Friday, January 29, 2010

हटेका मेरो भ्रमहरु

छिमेकीहरु,
बैगुणी रैछन्
मिलेर भएन
कुल्चने रैछन्
सहेर पनि भएन
अब त,
मलाई यसरी मिल्नु छैन
थप ज्यादती सहनु पनि छैन ।

कपुत नेताहरु,
असक्षम रैछन्
बुइ चदाएर भएन
पत्थर रैछन्
सत्य बुझाएर पनि भएन
अब त,
फेरि काँधमा बोक्नु छैन
भन्नु पनि केही बाँकी रहेन ।

छिमेकीसँग झुकेर पनि भएन
नेताहरुलाई भुकेर पनि भएन
उनिहरु ठान्दा रैछन्,
हामीलाई अझै गिराउनु पर्छ
हामीलाई सधैं पिराउनु पर्छ ।

अब त मौनता तोड्नु पर्छ
धैर्यताको बाँध फोड्नु पर्छ
झुकाउनेलाई जित्नै पर्छ
भुकाउनेलाई थुक्नै पर्छ ।

नत्र पटक पटक,
बुद्ध भारतीय भनेर
लेखिरहनेछन जकारीयाहरु
लुम्बिनी उतैको भनेर
धावा बोलिरहनेछन छिमेकीहरु
र,
चुपचाप समर्थन गरिरहनेछन
हाम्रै रगत मिसिएका पाखण्डी भरौटेहरु ।
29 Jan,’10

5 comments:

  1. बुध्द हाम्रै हुन् । सगरमाथा हाम्रै हो । बरू यी नेताहरू पो पारिका हुन् कि ?

    ReplyDelete
  2. अशेष जी, ईतिहास साक्षी छ, अबश्य पनि बुद्ध हाम्रै हुन । भुगोलले पनि स्पस्त पारेको छ, सगरमाथा हाम्रै हो । तर नेताहरु रुपले हाम्रो भएकाले उतैका हुन भन्न नसकिएको हो तर पनि मनले भने उतैका हुन भन्न नसकिने अवस्था रहेन ।
    प्रतिकृयाका लागि धेरै धेरै धन्यवाद ।

    ReplyDelete
  3. http://worldamity.wordpress.com/2010/01/30/poemchandra101/

    ReplyDelete
  4. http://www.facebook.com/notes/chandra-gharti-magar/haeka-mero-bhramaharu/275481176443

    ReplyDelete
  5. http://worldamity.wordpress.com/2010/02/13/chandra-poem102/

    ReplyDelete