छ । यो यथार्थलाई विद्यार्थी बर्गले छित्तै बुझ्न जरुरी छ र यसलाई आत्मसात गर्न हिच्किचाउनु र डराउनु पनि हुँदैन । दिलो गरियो भने त अबेर नै भैसक्छ । अब हामीले आँफैलाई सोध्ने बेला आइसकेको छ । उनिहरु हिंडेको भ्रष्ट र दुषित बाटोमा नै हामी पनि कहिलेसम्म पशु सरह हिडिरहने हो ? अहँ, कत्ती सुहाउदैन । हामी आँफैले सोछेको नयाँ गोरेटोबाट परिवारतित समाजको लागि कदम बदाउनै पर्दछ । यसैको सन्दर्भमा विश्वबिख्यात शिक्षाबिद माइकल फ्रेरेरको भनाइ सम्झिनु उचित ठान्दछु," शोषित बर्गले शोषकको ठाउँ लिदैमा समाज परिवर्तन हुँदैन ।" हो, समाजमा बिकास र परिवर्तन गर्नका लागि त सधैं स्वच्छ मन र तनले सत्य बचन दिनु पर्दछ । बचनलाई प्रतिबद्ध रहेर विश्वाशअले मुर्तरुप दिनु पर्दछ । समयले कसैलाई बदल्दैन बरु समयलाई बदल्ने क्षमता राख्नु पर्दछ । अचेल हामीले सुन्ने देख्ने गरेका भाषन त केवल स्वार्थी र म्रितलाश हुन । त्यसैले सबैको मनमा यस्तो भावना उजागर हुनु पर्दछ कि सच्चा देशभक्त र स्वच्छ बिचारका नागरिकबाट मात्र सम्भव र निस्चित छ । तिनै प्रतिभाहरु विद्यार्थी बर्गबाट नै प्रस्फुतित हुन्छन । जसरी अङ्रेजी साहित्यकार विलियम वर्ल्डस्वर्थले भनेका छन कि " बच्चा नै मानिसको बुवा हो " । हो, त्यसरी नै विद्यार्थी बर्ग पनि प्रगतिको सुचक हुन र सानो कक्षामा घोकिएको सुन्दर, शान्त र बिशाल नेपालको द्योतक हो ।
यसर्थ, विद्यार्थी सचेतताका संबाहक हुन । उनिहरु सधैंभरी सिर्जनात्मक र परिबर्तित समाजका पक्षधर हुन्छन । उनिहरुमा बलियो आधारस्तम्भ हुन्छ, जुन न त तोदिन सक्छ न त रोकिन नै । उनिहरुको उर्लिदो मनहरु निरन्तर रुपमा मानव जीवन र नौलो भबिश्य बोकेको उज्यालो बिहानीतिर समर्पित हुन्छ । उनीहरु सुर्य उदाए पछी अस्ताउछ र जन्म भए पछी मृत्यु अबश्यभावी छ भन्ने बैज्ञानीक मान्यताको कदर गर्दछन । उनिहरुले सैद्दान्तिक रुपले आँफैमा लागु गर्न पनि चुक्दैनन । उनीहरु एक शब्दमा भन्नु पर्दा परिबर्तित समाजका सपना र पर्याय हुन । मुख्य चाँही आजैदेखी आफु बदलिनु पर्छ र सकेजती थोरै भए पनि समाजप्रती योगदान दिन पछी पर्नु हुँदैन । परिवर्तनको समर यात्रामा दुर्घटनाहरु भएकै थिए, भैरहेकै छन र हुन्छन नै होला । तर हाम्रो भन्नु त केवल आफ्नो दुई पाईला मुनिको मातो मात्रै हो । त्यो, जो जहाँ गए पनि कसैले खोस्न सक्दैन । रसियन कवि लियो टोल्स्टयले भने जस्तै जन्मदा, जिउदा र मर्दामा हरक्षण सबैको मातो आफुसँग नै हुन्छ । यहाँ नेपाली साहित्य जगतकी कहिल्यै नअस्ताउने तारा पारीजातको भनाइ निकै सान्दर्भिक छ । " हामीले जती बाँचे पनि नयाँ समाजको लागि डटिरहनु पर्दछ । ताकेको दुरुष्त ठाउँमा कहिल्यै पुगिदैन, आखिर गन्तब्य पनि परिवर्तनशील छ ।" पारीजातको यही भनाइको सहयताले मेरो कलमलाई यसै चौतारीमा बिसाउछु नयाँ घर, नयाँ समाज र फेरिएको देशको आशमा ।
२०६०
आइन्स्टाइन एकेडेमी, ललितपुर
(कलेज खुल्ला निबन्ध प्रतियोगितामा प्रथम स्वरुप पुरुस्क्रित)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment